काठमाण्डौ - नेपाल चलचित्र कलाकार संघ र बालाजुस्थित सिल्भरलाईन हस्पिटल बिच स्वास्थ्य सहुलियतमा भारी छुट सहितको सम्झौता भएको छ । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला तथा संघका महासचिव सविन श्रेष्ठ र सिल्भरलाईन हस्पिटलका प्रबन्धक डाक्टर अभिषेक राज सिंह बिच असार १९ गते बुधबार एक कार्यक्रमका विच सम्झौता पत्रमा हस्तक्षर भएको छ । बरिष्ठ चलचित्रकर्मी, कलाकार, पत्रकार तथा अस्पतालका कर्मचारीहरुको उपस्थितीमा दुबै पक्ष बिच हस्ताक्षर गरिएको हो ।
सम्झौता पछी कलाकार संघका सदस्यहरुले आफ्नो परिचय पत्रको आधारमा छुट पाउने बताईएको छ । सबै खालको सेवा प्रदान गर्दै आएको अस्पताल गैर नाफामुलक हस्पिटल हो । झण्डै १४ रोपनी क्षेत्रफलमा फैलिएको हस्पिटलमा आईसियु, एनआईआईसियु, सिटीस्क्यान, अर्थोपेडिक, न्युरोलोजी, गाइनोलोजी, ग्यास्ट्रोलोजी, पेडिएट्रिक, कार्डिओलोजी, नेफ्रोलोजी, न्युरोसर्जरी, न्युरोफिजिएट्री, फिजिओथेरापी, इएनटी, इन्टर्नल मेडिसिन, अनेस्थेसिआ, जनरल ल्यापरोस्किपिक, रिडियोलोजीलगायत विभिन्न सुविधाहरु न्युनतम खर्चमा गुणस्तर सेवा प्रदान गर्दै आएको छ ।
कलाकार संघका सदस्यहरुको लागि सिल्भरलाईनले निःशुल्क एम्बुलेन्स सेवा पनि प्रदान गर्ने बताएको छ । उच्चस्तरीय प्रविधि र नयाँ व्यवस्थापन सहित अस्पताल संचालनमा छ ।
बुधबार नेपाल चलचित्र कलाकार संघ र सिल्भरलाईन अस्पताल विच भएको कार्यक्रमको सम्पूर्ण व्यवस्थापन कलाकार तथा निर्माता रविन्द्र सिंह बानियाँ र कार्यक्रम संयोजक तथा कलाकार संघका सदस्य उद्वव प्रसाद भट्टराईले गरेका हुन । कार्यक्रममा बरिष्ठ कलाकारहरु बसुन्धारा भुषाल, भुवन चन्द, चौत्यदेवी सिंह, लय संग्रौला, पुरन जोशी, निर्देशक माधब राज खरेल, बिजयरत्न तुलाधर, शुभाश गजुरेल, उत्तम केसी, राकेश खडका, पल्पसा डंगोल चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी, पत्रकार प्रदिप कार्की, कलाकार आशा भुषाल, सविना कार्की लगायत कलाकार संघका सम्पूर्ण सदस्य तथा पदाधिकारीहरु, चलचित्रकर्मी र हस्पिटल परिवारको उपस्थिती रहेको थियो ।
कलाकार संघका अध्यक्ष मोहन निरौलाले कलाकार संघले धेरै समय विभिन्न हस्पिटलमा छुट पाएपनी औपचारिक रुपमा पहिलो पटक सम्झौता सिल्भरलाईन हस्पिटलसँग भएको बताए । उनले धेरै सुविधा र छुट सिल्भरलाईनबाट पाएको बताए । यस्तै हस्पिटलका निर्देशक डाक्टर अनिमेश जोशीले कलाकार संघका पदाधिकारी र सदस्यहरुलाई सम्झौतामा उल्लेख भएको सेवा बाहेक अन्य विभिन्न व्यवहारिक पक्ष र सेवामा समेत भारी छुट हुने बताए । उनले हस्पिटलमा सबै डाक्टर युवा उमेरका रहेकाले सेवाको लागि गुणस्तरमा पूर्ण प्रतिवद्व रहेको बताए ।
काठमाण्डौ – सङ्गीत क्षेत्रका पुरुष सेलिब्रेटीसँग प्रेमको नाटक गरी शारीरिक सम्बन्ध राखेर ‘हनी ट्रयाप’ (महजाल) मा पारिएको कथामा आधारित म्युजिक भिडिओ ‘जिन्दगी हो खेल जस्तै’ सार्वजनिक भएको छ । लोकप्रिय गीतकार दीपेन्द्र अधिकारीको शव्दरचना, प्रसिद्ध सर्जक राजकुमार बगरको सङ्गीत र कमल सौरागको सङ्गीत संयोजन रहेको यस गीतमा चर्चित गायन रियालिटी शो The Voice of Nepal Season 5 का विजेता विनोद राईले स्वर दिएका छन् ।
भिडिओ dA Creations युट्युब च्यानलबाट आइतबार डिजिटल बजारमा आएको हो । फरक विषयबस्तु र गुणस्तरीय गीतका कारण छोटो समयमै चर्चामा आएका गीतकार दीपेन्द्र अधिकारीका यसअघि मनमोहक पोखरा, चुलबुल चुलबुल (मामा भाञ्जीको गीत), नेपालकी छोरी, जनताको मर्म, जीवनको रेल र फर्किन्छु यसपाली (दसैं-तिहार) शीर्षकका गीत सार्वजनिक भएका छन् ।
‘जिन्दगी हो खेल जस्तै’ को भिडिओ प्रसिद्ध छायाकार, सम्पादक एवं निर्देशक वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन, दृश्य तथा रङ्ग सम्पादनमा तयार भएको हो । जसमा अजय रेग्मीको सिनेमाटोग्राफी र लोकेश भाटको ग्राफिक्स रहेको छ । भिडिओमा सेलिब्रेटीको भूमिकामा गीतका गायक विनोद राई स्वयंले र षड्यन्त्रकारी युवतीको भूमिकामा ऋचा थापाले अभिनय गरेका छन् भने सहायक भूमिकामा राजेन्द्र शर्मा, अर्जुन कुँवर, रश्मी आचार्य, सन्तोष कुँवर, नवराज बडुवाल र सुरज भुसाललाई देख्न सकिन्छ l भिडिओ रिलिज भएपछि युट्युवका धेरै दर्शकले क्रिकेटर सन्दिप लामिछानेको कथा जस्तै भएको प्रतिक्रिया दिएका छन् ।
ईम्युजिकडायरीले राखेको जिज्ञाशाको जवाफ दिँदै भिडिओका कथाकार एवं निर्देशक वीरेन्द्र भाट ‘विपिन’ ले यो सन्दिप लामिछानेको कथा नभएको स्पष्ट पारेका छन्। उनी भन्छन्-‘यो एउटा सचेतनामूलक एवं सन्देशमूलक भिडिओ हो । यसमा समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित पुरुषहरु बेला बेलामा ‘हनी ट्रयाप’ मा पर्ने गरेको र त्यस्ता घटनाबाट देशले नै ठूलो अपेक्षा गरेको व्यक्तिको जिन्दगी कसरी भताभुङ्ग हुन्छ भन्ने कुरा देखाउन खोजिएको हो । भिडिओ वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको हो ।
काठमाडौं, १६ असार । जेए ग्रुपले असार १५ अर्थात धान दिवसका अवसरमा भक्तपुरको ओम वृद्धाश्रममा खाध्य सामग्री वितरण गरेको छ । संस्थाले वृद्धाश्रममा २१ जना वृद्ध वृद्धा तथा आश्रमका कर्मचारीलाई समेत दहिचिउरा, मिठाइ, फलफुल तथा अन्य खाध्यान्न वितरण गरेको हो ।
यसअधि संस्थाले २ जना क्यान्सर पिडितलाई जनहि ५० हजारका दरले आर्थिक सहयोग समेत गरेको थियो ।
जेए ग्रुप विभिन्न समय समयमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग गर्दै आइरहेको छ । यसैगरी संस्थाले यसै वर्षदेखि प्रत्येक महिना कम्तिमा एउटा सामाजिक कार्य गर्ने समेत घोषणा गरेको छ ।
४८ वर्षअघि लप्सीका बियाँ निर्यात गर्ने जितबहादुर श्रेष्ठले एनबीबाट बाहिरिएर जेए ग्रुपमार्फत व्यवसाय विस्तार गरेका हुन् । जेए ग्रुप कृषि, पर्यटन, जलविद्युत, बैंकिङ र औद्योगिक क्षेत्रमा लगानी गर्दै आएको छ ।
नगरकोट । ईभेण्ट आयोजक ड्रिम सर्च एजेन्सीले अगष्टमा फेसन फेयर अवार्ड गर्ने भएको छ । शनिवार नगरकोटमा पत्रकार सम्मेलन गर्दै कम्पनीले अवार्ड सेरेमोनी आयोजना गर्न लागेको जानकारी गराएको हो ।
सो अवसरमा कम्पनीका प्रबन्ध निर्देशक कमल निकोन क्षत्रीले फेसन, इभेण्ट, म्युजिक, बिजनेश र सोसल विधामा अवार्ड वितरण गरिने बताए ।
'यसअघि मल्ल होटलमा दोस्रो संस्करणको अवार्ड शो सम्पन्न भएको थियो र यो तेस्रो संस्करणको अवार्ड शो हो। कम्पनीले समाजिक दायित्वलाई निभाउने र राष्ट्रिय महत्वका क्षेत्रका लब्ध प्रतिष्ठित महानुभावहरुलाइ यो अवार्ड प्रदान गर्नेछ' क्षत्रीले बताए ।
काठमाडौं– कान्तिपुर टेलिभिजनबाट केही दिनअघि प्रसारण भएको कार्यक्रम ‘इट्स माई शो’ मा अभिनेत्री जस्सीता गुरुङको चरित्र हत्या हुने गरी आफ्ना अभिव्यक्तिहरु व्यक्त गर्ने अभिनेत्रीद्वय स्वस्तिमा खड्का तथा साम्रज्ञी राज्य लक्ष्मी शाह प्रति कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघकाे ध्यानाकर्षण भएकाे छ।
संघका अध्यक्ष मोहन निरौलाले बुधवार दिउँसो एक विज्ञप्ती जारी गर्दै उक्त प्रकरणमा आफ्नो संस्थाको धारणा सार्वजनिक गरेका हुन् । विज्ञप्तीमा भनिएको छ– ‘हालै एक टेलभिजनको कार्यक्रमको प्रस्तुति र त्यस कार्यक्रममा सहभागी कलाकारको अमर्यादित, अशोभनीय, गैर जिम्मेवारीपूर्ण अभिव्यक्तिप्रति नेपाल चलचित्र कलाकार संघको ध्यानाकार्षण भएको छ ।’
उक्त कार्यक्रममा सहभागी कलाकारको अभिव्यक्तिले नेपाली चलचित्र क्षेत्र, कलाकारिता पेशा, वर्ग र सामाजिक दायित्वमा आघात पुगेको हाम्रो ठहर छ । आफ्नो स्वतन्त्रता र अधिकारको प्रयोग गर्दा अरुको मान मर्दन गर्नु हुँदैन भन्ने सामान्य मान्यतालाई पनि उक्त अभिव्यक्तिले लत्याएको छ । एउटा सार्वजनिक कार्यक्रममार्फत अरुको अपहेलना गर्नु, मान मर्दन गर्नु न्यायसगत ठहर्दैन र हुँदैन पनि, विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तीमा नेपाल चलचित्र कलाकार संघले आफ्ना सदस्य कलाकारहरुलाई यस्तै अभिव्यक्ति सचेतनाका लागि विभिन्न कार्यक्रम गर्दै आइरहेको उल्लेख गर्दै गत जेठ २९ गतेसमेत कलाकार र आम सञ्चार विषयक विचार गोष्ठी सञ्चालन गरेको स्मरण गराएको छ।
‘यस भन्दाअघि पनि केही कलाकारहरुले सामाजिक मर्यादा विपरित अनुशासन विपरित आचार संहिता पालन नगरी अभिव्यक्ति दिनु भएकोमा संघको ध्यानाकार्षण भइ सचेत पनि गराएका थियौं । प्रस्तुत सन्दर्भमा पनि सम्बन्धित कलाकारलाई सचेत गराउँदै भविष्यमा पेशा, वर्ग र चलचित्र क्षेत्रलाई असर गर्ने कुनै पनि कृयाकलाप र अभिव्यक्ति नदिन हामी यही बक्तव्यमार्फत अनुरोध गर्दछौँ ।’

काठमाडौं– कान्तिपुर टेलिभिजनबाट केही दिनअघि प्रसारण भएको कार्यक्रम ‘इट्स माई शो’ मा अभिनेत्री जस्सीता गुरुङको चरित्र हत्या हुने गरी आफ्ना अभिव्यक्तिहरु व्यक्त गर्ने अभिनेत्रीद्वय स्वस्तिमा खड्का तथा साम्रज्ञी राज्य लक्ष्मी शाह प्रति कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघकाे ध्यानाकर्षण भएकाे छ।
संघका अध्यक्ष मोहन निरौलाले बुधवार दिउँसो एक विज्ञप्ती जारी गर्दै उक्त प्रकरणमा आफ्नो संस्थाको धारणा सार्वजनिक गरेका हुन् । विज्ञप्तीमा भनिएको छ– ‘हालै एक टेलभिजनको कार्यक्रमको प्रस्तुति र त्यस कार्यक्रममा सहभागी कलाकारको अमर्यादित, अशोभनीय, गैर जिम्मेवारीपूर्ण अभिव्यक्तिप्रति नेपाल चलचित्र कलाकार संघको ध्यानाकार्षण भएको छ ।’
उक्त कार्यक्रममा सहभागी कलाकारको अभिव्यक्तिले नेपाली चलचित्र क्षेत्र, कलाकारिता पेशा, वर्ग र सामाजिक दायित्वमा आघात पुगेको हाम्रो ठहर छ । आफ्नो स्वतन्त्रता र अधिकारको प्रयोग गर्दा अरुको मान मर्दन गर्नु हुँदैन भन्ने सामान्य मान्यतालाई पनि उक्त अभिव्यक्तिले लत्याएको छ । एउटा सार्वजनिक कार्यक्रममार्फत अरुको अपहेलना गर्नु, मान मर्दन गर्नु न्यायसगत ठहर्दैन र हुँदैन पनि, विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तीमा नेपाल चलचित्र कलाकार संघले आफ्ना सदस्य कलाकारहरुलाई यस्तै अभिव्यक्ति सचेतनाका लागि विभिन्न कार्यक्रम गर्दै आइरहेको उल्लेख गर्दै गत जेठ २९ गतेसमेत कलाकार र आम सञ्चार विषयक विचार गोष्ठी सञ्चालन गरेको स्मरण गराएको छ।
‘यस भन्दाअघि पनि केही कलाकारहरुले सामाजिक मर्यादा विपरित अनुशासन विपरित आचार संहिता पालन नगरी अभिव्यक्ति दिनु भएकोमा संघको ध्यानाकार्षण भइ सचेत पनि गराएका थियौं । प्रस्तुत सन्दर्भमा पनि सम्बन्धित कलाकारलाई सचेत गराउँदै भविष्यमा पेशा, वर्ग र चलचित्र क्षेत्रलाई असर गर्ने कुनै पनि कृयाकलाप र अभिव्यक्ति नदिन हामी यही बक्तव्यमार्फत अनुरोध गर्दछौँ ।’
अमेरिका - न्यूयोर्कमा रहेको एल्महर्स्ट पार्कको सफाइ गरिएको छ। २२ जुन, २०२४ मा दिलकुमारी केसी स्मृति प्रतिष्ठानको संयोजकत्वमा न्युयोर्कका डेढ दर्जनभन्दा बढी नेपाली–अमेरिकन सॅघ संस्था मिलेर पार्कको सरसफाइ गरिएको हो।
सरसफाइ कार्यक्रम बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन भएको थियो। न्यूयोर्क क्वीन्सको ग्रयान्ड एभी र ५७ एभी. को बीचमा रहेको ६/२२ एकड जमिनमा फैलिएको पार्कको सफाइ गरिएको दिलकुमारी केसी स्मृति प्रतिष्ठानका अध्यक्ष तथा दक्षिण एसिया महादेशका सल्लाहकार नवराज केसीले जानकारी दिए।
अमेरिकाको न्यूयोर्कमा रहेका कम्यूनिटीहरुमा नेपाली समाज भने सरसफाइ कार्यक्रममा सधै अग्र स्थानमा रहेको केसीले बताए। सरसफाइ कार्यक्रममा उपस्थित भएका विभिन्न संस्थाका प्रतिनिधिले आआफ्ना धारणा व्यक्त गरेका थिए। पार्कका सुपरभाइजार लगायत ५४ जनाले लगभग तीन घन्टा खर्चिएर पार्क सफा गरेका थिए।
कार्यक्रममा सहभागी भएका रोटरी क्लब क्वीन्स न्युर्कका प्रिजिडेन्स हन्सराज जोशीले बिगत केहि वर्षदेखि नेपाली समाजहरूले पनि क्वीन्स ब्रोमा कम्युनीटिको लागि खाद्यान्न वितरण तथा पार्क सरसफाई गर्दै आएका बताए।
सरसफाइ कार्यक्रमका विभिन्न कम्पनीका प्रतिनिधिहरुमा दिलकुमारी केसी मेमोरियल फाउन्डेशनका अध्यक्ष नवराज केसी, गोर्खा समाज यूएसएका अध्यक्ष खमलाल भट्ट, श्री धननारायण तथा र्बाजा फाउन्डेशन अमेरिकाका अध्यक्ष लकेश श्रेष्ठ, हामी नेपाली ग्लोबलका प्रायोजक केशव राम राई, गोर्खाली समाज न्यूयोर्कका अध्यक्ष ओम विश्वकर्मा, रोटरी क्लब अफ न्यूयोर्क क्वीन्सका अध्यक्ष हंसराज जोशी, बीटी फाउन्डेशनका अध्यक्ष विश्व बास्तोला, तारा किसन फाउन्डेसनका अध्यक्ष किशन धामी, हिमालय कल्चरल एकेडेमीका अध्यक्ष अभया ढुंगेल, पिएआर फाउन्डेशनका कार्यकारी निर्देशक टिका ढकाल, काठमाडौं समाजका अध्यक्ष राजेश हमाल लगाएत दर्जनौँको सहभागिता रहेको थियो । त्यस्तै पार्कका सामुदायिक संयोजक एलेजेन्ड्रा भानेगसको समेत सहभागिता रहेको थियो। कार्यक्रममा न्यूयोर्क शहर मेयरको कार्यलयका सुकरानी धनपत पनि सहभागी थिए।
काठमाडौं-कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकाश बोर्डको सह आयोजनामा ७ असारबाट काठमाडौंमा सुरु भएको ‘१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४’ ९ असार आईतबार बेलुका सम्पन्न भएको छ । महोत्सबमा नेपालबाट २० वटा चलचित्र र विभिन्न ९ मुलुकबाट ८ वटा अफ्रिकन चलचित्रसहित २८ वटा चलचित्र सहभागी थिए ।
रक्षामन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा महोत्सबमा सहभागी चलचित्रहरु मध्य उत्कृष्ट चलचित्र तथा कलाकार प्राविधिकलाई पुरस्कार प्रदान गर्दै आईतबार साँझ यो महोत्सब सम्पन्न भएको हो । विजेताहरुलाई कार्यक्रममा रक्षामन्त्री हरिप्रसाद उप्रेती, अग्रज अभिनेत्री बसुन्धरा भुसाल, अभिनेता रमेश उप्रेतीले अवार्ड प्रदान गरे ।
महोत्सबमा अफ्रिकाबाट सहभागी चलचित्रहरु मध्य उत्कृष्ट अफ्रिकन कथानक चलचित्रको अवार्ड रामदान सुलेमान निर्देशित साउथ अफ्रिका÷मोजाम्बिया÷जिम्बाबेको चलचित्र ‘फुल’ले जितेको छ । महोत्सबमा उत्कृष्ट अफ्रिकन बृत्तचित्रको अवार्ड तान्जानियाँ÷टर्कीको बृत्तचित्र ‘ह्वाईट पोजन’ले प्राप्त ग¥यो भने उत्कृष्ट लघु चलचित्रको अवार्ड क्यामरुनको लघु चलचित्र ‘सर्भाईभर’ले हाँसिल ग¥यो । महोत्सबमा जुरी अवार्ड क्यामरुनको लघु चलचित्र अफस्प्रिङबाट निर्देशक टाटा फिडेलिसले हाँसिल गरे भने स्पेशल मेनसन अवार्ड जमैकाको लघु चलचित्र ‘इग्नोरेन्स इज अ लाइफस्टाईल’ले प्राप्त ग¥यो । अफ्रिकन तर्फको निर्णायकमा नेपालबाट पत्रकार तथा बृत्तचित्र निर्देशक गणेश पाण्डे, चलचित्र विकाश बोर्डका सदस्य एवम् निर्देशक राजु केसी, निर्माता रौनकबिक्रम कँडेल, भारतबाट चलचित्रकर्मी राहुल बर्मा र बँगलादेशबाट चलचित्रकर्मी महम्मद शाहरियर कमल थिए ।
यस्तै नेपाली कथानक चलचित्र विधामा गोर्खा वारियर उत्कृष्ट चलचित्र बन्न सक्यो भने यही चलचित्रबाट उत्कृष्ट निर्देशकको अवार्ड मिलन चाम्सले र उत्कृष्ट अभिनेताको अवार्ड रितेश चाम्सले जिते । उत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र सरी मम्बाट सरिता लामिछानेले, यही चलचित्रबाट अभिनेता जुरी अवार्ड प्रभात पाल ठकुरीले, संगीतकारको अवार्ड चलचित्र काँडेतारबाट दिपक शर्माले, गायिकाको अवार्ड काँडेतारबाटै सत्यकला राई र गायकको अवार्ड चलचित्र शिरफुलबाट आर्जन पाण्डेले प्राप्त गरे । यस्तै उत्कृष्ट बृत्तचित्र निर्देशकको अवार्ड यसपालीको काँचो बायुबाट भिमा मैनाली र बृत्तचित्र छायाँकारको अवार्ड जर्नी टु गोक्योबाट राजन खरेलले प्राप्त गरे । यस्तै आदिबासी चलचित्र तर्फ उत्कृष्ट अदिबासी चलचित्रको अवार्ड लोजिमाले, यही चलचित्रबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड बिमला लिम्बुले, सह अभिनेताको अवार्ड रुद्र पाहिमले प्राप्त गरे । उत्कृष्ट आदिबासी अभिनेताको अवार्ड चलचित्र सनाखतबाट धिरने शाक्यले हाँसिल गरे । यस्तै जुरी अवार्ड चलचित्र लिम्बु चलचित्र रितले, उत्कृष्ट निर्देशकको अवार्ड रितबाटै दिनेश लिङदेनले प्राप्त गरे । नेपाली चलचित्र , आदिबासी चलचित्र तथा बृत्तचित्रको निर्णायकमा अभिनेता बीरेन्द्र हमाल, पत्रकार प्रदिप कार्की, गायक ओम सुनार, नृत्य निर्देशक कृष्ण रसाल थिए ।
महोत्सबमा लघु चलचित्र तथा सँगीतिक लघु चलचित्रतर्फ उत्कृष्ट लघु चलचित्र निर्देशकको अवार्ड घटेरोबाट पुरुषोत्तम बस्नेतले, लघु चलचित्र अभिनेत्रीको मातृत्वबाट सिर्जना अधिकारीले, उत्कृष्ट पटकथाको अवार्ड लघु चलचित्र धुकधुकीबाट तारा अधिकारीले, उत्कृष्ट छायाँकारको अवार्ड लघु चलचित्र रोटेन ब्लडबाट रविन आचार्यले र उत्कृष्ट लघु सांगीतिक चलचित्र संगीतकारको अवार्ड शँकर थापा ‘स्माईल’ले हाँसिल गरे । यो समुहको निर्णायकमा गायक हिमाल श्रेष्ठ, मोडलद्धय प्रतीक्षा काफ्ले र सजिना लामिछाने थिए ।
रक्षामन्त्री हरिप्रसाद उप्रेतीले महोत्सबको समापन समारोहलाई सम्बोधन गर्दै यो महोत्सबले नेपाल र अफ्रिकालाई चलचित्रको माध्यमबाट जोडेको बताए । उनले यो महोत्सबलाई राज्यबाट सहयोगको लागि आफुले पहल गर्ने प्रतिवद्धता जनाए ।
अग्रज अभिनेत्री बसुन्धरा भुसालले अघिल्लो वर्ष लघु चलचित्र अभिनेत्रीको अवार्ड आफुले जितेको र नेपालको एउटा राम्रो अन्तराष्ट्रिय चलचित्र महोत्सबको रुपमा आफुले यसलाई हेरेको बताए । महोत्सब निर्देशक डब्बु क्षत्रीले महोत्सब अध्यक्ष डा. मञ्जु मिश्रको सपना अनुसार १३ वर्षदेखि यो महोत्सब आयोजना गर्दै आएको जानकारी गराए । अफ्रिकन फिल्मका जुरी प्रमुख गणेश पाण्डे र नेपाली चलचित्रका जुरी प्रमुख बीरेन्द्र हमालले चलचित्र चयनको प्रकृयाबारे प्रकाश पारे । महोत्सबमा बीरेन्द्र हमालको प्रशिक्षणमा तीन दिनसम्म अभिनय प्रशिक्षण लिएर विधार्थीलाई सो समारोहमा प्रमाणपत्र प्रदान गरियो ।
Kathmandu, 18 June | Zezabek Quotes and poem, Philippines has awarded around 100 poets from all across the world with the prestigious "Laurate Award." In recognition to the outstanding contributions on the literature they were gifted with this accolades.
The recipients of this esteemed award are Biswananda Sinha , Aura Barbosa , Andrea Anddrea Enciso Ruiz, mahabubur Rahaman, Saroj Ojha, Dr. Tasneem Ustad, Saroja Krishnamurthy, Pamie Sandhu, Dr. Debabrata Maji, DR. Dipika Bhatt, Purist Jazeblink Dapoet, Nasib Hodzic, Selma Kopic, Ibrahim Abdullahi, Emile Pinet, Gardiner Ighor,Binod Dawadi, Saroj Ojha, Dr. Prafulla Kumar Panda, Christos Dikbasanis, KS K.S. Luwang , Pritha Lahiri, Dr. Pran Kanai Roy Chowdhury, Dr. Ashok Gulshan, Gabriella White and Michelle Shreeve, David Knauss Manorama Sahoo Subudhi, Amar Singh, Lokanath Rath, Sivadas Swami Matam, Krishna Walikar, Napoleon Torres, Joel Abernasor, Ifigenia Metochi, Dr.Prasanna Bhatta, Dr. Alekha Prasad Moharana, Ramesh Chandra Pradhani, Zeke Mark,Kalmoni chebab, Laxmikanta Dash, Mubariz Huseyn Borcali, Colin Skilton, Alicia M Garcia, ,Frieda Norma Dela Cruz, Edna Lago, Anwarul Haque,Ronnie Tucker, Zenobia Paguntalan Abiera, Salaman Simon,Jose Lopez,Somdatta Mitra, Rosie Fielding, Red Der, Marta Lehetova, Kumar Malay, Kasia Dominick Petros K. Veloudas, Andrew Jonathan Daniels, Prasanna Kumar Mohapatra, Rosina osina, Shiv Raj Pradhan, Jun Valerio Bernardo, Moshood Folorunsho Afolabi, Amb. Dr. Gour Gopal Pal, Khalid Sulaimon and Geoffrey Stockton, Dr. Ogomegbunam SuccessJames Nwoye Fali Ndreka, Soulla Orfanidou, Dr. Muhammad Ishaq Abbasi, vishwanath Pandey, Dr. Okechukwu Chidoluo Vitus, Bishnu Prasad Sinha, mahabubur, Amb.Al Ramasamy,,Raj Kumar Swaraswati, Dr. Zainul Husain, N.P. khatiwada, Taro Hokkyo, Rohini Behera, Birendu Kr Sinha, Maria Vittoria Massimo, John Talas Kichinme, Khrisna Lal, Maria Elvira Fernandes Correia, Maria Ciobotariu Maria Helena Pazetto, Dr. Tasneem Ustad, Petros k. Veloudas, Vanita sithi, Babawo yakubu, Vinod Fullee,Manohar Luthra, José Fernando Machado, Moravka, Mladenovic Gordana Andonovska, Sunil Bairagi ,Khalid Boutyb, Jean C Bertrand, Karin JHodson, Badamasi Ismail Chikaji, Sangram Dinde, Yogendra Kumar Sharma ,Ladislav Kolozvary ,Dr. Sajid Hussain, wagas malik, Moamer Alsufiani Balanchandran Nair, Michelle Kim Michele Thomas, Dr. Piyush Raja, David Soh,Monica Miquel Nieto and Peter Klaudo.and Usha N Shrinivaasun , Kripa M Chakma, Prodip Halder ,Agusioma Samson,Linda Edwards, Loi Monroe,Daniel Miltz, Mrunmayee Behera, Fe Rosario v Maximo, Annalyn Gonzales Mercado, Alasinrin Saoban Folaranmi,Iran Maceno Dos Santos, Ajibade Abdulrasheed De Juan DeJuan Jamel O'Halloran, Martin Matin Bangali ,Rita Chugh, Dr. SHAHADEV Behera, Nazmul Huda,Rupali Tiru,Amb Dr. Poet Kayes Sajib ,Abu Sayeed, Shiw Shankar Shaw Dr. Dɾ Piyush Raja ,Raja Rakib ,swarup sanyal and Narayan Maikap, Jibril MUHAMMAD & IBRAHIM Abdullahi.
The distinguished recipients were recognized for their exceptional literary works through creative exploration and presented in honor of their unwavering literature work. The founder of Zezabek Quotes and poem, Philippines, Zezabek MarhMark expressed her profound admiration for the poets. "I am deeply honored to acknowledge these individuals who have dedicated their pen for poetry & literature," she said. MarhMark emphasized the importance of poetry as a powerful medium for social stewardship. "Through their evocative words, these poets awaken our senses to the intricate beauty of our planet’," she said.
After receiving the award poet from Nepal, Saroj Ojha expressed his gratitude for the recognition and pledged to continue using their art to inspire the world.
अल कासिम, साउदी अरेबिया
नेपाली जन-प्रगतिशिल मञ्च साउदी अरबको क्षेत्रिय संगठन विस्तार कार्यक्रम अन्तरगत, अलकासिम बुरेईदा क्षेत्रिय कमिटी, अध्यक्ष सुरेन्द्र तुम्वहाम्फे सहित १५ सदस्यिय कार्यसमिति गठन भयो।
एसिया प्रदेस समिति संयोजक सनिकुमार ओलीको प्रमुख आतिथ्यता, विशिष्ट अतिथी पश्चिम एसिया महासाखा सचिव कमल शाही निर्मल, अतिथिहरु जनप्रगतिशिल मञ्च साउदी अरबका सल्लाहकार सुमन दाहाल, उपाध्यक्ष गंगा गोदार, प्रवक्ता भक्त कार्की, राष्ट्रिय समिति सचिवालय सदस्य एवं हायल क्षेत्र अध्यक्ष वलदेव मश्रङ्दी मगर, सदस्य विसाल तामाङ्, सदस्य नितेस कुवंर राणा, अखिलनेपाल महिला संघ क्रान्तिकारी सुदुर पश्चिम प्रदेस सदस्य एवं डडेल्धुरा जिल्ला सचिव गिता भट्ट, विभिन्न संध संस्थाका प्रतिनिधी, विभिन्न विशिष्ठ व्यक्तित्वहरू, अलकासिम बुरेइदामा कार्यरत नेपाली श्रमिकहरू एवं पत्रकार लगायतको उपस्थिति थियो।
मञ्चका राष्ट्रिय समिति सचिवालय सदस्य एवं हायल क्षेत्र अध्यक्ष वलदेव मश्रङ्दी मगरको स्वागत मन्तव्य, संगै सुरू भएको यस कार्यक्रममा प्रमुख अतिथि सनिकुमार ओलीले सुभकामना सहित प्रशिक्षण पनि प्रदान गर्नुभएको थियो। मञ्चका उपाध्यक्ष गंगा गोदार, पश्चिम एसिया महासाखा सचिव कमल साही निर्मल लगायत अन्य अतिथिहरूले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको अध्यक्षता नेपाल जनप्रगतिशिल मञ्च साउदीका सल्लाहकार एवं पश्चिम एसिया महासाखा सदस्य आर बी. लामा र संचालन मञ्चका राष्ट्रिय महासचिव बासुदेव सापकोटाले गर्नु भएको थियो।