generalnews
||Power News Asia||

आजको समाचार

चर्को आलोचनापछि काशीभञ्ज्याङ्मामा हावाले च्यातिएको राष्ट्रिय झण्डा फेरियो

समाचार


काभ्रेपलाञ्चोक– बनेपा नगरपालिका वडा नं. ३ काशी भञ्ज्याङ् पिकनिक स्पोर्ट्समा राखिएको नेपालको राष्ट्रिय झण्डा फेरिएको छ । लामो समय सम्म हावाले च्यातिएको नेपालको राष्ट्रिय झण्डा नफेरिएको भन्दै चर्को आलोचना भइरहेको थियो । सोमबार आर्शु स्मृति प्रतिष्ठिनका अध्यक्ष रुपेश काफ्ले र काभ्रे प्रेसको अरबिन्द्र गौतमले हावाले च्यातिएको राष्ट्रिय झण्डालाई फेरेका हुन् ।

च्यातिएको झण्डालाई नफेरेको भन्दै बनेपा नगरपालिकाल वडा नं. ३ लगायत सरोकारवाला निकायको आलोचना भएको थियो। स्थानीय जनप्रतिनिधि, सम्बन्धित निकाय, युवा नेताहरु, व्यवसायीहरु, समाजसेवीहरु र अभियान्तले नसके आफूहरुले झण्डा फेर्ने भन्दै काभ्रे प्रेसका अरबिन्द्र गौतमले बताएका थिए ।

सोही अनुसार काभ्रे प्रेस र आर्शु स्मृति प्रतिष्ठिनले आज च्यातिएको झण्डा फेरिदिएको छ । प्रतिष्ठिनले यो भन्दा अगाडि पनि बनेपा चार दोबाटोमा चार वटा नै राष्ट्रिय झण्डा फेरेको थियो । अनेरास्ववियु काभ्रेले पनि सम्बन्धित निकायको यसमा ध्यानाकर्षण गरेको थियो । तर झण्डा नितान्त एउटा समाजसेवामा अनवरत रुपमा लाग्ने आर्शु स्मृति प्रतिष्ठिन र काभ्रे प्रेसले फेरि दिएको हो।

११ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कष्ट पाँचको मनोनयन सार्वजनिक

समाचार


काठमाडौं -११ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचभित्र पर्न सफल स्रष्टा र सिर्जनाको मनोनयन सार्वजनिक गरिएको छ । प्रतिक्षित रुपमा हेरिएको म्यूजिक खबर म्यूजिक अवार्ड ११ औं संस्करण विभिन्न ३९ विधामा आयोजना गरिन लागिएको हो । विगत ११ वर्षदेखि निरन्तर हुँदै आइरहेको यो अवार्ड म्यूजिक क्षेत्रकै विशिष्ट अवार्डमा रुपमा लिइने गरिन्छ । राष्ट्रिय भाव, पप, लोकदोहोरी, चलचित्र र आधुनिक विधाका विभिन्न स्रष्टा, सिर्जना, प्राविधिकहरुलाई समावेश गरेर अवार्ड आयोजना गरिँदै आइएको छ ।
म्यूजिक खबरको प्रस्तुतिमा रहेको यस अवार्डको आयोजना शुभकामना मिडिया सोलुसनले गरेको हो । गीतसंगीतको क्षेत्रमा सामाजिक कार्य गर्ने उद्देश्यका साथ स्थापित भएको म्यूजिक खबर फाउन्डेसनको सहकार्यमा भएको यस अवार्डको अन्तिम कार्यक्रम आगामी बैशाखको अन्तिममा आयोजना गरिनेछ । अवार्डमा दीर्घ साधना सम्मान, दशकको सम्मान, युवा प्रतिभा सम्मान, बाल प्रतिभा सम्मान र कला पत्रकारिता सम्मानसमेत प्रदान गरिँदै आइएको छ ।
उत्कृष्ट पाँचभित्र पर्न सफल स्रष्टा र सिर्जनाको मनोनयन निम्नानुसार रहेको छ ।

सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत
१. प्रकृतिलाई -डा.आश बहादुर तामाङ
२. राष्ट्रिय एकताको प्रतीक -बाबुराम श्रेष्ठ
३. सगरमाथा जस्तै -पुरुषोत्तम सानु
४. एक मुठी सास -उमेश लम्साल
५. देश छोड्नेको लर्को -डा.नवि अधिकारी

सर्वोत्कृष्ट पप/लोकपप गीतकार
१. मोहित मर्दन थापा- विहानी पख चरीले
२. लेखु सहयात्री -मायाको सुगन्ध
३. विपिन आचार्य -पाइजनवाला ठुम्का
४. पुरुषोत्तम सानु -ढुङ्गा कुँदेर
५. श्याम महर्जन -आकाशमा

सर्वोत्कृष्ट पप/लोकपप संगीतकार
१. सौगात जंग थापा -माया बराबरी
२. रमेशराज भट्टराई -मेरो क्रस हौ तिमी
३. वीपी वाग्ले -मेरो माया तिमीलाई
४. लेखु सहयात्री -माया र मोह
५. विपिन आचार्य -पाइजन वाला ठुम्का

सर्वोत्कृष्ट पप/लोकपप गायक
१. चेतन राई -तिमी धून बन
२. रमेशराज भट्टराई -मेरो क्रस हौ तिमी
३. भद्र वली -मेरो माया तिमीलाई
४. नविन के भट्टराई -आगो सल्किन्छ
५. सौगात जंग थापा -माया बराबरी

सर्वोत्कृष्ट पप/लोकपप गायिका
१. माण्डवी त्रिपाठी -पाइजनवाला ठुम्का
२. एन्जिला रेग्मी -चस्मा लगाउली
३. चाँदनी शाक्य -आकाशमा
४. अस्मिता अधिकारी -माया बराबरी
५. सारिका घिमिरे -कलियुगको राधा

सर्वोत्कृष्ट लोकगीत
१. फरक हामीमा -रेजिना परियार
२. एक्लै भयो पिपलु -विरही कार्की
३. नहेरन त्यसरी कान्छा -अन्जु श्रेष्ठ
४. जन्मघर -राजु ढुंगेल
५. भिज्यो सिरानी -कल्पना काफ्ले

सर्वोत्कृष्ट कल्चरल गीत
१. रोधीघरमा जोर मादल (सालैजो) -सागर गुरुङ/मीना बुढाथोकी
२. माइली (कौरा) -मौसम गुरुङ/पूर्णकला बिसी
३. थर दिन्छौ र (पन्चेबाजा) -रेशम निर्दोष/सुमन थापा मगर
४. कान्छि (पञ्चेबाजा) -विजय केसी/निशा केसी
५. भेना हजुर (कौरा) -देवी आले/हेमन्त आले

सर्वोत्कृष्ट लोकदोहोरी नवप्रतिभा
१. विक्रान्त पोखरेल- बनमा टाँकी छ
२. रेनुका भट्टराई -म त ठिटी गाउँले
३. सचिन भट्टराई -बनमा स्याउला छ
४. पिमसरा आले- फूल रसैले
५. सपना सुनाम -सुन साइँली

सर्वोत्कृष्ट लोकदोहोरी भिडियो मोडल महिला
१. अन्जु सुनार -गैरी खेतैमा
२. नारायणी खत्री- माया रैनछ
३. शिल्पा पोखरेल -मायाको ढोका खोलिदेऊ
४. सञ्चिता शाही -धोको थिएन
५. जुना गुरुङ- तिमी बिना हाँसेर हिन्न

सर्वोत्कृष्ट लोकदोहोरी भिडियो मोडल पुरुष
१. विजय पुन- जुन माया
२. सागर लम्साल -मायाको ढोका खोलिदेऊ
३. सुमन परियार -बन्दुक एक नाले
४. गणेशमान घले -घर त गैरी गाउँ
५. देवेन्द्र बब्लु -रुनलाई त हो नि माया लाउनी

सर्वोत्कृष्ट लोकदोहोरी भिडियो निर्देशक
१. शंकर बिसी -मायाको ढोका खोलिदेऊ
२. मौसम हिमाली -कहाँको साइनो
३. दिप गुरुङ -माइली
४. काजिस श्रेष्ठ -बनको जडिबुटी
५. दिपेन्द्र तिमिल्सिना -घर त गैरी गाउँ

सर्वोत्कृष्ट लोकदोहोरी संगीत संयोजक
१. सुदिप सागर -सकम्बरी
२. सुनिल परियार -बनमा खयर
३. चेतन गोतामे -डुम्रे बजार
४. डोलराज बाह्रघरे -पट्टकोके झोरा
५. धिरज पाल्पाली -पारी पाखा बन

सर्वोत्कृष्ट लोकदोहोरी सम्पादन
१. कुमार राना -पट्टकोके झोरा
२. एचबीएन किस्मत -बनमा खयर
३. श्यामश्वेत रसाइली -सकम्बरी
४.दिप घतानी -नहेरन त्यसरी कान्छा
५. खडग बाजुराली -तप्प आँसु खस्यो

सर्वोत्कृष्ट शब्द लोकदोहोरी
१. रमेश परियार -बनमा खयर
२. डी.बी. खड्का -कर्णाली पारीको
३. निरोज भट्ट -तप्प आँसु खस्यो
४. लक्ष्मण परियार -रुनलाई त हो नि
५. रविन लामिछाने -आँसु बरर

सर्वोत्कृष्ट भाका लोकदोहोरी
१. विरही कार्की -मायाको ढोका खोलीदेऊ
२. विमल परियार -कहाँको साइनो
३. रमेश परियार -बनमा खयर
४. श्रीकृष्ण बममल्ल -रुनलाई त हो नि
५. सरोज लामिछाने -मुसौरी

सर्वोत्कृष्ट लोकदोहोरी गायक
१. सागर बिसी -बनको जडिबुटी
२. विमल परियार -कहाँको साइनो
३. राजु गुरुङ -डुम्रे बजार
४. सरोज लामिछाने -मुसौरी
५. सुमन परियार -मैसाफ

सर्वोत्कृष्ट गायिका लोकदोहोरी
१. रुपा घर्ती मगर -निर्मोही
२. सन्जु न्यौपाने -लामो कपाल
३. शशि पुन -फूलमै रानी
४. अनिता चलाउने -कर्णाली पारीको
५. प्रिति आले -पट्टकोके झोरा

सर्वोत्कृष्ट चलचित्र गीतकार
१. शंकर अधिकारी घायल -सिरुपाते जुँगामा (छक्कापञ्जा ४)
२. मिलन कान्छा किराँती -काँडेतार (काँडेतार)
३. बी.पाण्डे -रुमालै बाटेर (तिम्रो मेरो साथ)
४. हर्क साउद -रीत (जारी
५. राजनराज शिवाकोटी -मार्सी धान (प्रसाद २)

सर्वोत्कृष्ट चलचित्र संगीतकार
१. दिपक शर्मा -दर्शन सलाम (छक्कापञ्जा ४)
२. बाबुल गिरी -सिरुपाते जुँगामा (छक्कापञ्जा ४)
३. गोविन्दमधुर आचार्य -नाच सुवा नाच (विहेपास)
४.सुबास भुसाल -रुमालै बाटेर (तिम्रो मेरो साथ)
५. कालिप्रसाद बास्कोटा -माया रैछ र (फूलबारी)

सर्वोत्कृष्ट चलचित्र पाश्र्वगायक
१. युवराज चौलागाई -बहाव यी (बहाव)
२. राजनराज शिवाकोटी -मार्सीधान (प्रसाद २)
३. बाबुल गिरी -सिरुपाते जुँगामा (छक्कापञ्जा ४)
४. डेभिड शंकर -दर्शन सलाम (छक्कापञ्जा ४)
५. शान्तिम कोइराला -पर्खाल (महापुरुष)

सर्वोत्कृष्ट चलचित्र पाश्र्वगायिका
१. मिलन नेवार -मार्सी धान (प्रसाद २)
२. सदिक्षा कट्टेल -माया रैछ र (फूलबारी)
३. सहिमा श्रेष्ठ -दर्शन सलाम (छक्कापञ्जा ४)
४.सत्यकला राई -काँडेतार (काँडेतरा)
५. सुनिता थेगिम -रीत (जारी)

सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकार
१. दुर्गा पौडेल -भीर माहुरी
२. करण चैंसिर -मायाको ढोका खोलिदेऊ
३. नवराज उप्रेती -एक चिम्टी सिन्दुर
४. नरेश ऐर कस्तो -थिएँ कस्तो भएँ
५. राजेश घिमिरे -आहा माया

सर्वोत्कृष्ट सम्पादक
१. विष्णु खड्का -शीरफूल
२. पदम सुवेदी -कठै ऐना हेरि
३. टेकेन्द्र शाह -किनारा
४. कल्पेश विश्वकर्मा -कस्तो थिएँ कस्तो भएँ
५. दिनशन शाह -थाहै थिएन

सर्वोत्कृष्ट भिडियो निर्देशक पप आधुनिक
१. देवेन्द्र पाण्डे -मोहनी मायाले
२. सुवास प्रधान -गाँसेर प्रिति
३. केशवराज भट्ट -पहरी फूल २
४. बबिता श्रेष्ठ -कस्तो थिएँ
५. विजय रुम्बा -पाइजनवाला ठुम्का

सर्वोत्कृष्ट भिडियो मोडल महिला पप आधुनिक
१. रश्मी श्रेष्ठ -गाँसेर प्रिति
२. अनिता गिरी -सम्झनामा ताजमहल
३. सरस्वती खत्री -तिम्लाई आफ्नो ठान्नु
४. सुप्रिमा भट्टराई -मेरो क्रस
५. विना राउत -पहरी फूल–२

सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष पप आधुनिक
१. दिक्पाल कार्की -अधुरो सपना
२. सागर लम्साल -एक चिम्टी सिन्दुर
३. विमल अधिकारी -आहा माया
४. पल शाह -चस्मा लगाउली
५. अमन श्रेष्ठ -पर्खि बसेँ

सर्वोत्कृष्ट नवप्रतिभा पप आधुनिक
१. प्रचण्ड राई दिल -खोलेर कुरा गर न
२. विक्रान्त पोखरेल- माया नमार
३. विमला गुरुङ -जूनको किरण
४. पेम्बा लामा -बैमानी
५. सान्वी बिसी -मेरो के दोष

सर्वोत्कृष्ट युगल गायन
१. गगन सरगम–अन्जु पन्त -देख्छु सपनी
२. युवराज चौलागाईं–अनुष्का पाठक -हाम्रो सम्बन्ध
३. निमा शेर्पा–सुरक्षा सेन्चुरी -भन आज
४. उदय सोताङ–मनिला सोताङ -नजाउ परदेश
५. पुष्पन प्रधान–अस्मिता अधिकारी -मायाको फेरि

सर्वोत्कृष्ट संगीत संयोजक आधुनिक
१. विश्व अधिकारी -जिन्दगी यो कहिले फूल
२. नरेन्द्र वियोगी -तुषारो
३. उदयराज पौडेल -मेसो मिलाएर
४. राजु कार्की -हेर्दा हेर्दै
५. शाहस शाक्य -आजभोलि तिम्रो मेरो

सर्वोत्कृष्ट ध्वनि मुद्रक आधुनिक
१. नरेश बीबीसी -मेसो मिलाएर
२. चन्द्र चौधरी -दिल खोलेर कुरा गर न
३.  विप्लव अधिकारी -एक चिम्टी सिन्दूर
४. शम्भू तण्ड्कार -तिमी दुख्दा
५. प्रकाश मिश्र -हेर्दा हेर्दै

सर्वोत्कृष्ट गीतकार आधुनिक
१. दिग्गज द्यौराली -मेसो मिलाएर
२. डि.आर -नजाऊ परदेश
३. प्रबल विष्ट -दई मुटुको साइनो हाम्रो
४. महेश आचार्य -मुसुक्क हाँसीदेऊ
५. विपिन किरण -मायाको फेरि

सर्वोत्कृष्ट गीतकार महिला
१. संचिता कर्माचार्य -प्रतिक्षा
२. देवी पराजुली -कहिले म जितमा रोएँ
३. सिर्जना मञ्जरी -मेरी भूपू माया
४. किस्ना आचार्य रोशनी -याद
५. प्रिति कार्की -फूलको चोट

सर्वोत्कृष्ट संगीतकार आधुनिक
१. सुरज कुमार थापा -तिमी दुख्दा
२. कर्ण दास -प्रतिक्षा
३. सरोज कोइराला -एक चिम्टी सिन्दूर
४. निम संगीत -देख्छु सपनी
५. दिपकराज विश्वकर्मा -आमा

सर्वोत्कृष्ट गायक आधुनिक
१. कर्ण दास -प्रतिक्षा
२. यश कुमार -गल्ली
३. सुरज कुमार थापा -तिमी दुख्दा
४. निशान भट्टराई -जिन्दगी यो कहिले फूल
५. गोविन्द मधुर आचार्य -धेरै माया नगर्नु

सर्वोत्कृष्ट गायिका आधुनिक
१. बबिना भट्टराई -कति मिठो भूल
२. मन्जु उपासना -हेर्दा हेर्दै
३. संगीता राना प्रधान -आँसुका कथा
४. समिक्षा अधिकारी -लैजा सन्देश
५. अन्जु पन्त -एक चिम्टी सिन्दूर

सर्वाेत्कृष्ट डायस्पोरा गीतकार
१. गीता गिरी -पहरी फूल २
२. कुमार शिवाकोटी -भिजाएर आँसु
३. सरला श्रेष्ठ -तिमीलाई जब
४. प्रतिमा गुरुङ -मेरो बाबा
५. नारायण कँडेल -जिन्दगीले ठग्यो मलाई

सर्वोत्कृष्ट प्रत्यक्ष दोहोरी गायक
१. बालचन्द्र बराल
२. चिज गुरुङ
३. सिद्धार्थ आले
४. सागर बिसी
५. श्याम राना

सर्वोत्कृष्ट प्रत्यक्ष दोहोरी गायिका
१. सिता परियार
२. तारा थापा
३. इब्सल सन्ज्याल
४. रेनुका भट्टराई
५. बबिता बानियाँ

सेप्टेम्बर २८ मा ७ औं ग्लोबल नेपाली फिल्म अवार्ड हुने

समाचार


अमेरिका- ‘नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को सातौँ संस्करण अमेरिकाको न्यूयोर्कमा २०२४ सेप्टेम्बर २८ तारिखमा हुने तय भएको छ। चलचित्रकर्मीलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्डको आयोजना गरिदै आएको र यस वर्षको अवार्ड कार्यक्रम पनि अघिल्लो वर्षझैँ न्यूयोर्क शहरमा हुने नेपाल फिल्म सोसाइटीका केन्द्रिय अध्यक्ष कृष्ण मल्लले बताए ।

एटिए एभरेष्ट इन्स्योरेन्सको मुख्य प्रयोजन र सुनिल पाठक एजेण्ट अल स्टेट इन्स्युरेन्स कम्पनीको सह(प्रयोजनमा हुने ग्लोबल नेपाली फिल्म अवार्डको सातौँ संस्करणको स्थानीय मुख्य आयोजक त्रिवेणी इन्टरटेनमेन्ट एलएलसी न्यूयोर्क रहने भएको छ भने आयोजकको रुपमा नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्म अवार्डले सातौँ ग्लोबल नेपाली फिल्म अवार्ड’ आयोजना गर्ने अवार्डका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिए ।

अवार्डका अघिल्ला ६ संस्करणहरू कोलोराडो, सनफ्रान्सिस्को र न्यूयोर्क शहरमा सफलता पुर्बक सम्पन्न भएका थिए। अवार्ड आयोजनाको उद्देश्य अमेरिकामा नेपाली फिल्मको प्रवर्द्धन, नेपाली कलाकार तथा अमेरिकावासी नेपाली जनसमुदायहरू बीच प्रत्यक्ष साक्षात्कार गराउनु रहेको आयोजक संस्था त्रिवेणी इन्टरटेनमेन्ट एलएलसी न्यूयोर्कका अध्यक्ष तथा दिल कुमारी केसी मेमोरियल फाउण्डेसन इन्क न्यूयोर्कका अध्यक्ष नवराज केसीले बताउनु भयो।

‘नेपाललाई चलचित्र पर्यटनको गन्तव्य बनाउन अवार्डले भूमिका खेल्नेछ’, केसीले भन्नुभयो। अवार्डका लागि नेपालबाट अमेरिका आउने कलाकार र अमेरिकामा बस्ने कलाकर्मीहरूको पुनर्मिलन गराउने र नेपाललाई विश्व माझ चलचित्र छायांकन गर्न सुन्दर ठाउँको रूपमा प्रचारप्रसार गर्नु पनि अवार्डको उद्देश्य रहेको त्रिवेणी इन्टरटेनमेन्ट एसएलसी न्यूयोर्कका अर्का आयोजक खम लाल भट्ट बताउछन्।

नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलमा काठमाण्डौमा भव्य रुपमा सम्पन्न

समाचार


काठमाडौं– नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलको १३ संस्करण काठामाण्डौमा भव्य रुपमा सम्पन्न भएको छ । ३ दिन सम्म चलेबो उक्त महोत्सवको अन्तिम दिन सहभागी छोटा चलचित्रहरु मध्येबाट उत्कृष्ट बृत्तचित्र तथा छोटा चलचित्रहरुलाई विभिन्न विधामा अवार्ड समेत प्रदान गरिएको थियो । उक्त महोत्सवमा शान्ता नेपाली निदेशित वृत्तचित्र ‘धे ड्रीम्स’लाई उत्कृष्ट फिल्मको अवार्ड प्रदान गरिएको छ भने स्वयम् मास्के मानन्धर निर्देशित छोटो फिल्म ‘द बु, द बाउ, द काफ’लाई उत्कृष्ट मेन्सन पुरस्कार प्रदान गरिएको छ । शनिबार आयोजित समापन उक्त समारोहमा युरोपियन डेलिगेसनकी उपराजदूत डा. जोएल इभोनेट्ले अवार्ड वितरण गरिन् ।

विजेता चलचित्रकर्मीले यसैवर्ष ब्रसेल्समा आयोजना हुन लागेको नेपाली चलचित्र महोत्सवमा सहभागि हुने अवसर पाउने समेत जनाइएको छ । फेस्टिभलमा छनोट भएका र प्रदर्शन गरिएका ९ छोटा चलचित्र तथा बृत्तचित्रहरुलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो ।

नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलमा छोटा चलचित्रद बु, द बाऊ, द काफलाई स्पेशल मेन्सन गरिएको थियो  । ती फिल्ममा गोपाल आचार्य निर्देशित आखत, समाल बज्राचार्य निर्देशित ‘हावाम्यान’, निमा गेलु शेर्पाको ‘काठमाडौं मनसुन’, अतिन श्रेष्ठ निर्देशित ‘मखमली उडान’, रजिन महर्जन निर्देशित ‘लेट्स टक् पिरियड’, मिराज रोशन ठकुरी निर्देशित ‘रातो पछ्यौरी’, आकांक्षा कार्की निर्देशित ‘सनाई’, सन्तोष दाहाल निर्देशित ‘द मिराज’ र अनिल कुर्मी निर्देशित ‘फेरा’ लगायत रहेका छन् ।

खुला विज्ञापनमार्फत आह्वान गरिएको प्रतियोगितामा ५२ लघु फिल्मले आवेदन परेका थिए । ९ युरोपेली फिल्म र प्रतिस्पर्धाबाट छानिएका ११ नेपाली छोटा फिल्म प्रदर्शन गरिएका थिए । उक्त फेस्टिभलको १३ औं संस्करण काठमाडौंमा चैत्र ७ गतेदेखि १० गतेसम्म आयोजना गरिएको थियो ।  

नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभललाई देशव्यापि रुपमा गर्ने योजना अनुरुप २०८० चैत २८ र २९ (अप्रिल १० र ११) गते सुदूरपश्चिम प्रदेशमा समेत आयोजना हुने छ भने  नेपालगञ्जमा बैशाख ३ गते (अप्रिल १५) हुनेछ । त्यसैगरी कर्णाली प्रदेशको सुर्खेत वीरेन्द्रनगरमा वैशाख ७ र ८ गते (१९ र २० अप्रिल) आयोजना हुने आयोजकले जनाएको छ ।


 

वरिष्ठ साहित्यकार काशीनाथ न्यौपानेको उपन्यास कृति अशून्यम् लोकार्पण

समाचार


काठमाण्डौं । वरिष्ठ साहित्यकार काशीनाथ न्यौपानेको उपन्यास कृति अशून्यम लोकार्पण भएको छ । प्रज्ञा भवनमा शनिवार आयोजित कार्यक्रममाझ कृतिकार काशिनाथ न्यौपानेसहित प्रा.डा. जयराज आचार्य, प्राध्यापक सर्वराज आचार्य, लक्ष्मी प्रसाद देवकोटाका सुपुत्र प्रा. डा. पदमप्रसाद देवकोटा र साहित्यकार डा. प्रभा कैनी अशून्यमको संयुक्त रुपमा लोकार्पण गर्नुभएको हो ।  

सो अवसरमा कृतिकार काशीनाथ न्यौपानेले जगतको प्राक्ट्य कसरी भयो, यसका श्रृष्टिकर्ता को हुन ? भन्ने कल्पनामा घोत्लिदै जाँदा अशुन्यम्बाट भएको हो भन्ने दर्शन  बोधलाई कृतिमार्फत आफूले दर्शाउन खोजेको बताउनुहुँदै दर्शन बिषयमा पाठकलाई रुचिपूर्वक गहिराईमा जान सजिलो होस् भन्ने हेतुले कथानक रुपमा पात्रमार्फत अभिव्यक्त गर्न खोजेको उल्लेख गर्नूभयो । 

त्यसैगरि प्रा. डा. जयराज आचार्यले साहित्यकार काशीनाथ न्यौपाने वैदिक ज्ञाता रहनुभएकाले उहाँ जस्ता विद्धानको शालिक वेद व्यास सँगै राख्नुपर्ने बताउनुहुँदै  अशून्यमको समिक्षात्मक टिप्पणीका क्रममा अशुन्यम कृतिले वेद र विज्ञानलाई जोडने काम गर्ने हुँदा यसले आधुनिक विज्ञान र पुर्विय दर्शनका बीचमा सेतुका रुपमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।  

प्राध्यापक सर्वराज आचार्यले कृतिकार न्यौपानेले अकुन्यम् मार्फत नव दृष्टिकोण दिनुभएको बताउनुहँुदै उहाँको लेखनी र चेतनाशक्तिको प्रशंसा गर्नुभयो ।

लक्ष्मीप्रसाद देवकोटाका सुपुत्र प्रा. डा. पदमप्रसाद देवकोटाले पिताजी महाकवि देवकोटाले लक्ष्मी निबन्ध संग्रहमा चिन्तन व्यवहारिक, दार्शनिक र काल्पनिक हुन्छ भन्ने भनाई उल्लेख गर्नुभएको बारे उदृत गर्नुहँुदै काल्पनिक दर्शनको रुपमा अशुन्यम रहेको धारणा रहेको आफूले पाएको बताउनुभयो ।  

त्यसैगरि साहित्यकार डा. प्रभा कैनीले पुस्तक अध्ययनका क्रममा ऊहाँको दर्शन भित्र हराएको बताउनुहुँदै आध्यात्मिक चिन्तन र परिवेश बारेमा पुस्तकमा चर्चा गरिएको र अशुन्य पढ्दै जाँदा लेखक जगत बुझेको दार्शनिक भएको बमोध आफूले गरेको बताउनुभयो । 

 पवन पौडेल उद्घोषकको भूमिकामा रहनूभएको उक्त कार्यक्रममा प्रकाशक बुक हिलका संचालक भुपेन्द्र खड्काले पुस्तक पठनिय रहेको उल्लेख गर्नुभयो भने धन्यवाद ज्ञापन गर्नूहुँदै सहजकर्ता अपार पौडेलले कृतिकार न्यौपाने लामो समयसम्म सत्सङ्ग्मा सकृय साहित्यिक धरोहर भएको बताउनुहँुदै उहाँको चिन्तनलाई विश्व्भरि फैलाउन आवश्यक रहेको औल्याउनुभयो । 

 

कलाकारका लागि खुशी बिज्ञान कार्यक्रम सम्पन्न

समाचार


काठमाडौ  - नेपाल चलचित्र कलाकार संघ र जीवन बिज्ञान प्रतिस्ठान को संयुक्त आयोजनामा चैत्र ९ गते जीवन बिज्ञान प्रतिस्ठान को सभाकक्षमा कलाकारका लागि खुसी जीबन कार्यक्रम सम्पन्न भएको छ।  
    कलाकारको शारिरिक मानसिक र भाबनात्मक स्वास्थका लागी सहयोग  पुग्ने उदेस्यले आयोजना गरिएको उक्त कार्यक्रममा जीवन बिज्ञान विशेषज्ञ रमेश नेपालले दैनिक जीवनमा आउने सम्बेग उत्तेजना र अस्थिर मनलाई कसरी ब्यबस्थापन र खुसीमा रुपान्तरण गर्ने सो को प्रयोगात्मक अभ्यास पनि गराउनुभयको थियो।उहाँले मानिस खुशी हुन मन ब्यबस्थापन गर्नुपर्छ र मनको ब्यबस्थापन का लागि उर्जाका सातवटा केन्द्र सकृय बनाउनुपर्ने बताउनुभयो ।
  कार्यक्रम मा कलाकार संघका अध्यक्ष मोहन निरौलाले मानव जीबनमा आइपर्ने विभिन्न समस्या निराकरणका लागि मन लाई स्थिर बनाउनुपर्ने र त्येसकालागि चक्रको संतुलन हुनुपर्ने अनुभव कार्यक्रम बाट पायको बताउनुभयो ।   कार्यक्रम मा सहभागी अभिनेत्री तथा निर्देशक दिपाश्री निरौला  ले यस्ता कार्यक्रम कलाकारका लागि उपलब्धिमुलक हुने बताउनुभयो ।कलाकार संघका निबर्तमान अध्यक्ष रबिन्द्र खड्का ले कार्यक्रमको संयोजन तथा संघका सह कोषाध्यक्ष पबित्रा आचार्यले सह संयोजन गर्नुभयको थियोे ।कार्यक्रम का लागि समन्वय कलाकार तथा जीबन बिज्ञानकी साधिका निरु खड्का ले गर्नु भएको थियोे।७५जना  भन्दा बढी कलाकार  सहभागी भएको उक्त प्रयोगात्मक अभ्यासका सहभागीहरुले सुख शान्ति र समृद्धि को जीवनका लागी यस्ता अभ्यासहरुले  मार्ग सहज गर्नेमा सहयोग पुर्याउने बताउनुभयो ।

विश्व कविता दिवस २०२४ को अवसरमा राइटर्स कर्नर नेपालद्धारा कविता वाचन कार्यक्रम आयोजना

समाचार


चैत्र ०८, काठमाडौं । विश्व कविता दिवसको अवसरमा २५ कविहरुले कविता वाचन गरेका छन् । साहित्यिक संस्था राइटर्स कर्नर नेपालद्वारा विहिवार आयोजित कार्यक्रममाझ उनीहरुले कविता वाचन गरेका हुन । बानेश्वरस्थित ब्राभो क्याफेमा भएको उक्त कार्यक्रममा २५ जना असाधारण कविहरूले आ-आफ्ना अभूतपूर्व द्विभाषिक कृतिहरू वाचन गरेर श्रोताहरूलाई मन्त्रमुग्ध पारेका थिए।

राधिका कल्पित, रञ्जना निरौला, सुमन वर्षा घिमिरे, भोजकुमार धमलाजस्ता कविहरूले विविध विषयवस्तुमा आ -आफ्नो काव्यात्मक क्षमता प्रस्तुत गर्दै मञ्चमा पुगेका थिए ।

विभिन्न पृष्ठभूमिबाट आएका कविहरू सरोज ओझा, रुपसिंह भण्डारी, खुश्बु रिजाल, भीष्म उप्रेती, विश्व सिग्देल, तिर्थ भट्ट र राजेन्द्र ओझाले साहित्यप्रतिको प्रेममा एकताबद्ध भएर आफ्ना मनमोहक शब्दहरू वाचन गर्दै आफ्नो मनमोहक अभिव्यक्ति र सशक्त छविले श्रोताहरूलाई मोहित बनाएका थिए ।

त्यसैगरि, चन्द्र लामा, भुवन थपलिया, सुजन अधिकारी, सन्तोष कुमार पोखरेल र आशिष लामाले आ -आफ्नो सिर्जना प्रस्तुतीका क्रममा स्पर्श थपेर श्रोताहरूलाई भावना र प्रतिबिम्बको दुनियाँमा पुर्‍याएका थिए।

यसबाहेक, समृद्धि पोखरेल, रमी प्रिया, विपना आचार्य, राम सुवेदी, सञ्जय सुमन र सुनीति कार्कीले आ आफ्नो काव्यात्मक प्रतिभामार्फत कार्यक्रममा रौनकता थपेका थिए ।

त्यसो त जादुयी शब्द र सरसपूर्ण शैलीमार्फत प्रत्येक कविले विश्वव्यापी मानवीय अनुभव र विषयवस्तुहरूमा प्रकाश पार्दै आफ्नो अद्वितीय कौशलता प्रस्तुत गरे भने श्लोकमा डुबेका दर्शकहरूले स्टेजमा प्रदर्शन गरेको गहन प्रतिभालाई स्वीकार गर्दै ताली र प्रशंसाका साथ प्रतिक्रिया दिए।

कार्यक्रमलाई सफल बनाउन राइटर्स कर्नर नेपालका अध्यक्ष सुवाससिंह पराजुलीको अहम भूमिका रहेको थियो । उनले कार्यक्रमको आयोजनामा समन्वय मात्रै गरेनन्, कविता कलामा उल्लेखनीय योगदान पुर्‍याएकोमा सहभागी कविहरूलाई प्रशंसाको प्रतीकका रूपमा डायरीहरू पनि वितरण गरे।

विश्व कविता दिवसको अवसरमा राइटर्स कर्नर नेपालले आयोजना गरेको यस कार्यक्रममा काव्यात्मक प्रतिभाको उल्लेखनीय प्रदर्शन साबित भएको कवि सरोज ओझाले बताए । कविहरूको असाधारण क्षमता र साहित्यप्रतिको लगावले उत्कृष्ट बनाएको विश्व कविता दिवसको साहित्यिक साँझ गहिरो भाव सिर्जनासहित सद्भावको सन्देश प्रवाह गर्दै समापन भएको थियो ।

दक्षिण एसियाली भ्रातृत्व नेपालद्धारा आयोजित कार्यक्रममा कुमारी नृत्य प्रदर्शन

समाचार


काठमाण्डौं । दक्षिण एसियाली भ्रातृत्व नेपालद्धारा आयोजित कार्यक्रममा कुमारी नृत्य प्रदर्शन गरिएको छ । राष्टिय सभागृहमा आयोजित कार्यक्रममा नेपालको मौलिकता र संस्कृतिक लाई जगेर्ना गर्ने उदेश्यसहित न्यू भिजन नेपालकी सचिव सबनम खड्गीको अगुवाईमा उक्त नृत्य प्रदर्शन गरिएको हो ।

न्यू भिजन नेपालका अध्यक्ष अशोक भट्टले एउटा छुट्टै महत्त्वपूर्ण पहिचान सुरु गर्नु भएकोमा खड्गीप्रति आभार व्यक्त गर्दै भन्नुभयो ‘उहाँले आध्यात्मिक पर्यटन पहिलो यात्राको रुपमा सुरु भएको सिन्धुपाल्चोक पाँचपोखरि योग सिबिरमा ४२ मिटरमा समेत कुमार नृत्य प्रर्दशन गर्नुभएको थियो र दक्षिण एसियाली भ्रातृत्व नेपालद्धारा आयोजित कार्यक्रममा पनि कुमारी नृत्य प्रर्दर्शन गरेर निकै सहनिय काम गर्नुभयो, म संस्थाको तर्फबाट आभार व्यक्त गर्दछु’ ।

उक्त कार्यक्रममा झाक्रि नृत्य र शिव ताण्डप समेत प्रस्तुत गरिएको न्यू भिजन नेपालका अध्यक्ष भट्टले जानकारी दिनुभयो ।

खाँडादेवी फूडल्याण्ड कलंकीमा स्ट्रीट फुड फेस्टिबल तथा बृहत होलि सांस्कृतिक कार्यक्रम २०८० आयोजना हुने

समाचार


काठमाडौं । रंगहरुको पर्व भनेर चिनिने होलीलाई लक्षित गरी खाँडादेवी फूडल्याण्ड कलंकीमा स्ट्रीट फुड फेस्टिबल तथा बृहत होलि सांस्कृतिक कार्यक्रम २०८० आयोजना हुने भएको छ ।

माैलिक फिल्म्स ,खाँडादेवी फिल्म र फूडल्याण्डको सयुत्त आयोजनामा फागु पूर्णिमाको दिन चैत ११ गते आइतबार बिहान १० बजे देखि नेपाली सांगितिक क्षेत्रका चर्चीत एवं ख्यातिप्राप्त कलाकारहरुको लाइभ दोहोरी,कल्चर डान्स लगाएतको बृहत होलि साङ्गीतिक प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

नेपाली मौलिक कला सस्कृतिको माध्यमबाट नेपाली बिचको एकतालाई प्रगाढ बनाउन बिगतका बर्ष झै यस बर्ष पनि कार्यक्रमको आयोजना गरिएको फूडल्याण्डका प्रबन्ध निर्देशक एजुकेटिभ सेफ गोपी थापाले जानकारी दिनु भयो।

कार्यक्रममा सांगीतिक माहौलका बीच रङ अनि पेय पदार्थको साथमा खानाका बिबिध परिकार जस्तै लोकल खसी,कुखुरा,बदेलका लाइभ बारबेक्‍यू,विभिन्न थरीका म:म का परिकार नूडलस च्याउ, पनिर माछा,ससेस लगाएतका नेपाली,चाइनिज,कन्टिनेन्टल मासुको उत्कृष्ट,आकर्षण परिकारको स्टल एवं प्रदर्शनी तथा पाहुनाको अर्डर अनुसारको खानाको परिकार समेत पाइने पनि थापाले जानकारी दिनु भयो।

 Ojha has been nominated as the Press Committee Coordinator of UNIP Nepal Chapter

समाचार


Kathmandu. Saroj Ojha of Tanahun Vyas 5 has been nominated as the press and publication committee coordinator in the recently formed establishment working committee of United Nature International Peace 9 UNIP Nepal Chapter. On the recommendation of the national president of the organization,  Raju Lama P Kandan and National Vice President Prahlad Dahal, he was assigned this responsibility by the United Nature International Peace (UNIP) headquarters. Meanwhile, last Saturday, he received a certificate signed by UNIP founder president Y Dalian Navinthira and general secretary DN Zerina during the Nepal Chapter Samudghatan program.

United Nature International Peace is an international social organization affiliated with the United Nations and the UNDESH. The international liaison office of this organization, which was established in Sri Lanka a decade ago, is in Canada, while its chapters have been established in America, Canada, India, Bangladesh and some African countries as well, Ojha said while giving information about the organization.

Ojha also informed that the main purpose of this international organization is to unite the world and move forward in one family, to remove unrest, to maintain peace in the world, to help everyone to be happy and prosperous, to establish brotherly relations among all and to establish peace.

A brief introduction to Saroj Ojha

Saroj Ojha was born in Sange of Tanahun. His childhood was spent in Damauli Chapaghat. Ojha, who reached the capital two decades ago for higher education, has been active in the field of communication for the past 18 years. Ojha is the presenter and director of Sachetna, a program broadcast on Nepal Television news channel, and the executive chairman of RajyaDainik.com. He is also the chairman of Rajya Media Network and Glory Media. Similarly, he is the general secretary of Everest Press Club, a founding associate member of the Nepal Journalist Federation. Ojha, who has created a multi-faceted image in journalism, has produced and directed a total of 8 programs ranging from children's television programs to reality shows, and has also worked as an editor in the magazine and online of Economic issue.  Apart from this, he has written and directed more than 100 video documentaries, edited half a dozen books and publications, and served as a communication expert and consultant in some organizations. He has been playing the role of judge in film awards and other competitive shows. The state media network of which Ojha is the president is the co-organizer of the reality show Rap Battle Nepal, which is going to be aired on Epiwan Television, and the organizing company of The National Designer Runway, which is considered the epicenter of fashion designers.

Ojha has recently received the Dadasaheb Phalke Award in Mumbai, India, UPAA Award and World Humanitarian Award in Lucknow, Mahatma Gandhi Guest of Honor in New Delhi and MSN Excellence Award in Alexandria, Egypt, UNPKFC Humanitarian Award in Kathmandu from UNPKFC headquarted in Thailand, Tourism Award from Taan in Kathmandu, Nepal. He was honored by Nepal Television during the 36th Anniversary ceremony. The Election Commission, Lalitpur Chamber of Commerce, Federation of Exporters etc. have appreciated his work.