काठमाडौं – पछिल्लो समय सौन्दर्य प्रतियोगीता प्रति बिभिन्न क्षेत्रका ब्यक्तिको आकर्षण बढ्दो छ । यस्ता प्रतियोगीता मार्फत देशको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागी हुन र देश चिनाउन अवसर जो प्राप्त हुनेगर्छ ।
यस्तै अन्तराष्ट्रिय क्षेत्रमा देश चिनाउने उदेश्यले सौन्दर्य प्रतियोगीता ‘मिष्टर एण्ड मिस नेशनल’मा सहभागी भएकी छन् डाक्टर आयुष्नोभा ढुंगाना । ढुंगाना मोडल तथा डाक्टर हुन् । कलाकारिता र डाक्टर पेशाा एकसाथ अगाडि बढाइरहेकी ढुंगाना बंगलादेशबाट एमबीबीएस गरेकी छन् । संयुक्त राज्य अमेरिकाको हार्वर्ड मेडिकल स्कूलबाट जनेशरल साइकीह्याटीक म्यानेजमेन्ट, साइको इडुकेशन, बाइप्लोर डिसअडर, डिप्रेसन पोष्ट ग्रेजुएशन क्रेडिट पाठ्यक्रममा उनले १०० प्रतिसत क्रेडिट पाएकी थिइन् । अहिले हार्वर्ड स्कुलकै अटिजम पोस्ट ग्रेजुएशन क्रेडिट कोर्स गर्दैछन् ।
कलाकारिता तर्फ उनले मोडलिङ, कान्छो अंग्रेजी अनुवादक लगायतबाट समेत बिभिन्न अवार्डहरु प्राप्त गरेकी छन् । ‘मिष्टर एण्ड मिस नेशनल’तर्फ उनी मिस नेशनलको प्रतियोगी हुन् । पोल्याण्डमा आयोजना हुने ‘मिस सुप्रा नेसनल’मा देशको प्रतिनिधित्व गर्ने उदेश्यले उनी यो प्रतियोगीतामा सहभागी भएकी हुन् ।
प्रतियोगीताको अन्तिम २४ भित्र छानिन सफल उनी सबैभन्दा प्रभावशाली प्रतियोगी हुन् । त्यसैले उनलाई उपाधिको दावेदार समेत मानिएको छ । उपाधि जित्ने उदेश्यले उनी दिनरात मिहिनेत गरिरहेकी छन् ।
मोडलिङ र डाक्टर पेसा एकसाथ अगाडि बढाइरहेकी ढुंगाना अभिनित एक राष्ट्रिय गीत ‘त्यही सच्चा नेपाली’ केही अगाडि सार्वजनिक भएको थियो । गीतमा २ दर्जनबढी राष्ट्रिय कलाकारसँग उनले अभिनय गरेकी थिइन् । उनी डाक्टर पेशाा समाजसेवाका लागि रोजेकी हुन् ।
‘मिष्टर एण्ड मिस नेशनल’ प्रतियोगीताको फाइनल यहि मेको एक २०२४ मे १तारिकमा हुँदैछ । जसमा प्रतियोगीतामा ताज जित्ने लक्ष्य सहित आफु प्रस्तुत हुने आयुष्नोभाले बताइन् ।
मिस नेशनलका डिरेक्टर डा. सन्तोष उपाध्याय हुन् । उनी मिष्टर नेशनलका अन्तर्राष्ट्रिय तेस्रो विजेता हुन् ।
काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा बिहिवार देखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि रक्षामन्त्री हरिप्रसाद उप्रेतीले श्रीमद्भागवत धर्म मात्रै नभएर बिज्ञान भएको बताउनु भएको छ ।
शुक्रबार देखि आयोजना गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रृङगारिक महाआरती २०८१ लाई सम्बोधन गर्नु हुँदै उहाँले सो कुरा बताउनु भएको हो । यसैगरी मन्त्री उप्रेतीले श्रीमद्भागवतमा पाँच हजार वर्ष पहिला लेखेका वन, जंगल मासिनेछन्, सरकारी सम्पति व्यक्तिका नाममा दर्ता हुने छन्, सात सुर्यको जस्तो तापक्रम हुने छ भन्ने लगायतका लेखिएका कुराहरु अहिले जस्ताको जस्तै भइरहेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, “पाँच हजार वर्ष पहिले हाम्रा ऋषिमुनीहरुले पत्ता लगाएको कुरा अहिले आएर पुष्टि भइरहेकाले श्रीमद्भागवत धर्म मात्रै नभएर देशयान पनि हो, श्रीमद्भागवतमा कलियुगमा हुने कुराका बारेमा जे लेखिएको छ, त्यो पुष्टि हुँदै छ ।”
संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा रहेका ५७ जना अनाथ बालबालिकाको सहयोगका लागि आयोजना गरिएको यो कार्यक्रमले शिक्षाबाट बञ्चित भएका बालबालिकाको शिक्षा क्षेत्रका लागि सहयोग मिल्ने भन्दै मन्त्री उप्रेतीले आफुले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । उहाँले भन्नुभयो, “अपाङ्गता, अनाथ भएका व्यक्तिहरुपनि हाम्रै समाजका दाजु भईहरु भएकाले उनीहरुलाई सबैले सहयोग मायाँ गर्नु पर्ने, हौसला दिनु पर्ने तथा उनीहरुलाई शिक्षा, दिक्षा दिन सके ती व्यक्तिहरु पनि सक्षम व्यक्ति हुने छन् ।” यसैगरी उहाँले महिला,वालबालि तथा समाज कल्याण मन्त्री भगवती चौधरीलाई समेत यो कार्यक्रममा बोलाउनु पर्ने बालबालिकासँग सम्बन्धित मन्त्रालय पनि भएकाले उहाँले सहयोग गर्नु हुने जानकारी गराउनुभयो ।
यसैगरी संयुक्त अपाङ्ग एकता आवाज केन्द्रका अध्यक्ष तिलबहादुर कार्कीले संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा रहेका ५७ जना अनाथ बालबालिकाको खाना, बस्न तथा अन्य सहयोगार्थका लागि उक्त श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएकाले बालबालिकाको सहयोगका लागि सबै एकजुट भइदिनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ राखिएका सबै तपाई हाम्रै बालबालिका हुन, हजुरहरुको सहयोगले यिनको भविष्य उज्वल हुनेछ ।”
पं.चन्द्रकान्त काफ्लेबाट कथाबाचन हुने महायज्ञ संस्थामा आश्रित बालबालिकाहरुको सहयोगार्थ आयोजना गरिएको सप्ताहमा संस्थाको भौतिक विकास, आश्रित बालबालिकाहरुका लागि राम्रो शिक्षा, स्वास्थ्यको व्यवस्था गर्ने र पितृ मोक्षसहितको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रृङगारिक महाआरती २०८१ आज ६ गतेदेखि सुरु भई यही वैशाख १३ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
काठमाडौ – विभिन्न ४२ विधामा अवार्ड प्रदान गर्दै बिहिबार ‘सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड’ (निम अवार्ड) २०२४ ललितपुरको होटल स्क्वायरमा सम्पन्न भएको छ ।
समारोहमा यो वर्षको रजत संगीत सम्मान २०२४ बाट अग्रज संगीतकार जुगल डंगोल सम्मानित गरिएको छ । पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)द्धारा आयोजित सो समारोहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले अग्रज संगीतकार डँगोललाई सो सम्मान प्रदान गरेका हुन् । कार्यक्रममा संगीतकार डँगोलको सम्मानमा गायिका निशा देशारले जुगलकै संगीतको गजल साउनको भेल जस्तो… प्रस्तुत गरिन भने बाँसुरीबादक नगेन्द्र राईले जुगलकै संगीतमा बाँसुरी धुन सुनाए ।
सोही समारोहमा संस्कृतिकर्मी चन्द्र कुमार राई, साहित्यकार हरिसिंह थापालगायत पनि सम्मानित भए । कार्यक्रममा ५ हजार ५५५ राशीको यो वर्षको संगीत पत्रकारिता पुरस्कार रंग पत्रकार हरि दुलाललाई प्रदान गरियो ।
कार्यक्रममा मन्त्री भानुभक्त जोशीले यस्ता कार्यक्रमहरुले प्रतिभालाई प्रोत्साहन मिल्नका साथै गीत संगीतको विकाशमा टेवा पुग्ने विश्वास व्यक्त गरे । यस्तै बागमति प्रदेशका श्रम तथा यातायात मन्त्री लक्ष्मण लम्सालले राज्यले गर्नु पर्ने यस्ता महत्वपूर्ण कार्यहरु पिम नेपालले आयोजना गरेर निकै प्रसँसनीय कार्य गर्दै आएको छ भने ।
आयोजक संस्था पिम नेपालका अध्यक्ष माधव राज खरेलले पिम अवार्डबारे प्रकाश पार्दै कार्यक्रममा भने,‘विगत ७ वर्ष देखि आयोजना हुदै आएको निम अवार्डले नेपालमा बोलीने विभिन्न भाषाभाषिहरुमा बनेका गीत र गीतका भिडियोहरुलाई प्रोत्साहन स्वरुप अवार्ड तथा सम्मान प्रदान गर्दै आईरहेको छ ।’
यस्तै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले पहिलो सृँखलादेखि नै आफु सल्लाहकारको रुपमा रहँदै आएको र निम अवार्ड समावेशी अवार्डको रुपमा स्थापित भएको बताए । कार्यक्रममा स्वागत मन्तब्य शान्तिप्रिले व्यक्त गरेका थिए ।
कार्यक्रममा अवार्ड सँयोजक कमला जोशीले कार्यक्रममा सो अवार्डको बारेमा प्रकाश पारेकी थिईन् । सनम कठायतको व्यबस्थापन रहेको सो कार्यक्रमको निर्देशकमा राजन थापा र सल्लाहकारमा व्याकुल माईला थिए ।
अवार्ड कार्यक्रम मा नेपाल टेलिकम ,नेपाल एयर लायन्स ,कृषि बिकास बैंक,एन एमवि बैक,टेन्सवर्क, गाेकर्णेश्वर नगरपालिका लगायत संघसंस्थाहरुले सहयाेग गरेका थिए ।
सातौं निम अवार्ड 2024-का विजेताहरु
सर्वोत्कृष्ट राष्ट्रिय भाव
कर्मा : हाम्रो भावना त एउटै
सर्वोत्कृष्ट गजल गायन
रुद्रशेखर शर्मा: किन
सर्वोत्कृष्ट गजल गायन (जुरी)
संगीता राना प्रधान : चोखो माया
सर्वोत्कृष्ट आधुनिक गायक
यस कुमार : सुस्तरी सुस्तरी
सर्वोत्कृष्ट आधुनिक गायिका
निता आचार्य : जिन्दगी त संगै जिउने हो ।
सर्वोत्कृष्ट आधुनिक संगीतकार
नरहरी प्रेमी : घर छोडेको मान्छे
सर्वोत्कृष्ट आधुनिक गीतकार पुरुष
टेक तामाङ : तिमी सागर
सर्वोत्कृष्ट आधुनिक गीतकार महिला
सविता पोख्रेल : एक चिम्टी सिन्दुर
सर्वोत्कृष्ट नव प्रतिभा गायक
राजु भट्ट : यो मुल्याई
सर्वोत्कृष्ट नव प्रतिभा गायक
सन्त बहादुर दराई (जुरी)
सर्वोत्कृष्ट नव प्रतिभा गायिका
प्रिजा मिश्र : के छ विचार
सर्वोत्कृष्ट पप गायन
डेविट शंकर : तिमिलाई हेरेर
सर्वाेत्कृष्ट डायसपाेरा अवार्ड
चेष्टर लिम्बू : जिवन एक संघर्ष
सर्वोत्कृष्ट लोक पप गायन
नविन कार्की : मान्छे होस इमान्दार
सर्वोत्कृष्ट लोक पप गीतकार
अनिल तिखत्री : तिमिलाई हेरेर
सर्वोत्कृष्ट लोक पप संगीतकार
मानस राज : मुड फ्रेस
सर्वोत्कृष्ट युगल गायन
मोहन श्रेष्ठ – सहिमा श्रेष्ठ : अरे क्यानम
सर्वोत्कृष्ट मौलीक गीत
हेमन्त कान्छा रसाईली : कोही मर्दा कसैको त
सर्वोत्कृष्ट लोकदोहोरी शब्द
सागर बास्तोला : गरिदेउ विदा
सर्वोत्कृष्ट लोकदोहोरी लय
ऋषि खड्का : गरिदेउ बिदा
सर्वोत्कृष्ट लोकदोहोरी गायक
राम कुमार नेपाली : मुटु चसकेर हो
सर्वोत्कृष्ट लोकदोहोरी गायिका
सञ्जु न्यौपाने : लामो कपाल
सर्वोत्कृष्ट मौलिक भिडियो
कमल एक्चै मगर : रामदली
सर्वोत्कृष्ट आधुनिक÷पप निर्देशक
केशव राज भट्ट : राजाको भैसी
सर्वोत्कृष्ट आधुनिक/पप मोडल पुरुष
राज टाईगर : माया गरे तिमिलाई
सर्वोत्कृष्ट आधुनिक÷पप मोडल महिला
अश्विनी शाही : तिम्रो मनमा
सर्वोत्कृष्ट लोकदोहोरी निर्देशक
सृजन बराल (ऋषि) : जारी
सर्वोत्कृष्ट लोकदोहोरी मोडल पुरुष
सागर लम्साल (बले) : सोल्टी सोल्टीनी
सर्वोत्कृष्ट लोकदोहोरी मोडल महिला
एन जेड सालु : आँखैमा बस्छौ की
सर्वोत्कृष्ट लोकदोहोरी मोडल महिला (जुरी)
प्रमिता राजघतानी : १८ प्लस
सर्वोत्कृष्ट नव मोडल पुरुष
बसन्त उदास : बैरागी
सर्वोत्कृष्ट नव प्रतिभा मोडल महिला
मिशेल घिमिरे : परिणाम
सर्वोत्कृष्ट नव प्रतिभा मोडल महिला (पब्लिक च्वाईस)
पुनम श्रेष्ठ : सुस्तरी सुस्तरी
सर्वोत्कृष्ट कोरियोग्रफर
राहुल बराईली : तिमि नै हौ
सर्वोत्कृष्ट म्युजिक एरेन्जर
सुदिप सागर : सकम्बरी
सर्वोत्कृष्ट ध्वनी मिश्रण
नरेन्द्र वियोगी : नदेखेको
सर्वोत्कृष्ट छायाँकार
मुकेश हुमागाई : तिम्रो याद
सर्वोत्कृष्ट भिडियो सम्पादक
अमृत चापागाई : मेरो लाहुरे
सर्वोत्कृष्ट नेपाल भाषा गीतकार
नातीकाजी महर्जन : बाला आपालँ
सर्वोत्कृष्ट नेपाल भाषा संगीतकार
मनराज नकर्मी : असं बजाः मंग बजाः
सर्वोत्कृष्ट नेपाल भाषा गायन
मोहन शाक्य : असं बजाः मंग बजाः
सर्वोत्कृष्ट नेपाल भाषा भिडियो
दर्शन विर शाक्य : जिगु देय् जित यः
सर्वोत्कृष्ट डेउडा गीत
शान्ति शाही : पहाडकी मैना चडी
सर्वोत्कृष्ट उत्कृष्ट मैथली/भोजपुरी गीत
प्रेमनारायण झा : आजुक दिन शुभमंगल हो
सर्वोत्कृष्ट मैथली/भोजपुरी गायन
विरेन्द्र कुमार झा : तुतै तोईड देल्ही हमर दिल
सर्वोत्कृष्ट मैथली/भोजपुरी भिडियो
मुन्ना कुमार : बिन्दिया तोहर गे
सर्वोत्कृष्ट मैथली/भोजपुरी भिडियो (जुरी)
बद्री शाह : बेटीपर नही करु अत्याचार
PHOTO LINK : NIM AWARDS -2024 (POWER NEWS FACEBOOK PAGE)
काठमाडौं । संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा वैशाख ६ गते बिहीबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । बैशाख ६ गते बाट शुरूवात भई बैशाख १३ गतेसम्म चल्ने महायज्ञ गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित संयुक्त अपाङ्ग एकता आवाज केन्द्रको प्रांगणमा श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ (सप्ताह) हुने भएको छ ।
सो अवसरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञका साथै श्रृङ्गारिक महा–आरती महोत्सव पनि हुनेछ । वैशाख ६ गते बिहान कलश यात्रा हुनेछ । महायज्ञमा कथावाचन सुप्रसिद्ध पं. चन्द्रकान्त काफ्लेबाट हुनेछ ।
संयुक्त अपाङ्ग एकता आवाज केन्द्र बरिस्ठ समाजसेवी तिल बहादुर कार्कीले स्थापना गर्नु भएको हो भनें अहिले केन्द्रमा ५७ जना बालबालिकाहरु आश्रित रहेमा छन् ।संस्थामा आश्रित बालबालिकाहरुको सहयोगार्थ आयोजना गरिएको सप्ताहमा संस्थाको भौतिक विकास, आश्रित बालबालिकाहरुका लागि राम्रो शिक्षा, स्वास्थ्यको व्यवस्था गर्ने उदेश्यले पितृ मोक्षसहितको सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको अध्यक्ष कार्कीले बताउनु भयो ।
यस धार्मिक ज्ञान महाज्ञानमा सम्पूर्ण भक्तालुजनहरुमा ऊपस्थित भई कथा श्रवण गर्नुहुन र मन, बचन र कर्मले सक्दो सहयोग गर्नुहुन सम्पूर्ण दाजुभाई दिदिवहिनीहरुमा कार्कीले हार्दिक अनुरोध गर्नु भएको छ । थप जानकारीको लागि: 9851087049 नम्बरमा मा सम्पर्क गर्न समेत आयोजकले अनुरोध गरेको छ।
काठमाडौं । खुशी इण्डष्ट्रिज नेपाल प्रा.लि.ले उत्पादन गरेको माईती लिक्वीड डिसवासको प्रमोशन गर्न माईती संग मेरो भिडियो कार्यक्रम सार्वजानिक गरेको छ । जोरपाटी बाहुनधारामा नमोबुद्ध न्युज एचडिले संचालन गरेको हाम्रो सेलो घरमा एक पत्रकार सम्मेलन गर्दै यो कार्यक्रम सार्वजानिक गरिएको हो । यो कार्यक्रम अन्तर्गत माईती ब्राण्डको लिक्वीड डिसवासको उत्कृष्ट प्रचारात्मक भिडियो बनाउने १ जनालाई कम्पनिको तर्फबाट रु १० हजार नगद सहित सम्मानपत्र प्रदान गरिने जनाईएको छ । ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा खुशी इण्डष्ट्रिज नेपाल प्रा.लि.का संचालक सुशिल मोक्तानले पत्रकार सम्मेलन मार्फत यो कार्यक्रम घोषणा गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ठुलोबाबु श्रेष्ठले आज दैनिक हजारौं युवा बिदेशिएको अवस्थामा केहि गरौं भनेर उत्पादनमा लागेका युवा ब्यवसायीहरुलाई राज्यले हेर्ने दृष्टिकोण र ब्यवहार परिवर्तन हुनुपर्ने तथा सबैले नेपाली ब्राण्डको प्रयोग गरेर सहयोग गर्नुपर्ने बताउनु भयो । केहि गरौं भनेर लाग्ने ब्यवसायीहरुलाई समाजका सबै पक्षले सहयोग नगर्दा ब्यवसायहरु धरासायी बनेको भन्दै श्रेष्ठले ग्रील तथा स्टील ब्यवसायमा आबद्ध ११ हजार ब्यवसायी तथा १ लाख ६० हजार कर्मचारीहरुलाई यो डिस वास प्रयोग गर्न आह्वान समेत गर्नु भयो ।
संचालक मोक्तानका अनुसार यो कार्यक्रम ३ महिना सम्म सन्चालन हुनेछ । कार्यक्रम २०८१ बैशाख १ गतेदेखि शुभारम्भ भएर २०८१ असार १ गते सम्म चल्नेछ । बिशेष गरि नेपाली दिदिबहिनी, आमालाई लक्षित गरेर ल्याईएको यो कार्यक्रममा इच्छुक पुरुषहरुले पनि यससहभागि हुन चाहेमा सहभागि जनाउन सकनेछन् । कार्यक्रमको नतिजा सामाजिक संजाललाई आधार मानेर धेरै भ्यूज कमेन्ट को आधारमा निकालिने छ ।
बिज्ञापन टाइपको भिडियोलाई उच्च प्राथमिकता दिइने भनिएको यो कार्यक्रममा सहभागी हुन निम्न शर्तहरु पालना गर्नु पर्ने छ । शर्तहरु १) भिडियो बनाउँदा माइती डिस वास लिक्वीड अंकित लोगो अनिवार्य साथमा हुनु पर्नेछ । २) भिडियो बनाउँदा माइती डिस वासको बारेमा राम्रो कुराहरु राख्नु पर्नेछ । ३) भिडियो बनाएर पोष्ट गर्दा फेसबुक पेज माईती घर लाई अनिवार्य ट्याग गर्नु पर्नेछ । ४) हाम्रो माइती घर नामको फेसबुक पेजलाई फलो र लाईक गर्नु पर्नेछ । ५) कम्तिमा २५ जना साथीलाई ट्याग गर्नु पर्नेछ २५ जना भन्दा माथि ट्याग गरेको भिडियोलाई उच्च मान्यता दिइनेछ । ६) माथिको सबै सर्तहरु अनिवार्य पालना गर्ने सहभागिहरुलाई मात्र यो कार्यक्रममा सहभागि गराइनेछ । कम्पनिका संचालक मोक्तानले संचारकर्मीहरु संग प्रतिकृया दिदैं कम्पनिको सबै उत्पादनहरुको गुणस्तरमा कुनै सम्झौता नगरिएको तथा अन्य ब्राण्ड भन्दा मुल्यमा समेत निकै कम गरिएकोले आम नेपालीहरुको भान्छा सम्म यो उत्पादन सजिलै पुग्न सक्ने बताउनु भयो ।
१.५ लिटर लिक्वीड डिसवासको मुल्य रु २६५ मात्र रहेको तथा प्रयोग भैसकेको भाँडा फिर्ता गर्दा रु १५ फिर्ता गर्ने योजना सहित ग्रहकलाई आकर्षित गर्ने र आफ्नो उत्पादन बाट हुने फोहर ब्यवस्थापन समेत हुने योजना समेत लागु गरिएको संचालक मोक्तानले बताउनु भयो । खुशी इण्डष्ट्रिज नेपाल प्रा.लि.को उत्पादन गर्ने उद्योग गोकर्णेश्वर—४, काठमाडौंमा रहेको छ भने यो ब्राण्ड सम्बन्धि कुनै पनि गुनासो वा सुझाव भएका कम्पनिका संचालक सुशिल मोक्तान लाई सिधा ९८६०४९८३२५ मा सम्पर्क गर्न सकिने तथा सामाजिक संजालहरुमार्फत समेत संपर्क गर्न सकिने जनाईएको छ ।
काठमाडौं । सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजानिक गरेको छ । बौद्ध,जोरपाटी,बाहुनधारामा रहेको हाम्रो सेलोघरमा एक कार्यक्रम गरि सारा खवर डटकमले प्रकाशन गरेका बि.सं.२०८१ को भित्तेपात्रो सार्वजनिक गरेको हो ।
नमोबुद्ध न्यूज एचडिले संस्कार र संस्कृति बचाउने अभियान स्वरुप शुरुगरेको हाम्रो सेलो घरमा ग्रील तथा स्टील ब्यवसायी संघ नेपालका केन्द्रिय अध्यक्ष ठुलोबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा बिभिन्न मिडियाका मिडियाकर्मी तथा बिभिन्न संस्थाका प्रतिनिधिहरु को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा भ्रष्टाचार बिरुद्ध नागरिक अभियान नेपालका नवनिर्वाचित अध्यक्ष अर्जुन के.सी.,राष्ट्रिय संगीतकर्मी संघका कोषाध्यक्ष राजकुमार हुँमागाई, खुसी इन्डस्टिज प्रा.लि.का शुसिल मोक्तान,मिडियाकर्मी तथा प्रशिक्षक नविन पल्लव, शान्ति नेपालका अध्यक्ष दिपेन्द्र ढकाल,मिडियाकर्मी दुर्गा ओझा, लोकतान्त्रिक पत्रकार मञ्चका अध्यक्ष कुमार ओझा, सामाजिक अभियन्ता लिला खनाल,तुफान मगर, शिवहरी खनाल,मोडल तथा नायीका निर्मला मोक्तान,तामाङ पत्रकार संघका केन्द्रिय सदस्य सुदिन दोङ,तामाङ पत्रकार संघ भक्तपुरका कार्यबहाक अध्यक्ष छेडुप दोङ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि ठुलोबाबु श्रेष्ठले साराखवरले गरेका कार्यहरुको प्रसंसा गर्दै समाजका बिकृति, बिसंगति,अन्याय, अत्याचार तथा भ्रष्टाचारको बिरुद्धमा आवाज उठाईरहने र कलम चलाईरहने साहस गर्ने मिडियाकर्मीहरुलाई आफ्नो पुर्ण साथ र समर्थन रहने बताउनु भयो ।
यो समाज रुपमन्तरण गर्न अब मिडिया बाहेक कसैले पनि नसक्ने भन्दै श्रेष्ठले ईमान्दार भएर लाग्न सबै मिडियाकर्मीहरुलाई आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा उपस्थित समाजसेवी, मिडियाकर्मी हरुले संयुक्त रुपमा भित्तेपात्रोको बिमोचन गर्नुभएको थियो ।
कार्यक्रम सफल बनाउन सारा खवरका संचालक अमेरिका निवासी मिलन दोङले सहयोग गर्नुभएको थियो भने गाउँले ढिडो घरका संचालक कुईसाङ रुम्बाले खाजा ब्यवस्थापन गरेर सहयोग गर्नुभएको थियो ।
काठमाडौं । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहिनेती प्राध्यापक, शिक्षक, शिक्षिकाबाट व्यावसायिक एवं गुणस्तरीय शिक्षा प्रदान गर्ने ,विज्ञान(प्रविधि, आध्यात्मिकता र उद्यमशीलताको संगम मैत्रीनगर–२, कीर्तिपुरमा रहेको कश्यप एकेडेमी विद्यार्थीहरुको पहिलो रोजाइमा पर्दै आएको छ ।
आधुनिक शैलीको पठन पाठनमा विशेष जोड दिँदै कश्यप एकेडेमीले विद्यार्थीको सिकाइ र उनीहरूको भविष्यलाई बढी महत्व दिदै लामो समय शैक्षिक अनुभव बटुलेका शिक्षक, शिक्षिकाबाट अंग्रेजी माध्यममा पढाइ, अतिरिक्त क्रियाकलाप र पारिवारिक वातावरणमा आउने शैक्षिक सत्रबाट केही नयाँ योजनाहरू सहित कक्षा नर्सरीदेखि कक्षा नौ सम्म नयाँ भर्ना खुला गरेको स्कुलको संस्थापक प्रिन्सिपल, आर।बी। अधिकारीले बताउनु भयो ।
कश्यप एकेडेम स्कुलले छोटो समयमानै गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावक माझ आफ्नो भिन्न पहिचान बनाउँदै विद्यार्थी अनुकूल शिक्षण पद्धती अनुसार शिक्षण सिकाइ गरिने भएकोले अभिभावक र विद्यार्थीको पहिलो रोजाइ बन्न सफल भएको पनि अधिकारीले बताउनु भयो ।
स्कुलमा विद्यार्थीहरूका लागि पर्याप्त मात्रामा फराकिलो खेलमैदान, उपयुक्त कक्षा कोठाहरू, अत्याधुनिक सुविधा सम्पन्न भवन, पुस्तकालय , स्तरीय प्रविधि प्रयोगशाला,सुरक्षा व्यवस्था पूर्णरुपमा सुरक्षित एवं व्यवस्थित, यातायातको आवश्यकता रहेका विद्यार्थीलाई सवारी साधनको व्यवस्था उपलब्ध छन् । जहाँ सुरिक्षत तवरले शान्त वाताबरणमा विद्यार्थीले अध्ययन गर्न पाउँछन् ।
काठमाडौं । होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुर्स प्रालिका प्रवन्ध निर्देशक तथा गोखार्ली रग्बी क्लबका संस्थापक अध्यक्ष समाजसेवी रोहित कार्की सम्मानित भएका छन् ।सोमबार नागरिक क्रियशन प्रालिले नेपाल पर्यटन बोर्डमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले भव्य समारोहका बीच समाजसेवी रोहित कार्कीलाई सम्मान गर्नु भएको हो।
सम्मानित कार्की विगत लामो समयदेखि खेलकुद क्षेत्रमा क्रियाशिल हुदै पर्यटन व्यवसायका साथै सामाजिक विकास र सेवामा समेत पनि उत्तिकै सक्रिय छन् ।
नागरिक क्रियशन प्रालिको अध्यक्ष याम बहादुर जि.सीको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजमा विशिष्ठ योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान तथा अवार्ड विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियोे ।
राजधानी शहरको बौद्धस्थित हायात रिजेन्सी होटलको रिगल बल रुममा चैत्र २५ गते आइतबारको साँझले फेसन, स्टाइल र ग्ल्यामरको समिश्रणमा अनुपम र मनमोहक सृजनाका विविध आयामहरुलाई साक्षात्कार गर्ने अवसर प्राप्त भयो । नमूना कलेज अफ फेसन टेक्नोलजीको १८औं ब्याचका ७१ जना ग्राजुएटिङ फेसन डिजाइनहरुले तयार पारेका ८ वटा क्रिएटिभ वेयर गरी ७९ वटा सृजनाहरु ¥याम्पमाथि प्रस्तुत गरिएको अवलोकन गर्न पाइयो ।
नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरको रनवे उपस्थिति संगैं शुभारम्भ भएको उक्त ग्राजुएसन फेसन शो निर्मिति नव्यता शीर्षकमा सम्पन्न भएको थियो । शान्ति र समृद्धिको सुन्दर संयोजनमा डिजाइन गरिएको सकरात्मकता, स्वाबलम्बन, सीप र शिक्षाको भाव झल्किने डिजाइनर साडीमा उपस्थिति दर्शाएकी ज्ञानी शोभा तुलाधरको रनवे उपस्थितिलाई शान्ति र समृद्धिलाई झल्काउने विविध तत्वबाट प्रेरित पहिरनमा सजिएका मोडलहरुले साथ दिएका थिए ।
चार वर्षको ब्याचर अफ फेसन डिजाइन एण्ड म्यानेजमेन्टको अन्तिम सेमेष्टरको पढाई अन्तर्गतको प्रयोगात्मक परिक्षाको एउटा महत्वपूर्ण पाटोको रुपमा रहेको ग्राजुएसन फेसन शोमा यस पटक मिस्टिकल क्रिएचर अवधारणामा योकाई, फ्रुटि टोन्स अवधारणमा अलंकृत फल, चेन चिक इन डेनिम कुटर अवधारणामा जेन मेराकी, हार्मोनिया भेस्टिस अवधारणामा हार्मोनिया भेस्टिस, फजेज् अफ प्रिसिपिटेसन अवधारणामा मिड नाइट रेन, ¥याडिएन्ट रिफ्लेक्सन अवधारणामा आर्ट डेको ग्ल्याम, म्याक्रोम अवधारणामा रग एल्युर तथा फ्रस्टी फ्लोरिसेस् अवधारणामा फ्रस्टि अरा गरी ८ वटा विविधता युक्त अवधारणामा पहिरनहरु प्रस्तुत गरिएका थिए । हरेक राउन्डको अन्तिम सृजना, कल्पना, मिहेनत र मेकिङ अद्भुत समायोजन भएका क्रिएटिभ वेयरले रनवेमा उपस्थिति जनाएको थियो । जसअन्तर्गत मोडलहरुले क्रिएटिभ वेयर तथा सोही क्रिएटिभ वेयरको मिनि भर्सन अर्थात् डल डे«ेस स्वरुप पनि एक साथमा अनुभव गर्न पाइएको थियो । यो फरक समायोजन र प्रस्तुतिले उपस्थित फेसन पारखीहरुका माझमा थप रोमाञ्चता संचार गरेको देखिन्थ्यो ।
२३ जना युवती मोडलहरु र ९ जना युवा मोडलहरुको प्रस्तुतिमा सम्पन्न हुने उक्त फेसन शोको सम्पूर्ण मेकिङ कलेजको १८औं ब्याचका ७१ जना विद्यार्थी डिजाइनरहरुको आयोजन, व्यवस्थापन तथा प्रस्तुतिको समग्र जिम्मेवारीमा सम्पन्न भएको थियो । कार्यक्रमको कोरियोग्राफी र निर्देशनको अविभारा संचारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले सम्हालेका हुन् । कार्यक्रममा नमूना कलेजद्वारा प्रकाशित फेसन क्याटलग तेस्रो संस्करणलाई पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. शैलेश मणि पोखरेल, रजिष्ट्रार निलमणी पोखरेल, व्यवस्थापन संकायका डीन डा. सन्देश डास श्रेष्ठ, एग्ज्याम कन्ट्रोलर बलेन्डु हमाल तथा नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरद्वारा संयुक्त रुपमा विमोचन गरिएको थियो ।
सृजनशीलता र कल्पनाशीलतामा निखारिएका अनुपम एवं उत्कृष्ट फेसन शैलीहरु पदार्पण भएको नमूना कलेज अफ फेसन टेक्नोलजीको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेज्मेन्ट शीर्षक अन्तर्गतको फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको अन्तिम परिक्षाको रुपमा निर्मिति नव्यता शीर्षक अन्तर्गत उक्त फेसन शोले मूर्त रुप पाएको हो । उक्त परिक्षा रुपी फेसन शोमा फेसन अध्यापकद्वय राजेन्द« सिंह र कुश्मा श्रेष्ठ, फेसन डिजाइनरद्वय अनु श्रेष्ठ र सविना चौधरी, साखः ग्रुपका अध्यक्ष किरण साखः, राष्ट्रिय सीप परिक्षण समितिका कार्यकारी निर्देशक डा. कुल बहादुर बस्नेत, प्रोफेसर डा. जया प्रधान तथा उद्यमी व्यवसायी एवं पियर क्लोदिङका संस्थापक अध्यक्ष पशुपति देव पाण्डे निर्णायकको भूमिका निर्वाह गरेको थिए । करिब तीन घण्टा फेसनमय बनेको सो कार्यक्रममा भारतीय राजदूतावास, बंगालदेशी राजदूतावास तथा भारत नयाँ दिल्ली स्थित नेसनल इन्स्टिच्युट अफ फेसन टेक्नोलजी,
एनआईएफटीका प्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो ।
काठमाडौं, २३ चैत्र । कवि एवम मुक्तककार मुकुन्द पौडेलको मुक्तक संग्रह मन मूर्च्छना लोकार्पण भएको छ । राजधानीमाआयोजित लोकार्पण समारोह माझ उक्त मुक्तक संग्रह सार्वजनिक गरिएको हो । पौडेल कृत मन मूर्च्छनाको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका दिव्य शताब्दी पुरुष डा। गौरी शकंर लाल दास, कृतिकार मुकुन्द पौडेल, बरिष्ठ साहित्यकार एस पी कोईराला, बरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल, बरिष्ठ मुक्तककार केदार नाथ खनाल, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, समालोचक घनेन्द्र ओझा र आवरण प्रकाशनका अध्यक्ष एवं कवि रमेश पौडेलले संयुक्त रुपमा गर्नुभयो ।
सो अवसरमा कार्यक्रमलाई दिव्य शताब्दी पुरुष डा।गौरीलाल दासले प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै मुक्तककारमा सरसपूर्ण तबरले भाव व्यक्त गर्दै मुक्तक कोर्न सक्ने सिर्जना शक्ती रहेको आफूले पाएको बताउनुभयो ।
कृतिकार मुकुन्द पौडेलले दिव्य शताब्दी पुरुष डा।गौरीशंकरलाल दासलाई प्रमुख अतिथिका रुपमा पाउँदा गौरव महशुस भएको बताउनु हुँदै आफू सकृय रुपमा साहित्य सिर्जनामा लाग्ने प्रण गर्नुभयो ।
पूर्व मन्त्री एवं बरिष्ठ साहित्यकार एस पी कोईरालाले मुकुन्द पौडेलको यस कृति पढदै जादाँ उहाँ आफू सत्तरी नभई यौवन कालमा रहेको युवा भएर लेखेको भान जोकोहीलाई पर्न जाने उल्लेख गर्नुहुँदै सेवा निवृत्त जीवनमा पनि सक्रिय हुन सकिन्छ भन्ने प्रेरणा उहाँबाट लिन सकिने बताउनुभयो ।
कार्यक्रममा सभापतिको आसनबाट बोल्ने क्रममा बरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहालले कृतिकारको लेखन शिल्पको तारिफ गर्नु हुदै शिल्पकारितासँगै बिषयवस्तुमा वेग र तिव्रता रहेकाले मन मूर्च्छना पठनिय रहेको उल्लेख गर्नुभयो ।
त्यसैगरि बरिष्ठ मुक्तककार केदार नाथ खनालले कृतिकारमा मुक्तक लेखनीको उच्च सम्मोहन रहेको बताउनु हुँदै उहाँका रचनाहरु निकै रोचक र प्रेरक रहने गरेको उल्लेख गर्नुभयो ।
नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले कृतिकारको मुक्तक प्रतिको लगावको सर्हाना गर्नुहुँदै मन मूर्च्छनामा भाव, अर्थ र अनुप्रासको शिल्प सुन्दर रहेको उल्लेख गर्नुभयो ।
समालोचक घनेन्द्र ओझाले कृतिको समिक्षा गर्नुहुँदै मुक्तकमा विविध विषय र भाव प्रयुक्त रहेको र लेखनी शक्ती कल्पनशिलताले कृतिकारमा स्मृति दंश शालिन रहेको दर्शाउने बताउनुभयो । । साथै उहाँले भद्रताका साथ केही थोरै रचना बाहेक शिल्प र संरचनाका हिसाबले सबै सिर्जनाहरु अब्बल पस्कन सफल रहनुभयो टिप्पणी गर्नुभयो ।
कार्यक्रम माझ आवरण प्रकाशनका प्रबन्ध निर्देशक एवं कवि रमेश पौडेलले स्वागत मन्तव्य राख्नु हुँदै मुक्तककार पौडेलका रचनाहरु निकै मर्मस्पर्शी रहने गरेको बताउनुभयो ।
त्यसो त सो अवसर माझ दिव्य शताब्दी पुरुष डा. गौरीशंकरलाल दासले कृतिकारलाई सम्मान गर्नुभयो भने कृतिकारको जन्मदिनको अवसरमा प्रकाशक आवरणले केक काटेर उहाँको जन्मदिन मनाउने प्रबन्ध मिलाएको थियो ।
