काठमाडौ । साहित्य, पत्रकारिता र शान्ती प्रबर्धनमा सकृय रहि सभ्य समाज निर्माणमा रचनात्मक योगदान पुर्याउदै आउनु भएका बहुआयामिक व्यक्तित्व सरोज ओझा सम्मानित हुनुभएको छ। शनिबार फोकस नेपालले उहाँलाई राष्टिय सेवा सम्मानबाट विभुषित गरेको हो । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमलमा बर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिक जनजीवनका लब्ध प्रतिष्ठित र विशिष्ट महानुभावहरूको उपस्थितिमा आयोजित “समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरुको भूमिका” विषयक विचार गोष्ठी तथा सांस्कृतिक कार्यक्रममाझ राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले ओझालाई सम्मान गर्नु भएको हो।
फोकस नेपालले ओझालाई कर्मठ साहित्यकार, निष्ठावान पत्रकार एवम सामाजिक चैतन्यका रुपमा उक्त सम्मान समर्पण गरेको छ । ‘साहित्य, पत्रकारिता एवम सामाजिक क्षेत्रमा सकृय रहि आफुमा अन्तर्निहित बहुप्रतिभाशाली क्षमता प्रस्तुत गर्दै बहुआयामिक छवि निर्माण गर्नुभई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा आफ्नो पहिचानलाई स्थापित गराउन सफल हुनुभएकोमा हामी निकै गौरन्वान्वित छौँ’ फोकस नेपालद्वारा हस्ताण्तरित सम्मानपत्रमा उल्लेख गरिएको छ ।
फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजमा विशिष्ठ योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको हो ।

सरोज ओझा
तनहुँको व्यास ५ मा जन्मिएका सरोज ओझा विगत एक दशकदेखी अघिदेखी साहित्यकर्ममा सकृय हुनुहुन्छ । नेपाली र अंग्रेजी दुवै भाषामा कविता तथा कथाहरु कोर्दै आउनुभएका ओझाका सिर्जनाहरु नेपाली साथै अन्तरराष्ट्रिय स्तरका संचार माध्यमहरुमा प्रकाशित हुँदै आएका छन । त्यसो त उहाँलाई बंगलादेशबाट प्रकाशित अन्तरराष्ट्रिय अंग्रेजी दैनिक पत्रिका द डेली ग्लोबल नेशनका अन्तरराष्ट्रिय शान्ती दूत हुनुहुन्छ । ओझा संयुक्त राष्ट्र संघ सम्बद्ध अन्तरराष्ट्रिय मानव अधिकार संस्था युनाईटेड नेचर इन्टरनेशनल पिस ९युएनआईपि० नेपाल च्याप्टरको देशिय कार्यसमितिमा प्रेस तथा प्रकाशन समिति संयोजक पनि हुनुहुन्छ । विभिन्न संस्थामा प्रेस विज्ञ तथा सल्लाहकार भई कार्य गर्दै आउनुभएका ओझासँग चलचित्र तथा अन्य प्रतियोगितात्मक शोहरुमा निर्णायकको भूमिकामा रहेर कार्य सम्पादन गरेको अनुभव छ।
विगत २ दशकदेखी अनवरत संचार कर्ममा सकृय ओझा नेपाल टेलिभिजन समाचार च्यानलमा बुधवार राती ९स्१५ मा प्रसारण हुँदै आएको कार्यक्रम सचेतनाका प्रस्तोता एवम निर्देशक हुनुहुन्छ । उहाँले बाल कार्यक्रमदेखी व्यापार, शान्ती, प्रवास देखी रियालिटी शोसम्म गरि कुल आठ विविधतायुक्त कार्यक्रम निर्माण तथा निर्देशन गर्नु भएको छ । ओझा नेपाल पत्रकार महासंघको एशोसियट संस्था एभरेष्ट प्रेस क्लबका महासचिव हुनुहुन्छ । उहाँले ललितपुर महानगरपालिका, निर्यात व्यवसायी महासंघ र विभिन्न अनलाईन एवम पत्रिका र विभिन्न पुस्तकहरुको सम्पादक भई कार्य समेत गर्नुभएको छ ।
निरन्तर १५ बर्ष नेपाल टेलिभिजनका लागि कार्यक्रम उत्पादनमा सकृय रहे बापत नेपाल टेलिभिजनको ३७ औं वार्षिकोत्सवको अवसरमा नेपाल टेलिभिजनबाट सम्मानित हुनुभएका ओझाले यस माझमा भारतको मुम्बईमा दादा साहेब फाल्के टेलिभिजन अवार्ड २०२३, लखनउमा उत्तर प्रदेश आर्टिस्ट एकेडेमीको ‘युपिपिए अवार्ड २०२३ तथा विश्व मानवाधिकार परिषदबाट ‘मानव अधिकार सम्मान २०२३’ र नयाँ दिल्लीमा ‘महात्मा गान्धी एक्सिलेन्स अवार्ड २०२३’ मा गेष्ट अफ अनर सम्मान, इजिप्टको एलेक्जेंड्रियामा एमएसएन एक्सिलेन्स अवार्ड २०१९’, थाईल्याण्डमा मुख्यालय रहेको युनाईटेड नेसन्स पिस किपर्स फेडरल काउन्सिलबाट ‘युएनपिकेएफसी हुमानेटेरियन अवार्ड २०२२ बाट सम्मानित हुनु भएको छ । त्यस्तै उहाँले ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपालबाट टान टुरिजम अवार्ड, निर्यात व्यवसायी महासंघबाट फिन अवार्ड, ललितपुर चेम्बर अफ कमर्सबाट आर्थिक पत्रकारिता सम्मान आदी प्राप्त गर्नुभएको छ ।
काठमाडौ । नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका सचिव, समाजसेवी तथा युवा व्यवसायी श्याम कुमार घिमिरे सम्मानित हुनुभएको छ । शनिबार फोकस नेपालले सांस्कृतिक संस्थान ९राष्ट्रिय नाचघर०, जमलमा नयाँ बर्ष २०८१ को शुभ अवसरमा आयोजित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिक जनजीवनका लब्ध प्रतिष्ठित र विशिष्ट महानुभावहरूको उपस्थितिमा आयोजना गरेको “समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरुको भूमिका” विषयक विचार गोष्ठी तथा सांस्कृतिक कार्यक्रममाझ सम्मानित हुनुभएको हो । कार्यक्रममका प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले भव्य समारोहका बीच घिमिरेलाई सम्मान गर्नु भएको हो।
सम्मानित घिमिरेले नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका सचिव , काठमाडौँ जेसिजको महासचिव,नर्थ स्टार सेकेण्डरी स्कुल व्यवस्थापन समितिको अध्यक्ष हुदै पलान्चोक डेरी उधोगका संचालक अन्य दुग्धजन्य व्यावसायिक क्षेत्रमा समेत आवद्ध हुनुहुन्छ ।
सम्मानप्रति आभार व्यक्त गर्दै घिमिरेले दुधजन्य उद्यम क्षेत्रमा थप रचनात्मक काम गर्न प्रेरणा मिलेको बताउनुभयो। डेरीजन्य वस्तुको उत्पादन आधुनिक र व्यवस्थित बनाएरै छाड्ने संकल्प घिमिरेले गर्नुभएको छ।
Devil Singh Rajput
Kathmandu | Versatile and iconic personality Saroj Ojha was bestowed with a prestigious 'National service Honor" by the Honorable Chairman of the National Assembly, Narayan Prasad Dahal at a ceremonious event arranged by the esteemed social organization Focus Nepal. Ojha was recognized as a versatile figure excelling in the realms of literature, journalism, and social peace and rights campaigns. Graciously accepting the award, Ojha expressed his deep sense of responsibility and urged others to engage in meaningful work with ethical foundations.
In a grand award ceremony Sushma Mahara a renowned business women was also honored held at the National Theatre, whereas, former health minister Parshu Ram Khapung, Publisher & editor of Janasawal national daily Ramji Bagale, the learning & development Manager of Hyatt Regency, Kathmandu Vilash Khatri were presented with the esteemed title of Guest of Honor.
The event was chaired by Ram Chandra Pokhrel, the chairman of esteem social organization Focus Nepal. On an occasion the chief guest honorable Dahal emphasize the pivotal role of social organizations in conjunction with government bodies and lawmakers to uphold societal harmony.
Profile of Saroj Ojha
Saroj Ojha, hailing from Damauli, a town in the Tanahun district of Nepal, has actively engaged in journalism for the past two decades, while also dedicating a decade to literary pursuits. His creations have been published not only in Nepal but also in international media outlets. Ojha's versatility is evident, with his ability to write poems and stories in both Nepali and English languages. Additionally, he serves as the press and publication committee coordinator for the United Nature International Peace (UNIP) Nepal Chapter.
Beyond his literary and journalistic endeavors, Ojha has leveraged his expertise as a press expert and consultant in various organizations, as well as serving as a judge in film and other competitive shows. As the presenter and director of the program "Sachetna" on Nepal Television's news channel, a state owned television, he holds the position of general secretary at the Everest Press Club— an affiliate organization of the Nepal Journalist Federation. Ojha has also worked as an editor for Lalitpur Metropolitan, the Federation of Nepalese Exporters, several online magazines, and various books. Recognized for his outstanding contributions, Ojha has received numerous accolades. Among them, he was honored by Nepal Television on its 37th anniversary for his active involvement in producing programs for the channel over a span of 15 years.
Additionally, he was awarded the Dadasaheb Phalke Television Award in Mumbai, India, in 2023, the UPPA Award 2023 by the Uttar Pradesh Artist Academy in Lucknow, the 'Mahatma Gandhi Excellence Award 2023' in Delhi & the Human Rights Award 2023 by World Human Rights Council in Lucknow India. Also he has received MSN Excellence Award 2019 in Alexandria, Egypt, and the 'UNPKFC Humanitarian Award 2022' by the United Nations Peacekeepers headquartered in Thailand.
Furthermore, he has been honored with the Taan Tourism Award by the Trekking Agencies Association of Nepal, the FEEN Award by the Federation of Exporters Entrepreneurs Nepal, the Economic Journalism Award by the Lalitpur Chamber of Commerce, a Letter of Appreciation from the Election Commission of Nepal, and the Journalism Enterprise Award from Nigrani Daily. Saroj Ojha's recent appointment as the International Peace Ambassador of The Daily Global Nation marks a significant recognition of his contributions to literature, journalism, and promoting peace. With this esteemed position, Ojha continues to inspire others through his remarkable work and dedication.
Kathmandu| In a grand award ceremony held at the National Dance Theatre, Vilash Khatri was presented with the esteemed title of Guest of Honor. The accolade was graciously bestowed upon him by the Honorable Chairman of the National assembly, Narayan Prasad Dahal, during an event organized by Focus Nepal.
Khatri, renowned for his expertise in the hospitality sector, represented this industry as a special guest at the event. The ceremony also honored various personalities from diverse backgrounds, including the versatile Saroj Ojha, the poet, journalist and peace campaigner, contributor across different fields.
After an event Khatri speaking to the media expressed his gratitude to the organizers for the distinguished recognition.
ललितपुर, नेपाल – इभेन्ट म्यानेजमेन्ट कम्पनी एभरेष्ट इभेन्ट्सले नेपाल रेडक्रस सोसाइटी ललितपुर ब्लड ट्रान्सफ्युजन सर्भिससँगको सहकार्यमा वैशाख २२ गते शनिबार पाटन महारानी पोखरीमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
साँझ ४ः३० बजे सुरु भई ६ः३० बजे समापन भएको उक्त कार्यक्रममा ६० भन्दा बढी दाताहरुको सहभागिता रहेको थियो । कार्यक्रमलाई तीन प्रमुख साझेदार नेपाल रेडक्रस सोसाइटी ललितपुर ब्लड ट्रान्सफ्युजन सर्भिस ,राज्य दैनिक, नन्दिनी अर्गानिक र एसएसएमले सहयोग गरेका थिए ।
कार्यक्रम बारे जानकारी दिदै एभरेष्ट इभेन्ट्सका प्रमुख कार्यकारी अधिकृत कृष्ण श्रेष्ठ (रोविन) ले कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दाता र सहयोगीहरुलाई धन्यवाद दिए । आगामी दिनमा रगतको अभावलाई सम्बोधन गर्दै मानवताको बृहत्तर सेवा गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए।
‘नेपाल रेडक्रस सोसाइटी र ललितपुर ब्लड ट्रान्सफ्युजन सर्भिसको सहकार्यमा यो रक्तदान अभियान आयोजना गर्न पाउँदा हामी हर्षित छौं,’ श्रेष्ठ रबिनले भने । ूदाताहरूबाट अत्याधिक प्रतिक्रिया हाम्रो समुदायका मानिसहरूको करुणा र उदारताको प्रमाण हो। हामी हाम्रा सबै साझेदारहरूलाई यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नु हुने सबै प्रति आभारी छौं।ू
एभरेष्ट इभेन्ट्सले पहिलो पटक आयोजना गरेको यस रक्तदान कार्यक्रम ईभेण्ट कम्पनीहरु मध्येबाट पनि पहिलो नै भएको श्रेष्ठले दाबी समेत गरे ।
काठमाण्डौ - इनास अमेरिकाका अध्यक्ष एवम् चलचित्र अभिनेता राहुल केसी में ११ र १२ मा फ्रान्सको पेरिसमा नवौ इनास यूरोप स्तरीय एकल नृत्य तथा छैठौं एकल गायन प्रतियोगिता सहभागी जनाउनको लागी पेरिस प्रसथान गरेका छन्।
फ्रान्सको पेरिसमा आयोजना हुने नवौ इनास यूरोप सो कार्यक्रममा विशेष अतिथिका रुपमा सहभागी हुन इनास अमेरिकाका अध्यक्ष केसी फ्रान्स जाँदै गरेका अभिनेता केसीलाई अमेरिकाको वासिंटन डि. सी. स्थित डलस इन्टरनेसनल एयरपोर्टमा विदाई गरिएको थियो ।
इनास अमेरिकाका प्रवक्ता तथा चलचित्र निर्देशक गोपालचन्द्र लामीछाने र इनास मेरिल्याण्डका अध्यक्ष, गायक तथा संगीतकर्मी लक्ष्मण पौडेलले अध्यक्ष केसीलाई एयरपोर्टसम्म आएर कार्यक्रमको सफलताको शुभकामना सहित बिदाइ गरेका हुन् ।
इनास अमेरिकामा अध्यक्ष राहुललाई मेरिल्याण्डको बाल्टीमोर डिस्ट्रिक्ट आठका सभासद तथा यू.एस. कॉंग्रेसका लागी मेरिल्याण्ड डिस्ट्रिक्ट दुइका डेमोक्रेटिक पार्टीकोतर्फबाट उम्मीदवार डा. ह्यारी भण्डारीले अग्रिम बिदाइ गर्दै कार्यक्रम सफलताको शुभकामना समेत दिएका छन् ।
काठमाडौं–हिमालयन अन्तर्राष्ट्रिय अवार्ड –२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष समारोहबीच रक्षामन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
अवार्ड समारोहमा वरिष्ठ गायिका ज्ञानु राणालाई नगद राशिसहित दीर्घ साधाना सम्मान अर्पण गरिएको थियो । यस्तै सिक्किमका साहित्यकार जीवन शर्मालाई ‘हिमालयन गीत र संगीत विशेष सम्मान’, चलचित्र निर्माता तथा अभिनेत्री रुश्मा राईलाई ‘हिमालयन चलचित्र विशेष सम्मान’ र वरिष्ठ साहित्यकार खेमनाथ दाहाललाई हिमालयन विशेष साहित्य साधना सम्मान’ अर्पण गरिएको थियो ।
‘भाषा, साहित्य, कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नाराका साथ सम्मपन्न भएको समारोहमा वरिष्ठ पत्रकार विजयरत्न तुलाधरलाई ‘हिमालयन पत्रकारिता रजत सम्मान’ नगद दश हजार राशिसहित प्रदान गरिएको थियो । यो पुरस्कारको रकम शम्भुजित सेभेन नोट्सले प्रदान गरेको थियो । यसैगरी वरिष्ठ पत्रकार शान्तिप्रियलाई ‘हिमालयन पत्रकारिता विशेष सम्मान’, विनोद देवकोटालाई ‘हिमालयन पत्रकारिता सम्मान’ र किरणप्रसाद अधिकारीलाई मोफसल पत्रकारिता सम्मान अर्पण गरिएको थियो । उहाँहरूलाई प्रमुख अतिथि मन्त्री उप्रेती, विशिष्ठ कलाकार वसुन्धारा भुसाल, वरिष्ठ पत्रकार एवं साहित्यकार प्रा।पुरुषोत्तम दाहाल, अवार्डका अध्यक्ष गणेश सुवेदी र संयोजक गीता अधिकारीले खादा, माला, सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।
यस्तै, समारोहमा अपांग अधिकारकर्मी जगदीशप्रसाद अधिकारी, वरिष्ठ साहित्यकार हरि शर्मा, साहित्यकार रमेश दाहाल, युवा उद्यमी मिर्जा राशिद वेग, लोकदोहोरी गायिका शर्मिला तामाङ, सुनिता नेपाली, वरिष्ठ कस्मेटोलोजिस्ट मन्दिरा खड्का र व्यवसायी अभिशेख विक्रम शाहलाई सम्मान अर्पण गरिएको थियो । म्युजिक कम्पोजर शाहस शाक्य, पत्रकार तुलसी गिरी ‘भावुक’, गायक महेन्द्रराज वराल र संजिवसिंह रानालाई जुरी सम्मान गरिएको समारोहमा पाटन प्याथ ल्याव प्रा।लि।, नोर्डिक एजुकेशन कन्सल्टेन्सी प्रा.लि. र सुमन ड्राइभिङ सेन्टरलाई आभार पत्र हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्ने शिव कैलाश कला मन्दिरका चेतकुमारी कार्की, रश्विता रिजाल, प्रतिज्ञा भण्डारी, कविन्द्र तामाङ र रोशन बुढाथोकीलाई कदर पत्र प्रदान गरिएको थियो । यस्तै सुमित रजक र छिरिङ भोटेलाई मायाको चिनो प्रदान गरिएको थियो । अवार्डका जुरी वरिष्ठ संगीतकार राजु सिंह, अफिसियल एमसी राजेश वर्देवा र प्रमुख अतिथि मन्त्री उप्रेतीलाई विशेष मायाको चिनो प्रदान गरिएको थियो ।
अवार्ड समारोहमा विभिन्न स्रष्टा सर्जकलाई अवार्ड प्रदान तथा आ–आफ्नो क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिलाई सम्मान गर्नु आफैंमा एकदम राम्रो कार्य भएको प्रमुख अतिथि मन्त्री उप्रेतीले बताउनुभयो । उहाँले देशको कला संस्कृतिको संरक्षण र सम्बद्र्धनमा लाग्नुभएका स्रष्टालाई उहाँहरूको कामको मूल्यांकन गर्दै राज्यले गर्नुपर्ने काम एक संस्थाले गरेको र त्यसमा आफू सहभागी भएकोमा गौरवको महसुस भएको जिकिर गर्नुभयो ।
स्रष्टा सर्जक देशका गहना नभएर स्पन्दन भएको भन्दै वरिष्ठ पत्रकार एवं साहित्यकार दाहालले अब भाष्य परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो । नेपाल हिमालय र कला संस्कृतिले जीवित रहने बताउँदै उहाँले अवार्डले भाषा, साहित्य, कला र संस्कृतिका क्षेत्रका व्यक्तित्वलाई उहाँहरूको कार्यको सम्मान गरेको बताउनुभयो ।
स्रष्टा सर्जकलाई सम्मान गर्ने उद्देश्यले सुरु गरेको अवार्ड यसवर्ष पनि निरन्तरता दिएको अवार्डका अध्यक्ष सुवेदीले बताउनुभयो । भाषा, साहित्य कला संस्कृतिका सर्जकलाई सम्मान गर्ने उद्देश्यले अवार्डलाई निरन्तरता दिइएको अवार्ड संयोजक गीता अधिकारीले जानकारी गराउँदै आ–आफ्नो क्षेत्रबाट कार्यक्रम सफल बनाउन सहयोग पुर्याएका सबैमा धन्यवाद व्यक्त गर्नुभएको थियो । उहाँले आगामी संस्करण नेपाल बाहिर गर्ने तयारी रहेको पनि जानकारी गराउनुभयो । वुमेन्स एरा मिडिया ग्रुपकी अध्यक्ष प्रतिमा राईले अवार्डका विषयमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय भावका गीतसँगै आधुनिक, पप, लोकदोहोरी र भजनका साथै भाषाभाषीका विद्यामा पनि अवार्ड प्रदान गरिएको थियो । उत्कृष्ट पाँचबाट सर्वोत्कृष्ट छनोट भएका स्रष्टा सर्जकलाई विभिन्न क्षेत्रका वरिष्ठ व्यक्तित्वहरूले अवार्ड प्रदान गर्नुभएको थियो ।
समारोहमा भजनमा ज्ञानेन्द्र गदाल ‘कृष्ण कन्हैया’, राष्ट्रिय गीतमा गोपालप्रसाद थपलीया ‘देशको माटो’, आधुनिक गीतकार पुरुषमा प्रकाश सुवेदी ‘फूल राम्रो सूर्यमुखी’, आधुनिक गीतकार महिलामा प्रतिमा गुरुङ ‘आमा बाबा’, संगीतकार आधुनिकमा महेश्वर पन्त ‘ज्युदो देवता’ले अवार्ड प्राप्त गर्नुभएको थियो ।
यस्तै संगीत संयोजन आधुनिकमा बलराम राजबंशी ‘माया हाम्रो’, आधुनिक गायकमा हेमन्त शिशिर ‘मेरो लागि तिमी’, आधुनिक गायिकामा समीक्षा अधिकारी ‘जीवनको रेल’, आधुनिक युगल गायनमा रमेश पाठकररचना रिमाल ‘मयााकै पिर’, आधुनिक गीत निर्देशकमा सोनाम पार्खिन ‘अधुरो सपना-२’, आधुनिक गीत मोडल पुरुषमा राज टाइगर ‘धरहरामा बस्यो माया जाल’ र आधुनिक गीत मोडल महिलामा सरस्वती खत्री ‘तिमीलाई ज्यान दिन्छु’बाट अवार्ड चुम्न सफल हुनुभयो ।
त्यस्तै, ध्वनि मिश्रणमा कुमार केसी ‘यही कतै’, छायांकारमा गंगाराम राई ‘सल्लेरी वनमा’, सम्पादकमा दिन्शन शाह ‘कृष्णजीकी राधा’, गजलमा डा।कृष्णहरि बराल ‘अचानक’ले अवार्ड उचाल्नु भएको थियो ।
यसैगरी लोकपपमा सुरेन गौतम, ‘सल्लेरी पाखाहरू’, आधुनिक नवगायकमामा स्याडरोज ‘अदृश्य माया’, आधुनिक नव गीतकारमा गणेश घिमिरे ‘देवता भाकी’, नवमोडल महिलामा एलिना थपलिया ‘तक्दीर’, लोक तथा दोहोरी गायकमा चेतबहादुर बुढाथोकी ‘रेलको बाटो’, लोक तथा दोहोरी गायिकामा काव्य आचार्य ‘एैना काइँयो’ले अवार्ड प्राप्त गर्नुभयो ।
त्यस्तै, लोक तथा दोहोरी शब्दमा कृष्णभारद्वाज ‘डम्बरकुमारी’, लोक तथा दोहोरी लयमा मदन नेपाली (सुफिक्स) ‘लाग्छ माया लाग्दैन’, लोक तथा दोहोरी गीत निर्देशनमा जनक सिंह ‘गरिदेउ विदा’, लोक तथा दोहोरी मोडल पुरुषमा सागर लम्साल ‘पिरैले सुकाउछ ज्यान’, लोक तथा दोहोरी मोडल महिला एन जेड शालु ‘लुकी लुकी’, टेलिचलचित्रमा रश्मि पाण्डे माकुरी ‘सक्किगोनी’ र शृंगारमा विक्रम गौतमले ‘भगवान कसम’बाट अवार्ड उचाल्नु भएको थियो ।
समारोहमा कल्चर गीतमा छिरिङ लामा मोडललाई ‘ङन्जेन जोम्सेदु’, लोक तथा दोहोरी गीतमा सुमी पराजुली चुम्मा चपक्कै’, मोडल आधुनिकमा रोशन श्रेष्ठ ‘ओ लम्भी’, टेली चलचित्रमा सरिता राजोपाध्याय ‘बुहारी’बाट जुरी अवार्ड प्राप्त गर्नुभएको थियो भने सुवाशकुमार मण्डलले ‘हर स्वासमा’ इन्करेजमेन्ट अवार्ड र सुरज श्रेष्ठले लोकपप गीत ‘बेनी बजारमा’बाट पब्लिक च्वाइस अवार्ड प्राप्त गर्नुभएको थियो । कार्यक्रमको प्रायोजन राष्ट्रिय वाणिज्य बैंक, बूढानीलकण्ठ नगरपालिका वडा नं. १२, चलचित्र फर्किफर्की, पाटन प्याथ ल्याव प्रा.लि., नोर्डिक एजुकेशन कन्सल्टेन्सी प्रा.लि., सुमन ड्राइभिङ सेन्टरलगायतले प्रायोजनगरेको आयोजकले जनाएको छ ।
समारोहमा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नेपाल सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापा, विरिष्ठ कलाकार उत्तम केसी, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, गीतकार संघका पूर्वअध्यक्ष चूडामणि देवकोटा, कलाकार ओम प्रतिक, नेपाल सांस्कृतिक संघका महामन्त्री शिवशंकर रिजाल जोगिन्दर पानवाला, महामन्त्री रोशनी केसी, चलचित्रकर्मी मनोज भेटवाल, गायिका देवीका वन्दना, गायक शिशिर योगी, संगीतकार सन्तोष श्रेष्ठ, नायक गजित विष्ट, चलचित्र वितरक गोपलकाजी कायस्थ, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, निर्देशक माधवराज खरेल, कलाकार सनम कठायत, एनिमेटर अच्युत बजगाईं, कलाकार निर्देशक शाश अधिकारी, गीतकार भरत बमजन, निर्देशक रामकाजी घिमिरे, कलाकार कृष्ण शिवाकोटी, गायिका सारिका घिमिरे, कोरियोग्राफररनिर्देशक नारायण रिजाल, गायक माधव भण्डरी, गीतकार तथा पत्रकार सुमन वैरागी, किशन अर्याल, भोला रिजाललगायत विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो ।
काठमाण्डौ - संचारकर्मी एबम् लेखक तथा निर्देशक लक्ष्मण सुवेदीको सामाजिक विषयवस्तुमा बनेको चलचित्र सतीदेवी लाई साउन ४ गतेदेखि देशब्यापी प्रदर्शनमा गरिने भएको छ । चलचित्रलचई उपत्यकामा रिच इन्टरटेन्टमेन्ट र उपत्यकाबाहिर एफडी कम्पनीले फिल्मलाई वितरण गर्ने भएका छन् ।
नारीप्रधान यस चलचित्रको प्रमुख भूमिकामा अभिनेत्री मलिका महत अभिनय गरेकी छिन भने रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज सापकोटा, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, हर्षिका वली, मञ्जिला बाँनिया, सुजिता शिवाकोटीलगायत कलाकारहरूको पनि चलचित्रमा अभिनय रहेकोछ।
दिलासा र साराको प्रस्तुती रहेको उक्त चलचित्रको निर्माण श्रीदेवी, दिलासा र सारा सुवेदी गरेका हुन् ।
बाबु श्रेष्ठले छायांकन रहेको चलचित्र सतीदेवीलाई तारा थापा ‘किम्भे’ ले सम्पादन गरेका हुन्। गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रियसन प्रालिको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा निर्देशक सुवेदीकै कथा, पटकथा र संवाद रहेकोछ। चलचित्र सतीदेवीले विभिन्न चलचित्र महोत्सवहरुमा अवार्ड समेत पाइसकेको छ।
काठमाण्डौं । सनवे कलेजले एआई संबन्धी निःशुल्क पाँच दिने कार्यशाला घोषणा गरेको छ । सनवेले ं१२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि एआई सम्बन्धी पाँच(दिने वर्कसप यही ३१ वैशाखदेखि शुरुवात गर्न गैरहेको जानकारी गराएको हो । कलेजका अनुसार कार्यशाला हरेक हप्ताको सोमबारदेखि पाँच दिनसम्म चल्नेछ।
कार्यशालाले देशभका ं१२ परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई एआई को रोमाञ्चक संसारमा लैजानुको साथै एआईको आधारभूत अवधारणालाई प्रयोगात्मक रुपमा सिक्ने अवसर प्रदान गर्ने कलेजले जनाएको छ । विद्यार्थीहरूले प्रत्यक्ष रुपमा प्रयोगात्मक शैलीबाट एआई का विभिन्न टुल्ससंग खेल्न पाउने र संगै संलग्न भएर काम गर्ने छन । एआई भाषाका मोडेलहरुबाट नयाँ र अद्भुत नतिजा निकाल्ने सरल तरिका सिक्न पाउने छन ।
त्यस्तै यस प्रयोगात्मक वर्कसपमा प्रत्यक्ष संलग्न भएर विद्यार्थीहरूले चालक बिहिन गाडी ९रोबोटिक भेइकल० बनाउने जस्ता गतिविधमा आफुलाई सरिक गराउदै निखार्न पाउने अवसर प्राप्त गर्ने पनि सनवेको दाबी छ । विद्यार्थीहरूले थुप्रै यस्ता रचनात्मक कार्यहरु वर्कसप मार्फत सिक्न पाउने र एआईको प्रयोगलाई आफ्नो दैनिक जीवनमा उतार्न सक्ने यो पाँच(दिने वर्कसप विद्यार्थीको सिकाईको लागी कोशेढुंगा सावित हुने भनाई कलेजको छ । यस वर्कसपमा सहभागी सम्पूर्ण विद्यार्थीहरुले अन्तिम दिनमा एआई प्रमाणपत्र प्राप्त गर्ने जानकारी पनि सनवे कलेजले दिएको छ ।
यो पाँच(दिने आई वर्कसप निःशुल्क संचालन हुने र विद्यार्थीहरु जुनसुकै संकाय ९बिज्ञान, ब्यबस्थापन, मानविकी० बाट सबै जनाले भाग लिन पाउने जानकारी गराउदछौ ।
आजको युगमा आई आधुनिक समयको आधारशिलाको रूपमा खडा छ । आई को सीपले १००५ रोजगारीमा टेवा दिनुको साथै विद्यार्थीहरुको दैनिक ज्ञान हासिलमा मूर्त रूप दिन्छ। सनवे कलेज काठमाण्डौले बर्मिङ्घम सिटी युनिभर्सिटी, युकेसँगको सहकार्यमा ४ बर्षे बछेलोर डिग्री आई र डत ष्चिएन्चे मा प्रदान गर्दछ। यस पाँच(दिने वर्कसपमा सहभागी सबै विद्यार्थीहरु आई छात्रवृत्ति उप्तो १००५ सम्मको अवसर प्राप्त गर्ने छन।
काठमाडौं। नेपालमा छायाङ्कन भइरहेको प्रभु देवाको प्रमुख अभिनय रहेको दक्षिण भारतीय चलचित्र ‘सत्य मङ्गला’मा नेपाली निर्देशक जनकदीप पराजुलीले सह-निर्देशन गरेका छन्। नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष समेत रहेका पराजुलीले चार दिनदेखि पोखरामा चलिरहेको छायाङ्कनमा काम गरिरहेका छन्।
छायाङ्कनको लागि प्रभु देवा भने नेपाल आएका छैनन्। उनका ‘बडी डबल’ले उनको सट्टामा काम गरिरहेका छन्। यसको छायाङ्कन धम्पुस र लेकसाइड क्षेत्रमा भएको छ। नेपाल छायाङ्कन व्यवस्थापन हेरिरहेका पराजुलीले स्टेफन जोसेफसँगै चलचित्रको सह-निर्देशन गरेका हुन्। निर्देशक भने आर्यन प्रताप हुन्।
कन्नड भाषाको यो चलचित्रमा भारतबाट भागेर नेपाल आइपुगेका केही पात्रको खोजीका लागि प्रहरीले चलाएको अप्रेसनको कथा रहेको बताइएको छ। यो चलचित्र कन्नड भाषासहित तमिल, तेलुगू, मलयालम र हिन्दी भाषामा रिलिज हुने बताइएको छ।