Kathmandu l With an enthusiastic participation of Rotarian members, local clubs and local residents, more than 100 trees were planted in the picturesque Makalbari area. This plantation program was jointly organized by Rotary District RID 3292, Nepal and Bhutan affiliated four Clubs namely, Rotary club of Gyaneshwor, Rotary Club of Kantipur, Rotary Club of Matribhoomi Baluwatar and Rotary Club of Gokarneshwor last Monday.
Mayor of Gokarneshwar Municipality Deepak Kumar Risal, former District Governor Rotarian Chintamani Bhattarai and others were present in the program. On this occasion, Mayor Risal putting his words of commitment towards environmental protection said that the tree plantation program organized by Rotary clubs was an excellent example. While speaking about the contribution of Rotary to the social sector through such great efforts, Rotarian Chintamani Bhattarai, former District Governor, highlighted the contribution of Rotary in the social sector.
Highlighting the Plantation program, secretary of Rotary Club of Gyaneshwor Shristi Tripathi said ‘This tree planting program is just one step, it is part of a larger, ambitious three-year project aimed at increasing the region's green cover, raising environmental awareness, and improving the overall ecosystem. Further, she stated ‘By planting these trees, we are fighting climate change and creating a healthy, clean future for future generations’. Also, she expressed her gratitude to all the local clubs and community members for their steadfast cooperation and participation'.



Kathmandu | Aama Nepalese Cuisine Restaurant located in Calgary, AB, Canada has entered its third year. Aama Nepalese Cuisine is a restaurant opened with a very positive mindset in honor of his beloved late mother by Chef Gyanendra Banjara Sharma, a rich young professional executive has played a role in preserving the Nepal hood and identity by spreading the original Nepali food dishes to the world raising the dignity of Nepal and Nepali people while continuing to create new flavors in the hospitality sector. When customer reaches there the hunger will no more remain exist. Aiming to promote Nepali original dishes under the management of Chef Gyanendra Banjara Sharma, Managing Director of Aama Nepalese Cuisine Restaurant is serving its client with excellent service, since its establishment.
Born to father Govind Prasad Banjara and mother Rukmani Devi Banjara, in the year 1982 in Darhia, Biratnagar-12, Morang, Gyanendra Sharma, made Canada his work place, has been active in the promotion of Nepali food and culture. Even though he has been living in abroad for the past 2 decades his love for travel and food took him around the world. After completion of Culinary Diploma in Vienna, Austria he worked in many countries.
Skillfully demonstrating his expertise in food preparation, menu planning and execution in Europe, North America and the Middle East he has got the opportunity to work as a chef in multinational hotel chains like Hyaat Regency, Hilton Hotels, Fairmont Hotels, Sheraton, Marriott and Millennium Hotels. Chef Gyanendra is a sociable personality and a source of inspiration for the many youngsters. Currently, he is living in Calgary, AB, Canada with his life partner Tara Paudel and his children.
काठमाण्डौ- नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले अभिनेत्री थिन्ले ल्हामोलाई बधाई तथा शुभकामना दिनुभएको छ । विश्व प्रसिद्ध लोकार्नो फिल्म फेस्टिभलको ७७ औँ संस्करणमा उत्कृष्ट नेपाली चलचित्र ‘साम्बाला’मा गरेको अभिनयको लागि उत्कृष्ट ‘बोक्कालिनो डिओर’ अवार्ड जितेकोमा बधाई तथा शुभकामना दिनुभएको हो ।चलचित्रलाई मिन बहादुर भामले निर्देशन गरेका हुन् ।
सामाजिक सञ्जालमा शेयर गरिएको बधाई सन्देशमा अध्यक्ष मोहन निरौलाले भन्नुभएको छ, ‘तपाईंलाई यो ऐतिहासिक उपलब्धिको लागि हाम्रो तर्फबाट हार्दिक बधाई छ । तपाईंको ‘साम्बाला’ चलचित्रमा पेमाको चुनौतीपूर्ण जीवनयात्रा र साहसको भूमिकामा देखाइएको अद्वितीय अभिनयले नेपाली कलाकारहरूको विश्वसामु सशक्त उपस्थिति स्थापित गरेको छ । यो सफलता नेपाली चलचित्र उद्योगको मात्र होइन, सम्पूर्ण दक्षिण एसियाली चलचित्र र कलाकारहरूको लागि पनि प्रेरणादायी उदाहरण हो ।’
अध्यक्ष निरौलाले अगाडि भन्नुभएको छ,, ‘तपाईं प्राप्त गर्नुभएको यो अवार्ड नेपाली कलाकारहरूको अन्तर्राष्ट्रिय पहिचानको प्रतीक हो । भविष्यमा पनि तपाईंको करियरमा यस्ता धेरै सफलताहरू प्राप्त होस् भन्ने हाम्रो कामना छ ।
काठमाण्डौ – लघु चलचित्र “होएर एम आई ” को छायाँकन सम्पन्न भएको छ । कलिउड हव मिडिया प्रा.लीको व्यानरमा निर्माण हुन लागेको चलचित्र होएर आइ एमलाई काठमाण्डौका विभिन्न रमणीय स्थाहरुमा छायाँकन गरिएको छ । उक्त लघुचलचित्रमा लेखन, निर्देशन तथा छायाँकन राजन खरेलको रहेको छ ।
पारिवारी कथाबस्तुमा आधारीत चलचित्रले पछिल्लो समय आमा बुवा र सन्तानहरुको विचमा आईपर्ने समस्या तथा उल्झनहरुलाई देखाउन खोजिएको बताईएको छ । चलचित्रमा कलाकारहरु राजु कार्की, सेमिना कोइराला, मनोज कार्की, सोनाम लामा, सम्भु भुजेल, लक्ष्मी तामाङ, मन्जु सुवेदी, कुसल तामाङ, कारण कुमार, समिक्क्षा मगर, ललिता परियार, लक्सी तामाङ, निर्मला सुनार, लागायतको अभिनय रहेको छ ।
मन्जु सुवेदी एण्ड टीमको सृङ्गार तथा शैलस नेपाली सहायक छायाँकारको रुपमा रहेका छन् । उक्त लघुचलचित्रको पोष्टप्रोडक्सनको कार्य छिट्टै सम्पन्न गरिने निर्माण पक्षले जानकारी दिएको छ ।
काठमाडौं -नायक राज गजमेर निर्देशित रोमासन्टक म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘हम मर जाएङ्गे’ बोलको हिन्दी गीतमा सन्तोष सुनारको शब्द, सगीत रहेको छ भने सुनारलाई स्वरमा गायिका सुरक्षा सेन्चुरीले साथ दिएकी छन् ।
भिडियोमा बिगत लामो समय देखि जापानमा आफ्नै व्यवसाय सञ्चालन गर्दै आइरहेका हरी पाण्डे र मोडल मोनिका बुढाथोकीले अभिनयमा गरेका छन् । राजिव समरको कोरियाग्राफी, टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो प्रेम लामाले खिचेका हुन् ।
काठमाडौँ । जनसवाल पब्लिकेशन प्रालिद्वारा प्रकाशित ‘जनसवाल राष्ट्रिय दैनिक’को १८ औँ वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । जनसवालका शभेच्छुकहरुको सहभागितामा राजधानीको दरवारमार्गस्थित दरबार रेस्टुरेन्टमा एक कार्यक्रमका बिच वार्षिकोत्सव सम्पन्न गरिएको हो ।
वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली,नेपाली काङ्ग्रेस सभापती शेर बहादुर देउवा,माओवादी अध्यक्ष पुष्प कमल दाहाल”प्रचन्ड”,नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेललगायतबाट प्राप्त लिखित शुभकामना बाचन गरिएको थियो । उनीहरुले जनसवाल दैनिकको उत्तरोत्तर प्रगतीको शुभकामना ब्यक्त गर्दै नाम अनुसारको काम गर्न आग्रह गरे।
वार्षिकोत्सव कार्यक्रममा प्रतिनिधिसभा सदस्य उर्मिला माझी, साउदी अरबका लागि प्रस्तावित राजदूत डा. नरेशविक्रम ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, वरिष्ठ उपाध्यक्ष दीपक मलहोत्रा, एनआरएनएका पूर्वअध्यक्ष रविना थापा, पूर्व प्रवक्ता सोम सापकोटा, एनआरएनए मध्यपूर्व सहसंयोजक रमेश श्रेष्ठ, एनआरएनए युरोप सहसंयोजक भीमसेन थापा, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी, नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष खिल बहादुर भण्डारी, महासचिव रोशन पुरी, लेखा समितिका संयोजक लेखनाथ न्यौपाने, केन्द्रीय सदस्य ज्ञान प्रसाद पौडेल, वरिष्ठ पत्रकार मनऋषि धिताल, प्रेस चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष गणेश पाण्डे, प्रेस संगठनका महासचिव सन्तोष पौडेल, नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका अध्यक्ष सूर्य सुवेदी, वैदेशिक रोजगार पत्रकार समाजका अध्यक्ष उद्धव भट्टराई, नेपाली व्यवसायी सङ्घ कतारका सचिव एवम् अन्तर्राष्ट्रिय युवा उद्यमी महासंघका केन्द्रीय उपाध्यक्ष पूर्ण पोखरिया, व्यवसायी चन्द्र वाइबा, दिपेन्द्र थापा, विकास गुरुङ, सन्तोष कोइराला , अशोक गिरी, दीपक न्यौपाने, जीवन कुमार केसी, नरेन्द्र अधिकारी, किरण गैरे, पत्रकारहरू राजकुमार सिग्देल, होम कार्की, अनिल अधिकारी, राजु सुवेदी, रामचन्द्र पोखरेल, नवराज दाहाल, रामचन्द्र खड्का, कविराज ढकाल, दीपक पुडासैनी, गणेश बन्जाडे,टेनिस रोका,रामकृष्ण पौडेल,कलाकार रमेश दुलाललगायतको सहभागिता रहेको थियो ।
पत्रिकाका अध्यक्ष तथा सम्पादक रामजी बगालेको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहभागीहरूले वर्तमान अवस्थामा प्रिन्ट मिडिया संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको बेला जनसवालले निरन्तर १८ वर्ष पार गर्नु महत्त्वपूर्ण भएको बताउँदै आगामी दिनमा थप प्रगतिका लागि काम गर्ने बताए । यस्तै जनपक्षीय पत्रकारिताका साथै एनआरएनए,वैदेशिक रोजगार,रेमिटेन्सको विषयलाई महत्वका साथ जनसवालले उठाइरहेको सो क्रममा उनले बताए।

यस्तै माझीले जनसवालले जनताका मुद्दालाई प्राथमिकता दिएकोमा खुसी लागेको उल्लेख गर्दै असल समाज निर्माणमा पत्रकारिताको भूमिका महत्त्वपूर्ण हुने बताइन्। उनले आगामी दिनमा पत्रिकाले जनजीविकाका मुद्दालाई प्राथमिकता दिँदै समाजलाई सही दिशामा डोहोरयाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।

यसैगरी साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत ढकालले रामजी बगालेको नेतृत्वमा जनसवालले प्रवासका मुद्दालाई निरन्तर उठाइरहेको भन्दै आभार प्रकट गरे । आफू विगतमा कतारको राजदूत हुँदा पनि जनसवालसँग हातेमालो गरेरै अघि बढेको उल्लेख गर्दै आगामी यात्रामा पनि यसैगरी अघि बढ्न चाहेको र सबैसँग सहकार्य हुने विश्वास व्यक्त गरे । उनले जनसवालको १८ औँ वार्षिकोत्सवको अवसरमा आफू सहभागी हुन पाउँदा खुसी लागेको भन्दै उत्तरोत्तर प्रगतिको कामना गरे ।

यसैगरी एनआरएनएकी पूर्वअध्यक्ष रविना थापाले एनआरएनएको हरेक अभियानमा जनसवालले अग्रस्थानमा रहेर समाचार सम्प्रेषण गरेको भन्दै यसका सम्पादक बगाले प्रवासका नेपालीहरूको सुख दुखको सारथि बनेको उल्लेख गरिन । उनले प्रवासका विषयमा थप उजागर गर्दै अघि बढ्न समेत शुभकामना दिइन ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले पत्रकारिताको माध्यमबाट आर्थिक क्षेत्रको समग्र विषय जनसवालले उठान गरिरहेको भन्दै अर्थतन्त्रलाई सकारात्मक दिशामा डोहोरयाउन पत्रकारिताको महत्त्वपूर्ण भूमिका रहने बताए । उनले १८ वर्षसम्म प्रिन्ट मिडिया सञ्चालन गर्न सफल भएकोमा शुभकामना दिँदै आगामी दिनमा थप सफलताको शुभकामना दिदै सहकार्य गरेर अगाडि बढ्ने बताए ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष मलहोत्राले जनसवालको १८ औँ वार्षिकोत्सवको अवसरमा आफू सहभागी हुन पाउँदा खुसी लागेको भन्दै उत्तरोत्तर प्रगतिको कामना गरे । उनले जनसवालसङ्ग बिगतमा पनि सहकार्य गरेर अगाडी बढेको र भबिस्यमा पनि सहकार्य गर्ने जनाउदै जनसवालले समाजमा धेरै उदाहरणीय कार्यहरु गरेको बताए ।

नेपाल वैदेशिक रोजगार ब्यावसायी संघका अध्यक्ष राजेन्द्र भन्डारीले जनसवाल दैनिकको १८ औँ वार्षिकोत्सवको अवसरमा उत्तरोत्तर प्रगतिको कामना ब्यक्त गर्दै जनसवालसङ्ग बिगतमा पनि आफु,बैदेशिक रोजगार ब्याबसायीहरु र बैरो संघसँग सहकार्य गरेर अगाडी बढेको र भबिस्यमा पनि सहकार्य गर्ने बताए । जनसवालले समाजमा ऎना बनेर बैदेशिक रोजगारको क्षेत्रमा र प्रवासमा रहेका नेपालीहरुको लागि धेरै उदाहरणीय कार्यहरु गरेको जनाउदै भन्डारीले भबिस्यमा जनसवालबाट अझै धेरै आशा गरेको बताए । अध्यक्ष भन्डारीले बैदेशिक रोजगार ब्यावसायलाई पारदर्शी,ब्यबस्थित,मर्यादित बनाउन शुरुवातदेखि नै जनसवालको ठूलो भुमिका रहेको जनाउदै बैरो संघ र बैदेशिक रोजगार ब्याबसायीले जनसवाललाई आफ्नै सन्चारमाध्यम मानेको बताए ।

यसैगरी एनआरएनएका पूर्वप्रवक्ता सोम सापकोटाले एनआरएनएको स्थापनादेखिका हरेक अभियानमा जनसवालले अग्रस्थानमा रहेर समाचार सम्प्रेषण सङ्गै अभियन्ताका रुपमा कार्य गरेको भन्दै सम्पादक बगाले र जनसवाल प्रवासका नेपालीहरूको सुख दुखको साथी भएको बताए । सापकोटाले एनआरएनएमा अहिले केही समस्या देखिएकोमा दुख ब्यक्त गर्दै छिट्टै समाधान हुने बताए । उनले जनसवालले एनआरएनएका विषयमा थप उजागर गर्दै अघि बढ्न समेत शुभकामना दिए।

यस्तै नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष खिलबहादुर भण्डारीले विदेशमा बस्ने नेपालीहरू र स्वदेशकै दुरदराजका समाचारलाई जनसवालले जसरी प्राथमिकता दिएको छ, यस कामलाई निरन्तर अघि बढाउन सुझाव दिँदै थप सफलताको शुभकामना दिए । उनले प्रिन्ट मिडियाको पनि भविष्य रहेका भन्ने उदाहरण जनसवालले पेस गरिरहेको समेत बताए ।
यसैगरी नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरी, प्रेस चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष गणेश पाण्डे, प्रेस संगठनका महासचिव सन्तोष पौडेललगाएतले जनसवालको उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना दिए ।





सो अवसरमा सम्पादक बगालेले जनसवाललाई अहिलेको अवस्थामा ल्याइपुरयाउन सहयोग गर्ने शुभेच्छुक, विज्ञापनदाता, पाठकवर्ग,गैरआवासीय नेपालीहरु,वैदेशिक रोजगार ब्यावसायीहरु,उद्दोगी ब्यावसायी सबैप्रति हार्दिक आभार प्रकट गरे । उनले जनसबाल १८ वर्षको वयस्क भएकाले आगामी दिनमा पत्रिका थप सशक्त ढंगले अगाडि बढने बताए । उनले आफुहरुले १८ वर्ष यात्रा सफलतापुर्वक पार गरेर पत्रिका परिपक्क भएको बताउदै पत्रीकाको नाम अनुसारको काम गर्ने जनाए ।

कार्यक्रममा कलाकार रमेश दुलाल लगायत दर्जनौँ कलाकार, जनसवालका कर्मचारी र ठूलो संख्यामा शुभेच्छुकको उपस्थिति रहेको थियो ।

सो अवसरमा वार्षिकोत्सवको खुसीयालीमा केकसमेत काटिएको थियो ।
कार्यक्रममा दर्जनौँ कलाकारहरुले साङ्गीतीक कार्यक्रम प्रस्तुत गरेका थिए ।
जनसवाल रास्ट्रीय दैनिकले १८ औं वसन्त पार गर्दै वयस्क भएर आफ्नो १८ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका केही क्लिपहरु











काठमाडौं - नेपाली साङ्गीतिक क्षेत्रका सुप्रसिद्ध गायन जोडी कन्हैया सिंह परियार र अन्ञ्जना गुरुङद्वारा स्थापना गरिएको कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार– २०८१ यसवर्ष भाद्र ६ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा एक समारोहका विच काँठ क्षेत्रमा ख्याति कमाएका बरिष्ठ लोक गायक श्री रेशम थापालाई नगद रु ५१००० हजार रुपैया सहति सम्मान अर्पण गर्दै समापन भएको छ ।
टिका गोपाल डिजिटल एम्। क्रियशन प्रालिका सञ्चालक तथा कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार समितिका अध्यक्ष गीता सिंहको अध्यक्षमा आयोजित समारोहमा संगीत रत्न शम्भूजीत बासकोटा, गीतकार विश्व वल्लभ, संगीतकार सन्तोष श्रेष्ठ, गायक कन्हैया सिंह परियार, गायिका अञ्जना गुरुङ लगायतले गायक थापालाई शो नगद राशी सहितको पुरस्कार तथा सम्मान पत्र अर्पण गरेका थिए ।
लोक गायक रेशम थापाका खानी खोला, रुमालै छ चिनो, पराई घर, मेरो फोटो किन जलायौं, भेटें जोडीलाई, डालिको फुल, घायल मुटु, बेसी टारी खेत, न्याउली किन रुँदैछ, लाग्यो भिषा, चौतारा दोलालघाट लगायत सयौंको संख्यामा उनका गीतहरु चर्चामा रहेका छन् । नेपाली गीत संगीत क्षत्रमा चर्चा कमाएका गायक थापालाइ नगद रु ५१ हजार र सम्मान पत्र सहित सम्मानित गरिएको हो । गायक थापा पछिल्लो समय पक्षघात रोगबाट समेत ग्रसित रहेका छन् ।
बरिष्ठ संगीतकार एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठान का पुर्व उपकुलपति शम्भुजित बासकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा नेपाली गीतसंगीत तथा चलचित्र क्षत्रमा सक्रिय व्यक्तित्व हरुको सहभागीता रहेको थियो ।
कार्यक्रमका बारेमा प्रकास पार्दै संगीतकार सन्तोष श्रेष्ठले नेपाली सांगीतिक क्षेत्रमा लामो योगदान दिएका बिशिस्ट व्यक्तित्व हरुलाई सम्मान गरिनु पर्छ भन्ने मान्यता यस कार्यक्रमको रहेको बताए । संगीतकार श्रेष्ठ भन्छन्, हामिले प्रदान गर्ने रकम आधारमा मात्रै नभई भावनात्मक रुपमा हामी कलाकर्मी संगै अन्तरआत्माबाट जोडिएका हुनेछौं।
कार्यक्रमका सदस्य सचिव एवं चलचित्र निर्देशक माधव राज खरलले सहजिकरण गर्नुभएको उक्त कार्यक्रममा बोल्दै कन्हैया अन्जना राष्ट्रिय पुरस्कार का संरक्षक समेत रहेका गायक कन्हैया सिंह परियारले यसरी प्रत्क्षरुपमा नेपाली गीतसंगीतका मुर्धन्य श्रष्ठा तथा सर्जकहरुलाई सम्मान एवं पुरस्कार प्रदान गर्नपाउँदा आफूहरु अत्यन्तै हर्षित भएको बताए।
समारोहलाई सम्बोधन गर्दै संगीत रत्न शम्भूजीत बास्कोटाले सांगीतिक जोडी कन्हैया र अञ्जनाले विदेशमा बसेर समेत नेपाली संगीत क्षेत्रमा दिएको योगदानको प्रशंसा गर्दै आफ्नै क्षेत्रका दिग्गज संगीतकर्मीलाई खोजी खोजी पुरस्कृत तथा सम्मानित गर्नु महान कार्य भएको बताए ।
समारोहमा गायक कन्हैया सिंह परियारको स्वरमा तयार भएको गीत ‘रगत सबको रातो हुन्छ’ तथा ‘घुम्नलाई जाँदा लाङ्टाङ’ बोलका दुई गीतको म्युजिक भिडियो प्रीमियर गरिएको थियो भने गायिका अञ्जना गुरुङको स्वरको गीत ‘दिल खोलेर हाँसन’ तथा कन्हैया सिंहको गीत ‘वा रे वा’ को म्युजिक भिडियो प्रदर्शन गरिएको थियो ।
काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत आज भदौ ७ गते शुक्रवारदेखि दुई नयाँ नेपाली फिल्महरु ‘सतीदेवी’ तथा ‘नमेटिने घाउ’ प्रदर्शनमा आएका छन् । सञ्चारकर्मी लक्ष्मण सुवेदीद्वारा निर्देशित ‘सतीदेवी’ तथा अभिनेता रमित ढुंगानाद्वारा निर्देशित ‘नमेटिने घाउ’ एक साथ प्रदर्शन भएका हुन् ।
प्रदर्शनमा आउनु भन्दाअघि नै विभिन्न महोत्सवहरुमा प्रदर्शन भएर थुप्रै महोत्सवहरुमा उत्कृष्ट अवार्ड जितिसकेको फिल्म ‘सतीदेवी’ ले बाबु तथा छोरीबीचको स्नेही सम्बन्ध तथा समाजमा पितृसत्तात्मक सोचविरुद्धको संर्घष कथा बोलेको छ भने ‘नमेटिने घाउ’ मा समाजको विसंगतिको रुपमा रहेको एसिड आक्रमणमा परेका सर्भाइभरहरूको वास्तविक जीवनीलाई चित्रण गरिएको छ ।
अभिनेत्री मलिका महतलाई जुत्ताको माला र कालोमोलो दलेको अवस्थामा प्रस्तुत गर्दै पहिलो पोस्टर सार्वजनिक भएदेखि नै चर्चामा रहेको फिल्म ‘सतीदेवी’ लामो समयदेखि दर्शकमाझ प्रतिक्षित बनेको फिल्म हो । यसले समाजमा अझै पनि छोरीहरुलाई कसरी तिरस्कार गरिन्छ, सामाजिक मर्यादाका लागि छोरा नै पाउनु पर्छ भन्ने विकृत मानसिकतालाई व्यंग्य गर्दै छोरीहरुले थालेको आन्दोलनलाई चित्रित गरेको छ ।
सतीदेवी’ को तीन दिनअघि काठमाडौंमा आयोजित प्रीमियर शोमा यसको कथावस्तु र कलाकारको अभिनयको प्रशंसा गरिएको थियो । फिल्ममा अभिनेत्री मलिका महतले लमजुङ जिल्लाको एउटा गाउँकी युवती सतीदेवी अधिकारी नामक चरित्र निर्वाह गरेकी छिन् । छोरीको संघर्षको कथामा निर्माण भएको यो फिल्ममा समाजको पितृसत्तात्मक सोचविरुद्धको संर्घषलाई चित्रण गरिएको छ ।
यो फिल्ममा मलिकासंगै रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीप बाबु लोहनी, सिर्जना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी, तुलसी श्रेष्ठ, ईश्वरी सिंह, सन्देश लिम्बु, पवन केसी, जगदीश अधिकारीलगायत कलाकारले अभिनय गरेका छन् । दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको यो फिल्ममा निर्देशक सुवेदीकै पटकथा र संवाद छ । दिलासा र साराको प्रस्तुति रहेको फिल्मको निर्मातामा श्रीदेवी, दिलासा र सारा सुवेदी छन् ।
एसिड सर्भाइभरहरूको वास्तविक जीवनीमा आधारित ‘नमेटिने घाउ’ मा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटिएको छ । यो फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीप बाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी ,आरजु लेखकका साथमा सुरवीर पण्डित, सुनिल कटुवाल आदि कलाकारले अभिनय गरेका छन् । ‘नमेटिने घाउ’ मा प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँगै सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीले पनि अभिनय गरेका छन् । यो फिल्ममा शिवम अधिकारीको लेखन छ ।
सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले आज शुक्रवार अर्थात प्रदर्शनको पहिलो दिन ‘सतीदेवी’ लाई २५ शो दिएको छ । क्यूएफएक्सले यो फिल्मलाई काठमाडौं उपत्यकामा १३ शो तथा बाहिर १२ शो दिएको छ भने ‘नमेटिने घाउ’ लाई काठमाडौंमा आठ तथा बाहिर १४ शो गरि कुल २२ शो दिएको छ । बिग मुभिजमा ‘सतीदेवी’ ले तीन शो पाएको छ भने ‘नमेटिने घाउ’ ले दुई शो पाएको छ ।
आइएनआईले ‘सतीदेवी’ लाई सात शो दिएको छ भने ‘नमेटिने घाउ’ ले तीन शो पाएको छ । वान सिनेमाजले दुवै फिल्मलाई तीन–तीन शो दिएको छ ।
बैंकक – सफल युवा व्यवसायी एवम् एनआरएनए अष्ट्रेलियाका पूर्वअध्यक्ष प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमीका अन्तराष्ट्रिय डाईरेक्टर सामाजिक व्यक्तित्व गणेश केसी एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४ बाट सम्मानित भएका छन्।
शैली मिडिया नेटवर्क प्रालि को आठौं वार्षिकोत्सवको अवसरमा शनिबार बैंककमा आयोजना गरिएको एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४ ’ अन्तर्गत नेपालको पर्यटनलाई विश्वबजारमा प्रवर्द्धन गरि मुलुकलाई योगदान पुर्यायाउनु भएमा केसी सम्मानित भएका हुन्।
सम्मानित सामाजिक व्यक्तित्व गणेश केसी संक्षिप्त परिचय
चितवनमा जन्मिएर अस्ट्रेलियालाई आफ्नो कर्मभूमि बनाएका केसी विगत २ दशक भन्दा बढी देखि विदेशमा रहेर पनि समुन्नत नेपाल निर्माणको लागि विभिन्न क्षेत्रमा सक्रिय रहेका छन्।
नेपालीहरुका समस्यामा हरदम साथ दिदै एनआरएनए अभियानमा करिब दुई दशकदेखि सक्रिय चर्चित र लोकप्रिय इमानदार र शालिन व्यक्तित्वको छवीले ओतप्रोत भएका छन केसी ।
सन् १९९५ देखि अस्ट्रेलियालाई कर्मभूमि बनाउदै विदेशमा बेपत्ता भएका नेपालीहरुको खोजी गरेर उनीहरुको उद्धार गर्ने देशको इज्जत एबं गौरव बढाउने र कीर्तिमान कायम गर्ने, नेपालको पर्यटन प्रबद्र्धनमा सक्रियताका साथ अगुवाई र नेतृत्व गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने, नेपालको सामाजिक,आर्थिक, रूपान्तरणका लागि आर्थिक, बौद्धिक र प्राविधिक लगानी जुटाउने लगाएत एनआरएनएको भवन निर्माण, नेपालमा भूकम्प,नाकाबन्दी महामारीमा विभिन्न स्वास्थ्य सामाग्री सहयोग र कोभिड कोषमा रकम जम्मा गर्ने जस्ता मानवीय कार्यमा गणेश केसीको सक्रिय रहदै आएका छन।
अदक्ष नेपालीलाई व्यवसायिक सीप तालिम दिएर दक्ष नेपाली बनाएर विदेशमा नेपालको शान बढाउने अभियानको साथै हस्पिटालिटी क्षेत्रमा केसीको उच्च योगदानको रहेको छ।
कार्यक्रममा शैली मिडिया नेटवर्क प्रालि अध्यक्ष रामचन्द्र पोखरेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान दिने व्यक्तित्वहरुको कामको मूल्यांकन गर्दै सम्मान गरिएको बताए । कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई पनि सम्मान गरिएको थियो ।
बैंकक – थाइल्याण्डका सफल युवा व्यवसायी एवम् सामाजिक व्यक्तित्व थाई नेपाली संघका पूर्वअध्यक्ष कुमार कार्की एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४ बाट सम्मानित भएका छन्।
शैली मिडिया नेटवर्क प्रालि को आठौं वार्षिकोत्सवको अवसरमा बैंककमा आयोजना गरिएको एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४ अन्तर्गत एनआरएनए थाइल्यान्डका अध्यक्ष भविन्द्र बस्नेत,आमाछोदिङ्मो गाउँपालिका रसुवाका अध्यक्ष बुचुङ तामाङ लगाएतको बिशिस्ट महानुभावको उपस्थितिमा अन्तर्राष्ट्रिय शिक्षा सेवी सम्मान बाट कार्की सम्मानित भएका हुन ।
सम्मानित कार्की म्यानमारमा जन्मिएर थाइल्याण्डलाई कर्मभूमि बनाई विगत लामो समयदेखि थाइल्याण्डमा विभिन्न पेशा गरेर वसिरहेका छन् ।आफूलाई नेपाली भन्न पाउँदा गर्व गर्दै पितृको देश नेपाल नेपाली भाषा, धर्म र संस्कृतिको जगेर्ना गर्दै समुन्नत नेपाल निर्माणको लागि विभिन्न क्षेत्रमा सक्रिय छन।
चर्चित र लोकप्रिय इमानदार र शालिन व्यक्तित्व कार्कीको नेपालमा महाविनाशकारी भूकम्पको समयमा राहत,पून उद्दार र पूर्न निर्माणको काम गर्ने जस्ता मानवीय कार्यमा समेत उच्च योगदानको रहेको थियोे ।
कार्यक्रममा शैली मिडिया नेटवर्क प्रालि अध्यक्ष रामचन्द्र पोखरेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान दिने व्यक्तित्वहरुको कामको मूल्यांकन गर्दै सम्मान गरिएको बताए । कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई पनि सम्मान गरिएको थियो ।