काठमाडौं । जन्मदिनमा मात्रै काटिने केक आजभोलि हरेक उत्सवको पर्याय तथा अपरिहार्य नै बनेको छ । माता तीर्थ औँसी बहार भन्दै नेपाल हाउस बालुवाटारले विभिन्न स्वादमा केक उपलब्ध गराउने भएको छ ।
वैशाख कृष्ण औँसी अर्थात् आमाको मुख हेर्ने दिन विभिन्न स्वादका केकका साथ आमाको मुख हेरौ भन्दै नेपाल हाउस बालुवाटारले विभिन्न डिजाइन भराइटि र स्वादमा केक उपलब्ध गराउने भएको छ ।
खानाको पारखीहरूलाई भिन्नभिन्न नयाँ र उच्चस्तरको गुणस्तरीय सेवा प्रदान गर्ने पहिलो क्लासको रेस्टुरेन्ट नेपाल हाउसका संचालक टीका गाैतमले आमालाई आजको दिन मात्र होइन, हरेक दिन सम्मान गर्नु आवश्यकता रहेको छ भन्दै आमाको मुख हेर्ने दिन आफूहरूले
ताजा सफा एवं स्वादिलो आकर्षक केक उपलब्ध गराउने जानकारी दिनुभयो ।
काठमाडौं उपत्यका भर फ्री होम डेलिभरीका साथ केक उपलब्ध गराउँदै आएको समेत बताउनुभयो । माता तीर्थ औँसीको दिन पनि आफूहरू फ्री होम डेलिभरी गर्न तत्पर रहेको गाैतमले बताउनुभयो ।
काठमाडौं- लेखक, साहित्यकार एवं गीतकार भीष्मराज फुलाराद्वारा रचित नयाँ लोक देउडा गीत ‘साइनो मिटाइ गई’ सार्वजनिक भएको छ । फुलारा लिट्रेचर फाउण्डेशन नेपालको प्रस्तुती रहेको उक्त गीतमा वरिष्ट देउडा गायक दिपेन्द्र प्रसाद दाहाल र चर्चित गायिका टिका पुनको स्वर, दिपेन्द्र प्रसाद दाहालकै संगीत र भुवन प्रसाद बडुको संगीत संयोजन रहेको छ । उक्त देउडा गीतको म्यूजिक भिडियो लेखक फुलाराको आफ्नै आधारिकारीक युट्यूव च्यानल फुलारा ईन्टरटेनमेन्ट नेटवर्क मार्पmत सार्वजनिक गरिएको हो ।
‘बासु डि. फुलारा पि.सी.’को सहकार्यमा निर्माण गरिएको उक्त देउडा गीतको दृश्य निर्माण ‘जुम प्रोडक्सन’ र रेकर्डिङ बिग परिवेश स्टुडियो अनामनगरमा भएको हो ।
रमेश बिजुली बि.सी.द्वारा निर्देशित सो म्यूजिक भिडियोमा ध्वनी मिश्रण जिवन बडु, अभिनय तर्फ चर्चित कलाकारहरु झरना बोहरा, सौगात ओझा र बिर बहादुर बोहरा रहेका छन् । त्यसैगरी छायाँङ्कनमा अमृत उपाध्याय, सम्पादनमा शंकर साउद, कलर संयोजनमा गणेश साउद र मेकअपमा निशा बोहराले गीतलाई थप आकर्षित बनाएका छन् ।
नेपाली समाजमा जातीय विभेदका कारण मायाप्रेममा चुर्लुम्म डुबेका युवावर्गहरुलाई समाज र परिवारका कारणले छुट्टिन बाध्य भएका घट्नाहरुलाई जोडेर यो गीत रचना गरेको हुँ, ‘यो पूर्ण वियोगान्त देउडा गीत हो’ फुलाराले भने ।
काठमाडौं - थुप्रै गीतहरुको सिर्जना गरेका प्रकाश पुरी राम्रो गीतकार एबम् संगीतकारका रुपमा चिनिन्छन । उनिले दुई दर्जन जती गीतहरुमा आँफैले स्वर दिएको छन् । प्रकाशले पछिल्लो समय ‘दोलालघाटको पुल तरेर’ गीतमा समेत स्वर दिएका छन् । हालैमात्र सार्वजनिक गरिएको उक्त गीतमा सावित्री केसीले प्रकाशलाई स्वरमा साथ दिएकी छन् ।
रामकुमार नेपालीको संगीत संयोजन तथा देव पुरीको शब्द रचना रहेको उक्त गीतको म्यूजिक भिडियोमा बिद्या कार्की र राजन पुरीको अभिनय देख्न सकिन्छ । पछिल्लो समय चर्चामा रहेका म्यूजिक भिडियो निर्देशक निरेन श्रेष्ठको निर्देशन रहेको भिडियोलाई मरुभुमि नारायणको छायांकन, अमृत चापागाईंले सम्पादन गरेका छन् । भिडियो शुभ साईत म्युजिकको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
काठमाडौं - नेपाली गीत, संगीत र संस्कृति संरक्षणको अभियान, व्यवसायीक एकता सहितको हाम्रो पहिचान’ भन्ने मुल नाराकासाथ नेपाल संगीत उद्योग संघद्वारा आयोजित ‘अथक शान्त साधक बिश्वनाथ केडिया’ तेश्रो अमिन राष्ट्रिय म्युजिक अवार्ड २०८१ को भव्य रुपमा सम्पन्न भएको छ । मन्त्री परिषद्का पूर्व अध्यक्ष एंव पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीको प्रमुख आतिथ्यतामा काठमाण्डौको जमलस्थित राष्ट्रिय नाचघरमा उक्त कार्यक्रम भव्यताकासाथ सम्पन्न भएको हो ।
नेपालको मौलिक कला संस्कृतिलाई बचाइ राख्न यस्ता अर्वाडहरुले ठूलो भूमिका राख्ने भउको हुँदा नेपाल संगीत उद्योग संघले विगतका तीन वर्षदेखी निरन्तर रुपमा अवार्ड कार्यक्रमको आयोजना गर्दै आईरहेको संघका अध्यक्ष सूर्य बहादुर मगरले बताए । संघ संस्थाहरुले मात्रै यस्ता देशकै ठूलो अवार्ड कार्यक्रमहरू गर्न खर्चिलो र गाह्रो हुने हुँदा नेपाली मौलिक कला संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्न राज्यले सहयोग गर्नु पर्नेमा पनि अध्यष सुर्यै मगरको जोड थियो ।
कार्यक्रममा सर्वोत्कृष्ट, जुरी, पप्लिक च्वाईस, लगायत विभिन्न ६६ विधामा अवार्ड वितरण गरिएको कार्यक्रम संयोजक जानकी थापा मगरले बताईन् । त्यसैगरी नेपाली मौलिक गीत संगीत, कला संस्कृति एवं साहित्यको संरक्षण सम्बर्द्धन, प्रवर्द्धनका साथै नेपाली मौलिक गीत संगीत क्षेत्रको विकासका निम्ति रचनात्मक तथा सिर्जनात्मक कार्यहरुमा क्रियाशिल रहेर यस क्षेत्रमा योगदान पु¥याउनेहरुलाई अवार्डप्रदान गरिएको महासचिव जीत सागर रावतले बताए ।
अथक सान्त साधक बिश्वनाथ केडिया तेश्रो अमिन राष्ट्रिय म्युजिक अवार्ड २०८१ मा विशिष्ठ लोकगायक कुमार बस्नेत, उदय सोताङ राई, मनिला सोताङ र हरी गोपाल प्रधानलाई दशक गायक सम्मान २०८१ बाट सम्मान गरियो । त्यसैगरी, कमला सुवेदी र सावित्री खड्कालाई महिला उद्यमी सम्मान दिएको थियो भने, ईशा लोहागुन कौशललाई महिला ध्वनी सम्पादक सम्मान प्रदान गरिएको थियो। उक्त समारोहमा गायिका सीता देवी दुरा र गीतकार रमेस परियार लगायतका कलाकारहरुलार्ई सम्मान गरिएको थियो ।
त्यसैगरी उक्त अवार्ड कार्यक्रममा पदम खड्का, नरेश लाल श्रेष्ठ, निराजन बहादुर चलाउने, पशुपति पाण्डे, नानिराज घिमिरे, हरी कार्की, भक्त हमाल लिलेन्द्र प्रधान, डा.सुवोध गुप्ता, रितेश लामिछाने, राज कार्की, सदिश श्रेष्ठ, हिमाल बहादुर राना, बिनोद प्रशाद तिवारी, राजेन्द्र संग्रौला, प्रकाश सिंह कार्कीलगायतलाई व्यवसायिक सम्मान २०८१ बाट सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सफल पार्नको लागी नेपाल बायुसेवा निगम, चिरायू नेसनल अस्पताल, मेडिकल ईन्सिच्यूट, कृषि बिकास बैक, मेरो माईक्रो फाईनान्स, मोनिका हयान्डी क्राफ्ट, यूनिक फ्रेट इन्टरनेस्नल प्रालि, बि एफ डियर हिल सुज, टाईगर ब्रुअरी, एभेन्टोज लगायतले प्रायोजन गरेका थिए ।
कार्यक्रमा नेपाल उघोग बाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल ,उपाध्यक्ष जोत्सना श्रेष्ठ र पुर्व उपाध्यक्ष दिनेश श्रेष्ठको सहभागिता रहेको थियो भने महासंघका केन्द्रीय सदस्यहरु, नरेशलाल श्रेष्ठ, भक्त हमाल, नानिराज घिमिरे, लिलेन्द्र प्रधान, पशुपती पाण्डे, हरी कार्की, संघका पूर्व अध्यक्ष रुपेश कुमार श्रेष्ठ, पदम बहादुर बुढा, कबि बिशु कुमार केसी , गीतकार संघका अध्यक्ष बसन्त बित्यासी थापा, नेपाल साङ्गितिक संघका अध्यक्ष मिलन मोक्तान, गीतकार बि पाण्डे, संगीतकार बसन्त साप्कोटा, संगीतकार अष्ट लामा लगायतको आतिथ्यता रहेको थियो ।
सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत
भद्र वली – पक्कै अब बन्छ साक्षर नेपाल
सर्वोत्कृष्ट संगीत – आधुनिक गीत
मिलन मोक्तान – अनायासै आँधि चल्यो
सर्वोत्कृष्ट गायिका महिला – लोकदोहोरी गीत
जुना श्रीस मगर – जाम सुस्तै
सर्वोत्कृष्ट नवगायिका महिला – आधुनिक गीत
निता आचार्य – चुपचाप
सर्वोत्कृष्ट शब्द रचना – पप गीत (जुरी अवार्ड)
माधव राज खरेल – फुरफुर पुतली
सर्वोत्कृष्ट मोडल पुरुष – आधुनिक गीत
सनम कठायत – किन मरिन म–२
सर्वोत्कृष्ट शब्द रचना – आधुनिक गीत (जुरी अवार्ड)
सविता पोखरेल – एक चिम्टी सिन्दुर
सर्वोत्कृष्ट गायक – देउडा संघ -पब्लिक च्वाईस_
महेश कुमार औजी – लैजा परान
सर्वोत्कृष्ट गायक – देउडा गीत (जुरी अवार्ड)
भिस्मराज फुलारा – साइनो मिटाई गई
सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत (पब्लिक च्वाईस)
डा. आश बहादुर तामाङ – हे वीर जाती जन्माउने
सर्वोत्कृष्ट पन्चे बाजा गीत
लक्ष्मी रेग्मी –बुढेसकालले छुन्छ
सर्वोत्कृष्ट भिडियो सम्पादक (जुरी अवार्ड)
मिराज अर्याल – बन्दी पुरैमा
सर्वोत्कृष्ट एरेन्जर (जुरी अवार्ड)
मनोज थापा मगर – भागी जाने सल्ला
सर्वोत्कृष्ट एरेन्जर (जुरी अवार्ड)
मनी तामाङ – कान्छी
सर्वोत्कृष्ट नवगायक पुरुष आधुनिक गीत (जुरी अवार्ड)
अजेश पौडेल – फाटेको लुगा
सर्वोत्कृष्ट शब्द रचना (पुरुष) – आधुनिक गीत (पब्लिक च्वाईस)
राजेश एकल – हाँस्नु पर्छ जिन्दगीमा
सर्वोत्कृष्ट गायक – सालैजो गीत
रोशन राना (युवराज मगर) – गोरखपुरे रेलैमा
सर्वोत्कृष्ट मगर गीत
दिपेन्द्र आले मगर – हिले खबर
सर्वोत्कृष्ट देउडा गीत
निरज कुमार सुनार – झुप्पा तोम्रै मायाले
सर्वोत्कृष्ट गायक – तामाङ गीत
अर्पन थिङ् तामाङ् – चु तिङ
सर्वोत्कृष्ट तामाङ गीत
कृष्ण तामाङ् – नोब नोब जुत्ता तक तक हिल
सर्वोत्कृष्ट गायक – देउडा संघ (जुरी अवार्ड)
अशोक कुमार सिंह – राराको काखमा
सर्वोत्कृष्ट गायक – सालैजो गीत (जुरी अवार्ड)
सुदिप सिन्जाली मगर – रिमै
सर्वोत्कृष्ट मोडल (पुरुष) –तामाङ संघ (पब्लिक च्वाईस )
राम सिंह तामाङ – भेटैमा भयो
सर्वोत्कृष्ट मोडल पुरुष –तामाङ संघ (जुरी अवार्ड)
कर्मा वाङ्गेल पाईन – छाता कुसी
सर्वोत्कृष्ट गायक –तामाङ संघ (जुरी अवार्ड)
जगत कुमार थिङ – च्याङवाले मन परायो
सर्वोत्कृष्ट गायक – पुर्वेली गीत
सन्तोष तिवारी– बाचुन्जेल सम्म
सर्वोत्कृष्ट नवमोडल पुरुष – लोकदोहोरी गीत
चिरन्जी गीरी – कस्तो मायाँ
सर्वोत्कृष्ट नवमोडल महिला – लोकदोहोरी गीत
सुस्मिता खत्री – गुल्मी जिल्ला ईश्मा दरवार
सर्वोत्कृष्ट नवमोडल महिला – आधुनिक गीत
झरना नेपाल – कठपत्याको ठन्डा पानी
सर्वोत्कृष्ट नवगायक पुरुष – लोकदोहोरी गीत
सचिन भट्टराई – छायाँ सीसाको
सर्वोत्कृष्ट गायक – पुर्वेली गीत (जुरी अवार्ड)
राजेश पल लिम्बु – ए कान्छी तिमी
सर्वोत्कृष्ट गायक – पुर्वेली गीत (पब्लिक च्वाइस)
धन बहादुर दमाई (दिपक लाखे) – चोखो मायाँ लाउँ साईला
सर्वोत्कृष्ट गायक – पुर्वेली गीत (जुरी अवार्ड)
रेशम शिवाकोटी – मायाँको पोको
सर्वोत्कृष्ट गायक – पुर्वेली गीत (जुरी अवार्ड)
टेकमान तामाङ गल्थेन – मायालाई सलाम
बर्षको सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत
मान बहादुर विश्वकर्मा – उषा
सर्वोत्कृष्ट नवगायक पुरुष – आधुनिक गीत
योकतुम्बा रमेशराज लिम्बु – सम्झना आउछ तिम्रो
सर्वोत्कृष्ट नवगायिका महिला – लोकदोहोरी गीत
सुमि पराजुली – चुम्मा चपक्कै
सर्वोत्कृष्ट मोडल महिला – लोकदोहोरी गीत
सञ्चिता शाही – हितैको मायालाई
सर्वोत्कृष्ट गायक – आधुनिक गीत (जुरी अवार्ड)
प्रदिप धमला – सुनन
सर्वोत्कृष्ट गायक – आधुनिक गीत (जुरी अवार्ड)
पवन बान्तावा राई – मन पर्ने एउटै फुल हो
सर्वोत्कृष्ट गायिका – आधुनिक गीत (जुरी अवार्ड)
सुनिती कार्की –पर्खिदा पर्खिदै
सर्वोत्कृष्ट नवगायक – लोक दोहोरी गीत (जुरी अवार्ड)
नारायण पौडेल – मैना चरीलाई
सर्वोत्कृष्ट मोडल पुरुष – आधुनिक गीत (जुरी अवार्ड)
आन्नद सिंह – के देख्यौ र
सर्वोत्कृष्ट नवमोडल महिला – लोक दोहोरी गीत (जुरी अवार्ड)
तुल्सी गुरुङ – मुटू सियर
सर्वोत्कृष्ट मोडल – लोकदोहोरी गीत
प्रेम बहादुर थापा – जाम सुस्तै सुस्तै बेनी बजारमा
सर्वोत्कृष्ट शब्द रचना – आधुनिक गीत
तिब्बत दर्लामी – धोकेवाज मायालाई के दिउँ सजाय
सर्वोत्कृष्ट संगीत निर्देशक पुरुष – लोकदोहोरी गीत
रुद्र बहादुर श्रेष्ठ – धरान धनकुटा भेडेटार
सर्वोत्कृष्ट भिडियो सम्पादक
रविन विक – म मरेर के भो
सर्वोत्कृष्ट भिडियो निर्देशक
काजिश श्रेष्ठ – तिमी र म जाम माया घुम्न
सर्वोत्कृष्ट एरेन्जर
कृष्ण के.सी. – तिमी नबोलेकै राम्रो
सर्वोत्कृष्ट मोडल पुरुष – लोकदोहोरी गीत (जुरी अवार्ड)
किरण मगर – ढाट्यो जिन्दगीले
सर्वोत्कृष्ट शब्द रचना पुरुष – आधुनिक गीत (जुरी अवार्ड)
कमल पुन मगर – डोली
सर्वोत्कृष्ट शब्द रचना –आधुनिक गीत (पब्लीक च्वाइर्ज)
दयाराम पाण्डे – सम्झना
सर्वोत्कृष्ट शब्द रचना –आधुनिक गीत (जुरी अवार्ड)
धुर्व खनाल – थाहा छैन
सर्वोत्कृष्ट शब्द रचना –आधुनिक गीत (पब्लीक च्वाइर्ज)
डिपी खनाल – तिम्रो आउने पालो
सर्वोत्कृष्ट गायक – लोकदोहोरी गीत
रोशन राना (युवराज मगर) – युकेको लाहुरे
सर्वोत्कृष्ट गायक – आधुनिक गीत
पदम् राई – बाटो घुमाउरो
सर्वोत्कृष्ट नवमोडल पुरुष – आधुनिक गीत
आनन्द सिंह – फुल बुट्टे सारी
सर्वोत्कृष्ट संगीत –आधुनिक गीत (पब्लिक च्वाईस)
शंखर थापा स्माइल – तिम्रो आउने पालो
वर्षको सर्वोत्कृष्ट गायक – लोकदोहोरी गीत
हुम गैरे – इतिहास
सर्वोत्कृष्ट गायक –आधुनिक गीत (जुरी अवार्ड)
नरहरी प्रेमी – घर छोडेको मान्छे
सर्वोत्कृष्ट गायक –लोक दोहोरी गीत (पब्लिक च्वाईस)
जगत बहादुर घर्ती – माया गर्ने मुटू
सर्वोत्कृष्ट गायक –लोक दोहोरी गीत (पब्लिक च्वाईस)
बद्री सापकोटा – बसबस पियारी
सर्वोत्कृष्ट नवगायिका – आधुनिक गीत (जुरी अवार्ड)
खुशी थुलुङ – कति मिठो राम साईला कुवाको पानी
सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत (पब्लिक च्वाईस)
धनु ग्याङमी – देश निर्माणको संंकल्प
काठमाडौं - लोकप्रिय गायिका गीता भट्टराई लोक दोहोरी, लोक पप तथा आधुनिक गीत–संगीत क्षेत्रमा चर्चित नाम हो । गायन कौशल राम्रो भएकै कारण एक पछि अर्को गीतले चर्चा बटुली रहेको अवस्थामा नयाँ सिर्जना ‘दियो कलश’को भिडियो गायिका भट्टराईको आफ्नै युटूव च्यानबाट सार्वजनिक भएको छ । रमेश परियारको शब्द, संगीत रहेको ‘दियो कलश’ गीतमा गायिका गीता भट्टराईलाई रमेश निर्दोषले स्वरमा साथ दिएका छन् । सुन्दर दृश्य कैद गरिएको भिडियोमा सुरेश कोह्ली, अस्मिता रणपाल आदिको साथमा गायिका भट्टराईलाई पनि देख्न सकिन्छ ।
अजय रेग्मीको छायांकन, अमित चापागाईंको सम्पादन रहेको भिडियो कुमार केसीले निर्देशन गरेका हुन् ।
काठमाडौ - डाक्टर आयुष्नोभा ढुंगाना ‘मिस इन्टरकन्टिनेन्टल नेपाल - २०२४’ घोषित भएकी छन् । बुधबार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘मिस्टर एन्ड मिस नेशनल नेपाल -२०२४’ मा उनले शो उपाधि चुमेकी हुन् । डा. ढुंगानाले सवटाइटल तर्फ ‘मिस एलिगेन्स’ समेत हात पार्न सफल भएकी छन् ।
डा. ढुंगाना मोडल पनि हुन् । कलाकारिता र डाक्टर पेशा एकसाथ अगाडि बढाइरहेकी ढुंगाना बंगलादेशबाट एमबीबीएस गरेकी छन् । संयुक्त राज्य अमेरिकाको हार्वर्ड मेडिकल स्कूलबाट जनेशरल साइकीह्याटीक म्यानेजमेन्ट, साइको इडुकेशन, बाइप्लोर डिसअडर, डिप्रेसन पोष्ट ग्रेजुएशन क्रेडिट पाठ्यक्रममा उनले १०० प्रतिसत क्रेडिट पाएकी थिइन् ।
अहिले डाक्टर आयुष्नोभा ढुंगाना हार्वर्ड स्कुलकै अटिजम पोस्ट ग्रेजुएशन क्रेडिट कोर्स गर्दैछन् ।
प्रतियोगतिामा ‘मिस इन्टरकन्टिनेन्टल नेपाल’ सहित अन्य तीन विजेता समेत छानिएको थियो । जसमा सजिना खनालले ‘मिस सुप्रा नेशनल २०२४’ र धीरजकाजी बस्नेतले ‘मिस्टर सुप्रानेसनल २०२४’को उपाधि हात पारे । प्रतियोगिताको अर्को महत्वपूर्ण उपाधि ‘मिस ग्लोबल नेपाल २०२४’ मोनिका अधिकारी र ‘मिस्टर इन्टरनेशनल नेपाल २०२४’ क्षितिज श्रेष्ठ क्षेत्री भए ।
सनुर्वी इन्टरनेसनलले आयोजक रहेको प्रतियोगिताको फिनाले महिला र पुरुष गरेर २९ जना प्रतिस्पर्धीहरु सहभागी थिए । विजेता सबैले उपाधिको साथमा बिभिन्न गिफ्ट ह्याम्पर प्राप्त प्राप्त गरेका छन् ।
भारत - भारती पिक्चर्स प्रालीको प्रस्तुतीमा प्रवासी साझा मञ्चद्वारा आयोजित भारती अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ भारतको चन्डिगड स्थित टागोर थियटर सेक्टर १८ बि मा भव्यरुपमा सम्पन्न भएको भारती पिक्चर्स प्रालीका अध्यक्ष अमृत भारतीले जानकारी गराउनु भएको छ ।
प्रवासी साझा मञ्चका अध्यक्ष कृष्ण कुमार श्रेष्ठको सभापतित्व र सँस्कृती बिभाग प्रमुख नेपाली दूतावास भारतका गोकुल बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ५७ बिधामा नेपालबाट गएका राष्ट्रिय कलाकारहरुलाई अवार्ड प्रदान गरिएको थियो ।
समाजसेवि तथा लोक गायक कृष्ण कँडेललाई दीर्घ साधना सम्मानद्वारा सम्मानित गरिएको थियो । दशकका गायिकाको रुपमा चर्चित लोक तथा दोहोरी गायिका पुर्णकला बिसिलाई सम्मान गरिएको थियो भने मौलिक लोक गायकको रुपमा चर्चित लोक गायक राम कुमार नेपालीलाई सम्मान गरिएको थियो ।
पत्रकार सम्मान कमल चौलागाईले हात पारे । चन्डिगढमै पहिलो पटक यति धेरै कलाकार र चार हजार दर्शकको उपस्थितिमा सम्पन्न कार्यक्रमलाई चर्चित कार्यक्रम संचालक पिएन सापकोटा र संस्थाका सचिव करण खड्काले संचालन गर्नु भएको थियो ।

काठमाडौं । गोरखा सर्जक समाजको आख्यानाङ्क ‘गोरखा–वाङ्मय’ कविता सङ्ग्रह ‘बादलमुनिका बस्तीहरू’ सार्वजनिक गरिएको छ । गोरखा सर्जक समाजद्वारा बुधबार राजधानीमा आयोजित कार्यक्रममा समालोचक डा वासुदेव त्रिपाठी, बमबहादुर जितालीलगायतका श्रष्टाले गोरखा–वाङ् मय र कवितासङ्ग्रह लोकार्पण गर्नुभएको हो ।
समालोचक डा वासुदेव त्रिपाठीले गोरखा–वाङ्मय र बादलमुनिका बस्तीहरूलगायतका सिर्जनाले नेपाली साहित्य भण्डारलाई बलियो बनाउन योगदान दिने बताउनुभयो । डा। नवराज कट्टेलले आख्यानात्मक सो वाङ्मयमा ४० वटा लेख रचनाले साहित्य, संस्मरण र जीवन र जगत्का विविध पक्षलाई उजागर गरेको चर्चा गर्नुभयो ।
समीक्षक रश्मि भट्टले ‘बादलमुनिका बस्तीहरू’ कवितासङ्ग्रहमा सर्जकले आफ्नो जागिरे जीवनमा लेखेर राख्नुभएको कविताको सँगालोभित्र अनेकौँ भोगाइका झलक भेटिएको बताउनुभयो ।
सो अवसरमा कार्यक्रम माझ बोल्नु हुदै गोरखा–वाङ् मयका सम्पादक दिपक न्यौपानेले गोरखा सर्जक समाजले स्थापनाको छोटो अवधिमा विभिन्न सर्जकका शिल्प सिर्जनालाई आम पाठकमाझ पस्कदै नेपाली साहित्यको जगेर्ना गर्ने कार्यमा उल्लेख्य रुपमा योगदान पुर्याउदै आएको बताउनुभयो ।
गोरखा–वाङ् मयका सम्पादक सुरेशकुमार भट्टले गोरखा सर्जक समाज संस्थाको गतिविधिलाई दीर्घकालीन बनाउन आजीवन सदस्य सङ्ख्या बढाउँदै आर्थिक रकम सङ्कलन गरी अक्षयकोषको स्थापना गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।
गोरखा–वाङ्मय दिपक न्यौपाने, वासुदेव भट्ट र सुरेशकुमार भट्टको सम्पादनमा तयार भएको हो भने ‘बादलमुनिका बस्तीहरू’ सर्जक विष्णुहरि अधिकारीले लेख्नुभएको हो ।
२०७५ सालमा स्थापना भई २०७५ सालमा नै संस्थापक अध्यक्ष समेत रहनुभएका साहित्यकार तुलसीप्रसाद न्यौपानेले पत्नीवियोगमा लेख्नुभएको कृति ‘स्मृतिमा कमला न्यौपाने’ बाट आफनो प्रकाशन यात्रा शुरु गरेको गोरखा सर्जक समाजले हालसम्म विभिन्न साहित्यकर्मीका एक दर्जन कृति प्रकाशन गरेको छ ।
काठमाण्डौं । ८६ बर्षिया ज्योती कोईरालाको ज्योतीको सङ्गालो गिति संग्रह विमोचन गरिएको छ । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले बुधबार काठमाण्डौंमा आयोजित एक कार्यक्रममाझ उक्त गिति संग्रहको विमोचन गरेका हुन् ।
सोही अवसर माझ ज्योती कोईराला र उनका श्रीमान ठाकुर प्रसाद कोईरालाले भतिज डा भगवान कोईरालाको अध्यक्षतामा निर्मित काठमाण्डौ इन्स्टिच्युट अफ चाईल्ड हेल्थ नामक गैर नाफामुलक बाल अस्पतालमा उपचारका लागि आउने गरिव तथा निमुखा बालबालिकाको उपचार सहयोगका लागी पच्चिस लाख सहयोग स्वरुप प्रदान गरेका छन् ।
सो अवसरमा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले उमेरलाई सिर्जनाले छेक्दैन भन्ने ज्वलन्त उदाहरणका रुपमा ज्योती कोईरालालाई लिन सकिने उल्लेख गर्दै स्वास्थ्य शरीरले नै नयाँ चिन्तन र सिर्जना गर्ने मौका मिल्ने बताए ।
कार्यक्रममाझ सर्जक ज्योती कोईरालाले गित र सोको भाव बारे प्रष्ट पार्दै ७ दशक अघिको परिवेशलाई यस गिति संग्रहमा समेटिएको जानकारी दिईन्।
कार्यक्रममा सभापतिको आसनबाट बोल्नेक्रममा सर्जकका पति एवम विमोचन कार्यक्रमका सभापति ठाकुर प्रसाद कोईरालाले ज्योती कोईरालाले विहान बेलुका गुनगुनाउने गरेको आफूले पाएको र सो बारे कौतुहलता जागेर बुझ्दा लोपोन्मुख रहेको पाएकाले यसलाई औपचारिकता दिदै गिति संग्रह निकालिएको बताए।
कार्यक्रम माझ लोक गायक बम बहादुर कार्कीले ज्योतीको संगालोमा तिज भाकाका पुराना गितहरु संग्रहित रहेको र कोईरालाँ जस्ता ज्येष्ठ नागरिकबाट हाम्रा लोपोन्मुख रहेका गितको जगेर्ना गर्न सकिने बताए ।
त्यसैगरि प्रा डा भगवान कोईरालाले आफना अभिभावकले सिर्जना पस्किएकामा गर्व र खुसी लागेको बताउदै अस्पतालमा उपचारका लागि आउने गरिव तथा निमुखा बालबालिकाको उजचारमा खर्च गर्नका लागि ठाकुर प्रसाद र ज्योती कोईराला दम्पतीले गर्नुभएको सहयोगका लागि धन्यवाद व्यक्त गरे।
सो अवसरमा परिवारकातर्फबाट बोल्ने क्रममा शान्ता बास्कोटा कोईरालाले सबैमा धन्यवाद ज्ञापन गर्दै झन्डै ९० छुनै लाग्दा यसरी गिति सङ्ग्रह ल्याउन सफल ज्योती कोईराला र उहाँलाई झक्झकाउनु हुने ठाकुर प्रसाद कोईरालाप्रति निष्ठा प्रकट गर्न चाहेको उल्लेख गरिन् ।
युवा संगितकार दिपक शर्माको संगितमा तयार पारिएको ५ वटा गितहरु ज्योतीको सङ्गालोमा संग्रहित छन् । यस गिति संग्रह मध्ये एकमा सर्जकका सुपुत्र ईन्जिनियर अर्जुन कोईरालाको समेत स्वर र अभिनय रहेको छ भने सबै गितमा श्रष्टा स्वयम्को स्वरसहित भिडियो निर्मित छ ।
पाल्पामा जन्मिएकी ज्योती कोईरालाले आज भन्दा ७०,८० बर्ष पहिले चेलीहरुले भोगेका दुख, कष्ट, ईच्छा, आकांक्षालाई गित संगितको माध्यमबाट व्यक्त गरेकी छन् । यस मौलिक संग्रहमा गैरि खेतको रोपाईपछि महिलाहरुको दुख सुख पोख्ने चाड तीजमा माईती लिन आउने आशा र तीजमा रमाउने कुरा ज्योती कोईरालाले गितमा दर्शाएकी छिन्। नेपाली गाउँघरमा ७०,८० वर्ष पहिला महिलाहरुले लगाउने गरगहनाहरु जस्तै तिकिया, बालिया, कलिया आदिका बारेमा पनि यस गितमा वर्णन गरिएको पाईन्छ । उमेर भनेको अंक मात्र हो भन्ने उदाहरण पेश गर्दै ८६ बर्ष पार गरेकी कोईरालाले जीवनका विभिन्न आयामहरु गित संगितको माध्यमबाट चित्रण गरेकी छन् । ज्योती कोईरालाको आट र साहस गरे के हुँदैन र गर्नका लागि उमेर बाधक होइन भन्ने कुरा जेष्ठ नागरिकसहित सबैका लागि ज्वलन्त उदाहरण बनेको छ ।
काठमाडौ - मनोरन्जन तथा सत्कार क्षेत्रका श्रमिकका सवालमा रहेर काम गर्दै आएको संस्था ‘महिलाको निम्ति महिला मञ्च’ नेपालले अब सांस्कृतिक अभियानको थालनी गरेको छ । मञ्चका अनुसार मनोरन्जन तथा सत्कार क्षेत्र भन्नाले डान्सबार, दोहोरी साँझ, क्याबिन रेष्टुरेन्ट, खाजा घर, स्पा/मसाज हुन् । यी ५ क्षेत्र रहेका समस्या, गतिविधी, सुनिदै आएका अफवाह र यर्थाथहरुलाई विषय बनाई गीतहरु शृङ्खलाबद्ध रुपमा आउने भएका छन् ।
यहि क्रममा पहिलो शृङ्खला सार्वजनिक गरिएको छ । यस शृङ्खला मनोरन्जन तथा सत्कार क्षेत्रका श्रमिकहरुका परिचयलाई विषय बनाइएको छ भने लोकदोहोरी क्षेत्रमा पहिचान बनाइसकेका चर्चित कलाकारहरुको टिमले गीतको विषयलाई जिवन्त बनाएका छन् । महिलाका निम्ति महिला मञ्च नेपालको अफिसियल युट्युब ‘वफवान’ च्यानल मार्फत गीतलाई हेर्न/सुन्न सकिन्छ ।
मनोरन्जन क्षेत्र तथा सत्कार क्षेत्रका श्रमिकहरुका हकहितका लागि आवाज उठाउने उदेश्यले यो अभियानको थालनी गरेको महिलाको निम्ती महिला मञ्च नेपालकी संस्थापक तथा कार्यकारी निर्देशक सिर्जना पुनले जानकारी दिइन् । गीत संगीत छिटो जनमनमा पुग्ने भएकाले यसको प्रभावकारिता पनि छिटो हुने उनले विश्वास व्यक्त गरिन् । पुनले सांस्कृतिक अभियानका विषयमा अगाडि भनिन् – महिलाको निम्ति महिला मञ्च नेपाल अन्तर्गत ‘साँस्कृतिक अभियान समूह’ समेत रहेको छ । उक्त समूहमा मनोरञ्जन क्षेत्रमा कार्यरत कलाकार साथीहरु हुनुहुन्छ । हाम्रै संस्थामा आबद्ध कलाकार साथीहरुका सिर्जना र स्वरमार्फत् मनोरञ्जन क्षेत्रलाई हिंसा, शोषण रहित, सुरक्षित, सम्मानित र व्यवस्थित कार्यस्थलको रुपमा स्थापित गर्न र श्रमिकको मान्यता पहिचान स्थापित गर्नका लागि सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण र समाजले मनोरञ्जन क्षेत्रलाई हेर्ने दृष्टिकोणलाई सकारात्मक परिवर्तन गर्न हामीले ‘सांस्कृतिक अभियान’लाई निरन्तरता दिएका हौं । श्रमको पहिचान, सुरक्षा र सम्मानका लागि साँस्कृतिक अभियान मार्फत् असमान सोच रुपान्तरणको आह्वान’ हाम्रो मुख्य उदेश्य रहेको छ ।
सुरुवातकाका शृङ्खलाहरुमा प्रत्यक्ष दोहोरी गीतहहरु प्रस्तुत गरिएको छ । आगामी शृङ्खलाहरुमा भने अन्य भाषा र भाकामा समेत एकएकल तथा लोक गीतहरु गीतहरु प्रस्तुत गरिने छ । गीतका विषयहरु मानव अधिकार, महिला अधिकार, असमानता, सवै प्रकारका विभेद, श्रम शोषण तथा अधिकार, उनीहरुको स्वास्थ्य तथा शिक्षाको हकलगायत हुनेछन् ।
कलाकारहरु श्याम राना, तारा थापा, देवी आले, रत्न श्रेष्ठ, शर्मिला वि।सी, टेकराज भण्डारी, यशोदा केसी, अञ्जान कार्की, टंक रेउले, दिलु बिसी, देवी कुमारी बस्नेत, सागर बिसी, शान्ति घर्ती, सिमा थापा, रमिला बुढामगर लगायतले गाउनेछन् । विभिन्न भागमा चर्चित कलाकारहरु अतिथिका रुपमा उपस्थित भएर सांस्कृतिक अभियानमा ऐक्यबद्धता जनाउनेछन् । डिबी खड्का, सविता पोखरेल र वर्षा लुईटेलले कार्यक्रमको विषयमाथि अनुसन्धान, योजना र संयोजन गर्नेछन् ।
- Sabita Pokharel