काठमाडौं - छायाँछवि क्रियशनले विगत ६ वर्षदेखि गर्दै आएको छायाँछवि तीज म्यूजिक अवार्डको एघारौैं संस्करणका लागि तीज गीत दर्ता गर्न सार्बजनिक रुपमा आब्हान गरेको छ । नेपाली खासगरी हिन्दु नारीहरुको महान् चाड तीजका अवसरमा आफ्नो सांस्कृतिक पक्षलाई उजागर गर्दै मनका वेदना, पीडा, उमङ्ग, खुशी एवं भावनालाई गीतका मार्फत प्रस्तुत गर्ने चलन छ ।
पहिले पहिले खासगरी घरबाट पीडित बुहारीहरुको पीडा गीत मार्फत प्रस्तुत गर्ने गरेको भएपनि समयक्रममा त्यसमा आएको परिवर्तनमा सँगसँगै भएको गीतको शैली परिवर्तन आजका तीजका गीतमा देखिन्छ । यहि क्रमका गीतहरु गाउँघरका जमघटबाट अझै पर हटेर मुलत गायिका र बदलिँदो परिस्थितिमा गायकले समेत तीज दोहोरी गाउने चलन बनेको छ । तीजका अवसरमा ८०० देखी १००० गीत प्रकाशित हुने गरेका छन् । यी नै तीजका श्रष्टाहरु पुरस्कृत होउन् र स्रष्टाले सम्मान तथा प्रोत्साहन पाउन भनेर तीज अवार्ड गर्ने गरेको छाया“छविले बताएको छ ।
छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले एघारौं तीज म्यूजिक अवार्डमा तीजका विभिन्न गरी करिब २५ विधामा स्रष्टालाई पुरस्कृत गरिने बताए । साथै प्रियले तीज अवार्ड आगामी भाद्र १८ गते एक भव्य कार्यक्रमको आयोजना गरी काठमाडौंमा सम्पन्न गरिने जानकारी गराए ।
कार्यक्रममा बिभिन्न पुरस्कार तथा सम्मानहरु पनि रहने छन् । साथै एघारौं छायाँछवि तीज म्यूजिक अवार्ड २०८१ मा खासगरी मौलिक तीज गीतलाई छायाँघविले प्रात्साहित एवं पुरस्कृत/सम्मानित गरीने अवार्ड अध्यक्ष शान्तिप्रियले बताए । साथै उनका अनुसार राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल सँग एकबद्धता जनाउदै सो संस्थाले प्रतिबन्ध लगाएका गीतहरु क्रमशः दिउँला बरीलै, मादलु घन्काउदै, टिकटकमा भाइरल हल्लाएरै हो, बिस्ताराले पोल्यो, चियर्स बियर सहित बिकृत जन्य तीज गीतहरुलाई अवार्ड प्रक्रियामा सहभागी समेत नगराईने बताए ।
काठमाण्डौ । रोटरी क्लब अफ ज्ञानेश्वरले प्रसुतीगृहका महिलाहरु संग प्रसुति वर्ल्ड ब्रेस्ट फिडिङ दिवस मनाएको छ । क्लबले काठमाडौंको थापाथलीस्थित प्रसुतीगृहका महिलाहरुसंग यस दिवस मनाएको हो । दिवसका अवसरमा प्रसुतीगृहका ४० जना महिलाहरुलाई झोला र मातृत्व सुरक्षा सम्वन्धी सामाग्रीहरु पनि वितरण गरिएको छ ।
रोटरी क्लवकी संस्थापक अध्यक्ष रसुमिला श्रेष्ठले मातृत्व सुधार सम्वन्धी सामाग्री सहयोग गर्नुभयो । वर्ल्ड ब्रेस्ट फिडिङ दिवस प्रसुतीगृहका आमाहरुसंग मनाउन पाउँदा खुसी लागेको अध्यक्ष रोटेरियन निलम योञ्जनले बताउनुभयो ।
प्रजनन स्वास्थ्य सम्वन्धी अधिकारबारे सचेतना जगाउँदै वर्ल्ड ब्रेस्ट फिडिङ दिवस मनाईएको रोटरी क्लव ज्ञानेश्वरकी सचिव सृष्टि त्रिपाठीले जानकारी दिनुभयो ।
काठमाडौं । पूर्व प्रशासक एवं कुटनीतिज्ञ डा. भेषबहादुर थापालाई २ लाख राशीको हेमबहादुर मल्ल सम्मान २०७९ बाट विभुषित हुनुभएको छ । जन प्रशासन संघ ९पान० र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा संयुक्त रुपमा बुधबार आयोजित ‘हेम बहादुर मल्ल सम्मान २०७६’ समर्पण कार्यक्रम माझ उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सम्मान प्रदान गर्नुभएको हो । पूर्व मन्त्री एवं सचिव शंकर प्रसाद कोईरालाको संयोजकत्वमा गठित मुल्यांकन समितिको सिफारिसका आधारमा थापा सम्मानित हुनुभएको हो ।
डा थापालाई सम्मान प्रदान गर्नुहुँदै राष्ट्रपति पौडेलले डा भेषबहादुर थापा एक कर्मठ प्रशासक रहनुभएको उल्लेखसहित हेमबहादुर मल्ल सम्मानबाट पुरस्कृत हुनुभएकामा बधाई दिनुभयो । साथै उहाँले थापा जस्ता दिग्गज प्रशासकहरुकै देनबाट राष्टलाई समुन्नतीको बाटोमा अघि बढ बल पुग्ने बताउनुभयो ।
त्यसैगरि सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले प्रशासनको क्षेत्रका दिग्गज व्यक्तित्वलाई प्रदान गरिदै आईएको हेमबहादुर मल्ल सम्मान प्रतिष्ठित सम्मान भएको उल्लेख गर्नुहुँदै यसले प्रशासन क्षेत्रलाई मनोबल प्रदान गर्ने जनाउनुभयो ।
कार्यक्रममा पानका अध्यक्ष मधुरमण आचार्यले डा. थापाले जनप्रशासनको क्षेत्रमा उल्लेख्य योगदान पुर्याए बापत उहाँलाई उक्त सम्मानबाट विभुषित गरिएको जनाकारी दिनुभयो ।
उक्त सम्मान मुल्यांकन समितिका संयोजक पूर्व मन्त्री एवं सचिव शंकर प्रसाद कोईरालाले विभिन्न क्षेत्रबाट आएका सिफारिस मध्येबाट नामहरु छनौट गर्दै विभिन्न चरणहरु पार गरि अन्तत थापालाई सो सम्मानबाट विभुषित गर्ने निर्णय लिईएको उल्लेख गर्नुभयो ।
सो अवसरमा पानका निवर्तमान अध्यक्ष कृष्णहरि बाँस्कोटाले राज्यको उच्च ओहोदामा रही प्रशासन एवम् कुटनीतिको क्षेत्रमा राष्ट्रको छवी उच्च राख्न सफल भएको, उच्च प्रशासकका रुपमा नेतृत्वदायी क्षमताको प्रदर्शन गरेको, सामाजिक सेवामा समर्पित रहेको र अन्तराष्ट्रिय क्षेत्रमा नेपालको पहिचान उच्च राखेको जस्ता उल्लेखनिय कार्य गरे बापत हेम बहादुर मल्ल सम्मान, २०७९ का लागि डा भेषबहादुर थापालाई सर्वाधिक योग्य ठहर गरिएको स्पष्ट पार्नुभयो । साथै उहाँले हेमबहादुर मल्लको व्यक्तित्व बारे प्रकाश समेत पार्नुभएको थियो ।
कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका संचालक समिति अध्यक्ष प्रदिपलाल श्रेष्ठले कर्पोरेशनले आम नागरिकको उपभोग्य अधिकारलाई सुनिश्चितता प्रदान गर्न सदैव सकृय रहि आएको बताउनुभयो ।
सम्मानित व्यक्तित्व डा थापाले सम्मान प्राप्त गर्न पाउँदा खुसी लागेको बताउनु हुँदै आयोजक प्रति आभार व्यक्त गर्नुभयो । कार्यक्रममा उच्च प्रशासकहरुको बाक्लो उपस्थिती रहेको थियो ।
यस अघि हेमबहादुर मल्ल सम्मानबाट केदार भक्त माथेमा, चादनी जोशी, भगवान कोईराला, विमल कोइराला, महाविर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, डा। दमननाथ ढुङ्गाना, डा।सुरेश राज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदार रेग्मी, देवेन्द्र राज कँडेल, कुलमान घिसिङ, सुन्दुक रूइत र डा। गौरी शंकरलाल दास, सुर्यनाथ उपाध्याय, गोरक्ष बहादुर न्हूच्छे प्रधान र भानु आचार्य विभुषित भैंसक्नुभएको छ। यो बिसौ सम्मान समर्पण हो ।
काठमाडौ – युरोपियन युनियनको नेपाल प्रतिनिधि मण्डलले आयोजना गरेको फिल्म क्रिटिक्स प्रतियोगितामा चलचित्र पत्रकार श्रीजु सरल विजेता र प्रसुन संग्रौला उपविजेता घोषित भए । साथै उक्त समारोहमा उक्त प्रतिनिधिमण्डलले नेपाल युरोपियन युनियन चलचित्र महोत्सव (NEUFF) २०२४ को सफलताको उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा विजेता घोषणा गरिएको हो ।
“सबैभन्दा पहिले, म धेरै चकित छु यो सम्मानजनक प्रतियोगिताको विजेता घोषित हुन पाउँदा म पनि सम्मानित महसुस गरिरहेको छु । साथै थप सिक्ने र अगाडि धेरै राम्रो गर्ने चुनौती पनि महसुस गरिरहेको छु ।” श्रीजु सरलले पुरस्कार प्राप्त गरेपछि प्रतिक्रिया दिँदै भनिन् ।
फिल्म समालोचक प्रतियोगितामा दोस्रो पुरस्कार प्राप्त गर्न पाउँदा म गर्व महसुस गर्छु । यो पुरस्कारले मलाई आगामी दिनहरूमा अझ राम्रो काम गर्न उत्प्रेरित गरेको छ । यो अवसरको लागि युरोपियन युनियनलाई लाई धन्यवाद । मलाई आशा छ युरोपियन युनियनले यस्ता कार्यक्रमहरू आयोजना गरिरहनेछ । भविष्यमा सबै चलचित्र समीक्षकहरूले थप लेख्न उत्प्रेरित महसुस गरून”, प्रतियोगिताका उपविजेता प्रसुन संग्रौलाले भने ।
वरिष्ठ चलचित्र पत्रकार तथा पटकथा लेखक सामिप्यराज तिमिलसेना, प्रख्यात कवि विमला तुम्खेवा र प्रतिनिधिमण्डलका प्रतिनिधि सम्मिलित तीन सदस्यीय निर्णायक मण्डलले चलचित्रको समीक्षा गरेको थियो ।
विश्वभर चलचित्र आलोचनालाई चलचित्र संस्कृतिको अविभाज्य अंग मानिन्छ । इतिहासको निश्चित समयमा इटाली जस्ता युरोपेली देशहरूमा त्यहाँका चलचित्र समीक्षकहरूले आफ्नो राष्ट्रिय चलचित्रलाई नयाँ दिशा दिएका थिए।
चलचित्र उद्योग, चलचित्र निर्माता र चलचित्र समीक्षक सबैलाई चलचित्र आलोचनाको महत्व थाहा नभएकाले नेपालमा पनि सोही तहको हस्तक्षेपको अपेक्षा गर्न सकिन्न । यस्तो अवस्थामा युरोपियन युनियन नेपाल र युरोपियन युनियन चलचित्र महोत्सव(NEUFF) ले आयोजना गरेको फिल्म क्रिटिक्स प्रतियोगिता प्रशंसनीय छ । समीक्षा र आलोचनाको मूल्याङ्कन गर्ने सन्दर्भमा, यो हाम्रा लागि चुनौती थियो । प्रतियोगितामा प्राप्त भएका सबै समीक्षा र आलोचनाहरू उत्कृष्ट थिए । प्रतियोगिता भएको हुनाले हामीले प्रतियोगिताको लागि विकास गरेको मापदण्डको आधारमा दुईजना विजेता घोषणा गर्नुपर्ने थियो । तर, प्रतियोगितामा सहभागी सबै चलचित्र समीक्षक चलचित्र समालोचनाको कलामा निपुर्ण रहेको बताउन पाउँदा निकै खुसी लागेको छ,’ प्रमुख निर्णायक सामिप्यराज तिमल्सेनाले भने ।
श्रीजु सरलले अनिल कुर्मी निर्देशित लघु नेपाली चलचित्र ‘फेरा’ र मार्टिन म्याकडोनाघ निर्देशित आयरिश चलचित्र ‘द ब्यान्शिज अफ इनिशिरिन’ को समीक्षा गरिन् । प्रसुन संग्रौलाले भिक्टर बोजिनोभ निर्देशित बुल्गेरियन फिल्म ‘द नेक्ड ट्रुथ अबाउट झिगुली ब्यान्ड’ र मिराज रोशन ठकुरीको छोटो नेपाली फिल्म ‘रातो पछेउरी’ (अ टेल अफ टर्मोल, टेप्टेशन एन्ड ट्राइम्फ) को समीक्षा गरेका थिए ।
2024 NEUFF मा प्रदर्शन गरिएको कम्तिमा एक नेपाली छोटो फिल्म र एक युरोपेली फिल्मको समीक्षा पेश गर्दै कुल ज्ञद्ध सहभागीहरूले प्रतियोगितामा सफलतापूर्वक भाग लिएका थिए ।
ब्रिष्ठ चलचित्र पत्रकार शान्तिप्रिय, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष तथा चलचित्र निर्देशक जनकदिप पराजुली, बरिष्ठ चलचित्र निर्देशक माधब राज खरेल संचारकर्मी रिना मोक्तान लगायतका चलचित्रकर्मी तथा पत्रकारहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा ईयुका प्रतिनिधि मण्डलले नेपाल युरोपियन युनियन चलचित्र महोत्सव -२०२४ को लागि निःशुल्क कार्यक्रमको रुपमा आयोजना गरेको लघु चलचित्र प्रतियोगिताका विजेता तथा सहभागीहरुका साथै काठमाडौं, महेन्द्रनगर, नेपालगन्ज र सुर्खेतमा चलचित्र महोत्सव आयोजना गर्न सहयोग गर्ने २० जना व्यक्तिहरुलाई पनि सम्मान गरेको थियो ।
शान्ता नेपालीको निर्देशनमा बनेको डकुमेन्ट्री फिल्म ‘धेरे ड्रीम्स’ उत्कृष्ट सर्ट फिल्मको अवार्ड पाएको छ । स्वयन मास्के मानन्धर निर्देशित ‘द बुल, द काउ, द काल्फ’ लाई स्पेशल मेन्सन सर्टिफिकेट प्रदान गरिएको थियो ।
उक्त महोत्सवमा आचार्य बनाम निर्देशित ‘डिभिनेसन’ –आखत), समल बज्राचार्य निर्देशित ‘हवामन’, निगम गेलु शेर्पा निर्देशित ‘काठमाडौं मनसुन’, निर्देशित ‘मखमली उडान’ गरी कुल ११ वटा लघु चलचित्र छनोट गरिएको छ । अतिन श्रेष्ठ, राजिन महर्जन निर्देशित “#LetsTalkPERIOd – Breaking Taboos in Nepal” मिराज रोशन ठकुरी निर्देशित ‘रातो पच्छेउरी’, आकांक्षा कार्की निर्देशित ‘सनाई’ र सन्तोष दाहाल निर्देशित ‘द मिराज’ र अनिल कुर्मी द्वारा निर्देशित ‘ह्विल’ (फेरी) रहेका थिए ।
फिल्म क्रिटिक प्रतियोगिता र सर्ट फिल्म प्रतियोगिताका विजेता र उपविजेताहरू डिसेम्बर, २०२४ को शुरुमा डेलिगेशनले आयोजना गर्ने पहिलो नेपाली फिल्म फेस्टिभलमा सहभागी हुन ब्रसेल्स जानेछन्।
काठमाडौं, महेन्द्रनगर, नेपालगञ्ज र सुर्खेतमा सन् २०२४ को नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल ९ल्भ्ग्ँँ० को सफल आयोजना पछि आगामी नोभेम्बर १६, १७ र १८ गते इटहरीमा २०२४ को नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल (NEUFF) को पूर्वाञ्चल आयोजना हुने भएको छ ।
काठमाण्डौ – यही श्रावण ३२ गते रेडियो आहा प्रा. लि. १०४.५ मेगाहर्जको तेस्रो वार्षिकोत्सव कार्यक्रम आयोजना हुने भएको छ रेडियो आहाका अध्यक्ष र प्रवन्ध निर्देशक एवं प्रसिद्ध रेडियोकर्मी हेम सुवेदीले शनिबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी सो कुरा जानकारी गराएका हुन् सुवेदीका अनुसार वार्षिकोत्सव डिल्लीबजार, कालिकास्थान स्थित अमृतभोगमा आयोजना हुने निश्चित भएको छ ।
विविध सांस्कृतिक कार्यक्रम सहित आयोजना हुने सो समारोहमा नेपाली साङ्गीतिक क्षेत्रका एकजना मुर्धन्य सर्जक र अर्का एकजना समाजसेवी समेत सम्मानित हुने कुरा थाहा भएको छ २ दशकसम्म रेडियो कान्तिपुरमा कार्यक्रम सञ्चालन तथा उत्पादन गरी कार्यक्रम प्रमुखको रुपमा समेत कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्दै सर्वाधिक लोकप्रिय कार्यक्रम प्रस्तोताको रुपमा ख्याति आर्जन गरेका हेम सुवेदी बुम मिडिया प्रा. लि. का समेत संस्थापकरनिर्देशक हुन् । बुम मिडिया अन्तर्गत स्थापित आहा रेडियो स्थापनाको छोटो समयमै लाखौँ श्रोताको मनमा बस्न सफल भएको छ ।
हरेक दिन बिहान ५ बजेदेखि राती ११ बजेसम्म प्रसारण हुँदै आएको यस रेडियोले स्तरीय सूचना, समाचार, गीत (सङ्गीत, शिक्षा, स्वास्थ्यका साथै साहित्यिक, आर्थिक, राजनीतिक, सामाजिक, धार्मिक, जनसरोकार लगायत फरक फरक विधाका अन्तर्वार्ता एवं मनोरन्जनात्मक कार्यक्रमहरु प्रसारण गर्दै आएको छ ।
सुवेदीले काठमाण्डौ उपत्यका र उपत्यका बाहिरका ३० भन्दा बढी जिल्लाका गरी कूल १० हजार भन्दा बढी प्रशिक्षार्थीहरुलाई उद्घोषणको तालिम दिएका छन् । टेलिभिजन कार्यक्रम निर्मातारप्रस्तोता, विज्ञापन निर्माता, श्रेष्ठ स्टेज उद्घोषक सुवेदीले सरकारी एवं गैर सरकारीस्तरका २०० भन्दा बढी अन्तर्राष्ट्रिय(राष्ट्रियस्तरका पुरस्कार, सम्मान र अवार्डहरु समेत प्राप्त गरेका छन् । नेपाली साङ्गीतिक क्षेत्रका अधिकांश सर्जकरकलाकारहरुको वायोग्राफी खरर बोल्न सक्ने असाधारण स्मरणशक्ति भएका एक मात्र सञ्चारकर्मी हेम सुवेदीले त्रिभुवन विश्व विद्यालयबाट वाणिज्य शास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् ।
१७ साउन, काठमाडौं । ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको प्रथम अडिसन गंगबुँ आत्मज्ञान स्थित कुक्कु रेष्टुरेष्ट एण्ड ईभेण्टमा हुने भएको छ । यस सौन्दर्य प्रतियोगिताको लागि श्रावण १९ गते शनिवार विहान १० बजेदेखी ३ः३० बजेको समयसम्म अडिसन हुन लागेको हो । जसमा चर्चित गायक आनन्द कार्की, अन्र्तराष्ट्रिय कोरियोग्राफर तथा मोडल रोजिन शाक्य, फेसन डिजाईनर तृष्णा गुरुङ्ग, रोटरी क्लब अफ ज्ञानेश्वरकी सचिव तथा अटाईर बाई सृष्टिकी संस्थापक सृष्टि त्रिपाठी र गीतकार एवं समाजसेवी सत्यकला लामा निर्णायक रहने छन् ।
नेपाल टेलिभिजनबाट बाल कार्यक्रम देखी हास्य टेलिश्रीङ्खला हुँदै मेगा इभेन्ट मानिने टेलिभिजन रियालिटी शो आयोजना साथै सहकार्यमा विविध इभेन्ट कार्यक्रम प्रस्तुत गर्दै आएको ग्लोरी मिडियाले बाल दिवस २०८१ को अवसर पारेर कार्यक्रम आयोजना गर्न लागेको हो । ७ देखी १८ बर्षसम्मका बालबालिकाहरुले कार्यक्रममा भाग लिन पाउने मिडियाले जनाएको छ । जसमा ७ बर्षदेखी १२ बर्ष उमेर समुहका बालबालिकाले किड्स ट्यालेण्ट र १३ देखी १८ बर्ष उमेरका बालबालिकाहरुले टिन ट्यालेण्टमा भाग लिन पाउनेछन । प्रतियोगीले १८ घण्टा बराबर करिब २० दिन अवधिको कोरियोग्राफीसहित व्यक्तित्व विकास, आत्मविश्वास, मोडलिङ, क्यामेरा फेस तथा टेलिभिजन कार्यक्रम संचालन लगायतका बिषयमा प्रशिक्षण प्राप्त गर्नेछन ।
प्रतियोगिता अन्तर्गत प्रथम अडिसन पस्चात १८ घण्टाको लागि प्रशिक्षण शुरु हुनेछ भने भाद्र २९ गते राष्ट्रिय बाल दिवसको अवसरमाझ ग्राण्ड फिनाले कार्यक्रम आयोजना गरिने ग्लोरी मिडियाका अध्यक्ष एवम प्रबन्ध निर्देशक सरोज ओझाले जानकारी दिएका छन । कार्यक्रममा अन्तरराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य मुख्य कोरियोग्राफर रहने पनि उनले बताए ।
‘यो सौन्दर्य प्रतियोगिता मात्रै नभई बृहद र बाल सहभागितामुलक टेलिभिजन कार्यक्रम निर्माणको तयारी पनि हो । त्यसैले यो प्रतियोगिता अन्य प्याजेन्ट शो भन्दा भिन्न हुनेछ र हामी बालबालिकामैत्री शोको अवधारणालाई अगाडि बढाउने प्रयत्न यसै प्रतियोगिता मार्फत गर्दैछौँ’ ओझाले कार्यक्रम आयोजनाको उदेश्य माथि प्रकाश पार्दै भने ।
ग्लोरीले कार्यक्रमका लागि वर्ल्ड टच टुर्स एण्ड ट्राभल्स, ल्होत्से थकाली, श्रीराज टेलर्स, ग्लोबल अनलाईन पे, एभेन्टोज नेपाल, मोडल सङस नेपाल, राज्य मिडिया नेटवर्क लगायतका संस्था तथा कम्पनीहरुसँग सहकार्य गरेको छ भने सहकार्य साझेदारहरु थप गरिदै लगिने पनि जनाएको छ । प्रतियोगितासँग केही ठुला कम्पनीहरु, बालबालिकाको अधिकारको क्षेत्रमा कृयाशिल संघ संस्था, शिक्षालय तथा सो सम्बद्ध छाता संस्था,अभिभावक सम्बद्ध संस्था आदी समेत प्रायोजक र साझेदारका रुपमा जोडिन सक्ने बाटो खुला रहेको ओझाले बताए ।
प्रतियोगिताका उपाधी विजेतालाई नगद २५ हजार, फर्स्ट रनर अपलाई १५ हजार र सेकेण्ड रनर अपलाई १० हजार नगदसहित पोखरा जाने आउने टुरिष्ट बसको टिकट उपलब्ध गराइनुका साथै अन्य गिफट ह्याम्पर प्रदान गरिने छ । त्यसो त कार्यक्रमका विजेताहरुले ग्लोरी मिडियाले एनटिभि न्युजमा बुधबार राती ९ः१५ मा प्रस्तुत गर्दै आएको पाक्षिक कार्यक्रम सचेतनामा बालबालिका बिशेष ईपिसोड संचालन गर्न पाउनेछन ।
बाल दिवसको अवसर पारेर ग्लोरी मिडियाको आयोजनामा हुन लागेको ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसले बालबालिकाहरुको अधिकारलाई समेत मुखरित गर्नेमा आफु विश्वस्त रहेको साझेदार कम्पनी राज्य मिडिया नेटवर्कका सिईओ डेभिल सिँह राजपुतले बताए ।
टेलिभिजन कार्यक्रमतर्फ बाल कार्यक्रम बाल आवाज, हास्य टेलिश्रीङ्खला कुरा मात्र भो, कुकिङ रियालिटी शो कलेज सेफ आईकन, शान्ती तथा परिवार बिशेष कार्यक्रम आदर्श परिवार हुँदै हाल पनि एनटिभी न्युजमा कार्यक्रम सचेतना प्रस्तुत गर्दै आएको ग्लोरीले इभेन्टतर्फ फेस अफ नेशन, द मम्, सुपर प्लस साईज मोडल, नेक्स्ट सुपर मोडल लगायतका सफल इभेन्टहरुमा साझेदार रहि कार्य गरेको छ ।
Kathmandu Dairy Entrepreneur’s Optimistic club of Kathmandu has organized a rice pudding ceremony in collaboration with Nepal Dairy Association NDA. Marking a Typical festival of Rice Pudding day the event was held on July 30 at the central office of Nepal Dairy Association at Shankhamul, Kathmandu. The program was held under the chairmanship of President of the Dairy Entrepreneur’s Optimistic club of Kathmandu & NDA Pralhad Dahal, whereas, Vice President of Federation of Commerce and Industry Hemraj Dhakal was the Chief guest & Governor of Optimistic International Nepal Prakash Ghimire was the special guest of the ceremony.
Chief guest Hemraj Dhakal, vice president of Federation of Commerce and Industry, inaugurated the program. Greetings were exchanged from the guests. Governor of Optimistic International Nepal, Prakash Ghimire, while congratulating the program, said that efforts should always be made to move forward positively to solve the current problems of the dairy sector. The chief guest of the program, Hemraj Dhakal, wished everyone on Rice pudding day Khir Diwas and said that he is also serious about the problem of the dairy sector and everyone should work together to solve the problem. Appreciating the Mohi campaign carried out by the association, he said that the federation is always with NDA & Optimistic Club in the difficulties faced by the association.
The chairman of the program, President Pralhad Dahal, thanked all those present and expressed his best wishes. He said that everyone's cooperation is essential to make history in the dairy sector with new vigor in the future. The Nepal Dairy Association & Optimistic club will always move forward in such matters, both the organization will be in the forefront to solve the problems in the dairy sector.
The guests in the program were, Chairman of Agricultural Enterprise Center under Federation of Commerce and Industry D.V. Basnet, Senior Vice President of Central Dairy Cooperative Association Krishna Prasad Sapkota, National Pabson's central president Pandab Hamal, General secretary Paras Dahal, Prabodh prabhakar Rizal, representatives of various branches of Nepal Federation of Commerce and Industry and working committee members respectively Lilendra Prasad Pradhan, Naniraj Ghimire, Naresh Lal Shrestha, Pashupati Dev Pandey, Ravin Puri, Rajkumar Karki, Shiv Prasad Ghimire, Chandra Thapa, Indra Maharjan, Manju Shrestha, Ramesh Sangraula, former president of Nepal Dairy Association, Sumit Kedia, founders, advisors, senior vice president of Export Traders Federation, Govind Ghimire, Baburam Adhikari of Animal Husbandry and Fisheries Cooperative Association, Shiyaram Singh of Dairy Science Association, Raithane Agro Pvt. Ltd. representatives, agricultural journalists, officials of Optimist Dairy Entrepreneurs Club, Optimist International General Secretary Pratap Thapa, LG Risheshwar Thapalia, journalists and representatives of various other organizations, including dairy entrepreneur’s , had a large participation.
All at the event were treated to Mohipan and Rice pudding. In the event, the guests were given a wooden contract as a sign of love.
Kathmandu l The first audition of Glory Teen and Kid's Talents is going to be held at Kuckoo Lounge and Event located in Atmagyan, Gongabu. The audition for this beauty pageant is going to be held on Saturday 19th of Shrawan from 10 am to 3:30 pm. Glory Media, which has been presenting children's programs from Nepal Television through comedy teleserials to television reality shows which are considered as mega events, as well as various event programs in collaboration, is going to organize a program on the occasion of Children's Day 2081. According to the media, children from 7 to 18 years old can participate in the program. Children in the age group of 7 to 12 years will be able to participate in Kids Talent and children in the age group of 13 to 18 years will be able to participate in Teen Talent. The contestants will receive training in personality development, confidence, modeling, camera face and television program hosting along with choreography for about 20 days.
Under the competition, the training will start for 18 hours after the first audition and the grand finale program will be held on the occasion of National Children's Day on 29th of Bhadra, Chairman and Managing Director of Glory Media Saroj Ojha said that international choreographer Rosin Shakya will be the main choreographer in the program.
‘This is not only a beauty pageant, but also a preparation for the production of television programs involving children and adults. Therefore, this competition will be different from other pageant shows and we are trying to advance the concept of child-friendly show through this competition’ Ojha said,highlighting the purpose of organizing the program.
‘Glory has collaborated with organizations and companies such as World Touch Tours and Travels, Lhotse Thakali, Global Online Pay, Aventos Nepal, Model Songs Nepal, Rajya Media Network, etc, some big companies, organizations active in the field of children's rights, educational institutions and related umbrella organizations, parent-related organizations, etc., can join the competition as sponsors and partners’ Ojha said.
The winner of the competition will receive 25,000 in cash, the first runner-up will get 15,000 and the second runner-up will be given 10,000 in cash as a prize. Also, the winners of the program will be able to host a special episode for children in the fortnightly awareness program presented by Glory Media on NTV News at 9:15 on Wednesday night.
Devil Singh Rajput, CEO of the partner company rajya Media Network, said that he is confident about the Glory Teen and Kid's Talents will also voice the rights of children which is being organized by Glory Media on the occasion of Children's Day.
Glory Media has launched children's program Baal Awaaz, comedy teleseries Kura Matra Bho, cooking reality show College chef Icon, Peace & family special program Adarsh Parivar, and currently presenting program Sachetana on NTV News. Also media house has worked as a partner in successful events such as Next Super Model, The mom, face of the Nation, Super Plus Size Model, The Designer Runway etc.
काठमाडौं – लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सकृय एक संगीत साधक नारायण थापाको स्वर र संगीतमा आधुनिक गीत ‘तिमिलाई नै’ को भिडियो सार्वजनिक भएको छ । पत्रकार डब्बु क्षेत्रीको शब्द रचना रहेको उक्त गीतको भिडियो आखाले हेर्ने भन्दा पनि मन मष्तिस्कले रुचाउने रहेको छ । शब्द, संगीत र स्वरको तालमेलसंगै संगीत संयोजन उत्कृष्ट रहेको छ ।
कलाकार यसराज गराच र प्रतिक्षा काफ्लेको अभिनय रहेको तिमिलाई नैबाट आत्मसन्तुष्टि मिलेको गायक तथा संगीतकार नारायण थापा बताउछन । तिमिलाई नैको भिडियोमा कृष्ण रसालको कोरियोग्राफर, वीरेन्द्र भाट ‘विपिन’को सम्पादन, प्रविण सुवेदीको छायांकन र डब्बु क्षेत्रीको निर्देशन रहेको छ ।
एक पछि अर्को सांगीतिक सिर्नना श्रोता माझ पस्कदै आईरहेका गायक, संगीतकार नारायण थापाका आधा दर्जन गीतको भिडियो निर्माणको क्रममा रहेको छ ।
काठमाडौं । ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको प्रथम अडिसन गंगबुँ आत्मज्ञान स्थित कुक्कु रेष्टुरेष्ट एण्ड ईभेण्टमा हुने भएको छ । यस सौन्दर्य प्रतियोगिताको लागि श्रावण १९ गते शनिवार विहान १० बजेदेखी ३:३० बजेको समयसम्म अडिसन हुन लागेको हो । नेपाल टेलिभिजनबाट बाल कार्यक्रम देखी हास्य टेलिश्रीङ्खला हुँदै मेगा इभेन्ट मानिने टेलिभिजन रियालिटी शो आयोजना साथै सहकार्यमा विविध इभेन्ट कार्यक्रम प्रस्तुत गर्दै आएको ग्लोरी मिडियाले बाल दिवस २०८१ को अवसर पारेर कार्यक्रम आयोजना गर्न लागेको हो । ७ देखी १८ बर्षसम्मका बालबालिकाहरुले कार्यक्रममा भाग लिन पाउने मिडियाले जनाएको छ । जसमा ७ बर्षदेखी १२ बर्ष उमेर समुहका बालबालिकाले किड्स ट्यालेण्ट र १३ देखी १८ बर्ष उमेरका बालबालिकाहरुले टिन ट्यालेण्टमा भाग लिन पाउनेछन् । प्रतियोगीले १८ घण्टा बराबर करिब २० दिन अवधिको कोरियोग्राफीसहित व्यक्तित्व विकास, आत्मविश्वास, मोडलिङ, क्यामेरा फेस तथा टेलिभिजन कार्यक्रम संचालन लगायतका बिषयमा प्रशिक्षण प्राप्त गर्नेछन् ।
प्रतियोगिता अन्तर्गत प्रथम अडिसन पस्चात् १८ घण्टाको लागि प्रशिक्षण शुरु हुनेछ भने भाद्र २९ गते राष्ट्रिय बाल दिवसको अवसरमाझ ग्राण्ड फिनाले कार्यक्रम आयोजना गरिने ग्लोरी मिडियाका अध्यक्ष एवम् प्रबन्ध निर्देशक सरोज ओझाले जानकारी दिएका छन् । कार्यक्रममा अन्तरराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य मुख्य कोरियोग्राफर रहने पनि उनले बताए ।
‘यो सौन्दर्य प्रतियोगिता मात्रै नभई बृहद र बाल सहभागितामुलक टेलिभिजन कार्यक्रम निर्माणको तयारी पनि हो । त्यसैले यो प्रतियोगिता अन्य प्याजेन्ट शो भन्दा भिन्न हुनेछ र हामी बालबालिकामैत्री शोको अवधारणालाई अगाडि बढाउने प्रयत्न यसै प्रतियोगिता मार्फत गर्दैछौँ’ ओझाले कार्यक्रम आयोजनाको उदेश्य माथि प्रकाश पार्दै भने ।
ग्लोरीले कार्यक्रमका लागि वर्ल्ड टच टुर्स एण्ड ट्राभल्स, ल्होत्से थकाली, ग्लोबल अनलाईन पे, एभेन्टोज नेपाल, मोडल सङस नेपाल, राज्य मिडिया नेटवर्क लगायतका संस्था तथा कम्पनीहरुसँग सहकार्य गरेको छ भने सहकार्य साझेदारहरु थप गरिदै लगिने पनि जनाएको छ । प्रतियोगितासँग केही ठुला कम्पनीहरु, बालबालिकाको अधिकारको क्षेत्रमा कृयाशिल संघ संस्था, शिक्षालय तथा सो सम्बद्ध छाता संस्था,अभिभावक सम्बद्ध संस्था आदी समेत प्रायोजक र साझेदारका रुपमा जोडिन सक्ने बाटो खुला रहेको ओझाले बताए ।
प्रतियोगिताका उपाधी विजेतालाई नगद २५ हजार, फर्स्ट रनर अपलाई १५ हजार र सेकेण्ड रनर अपलाई १० हजार नगदसहित पोखरा जाने आउने टुरिष्ट बसको टिकट उपलब्ध गराइनुका साथै अन्य गिफट् ह्याम्पर प्रदान गरिने छ । त्यसो त कार्यक्रमका विजेताहरुले ग्लोरी मिडियाले एनटिभि न्युजमा बुधबार राती ९:१५ मा प्रस्तुत गर्दै आएको पाक्षिक कार्यक्रम सचेतनामा बालबालिका बिशेष ईपिसोड संचालन गर्न पाउनेछन् ।
बाल दिवसको अवसर पारेर ग्लोरी मिडियाको आयोजनामा हुन लागेको ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसले बालबालिकाहरुको अधिकारलाई समेत मुखरित गर्नेमा आफु विश्वस्त रहेको साझेदार कम्पनी राज्य मिडिया नेटवर्कका सिईओ डेभिल सिँह राजपुतले बताए ।
टेलिभिजन कार्यक्रमतर्फ बाल कार्यक्रम बाल आवाज, हास्य टेलिश्रीङ्खला कुरा मात्र भो, कुकिङ रियालिटी शो कलेज सेफ आईकन, शान्ती तथा परिवार बिशेष कार्यक्रम आदर्श परिवार हुँदै हाल पनि एनटिभी न्युजमा कार्यक्रम सचेतना प्रस्तुत गर्दै आएको ग्लोरीले इभेन्टतर्फ फेस अफ नेशन, द मम्, सुपर प्लस साईज मोडल, नेक्स्ट सुपर मोडल लगायतका सफल इभेन्टहरुमा साझेदार रहि कार्य गरेको छ ।