हेटौडा – चलचित्र पत्रकार संघ नेपाल, केन्द्रीय कार्यसमितिको आयोजना र चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाको सह–व्यवस्थापनमा बागमती प्रदेशको राजधानी हेटौंडामा आइतबारबाट चार दिवसीय प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला सुरु भएको छ । कार्यशालाको उद्घाटन सत्रमा चलचित्र पत्रकारितामा लामो समय विताइसक्नु भएका चलचित्र निर्देशक तथा चलचित्र पत्रकार माधव राज खरेल, चलचित्र पत्रकार सानु श्रष्ठ, विनोद अर्याल, सञ्चारकर्मी एवं नायिका शोविता सिंखडा तथा सञ्चारकर्मी निराजन भण्डारीलाई मानार्थ सदस्यता प्रदान गरिएको थियो ।
कार्यशालाको शुभारम्भ गर्दै हेटौडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले नेपालमा व्यावसायिक रुपमा चलचित्र पत्रकारिता फस्टाइरहेको देख्दा खुशी लागेको बताइन् । उनले हेटौडालाई छनोट गरेर राष्ट्रिय भेला र चलचित्र पत्रकारिता कार्यशाला आयोजना गरेकोमा आभार व्यक्त गरिन् ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालमा चलचित्र र चलचित्र पत्रकारिताको सम्बन्ध अभिन्न रहेको भन्दै आगामी दिनमा यो सम्बन्धलाई अझ मजबुत बनाएर लैजानमा जोड दिए ।
चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामीले देशभरका चलचित्र पत्रकारलाई चलचित्र र चलचित्र पत्रकारिताको वर्तमान अवस्थासँगै चलचित्र पर्यटन, विज्ञापन, बजारीकरणलगायतका विषयमा जानकारी दिन कार्यशाला गरिएको बताए ।
चलचित्र पत्रकार संघ नेपालका पूर्व अध्यक्ष शान्तिप्रियले नेपालमा चलचित्र पत्रकारिताको विगत र वर्तमानको अवस्थालाई कार्यपत्रमा प्रस्तुत गरेका थिए । कार्यपत्रमा चलचित्र पत्रकारिताको पृष्ठभूमि, प्रारब्ध, रंग पत्रकारिताको वर्तमान अवस्था (पत्रपत्रिका, रेडियो÷एफएम, टेलिभिजन, अनलाइन÷डिजिल युग), चलचित्र पत्रकारिताको उद्देश्य र प्रभाव (चलचित्र पत्रकारिता र व्यावसायिक सम्बन्ध) विषयलाई समेटिएको छ ।
त्यस्तै कार्यपत्रमा चलचित्र पत्रकारिताको विद्यमान अवस्था), चलचित्र पत्रकारिताका चुनौती, चलचित्र पत्रकारितामा आकर्षण कि विकर्षण ?, चलचित्र पत्रकार संघको इतिहास र वर्तमान अवस्था र कार्यदिशालाई पनि उल्लेख गरिएको छ ।
कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले मिडिया हाउसले बिट पत्रकारिताका रुपमा चलचित्र पत्रकारितालाई स्वीकार्नु स्वागत योग्य भएको बतँए । उनले शान्तिप्रियले कार्यपत्रमा उल्लेख गरे जस्तो प्रिन्ट पत्रकारिताको अवसान भएको कुरा गलत भएको भन्दै त्यसलाई ‘डिजिटल रुपान्तरण’का रुपमा राख्न सुझाव दिए । ‘हाम्रो मिडिया अहिले फेसबुक, युट्युब तथा डिजिटल प्लेटफर्ममा गइसकेका छन् । त्यसकारण अहिले नै प्रिन्ट पत्रकारिताको अवसान भन्नु अलिक हतारो भयो कि ?’ उनले भने ।
बलले चलचित्र पत्रकारितामा व्यावसायिकता भनेको क्षमता अभिवृद्धिका रुपमा आफूले बुझेको बताए । ‘उहाँले चलचित्र पत्रकारितामा व्यावसायिकताको सवालमा विशेषत फाइदा र आर्थिक कुरालाई जोड दिनुभएको छ । तर मेरो बुझाईमा व्यावसायिकता भनेको क्षमता अभिवृद्धि हो । उहाँले कार्यपत्रमा यो कुरालाई अझ प्रष्ट खुलाइदिनुभएको भए राम्रो हुन्थ्यो’, उनले भने ।
त्यस्तै बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटाले ‘चलचित्र ऐन’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनको कार्यपत्रमा छलफल गर्दै निर्माता तथा निर्देशक आकाश अधिकारीले कार्यपत्रमा प्रदेशको कथा विषयवस्तुलाई प्राथमिकता दिएजस्तै नेपालका कथालाई विषयवस्तुलाई पनि समेट्न सकेमा राम्रो हुने सुझाव दिए । उनले रोल्पा, डोल्पामा छायांकन हुने फिल्महरु बागमती प्रदेशमा सुटिङ गर्न आए भने पनि त्यसलाई सहुलियतको व्यवस्था हुनुपर्ने माग गरे ।
नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले बनिसकेका फिल्म प्रदर्शनलाई सापकोटाले आफ्नो कार्यपत्रमा प्रस्तुत नगरेकोमा गुनासो गरे । उनले फिल्मको बजारको कुरा छुटेको र फिल्म हल सञ्चालनको विषयमा स्थान नदिएको बताए ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले प्रदेश र संघीय सरकारले बनाउने चलचित्र ऐन एकापसमा बाझ्ने किसिमको नहुनुपर्ने तर्क राखे ।
राष्ट्रिय भेलामा पत्रकार ध्रुव लम्सालले ‘नेपाली चलचित्र उद्योगको अवस्थाः हिजो आज र भोलि’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि टिप्पणी गर्दै पत्रकार विदुर गिरीले कार्यपत्र नभई टिपोट मात्र भएको बताए । उनले कार्यपत्रमा धेरै कुरा छुटेकाले कार्यपत्रमा मेहनत नदेखिएको उल्लेख गरे ।
प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले फिल्म पर्यटनका बारेमा धेरै कुराकानी भए पनि यो विषयमा गहन छलफल हुनुपर्ने बताए । उनले चलचित्र पत्रकारिता धेरै पढिने विधा भएकाले यसलाई ठट्टाको रुपमा नलिन आग्रह गरे । ‘अब कन्टेन्टको विषयमा ध्यान दिनुपर्छ । चलचित्र पत्रकारितामार्फत चलचित्रको आयाम फेर्ने समय आएको छ । त्यसकारण चलचित्रका कन्टेन्ट लेख्दा यसको प्याटर्न चेन्ज गरौं । मर्यादित, विश्वसनीय र स्तरीय कन्टेन्ट बनाउनतिर ध्यन दिऔं’, उनले भने ।
‘चलचित्र पत्रकारिता र आचारसंहिता’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै फूलमान बलले चलचित्र पत्रकारिता गर्नेलाई चलचित्रबारे ज्ञाने हुनुपर्ने सुझाव दिए । ‘अहिले रहरमा आउने, बुम, क्यामरा बोकेर पत्रकारिता गर्नेलाई आचारसंहिताको केही थाहा छैन । भ्यूज पत्रकारिता बढ्यो’, फूलमानले गुनासो गरे ।
विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले ‘क्लिन फिड र अनलाइन बजार व्यवस्थापन’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
काठमाडौं । खबरब्रेकिंग अनलाइन मिडियाका अध्यक्ष तथा प्रधान सम्पादक रामप्रसाद गैरे विश्व उपभोक्ता महासंघ नेपालबाट सम्मानित भएका छन् । शुक्रबार एक विशेष कार्यक्रमका बीच उनलाई पूर्वप्रधानन्यायधीश एवं मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले सम्मान गरेका हुन् ।
अध्यक्ष गैरेलाई दुई दशकदेखि अत्यन्त निष्ठा र समर्पणका साथ संचार एवं समाजसेवाको क्षेत्रमा क्रियाशिल भएर आर्थिक र सामाजिक रुपान्तरणको लागि गरेका योगदानको कदरस्वरुप संस्थाको आठौं वार्षिकोत्सबको अवसरमा “राष्ट्रिय सेवा सम्मान २०८०” द्वारा सम्मानित गरिएको हो।
प्रधानसम्पादक गैरे सम्वाद क्लव नेपालका अध्यक्ष समेत हुन् ।
काठमाडौँ, फागुन ५ | कवि तथा गीतकार कला सेरेङको कविता तथा गीत सङ्ग्रह ‘कलाका अन्तर्मन’ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले शनिबार काठमाडौंमा आयोजित समारोहमा उक्त कृति सार्वजनिक गर्नुभएको हो ।
अढाइ दशकदेखि कर्मथलो हङकङमा रहनु भएको सेरेङको यो पहिलो कृति हो । पुस्तक कृतिभित्र ११५ शीर्षकका गीत तथा कविता रहेका छन् । परदेशमा रहँदा घरदेशको सम्झनालाई विषयवस्तु केन्द्रित रहेका छन् । मातृभूमि नेपालको वनपाखा, गाउँघर, सर्वोच्च शिखर सगरमाथा, बाबुआमा, पुर्खाले सिंचेको मातृभूमिप्रति माया, मायाप्रितीका शब्द उनिएका छन् ।
पुस्तक कृतिबारे उपकुलपति भुपाल राईले कवि कला सेरेङको कविताबाट उर्जा मिल्ने बताउनुभयो । उहाँले कला, साहित्यले देशमा परिवर्तन ल्याउनसक्ने बताउनुभयो । उहाँले कविताले मानिसलाई रुवाउन र हसाउन सक्ने भएकोले साहित्यमा ठूलो शक्ति लुक्ने बताउनुभयो । शक्तिको श्रोत हुने भन्दै अब्बल कविताले परिवर्तन ल्याउनसक्ने बताउनुभयो । विदेशमा बस्ने नेपालीहरुले साहित्यलाई धेरै माया गर्ने गरेको पाएको भन्दै उहाँले कवि कला सेरेङलाई शुभकामना दिनुभयो ।
कार्यक्रममा कवि तथा लेखिका कला सेरेङले आफ्नो अनुभव र भोगाइलाई कविता तथा गीत मार्फत पस्कन खोजेको बताउनुभयो । उहाँले आफ्नो कविताले नेपाली साहित्य क्षेत्रमा एउटा इँटा थप्ने काम गरेको भन्दै साहित्यलाई निरन्तरता दिदै जाने बताउनुभयो । कवि सेरेङले डायस्पोरामा रहेर मातृभूमि नेपालको मायाले गर्दा मनका भावनाहरू साहित्यमा उतारेको बताउनुभयो । ‘मैले नेपाली साहित्यको इतिहास पढेर, सिद्धान्त घोकेर कुनै रचना रचेको छैन,’ उहाँको भनाइ छ, ‘हामी डायस्पोरामा रहेर मातृभूमि र नेपाली भाषाको श्रीवृद्धि गर्ने चाहनाले भावनाको सँगालो प्रकाशनमा ल्याएको हुँ ।’
कार्यक्रममा विनोद चोङबाङले संयोजन गर्नुभएको कृतिमा डा. दिलकुमार हाङसुरुङ लिम्बू र नरेन नुगो लिम्बूले भूमिका लेख्नु भएको छ ।
कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ धनप्रसाद सुवेदीले कला साहित्य मार्फत मानिसका भोगाइ र बिम्बहरु प्रस्फुटन हुने बताउनुभयो ।
कार्यक्रममा प्राडा नृसिंह कुमार खत्री, वरिष्ठ चलचित्र निर्देशक विनोद श्रेङ्ग, नेपाल सरकारका उपसचिव कुलराज सुनुवार, गीतकार सुरेन्द्र राना, पत्रकार गणेश राई, चलचित्र निर्देशक उदय सुब्बा, सुनुवार सेवा समाज अध्यक्ष अमृत बहादुर सुनुवार
श्रेङ्ग समाज काठमाडौका अध्यक्ष दुर्गा श्रेङ्ग, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ चेतनाथ धमल, गितकार सरिता राई लगायतको उपस्थिति रहेको थियो ।
यस्तै कला सेरेङको ‘अतितका यादहरू’ गीतिभिडियोको गीतलाई संगीतकार बीबी अनुरागीले संगीत दिनुभएको छ । प्रसिद्ध गायिका अन्जु पन्तले गाउनु भएको छ । उक्त भिडियोमा ओखलढुंगाको लिखु गाउँपालिका–९ पोकली वाच्पुको ग्रामीण जनजीवन समेटिएको छ । परम्परागत कृषक परिवारको जीवनशैली प्रस्तुत गरिएको छ । त्यसमा कला सेरेङ र उनका जीवनसाथी सीएम सुनुवार स्वयंले अभिनय गर्नु भएको छ । सीएम सुनुवार वाम्बुले राई संस्कृतिमा आधारित चलचित्र ‘सुम्निमा’को नायकसमेत हुनुहुन्छ ।
Kathmandu | A proficient team has embarked on a journey to shoot auditions for the rap song reality show, 'Rap Battle Nepal', organized by Yuzisa International and co-organized by Rajya Media Network. The team set off from Kathmandu to Sikkim on Thursday, bidding farewell to them was Saroj Ojha, Chairman of Rajya Media Network. 'Rap Battle Nepal' is slated to be broadcast on AP1 Television starting in April.
The show's director, Sanu Khan, revealed that eminent musicians from both the Nepali music industry and Bollywood will play a crucial role in the show. Devil Singh Rajput, the event director, expressed his excitement about this upcoming show, stating that it will create a joyful musical atmosphere, appealing to a diverse audience, including the youth. Auditions for 'Rap Battle Nepal' are being conducted in various cities in India, namely Darjeeling, Siliguri, and Sikkim. After completing the auditions in these locations, the team plans to further travel to different cities in Nepal, including Jhapa, Itahari, Janakpur, Chitwan, and Pokhara.
The auditions will be held at Remanti Sangit Academy in Sikkim on February 17, Hotel Yuma in Darjeeling on February 19, Karma Music Academy in Siliguri on February 21, BTM Mantra Thakali in Jhapa Birtamod on Falgun11, Hotel Maden Inn in Itahari on Falgun 13, Hotel Rajdarbar Navrang Resort in Janakpuri on Falgun 15, Chitwan Garden resort Bharatpur in Chitwan on Falgun 17, Club Sixteen in Pokhara Lakeside on February 19, as well as in Kathmandu on February 21 and 22. Additionally, the organizers are also preparing for digital auditions to accommodate Nepali speakers scattered around the world. The journey of this capable team marks the beginning of an exciting chapter in the rap music industry in Nepal. The auditions for 'Rap Battle Nepal' promise to bring forth immense talent and offer a platform for aspiring rap artists to showcase their skills and creativity. The show's organizers are committed to providing a captivating musical experience that will captivate the audience and leave a lasting impact on the Nepali music scene.
काठमाण्डौ – चर्चामा प्रणय दिवस विशेष म्युजिक भिडियो तिमी नभए सार्वजनिक भए लगत्तै चर्चा बटुल्न सफल भएको छ। एभरेष्ट ग्यालरीले निर्माण तथा बजार व्यवस्थापन गरेको उक्त म्युजिक भिडियोमा कलाकार द्वय सनम कठायत र कविता न्यौपानेलाई विवाहित दम्पतीको रूपमा निकै आकर्षक प्रेम मुन्द्रामा प्रस्तुत गरिएको छ ।
राजकुमार बगरको शब्द र संगीत रहेको उक्त प्रेमिल गीतमा रमेश किशोर ढकालको आवाज रहेको छ । जनक सिंहको निर्देशन , दिपक गिरिको छायांकन र अमृत चापागाईंको सम्पादन रहेको उक्त म्युजिक भिडियोले युट्युबमा लाखौं द दर्शकहरु माया बटुल्न सफल भएको छ ।
काठमाडौं, २ फागुन/ विगत ८ वर्ष अगाडि शुरु गरिएको च्वास्स झोल मःमः को एउटा नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याईएको छ । सरस्वती पूजा तथा विश्वप्रणय दिवसको अवसर पारेर काठमाडौंस्थित ठमेलको छाया सेन्टरमा च्वास्स झोल मःमःले आफ्नो ४४ औं शाखा विस्तार गरेको हो । कागेश्वरी मनहरा नगरपालिका वडा नं. ६ मुलपानीका नवराज ढकालले सिंगापुर, मलेसिया, दुबई, कत्तारलगायतका देशहरुमा यस्तै चेन रेष्टुरेन्टहरुमा व्यवस्थापनको जिम्मेवारीमा रहेर सिकेको सीप र हासिल गरेको अनुवभवलाई नेपालमा प्रयोग गरेर नेपालको आतिथ्यता सत्कार व्यवसायलाई नमूना स्वरुप दिने प्रयास गरिएको बताएका छन् ।
नेपाली मौलिक स्वादको खाद्य परिकारलाई नमूना व्यवसायको रुपमा सञ्चालनमा ल्याएर नेपाली युवालाई स्देशमा नै रोजगारको अवसर सृजना गर्न आफूले यो प्रयास गरेको उनको भनाई छ । ढकालले भनेका छन् ‘खाद्य परिकारमा पनि नयाँ स्वाद र ग्राहकको मन जित्न अहिलेसम्म विदेशमा सिकेको अनुभवलाई नेपालमा प्रयोग गरिरहेको छु । नेपाली मौलिक स्वादमा आधारित च्वास्स झोल मःमः नाम दिएर यसको सेवा केन्द्र सञ्चालनमा ल्याउदा विदेश जाने तयारीमा रहेका नेपाली युवालाई स्वदेशमा आकर्र्षित गर्न मैले यो अभियान थालेको हुँ ।’
विदेशमा ‘म्याक डोनाल्स’ नामक यस्तै चेन कम्पनीमा काम सिकेर नेपालमा त्यस्तै व्यवसाय सञ्चालनमा ल्याएका व्यवसायी नवराज ढकाल यो मःमःको शाखाहरु काठमाडौं उपत्यकाका विभिन्न व्यस्त बजार क्षेत्रहरुका साथै झापाको दमक बजारमा र दुवईमा समेत शाखाहरु रहेको बताउँछन् । सबै शाखाहरुमा तयार पारिने मःम बनाउन प्रयोग गरिने किमा बोसोरहित र शाकहारी उपभोक्ताहरुका लागि पनि स्वास्थ्यमा प्रतिकुल असर नपर्नेगरी मःमः बनाउन प्रयोग गरिने सामाग्रीहरुको सुद्धता परीक्षण गरी एकै प्रकारका मसला, किमालगायतका सामग्री प्रयोग गर्ने गरिएको पनि व्यवसायी ढकाल प्रष्ट पार्छन् ।
‘पौष्टिक तत्वमा कुनै प्रकारको कमी नभएका खाद्य सामाग्रीहरुको प्रयोगबाट हामी उपभोक्ताहरुलाई मःमः खुवाउदै आईरहेका छौं’ उनी भन्छन् ‘चिल्लो मात्रा कम भएको च्वास्स झोल मःमःका सेवाग्राहीहरु र शाखा सञ्चालकहरुलाई पनि हाम्रो केन्द्रीय भान्छामा अवलोकन गराउने गरिएको छ साथै सबै सेवा केन्द्रहरुबाट एउटै स्वादमा मःमः तयार पार्न प्रशिक्षण तथा निर्देशन समेत दिने गरेका छौं ।’ च्वास्स झोल मःमःको ट्रेडमार्क समेत लिएर सेवा केन्द्रहरु विस्तार गर्दै आएको बताउँदै ढकालले यदि लगानी अभावमा इच्छा भएर पनि यस कम्पनीसँग आबद्ध भई यहि मःमःको व्यवसाय गर्न लगानी जुटाउनका लागि धितो बन्धकी राख्न पुग्ने अचल सम्पत्ति भएका इच्छुक ब्यक्तिहरुलाई सबै प्रकारको तालिम दिएर यो व्यवसाय सञ्चालन गर्न सक्ने आधार तयार पार्ने काममा पनि आफूहरुले सहजकर्ताको भूमिका निर्वाह गर्दै आएको जानकारी दिएका छन् ।
२ किलोमिटर दुरी टाढा मात्रै अर्को सेवा केन्द्र सञ्चालन गर्न सकिने प्रावधान अपनाईएको च्वास्स झोल मःमः बिक्री तथा सेवा केन्द्र सेवा सञ्चालन गर्न चाहने ब्यक्तिलाई स्वीकार गरी यस्ता सेवा केन्द्र सञ्चालन गर्न सम्झौता गर्न सकिने पनि ढकालले जानकारी दिए । पसलको लागि चाहिने किमा, अचार, पिठोलगायत सबै प्रकारका उपकरण, भाँडा कुडा, सजावट, पसलका लागि चाहिने सीपयुक्त सबै प्रकारका जनशक्ति उपलब्ध गराउने र लोगो समेत व्यवस्थित गर्ने काम कम्पनी आफैंले गरिदिने भएकोले पसल सञ्चालन गर्न इच्छुक ब्यक्तिले इच्छा शक्ति मात्रै बनाएर लगानी गर्ने सोच राख्न सक्ने पनि कम्पनी सञ्चालक ढकालको भनाई छ । मांशहारी सेवनकर्ताहरुका लागि छोइला र शाकहारी र मांशहारी सेवनकर्ताहरुलाई झोल मःमः उपलब्ध हुने च्वास्स झोल मःमः पछिल्लो समयमा आमउपभोक्ताहरुले रुचाउन थालेकोमा अब यो अभियान देशब्यापी बनाउने तयारी गरिएको पनि उनले बताए ।
आफ्नै सहोदर भाई गोकुल ढकालको संलग्नतामा शुरु गरिएको च्वास्स झोल मःमः भारतका मूख्य शहरहरुमा पनि सञ्चालनमा ल्याउन अध्ययन भईरहेको सञ्चालक नवराज ढकालले जानकारी दिएका छन् ।
ललितपुर - ललितपुरको गोदावरीमा राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठान नेपाल(एनसिपिए)को आयोजनामा भएको ‘खुल्ला साङ्गीतिक बहसमा गीत सङ्गीतको चुनौती र भबिस्य बिषयक’ शिर्षकमा भएको खुल्ला बहस सस्थाका कार्यसमिति सदस्य र साधारण सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।
उक्त खुला बहसमा सभापतिको भुमिकामा सस्थाका अध्यक्ष सङ्गीतकार राजेन्द्र बजगाई र अतिथि बक्तामा रोयल्टि संकलन समाजका महासचिव तथा सस्थाका सहल्लाकार बद्री पान्डे, निर्देशक तथा सस्थाका सल्लाहकार माधबराज खरेल, पत्रकार तुलसी गिरी ‘भावुक’, सल्लाहकार रामनारायण सुवेदी र सस्थाका महासचिव सङ्गीतकार दिपक शर्माले अहिलेको सङ्गीतको अबस्था र भबिस्यबारे प्रकाश पारेका थिए ।
महासचिव दिपक शर्माले हामिले नदेखेको र हाम्रो पहुच नपुगेको धेरै ठाउहरुबाट पनि प्रशस्त रोयल्टि संकलन गर्ने सकिने र रोयल्टिको अधिकारलाइ स्रस्टालाइ मात्र नखुम्च्याएर गीत सङ्गीतभित्र काम गर्ने अरु बिधालाइ पनि समेट्नुपर्ने र यो कुराको ध्यान अन्य संघ सस्थाहरुले पनि बहस हुनुपर्ने कुरा बताए ।
रोयल्टी संकलनका महासचिव बद्री पान्डेले सङ्गीतकार तथा सस्थाका महासचिव दिपक शर्माको कुरामा सहमत राख्दै अब आउने दिनहरुमा हामिले सोचेको भन्दा नि राम्रो गरि रोयल्टी उठ्ने बाताबरण बनिरहेको र सम्पूर्ण स्रष्टाहरुले आफ्नो गीतको कोड उपलब्ध गराउनु पर्ने बताए ।
अर्का बक्ता माधबराज खरेलले चलचित्रका हरेक पाटाका पात्रहरुलाइ पनि रोयल्टीको बिषयमा बुझाउनु पर्ने बताए ।
संचारकर्मी तुलसी गिरी ‘भावुक’ले उठ्नु पर्ने रोयल्टी किन उठिराको छैन यो कुरालाइ संचारको माध्यमबाट आफुले गर्न सक्ने भुमिका खेल्ने बताउनु भयो ।
अर्का संचारकर्मीतथा संस्थाका सल्लाहकार रामनारायण सुवेदीले रेडियोमा गीत सङ्गीत बजाउदा रोयल्टी संकलन समाजले रोयल्टीमा गरेको कडाइ अलि फितलो भएको र गीत कहा कहाबाट कसरि कति पटक बज्यो भन्ने डाटा स्पष्ट हुनुपर्ने बताउनु भयो । सस्थाका अध्यक्ष र कार्यक्रमका सभापति राजेन्द्र बजगाइले महासचिव दिपक शर्माका कुरामा समर्थन जनाउदै हामिले आज साङ्गीतिक बाटोलाइ फराकिलो बनाउन सकियो भने भोलि आउने पिढिले आज हामिले जस्तो कडा संघर्ष गर्न नपर्ने र आफ्नो अधिकार सहज तरिकाले सुररिक्षत गर्ने जनाउनु भयो ।
कार्यक्रममा संचारकर्मी राजेन्द्र लुइँटेल, प्याजेन्ट डाइरेक्टर लब बहादुर कार्की, नायक श्रीदेव भट्टराई,तारादेबि फाउन्डेसनका महासचिव सुभम सैजु, सस्थाका उपाध्यक्ष नायिका उषा उप्रेती, कोषाध्यक्ष गायक नारायण बहादुर थापा, सचीव गायिका सुजाता के सि, गयिका रिता केसि, सदस्य गायक भुबन प्यासि, सदस्य नायिका प्रतिक्षा काफ्ले, सदस्य ध्वनि मिश्रण मनोज परियार, निर्देशन महेन्द्र चन्द (माइकल) गायक डेबिड शंकर, राज कटुवाल, नबिन कुमार पौडेल,गिता पाण्डे , पबन रानाभाट, सुबास तिम्सिना, सरु गौतम, कुमार कटुवाल, फोटो ग्राफर बद्री थापा लगायत थुप्रै व्यक्तित्वहरुको उपस्थिति भएको उक्त कार्यक्रम सस्थाका महासचिव दिपक शर्माले संचालन गरेका थिए ।
काठमाडौं - प्रियसी म्युजिक प्रा.लि. र राष्ट्रिय लोक साँस्कृतिक संघद्धारा आयोजित ‘तेश्रो सिल्भर ईन्टरनेशनल म्युजिक अवार्ड-२०२४’ सम्पन्न भएको छ । थाईल्याण्ड , सिंगापुर र मलेसियाको सांगीतिक भ्रमण सहित गैर आवासिय नेपाली क्वालालम्पुर मलेसियाको सभाहलमा सम्पन्न अवार्ड समारोहको अध्यक्षता म्युजिक भिडियो निर्देशक समाजका कोषाध्यक्ष बबिता श्रेष्ठले गरेकी थिइन् ।
त्यस्तै लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष चन्द्र शर्माको प्रमुख आथिती रहेको समारोहमा बिशिष्ठ अतिथिहरुको रुपमा गैर आवासिया नेपाली मलेसियाका उपाध्यक्ष, गैर आवासिया नेपाली मलेसियाका पूर्व महा–सचिव सुन्दर आले सहित बिभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । सांस्कृतिक कलाकार उद्धिराम खड्का, गायक सिडि बिजय अधिकारी, गायक अमृत खाती, गायिका रमला पाख्रिन तामाङ्ग र मोडल दिपेन्द्र राज गिरी अवार्डका जुरी मेम्बर रहेका थिए ।
नेपाली गीत संगीतका बिभिन्न ३७ बिधामा अवार्ड प्रदान गरिएको थियो ।
बिजेताहरु :
सर्बोत्कृष्ट चाँडपर्व गीत गायिका (जुरी)– आरती खड्का,
सर्बोत्कृष्ट काठे गीत गायक – अमृत भारती,
सर्बोत्कृष्ट आधुनिक गीत मोडल(महिला)– अश्मी थापा,
सर्बोत्कृष्ट आधुनिक गीत गायक – बलराम परियार,
सर्बोत्कृष्ट आधुनिक गीत संगीतकार – दिपकराज बिश्वकर्मा,
सर्बोत्कृष्ट बहुप्रतिभाशाली कलाकार – डि.आर सुजन (डिल्लीराम रेग्मी)
सर्बोत्कृष्ट चाडपर्व गीत गायिका – गीता भट्टराई
सर्बोत्कृष्ट लोकदोहोरी गीत गायिका – जानुका तामाङ्ग
सर्बोत्कृष्ट आधुनिक गीत गीतकार (जुरी) – जीवनदास सुनुवार
सर्बोत्कृष्ट कलाकार – कमल बहादुर आले
सर्बोत्कृष्ट प्रत्यक्ष दोहोरी गायिका (जुरी)– कामना ओली,
सर्बोत्कृष्ट टेलिचलचित्र कलाकार – कुल बहादुर ओली,
सर्बोत्कृष्ट नव मोडल (पुरुष) – लोक बहादुर रसाईली,
सर्बोत्कृष्ट लोकदोहोरी गायक (जुरी) – मदन थापा
सर्बोत्कृष्ट लोकदोहोरी नव गायिका – मधु रसाईली
सर्बोत्कृष्ट नव मोडल (महिला) – ममता राना मगर
सर्बोत्कृष्ट भिडियो निर्देशक – निरेन श्रेष्ठ
सर्बोत्कृष्ट नव मोडल (नृत्य)– पबित्रा काफ्ले
सर्बोत्कृष्ट मौलिक भाषाभाषी (सालैजो गायिका) – रबिना गुरुङ्ग
चाडपर्व गीत मोडल (पुरुष) – राजन पुरी
बर्षकै सर्बोत्कृष्ट गायक – राम प्रसाद पौडेल (उपाध्याय)
सर्बोत्कृष्ट प्रत्यक्ष दोहोरी गायिका – रेनुका भट्टराई,
सर्बोत्कृष्ट लोकदोहोरी गायिका (जुरी) – रिया घले
सर्बोत्कृष्ट आधुनिक गीत मोडल महिला (सदाबहार)– सबिना कार्की
सर्बोत्कृष्ट मौलिका भाषाभाषी (कौडा गायिका) – सबिता परियार
सर्बोत्कृष्ट काठे गीत नव गायिका – साबित्रा भुजेल
सर्बोत्कृष्ट आधुनिक गीत गायक – सन्तोष लामा
सर्बोत्कृष्ट लोकदोहोरी गायक – सरोज लामिछाने
सर्बोत्कृष्ट भजन गायिका – सरी बोहरा,
सर्बोत्कृष्ट लोकदोहोरी गायक (पपुलर) – शंकर क्षेत्री,
सर्बोत्कृष्ट लोकदोहोरी मोडल पुरुष (नृत्य)– शरद लामघाडे
सर्बोत्कृष्ट लोकदोहोरी गायिका (पब्लिक च्वाईस) – सोनी कुँवर
सर्बोत्कृष्ट लोकदोहोरी मोडल पुरुष (अभिनय) – सुनिल लामिछाने
सर्बोत्कृष्ट नव मोडल (प्रोत्साहन) – सुरज नेपाल
सर्बोत्कृष्ट आधुनिक गीत मोडल (पुरुष) – सुशान्त ढकाल
सर्बोत्कृष्ट लोकदोहोरी नव गायिका (जुरी) – सुष्मा ठकुरी
सर्बोत्कृष्ट आधुनिक गीतकार – डा.ओम कृष्ण प्रसाई
साथै कार्यक्रममा अभिशेक पौडेल, अबिरल पौडेल, बाबुराम थापा, डेबिड घिमिरे, धिरेन्द्र बहादुर शाही, दिपेश श्रेष्ठ, ईन्द्र सुनुवार, जलसा कुमारी बुढा, मुरली धिमाल, नरेश बहादुर थापा, राम बहादुर थापा, सबिता बिष्ट र सुप्रान्त थापा सम्मानीत भएका थिए । कार्यक्रममा मलेसियन नागरिक महेश मुस लगायतले शुभकामना व्यक्त गरेका थिए । राजेन्द्र पुरीले संयोजन गरेको कार्यक्रमलाई गायक अमृत खातीले संचालन गरेका थिए ।
काठमाण्डौ - नेपालकै पहिलो रिवार्डको रुपमा स्थापित भएको साधना म्यूजिक रिवार्ड – २०८० आगामी फागुन १५ गते आयोजना हुने भएको छ । साधना म्यूजिक रिवार्ड – २०८० को उत्कृष्ट ५ मनोनयन यस अघि नै प्रदान गरिसकिएको छ ।
हरेक वर्ष आयोजना गरिने साधना म्यूजिक रिवार्डमा हरेक वर्ष नै लाइफटाइम अचिभमेन्ट अवार्ड पनि प्रदान गर्ने गरिन्छ । साधना म्यूजिक रिवार्ड – २०८० मा विगत ५ दशकदेखि अनवरत रुपमा सक्रिय संगीतकार, गायक तथा गीतकार मेलोडी किङ शम्भुजित बास्कोटालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ ।
उनका प्रशस्त गीतहरु लोकप्रिय एवं चर्चित छन् भने उनी संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति समेत हुन् । समारोहमा अन्य संगीतकर्मीहरुलाई पनि सम्मान प्रदान गरिनेछ ।
मुलत: नेपाली गीत संगीतका विधामा समेटेर आयोजना गरिदै आएको रिवार्डमा नेपाली गीत संगीत, चलचित्र, साहित्य विधाका उल्लेख्य विशिष्ट व्यक्तिहरु बिचमा ‘रिवार्ड’ प्रदान गरिनेछ । साधना म्यूजिक रिवार्ड पहिलो र दोस्रो अवार्डका रुपमा रहेको थियो भने तेस्रोदेखि रिवार्डका रुपमा आएको हो ।
यस पटकको रिवार्डमा लोकदोहोरीतर्फ लोक गीत, शब्द, लय, गायक, गायिका, पुरुष मोडल अभिनय र नृत्य, महिला मोडल अभिनय र नृत्य, आधुनिक पप तर्फ शब्द, संगीत, गायक, गायिका, मोडलमा पुरुष र महिला साथै अन्य विधामा भिडियो निर्देशक, छायाँकार, दृश्य सम्पादक, एरेन्जरका साथै राष्ट्रिय गीतमा पनि अवार्ड प्रदान गरिदैछ ।
चौथो साधना म्यूजिक रिवार्ड फागुन १५ संघीय राजधानी काठमाडौंको गोगंबु स्थित बिजी ब्यान्क्वेट तथा इभेन्टमा आयोजना गरिने रिवार्डको अध्यक्ष सामना शाहले बताइन् ।
काठमाडौं। चर्चित मोडेल सनम कठायत र अनिता गिरिको नयाँ म्युजिक भिडियो “तिमी त दुश्मन” शुक्रबार एभरेस्ट ग्यालरीको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ।
प्रेम संगमको शब्द रहेको गीतमा राजकुमार बगरले संगीत भरेका छन् भने चर्चित गायिका समीक्षा अधिकारीको स्वर रहेको छ । उक्त म्युजिक भिडियोमा चर्चित मोडेल सनम कठायत, अनिता गिरि र सपना छेत्रीको अभिनय रहेको छ। भिडियो माया प्रेम कथामा आधारित रहेको छ ।
दिपक गिरिद्वारा छायांकन भएको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन् । भिडियोलाई जनक सिंहले निर्देशन गरेका छन् ।