generalnews
||Power News Asia||

आजको समाचार

देव महतो र मिस पविले खेले ‘इङ्गेज्मेन्ट’

समाचार


चितवन - गायक भुवन प्यासी आफ्नै गृहजिल्ला चितवनमा रहेर गीतसंगीतमा निरन्तरता दिने क्रममा आज बुधवार दियालो फुड ल्याण्ड, भरतपुरमा नयाँ गीत ‘इङ्गेज्मेन्ट’को म्युजिक भिडियोको छायाँकन सम्पन्न गरेका छन् ।

भुवन प्यासी र मेलिना राईको स्वर रहेको ‘इङ्गेज्मेन्ट’ बोलको रोमान्टिक गीतको भिडियोमा देव महतो, मिस पवि लगायतले अभिनय गरेका छन् भने क्यामरा रविन्द्र बराल, निर्देशन सिर्जन बरालको रहेको छ ।

स्टेज कार्यक्रममा अत्यधिक रुचाईने गायकको पहिचान बनाएका भुवन प्यासी युरोपका अधिकाँश मुलुकमा सांगीतिक भ्रमण गरिसकेका छन् केही दिनमा अमेरिका जाँदैछन् ।

भुवनको दर्जनौं गीतहरुमा लेहेङ्गा हार, माइली, यो देशको लागि, मखमली, हल्का हल्का चुम्न देऊ न काली, ट्राफिक जाम, झम्के झम्के, हे बरै अलिबडी चर्चामा रहेका सांगीतिक कोसेली हुन् ।

धरानका आदेशको मिष्टर नेपालको उपाधी जित्नु अघि नै चर्चा े

समाचार


काठमाण्डौ - धरानका अंक २६ का आदेश प्रधान मिस्टर नेपालमा सहभागी भए संगै उनको चर्चा चुलिएको छ । चलचित्र क्षेत्रका दिग्गज हस्तिहरुले उनको फोटो शेयर गर्दै उनलाई जीतको अग्रिम बधाई तथा शुभकामना दिएका छन् ।

निर्देशक समाजका महासचिव तथा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानका जेठा सुपुत्र आदेशले स्कुल तह डिपोट सेकेन्डरी बाट एसईई उतिर्ण गरेर धरान उच्चबाट +२ पास गरेर Itahari International College, बाट Bachelors in Information Technology गरेका छन ।

चलचित्र विकास बोर्डका पुर्व अध्यक्ष तथा चलचित्र निर्माता राजकुमार राईले आदेश प्रधानको फोटो शेयर गर्दै भोटको लागि अपिल गरेका छन । राईका बिचारमा ३८ प्रतिष्यप्रर्धीहर मध्ये हेन्डसम र डायनमिक पर्सनालिटी भएको आदेशनै छन । चलचित्र क्षेत्रमा उनलाई स्वागत गर्दै आगामी दिनमा उनलाई जस्तो सहयोग गर्नु परेपनी गर्न तयार रहेको निर्माता राई बताउँछन ।

अहिलेका चर्चित निर्देशक मिलन चाम्सले पनि उनको फोटो शेयर गर्दै उनलाई जितको शुभकामना व्यक्त गरेका छन । भोलिको दिनमा चलचित्र क्षेत्रको एउटा राम्रो संभावना बोकेको नायकको रुपमा आदेश आउने सक्ने बिचार निर्देशक चाम्सले व्यक्त गर्दछन । त्यसैगरी निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुलीसंग धेरै चलचित्र निर्देशकहरुले आदेशको चर्चा गर्न थालेका बताउँछन् । अध्यक्ष पराजुलीका अनुसार धेरै निर्देशकहरुको आँखामा आदेश परि सकेको छन । केही समयमा उनलाई चलचित्रमा खेलाउनको लागि निर्देशकहरुको होडनै चल्न सक्ने उनी बताउँछन । त्यसैगी निर्देशक रमेश बुढाथोकी, निर्देशक दिपाश्री निरौला, नायिका मिरुना मगर, कलाकार संघका निवर्तमान अध्यक्ष रबिन्द्र खडका, निर्देशक ऋषी लामिछाने, ओएसआरका प्रबन्धक ओम अग्रवाल, निर्देशक सुदर्शन थापा, निर्देशक माधव राज खरेल, निर्माता संघका कोषाध्यक्ष ज्योतिराज राई, नायक सबिन श्रेष्ठ, गायक श्रीकृष्ण लुईटेल लगायत धेरैले उनलाई जितको शुभकामना व्यक्त गर्दै उनको फोटो शेयर गरेका छन ।

महानायक राजेश हमाललाई अधिकांश म्युजिक भिडियो खेलाएर चर्चामा आएका म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष देवेन्द्र पाण्डेले म्युजिक भिडियोको लागि आदेशलाई प्रस्ताव पनि गरि सकेका छन । अन्य धेरै निर्देशकहरुले म्युजिक भिडियो र केहिले चलचित्रमा डेव्यु गराउनको लागि आदेशका बुवा अरुण प्रधानलाई संग सल्लह पनि रहेको अरुण प्रधान बताउँछन । अहिले मिस्टर नेपालको प्रतिस्पर्धा सकियोस त्यस पछि केही आवश्यक तालिम गराएर अझ पोख्त बनाएरनै यो क्षेत्रमा अघि बढाउने कुरा उनी बताउँछन ।

कोशी प्रदेशबाट पनि धेरैले आदेशलाई जीतको लागी शुभकामना व्यक्त गरेका छन । कलाकार संघ कोशी प्रदेशका उपाध्यक्ष दिनेश कोईराला, निर्देशक केशव रायमाझी, ईन्द्र परियार, बिजय सुब्बा, हिमाल दहाल, लाकमान योन्जन, भिम लामा लगायत दर्जनौ चलचित्रकर्मिहरुले उनलाई शुभकामना व्यक्त गरेका छन । मिस्टर नेपालमा देशै भरिका जम्मा ३८ प्रतिस्पर्धा सहभागी भएका छन । अहिले उनिहरुको विभिन्न चरणको तालिम चली रहेको छ । मुख्य प्रशिक्षकको रुपमा मोडल तथा कलाकार प्रशान्त ताम्रकार रहेका छन ।

मिष्टर नेपालको ग्रान्ड फिनाले यहि अगस्त २४ (भाद्र ८) गते सोल्टी होटल मा आयोजना हुन गै रहेको छ ।

गीतकार तथा रापती समाज काठमाडौँका पूर्व अध्यक्ष शशि शर्मा मजगैयाँलाई अमेरिकामा सम्मान

समाचार


काठमाण्डौ- गीतकार तथा रापती समाज काठमाडौँका पूर्व अध्यक्ष शशि शर्मा मजगैयाँलाई अमेरिकामा सम्मान गरिएको छ । रापती सेवा समाज अमेरिका न्युयोर्कको दोश्रो साधारण सभा तथा पहिलो अधिवेशनमा मजगैयाँलाई सम्मान गरिएको हो । समाजमा विगत लामो समयदेखि नैतिक,भौतिक ,सामाजिक तथा सांस्कृतिक हिसाबले पुराएको योगदानको कदर गर्दै रापती समाज अमेरिकाले मजगैयाँलाई सम्मान गरेको आयोजकले जनाएको छ । यसैबिच समाजले सम्पन्न गरेको दोश्रो साधारण सभा तथा अधिवेशनबाट नयाँ नेतृत्व सहितको कार्यसमितिको चयन भएको छ ।

जसको अध्यक्षमा दाङका दीपक भट्टराई सर्बसहमतिबाट चयन भएका छन् । अगस्ट १३ मा संस्थाको पहिलो अधिवेशनबाट अध्यक्ष सहित सबै पदाधिकारी एव कार्यसमिति सर्व सहमतिबाटै चयन गरिएको हो। जसको वरिष्ठ उपाध्यक्षमा कृष्ण खड्का  र अन्य उपाध्यक्षहरूमा लोकमणि न्यौपाने,भावना ओली, विनोद केसी, विनय धिताल र जुद्ध ओली चयन भएका छन् । त्यसै गरी  महा-सचिवमा वसन्त अधिकारी, सचिवमा तुल्सिराम ओली, सह -सचिवमा उमेश बस्नेत, कोषाध्यक्ष खेमराज ओली, सह -कोषाध्यक्षमा शिशिर रावत र सदस्यहरूमा ताराप्रसाद ओली ,विमला ओली ,टेकबहादुर ओली, सृजा थापा हेमराज केसी,रञ्जना बस्नेत, महेन्द्र खडका ,भरत भट्टराई ,टिकाराम भण्डारी बाबु राजा सिंह ,युवराज देवकोटा रहेका छन् भने संस्थाको संरक्षकमा शम्भु विष्ट, सञ्चार विभाग प्रमुखमा सन्तोष शर्मा र सांस्कृतिक विभाग प्रमुखमा चन्द्र ओलीलाई चयन गरिएको छ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरी, कलाकार अरुण शाह,समाजका परिकल्पनाकार तथा सल्लाहकार यम अधिकारी ,विकास विष्ट तथा विभिन्न  क्षेत्रका सयौँ रापती वासीहरूको उपस्थिति रहेको थियो ।

एन प्लस प्रोफेशनल "मिस्टर एन्ड मिस टिन सुपर मोडल २०२४ " को उपाधी बिप र चासुम लाई

समाचार


काठमाडौं  । एभरेष्ट इभेन्टद्वारा आयोजित एन प्लस प्रोफेशनल "मिस्टर एन्ड मिस टिन सुपर मोडल ५ औं संस्करण  २०२४ " को उपाधी  बिप छिरिङ तामाङ र चासुम राईले जितेका छन् ।  तमाङले मिस्टर टिन सुपर मोडलको उपाधी जित्दा राईले मिस टिन सुपर मोडलको ताज पहिरिन सफल भईन् ।  जसमा मिस्टर र मिसतर्फ क्रमश प्रवेश पाण्डे र पुनम चाम्लागाईले फस्ट रनर अप तथा आदित्य कार्की र प्रिया वाइबाले सेकेन्ड रनर अप, स्वर्णिम शाह र प्रसिद्धि जोशीले थर्ड रनर अपको उपाधी हात पारे ।  

त्यसैगरि प्रतियोगिता अन्तर्गत वाङ्गेल राई र युनिशा गुरुङ आयोजक छनोट, आर्यन महर्जन र शेरोन शेर्पा ब्रान्ड एम्बेसडर, कल्पना महतो व्युटी  विथ ब्रेन, सन्दिप कटवाल मोस्ट पपुलर र प्रगी थापा र युमा घिमिरेले सर्वाधिक लोकप्रियको उपाधी जितेका छन् ।  
 
मिस्टर र मिस टिन  सुपर मोडलका शिर्ष उपाधी विजेताहरुले जनही नगद रु बाह्र हजार ५ सय, प्रत्येक शीर्ष ३ विजेताहरूले ब्रिटिश कलेजबाट १ लाख ६५ हजार बराबरको छात्रवृत्ति पाउने एभरेष्ट इभेन्टसका प्रमुख कृष्णकुमार श्रेष्ठ (रो बिन) ले बताए ।  
साथै दुवै विजेतालाई एभरेष्ट फिल्म एकेडेमीबाट १ लाख बराबरको छात्रवृत्ति, AITM कलेजबाट सबै विजेताहरूको लागि १ लाख बराबरको छात्रवृत्ति, फ्लाईटेक इन्टरनेशनलबाट ४० हजारको नि:शुल्क एयर होस्टेस तालिम, प्रत्येक सहभागीका लागि ब्रिटिस अमेरिका एडुकेयरबाट नि:शुल्क ILTES कक्षाहरू र सबै विजेताहरूका लागि नि:शुल्क चलचित्र टिकटहरू, विजेताहरूको लागि ३  महिनाको मुए थाई / बक्सिङ पाठ्यक्रमहरू, विजेताहरूको लागि प्याडिलक्सद्वारा उपहार, विजेताहरूको लागि स्किनोलजीबाट रोमाञ्चक उपहार, विजेताहरूलाई उप्स नेपालबाट गेम जोन भौचरहरू, महिला विजेताहरूका लागि करुणाज ब्यूटी पार्लरबाट आधारभूत मेकअप कोर्सहरूको सुविधा प्राप्त गर्ने पनि उनले जनाए ।  शीर्ष प्रायोजक एन प्लस प्रोफेसनलबाट  उपहार, आवरण स्किन केयरबाट रोमाञ्चक उपहार उपलब्ध गराईएको पनि उनले उल्लेख गरे ।  

यस कार्यक्रमको मेकअप पार्टनर अरुणाज ब्युटि पार्लर, डिजाईनमा भ्यालेन्टिनो बुटीक, भेन्यु र  एकेडेमी पार्टनरमा ब्रिटिश कलेज रहेका  छन् । अर्शु महर्जन र सुगंधा अधिकारी कोरियोग्राफीमा सम्पन्न यस इभेन्ट कृष्ण श्रेष्ठ (रो बिन) को निर्देशनमा सम्पन्न भएको हो ।

पाँचौ संस्करणको जिनियस म्युजिक अवार्ड भब्य रुपमा सम्पन्न

समाचार


काठमाडौं - पाँचौ संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ । काठमाडौंको प्रज्ञा भवन कमलादीमा एक भव्य समारोहबीच गीतसंगीतका विभिन्न विधाका स्रष्टालाई अवार्ड प्रदान गर्दै कार्यक्रम अवार्ड सम्पन्न भएको हो । वन तथा बातावरण राज्यमन्त्री रूपा विकको प्रमुख आतिथ्यता रहेको समारोहमा वरिष्ठ गायक तथा संगीतरत्न शम्भुजित बास्कोटालाई दीर्घसाधना सम्मान अर्पण गरिएको थियो । समारोहमा पत्रकार ऋषि धमला, अन लाइन पानाका नारायणप्रसाद अधिकारी, हिमालय टाइम्सकी गीता अधिकारी र जन आकाशका मोहन कार्कीलाई पत्रकारिता सम्मानले विभूषित गरिएको थियो ।

‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा, संगीत क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्साहन एवं सम्मान गर्न जिनियस म्युजिक प्रालिले आफ्नो स्थापनाको दशौं वर्ष पूरा गरेको अवसर पारेर ‘जिनियस म्युजिक अवार्ड’ स्थापना गरी २०७६ जेठ ११ गते प्रथम ‘जिनियस म्युजिक अवार्ड २०७५’ सम्पन्न गरेको थियो ।

सोही अनुरूप यस संस्थाले आफ्नो हरेक वार्षिकोत्सवको अवसरमा गीतसंगीतका लोकप्रिय स्रष्टालाई ‘जिनियस म्युजिक अवार्ड’द्वारा पुरस्कृत तथा सम्मान गर्दै आइरहेको अवार्डका अध्यक्ष गायक तथा संगीतकार रमेश पाठकले बताउनुभयो ।

उक्त अवार्डको प्रमुख निर्णायकमा संगीतकार भानुभक्त ढकाल, वरिष्ठ संगीतकार राजु सिंह, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रज्ञासभा सदस्य गीतकार तथा साहित्यकार पुरु लम्साल हुनुहन्थ्यो भने निणार्यकमा हेमन्त शिशिर गायक, हिमाल श्रेष्ठ गायक, अमृत भारती गायक, केशव कोइराला कोरियोग्राफर, मदन नेपाली संगीतकार, टेकबहादुर लामा निर्देशक, पाल्मु शेर्पा गायिका,बविता श्रेष्ठ निर्देशक,मञ्जु लावती गायिका रहनुभएको थियो ।

कार्यक्रममा गायक नरहरि प्रेमी, नायक रोशन श्रेष्ठ, निर्देशक होम धिताल, गायकरसंगीतकार विनोद पछाई, मोडलरकलाकार प्रतिक्षा काफ्ले, गायक विनोद ढकाल, कलाकार राजकुमार शाह, गायक विनय ढुंगेल, जयराज भट्ट, गीतकार डब्बु छेत्री, इन्टरनेशनल इभेन्ट डिरेक्टर निशुकान्त झा, गीतकार दुर्गा प्रधान, समाजसेवीरव्यवसायी शान्ता तामाङ, केशव पाण्डे, रमेश शिलवाल, दुर्गा तामाङ लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सर्वोत्कृष्ट गीतकार९पपरआधुनिक०गीतको अवार्ड सचिता कर्माचार्यले ‘प्रतीक्षा’, सर्वोत्कृष्ट नवगीतकार पपरआधुनिक गीतको अवार्ड आशिष कोइरालाले ‘तिम्रै माया’, सर्वोत्कृष्ट संगीतकार पप गीतको अवार्ड गैह्रे सुरेशले ‘मीरा हु म तिम्री’, सर्वोत्कृष्ट संगीतकार आधुनिक गीतको अवार्ड कृष्णभक्त महर्जनले ‘झ्यालबाट’ र सर्वोत्कृष्ट पुरुष गायक आधुनिक गीतको अवार्ड ज्ञान सुब्बा थेबेले ‘झ्यालबाट’ प्राप्त गर्नुभएको थियो ।

यस्तै, सर्वोत्कृष्ट महिला गायिका आधुनिक गीतको अवार्ड सारिका घिमिरेले ‘मायालु’, सर्वोत्कृष्ट नवगायकको अवार्ड रमेश के सिंहले ‘छाडी जाने मायालुलाई’,कमल शर्मा र राजकुमार शंकर ए रमा (जुरी), सर्वोत्कृष्ट नवगायिकाको अवार्ड संगीता पंगेनी ‘मनको मझेरी’, सर्वोत्कृष्ट नवगायक(र्याप गीतको अवार्ड सागर सुनार ‘किसान’, सर्वोत्कृष्ट मोडल महिला९पपरआधुनिक गीतको अवार्ड प्रनिमा दाहाल ‘जीत मान्दिन’, प्रमिता राजघतानी ‘मन्चरी’ (जुरी), सर्वोत्कृष्ट मोडल पुरुष(पपरआधुनिक) गीतको अवार्ड सञ्जित भण्डारी ‘किन माया गर्‍यौं’, कमल सिंह ‘दिल्ली आग्रा’ (जुरी), सर्वोत्कृष्ट गीतकार डिपी खनाल ‘तुषारो’, हरिभक्त बुढाथोकी ‘नजर लाग्लानी’ (जुरी), सर्वोत्कृष्ट संगीतकारको अवार्ड भीम बि।सी। ‘नजर लाग्लानी’, सर्वोत्कृष्ट संगीत संयोजकको अवार्ड फणिन्द्र राई ‘झ्यालबाट’ र सर्वोत्कृष्ट ध्वनि मिश्रणको अवार्ड दिनेश न्यौपाने ‘दुःखी त छ यो मन’बाट प्राप्त गर्नुभएको थियो ।

यसैगरी सर्वोत्कृष्ट गायकको अवार्ड हेमन्त शर्माले ‘निरजाले’, सर्वोत्कृष्ट गायिकाको अवार्ड बानिका प्रधानले ‘लाग्थ्यो तिमी’, सर्वोत्कृष्ट निर्देशक पपरआधुनिक गीतको अवार्ड फराज अर्पण ‘गाउँले जीवन’ सर्वोत्कृष्ट निर्देशक लोक गीतको अवार्ड उमेश गुरुङ ‘दिएर हातैमा’, सर्वोत्कृष्ट नव निर्देशकको अवार्ड राज लुइँटेल ‘माया गर्यौ’, सर्वोत्कृष्ट युगल गायक पप तथा आधुनिकको अवार्ड धुर्व विश्को र सुरक्षा सेञ्चुरी ‘तुषारो’, सर्वोत्कृष्ट लोक आधुनिक गायकको अवार्ड सुदीप जोशी ‘तिमी आयौ’,सर्वोत्कृष्ट लोक आधुनिक गायिकाको अवार्ड शोभा पाण्डे नसोध मेरो (जुरी), सर्वोत्कृष्ट पुरुष मोडलको अवार्ड पुष्प खड्का ‘बैमानी’, सर्वोत्कृष्ट मोडल महिलाको अवार्ड आश्मा विश्वकर्मा ‘निरजाले’,सर्वोत्कृष्ट सिनेमेटोग्राफरको अवार्ड दिनेश पराजुली ‘झ्यालबाट, सर्वोत्कृष्ट सम्पादकको अवार्ड ओम प्रसाई ‘मीरा हुँ म तिम्री’,सर्वोत्कृष्ट भिडियो निर्देशकको अवार्ड सोनाम पाख्रिन ‘अदृश्य माया’,सर्वोत्कृष्ट शब्द(लोक तथा दोहोरी )गीतको अवार्ड कृष्ण भारद्वाज ‘डम्बर कुमारी’, सर्वोत्कृष्ट लय लोक तथा दोहोरी गीतको अवार्ड खेम सेञ्चुरी ‘मोहनी’, सर्वोत्कृष्ट गायक लोक तथा दोहोरी गीतको अवार्ड प्रकाश सपुत ‘मुटु कटक्कै’,सर्वोत्कृष्ट गायिका लोक तथा दोहोरी गीतको अवार्ड समीक्षा अधिकारी ‘आफ्नो आफ्नो कर्म’, सर्वोत्कृष्ट लोक गायकको अवार्ड चन्द्र शर्मा ‘आच्छा लेकिन लाहुरे’ र सर्वोत्कृष्ट नवगायक लोक तथा दोहोरी गीतको अवार्ड विनोद बिसीले ‘साथी भाइ’बाट प्राप्त गर्नुभएको थियो ।

यस्तै, सर्वोत्कृष्ट शृंगारको अवार्ड विमला तामाङ ‘लुकाउने ठावै छैन’, सर्वोत्कृष्ट लोक पप तथा आधुनिक गायकको अवार्ड सुरेन गौतम ‘सल्लेरी पाखाहरू’, सर्वोत्कृष्ट लोक पप गायक रुद्र शेखर शर्मा ‘के होला भोलि’, सर्वोत्कृष्ट पप गायकको अवार्ड हिमाल सागर ‘यही त हो नि माया’, सर्वोत्कृष्ट पुरुष नवमोडल लोक तथा आधुनिक गीतको अवार्ड पुजन लामिछने ‘काले’,सर्वोत्कृष्ट महिला नवमोडल लोक तथा दोहोरी गीतको अवार्ड ‘रीता बिसी ‘मनले मन परायो’, सर्वोत्कृष्ट मोडल लोक तथा दोहोरी गीतको अवार्ड लोमस शर्मा ‘गोर्खे खुकुरी’, सर्वोत्कृष्ट मौलिक गायिकाको अवार्ड ‘सरिता थापामगर ‘झल्को रै रहृयो’,सर्वोत्कृष्ट मौलिक गायकको अवार्ड नमराज ढुंगाना ‘एक नम्बर’, सर्वोत्कृष्ट भजन गायकको अवार्ड सरोज ढकाल ‘आज स्वार्थ’ र सर्वोत्कृष्ट कोरियोग्राफरको अवार्ड सुरेन्द्र बसेल ‘कोल्टे पारेर’बाट प्राप्त गर्नुभयो ।

त्यस्तै, सर्वोत्कृष्ट महिला डायस्पोरा गीतकारको अवार्ड रिमा श्रेष्ठ ‘अधुरो सपना(२’,सर्वोत्कृष्ट पुरुष डायस्पोरा गीतकारको अवार्ड नारायण भारती ‘ओ लभ्ली’,सर्वोत्कृष्ट पुरुष डायस्पोरा मोडलको अवार्ड मेघ सुवेदी ‘किन माया गरयौ(२’,सर्वोत्कृष्ट महिला डायस्पोरा मोडलको अवार्ड सनसाइन सञ्जु ‘झरी बनी’र पब्लिक च्वाइस अवार्ड ‘पीरै पीरमा’बाट भूपू पाण्डेले प्राप्त गर्नुभएको थियो ।

अवार्डको प्रमुख निर्णायकमा गायकरसंगीतकार भानुभक्त ढकाल,वरिष्ठ संगीतकार राजु सिंह, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य गीतकार तथा साहित्यकार पुरु लम्साल हुनुहन्थ्यो भने निणार्यकमा हेमन्त शिशिर गायक, हिमाल श्रेष्ठ गायक,अमृत भारती गायक, केशब कोईराला कोरियोग्राफर,मदन नेपाली संगीतकार, टेक बहादुर लामा निर्देशक, पाल्मु शेर्पा गायिका,बविता श्रेष्ठ निर्देशक,मन्जु लावती गायिका रहनुभएको थियो ।

कार्यक्रममा गायक नरहरी प्रेमी, नायक रोशन श्रेष्ठ, निर्देशक होम धिताल, गायक रसंगीतकार बिनोद पछाई,मोडलरकलाकार प्रतिक्षा काफ्ले,गायक बिनोद ढकाल,कलाकार राजकुमार शाह,गायक बिनय ढुंङेल,गायक जयराज भट्ट,गीतकार डब्बु छेत्री,इन्टरनेशनल इभेन्ट डिरेक्टर निशुकान्त झा,गीतकार दुर्गा प्रधान,समाजसेवीरव्यवसायी शान्ता तामाङ,केशव पाण्डे,रमेश शिलवाल,दुर्गा तामाङ लगायतलाई सम्मान गरिएको थियो ।

कमेडियन हिमेश पन्त,जिनियस म्युजिक स्कुल र बिग डान्स कम्पनिको प्रस्तुती रहेको समारोहमा वरिष्ठ गीतकार कृष्णहरि बराल,वरिष्ठ गीतकार डा.भोला रिजाल,वरिष्ठ संगीतकार राजु सिंह,वरिष्ठ कलाकार किरण केसी,वरिष्ठ हाँस्य कलाकार सुभाष गजुरेल,वरिष्ठ पत्रकार एवं गीतकार शान्ति प्रिय,बरिष्ठ चलचित्र निर्देशक माधब राज खरेल, लोकप्रिय गायिका मन्जु थापा गुरुङ,गीतकार,निर्देशक तथा स्कृप्ट राईटर गणेश सुबेदी,निर्देशक उज्ज्वल केसी,निर्देशक ईश्वर गुरुङ,नेपाल सांस्कृतिक महासंघ बागमती प्रदेशका अध्यक्ष राजेन्द्र खत्री लगायतका अतिथिले अवार्ड विजेतालाई अवार्ड प्रदान गर्नुभएको थियो । कार्यक्रममा जुरी सदस्य र अथितिलाई प्रशंसा पत्रका साथै मायाको चिनो प्रदान गरिएको थियो ।

लोकगायक रेशम थापालाई यस बर्षको कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार प्रदान गरिने

समाचार


काठमाण्डौ– नेपाली साङ्गीतिक क्षेत्रका सुप्रसिद्ध गायन जोडी कन्हैया सिंह परियार र अन्ञ्जना गुरुङद्वारा स्थापना गरिएको कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार– २०८१ यसवर्ष बरिष्ठ लोक गायक श्री रेशम थापा प्रदान गरिने भएको छ ।

काँठ क्षेत्रमा ख्याति कमाएका लोकगायक रेशम थापाका खानी खोला, रुमालै छ चिनो, पराई घर, मेरो फोटो किन जलायौं, भेटें जोडीलाई, डालिको फुल, घायल मुटु, बेसी टारी खेत, न्याउली किन रुँदैछ, लाग्यो भिषा, चौतारा दोलालघाट लगायत सयौंको संख्यामा उनका गीतहरु चर्चामा रहेका छन् ।

टिका गोपाल डिजिटल एम्. क्रियशन प्रा.लि.का संचालक तथा कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार समितिका अध्यक्ष गीता सिंहद्धारा हस्ताक्षरित विज्ञप्तीमा गायक थापालाई पुरस्कार प्रदान गर्न दलागिएको हो । लोकप्रिय गायक तथा सङ्गीतकार कन्हैया सिंह परियारको जन्मदिनको अवसर पारेर उक्त पुरस्कारको घोषणा गरिएको हो । पुरस्कारको राशी ५०,००० (पचास हजार ) नगद रुपैया सहित सम्मान पत्र रहेको छ । गायक थापा पछिल्लो समय पक्षघात रोगबाट समेत ग्रसित हुनुहुन्छ ।

 

Tamting Sherpa : 3 decades in Mountaineering

समाचार


Kathmandu | August 12 | Tamting Sherpa is one of the renowned name in mountain climbing, a real hero of Himalayas. Since the last 3 decades, Sherpa has been involved in mountaineering and successfully climbed many peaks in the world and has set a record.Tamting has conquered all 14 peaks above 8,000m. Climber from Rolwaling valley in Dolakha district on last year successfully scaled Gasherbrum-I of Pakistan. "I stood atop GI on July 26 to complete the last 8000er," Sherpa said. being a part of the expedition run by Imagine Nepal Treks Sherpa, a renowned climber from Rolwaling, scaled the hidden peak GI. 

Taming said he had reached Shishapangma summit (8013m) twice but he is now determined to climb to the main summit so that he can complete all 14 peaks to the main summit.

Tamting started his climbing career as a climbing Sherpa in 1996 from Mt Kusumg Khangru.In 1997, he was one of the Sherpa climbers on K2 where the first Nepali team made it to the summit of Mt K2. He reached 8100m which was their Camp V on the Japanese route via west ridge which has never been repeated again. However, Tamting's elder brother, Dawa Tashi Sherpa with Gyalbu Sherpa, Mingma Tseri Sherpa and Pemba Dorjee Sherpa (Nawang Thile), all from his home town Rolwaling made it to the summit as first Nepali K2 summiteers. On May 18, 1998, he made his first summit on Everest again with his elder brother Dawa Tashi Sherpa whom he believes is the climbing mentor.

According to Mingma G, chairman at Imagine Nepal Treks, TAMTING is an unsung hero and keeps the real mountaineering spirit. 

Tamting was one of the Sherpas on Manaslu in 2021 when Mingma G's team opened the 'Rolwaling Diversion' route to Manslu's main summit. Tamting also helped Yuichiro Miura to become the oldest person to climb Everest and Xia Boyu to climb Everest without both legs. "Though he finished his feet on above 8000er high 14 peaks in the world.Till date, there are only eight climbers who made it to the main summits of all 14x8000ers though wikipedia shows 50 climbers achieved the feat. Tamting should also be on the list as he climbed to the peak of all above 8000ers 14 highest peaks, Mingma G said.

Tamting Sherpa has made significant contributions to mountaineering, achieving the first ascent of Gyachung Khang in 2005 and Doma Khang in 2017. His bravery was evident during the 2016 Everest Avalanche when he rescued fellow sherpa Dawa Tashi Sherpa, saving his life. Tamting Sherpa's impressive feats and selfless actions highlight his exceptional skills and dedication to the mountaineering community.

Tamting is also known for his social indeeds. So far, he has made significant contributions during crises such as the COVID-19 pandemic and the recent Sindupalchok landslide. His efforts in aiding those in need during these challenging times have been noteworthy and impactful, reflecting his dedication and compassion towards helping others in distress.

Tamting's climbing record:

• Everest - 11 times (1998, 2000, 2003, 2004, 2008, 2012, 2013, 2016, 2017, 2018 and 2019)

• K2 in 2022

• Kanchenjunga in 2022

• Lhotse in 2018, 2019 and 2023

• Makalu in 2022

• Cho-Oyu - Eight times (1999 Spring, 1999-Autumn, 2001, 2002-Spring, 2002-Autumn, 2003, 2004 and 2005)

• Dhaulagiri in 2022

• Manaslu ridge summit in 2016, 2017, 2018 and 2019 and main in 2021 and 2022

• Nanga Parbat in 2023

• Annapurna in 2021 and 2023

• Gasherbrum - I in 2023

• Broad Peak in 2018 and 2022

• Gasherbrum - II in 2019

• Shishapangma in 1999 and 2011

अनन्त केसीको नयाँ गीत बाबा सार्वजनिक

समाचार


काठमाण्डौ - अनन्त के.सी. को स्वरमा रहेको गीत बाबा सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच संगीतकार सन्तोष श्रेष्ठको प्रमुख आतिथ्यमा उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।

कार्यक्रममा बोल्दै संगीतकार श्रेष्ठले यो गीतले आम मानिसमा संवेदनाको सञ्चार गर्ने सन्दर्भको उठान गर्नुभयो । गीतकार एवम् लेखक डि आर राई लगायतका स्रष्टाले पनि अनन्त केसीको कला कौशलको खुलेरै प्रशंसा गर्नुभयो ।

गीतमा गायक अनन्त केसीको रचना, संगीत र स्वर तथा अभिनय समेत रहेको छ । त्यसैगरी अभिनयमा अनन्तलाई आरिज केसी र श्रेय लामाले पनि साथ दिएका छन् । राज केसीको छायांकन, विकास दाहालको सम्पादन रहेको भिडियोलाई निर्देशक हेमप्रभासले निर्देशन गरेका हुन् ।

गायक शर्माले गाए चलचित्र मृत्युकोशको शिर्ष गीत

समाचार


काठमाण्डौ - चलचित्र मृत्युकोशको लागी “बेवारिशे हुनु पर्ने लासै हुँदा पनि” बोलको शिर्ष गीतको रेकर्ड सम्पन्न भएको छ । अमेरिकाको आरएल साउण्ड एण्ड लाईट्स् स्टुडियो, बालटीमोरमा उक्त गीतको रेकर्ड भएको चलचित्रको निर्माता कमला जोशीले बताएकी छिन् । उक्त गीतलाई बिशिष्ठ गीतकार प्रा.डा. कृष्णहरि बरालले लेखेका हुन् भने चर्चित संगीतकार सन्तोष श्रेष्ठले संगीत गरेका हुन् । गायक रुद्र शेखर शर्माले उक्त गीतका लागी स्वर दिएका हुन् ।

विभिन्न भाषा तथा जनराका गीतहरुमा आफ्नो आवाज दिंदै आएका गायक रुद्र शेखर शर्माले नेपाली चलचित्रको लागी भने पहिलो पटक आवाज दिएका हुन् । प्रा.डा. कृष्णहरि बराल र संगीतकार सन्तोष श्रेष्ठ जस्ता दिग्गज सर्जक तथा श्रष्ठाहरुसंग काम गर्न पाउँदा गायक शर्मा निक्कै खुशी देखिएका छन् ।

ईरा प्रोडक्सनको ब्यानरमा निर्माण भैरहेको उक्त चलचित्रमा माधब राज खरेलको लेखन तथा निर्देशन रहेको छ । चलचित्रमा तेज गिरी, गीता अधिकारी, प्रवण भुषाल, लिगेश भट्टराई, शान्तिप्रिय, राजन थापा, राजेन्द्र पाण्डे, दिपक थापा, नम्रता खरेल, सुमिरा गिरी, सपना जोशी, राजन खरेल, जनक सिंह, डा. राजिव यादव, सौरीका खरेल, राधिका खरेल लगायतको अभिनय देख्न सकिने छ ।

काठमाण्डौ ललितपुर र नुवाकोटका विभिन्न स्थानहरुमा पहिलो चरणको छायाँकन गरिएको थियो । चलचित्रलाई मुकेश हुँमागाइले खिचेका छन् भने उनलाई छायाँकार राजन खरेलले साथ दिएका छन् । उक्त चलचित्रमा बिक्रम गौतमको मेकअप रहेको छ । चलचित्रको दोश्रो चरणको छायाँकन भने भाद्र महिनाको दोश्रो साताबाट गरिने निर्माण पक्षले जनाएको छ ।

चलचित्रको शिर्ष गीत “बेवारिशे हुनु पर्ने लासै हुँदा पनि” गीतको संगीत संयोजन संगीतकार राजेन्द्र बजगाई गरेका हुन् भने अर्को डि आर राईद्धारा रचित र सन्तोष श्रेष्ठको संगीत रहेको “भुल भुलैया” बोलको गीतको संगीत संयोजन भने शाहास शाक्यले गरेका छन् ।

एक जना मानिसले आफ्नो जिवनको उत्तराद्र्धमा आएर भोग्नु परेको समस्याहरुलाई चलचित्रमा उठान खोजिएको छ । नेपाली परिवेशमा पछिल्लो समय यूवाहरुको प्रवास पलायनको प्रमुख मारमा बृद्धबृद्धाहरु पर्ने गरेका छन् । यसै विषय बस्तु भित्र रहेर एउटा शसक्त सामाजिक सचेतनाको लागि पनि यो चलचित्रको निर्माण भएको निर्देशक खरेलले बताए ।

ईरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको र निर्देशक खरेलकै निर्देशन तथा लेखनमा बनेकोे चलचित्र चिट्ठी पनि प्रदर्शनको तैयारीमा रहेको जानकारी निर्माण पक्षले दिएको छ ।

सारिकाको स्वरमा ‘बजाउँदै चुरा’

समाचार


काठमाडौं - नेपाली नारीहरूको महान् पर्व तीज नजिकिँदै जादा तीजसम्बन्धी गीतहरू सार्वजनिक भइरहेका छन् । यसै अवसरमा गीतकार गीता अधिकारीको नयाँ गीत ‘बजाउँदै चुरा’ सार्वजनिक भएको छ । सारिका घिमिरेको स्वर रहेको गीतमा योगेश काजी शाहको सङ्गीत एवम् सङ्गीत संयोजन र मनोज परियारको मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

प्रदीपकुमार रसाइलीको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा सोमिक गौतमको सिनेमेटोग्राफी र अमृत चापागाईंको सम्पादन एवम् कलर छ ।

गीतको भिडियोमा रमा थपलिया, प्रदीपकुमार रसाइली, मुना भुर्तेल र रेमोना लोहारले कम्मर मर्काउनुभएको छ । गीत जति उत्कृष्ट छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । गीताका यसअघि ‘यतै घमाइलो उतै घमाइलो’, ‘तीजैमा व्रत बसी’, ‘श्वास फेरी’ जस्ता आधा दर्जन गीत श्रोता/दर्शकमाझ आएका छन् ।

नयाँ गीतलाई पनि लिएर आफू उत्साहित भएको गीता बताउनुहुन्छ । ‘बजाउँदै चुरा’लाई केही परिमार्जित गरेर भिडियो सार्वजनिक गरिएको गीताले बताउनुभयो । आफ्ना अन्य गीतलाई जस्तै यो गीतले पनि सबैको माया पाउनेमा आफू आशावादी रहेको उहाँ बताउनुहुन्छ । सञ्चारकर्मी अधिकारीको हालै ‘मैले पढेका ५१ पुस्तक’ पनि पाठकमाझ आएको थियो ।

गीत राम्रो लागेकोले आफूले भिडियो निर्माण एवम् निर्देशन गरको निर्देशक प्रदीपले बताउनुभयो । तीज गीतमा छाडा प्रवृति मौलाउँदै गएकोमा एक मौलिक तीज गीत श्रोता/दर्शकमाझ पस्किएको निर्देशक प्रदीपले बताउनुभयो । गीतको भिडियो पिआर इन्टरनेन्टमेन्ट नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो