generalnews
||Power News Asia||

आजको समाचार

सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङलाई कलाकार संघको वधाई

समाचार


काठमाडौं- नेपाल चलचित्र कलाकार संघकी संरक्षक श्रीमती बसुन्धरा भुसालको नेतृत्वमा नेपाल चलचित्र कलाकार संघको प्रतिनिधि मण्डलले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङलाई सफल कार्यकालको शुभकामना प्रदान गरेको छ ।

मन्त्री गुरूङलाई वधाई तथा शुभकामना दिँदै संघका अध्यक्ष मोहन निरौलाले नेपाली चलचित्र उद्योग र पेशाकर्मीहरूको विविध पक्षको बारेमा जानकारी गराए ।

अध्यक्ष निरौलाले हाल पनि नेपाली चलचित्र २०२६ सालको ऐनमा सञ्चालन भएको र उक्त ऐनलाई संसोधन गर्न अघिल्लो सरकारले पहल गरेको र त्यस सम्बन्धमा चलचित्रसंग सम्बन्धित कलाकार संघसहितका ८ वटा संस्थाले चलचित्र विकास बोर्ड स्वायत्त हुनुपर्नेसहितको लिखित सुझाव दिएकोसमेत स्मरण गराए ।

सुझाव अनुसार ऐन संसोधन गरेर संसदबाट पास भएर ऐन बने नेपाली चलचित्र क्षेत्र र पेशाकर्मीहरूको संरक्षण एवं उत्थानमा सहयोग मिल्ने कुरामा उनले जोड दिए ।

यसैगरी निरौलाले विकास बोर्डमार्फत चलचित्र सम्बन्धित संघ-संस्थाहरूलाई वार्षिक रूपमा अनुदान दिन माग गर्दै विदेशी चलचित्रको आयातलाई न्यूनिकरण गरी नेपाली चलचित्रलाई प्रोत्साहन गर्न पनि माग गरे ।

उक्त अवसरमा चलचित्र विकास बोर्डअन्तर्गत रहेको चलचित्र कल्याणकारी कोषकी अध्यक्ष बन्सुन्धरा भुसालले सम्पूर्ण चलचित्रकर्मीहरूको उपचारमा कोषले सहयोग उपलब्ध गराउँदै आएकाले त्यसका लागि अक्षय कोषको रकममा वृद्धि गरिदिन अनुरोध गरे ।

उक्त प्रतिनिधि मण्डलमा कलाकार संघकी संरक्षक बसुन्धरा भुसाल, संघका अध्यक्ष मोहन निरौला, निवर्तमान अध्यक्ष रबिन्द्र खड्का, महासचिव सबिन श्रेष्ठ, सचिव रामेश्वर बुर्लाकोटी, कार्यकारिणी सदस्यहरू उद्वव भट्टराई, सरिता राजोपाध्याय, नम्रता खरेल थिए ।

दुख्यो आमा ऐया ऐया

समाचार


काठमाण्डौ - चेलीत्रबेटी बेचबिखन तथा बलात्कार जस्तो जघन्य अपराधलाई निरुत्साहित गर्नका लागि जनचेतना मुलक गीत आएको छ दुख्यो आमा ऐया ऐया ।

सामाजिक जागरण एवम् अपराधलाई निरुत्साहित बनाउदै गीतका मार्फत सचेतना जगाउन यस खाले गीत निर्माण गरिएको बताइएको छ । गीतलाई अहिलेकी जल्दीबल्दी गायिका बेनिशा पौडेलले गाएकी छिन् भने दीपक शर्माको सङ्गीत रहेको छ । शब्द दीपिका भट्ट्ले लेखेकी हुन भने मिक्सिङ, मास्टरिङ्ग एबम् एरेन्ज भने देबेश राइले गरेका हुन ।

उक्त गीतको भिडियोको छायाँकन रामशरण उप्रेतीले गरेका हुन भने सम्पादन नहकुल खड्काको रहेको छ । भिडियोमा दीपिका भट्ट, गीता अधिकारी, सरु दाहाल, रेस्मा श्रेष्ठ, दीपक कोइराला, आरुश भण्डारी,सन्जु खत्री लगायतका कलाकारअले अभिनय गरेका छन ।

दीपिका इन्टरटेन्टमेन्ट यु ट्युब च्यानल बाट रिलिज गरिएको गीतको शब्द निर्देशन एवम अभिनय दीपिका भट्टकै रहेको छ । दुख्यो आमा ऐया ऐया बोलको यो गीतले सामाजिक जागरण ल्याउन मद्दत पुग्ने निर्देशक दीपिका भट्ट बताउछीन् ।

नालापानीको नयाँ ट्रेलर सार्वजनिक, साउन २५ देखि प्रदर्शनमा आउने

समाचार


काठमाडौं – ऐतिहासिक चलचित्र ‘नालापानी’ साउन २५ गतेदेखि देशभर एकै साथ प्रदर्शन हुने भएको छ। रिमेश अधिकारी फिल्म प्रोडक्सन, वीर गोरखाली फिल्म, गङ्गा नारायण फिल्म र बिजीबी इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्र सोमबार बुढासुब्ब डिजिटलमार्फत ट्रेलर सार्बजनिक गरिएको हो ।

यस अघि साउन १८देखि देशभर यो चलचित्र प्रदर्शन गर्ने तय भएपनि एक साता पर सारेर अब साउन २५ गतेदेखि सिनेमाघरमा आउने भएको हो लेखक, निर्माता तथा निर्देशक रिमेश अधिकारीले जानकारी गराउनुभयो ।

चलचित्रको सह निर्माताान गणेश कार्की, कार्यकारी निर्मातामा घनेन्द्र थपलिया, एसोसिएट निर्मातामा सपन थापा र निर्माता मनोज शाक्य हुनुहुन्छ । चलचित्रमा अर्जुन जङ्ग शाही, सन्तोष पन्त, देशभक्त खनाल, दयाराम दाहाल, पुजना प्रधान, मनोज शाक्य, विशाल पहारी, सुवास गजुरेल, अच्युत गजुरेल, हिक्मत थपलिया, जनक बर्तौला, सरिता राजोपाध्याय, गीत विष्ट, साहिना भट्टराई, गीता अधिकारी, सुवर्ण थापालगायतका कलाकारको अभिनय छ । रामशरण उप्रेतीको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व, कविराज गहतराजको नृत्य रहेको चलचित्रमा भिएफएक्स अच्युत गजुरेल र सम्पादन विपिन मल्लको छ । लेखन रिमेश अधिकारी/कृष्ण आचार्य र निर्माता/र्देशक रिमेश अधिकारी हुनुहुन्छ ।

‘‘नालापानी फिल्म सम्पूर्ण नेपालीको विरताको गाथा र गर्व गर्ने ईतिहास बोकेको फिल्म हो । फिल्मले नेपाली विरहरुको बहादुरिता बोल्ने छ र देश प्रेम बढाउने पुर्खाको योगदान र बलिदान बुझाउने छ । लामो समय र ठूलो लगानी खर्चिएको यो फिल्म बनाउनुको एउटै उदेश्य ईतिहास दस्तावेजीकरण गरेर आउँदा भावी पुस्तालाई ईतिहास जान्न बुझ्न सजिलो बनाइदिने छ’, निर्देशक अधिकारी भन्नुहुन्छ ।

निर्माता राईले बेलायतमा खोले अनुग्रहको तेश्रो शोरुम

समाचार


काठमाण्डौ – चलचित्र गोर्खा वारियरका निर्माता एवम् समाजसेवी सुमन राई बिगत लामो समयदेखि बेलायतमा ज्वेलरी व्यबसायमा छन् । अनुग्रह बुलियन (ज्वेलरी) शोरुम सञ्चालन गर्दै आएका राईले तेस्रो शोरुमको रुपमा सोमबार ‘अनुग्रह बुलियन एण्ड डायमण्ड’ सञ्चालनमा लाएका छन् । प्लमस्टीड र अल्डरसटमा दुई वटा शोरुमको सफलता पश्चात बेलायतको अल्डरसटमै राईले अनुग्रहको तेश्रो आउटलेको रुपमा ‘अनुग्रह बुलियन एण्ड डायमण्ड’ को भव्य उद्घाटन गरेका छन् । यो उद्घाटन समारोहमा नेपालबाट समेत गोर्खा वारियरका निर्देशक एवम् लोकप्रिय निर्देशक मिलन चाम्स अतिथिका रुपमा सहभागी भएका छन् । यो ज्वेलरी शो रुमको त्यहाँकी मेयर मारा माकुनारुले औपचारिक उद्घघाटन गरेकी छिन् ।

बेलायतमा अनुग्रह बुलियनमार्फत आफ्नो छुट्टै स्थान बनाउन सफल सुमन राई र उनको टिमले ज्वेलरी क्षेत्रमा उल्लेख्य प्रगति गरेको भन्दै माराले नयाँ आउटलेटको सफलताको शुभकामना व्यक्त गरिन् । यसैगरी चलचित्र बर एन्ड बधुको नयाँ गीत तिमीसँगको भिडियो लोकापर्ण समारोह सम्पन्न गरे लगत्तै निर्देशक मिलन चाम्स बेलायत तर्फ उडेका थिए ।

शो उद्घाटन समारोहमा गोर्खा वारियरका निर्माता सुमन राईलाई अनुग्रहको तेश्रो शोरुमको लागि शुभकामना व्यक्त गरे । एउटा नेपालीले बेलायतमा प्राप्त गरेको यो सफलताले आफु निकै हर्षित भएको उनले बताए । यस्तै दुई वटा शोरुमको सफलतापछि आफुहरुले ग्राहकबाट पाएको अपार मायाँका कारण आज अनुग्रहको तेश्रो आउटलेको रुपमा ‘अनुग्रह बुलियन एण्ड डायमण्ड’ खोल्न आफुहरु सफल भएको यसका अध्यक्ष सुमन राईले बताए ।

बेलायतमा यसका अन्य शोरुमहरु पनि खोल्दै जाने योजना पनि उनले सुनाए । अनुग्रह कम्पनीमार्फत आफुहरुले आधिकारिक बिक्रेताको रुपमा बेलायतका लागि रोलेक्स घडीको विक्री वितरण सेवा सुरुगर्न लागेको पनि उनले जानकारी गराए । अनुग्रहण फाउन्डेसनका सँस्थापक अध्यक्ष पनि राई नै हुन् । यो फाउन्डेनमार्फत उनले नेपालमा लामो समयदेखि विभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन् ।

प्रोफेसनल एजुकेटर्स लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स (एनएलआईसी) बीच इक्विटी लगानी सम्झौता सम्पन्न

समाचार


काठमाण्डौं । नेपालको शैक्षिक विकासका लागि विद्यालय तहदेखि उच्च शिक्षाका क्षेत्रमा विश्वस्तरीय शिक्षा प्रदायक शैक्षिक संस्थाहरूको स्थापना र प्रवर्धन गर्ने उद्देश्यका साथ मध्य बानेश्वर, काठमाडौँमा २०६१ सालमा स्थापना भएको प्रोफेसनल एजुकेटर्स लिमिटेडकोे नाम प्राज्ञिक जगत्मा अग्रणी एवम् गरिमामय छ । ग्लोबल कलेज अफ म्यानेजमेन्ट, ग्लोबल स्कुल अफ साइन्स, युनिग्लोब स्कुल÷कलेज, भ्याली भ्यु स्कुल, ग्लोबल कलेज इन्टरनेसनल र लिबर्टी कलेज जस्ता ख्यातिप्राप्त शैक्षिक संस्थाहरूको स्थापना, व्यवस्थापन एवम् सञ्चालनका क्रममा निजी क्षेत्रको विशिष्ट योगदानस्वरूप विभिन्न क्षेत्रबाट उच्च योगदान पु¥याउँदै आउनुभएका विज्ञ व्यक्तित्वहरूको संलग्नतामा आरम्भ भएको शैक्षिक यात्राले आज सुनौलो गन्तव्य पहिल्याउन सफल भएको छ । 

२० वर्षको गौरवशाली शैक्षिक इतिहास निर्माण गरिसकेको प्रतिष्ठित शैक्षिक संस्था प्रोफेसनल एजुकेटर्स लिमिटेड (ग्लोबल ग्रुप) एवम् नेपालकै सर्वाधिक विश्वासिलो बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ९ल्ीक्ष्ऋ० का बीचमा संस्थागत विकासको वृहत्तर अवधारणाअनुरूप इक्विटी लगानी सम्झौता सम्पन्न भएको छ । वि.सं. २०८१ श्रावण ६ गते, गुरुपूणर््िामाका दिन प्रोफेसनल एजुकेटर्स लिमिटेडका अध्यक्ष डा. खगेन्द्रप्रसाद ओझा, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष श्री गोविन्दलाल सङ्घाई, वरिष्ठ सञ्चालक तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्री कमलेश अग्रवाल तथा दुवै प्रतिष्ठित कम्पनीका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृतहरू, वरिष्ठ अधिकृतहरू, चार्टर्ड एकाउन्टेन्टहरू तथा कानुनी सल्लाहकारहरू समेतको उपस्थितिमा रोयल सिङ्गी होटेलमा आयोजना भएको विशेष समारोहमा प्रोफेसनल एजुकेटर्स लिमिटेडका तर्फबाट अध्यक्ष डा. खगेन्द्रप्रसाद ओझा र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड का तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रवीणरमण पराजुलीले इक्विटी लगानी सम्झौतामा हस्ताक्षर गर्नुभयो । 

लगानीका क्षेत्रमा नेपालमा पहिलो पटक संस्थागतरूपमा यस किसिमको अभूतपूर्व सहकार्य हुँदै मुलुकको शैक्षिक इतिहासमा नयाँ आयामको थालनी भएको छ । शैक्षिक प्रवर्धनमुखी कदम र नयाँ प्रयोगका माध्यमबाट प्रोफेसनल एजुकेटर्स लिमिटेडले आफ्नो आगामी यात्राक्रममा शिक्षा क्षेत्रको दिगो संस्थागत संरचना खडा गर्दै अगाडि बढ्ने लक्ष्य लिएको छ । यस हेतु कम्पनीले आपूmलाई संस्थागत सुशासन र पारदर्शितामा अब्बल साबित गर्दै गुणस्तर कायम गर्न सबल र सक्षम भई विद्यार्थीवर्गको भविष्य सुनिश्चित 
हुनेछ । यस किसिमको पहलबाट कम्पनीको गरिमा स्वतः अभिवृद्धि हुनजाने भएकाले नेपालको शिक्षा क्षेत्रमा यस लगानी सम्झौताको सन्दर्भलाई शैक्षिक विकासको कोसेढुङ्गो मान्न सकिन्छ । 

अत्याधुनिक भौतिक पूर्वाधार, प्रविधिमैत्री शैक्षिक वातावरण, दक्ष जनशक्ति, स्पष्ट एवम् पारदर्शी कार्यनीति र निरन्तर उत्कृष्ट नतिजा आदि विशेषताहरूलाई आत्मसात् गर्दै आएको प्रोफेसनल एजुकेटर्स लिमिटेडले निकट भविष्यमा नै सर्वसाधारणका लागि लगानीको अवसर प्रदान गर्ने गरी प्राथमिक सार्वजनिक निस्काशन (आईपीओ) जारी गर्न धितोपत्रको सूचीकरणसम्बन्धी प्रक्रियासमेत अगाडि बढाउने भएको छ । यस किसिमका अग्रगामी पहलकदमीबाट शैक्षिक क्षेत्रमा नव उन्नयन हुँदै काँचुली फेरिने अपेक्षाका साथ दुवै पक्षबाट सहकार्यका साथ अघि बढ्ने प्रण गरिएको छ । साथै, नेपालको निजी क्षेत्रबाट सेवा प्रदान गरिएको शैक्षिक क्षेत्रको संस्थागत विकासमा यस किसिमको सहकार्यबाट समृद्धिको नयाँ अध्याय सुरु भएको विश्लेषण गरिएको छ ।

१० लाख बिरुवा लगाउने अभियानअन्तर्गत भानुमा वृक्षारोपण

समाचार


भानु । देशैभर १० लाख बिरुवा लगाउने अभियानअन्तर्गत भानु नपा ११ मा वृक्षरोपण थालिएको छ । लुम्बिनी विश्व शान्ति मन्चको सकृयता र कम्युनिटी लिडरशीप नेपालको सहकार्यमा त्रिभुवन मावि प्राङ्गणमा आइतबार वृक्षरोपण थालियो । भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीले वृक्षरोपण शुरुवात गर्दै भानुलाई लिची र आँपको पकेट क्षेत्र बनाइने घोषणा गरे । कार्यक्रममा १०३ वटा आँप लिची, अम्बा, बयर स्टारफ्रुट र जामुन प्रजातिका बिरुवा रोपण गरिएको विद्यालयका प्रधानाध्यापक हिरामणी ढुंगानाले जानकारी दिए ।

ग्रीन आर्मी नेपालका सदस्य तथा स्थानीय जनप्रतिनिधिले वृक्षरोपणमा सघाएका थिए । लुम्बिनी विश्व शान्ति मन्चले हालसम्म देशभर लगाएको १ लाख बढी बिरुवा हुर्किसकेको अध्यक्ष बासु गौतमले बताए । मन्चले जलवायु जोखिम कम गर्न देशैभर वृक्षरोपण र रुख संरक्षण अभियान सन्चालन गर्दै आइरहेको छ ।

कवि राजेन्द्र ओझा ‘नयन’द्वारा रचित ‘अभिलाषाका झारहरू’ कवितासङ्ग्रह विमोचन

समाचार


काठमाण्डौँ । कवि राजेन्द्र ओझा ‘नयन’द्वारा रचित ‘अभिलाषाका झारहरू’ कवितासङ्ग्रह विमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा प्रज्ञा प्रतिष्ठनका कुलपति भूपाल राई लगायतले नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्दिचरण सभाकक्षमा आयोजित ‘अभिलाषाका झारहरू’ विमोचन कार्यक्रम माझ उक्त कवितासङ्ग्रहको विमोचन गरेका हुन् ।

सो अवसरमा कुलपति राईले प्रज्ञा प्रतिष्ठान संस्कृति निर्माण गर्ने प्राज्ञिक थलो भएकाले साहित्यकार र लेखक माझ मात्र नभई स्कुल ,क्याम्पस र विश्वविद्यालयसामू प्रज्ञा प्रतिष्ठान परिचित हुनुपर्नेमा जोड दिए। उनले कवि तथा साहित्यकारहरू खास भ्रष्टाचारी नभएको उल्लेख गर्दै कवि राजेन्द्र ओझा ‘नयन’को कवितासङ्ग्रह सरल र सहज रहेको बताउदै  कविक‍ो भावना बेजोड भए जस्तै कविताको परिष्कार भने निरन्तर साधनाले मात्र सम्भव हुने उल्लेख गरे ।

कार्यक्रमका विशिष्ट अतिथि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिकशास्त्र विभाग प्रमुख डा कौशिला रिसालले कवि राजेन्द्र ओझा ‘नयन’को कवितासङ्ग्रह ‘अभिलाषाका झारहरू’मा सङ्गृहीत कविताहरू आफ्नै शैलीमा रचिएकाले सरल र मौलिक भएको बताईन् । ओझाका कतिपय कविताले वर्गीय विभेद, प्रेम र अध्यात्म बारे बोलेको उनले जनाईन् ।

कार्यक्रमका अतिथि समालोचक महेश पौडेलले कविता दीर्घलेखन पपश्चात् परिमार्जन हुनेमा जोड दिदै कवि ओझामा कवित्वको प्रचुर सम्भावना रहेको र उनका कवितामा दार्शनिक प्रभाव रहेको उल्लेख गरे । 

'अभिलाषाका झारहरू’ कवितासङ्ग्रहका सर्जक राजेन्द्र ओझा ‘नयन’ले आफूले मनोवैज्ञानिक तथा दार्शनिक विषयवस्तुमा कविता लेख्ने गरेको बताए ।

उक्त विमोचन कार्यक्रम युनिग्लोब कलेजका अध्यक्ष प्रा.खगेन्द्र ओझाको अध्यक्षतामा सम्पन्न भएको थियोे । उनले प्रज्ञा प्रतिष्ठान जस्तो प्राज्ञिक निकायमा 'अभिलाषाका झारहरू’क‍ो विमोचन हुँदा आफूलाई खुसी लागेको बताउदै कविताले जीवन भोगाइ र आफ्ना अनुभूतिलाई व्यक्त गरेको उल्लेख गरे ।

कार्यक्रमको सञ्चालन कवि राजु भट्टराईले गरेका थिए । फुसुन प्रकाशनले उक्त कवितासङ्ग्रह प्रकाशित गरेको हो।

मौलिक लोकगीत "दमौलीमा गेट" सार्वजानिक

समाचार


काठमाण्डौ - नेपाली गीत सङ्गीत र कलाकारिता क्षेत्रमा परिचित नाम हो गायक तथा सर्जक राजेन्द्र कुमार कार्की ,गायक तथा सर्जक चन्द्र शर्मा र चर्चित गायक अमृत खाती एबम् प्रत्यक्ष लोक दोहोरीको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका गायिकाहरु सुस्मा शाही ठकुरी, सुनिता बागदास र सीमा थापाले  ६० को दशकको लोकगीतको याद दिलाउने "दमौलीमा गेट" बोलको गीतलाई संयूक्त रुपमा  सार्बजानिक गरेका छन्।

सुस्मा शाही ठकुरी अफिसियल युटुब मार्फत सार्बजनिक भएको उक्त गितको अडियो तर्फ लय राजेन्द्र कुमार कार्कीको रहेको छ भने शब्द सुस्मा शाही ठकुरी र राजेन्द्र कुमार कार्कीको रहेको छ।

उक्त गीतमा राजेन्द्र कुमार कार्की, अमृत खाती, चन्द्र शर्मा, सुस्मा शाही ठकुरी, सुनिता बागदास र सिमा थापाको आवाज रहेको छ भने गीतको संगीत संयोजन कृष्ण केसीले गरेका हुन् । सुमन रानाको रेकर्डिङ रहेको उक्त गीतलाई मारुनी रेकर्डिङ स्टुडियोका कुमार रानाको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

गीतको भिडियोलाई निर्देशक मौसम हिमालीले निर्देशन गरेका हुन् भने लोमस शर्मा र जुना बिश्वकर्माको उक्त गीतमा अभिनय गरेका छन् । उत्सव दाहालको छायांकन रहेको भिडियोमा शृङ्गार स्वस्तिका श्रेष्ठ र भिडियो सम्पादन मनोज कार्कीको
रहेको छ।
६० को दशक तिरै निकै चर्चाको शिखरमा रहेको उक्त गीतमा अहिले पनि नयाँ पन, रोमान्चक शब्द र सरल सङ्गीतको समिश्रण भित्र सङ्गीतप्रेमीहरुले भरपुर मनोरञ्जन लिन सक्नेछन।

Dairy Entrepreneur Optimist Club of Kathmandu receives approval

समाचार


Dairy Entrepreneur Optimist Club of Kathmandu, Nepal has received approval from Optimistic International on Thursday. During a virtual official meeting held on July 18 Jim Boyd, the strategic growth Director of Optimist International announced the club's approval as a new member. 

From the club along with President Prahlad Dahal, Vice President Ramesh sanjel, secretary Saroj Ojha, treasurer Dinesh  Sanjel, Directors Dipak Sanjel, Tika Prasad Ghimire, Chetnath Dahal and members Suresh Timalsina, Subash Dulal, Huddharaj Timalsina, Dipak Timalsina, Bhim Prasad Dahal, Shiva Ghimire, Yanka Ghimire, and Sandeep Ghimire actively participated in the meeting. On an occasion entire team members of Dairy Entrepreneur Optimist Club of Kathmandu, Nepal took oath from Jim Boyd, the strategic growth Director of Optimist International. 

The strategic growth Director of Optimist International Jim Boyd and sponsored club of Dairy entrepreneurs Optimistic club of Kathmandu the Highland Illinois Optimist Club's president Scott Geest addressing the meeting expressed their commitment and solidarity for the support. 

From Nepali side club's President Dahal and secretary Ojha expressed their commitment for the generosity of institutional development and upliftment. 

Also club appreciated District Governor Prakash Ghimire for his valuable remarks and General Secretary Pratap Thapa for his initiative to the  establishment of the club. 

सेन्ट जर्ज स्कुल हाँडीगाउँमा पुरस्कार वितरण

समाचार


साउन -४, सेन्ट जर्ज स्कुल , हाडीगाउँमा स्कुल व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालको सभापतित्व एवं प्राध्यापक तथा साहित्यकार विष्णु पन्तको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा समानान्तर समुहका निर्देशक श्रीकृष्ण भण्डारी, पारा खेलकुदका ओम शिवाकोटी, विद्यालयका निर्देशक मनोज दाहाल , विद्यालयका प्रधानाध्यापक मेघराज बजगाई एवं विद्यालयका शिक्षक , विद्यार्थी , कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पन्तले विभिन्न विधामा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए । विद्यालयले त्रैमासिक रूपमा पुरस्कार वितरण गर्ने गरेको छ। विद्यालयले तीन तीन महिनासम्म भएका विविध कार्यक्रमहरुको पुरस्कार वितरण गर्ने गरेको कुरा प्र.अ.मेघराज बजगाईले बताए ।पुरस्कार पाउँदा हौसला मिल्छ र अगाडि बढ्न सहज हुने कुरा अतिथि श्रीकृष्ण भण्डारीले बताए । विद्यालयमा यस्ता विविध कार्यक्रमहरु गर्नाले विद्यार्थीहरुमा लुकेर रहेकोे प्रतिभा प्रस्फुटन गराउन सहयोग पुर्‍याउँछ।अवसर पाएपछि धेरै कुरा देख्न र सिक्न सकिने हुन्छ । हाम्रा पालामा यस्ता कार्यक्रमहरु हुँदैन थियो ।आज भोलि यस्ता धेरै कार्यक्रमहरु भैरहन्छन । त्यस अर्थमा आज भोलिका विद्यार्थीहरु भाग्यमानी भएको कुरा प्रमुख अतिथि पन्तले बताए ।