generalnews
||Power News Asia||

आजको समाचार

१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा १० देशका २८ चलचित्र चयन

समाचार


काठमाडौं - यही ७ असारबाट ९ असारसम्म काठमाडौंमा आयोजना हुने ‘१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४’ मा नेपाल सहित १० देशका २८ वटा चलचित्र, बृत्तचित्र तथा लघु चलचित्र चयन भएका छन् । यो महोत्सब बिगत १३ वर्षदेखि आयोजना हुँदै आएको छ ।

कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकाश बोर्डको सह आयोजनामा हुन लागेको १२ औं संस्करणको यो महोत्सबमा यसपटक साउथ अफ्रिका, इजिप्ट, तान्जानियाँ, टर्की, मोजाम्बिया, जिम्बाबे, क्यामरुन, मोरिसस, जमईका गरी नौ देशबाट ८ वटा अफ्रिकन चलचित्र चयन भएका छन् । जसमा फुल्स र द चेस्लर गरी २ वटा चलचित्र, वी ह्याभ नेभर बिन किड्स र ह्वाईट पोसन गरी २ वटा बृत्तचित्र छन् । यस्तै डाईनिज, अफस्प्रिङ, सर्भाईभर र इग्नोरेन्स इज अ लाईफस्टाईल गरी ४ वटा लुघ चलचित्र छन् ।
यसपटक १५ भन्दा बढी मुलुकका चार दर्जन भन्दा बढी अफ्रिकन चलचित्र, लुघ चलचित्र तथा बृत्तचित्र प्राप्त भएकोमा महोत्सबको लागि ८ वटा अफ्रिकन चलचित्र चयन गरिएको आयोजक पक्षले जनाएको छ ।

यस्तै महोत्सबमा नेपालबाट ७ वटा नेपाली र आदिबासी चलचित्र, ३ वटा बृत्तचित्र र १० वटा लघु चलचित्र गरी २ वटा चयन भएको हो ।  नेपालबाट ७३ वटा चलचित्र, बृत्तचित्र तथा लघुचलचित्र प्राप्त भएकोमा निर्णयक टिमले फेस्टिबलको लागि २० वटा चयन गरिएको हो ।
चयन भएको नेपाली तथा आदिबासी चलचित्रमा सरी मम, काँडेतार, गोर्खा वारियर, सनाखत, आफ्नै कर्म, लोजिमा र रित रहेका छन् । यस्तै बृत्तचित्र तर्फ जर्नी टु गोक्यो, काँचो बायु र चेसिङ द ड्रिम रहेका छन् । महोत्सबमा छानिएका नेपाली लघु चलचित्रहरुमा सिगरेट, आमा, ऐना, ढुकढुकी, घटेरो, हे दैव, जुत्ता, म्यारिज डे, मातृत्व र रोटेन ब्लड रहेका छन् ।

यो महोत्सबको तयारी अन्तिम चरणमा पुगेको यसकी अध्यक्ष एवम् कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनकी प्रिन्सिपल डा. मञ्जु मिश्रले जानकारी गराएकी छिन्,‘महोत्सबको तयारी तिब्र गतिमा भईरहेको छ । हामीले नेपाल र अफ्रिकाको संस्कृति आदन प्रदानसँगै चलचित्रबाट दुई फरक महाद्धिपलाई जोड्न १३ वर्ष अघिबाट यो महोत्सब निरन्तर आयोजना गर्दै आएका छौं र महोत्सबले अफ्रिकालाई अफ्रिकन लेन्सबाटै हेरिनु पर्छ भन्ने हाम्रो उदेश्य रहेको छ ।’ महोत्सब अध्यक्ष डा. मञ्जु मिश्रले भनिन्,‘हामीले अफ्रिकालाई पश्चिमा देशको दृष्टिकोणबाट हेर्दै आएका छौं । अफ्रिका विभिन्न मात्र हैन, त्यत्तिकै सुन्दर र सम्पन्न पनि छ भन्नेकुरा त्यहाँका चलचित्रबाट हामीले अफ्रिकालागि बिगतझै यस पटक पनि यो महोत्सबमा हेर्ने छौं ।’

महोत्सब निर्देशक डब्बु क्षत्रीका अनुसार बिगत झै यसपटक पनि यो महोत्सबलाई तीन दिनसम्म आयोजना गरिँदैछ,‘यसपटक दर्शकलाई सुविधा सम्पन्न रुपमा चलत्रिच देखाउन हामीले यो महोत्सब काठमाडौंको सिटिसी मलमा रहेको सिडिसी सिनेमाजमा फेस्टिबल गर्दैछौं । महोत्सबमा चलचित्र प्रदर्शनसँगै अभिनय सम्बन्धि तीन दिनको विशेष कार्यशाला, र अन्तरक्रिया कार्यक्रमहरु पनि रहेको छ ।’

नेपाली र अफ्रिकन चलचित्रको सम्बन्धलाई जोड्दै दुई फरक महादिपको संस्कृति चलचित्र मार्फत आदन प्रदान गर्नको लागि यो महोत्सब आयोजना गर्दै आएको पनि महोत्सब निर्देशक क्षत्रीले जानकारी गराएका छन् ।

ओप्सना म्युजिक अवार्ड २०२४ सम्पन्न

समाचार


काठमाडौं - ओप्सना फिल्म्स् प्रा.लि.द्वारा आयोजित पहिलो संकरण ‘राष्ट्रिय ओप्सना म्युजिक अवार्ड २०२४’ पूर्व सञ्चार मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा नाचघर जमलमा भव्यताका साथ सम्पन्न भएको छ । विशेष अतिथिमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति वरिष्ठ संगीतकार तथा गायक शम्भु राई, प्राज्ञ डा. किराँत लगायतका गीतसंगीत क्षेत्रका बिशिष्ठ व्यक्तिहरुको उल्लेखनिय उपस्थिति रहेको थियो । राष्ट्रिय भाव, पप, लोकदोहोरी, चलचित्र र आधुनिक, भाषिक विधाका स्रष्टा, सिर्जना, प्राविधिकहरुलाई समावेश गरि विभिन्न ३९ विधामा र अन्य गरी जम्मा ६२ अवार्ड तथा सम्मान अर्पण गरिएको थियो । कार्यक्रममा वरिष्ठ साहित्यकार तथा गीतकार सुरेन्द्र महर्जन ‘अमर’लाई नगद राशी सहित लाइफ टाइम अचिभमेन्ट सम्मान प्रदान गरिएको थियो ।  बरिष्ठ पत्रकार सानु श्रेष्ठ र पूण्यप्रसाद भट्टराई विशेष पत्रकारिता सम्मानबाट सम्मानित भए भने निर्णायकहरुमा सुमनजंग के.सी., भीष्मराज फुलारा, दिवाकर भण्डारी, आनन्द कार्की र मान बहादुर थापा रहनु रहेका थिए ।

अवार्ड विजेताहरु :
सर्वोत्कृष्ट आधुनिक शब्दतर्फ झलनाथ खनाल– आमा भन्नु, सर्वोत्कृष्ट संगीततर्फ डि.आर. अटु– सताएर जाउँ, सर्वोत्कृष्ट आधुनिक गायकमा केशव भावुक– छातिभित्र, सर्वोत्कृष्ट पूर्वेली लोक तथा दोहोरी दिपक तामाङ– सोल्टिनी सेवारो, सर्वोत्कृष्ट महिला मोडल काँठे आयुष्मा कार्की– गलबन्दी पछौरी, सर्वोत्कृष्ट राष्ट्रिय गीत शब्दतर्फ श्याम कुमार बानियाँ– आकाश खुल्यो, सर्वोत्कृष्ट राष्ट्रिय गीत गायिका राधा ज्ञवाली– हिमालमा घाम, सर्वोत्कृष्ट महिला आधुनिक मोडल सञ्जु मोक्तान– कहिले आउँछ ले अवार्ड प्राप्त गरेका हुन् ।

त्यसैगरी सर्वोत्कृष्ट पूर्वेली लोकगायक तर्फ नन्दु राई– धनकुटा हिले, सर्वोत्कृष्ट लिम्बु भाषा गीतको गायकतर्फ– कुशल थलङ– लुङमारक हिम्ला, सर्वोत्कृष्ट राई भाषा गीत गायक “जुरी” सन्तोष दुमी राई, सर्वोत्कृष्ट काँठे गायिका सबनम आचार्य (फुयाल), सर्वोत्कृष्ट आधुनिक गायक (पब्लिक च्वाइस) प्रदिप सापकोटा, सर्वोत्कृष्ट फिल्म निर्देशक दिनेश लिङ्देन, सर्वोत्कृष्ट आधुनिक मोडल (पब्लिक च्वाईस) पदम बस्नेत, सर्वोत्कृष्ट फिल्म अभिनेता (पब्लिक च्वाइस) दामोदर सापकोटा अवार्ड प्राप्त गरेका थिए ।

त्यसैगरी सर्वोत्कृष्ट आधुनिक युगल गायक प्रचण्ड बाबु राई,सर्वोत्कृष्ट पूर्वेली तथा लोकदोहोरी शब्दतर्फ अर्जुन घिमिरे चुलीदेवी माइ (पब्लिक च्वाइस), सर्वोत्कृष्ट नृत्य निर्देशक मनिषा राई, सर्वोत्कृष्ट गीतकार आधुनिक गोविन्द प्रसाद नागीला ‘प्रोत्साहन’, सर्वोत्कृष्ट गीतकार प्रवासी सुशिल चालिसे, सर्वोत्कृष्ट पप गायक (पब्लिक च्वाइस) नवल राई, सर्वोत्कृष्ट आदिवासी चलचित्र ‘लोजिमा’ सागर सुब्बा, सर्वोत्कृष्ट आधुनिक गायिका आश्मा विश्वकर्मा, सर्वोत्कृष्ट लोकदोहोरी गायक नवप्रतिभा संगम लिम्बु, उत्कृष्ट लोकदोहोरी गायक नव राज रुम्बा– आउन कान्छी, उत्कृष्ट लोकदोहोरी गायिका– विष्णु सुवेदी, सर्वोत्कृष्ट आधुनिक युगल गायकतर्फ सौगात जंग (जुरीतर्फ), सवोत्कृष्ट पपगायक नवतर्फ रुपेश लामा, सर्वोत्कृष्ट पप गायकतर्फ सपन श्रेष्ठ, सर्वोत्कृष्ट फिल्मको नायकतर्फ ईअन लिम्बु– दुई कदम फिल्म, सर्वोत्कृष्ट चलचत्रि संगीत विकास चौधरी, सर्वोत्कृष्ट काँठे लोकदोहोरी गायिका– संगीता पहरी,सर्वोत्कृष्ट देउडा गायक सुर्यविरही साउद,सर्वोत्कृष्ट लोक देउडा गायक दिपेन्द्रप्रसाद दाहाल, सर्वोत्कृष्ट आधुनिक गीतको मोडलतर्फ पदम बस्नेत (पब्लिक च्वाइस), सर्वोत्कृष्ट आधुनिक भिडियो निर्देशक– नविन पन्त (पब्लिक च्वाइस) ले अवार्ड पाएका थिए ।

त्यस्तै सर्वोत्कृष्ट ध्वनि मिश्रण गोविन्द सोनी गीत काली गोरी, सर्वोत्कृष्ट फिल्मको शब्दतर्फ डी.पी. खनाल– ‘फनफनी’, सर्वोत्कृष्ट गायक आधुनिक नवप्रतिभा नवराज पराजुली, सर्वोत्कृष्ट राई भाषाको गीत गायकतर्फ चित्र आठपहरिया राई– घिन्ताङ घिन्ताङ मादलै टेने, सर्वोत्कृष्ट कुलुङ भाषाको गीतकार तर्फ मनुहाङ किराँती राई– साल्पा सिलिछोमी, सर्वोत्कृष्ट आधुनिक शब्द नवतर्फ उद्धब गौतम– जिन्दगीको गोरेटोमा, सर्वोत्कृष्ट आधुनिक गीतकार प्रवासी राजेश के.सी.,सर्वोत्कृष्ट पप गायकतर्फ (जुरी) नविन दाहाल, सर्वोत्कृष्ट कस्टुम डिजाइनर महेश शिवभक्ती ,सर्वोत्कृष्ट सिनेमाटोग्राफर सुजन श्रेष्ठ, सर्वोत्कृष्ट शिक्षाविद् यादव गिरी, सर्वोत्कृष्ट आधुनिक गायक (जुरी) राजेन्द्र राई, सर्वोत्कृष्ट टेलिभिजन प्रस्तोता राजेन्द्र बानियाँ, सर्वोत्कृष्ट फिल्म कलाकार चन्द्र लामा, सर्वोत्कृष्ट गीतकार सन्दिप खनाल, सर्वोत्कृष्ट पप शब्दतर्फ उत्कल चालिसे, सर्वोत्कृष्ट पपशब्द (जुरी तर्फ) प्रेमा संगम कालिन्चोक घुमेर जाउँ, सर्वोत्कृष्ट आधुनिक मोडल एल.पी. शर्मा, सर्वोत्कृष्ट देउडा मोडल महिला जुना कार्की,सर्वोत्कृष्ट आधुनिक मोडल महिला (नव) अनु राई– कोसँग तिमी भुल्न थाल्यौ (पब्लिक च्वाइस),सर्वोत्कृष्ट आधुनिक मोडल सुशिला श्रेष्ठ– जिउनु न मर्नु बनायौ (जुरी),सर्वोत्कृष्ट कलाकार सत्यदेवी थापा, सर्वोत्कृष्ट गीतकार आधुनिक नवतर्फ लिना राई– तिमी आयौ जिन्दगीमा (जुरी),सर्वोत्कृष्ट भिडियो निर्देशन आधुनिक गीत गौरव गिरी– सँगसँगै, सर्वोत्कृष्ट आधुनिक गायक तर्फ मिलन तिमल्सिना– ‘मलाई बात लागे’ (पब्लिक च्वाइस) ले अवार्ड पाए ।

र्‍याम्प मोडलिङमा आफूलाई प्रस्तुत गर्दै उज्ज्वल सिवाकोटी

समाचार


काठमाडौं- कला क्षेत्रको सानैदेखिको रुचिले यतिबेला मूर्तरूप पाएको छ उज्ज्वल सिवाकोटीको । अभियनमा सानैदेखि हरूक्क हुने उहाँ स्कुल कलेजका विभिन्न कार्यक्रममा भाग लिदै यो क्षेत्रमा होमिनुभएको हो । झापा स्थाई घर हुनुभएका सिवाकोटीले आफूलाई र्‍याम्प मोडलिङमा आफूलाई प्रस्तुत गर्दै आइरहनुभएको छ । विभिन्न फेशन शोमा उत्कृष्टता प्रदर्शन गर्नुभएका सिवाकोटीले म्युजिक भिडियो र विज्ञापनमा पनि अभिनय गर्नुभएको छ ।

पछिल्लो समय नेपालमा पनि फेशन शो र र्‍याम्प मोडलका कार्यक्रम निक्कै हुने गर्दछन् । यस्तै म्युजिक भिडियोहरू पनि निरन्तर रूपमा बजारमा आइरहेका छन् । दिनहुँजस्तो नयाँ मोडेल र कलाकारहरू यो क्षेत्रमा आफ्नो भविष्य खोज्दै आएको पाइन्छ । मोडलिङको रहर अवसरको खोजीमा धेरै रहेको पाइन्छ रहर सबैको हुन्छ मोडलिङमा रम्ने तर पनि मोडलिङमा जम्ने सिमित हुन्छन । यही क्षेत्रमा आफूलाई स्थापित गर्नेतर्फ आफ्ना पाइला निरन्तर बढाइरहनुभएको छ उज्ज्वलले ।

केही फिल्म र म्युजिक भिडियोमा अभिनयका लागि कुरा भइरहेको बताउनुहुने उहाँ भन्नु हुन्छ, ‘अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु ।’ मोडलका लागि पैसा र एक्सपोज दुवै परिपूरक भएको बताउनुहुने उहाँ आफू यही क्षेत्रमा केही उल्लेख काम गर्दै आफ्नो कलामार्फत छुट्टै पहिचान स्थापित गर्ने बताउनुहुन्छ ।

बागमति कोरिडोर क्षेत्रमा बृक्षारोपण

समाचार


बिश्व वातबरण दिवशको अवसर पारेर पशुपतिनाथ मन्दिर परिशरको बागमति कोरिडोर क्षेत्रमा बृक्षारोपण गरिएको छ ।

 आज अग्रेजी महिनाको जुन ५ तारिक अर्थात अन्तराष्टिय वातवरण दिवसको अवसरमा पशुपतिनाथ क्षेत्र बिकास कोषसंगको समन्वयमा बिभिन्न निजि संघसस्थाहरुले सयुक्त रुपमा बृक्षारोपण गरेका हुन । 

आतिथ्य सेवा प्रदायक संस्था ह्यात रेजेन्सी काठमान्डौँको आयोजना तथा पाककला प्रशिक्षण र प्रवर्दनको अग्रणी आइएचएम कलेज सातदोबाटोसंगको सहकार्यमा आयाृेजित उक्त कार्यक्रममा निर्माण कार्य हुदै गरेको कोरीडोर क्षेत्रमा असारे फुलका बिभिन्न प्रजातीका बृक्षहरु रोपिएको थियो । साथै होटलका स्टाफ तथा कलेजका प्रशिक्षक र बिद्यार्थीहरुले उक्त क्षेत्रमा सरसफाई गर्नुका साथै प्लास्टीक जन्य बस्तु तथा प्रदार्थहरुको संकलन तथा ब्यवस्थापन समेत गरेका थिए । 

कार्यक्रममा ब्राइट फ्युचर स्कुल, सातदोबाटाका बिद्यार्थीहरुले बनविनास तथा डढेलो रोकथामका उपायहरु समेटिएको सन्देशमुलक नाटक उपाय के होला शिर्षकको नाटक प्रस्तुत गरेका थिए भने आइएचएम कलेजका कलाकार बिद्यार्थीहरुले जमिन मिचिएको मुर्दाघाट शिर्षकको नाटक प्रस्तुत गरेका थिए । 

कार्यक्रमको समापन समारोहमा बोल्दै कलेजका प्रमुख कार्यकारी अधिकृत सुराच प्रसाईले खोलानाला मिचिदै र पानीको मुहान तथा स्रोतहरु मासिदै जानुले मानब सभ्यताको बिकासक्रम र त्यसको अस्तित्व माथिनै संकट पैदा गरेको बताउनुभयो । 

कार्यकारी अधिकृत प्रसाईले पशुपतिनाथ कोरीडोर क्षेत्रको ब्यवस्थापनमा बिकास कोषले गर्दै आएका कार्यहरुको प्रशंसा गर्दै आज रोपिएका बृक्षहरुको संरक्षण तथा रेखदेखको कार्यमा बिशेष अग्रसरता देखाउन आग्रह समेत गर्नुभयो । 

बृक्षहरु रोपिएको कोरीडोर क्षेत्र भएर आगामी दिनमा घाटसम्म लास लैजाने बिकास बोर्डले तयारी गरेको स्मरण गर्दै उहाले भबिश्यमा यीनै असारे फुलरुबाट मृतक प्रति अन्तिम श्रदान्जली दिन समेत काम आउने बिश्वास ब्यक्त गर्नुभयो । 

त्यस्तै ह्यात रेजेन्सीका म्यानेजर बिलास खत्रीले वल्ड अफ ह्यात अन्तरगर्त रहेर बर्षै भरि बिभिन्न सामाजिक कार्य गर्दै आएकोमा पहिलो पटक आफूहरुले आइएचएम कलेजसंगको सहकार्यमा पशुपतिनाथ क्षेत्रमा बृक्षारोपण गर्न पाउदा खुसी ब्यक्त गर्नुभयो । त्यस्तै वाताबरण बिज्ञ मिरा लामिछानले सरोकार पक्षले पर्याप्त ध्यान नदिदा धार्मिक पर्यटकीय स्थल भएका कोरीडोर क्षेत्रको फाहोरमैला ब्यवस्थापन बिगत देखिनै चुनौती बन्दै आएको बताउनुभयो । 

कार्यक्रममा कलेजका करिब ६० जना बिद्यार्थी र होटलका बिभागिय प्रमुख, उप प्रमुख गरि २० जना स्टाफहरुले सयुक्त रुपमा सहभागिता जनाएका थिए । सो अवसरमा कार्यक्रममा सहभागि संघसस्था , बिद्यार्थी र ब्यत्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी ‘आईसीटी एक्सिेलेन्स अवार्ड २०२४’ बाट सम्मानित

समाचार


काठमाडौं । नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का महासचिव चिरञ्जीवी अधिकारीलाई प्रतिष्ठित आईसीटी एक्सिलेन्स अवार्ड २०२४ प्रदान गरिएको छ । सोमवार चन्द्रलोक फाउन्डेशनले आयोजना गरेको एक विशेष समारोहमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलेले अधिकारीलाई यो अवार्डले सम्मान गरेका हुन् । आईसीटी क्षेत्रको विकास र विस्तारमा अधिकारीले पुर्‍याएको योगदानलाई कदर गर्दै यो अवार्ड दिइएको आयोजकले जनाएको छ ।

चितवनको भरतपुर महानगरपालिका निवासी चिरञ्जीवी अधिकारी साइबर सुरक्षा र नेटवर्किङका विशेषज्ञ हुन् । प्राविधिक रूपमा विभिन्न ग्लोबल सर्टिफिकेट प्राप्त गरेका उनले इन्फर्मेसन सेक्युरिटी, आईटी गभर्नेन्स, साइबर सेक्युरिटी, साइबर सेक्युरिटीमा एआई र इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टमका महत्वपूर्ण विषयमा काम गरेका छन् ।

अधिकारीले आईसीटी क्षेत्रमा युवा तथा स्टार्टअपको मुद्धालाई प्राथमिकताका साथ उठाउँदै आएका छन् । साथै सूचना प्रविधि सम्बन्धी नीति निर्माणमा संस्थागत तथा व्यक्तिगत रूपमा योगदान दिँदै आएका छन् । उनका राष्ट्रिय र अन्तर्राष्ट्रिय पत्रिकाहरूमा दर्जनौं लेख तथा अन्तर्वार्ता प्रकाशित छन् । 

त्यस्तै साइबर सुरक्षाको शिक्षा र जागरूकता बढाउने गरी उनी देशभरि आयोजित गरिएका ५०० भन्दा बढी कार्यक्रममा सक्रिय सहभागी भएका छन् । 

क्यान महासंघमा महासचिवको भूमिकाका अतिरिक्त अधिकारी नेपालको आईसीटी क्षेत्रका केही प्रमुख संस्थाहरूका प्रेरणादायी व्यक्तित्व समेत हुन् । उनी इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिम (एनपी सर्ट) र सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन (सीएसआरआई) का संस्थापक अध्यक्ष हुन् ।

त्यसैगरी, उनी नेपालको चर्चित साइबर सुरक्षा कम्पनी वनकभर प्राइभेट लिमिडेटका प्रबन्ध निर्देशक पनि हुन् । त्यस्तै उनी सफ्टवेयर कलेज अफ आईटी एन्ड ईकमर्स र टेक्सास कलेज अफ म्यानेजमेन्ट जस्ता शैक्षिक संस्थाहरूमा शिक्षण भूमिमा समेत रहेका छन् ।

आईसीटी एक्सिेलेन्स अवार्ड २०२४ बाट सम्मानित भएपछि अधिकारीले यो क्षेत्रमा अझ सक्रिय भएर लाग्न थप प्रोत्साहन मिलेको बताएका छन् ।

8 persons and 2 organizations receive 'Everest Excellence Award 2024' 

समाचार


Kathmandu, 03 June l 8 national figures and two organizations have received 'Everest Excellence Award 2024'  in an event organized by  Everest Event at Academy Hall on Saturday. They were honored with the award during the third edition of the  Mr. & Miss S.E.E. Supermodel Finale ceremony.

 Buddha Air, Routine of Nepal Band, Rajya Media Network's Chairman and Rajya Dainik’s Executive Editor Saroj Ojha, Cine Star Dhiren Shakya, Global Online Pay’s CEO Devil Singh Rajput, Character Actress Hiubala Gautam, Film Technician and Film Censor Board Member Rajesh Majarjan, Maharjan, Blue Diamond’s founder and social activist Sital Pinki Gurung and event organizers and directors Ravi Dhamala and Rajan Budhathoki were honored with the fifth edition of the Everest Excellence Award. Krishna Shrestha (Rubin), CEO of Everest Event, handed over the Award certificate to the awardee.

In the institutional awards category,  on behalf of  Routine of Nepal Banda Riyasha Dahal & from Buddha Air's side Ratna received this award. Everest Event's CEO Krishna Shrestha  (Rubin) said that the award was given to them in recognition of the role and contribution they are playing in their field. ‘ We have awarded those national figures who have contributed to the upliftment and development of the society through various fields of national dimension’ he said.

हिमालको विषयमा बहुभाषिक कविता रचना वाचन

समाचार


दुई विदेशी कविसहित नेपाली कविहरूबाट हिमालको विषयमा कविता वाचन 

काठमाडौं, १८जेठ । दुई विदेशी कविसहित नेपालका कविहरूले हिमालय पर्वत शृङ्खलाको विषयमा कविता वाचन गरेका छन्। शुक्रबार काठमाडौंको धुम्बाराहीस्थित नेशनल कलेजद्धारा आयोजित यस बहुभाषिक कविता रचना वाचन कार्यक्रममाझ नेपाल, भारत र संयुक्त राज्य अमेरिकाका प्रख्यात र उदाउँदा काव्य प्रतिभाहरूको एकै ठाउँमा उभिएर कविता वाचन गरेका हुन् । 

 नेपालका कविहरु सरोज ओझा, सन्तोषकुमार पोखरेल, सुवास सिंह पराजुली, रञ्जना निरौला, डा। टंक उप्रेती, डा। दामोदर पुडासैनी, स्नेह सायमी, नन्दु उप्रेती लगायत राजेन्द्रमान डंगोल, अस्मिता गौतम, विधान आचार्य, रुपसिंह भण्डारी,  मदनराज लामिछाने सहित नेशनल कलेजका छात्राद्धय जेनी न्यौपाने र ज्योत्सना बोहराले कविता वाचन कार्यक्रममा भाग लिएका थिए।

कार्यक्रममा भारतीय कवि तथा सगरमाथा आरोही डा। तुलिका रानीका साथै रुसी मूलकी प्रसिद्ध अमेरिकी कवयित्री नीना कोसम्यानले पनि कविता वाचन गरेका थिए ।  यी १७ कविहरूले अङ्ग्रेजी, नेपाली र हिन्दी भाषामा आफ्ना काव्यात्मक रचना पस्किदै दर्शकदिर्घालाई मोहित तुल्याएका थिए। डबलीबाट हिमालय परिदृश्यको विश्वव्यापी आकर्षण, महत्व र यससँग जोडिएर आउने जीवनका विविधआयाम बारे कलात्मक रुपमा वर्णन गर्दै कविहरुले विभिन्न भाषिक प्रस्तुतिहरू दिएका थिए । 

सो अवसरमा डा तुलिकाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको अनुभव र कृति लेखनको विषयमा प्रकाश पारेकी थिईन् ।  

यस साहित्यिक जमघट हिमालय पर्वत शृङ्खलाको स्थायी सौन्दर्य र महत्व साथै रचनात्मक अभिव्यक्तिको अन्तर सांस्कृतिक आदानप्रदान गर्ने उदेश्यसहित आयोजनामा ल्याईएको हो । 

सहभागिता पश्चात् कवि सरोज ओझाले हिमालको विषयलाई लिएर कविता वाचन कार्यक्रम आयोजनामा आउनु सुखद रहेको बताउदै यस्ता प्रयाससँगै साहित्य सिर्जनालाई प्रकृतिसँग जोड्दै सचेतना अभिबृद्धिको क्षेत्रमा थप उपलब्धी हासिल गर्न सकिने धारणा व्यक्त गरे । 

17 Poets recite poems inspired by the grandeur of the Himalayan

समाचार


Kathmandu, 31 May - In a remarkable display of poetic prowess, 17 acclaimed poets gathered on Friday at the National College in Dhumbarahi, Kathmandu to recite poems inspired by the grandeur of the Himalayan mountain range. This multi-lingual literary event witnessed the coming together of renowned and rising poetic talents from Nepal, India, and the United States, all united in their reverence for the awe-inspiring Himalayas.

The esteemed Nepali poet Saroj Ojha, Santosh Kumar Pokhrel, Subash Singh Parajuli, Ranjana Niraula, Dr. Tanka Upreti, Dr. Damodar Pudasaini, Sneh Sayami, Nandu Upreti along with Rajendraman Dangol, Asmita Gautam, Bidhan Acharya, Rup Singh Bhandari, Prakash Sindhuli, and Madan Raj Lamichhane recited the poem. The event also featured two promising young poets, Jeni Neupane and Jyotsana Bohara, who captivated the audience with their fresh perspectives.

Adding to the global representation, the program welcomed the esteemed Indian poet and Everest summiter, Dr. Tulika Rani, as well as the renowned American poet of Russian origin, Nina Kossman. These 17 poets seamlessly wove their poetic tapestries in English, Nepali, and Hindi, each offering a unique interpretation of the Himalayan grandeur.

The event, organized by the National College, provided a vibrant platform for these poets to pay homage to the majestic Himalayas through their powerful verses. Amidst the recitations, the audience was treated to an enthralling account of Dr. Tulika Rani's personal experience of scaling the world's highest peak, Everest, further enriching the artistic experience.

This literary gathering not only celebrated the enduring beauty and significance of the Himalayas but also fostered a cross-cultural exchange of creative expressions. The blend of established and emerging voices, along with the diverse linguistic representations, underscored the universal allure of the Himalayan landscape and its ability to inspire artistic brilliance across borders.

'The National College's initiative to host this poetic tribute to the Himalayas has undoubtedly left an indelible mark on the cultural fabric of Kathmandu, cementing its status as a vibrant hub for literary enthusiasts and nature admirers alike' giving his remarks poet Saroj Ojha said. 

‘एलजी सिने सर्कल अवार्डको तयारी पुरा

समाचार


काठमाडौं– नेपाली चलचित्र क्षेत्रमा  नियमित रुपमा आयोजना हुँदै आएको  ‘एलजी सिने सर्कल अवार्ड–२०८०’ को सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्था सिनेमा सर्कल नेपालले जनाएको छ । आयोजक संस्थाले पर्दा पछाडि रहेर कार्य गर्ने प्राविधिकको सम्मानमा विगत सात वर्षदेखि यो अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ । समारोहमा उत्कृष्ट पोस्टर, ट्रेलर, भीएफएक्स, स्टन्टआदि विधासहित विभिन्न २३ विधामा अवार्ड वितरण गरिँदैछ ।

सातौं संस्करणको एलजी सिने सर्कल अवार्ड–२०८० यही शुक्रवार दिउँसो काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा प्रदान गरिँदैछ । यो वर्षको अवार्डमा २०८० मा प्रदर्शन भएका उत्कृष्ट फिल्म तथा फिल्मकर्मीहरुलाई पुरस्कृत गरिने छ ।

शुक्रवार दिउँसो ठिक ३ बजेदेखि प्रारम्भ हुने अवार्ड समारोहको प्रारम्भमा नेपाली सेनाको ब्याण्डले नेपाली राष्ट्रिय धुनको प्रस्तुति दिएपछि केही पुरानादेखि नयाँ नेपाली फिल्मका केही लोकप्रिय गीतहरुको धुन प्रस्तुत गर्नेछ । सेनाको ब्याण्डलाई दिनेश सुनामले संयोजन गर्नेछन् ।

आयोजक संस्था सिनेमा सर्कल नेपालका संरक्षक तथा चौधरी ग्रुपका प्रवन्ध निर्देशक उद्योगपति वरुण चौधरीबाट स्वागत मन्तव्य व्यक्त गरिएसंगै अवार्ड समारोहको विधिवत थालनी हुनेछ । पहिलो चरणमा चार वटा विधामा अवार्डहरु प्रदान गरिएपछि एउटा विशेष कार्यक्रम आयोजना गरिने छ । यो प्रस्तुतिमा पछिल्लो एक वर्षको अवधिमा नेपाली कलाकारिता क्षेत्रले गुमाएका कलाकर्मीहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरिने छ । त्यसक्रममा एउटा भिडियो सामग्रीसमेत प्रदर्शन गरिने छ ।

उक्त प्रस्तुतपछि लोकप्रिय गायिका देविका बन्दनाले स्टेजमा प्रस्तुत भएर आफ्नो कालजयी गीतहरु प्रस्तुत गर्नेछिन् । त्यसक्रममा उनले मास्टर साहेब सिकाइदेउ पिरती, यस्तै रहेछ यहाँको चलन, लाईदेउ लाउदेउ माया लाइदेउ आदि गीतहरु प्रस्तुत गर्नेछिन् । त्यसपछि केही विधामा अवार्ड प्रदान गरिएपछि समारोहको सबैभन्दा महत्वपूर्ण क्षण अर्थात लाइभफाइट अचिभ्मेन्ट अवार्ड (दीर्घ साधना सम्मान) दुई वरिष्ठ फिल्मकर्मीलाई अर्पण गरिने छ ।

त्यसपछि गायक यम बरालले निष्ठुरीले छाडेर गईहाली, बालदुलको घुम्टोले‘सहितका लोकप्रिय गीतहरु प्रस्तुत गर्नेछन् । कार्यक्रमको उत्तरार्धमा थप विधाका अवार्ड प्रदान गरेपछि कार्यक्रमका निर्देशक तथा आयोजक संस्थाका प्रमुख दिनेश डिसीले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको बिट मार्नेछन् ।

रोक्का र खड्कालाई दीर्घ साधना सम्मान प्रदान गरिने :

नेपाली फिल्म क्षेत्रमा पर्दा पछाडि बसेर काम गर्ने फिल्मकर्मीहरुलाई पुरस्कृत तथा सम्मान गर्ने एक मात्र अवार्डको रुपमा परिचित सिने सर्कल अवार्डको यो वर्षको संस्करणमा वरिष्ठ मेकअपम्यान अशोक रोक्का तथा दृष्य सम्पादक नरेन्द्र खड्कालाई ‘दीर्घ साधना सम्मान’ द्वारा सम्मानित गरिँदैछ ।

लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय रोक्का तथा खड्कालाई जनही ५१ हजार रुपैयाँ नगद तथा सम्मानपत्रसहित लाइफटाइम अचिभ्मेन्ट अवार्डद्वारा सम्मानित गरिने आयोजक संस्थाका प्रमुख दिनेश डिसीले कलाकर्मीलाई जानकारी दिएका छन् ।

मेकअपम्यान रोक्काले एक सय वटा भन्दा बढी नेपाली फिल्ममा मेकअपम्यानको रुपमा कार्य गरेका छन् । उृनले ज्वाला, ठूल्दाई, आफ्नो मान्छे, अल्लारे, चाँदनी, अर्जुन, दोबाटो, नेपाल प्यारो छ, १६ वर्षे जोवन, आघात, करण अर्जुन, धर्मात्मा, ईश्वर, आदिकवि भानुभक्त, नासो, मायाजवार, आन्दोलन, क्लासिक, काउसो, नाई नभन्नु ल, सौभाग्य, माया गर ल, चिनो, निर्भय, कर्णवीर आदि फिल्ममा मेकअप म्यानको रुपमा काम गरेका छन् ।

त्यस्तै कलेज अफ फिल्म स्टडीजको संस्थापक प्रिन्सिपलको रुपमा काम गरेका फिल्म एडिटर खड्काले शान्तिदीप, सारंगी, मोहनी, चट्याङ, राजमति, छोरा–बुहारी, भानुभक्त, वसन्ती, चमेली, घरसंसार जस्ता दर्जनौं फिल्ममा सम्पादकको रुपमा काम गरिसकेका छन् ।

यो अवार्डका अघिल्ला संस्करणहरुमा कला निर्देशक जुंगे भट्टराई, द्वन्द निर्देशक एनबी महर्जन, निर्देशक किशोर राना, मेकअप म्यान सन्तु तामाङ, भान्से जेठा दाईलाई लाइफटाइम अचिभ्मेन्ट अवार्ड प्रदान गरिएको छ ।
 

Ojha receives two prestigious accolades on the same day

समाचार


Kathmandu, May 25 – Saroj Ojha, a renowned global poet, journalist, and peace leader, achieved a remarkable feat by receiving two prestigious accolades on the same day. In a celebration of literary excellence, Ojha was honored with the Kazi Nazrul Islam Literary Award from the esteemed Global Writers Academy India, The Daily Global Nation Bangladesh, and The Pencraft Bangladesh. Additionally, he was bestowed with a Lifetime Achievement Award for peace by the international peace and humanitarian organization, United Nature International Peace (UNIP UN).

In a gesture of homage to Nazrul Islam’s legacy, 24 global poets were also recognized with the Kazi Nazrul Islam Literary Award. Alongside Saroj Ojha, the recipients of this esteemed award included Ratan Bhattacharjee, Salome Murro, Gurjeet Kour Ghuman, Alicia M Garcia, Sk Alamgir Hossain, Maria Vittoria, Massimo N.P. Khatiwada, Benupriya Roy, Saeeda Akhtar, Swapnendu Bhaumik, ZeZabek, MarhMark Kayes, Sajib, Rita Boruah, Laxmikanta Dash, Fali Ndreka, Bizury Islam, Bárbara Mercês, Swati Das, Diane Ouverney, Prasanna Mohapatra, Gul Bakhti, and Amar Singh and Rimis Brits.

Saroj Ojha’s remarkable achievements in the literary realm is an embodying of the spirit of Kazi Nazrul Islam’s legacy of resilience, expression, and social change.
In peace realms it underscores his dedication to promoting harmony and creativity through his work. His dual recognition serves as a testament to his enduring contributions to the fields of poetry, journalism, and peacemaking. 

Ojha said that this double honor received in both literary and peace fields inspired him to be more active in the fields of literature, journalism and peace building. Currently residing in Kathmandu, Ojha is a permanent resident of Vyas 5 Tanahun.