काठमाण्डौ - म्युजिक भिडियो निर्देशकहरुको हक हितका लागि स्थापित नेपाल म्युजिक भिडियो निर्देशक समाजमा नयाँ कार्यसमिति चयन भएको छ । म्युजिक भिडियोकी निर्देशक बबिता श्रेष्ठ मलेकुको अध्यक्षतामा नयाँ कार्यसमिति गत शनिबार निर्विरोध चयन भएको छ ।
म्युजिक भिडियो निर्देशक समाजको काठमाडौंमा सम्पन्न दोश्रो अधिवेशन तथा तेश्रो वार्षिक साधारण सभाबाट अध्यक्षमा दुई वर्षको लागि बबिता श्रेष्ठ मलेकु चयन भईन ।
चलचित्र निर्देशक ऋषी लामिछाने, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी र कानुन व्यबसायी ताराकुमार श्रेष्ठको कमिटिले गराएको निर्वाचनमा प्रथम उपाध्यक्षमा डि आर सुजन, द्धितीय उपाध्यक्षमा जनक सिंह, महासचिवमा दयाराम घिमिरे, सचिवमा प्रविण थापा, कोषाध्यक्षमा छत्रबहादुर श्रेष्ठ (काजिस) र सह कोषाध्यक्षतमा अञ्जन पुडासैनी चयन भएका छन् । १५ जना पदाधिकारी रहेको नयाँ कार्यसमित सदस्यहरुमा सबै निर्विरोध चयन भएका हुन् । नयाँ कार्यसमितिको सदस्यहरुमा क्रमशः जयदत्त भट्ट, खमेश श्रेष्ठ, राजु श्रेष्ठ, देवेन्द्र कुँवर, राजकुमार दर्जी, सुरेन्द्र बसेल, रुद्रबहादुर बुढाथोकी र संगीत सागर बुर्जा रहेका छन् ।
म्युजिक भिडियो निर्देशक विधान कार्कीको अध्यक्षतामा संस्था तीन वर्ष अघि गठन भएको थियो । समाजको तेश्रो साधारण सभाको उद्घाटन शनिबार बिहान नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईले गरेका हुन् । समारोहमा बरिष्ट म्युजिक भिडियो निर्देशक रोशन प्रताप राणालाई समाजका तर्फबाट सम्मानित समेत गरिउको थियो ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्तिष्ठानका उपकुलपति शम्भु राई कार्यक्रमका प्रमुख अतिथि थिए । उपकुलपति राईले संगीतको लागि म्युजिक भिडियो अपरीहार्य भएको बताउँदै म्युजिक भिडियो निर्देशकसँग नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सहकार्य गर्ने पनि जनाए ।
शनिबार दिउँसो बिगठन गरिएको अघिल्लो कार्यसमितिका कार्यवाहक अध्यक्ष देवेन्द्र पाण्डे, महासचिब सुव्रत आचार्य, सहसचिब समन अधिकारी, कार्यसमिति सदस्य गम्भिर बिष्टलगायतले समाजमा आफुहरु रहँदाको कार्य अनुभव सुनाए ।
काठमाडौं, १३ बैशाख । संयुक्त अपाङ्ग एकता आवाज केन्द्रद्वारा बेसहारा बालबालिकालाई आवासीय र शिक्षाको व्यवस्था गर्ने उद्देश्यले श्रीमद् भागवत् ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती महोत्सव, ब्रतबन्ध,गुन्यु चोलो सम्पन्न भएको छ ।
संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा आश्रित रहेका ५८ जना बालबालिकाहरुको लागि राम्रो शिक्षा, स्वास्थ्यको व्यवस्था गर्ने आश्रम सञ्चालनको खर्च जुटाउन बैशाख ६ गते शुरूवात भई बिहिवार एक औपचारिक कार्यक्रम बीच श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ ९सप्ताह० सम्पन्न भएको हो।
संयुक्त अपाङ्ग एकता आवाज केन्द्रका बालबालिकाहरुको सहयोगार्थ आयोजना भएको श्रीमद्भागवत ज्ञानमहायज्ञ, पितृमोक्षका साथै संस्थामा आश्रित १० जना बटुकहरुको ब्रतबन्ध र ६ जना कन्याहरुलाईं सामुहिक गुन्यु चोली प्रदान गरिएको अध्यक्ष तिलबहादुर कार्कीले जानकारी दिनुभयो ।
महायज्ञको औपचारिक समापनमा मुल आयोजक समितीका संयोजक हरि कुमार भण्डारीले महायज्ञ सम्पन्न गर्नको लागि सहयोग गर्ने दाता लगाएत कार्यक्रमको गरिमा बढाउन सहभागि भएका बिभिन्न संघ सस्थाका प्रतिनिधि प्रति धन्यवाद पनि ज्ञापन गरेका छन ।
आगामी दिनमा पनि अनाथ बालबालिकाको लागि सबैलाइ सकेको सहयोग गर्न समेत भण्डारीले अपिल गरेका छन ।
प्रमुख कथा वाचक पं चन्द्रकान्त काफ्ले ,उप वाचक हिमलाल काफ्ले र बालकृष्ण न्यौपानेको अत्यन्त राम्रो प्रस्तुती रहेको थियो।
यज्ञमा कलाकार सरोज ढकाल,सुजन लामा, विकाश थापा, पद्म क्षेत्री लगायतको टोलीले अत्याधुनिक वाद्यबाधनसहित सबैलार्इ मोहित तुल्याउनु भएको थियो।
काठमाण्डौ – परिवर्तन नेपाल र निशा घिमिरे स्मृति कोषले राजधानीमा संयुक्त रुपमा सम्मान तथा पुरस्कार कार्यक्रमको आयोजना गरेको छ ।
परिवर्तन नेपालद्धारा स्थापित चेतन कार्की स्मृति पुरस्कार तथा निशा घिमिरे स्मृतिकोष द्धारा स्थापित निशा घिमिरे स्मृति पुरस्कार क्रमश बरिष्ठ चलचित्र निर्देशक दयाराम दाहाललाई निशा घिमिरे स्मृति सम्मान, बरिष्ठ चलचित्र निर्देशक आकाश अधिकारीलाई नगद रु १५ हजार सहित चेतन कार्की स्मृति पुरस्कार प्रदान गरिएको थियो ।
सोही समारोहमा नायिका तथा मोडल अनु शाहलाई नगद रु २० हजार सहित निशा घिमिरे स्मृति पुरस्कार प्रदान गरिएको थियो भने सोही समारोहमा निशा घिमिरे स्मृति प्रतिभा पुरस्कारबाट मोडल तथा गायिका बबिता ढकाललाई नगद रु २० हजार सहित पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै संचारकर्मी गीता अधिकारीलाई नगद रु १० हजार सहित निशा घिमिरे स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । बरिष्ठ कलाकार भुवन चन्द, बसुन्धरा भुषाल, चैत्य देवी, मिथिला शर्मा, शर्मिला मल्ल, सपना श्रेष्ठ, नेपालको पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ, निर्देशक तथा कलाकार दिपाश्री निरौला, निशा घिमिरे स्मृति कोषका अध्यक्ष दुर्गानाथ दाहाल एवम् परिवर्तन नेपालका केन्द्रिय अध्यक्ष तथा बरिष्ठ चलचित्र लेखक तथा निर्देशक मोहन निरौला लगायतले शो पुरस्कार प्रदान गरेका हुन् ।
चेतन कार्की स्मृति पुरस्कार पाए पछि निर्देशक आकाश अधिकारीले आफ्नो जीवनमा पहिलो पटक नगद राशी सहित पुरस्कार प्रदान गरिएकोमा परिवर्तन नेपाललाई धन्यबाद दिएका छन् । अधिकारीलाई नेपाली चलचित्र क्षेत्रलाई उद्योगको रुपमा स्थापित गर्नको लागी खेलेको भुमिकाको लागी यो पुरस्कार प्रदान गरिएको थियो । बिशिष्ठ चलचित्र लेखक तथा निर्देशक मोहन निरौलाले आफ्ना गुरुको नाममा चेतन कार्की स्मृति पुरस्कार राखेका हुन् ।
कार्यक्रममा दयाराम दाहालले आफुले प्राप्त गरेको सम्मानको लागी आयोजकलाई धन्यबाद दिँदै सरकारले कलाकर्मी एवम् चलचित्रकर्मीहरुको हितको लागी सामाजिक सुरक्षा कोषको निर्माण गर्नुपर्नेमा जोड दिए । दाहालले चलचित्र विकाश बोर्डको अध्यक्ष रहँदा नै सामाजिक सुरक्षा कोषको लागी पहल कदमीको थालनी गरेका थिए । कार्यक्रममा अभिनेत्री अनु शाहले आफुले यो पुरस्कार ग्रहण गर्दा आफु निक्कै भावुक भएको र अभिनेत्री तथा मोडल निशा घिमिरेलाई सम्झिएको बताईन् ।
कार्यक्रममा बिशिष्ठ अभिनेत्री मिथिला शर्माले बिशिष्ठ चलचित्र निर्देशक स्व. चेतन कार्कीको योगदानको चर्चा गर्दै भनिन्“ कला साहित्य संस्कृति एवम् चलचित्र क्षेत्रको विकासको लागी उच्च योगदान दिएका एक धरोहर हुन् स्व. चेतन कार्की तर राज्यले उनको योगदानको कतै पनि कदर नगरेको देख्दा आफुलाई निक्कै दुःख लागेको छ, तर परिवर्तन नेपालले चेतन कार्कीको स्मृतिमा पुरस्कारको स्थापना गरी वहाँको योगदानलाई स्मरण गरेकोमा धन्यबाद दिन चाहान्छु” अभिनेत्री शर्माले स्व. कार्की संग चार दशक भन्दा अगाडीबाट विभिन्न चलचित्र तथा गीत संगीत क्षेत्रमा काम गरेकी थिईन् ।
चलचित्र निर्देशक एवम् परिवर्तन नेपालका मानार्थ सदस्य माधव राज खरेलले संचालन गरेको उक्त कार्यक्रममा धन्यबाद ज्ञापन गर्दै परिवर्तन नेपालका केन्द्रिय अध्यक्ष एवम् बिशिष्ठ चलचित्र लेखक तथा निर्देशक मोहन निरौलाले स्व. चेतन कार्कीको योगदानको चर्चा गर्दै त्यस्ता माहान व्यक्तिको नाममा पुरस्कार स्थापना गर्न पाउँदा आफुलाई खुशी लागेको बताए ।
नव जिवन परोवपकारी समाज एवम् निशा घिमिरे स्मृति कोषका अध्यक्ष दुर्गानाथ दाहालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम नेपाली चलचित्र क्षेत्रका सिद्धहस्त कलाकार, निर्देशक एवम् संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
काठमाण्डौ – नेपाल चलचित्र तथा कलाकार संघले आगामी असार १८ गते फान अवार्डको तेश्रो संस्करण गर्ने भएको छ । संघका महासचिव तथा अवार्ड समितिका संयोजक सविन श्रेष्ठद्धारा प्रकाशित विज्ञप्तिमा विगतमा देशमा उत्पन्न विभिन्न प्राकृतिक विपत्ति, कोरोना महामारि जस्ता विविध कारणले स्थगित हुदै आएको अवार्ड अव आगामि दिनहरुमा निरन्तर गर्दै जाने बताएका छन् ।
साथै सचिव श्रेष्ठले भनेका छन् “विश्वव्यापी महामारी र अन्य मुद्दाहरू सहित अप्रत्याशित परिस्थितिहरूले यस अवार्डलाई अस्थायी रूपमा रोक्न बाध्य तुल्यायो । नयाँ उद्देश्य र दृढ संकल्पका साथ बर्तमान कार्य समितिले तेस्रो फान अवार्ड समारोहको लागि तयारी गरिरहेको छ । यो भव्य कार्यक्रमले उत्कृष्टताको उत्सव, नेपाली चलचित्र , चलचित्रकर्मी, कलाकारहरूको अथक प्रयासलाई उच्च मूल्यांकन र नेपाली मनोरञ्जन उद्योगको अदम्य भावनाको प्रमाण दिने हाम्रो बिश्वास रहेको छ ।”
वि सं २०७२ र २०७४मा जम्मा दुई पटक मात्रै आयोजना भएको यो अवार्ड त्यस यता रोकिएको थियो । सचिव श्रेष्ठकै संयोजकत्वमा उक्त कार्यक्रमको भव्य तयारी भईरहेको र यसलाई अझ मर्यादित बनाउनमा सम्पुर्ण चलचित्र कलाकार संघ तिब्रगतिमा लागिरहेको नेपाल चलचित्र कलाकारसंघका अध्यक्ष मोहन निरौलाले बताएका छन् ।
काठमाण्डौ– जेठ १० गते रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक गरिएको छ । ओएसआर डिजिटल सार्वजनिक गरिएको गीतमा मगर जातीको कौडा नृत्यलाई देखाइएको छ । हर्क साउँदको शब्द रहेको उक्त गीतमा शान्तिश्री परियार र प्रकाश सपुतको स्वर तथा संगीत सुवास भुषालको रहेको छ भने यसका कोरियोग्राफि शिशिर खातीले गरेका छन् । कास्कीको जिल्लाको धम्पुसमा छायाङ्कन गरिएको यसको भिडियोमा पृष्ठभुमिमा माछापुच्छ्रे हिमालको रमणीय दृश्यहरु देख्न सकिन्छ ।
गीतको भिडियोमा तिन जना सुपरहरु स्टारहरु, आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह का साथमा अञ्जना बराइली र परीक्षा लिम्बुको नृत्य देख्नसकिन्छ ।
‘पुजार सार्की’लाई दिनेश राउतले निर्देशन गरेका छन् । निर्देशक राउतले यो चलचित्रलाई समीक्षात्मक तथा व्यावसायिक दुवै हिसाबले उत्कृष्ट बनाउने आफ्नो प्रयास रहेको बताएका छन् । ‘प्रसाद’, ‘क्लासिक’, ‘नोभेम्बर रेन’, ‘प्रकाश’ लगायतका सफल चलचित्रका निर्देशक राउतले हालसम्म दर्शकलाई निराश बनाएका छैनन् । यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन् । यसअघि विकास र दिनेशले चलचित्र ‘प्रकाश’मा सहकार्य गरेका थिए ।
मल्टिस्टारहरुका साथमा यस चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय रहेको छ । चलचित्रलाई सुवास भुसालले निर्माण गरेका हुन् । किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्रमा निर्माता भुसालले नै सङ्गीत तयार गरेका छन् । बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले पनि यस चलचित्रका गीतहरुमा शब्द रचना गरेका छन् भने केतन क्षेत्री, देबेन्द बराल र मुना थटालले पनि चलचित्रका गीतहरुमा स्वर दिएका छन् ।
राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्र्की’मा भरत रेग्मीको सम्पादन, सुप्रिम पराजुलीको कलर ग्रेडिङ र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।
काठमाडौं- चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुपद्वारा आयोजना गरिएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको चौथो संस्करणका लागि आवदेन दिएका गीत सङ्गीतका विविध विधामा उत्कृष्ट पाँच सार्वजनिक गरिएको हो । ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको चौथो संस्करणका अवार्डका लागि आवेदन आव्हान गरिएको थियो ।
यही वैशाख २५ गते मंगलबार काठमाडौंमा एक विशेष समारोहबीच उत्कृष्ट पाँच मध्ये सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिने अवार्ड संयोजक गीता अधिकारीले जानकारी गराउनुभयो । अवार्डमा राष्ट्रिय भावका गीतसँगै आधुनिक, पप, लोकदोहोरी र भजन गीतलाई समावेश गरिएको छ ।
अवार्ड समारोहमा नेपाली गीतसङ्गीतको क्षेत्रमा योगदान पुर्याउनुभएका एक जना विशिष्ट व्यक्तिलाई दीर्घ साधना सम्मान प्रदान गरिने साथै गीत सङ्गीतको क्षेत्रमा विशिष्ठ योगदान पुर्याउने सङ्गीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने अवार्डका अध्यक्ष गणेश सुवेदीले जानकारी गराउनुभयो ।
यसअघि दीर्घ साधाना सम्मन बरिष्ठ सङगीतकार राजु सिंह, गुरुदेव कामद र वरिष्ठ गायिका तथा सङ्कलक चन्द्रकला शाहलार्ई प्रदान गरिएको थियो ।
यस्तो छ उत्कृष्टको सूची
१) भजन
ज्ञानेन्द्र गदाल- कृष्ण कन्हैया
नित्या शिवा/राजन श्रेष्ठ- काल भैरव
शैलेन्द्र मुडभरी- यो संसार हाम्रो घर होइन
गोविन्द भण्डारी- सज्जन हो
हरि उप्रेती- गुरू
२) राष्ट्रिय गीत
ज्ञानप्रसाद भट्टराई- माटोको माया
कमल अधिकारी- मुटुभित्र देश
गोपालप्रसाद थपलीया- देशको माया
पूजन मिश्र- मुटुभित्र देश
दिपक लिम्बु/राजन श्रेष्ठ- देशले माग्दैन
३) आधुनिक गीतकार पुरुष
रोहित घिमिरे- तिम्रो अंगालोमा
अमर वान्तु- क्यानाम
दीपेन्द्र अधिकारी- जीवनको रेल
सत्यराज एसआरसी- सँगसँगै
प्रकाश सुवेदी- फूल राम्रो सूर्यमुखी
४) आधुनिक गीतकार महिला
अम्बिका गुरुङ- के भो के भो
रिमा श्रेष्ठ- अधुरो सपना
पद्मा लिंखा मगर- मन्द मन्द
प्रतिमा गुरुङ- आमा बाबा
सविता पोख्रेल- एक चिम्टि सिन्दूर
५) सङ्गीतकार आधुनिक
महेश्वर पन्त- ज्युदो देवता
सरोज कोइराला- एक चिम्टी सिन्दुर
रामकुमार रिमाल- पराइकी रानी
दीपक शर्मा- धर्तीमाथि जुन
अमर तुम्वापो सुब्बा- अधुरो सपना
६) सङ्गीत संयोजन आधुनिक
देवश राई- लुकी लुकी हेर्छु सधै
योगेशकाजी शाह- जोवन काटौला
राजु कार्की- भन आज
जीवन बडु- गन्धर्व वाहुन
बलराम राजबंशी- माया हाम्रो
७) आधुनिक गायक
प्रमोद खरेल- जाली माया
ज्युदो देवता- प्रविण बेडवाल
हेमन्त शिशिर- मेरो लागि तिमी
ध्रुव विश्को- तिमी र म
मदन सेञ्चुरी- लुकी लुकी हेर्छु सधै
८) आधुनिक गायिका
रिता केसी- आधि रात
समिक्षा अधिकारी- जीवनको रेल
मिना नेपाली- मनमा के छ
अस्मिता अधिकारी- तिम्रो अङ्गालोमा
निता आचार्य- जिन्दगी त सँगै जिउने हो
९) आधुनिक युगल गायन
सहिमा श्रेष्ठ/मोहन श्रेष्ठ- अरे क्यानाम
हरि गिरी विमर्शी/सुजाता केसी- पाइएन ओखती
अस्मिता अधिकारी/राम सिंह- जाउ कतै
निमा शेर्पा/सुरक्षा सेञ्चुरी- भन आज
रमेश पाठक/रचना रिमाल- मायाकै पिर
१०) आधुनिक गीत निर्देशक
सोनाम पार्खिन- अधुरो सपना २
कमल याक्चै मगर- यादहरू
आदित्य बुढाथोकी- धरहरामा बस्यो माया जाल
कृष्ण रसाल- ओई लभ्ली
दीपेन्द्र तिमिल्सिना- मेरो क्रस
११) आधुनिक गीत मोडल पुरुष
सागर खनाल- प्रेम रोगी
रोशन श्रेष्ठ- ओई लभ्ली
विराज बास्कोटा- तक्दीर
कमल सिंह- जाली माया
राज टाइगर- धरहरामा बस्यो माया जाल
१२) आधुनिक गीत मोडल महिला
कुशुम शर्मा- जाली माया
सुजल बम- दोधारमा छु
सरस्वती खत्री- तिमीलाई ज्यान दिन्छु
सोफी धरेल- जिन्दगी त सँगसँगै जिउने हो
अश्विनी शाही- पराइकी रानी
१३) ध्वनी मिश्रण
कुमार केसी- यही कतै
नरेन्द्र वियोगी- कृष्णजी कि राधा
किशोर थापा- पूर्णीमा
जीवन बडू- डम्बर कुमारी
भोला पौडेल- देश छोडनेको लर्को
१४) छायांकार
अजय रेग्मी- तिमीलाई ज्यान दिन्छु
गंगाराम राई- सल्लेरी वनमा
नवराज उप्रेती- अरे क्यानाम
दीपक गिरी- मन्द मन्द
महेश महरा- झल्लारी रुमाल
१५) सम्पादक
विकाश ज्ञवाली- पाइएन ओखती
दिन्शन शाह- कृष्णजीकी राधा
रोशन धिताल- बुट्टे चोली
अमृत चापागाईं- गरीदेउ विदा
प्रमे शर्मा पौडेल- कस्ले सक्छ र…
१६) गजल
डा. कृष्णहरि वराल- अचानक
कृष्णदेवी शर्मा श्रेष्ठ- म बाँचेर के भो
परे म मर्छु भोकले- घनेन्द्र ओझा
शान्ति शर्मा- ढुकढुकी बसाई सर्दै छ
सहदेव चौधरी- चोखो माया
१७) लोकपप
गणेश थापा- आँखा जुध्न थाल्यो
सुरज श्रेष्ठ- बेनी बजारमा
सौगातजंग थापा- तिम्रै बन्नु छ
सुरेन गौतम- सल्लेरी पाखाहरू
प्रविशा अधिकारी- यही कतै
१८) आधुनिक नव गायक
हर्क गहतराज- तिम्रै मनमा फूलीसके
रमेश किशोर ढकाल- तिमी नभए
सुवाषकुमार मण्डल- हर स्वासमा अडकिन्छौ
आराध्यनाथ प्याकुरेल- सबै हासी खुशी
स्याडरोज- अदृश्य माया
१९) आधुनिक नव गीतकार
प्रेम संगम- तिमी त दुस्मन
गणेश घिमिरे- देवता भाकी
सन्त दराई- पछ्यौरी
कृश भण्डारी- चोटमाथि चोट
शुमन शर्मा मजगैंया- नजिकसर के
२०) नव मोडल महिला
अञ्जु अधिकारी- भिरको बाटो
हेमा सापकोटा- लाल कुर्ती
श्रृजना चौधरी- तोरा बिन
एलिना थपलिया- तक्दीर
सपना क्षेत्री- तिम्रै मनमा फूलिसके
२१) लोक तथा दोहोरी गायक
अलिफ खान- एैना र काइँयो
मदनकुमार थापा- रोजी छाडे
विर्ख विश्वकर्मा- पावर देखाइदिम
चेतबहादुर बुढाथोकी- रेलको बाटो
वसन्त थापा- चुम्मा चपक्कै
२२) लोक तथा दोहोरी गायिका
विष्णुमाझी- डम्बर कुमारी
विना भट्टराई- पूर्णीमा
एैना र काइँयो- काव्य आचार्य
प्रमिला पुन- बुट्टे चोली
सुमी पराजुली- चुम्मा चपक्कै
२३) लोक तथा दोहोरी शब्द
मीन गुरुङ- पूर्णीमा
सागर रेग्मी- अनाथ
कृष्णभारद्वाज- डम्बरकुमारी
रविन्द्र लामिछाने- एैना र काइयो
सुरेश शाही- निरमाया
२४) लोक तथा दोहोरी लय
मदन नेपाली (सुफिक्स)- लाग्छ माया लाग्दैन
चेतबहादुर बुढाथोकी- कमला
गोविन्द दुलाल- पाँचखाल माला
विवेक अर्याल- ए सानु त्यसै रिसाउली
वसन्ती सुनार- पावर देखाइदिउ
२५) लोक तथा दोहोरी गीत निर्देशन
मौसम हिमाली- लुकी लुकी
विनोद भण्डारी- त्यो मन रुन्छ रुन्न खै
डिबी खडका- घाम जस्तो चम्किलो
जनक सिंह- गरिदेउ विदा
निशान बानियाँ- आशु विक्ने शहर छैन्
२६) लोक तथा दोहोरी मोडल पुरुष
पुष्प खडका- कृष्णजीकी राधा
सागर लम्साल- पिरैले सुकाउछ ज्यान
पल शाह- नजर लाग्ला नि
ओवी रायमाझी- कट्टा हानिदिन्छु
लोमश शर्मा- गोर्खो खुकुरी
२७) लोक तथा दोहोरी मोडल महिला
गरिमा शर्मा- चुम्मा चप्पकै
एन जेड शालु- लुकी लुकी
शिला गजुरेल- चाचरी
रुविना अधिकारी- नजर लाग्ला नि
स्मारिका ढकाल- गरिदेउ विदा
२८) टेलिचलचित्र
सरिता राजोपाध्याय- बुहारी
रश्मी पाण्डे माकुरी- सक्किगोनी
गीता थापा- भुन्टी
शुशिला निरौला (विमली)- उल्टो सुल्टो
मलैका वस्नेत- टुल्के दाई
२९) शृङ्गार
विमला तामाङ- कट्टा हानिदिन्छु
विक्रम गौतम- भगवान कसम
सञ्जु ढंकाल- अतितका यादहरू
निर्मला आचार्य- कुरै नसुन्ने
यमुना पाण्डे- झाल्लरी रुमाल
काठमाडौं – राजेन्द्र पुरीको सञ्योजनमा नयाँ वर्ष साँझ सम्पन्न भएको छ । राष्ट्रिय लोक सांस्कृतिक संघको आयोजनामा यूएईको आब्रा बरदुबईको ब्लुप्यालेस होटलमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान तथा सांस्कृतिक साँझ कार्यक्रमका साथै अवार्ड सिरोमनि सहित रहेको कार्यक्रमका सञ्योजक राजेन्द्र पुरी हुन ।
काभ्रे सेवा समाजका अध्यक्ष गोबिन्द पन्तको सभापतित्व भएको कार्यक्रम विगत चार दशक देखि यूएईमा रहेर समाजसेवामा सकृय नेपाली समाजका संस्थापक उपाध्यक्ष चन्द्रप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली समाज यूएईका अध्यक्ष वेदप्रसाद अर्याल, दोलखाली समाजका अध्यक्ष सुनिलराज श्रेष्ठ, नुवाकोट सेवा समाज यूएईका अध्यक्ष नविन कार्की विशिष्ट अतिथिको रुपमा यपस्थिति जनाउनु भएको थियो ।
कार्यक्रममा नेपालबाट गएका कलाकारहरु र प्रवासमा रहेका प्रवासी कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुति रहेको कार्यक्रममा अवार्ड र सम्मान पाउनु हुनेहरुमा, सर्बोत्कृष्ट लोक दोहोरी गायिका रिया घले, लोक दोहोरी मोडेल कृष्ण सापकोटा, आधुनिक मोडेल सबिना कार्की, काठे भाका गायिका मिरा गिरी, काठे भाका गायक समीर आचार्य, नब मोडेल अमिरा कार्की, लोक दोहोरी शब्द सुनिल परियार ‘सागर’, लोक दोहोरी मोडेल अस्मिता राना, टेलि चलचित्र कलाकार कुल बहादुर ओलि, काठे मोडेल पबित्रा काफ्ले, प्रत्यक्ष लाईभ दोहोरी गायिका सुष्मा शाही ठकुरी रहनु भएको थियो भने श्रष्टा सम्मानबाट सम्मानित कलाकारहरुमा पुर्णिमा घिसिङ, सबुज मगर, निरा तामाङलाई प्रदान गरिएको थियो ।
मध्यपूर्वको पहिलो महिला डबल–डेकर दुई तल्ले बस चालक शान्ति भण्डारीलाई दोसल्ला ओढाएर सम्मान गरिएको कार्यक्रमलाई लोक दोहोरी गायक अमृत खातीले सहजिकरण गर्नु भएको थियो ।
काठमाडौं - नेपालमै अब अन्तर्राष्ट्रिय स्तरको व्यायाम प्रशिक्षक ९जिम ट्रेनर० प्रशिक्षण सुरु भएको छ । कमपोखरीस्थित क्लासिक फिटनेश एकेडेमी नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको जिम ट्रेनर प्रशिक्षण सुरु गरेको हो ।
क्लासिकले अमेरिकन काउन्सिल एक्सरसाईज (एसीई)को सम्बन्धनमा जिम ट्रेनर प्रशिक्षण सुरु गरेको हो । एसीईबाट सम्बन्धन लिएर जिम प्रशिक्षक ट्रेनिङ (क्लास) सुरु गरेको क्लासिक फिटनेश एकेडेमीका प्रबन्ध निर्देशक रोजल शाहीले जानकारी दिए ।
नेपालमा प्रशस्त जिम सेन्टरहरु खोलिएका छन् र खोलिने क्रममा छ । तैपनि भनेजस्तो दक्ष जिम ट्रेनर नभएको अवस्थालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय स्तरको जिम ट्रेनर प्रशिक्षण सुरु गरेको प्रबन्ध निर्देशक शाहीको भनाइ छ ।
‘पछिल्लो समय शारीरिक स्वास्थ्यता र आफूलाई फिट एण्ड राइट राख्नका लागि जिम गर्नेहरुको जमात बढ्दै गएको छ’, निर्देशक शाहीले भने, ‘थुप्रै जिम सेन्टरहरु पनि खुलेका छन् । तर, आवश्यक दक्ष ट्रेनरहरु पाउने अवस्था छैन । त्यसैले अन्तराष्ट्रिय स्तरको जिम ट्रेनर उत्पादन गर्ने हाम्रो लक्ष्य हो ।’
अन्तर्राष्ट्रिय स्तरको जिम ट्रेनरको सर्टिफिकेट प्राप्त गरेपछि जिम तथा फिटनेश सेन्टरहरुमा आकर्षक रोजगारी पाउने क्लासिक एकेडेमीको विश्वास छ । निर्देशक शाहीले भने, ‘जिम ट्रेनर प्रशिक्षण जिम सेन्टरमा पनि रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने अर्को उद्देश्य पनि हो ।’
जिम ट्रेनर प्रशिक्षकले एसीईलगायत पाँच किसिमका अन्तर्राष्ट्रिय स्तरको प्रमाणपत्र पाउनेछन् । प्रबन्ध निर्देशक शाहीका अनुसार जिम ट्रनेर प्रशिक्षण लिएपछि ती व्यक्तिले एसीई सर्टिफिकेटका अलावा पर्सनल ट्रेनर सर्टिफिकेट (लेवल–४), ईआरईपीएस ९मेम्बर्स सर्टिफिकेट–लेवल ४, एसपीईएफएल–एससी सर्टिफिकेट लेवल ४ र सीपीआर जस्ता अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त सटिफिकेट पाउने छन् ।
ईआरईपीएस फिटनेशका लागि युरोपभरी मान्यता प्राप्त छ । अन्य सर्टिफिकेटहरु पनि भारत, अमेरिकालगायतमा मान्यता प्राप्त हुन् । हाल जिम ट्रेनरको क्लास भइरहेको छ । तर, औपचारिकरुपमा भने बैशाख १७ गतेदेखि मात्र सुरु हुने क्लासिक फिटनेश एकेडेमीले जनाएको छ । जिम ट्रेनर तीनमहिने प्रशिक्षण हुनेछ ।
काठमाण्डौ – नेपाल चलचित्र तथा कलाकार संघले आगामी असार १८ गते फान अवार्डको गर्ने भएको छ । संघका महासचिव तथा अवार्ड समितिका संयोजक सविन श्रेष्ठद्धारा प्रकाशित विज्ञप्तिमा विगतमा देशमा उत्पन्न विभिन्न प्राकृतिक विपत्ति, कोरोना महामारि जस्ता विविध कारणले स्थगित हुदै आएको अवार्ड कार्यक्रमले अव आगामि दिनहरुमा निरन्तर गर्दै जाने बताएका छन् ।
साथै सचिव श्रेष्ठले भनेका छन् “विश्वव्यापी महामारी र अन्य मुद्दाहरू सहित अप्रत्याशित परिस्थितिहरूल फान पुरस्कार लाई यो पुरस्कार अस्थायी रूपमा रोक्न बाध्य तुल्यायो । नयाँ उद्देश्य र दृढ संकल्पका साथ बर्तमान कार्य समितिले तेस्रो फान पुरस्कार समारोहको लागि तयारी गरिरहेको छ । यो भव्य कार्यक्रमले उत्कृष्टताको उत्सव, नेपाली चलचित्र , चलचित्रकर्मी, कलाकारहरूको अथक प्रयासलाई उच्च मूल्यांकन र नेपाली मनोरञ्जन उद्योगको अदम्य भावनाको प्रमाण दिने हाम्रो बिश्वास रहेको छ ।”
वि सं २०७२ र २०७४मा जम्मा दुई पटक मात्रै आयोजना भएको यो अवार्ड त्यस यता रोकिएको थियो । सचिव श्रेष्ठकै संयोजकत्वमा उक्त कार्यक्रमको भव्य तयारी भईरहेको र यसलाई अझ मर्यादित बनाउनमा सम्पुर्ण चलचित्र कलाकार संघ तिब्रगतिमा लागिरहेको नेपाल चलचित्र कलाकारसंघका अध्यक्ष मोहन निरौलाले बताएका छन् ।
काठमाण्डौ– जेठ १० गते रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक गरिएको छ । ओएसआर डिजिटल सार्वजनिक गरिएको गीतमा मगर जातीको कौडा नृत्यलाई देखाइएको छ । हर्क साउँदको शब्द रहेको उक्त गीतमा शान्तिश्री परियार र प्रकाश सपुतको स्वर तथा संगीत सुवास भुषालको रहेको छ भने यसका कोरियोग्राफि शिशिर खातीले गरेका छन् । कास्कीको जिल्लाको धम्पुसमा छायाङ्कन गरिएको यसको भिडियोमा पृष्ठभुमिमा माछापुच्छ्रे हिमालको रमणीय दृश्यहरु देख्न सकिन्छ ।
गीतको भिडियोमा तिन जना सुपरहरु स्टारहरुको आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह का साथमा अञ्जना बराइली र परीक्षा लिम्बुको नृत्य देख्नसकिन्छ
‘पुजार सार्की’लाई दिनेश राउतले निर्देशन गरेका छन् । निर्देशक राउतले यो चलचित्रलाई समीक्षात्मक तथा व्यावसायिक दुवै हिसाबले उत्कृष्ट बनाउने आफ्नो प्रयास रहेको बताएका छन् । ‘प्रसाद’, ‘क्लासिक’, ‘नोभेम्बर रेन’, ‘प्रकाश’ लगायतका सफल चलचित्रका निर्देशक राउतले हालसम्म दर्शकलाई निराश बनाएका छैनन् । यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन् । यसअघि विकास र दिनेशले चलचित्र ‘प्रकाश’मा सहकार्य गरेका थिए ।
मल्टिस्टारहरुका साथमा यस चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय रहेको छ ।
चलचित्रलाई सुवास भुसालले निर्माण गरेका हुन् । किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्रमा निर्माता भुसालले नै सङ्गीत तयार गरेका छन् । बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले पनि यस चलचित्रका गीतहरुमा शब्द रचना गरेका छन् भने केतन क्षेत्री, देबेन्द बराल र मुना थटालले पनि चलचित्रका गीतहरुमा स्वर दिएका छन् ।
राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्र्की’मा भरत रेग्मीको सम्पादन, सुप्रिम पराजुलीको कलर ग्रेडिङ र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।