generalnews
||Power News Asia||

आजको समाचार

The portal job4.online has been launched in Australia.

समाचार


Kathmandu. The portal job4.online has been launched in Australia. This portal aims to provide employment, especially in the hospitality sector. From the portal job4.online launched by Jab Pho Online Company, there is a demand for manpower in this field, from hospitality to making many dishes. The company has claimed that it will be helpful to find a new platform career in Australia for the cook, waiter, bartender, housekeeper event planner, executive sap, manager, etc.

Those who are looking for a job in Australia from anywhere in the world can go to job4. online open a personal account choose the job that suits them and apply. Candidate can publish their resume on the website. Similarly, they can find their favorite company get information about new vacancies, and download modern-style resumes. According to the company, this portal has been developed to make it easy for people in the hospitality sector to find work and provide work capacity.

 निम अवार्डको आवेदन खुल्ला, अनलाईन मार्फत पनि फारम भर्न सकिने

समाचार


काठमाडौं –  निम अवार्डको सातौं संस्करणको आवेदन खुल्ला गरिएको छ । नेपालको पहिलो समावेशी म्युजिक अवार्ड अन्तर्गत ‘राष्ट्रिय समावेशी म्युजिक (निम) अवार्ड २०२४’ को आवेदन खुल्ला गरिएको कार्यक्रम संयोजक कमला जोशीले जानकारी दिएकि छन् । उक्त अर्वाडका लागि यही मंसिर १५ गतेबाट आवेदन फारम खुल्ला गरिएको जोशीले बताईन । विगत ६ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको निम अवार्डको यो सातौं संस्करण हो ।

उक्त अवार्डमा पहिलो वर्षदेखि नै नेपालमा बोलिने विभिन्न भाषा–भाषीका गीत संगीतहरुलाई विशेष प्राथमिकताका साथ समेटिँदै आएको छ । अहिले सम्मकै बृहत संख्याका भाषा–भाषीका गीतहरुको उत्साह पूर्वक सहभागिता हुँदै आएकाले पनि यसलाई नेपालकै पहिलो समावेशी अवार्डको रुपमा लिने गरिन्छ ।  नेपाल भित्र बोलिने विभिन्न भाषा र भाकाका गीतहरुलाई कार्यक्रममा सहभागी गर्दै आईरहेको उक्त अवार्डमा काँठे भाका, देउडा भाका, नेपाल भाषा, तामाङ भाषा, मैथली, भोजपुरी, राई, लिम्बु, चौधरी, शेर्पा, मगर, गुरुङ, सतार, सुनुवार भाषाका गीत र भिडियोहरु अवार्डमा सहभागी हुँदै आएका छन् भने यस वर्ष पनि ती भाषा तथा भाकाका गीत संगीतहरुलाई अवार्ड कार्यक्रममा समेटिने आयोजक संस्थाले जानकारी दिएको छ ।

अंग्रेजी क्यालेन्डर अनुसार २०२३ जनवरी १ देखि २०२३ डिसेम्बर ३० सम्म (१ वर्ष भित्रमा) बजारमा आएका गीत तथा भिडियोहरुलाई समावेस गरिने अवार्ड आयोजकले बताएका छन् ।

एरा प्रोडक्सन प्रा.लि.को ब्यवस्थापनमा सम्पन्न हुने निम अवार्डको फारमहरु आयोजक संस्थाको कार्यलयवाट उपलब्ध हुनुका साथै ग्लोबल अनलाईन पे को अनलाईन मार्फत पनि भर्न सकिने छ । गीतहरु दर्ता गर्नको लागि आवेदनको अन्तिम मिति पुस २५ गते सम्मको लागि तोकिएको आयोजक समितिले बताएको छ ।

दुई गीत एकैचोटि बजारमा ल्याउने तयारीमा संगीतकार चौलागाईं

समाचार


काठमाण्डौ-  विगत लामो समयदेखि गीत संगीत क्षेत्रमा क्रियाशिल लोकप्रिय संगीतकार तथा संगीत संयोजक मनोज चौलागाईंले आफ्नै स्वरमा दुई गीत भर्खरै रेकर्डिङ गरेर सकाएका छन् ।

वरिष्ठ गीतकार वी।वी थापाको शब्द रहेको गीत ‘मायामा हैसियत’ र आफ्नै शब्दमा ‘ज्ञानी मान्छे नुगेको हुन्छ, मायामा मान्छे चुकेको हुन्छ’ बोलको दुई गीत एकैचोटि बजारमा ल्याउने तयारीमा रहेको संगीतकार चौलागाईंले बताए । 

दर्शकश्रोताहरु र साथीभाईको मायाले मलाई हौसला दिईरहेको र यही मायालाई सम्मान गर्दै आफूले पनि गीतमा स्वर दिएको मनोजले बताए । आफ्नै संगीत, आफ्नै एरेन्जमा गीत गाउँदा आफूलाई सहज भएको बताउने चौलागाईंलाई साथीभाइको हौसलाले पनि आफूलाई हौसला मिलेको बताउछन् ।

वरिष्ठ गीतकार वी।वी थापा, स्टुडियोका साथीभाई र वाद्यवादनमा साथ दिने म्यूजिसियन र मेरो कामलाई सधैं साथ दिने सबैप्रति आभारी रहेको पनि बताए । अहिले गीतको भिडियोको काम भइरहेकोले गीतको अडियो भिडियो सहित यही महिनाको अन्तिमतिर दर्शकश्रोतामाझ आउने बताए ।

अर्धमृत शरीर माथि...

समाचार


अर्धमृत शरीर माथि
मसानघाटमा लगिसकेको लासलाई
झारफूक के के गर्दै फेरि जिवित बनाउन खोज्नेहरु
याद राख तिम्रा ती हरेक खाले दिवा सपनाहरु
मसानघाटको लास सँगै जलेर राख हुनेछन् ।

आफ्नो व्यक्तिगत स्वार्थसिद्धिको लागि
निमुखा दाजुभाई तथा दिदीबहिनीहरुको
आलो रगतलाई कौडीको भाउमा,
सडकमा रगत बगाइदिन उद्दत हे कलियुगे महिसासुरहर
तिम्रा सपनाहरु चैत मासको डढेलोमा जलेको खरघारी जस्तै
तिम्रै आँखा अगाडी डढेर खाग बन्नेछन् ।

वेलैमा तिम्रो चेत खुलेन भने यस्तो दिन आउन सक्छ
जहाँ तिम्रा कपोलकल्पित कामना संगसंगै
तिमीहरु पनि जलेर भष्म हुनेछौ ।।

बचाउ बचाउ भनेर चिच्याइरहेको 
तिम्रो अर्धमृत शरीर माथि पानी होइन
डिजेल र पेट्रोलको धाराहरु खनिन सक्छ ।


त्यसैले तिमीहरुको चेत वेलैमा खुलेको राम्रो 
नत्र तिमीले टेकेका हरेक जमीन
स्वत माइन बनेर पड्कने छन्  ।

अनि भुस्याहा कुकुरहरुले तिम्रा उछिट्टीएका मांसपिण्ड माथि
बर्षौ देखिको भोक खुशी हुँदै मेटाउनेछन् ।।

– रमेश कुँवर

गीतकार श्रेष्ठका गीतहरु समावेश ‘शारदा’ को विशेषांक लोकार्पण, ‘ए मेरो मनको राजा’ को प्रीमियर

समाचार


काठमाडौं– करिव साढे तीन दशकदेखि नेपाली साहित्यको क्षेत्रमा अनवरत रुपमा सक्रिय रहँदै आउनु भएकी एक साहित्यकार, गीतकार तथा सर्जक हुन् सरला श्रेष्ठ । लामो समयदेखि अमेरिकामा रहेर स्वास्थ्यकर्मीको रुपमा कार्यरत रहे पनि गीतकार श्रेष्ठले २०४५ सालभन्दा अघिदेखि साहित्य–सिर्जनाको क्षेत्रमा चलाउन थालेको कलम आज पनि निरन्तर अघि बढिरहेको छ ।

यसपटक केही महिनाका लागि स्वदेश आएको मौका पारेर साहित्यकार श्रेष्ठद्वारा केही ऐतिहासिक कार्यहरु भएको छ  । समाजसेवीको रुपमा समेत सक्रिय रहँदै आएकी गीतकार श्रेष्ठद्वारा विगतदेखि हालसम्म रचना गरिएका ५६ वटा गीतहरु श्रेष्ठकै हस्तलिपीमा नेपालको ऐतिहासिक साहित्यिक मासिक पत्रिका ‘शारदा’ मा प्रकाशित गरिएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक विशेष समारोहमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, गीतकार एसपी कोइराला, कवि तथा गीतकार विश्व बल्लभ, साहित्यकार तथा पत्रकार बिमल भौकाजी, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा लगायतका व्यक्तित्वले गीतकार श्रेष्ठका हस्तलिपीमा रहेका गीतहरु समावेश ‘शारदा’ मासिक लोकार्पण गरियो ।

‘शारदा’ मासिक पत्रिकाको कात्तिक अंकलाई सरला श्रेष्ठका गीतहरुको विशेषांकको रुपमा प्रकाशित गरिएको हो । कात्तिक ‌महिनाको ‘शारदा’ पत्रिकाको को वर्ष १०, अंक ७, पूर्णांक ११५ मा सरला श्रेष्ठका ५६ वटा गीतहरु गीतकारको हस्तलिपीमा प्रकाशित भएका छन् ।

‘समारोहमा ‘शारदा’ मासिक पत्रिकाका प्रधान सम्पादक विमल भौकाजीले नेपालमा एकल सर्जकको हस्तलिपीमा कुनै पनि पत्रिकामा विशेषांक प्रकाशन गरेको यो पहिलो पटक भएको बताए ।

समारोहलाई सम्बोधन गर्दै गीतकार सरला श्रेष्ठले ‘शारदा’ जस्तो ऐतिहासिक साहित्यिक पत्रिकामा आफ्नो हस्तलिपीमा एकल गीति विशेषांक प्रकाशित भएकोमा गौरवको क्षण महसुस गरिरहेको धारणा व्यक्त गरिन् ।

समारोहमा ‘शारदा’ मासिकमा प्रकाशित आफ्ना केही विशेष गीतहरु वाचन गर्दै गीतकार श्रेष्ठले विदेशमा रहँदा सधैं देशलाई शिरमा राखेर हिँडिरहेको बताइन् । गीतकार श्रेष्ठले आफ्नो शरीरमात्र विदेशमा रहेको, तर मन र मुटुसधैं स्वदेशमै रहेको बताइन् ।

समारोहमा ‘शारदा’ मासिक पत्रिमामा प्रकाशित एउटा यूगल गीत ‘ए मेरो मनको राजा’ को म्युजिक भिडियो समेत प्रीमियर गरिएको छ । गायक प्रमोद खरेल तथा गायिका अञ्जु पन्तको यूगल स्वरको यो गीतलाई कीर्ति न्यौपानेले संगीतबद्ध गरेका छन् । यो गीतको म्युजिक भिडियोको निर्देशन वरिष्ठ निर्देशक कृष्णदेव रुपाखेतीले गरेका हुन् । कुलेखानी क्षेत्रका रमणीय लोकेशनमा छायांकन गरिएको भिडियोमा अभिनेता पुष्प खड्का तथा अभिनेत्री गरिमा शर्माको जोडीलाई चित्रण गरिएको छ ।

यो गीतको संगीत संयोजक पुरुषोत्तम सुवेदी हुन् भने रेकर्डिष्ट राजेश श्रेष्ठ, मिक्सिङ तथा माष्टरिङ किशोर थापाले गरेका छन् । यो गीत ए वन म्यूजिसिएन स्टुडियोमा रेकर्ड गरिएको हो ।

मासिक पत्रिकाको लोकार्पण तथा म्युजिक भिडियोका प्रीमियर समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि कलाकार मदनकृष्ण श्रेष्ठले गीत रचना गर्नु आफैंमा जटिल कार्य भएको बताउँदै गीतकार सरला श्रेष्ठको लेखन शैलीको प्रशंसा गरे ।  श्रेष्ठले गीत सार्वजनिक भएकोमा शुभकामना दिँदै आफू पनि लेखनमा रुचि राख्ने व्यक्ति भएको बताए ।

शारदा मासिक पत्रिकाका सम्पादक बिमल भौकाजीले श्रेष्ठका गीतहरुको समिक्षा गर्दै हरेक गीतको पछाडि एउटा कथा व्यक्त गर्न सक्नु गीतकारको शब्दमाथिको विजय भएको बताए । नेपालमा महिला गीतकारहरुको संख्या कम भएको बताउँदै भौकाजीले विदेशमा बसेर नेपाली गीत–संगीतमा निरन्तरता दिन सक्नु गीतकारश्रेष्ठको ठूलो खुबी भएको स्पष्ट पारे ।

गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापाले गीत–संगीतको क्षेत्रलाई लगानीको पनि सुनिश्चितता गर्ने गरी काम अगाडि बढाएको बताए । उनले भने– ‘लगानी पनि सुनिश्चित गर्नुपर्छ भनेर हामी उद्यमीहरु संस्थागत हिसाबले उद्योगको रुपमा स्थापित हुनुपर्छ भनेर गीत सङ्गीतको क्षेत्रलाई अगाडि बढाइरहेका छौं ।’

समारोहमा गीतकार संघका पूर्व अध्यक्ष चूडामणि देवकोटा, रोयल्टी संकलन समाजका महासचिव बि पाण्डे,  म्युजिक भिडियो निर्देशक कृष्णदेव रुपाखेती, कवि विश्व वल्लभसहितका वक्ताले गीतकार श्रेष्ठका गीतहरुको प्रशंसा गर्दै सफलताको शुभकामना दिए ।

शारदा मासिक तथा ए मेरो मनको राजा गीतको म्युजिक भिडियोका लोकार्पण समारोह गीतकार संघ नेपालको आयोजना तथा एसएस क्रिएसनको व्यवस्थापनमा सम्पन्न भएको हो ।

‘शारदा’ मासिक पत्रिकाका बारेमा

‘शारदा’ आधिकारिक रूपले नेपाली वाङ्मयको जेठो पत्रिका हो । सुब्बा ऋद्धिबहादुर मल्लले १९९१ सालमा यसको प्रथम प्रकाशन गरेका थिए । यसको दर्जा नम्बर ००१ हो । जबकि गोरखापत्र १९५८ देखि प्रकाशित भए पनि आधिकारिक रूपले यसको दर्ता ‘शारदा’ पछि मात्रै भयो । बालकृष्ण सम, देवकोटा, सिद्धिचरणलगायत बीपी, रिमाल, मल्ल दाजुभाइको साहित्यिक यात्रा ‘शारदा’ बाटै शुरू भएको हो । राणाकालीन अन्धकारको साम्राज्य भनिएको त्यो समयमा पनि शारदा एक्लैले नेपाली साहित्यको उत्थान खातिर काम गरेको त्यो इतिहास गर्वयोग्य छ ।

२०२० सालसम्म १८३ अंक छापिएपछि शारदाको यात्रामा बिराम लाग्यो । ४३ वर्षपश्चात् २०६३ मा पुनःस्थापित गरेर प्रकाशन थालियो । बीचमा केही समय अनियमित भए पनि ०७१ सालदेखि ०८० सालको कात्तिकसम्म एक अंक पनि नबिराई ११५ वटा अंक प्रकाशित भइसकेको छ । साहित्यिक विधाका कविता, कथा, गीत, गजल, मुक्तक, नियात्रालगायत अनुवादका विशेषाङ्कहरू समेत प्रकाशित गरिरहेको शारदाका सम्पादक तथा प्रकाशक कवि विमल भौकाजी हुन् ।

इ–प्लानेटले यही मंसिर १२ गते मंगलवार अस्ट्रेलिया अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै ‘स्टडि इन अस्ट्रेलिया मेगा इन्फर्मेसन डे’आयोजना गर्दै

समाचार


काठमाडौं– दुई दशकदेखि नेपाली विद्यार्थीहरुको परामर्शसहितका सेवामा सक्रिय एजुकेशन प्लानेट प्रा.लि. (इ–प्लानेट) ले यही मंसिर १२ गते मंगलवार अस्ट्रेलिया अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै ‘स्टडि इन अस्ट्रेलिया मेगा इन्फर्मेसन डे’आयोजना गर्ने भएको छ ।

उक्त कार्यक्रम बागबजार, काठमाडौंस्थित इ–प्लानेटको मुख्य कार्यालय भवनमा आयोजना गरिनेछ । मंसिर १२ गते मंगलवार बिहान १० बजदेखि अपह्रान्ह ४ बजेसम्म ‘स्टडि इन अस्ट्रेलिया मेगा इन्फर्मेसन डे’ कार्यक्रम सञ्चालन हुनेछ ।

उक्त कार्यक्रममा अस्ट्रेलियाका सर्वश्रेष्ठमा गनिने मध्येका Macquarie University, La Trobe University, University of Newcastle, University of Tasmania, Australian Catholic University, UTS College, ICHM तथा ATMC ले सहभागिता जनाउने छन् ।

यी प्रतिष्ठित विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुसंगको प्रत्यक्ष भेटघाट तथा कुराकानीले विद्यार्थीहरुलाई आफूले पढ्ने विषय, उपलब्ध छात्रवृत्ति तथा भविष्यका अवसरहरुका बारेमा स्पष्ट ज्ञान हुने विश्वास आयोजक इ–प्लानेटको रहेको छ ।

यसका साथै कार्यक्रममा सहभागिले आईइएलटिएसरपिटिआई कक्षामा ५० प्रतिशत छुट तथा एक हजार रुपैयाँ बराबरको गोल्डेन कुपन पाउन सक्ने सुविधा उपलब्ध गराएको छ ।

इ–प्लानेटका कार्यकारी अध्यक्ष नयन लामिछानेले यही मंगलवार हुने मेगा इन्फर्मेसन डे आयोजना गर्न पाउँदा खुशी व्यक्ति गर्दै एजुकेशन प्लानेटले विद्यार्थीहरुलाई परामर्श सेवामात्र नभई सहभागि हुने इच्छुक विद्यार्थीहरुलाई आइईएलटिएस तथा पिटिई कक्षाहरुमा ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने कुरामा पनि जोड दिन्छन् ।

लामिछानेले अस्ट्रेलियामा अध्ययन गर्ने अथवा आफ्नो अस्ट्रेलिया अध्ययनको सपना साकार बनाउने प्रकयामा रहेका सबै उत्साहित विद्यार्थीहरुलाई इन्फर्मेसन डेमा हार्दिक स्वागत गरेका छन् ।

हामीले सबैका लागि ठूलो अवसर प्रस्तुत गर्दै यो मेगा इन्फर्मेशन डेमा ख्यातिप्राप्त संस्थाहरुलाई एउटै थलोमा उपस्थित गराउन पाउँदा गौरवान्वित महसुस गरिरहेका छौं, लामिछाने भन्छन्– ‘हामी सबै विद्यार्थी तथा अभिभावकहरुलाई मंसिर १२ गते मंगलवार ई–प्लानेटको बागबजारस्थित प्रधान कार्यालयमा स्वागत गर्न तयार छौं । यो अवसर नगुमाउनु होस्, सबैलाई भेट्नु होस् ।’

ई–प्लानेटका कार्यकारी अध्यक्ष लामिछानेले मंगलवार आयोजना हुने इन्फर्मेशन डेमा सहभागिता जनाएर आफ्नो अस्ट्रेलियाली अध्ययन लक्ष्यहरु अगाडि बढाउने यो असाधारण अवसरहरुको फाइदा लिन आग्रह गरेका छन् । लामिछानेका अनुसार यो कार्यक्रममा सहभागिता जनाएर विद्यार्थीले छात्रवृत्ति तथा परीक्षाहरुमा छूट त प्राप्त गर्ने छन् नै, यसका साथै प्रतिष्ठित अस्ट्रेलियाली यूनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरुसंगको संवाद अमूल्य सावित हुन सक्नेछ ।

‘अस्ट्रेलियाबाट आउने विशेषज्ञहरुले उताका विश्वविद्यालयको जीवन, पाठ्यक्रमका सिमाहरु तथा स्नातक उत्तिर्ण गरिसकेपछि करियरका सम्भावनाहरुका बारेमा समेत जानकारीहरु उपलब्ध गराउने छन्, लामिछाने भन्छन्– ‘उनीहरुको मार्गदर्शनले नेपाली विद्यार्थीको चासो तथा महत्वकांक्षासंग साक्षात्कार गराउने छ ।’ अस्ट्रेलियाका विश्वविद्यालयहरुले अत्याधिुनिक अनुसन्धान तथा नवीन शिक्षण विधिहरका लागि प्रतिष्ठित विश्वव्यापी प्रतिष्ठा कायम राहेका छन् । अस्ट्रेलियामा प्रदान गरिने शिक्षाले नेपाली विद्यार्थीलाई बहुसांस्कृतिक तथा सृजनात्मकता मनाउने जीवन्त संस्कृतिमा डुबाएर विद्यार्थीलाई माग अनूकुलका सीपहरु प्रदान गर्ने लामिछानेको बुझाइ छ ।

लामिछाने भन्छन्– ‘त्यसैले अस्ट्रेलियामा आफूले अध्ययन गर्ने कोर्षको बारेमा स्पष्ट जानकारी प्राप्त गर्न, आवेदन प्रकृया बुझन तथा विदेश यात्राको तयारी गर्न ‘स्टडि इन अस्ट्रेलिया मेगा इन्फर्मेसन डे’ उपयुक्त थलो हुनेछ । यसबाट प्रत्येक विद्यार्थीले लाभ लिन सक्नु हुनेछ । इन्फरमेशन डेमा सहभागिता जनाएर तपाईंले आफ्ना दीर्घकालिन लक्ष्यहरुसंग मेल खानेगरी अस्टेलियाली शिक्षामा लगानी गर्ने बारे उचित निर्णय लिन सक्नु हुनेछ भन्ने कुरामा हामी ढुक्क छौं ।’

Event Details
Date: November 28, 2023
Time: 10:00 AM – 4:00 PM
Venue: E-Planet Headoffice, Bagbazzar, Kathmandu (near KMC College)
Contact: 01-5339656/57
Email: info.nepal@eplanet.edu.np
Web: www.eplanet.edu.np
Registration Link: [https://bit.ly/3ql0p6A]
काठमाडौँको नयाँबजारमा सेभेन ह्विल्स रेष्टुरेन्ट संचालनमा

समाचार


काठमाडौँ । ग्राहकहरुलाई फरक किसिमको वातावरणमा फरक स्वादका खानाको सेवा दिने उदेश्यका साथ काठमाडौँको नयाँबजारमा सेभेन ह्विल्स रेष्टुरेन्ट संचालनमा आएको छ । मंसिर ३ गते विधिवत उद्घाटन भई सेभेन ह्विल्स संचालनमा आएको हो। 

यस रेष्टु्रेन्टमा आउने ग्राहकहरुले अन्य रेष्टुरेन्टमा भन्दा भिन्न किसिमको खानाका परिकार तथा स्वालदको मज्जा लिन सक्ने सेभेन ह्विल्स व्यवस्थापनले जनाएको छ । नयाँबजारको चोकबाट खुसिबु जाने बाटो पट्टि थोरै माथि गएपछि बायाँ दिशामा सेभेन ह्विल्स रेष्टुरेन्ट रहेको छ । ह्विल्सको डेकोरेशनका साथै अन्य मनमोहक सज्जा र शान्त वातावरणको अनुभुति यस रेष्टु्रेन्टका बिशेषता रहेका छन् । 

यस रेष्टुरेन्टबाट ग्राहकहरुले छरितो र सस्तोमा मिठो खाना, मैत्रीपूर्ण सेवा प्राप्त गर्ने सेभेन ह्विल्सको दाबी छ । 

बाल दुर्व्यवहार विरुद्धको विश्व दिवस तथा अन्तरराष्ट्रिय बाल अधिकार  दिवस २०२३ को अवसर पारेर बाल संरक्षण र्याली सम्पन्न

समाचार


काठमाडौं । नागरिक समाजको तत्वावधानमा सोमबा राजधानीमा बाल संरक्षण र्याली सम्पन्न भएको छ । बाल दुर्व्यवहार विरुद्धको विश्व दिवस तथा अन्तरराष्ट्रिय बाल अधिकार  दिवस २०२३ को अवसर पारेर सोमबार  भद्रकालीबाट शुरु भएको उक्त र्याली कार्यक्रम शहिदगेट, न्यूरोड गेट हुँदै शान्ति वाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो ।  समाज सेवा तथा मानवअधिकारमा महिला तथा बालबालिका (सिविस) को संयोजनमा एनटिभि न्युज -सचेतना कार्यक्रम र शैली थियटरसहित  बालबालिकाको क्षेत्रमा कृयाशिल देशभरका करिब ५० गैर सरकारी संस्थाहरुद्धारा संयुक्त रुपमा आयोजित उक्त  र्यालीमा करिब ५ सय जनाको सहभागिता रहेको थियो । "हाम्रा बालबालिकाको निर्दोषताको रक्षा गरौं", "बाल यौन दुव्र्यवहारको उजुरि गरौं, बालबालिकालाई बचाऔं", "मनोरंजन क्षेत्रमा बालबालिकाको प्रयोग नगरौं", से एस टु चाईल्ड सेफ्टी, नट टु एबुज", "सुरक्षित बाल्यकाल हरेक बालबालिकाको अधिकार" भन्ने लगायतका बाल दुव्र्यवहार विरुद्ध तथा बाल अधिकारसँग संबन्धित विभिन्न नारासहितका प्लेकार्ड बोकेर अधिकारकर्मि एवं शुभेच्छुकहरु र्यालीमा सहभागी थिए । 

सो अवसरमा  सिविसका एडभोकेसी एडभाईजर युवराज घिमिरे र राष्टि««य बाल संरक्षण संजालका अध्यक्ष किरण थापाले सभालाई संबोधन गर्नूहुँदै बालबालिकामाथि हुने हिंसा तथा बालदुब्र्यवहार, खासगरी बालयौन दुब्र्यवहार, बालबालिकाको बेचविखन तथा बालश्रम, बुलिङ लगायतका दुब्र्यवहार विश्वकै  डरलाग्दो र खतरापूर्ण समस्याको रुपमा अगाडि आइरहेको उल्लेख गर्नूहुँदै बालदुव्र्यवहार रोकथामको संस्कृतिलाई बढवा दिन र यस विषयमा जनचेतना अभिबृद्धि गर्न, जनमानसका अभिव्यक्तिहरू तथा कार्यहरू एकआपसमा आदानप्रदान गर्दै  रोकथामका कार्यक्रमहरूको सहि विरतणको सुनिश्चिततालाई विश्वव्यापीकरण गर्न हातेमालो गर्न जरुरत रहेको बताउनुभयो । 

 

सो अवसरमा शैली थियटरकातर्फबाट  कुरिकुरि शिर्षकमा सचेतनामुलक नाटक प्रस्तुत गरिएको थियो । कार्यक्रममा बाल अधिकारकर्मिहरु प्रकाश खतिवडा, अनिता पाण्डे, संचारकर्मी सरोज ओझा लगायतको सहभागिता रहेको थियो ।

नागरिक समाजले यस अघि राष्टि««य बाल भेला आयोजना गरि बालबालिकाबाट प्राप्त सुझाव संकलन गरेको छ । बालबालिकाहरुले आफना भोगाई र अपेक्षा बारे राखेका विषयलाई  प्रधानमन्त्री, सभामुख लगायतका अन्य तालुकात एवम् नीतिगत तहसम्म पुर्याउने नागरिक समाजले जनाएको छ ।

 

 

 

 

शिवप्रसाद पौडेलले विश्लेषण गरेको एनआरएनए विवादको चुरो

समाचार


शिवप्रसाद पौडेल (जापान) -गैरआवसीय नेपाली संघ (एनआरएनए)का निर्वाचित अध्यक्ष डा. बद्री केसी समूह र स्वघाेषित अध्यक्ष आरके शर्माकाे समूहले पचास लाखभन्दा बढी डाइस्पाेराका नेपालीहरुकाे विश्वासकाे केन्द्र एनआरएनएलाई तहसनहस बनाएर फुटकाे सङ्घारमा पुर्‍याएका छन्। एनआरएनए फुटाउने श्रेय मुख्य रूपमा नवनिर्वाचित अध्यक्ष डा. केसीज्यू र निवर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी महेश श्रेष्ठज्यूलाई जानेछ। तल उल्लेखित दुई आधारमा केही निष्कर्षसहितको विचारहरु प्रस्तुत गर्दछु :

१) मेरो प्रमुख भूमिका तथा अनुगमनमा एनसीसी जापानमा सफल तथा निष्पक्ष चुनाव गराउन सफल भएको र उक्त चुनावको दौरानमा तत्कालीन अध्यक्ष बद्री केसीज्यू, तत्कालीन उपाध्यक्ष महेश श्रेष्ठज्यू र भेरो भोटिङ कम्पनीका डाइरेक्टर मिचेल ग्रेगज्यूसँग पटक-पटक भएको सम्वादका आधारमा।

२) मैले नेपालस्थित २३-२५ को चुनावमा समेत प्रत्यक्ष उम्मेदवारी दिई चार जना उम्मेदवार साथीका बिचमा अत्यन्त झिनो मतले दोस्रो बरियतामा उप-विजेता भएको समेत भएको माथिका दुई अनुभवका आधारमा निम्नानुसार निचोड तथा निर्वाचित बद्री केसी समूह, पराजित महेश श्रेष्ठ समूह, निर्वाचन मण्डल र भेरो भाेटिङ सिस्टमका सम्भावना, जिम्मेबार तथा कमजोरीहरु निम्नानुसार केलाएको छु:

१) एनसीसीहरुमा सर्वाेत्कृष्ट सफल एनसीसी जापानको चुनावको सङ्घारमा तत्कालीन अध्यक्ष डा. केसी र उपाध्यक्ष महेश श्रेष्ठज्यूले कतिपय कुरामा प्रत्यक्ष तथा अप्रत्यक्ष दखल दिन खोजेको तर मसहितको निर्वाचन मण्डल निर्वाचन नियमाबलीमा अडिक रहेको।

२) एनसीसीहरुका निर्वाचन पश्चाच डा. केसी तथा महेश श्रेष्ठले आ-आफ्नो निर्वाचन प्रचारप्रसारको क्रममा एनसीसीहरुमा भएको निर्वाचनलाई आफूहरुले गर्दा भेरो भाेटिङ प्रणाली ल्याउन सफल भई निष्पक्ष निर्वाचन गराउन सफल भएको भनि निष्पक्ष निर्वाचन तथा भेरो भोटिङ प्रणालीको राम्रो जस सम्पूर्ण दुई जानाले मात्र लिएको, निष्पक्ष निर्वाचन गराउन सफल एनसीसीहरुलाई कुनै भूमिका तथा सरोकार नदिएको।

३) डा. केसी र महेशज्यूको प्रमुख मातहतमा बनाइएको आएसिसी निर्वाचन मण्डललाई दुवैले अत्यन्त विश्वास गरिएकाे तथा दुवैले कुनै अनुगमन नगरेकाे।

अध्यक्ष डा.केसी समूह तथा महेश श्रेष्ठ समूह र आरके शर्मा समूहका त्रिपक्षीय  कमजोरीहरू:

१) निर्वाचन मण्डललाई पूर्ण विश्वास गर्नु

२) निर्वाचन भेरो भाेटिङ प्रणालीबाट प्राप्त नतिजाको कच्चा डाटालाई कुनै अनुगमन नगरी हतारमा बाहिर ल्याइनुमा प्रमुख कमजोरी अध्यक्ष डा.बद्री केसीलगायत निर्वाचन मण्डल तथा महेश श्रेष्ठ समूह र आरके समूहकाे पनि केही अपरिपक्कता र कमजोरी थियो।

३) देशबाहिर रहने सम्पूर्ण नेपालीहरुको आस्थाको केन्द्र बनाउन खोजेको एनआरएनएलाई निर्वाचन पूर्व नै भेरो भेराे भाेटिङमा नै भोटिङजस्तो नालाएकी सिस्टम राखी आ-आफूहरुले नालायकीपन देखाइ एनआरएनएलाई नै नो भाेट भन्न खोजिएको र भोटरहरुलाई भोट खेर फाल्न बाध्य बनाइएको।

४) दुई पक्षले निर्वाचन परिणामालाई अस्वीकार गर्दैगर्दा भेरो भाेटिङ प्रणालीको नियमअनुसार निर्वाचन मण्डलबाट २ जना, आइसिसीबाट २ जाना, स्वतन्त्र सिस्टम इन्जिनियर २ जाना र नेपाल सरकारको प्रतिनिधि १ जनाको टोली बनाई ७ जानाको छानबिन टोली बनाउन नसकेको।

५) भोट गरेको लग डेटा (log Dat), भेरो प्रणालीले दिएको नतिजा, निर्वाचन मण्डलले सार्वजनिक गरेको नतिजा, सार्वजनिक गरिएको तथा भेरो प्रणालीलाई पठाइएको ४६०० जानाको Databases विश्लेषण गर्न नसकेको। उक्त ७ जनाले ४६०० जानाको Data आर्डिट गरी आस्ट्रेलियास्थित भेरो कम्पनीको कार्यालयमा प्रत्यक्ष उपस्थिति जनाई log Data मगाउन नसकेको।

६) विशेषगरी असन्टुस्ट दुवै पक्षले अहिले परराष्ट्र मन्त्रालयलाई समेत अनुरोध गरी भेरो भाेटिङ कम्पनीसँग माथि उल्लेखित ४, ५ नम्बरअनुसार log Data मगाउनतिर नलागी ‘कामकुरा एकातिर, कुम्लो बोकी ठीमीतिर’जस्तो लज्जास्पद रूपमा स्वघोषित समूह बनाउनतिर लागि एनआरएनएलाई फुटको सङ्घारमा लग्न खोजेको र नवनिर्वाचित भनिएको समूहले समेत उप-विजेता भनिएको समूहका मुद्दाहरु सुनुवाइतिर नलागी अनावश्यक होहल्लातिर लागेको।

सम्भावना

१) जापानस्थित निर्वाचनको सिलसिलामा जापानको निर्वाचन मण्डलमा म आफूले पनि भेरो भाेटिङका बारेमा बुझेको बुझाइ, उक्त कम्पनीका मालिक ग्रेग मिचेलज्यूसँग पटक-पटक गरेको सम्वाद र स्वयम् डा. केसी र महेश श्रेष्ठज्यूले उक्त कम्पनीको बारेमा दिएको जानकारी र उहाँहरुले लिन खोजेको जसको आधारमा पनि भेरो भाेटिङले आफूले प्राप्त डाटा (तथ्यांक)लाई दुरुपयोग गरी सिस्टम मेनुपुलेट गर्न सक्दैन। किनकि उक्त कम्पनी अस्ट्रेलियन सरकारसँग मान्यता प्राप्त बहुराष्ट्रिय कम्पनी हो र ४६०० जनाको सस्तो निर्वाचनको लागि आफ्नो छबी नबिगार्ने सम्भावना हुन्छ। किनकि, भविष्यका ठुला-ठुला अन्य देशहरुका चुनाव गराउनबाट बञ्चित हुन चाहन्न तर भेरो भाेटिङसँग अनिवार्य log data मगाउन सक्नुपर्छ।

२) निर्वाचन मण्डलको अपरिपक्वता र नेपालको निर्वाचन मण्डल र आइटी टिमले भेरो भाेटिङलाई पठाएको डाटा र सार्वजनिक गरेको डाटा फरक पनि हुन सक्छ। यसको लागि माथि उल्लेखित सात जनाको छानबिन कमिटीले भेरोको कम्पनीमा गई log data मगाउन सकिएमा दूधको दूध पानीको पानी छुट्ट्याउन सकिनेछ।

जापानस्थित विशेषगरी अध्यक्षका उम्मेदवार महेश श्रेष्ठज्यू र मेरो आफ्नो कमजाेरी :

१) जापानबाट विभिन्न पदमा छरपस्ट उठेका उम्मेदवारहरुलाई अध्यक्ष पदका उम्मेदवार महेश श्रेष्ठज्यूको संयोजकत्वमा सकेसम्म थोरै उम्मेदवार उठाउन र एक पदमा एक उम्मेदवारमात्र उठाउन केही पहल नगरिनु।

मैले पनि कोसिस गरेता पनि निष्कर्षमा पुर्‍याउन नसक्नु।

२) जापानबाट छरपस्ट उठेका उम्मेदवारहरुले जापानको प्रतिष्ठा जोगाउन र जापानबाट एकजुट हुनुभन्दा पनि आ-आफू जस्तोसुकै हर्कत गर्न पछि नपर्नु।

३) महेश श्रेष्ठज्यूलाई लिडर मानेर मलगायत एनसिसी जापानले विभिन्न पहल गर्न खोज्दा पनि महेश श्रेष्ठज्यूलगायत उहाँको समूह जापानका मतदातालाई समेत कुनै सरोकार नराखी अमुक पार्टीमात्रको बहकाउमा लाग्नु गल्ती थियो।

(लेखक पाैडेल एनआरएन जापानका निवर्तमान अध्यक्ष हुन्। माथी उल्लेखित भनाई लेखकका आफ्ना निजि भनाईहरु हुन् र यस लेखको पुर्ण जिम्मेवारी लेखकमा नै रहेको छ ।

चलचित्र पत्रकार संघ नेपालको इलाम,झापा र मोरङ्गमा शाखा बिस्तार

समाचार


काठमाडौँ – चलचित्र पत्रकार संघ नेपालको झापा जिल्ला, इलाम जिल्ला र मोरङ्ग जिल्ला शाखा गठन भएको छ । संघको १० र ११ औँ र १२ औं शाखाको रूपमा यी शाखा गठन भएका हुन् । त्यसैगरी कोशी प्रदेशको साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो।  तिन जिल्ला आयोजित भेलामा सङ्घका केन्द्रीय अध्यक्ष समीर बलामी, उपाध्यक्ष कुवेर गिरी, महासचिव रघुनाथ सापकोटा तथा संघका सदस्य कुमार आचार्य लगाएको उपस्थित थिए । कार्यक्रम प्रदेश अध्यक्ष नरेन्द्र बस्नेतको अध्यक्षतामा भएको हो।

इलाम शाखामा अतीत योङहाङको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन भएको हो । समितिको उपाध्यक्ष दुर्गेश भट्टराई, सचिव सुनिता मगर, सहसचिव तारा खाती र कोषाध्यक्षमा सरिता राई छनौट भएका छन् । सदस्यहरूमा एलिना गुरूङ, त्रिलोचन अधिकारी, शुसिल मोरोहाङ, सुनिल शङ्कर, केशव भट्टराई, मिलन मुखिया, उमेश लिम्बू, रोशन काफ्ले, सृष्टि कुरूम्बाङ रहेका छन् ।

भेलाले तीन सदस्यीय प्रदेश प्रतिनिधिसमेत छनौट गरेको छ । सोम सुनुवार, सृजना श्रेष्ठ र काकीराम लावती (आन्छुमे नसान) छनौट भएका छन् । पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन भएको छ । सल्लाहकार समितिमा सटेन्द्र जबेगु, विप्लव भट्टराई, बुद्धमाया सोङ्मी, केवल तामाङ र सुरेश पोर्तेल रहेका छन् ।

त्यस्तै झापा शाखाको अध्यक्षमा रमेश तिवारी चयन भएका छन् । १५ सदस्यीय छानिएको कार्यसमितीम समीर सुवेदी उपाध्यक्ष, सचिव एकराज प्रधान, सहसचिव सुरज प्रधान कोषाध्यक्ष शुभला तामाङ र सदस्यहरूमा सन्तोष न्यौपाने, उद्धव पुरी , निराजन निरौला, सुनिता तामांग, अस्मिता सांखी, दिपेन भेटवाल, सन्तोष शर्मा , अभिषेक धमला , नगेन्द्र नेपाल र रवि किरण वान्तवा रहेका छन् ।

चलचित्र पत्रकार संघ नेपालको मोरङ्ग शाखामा प्रेम देवानको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन भएको हो । समितिको उपाध्यक्ष हुसेन सेख,सचिव सन्तोष बास्तोला,सहसचिव निरोज मल्ल,कोषाध्यक्ष सरिता कर्माकार तथा सदस्यहरु अपरोज हवारी,कप्लेस यादव,एलिसा रायमाझी,दिपेश रोक्का,अफ्ताप अली चयन भएका छन्।

चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश शाखाको बिशेष साधारण सभाबाट अध्यक्ष सन्जु राईको टिम निर्बिरोध निर्वाचित भएको छ। कार्यसमितिमा बिरेन्द्र कुमार शाह उपाध्यक्ष,सुवास संकल्प सचिव,बिकल श्रेष्ठ सहसचिव,रश्मी थापा कोषाध्यक्ष र सदस्यहरु तुल्सी प्रसाद निरौला,निशान कंडेल,गोपाल काफ्ले, सोम सुनुवार,सृजना श्रेष्ठ,आन्छुमे नसान (लावती) निर्वाचित भएका छन्। नवनिर्वाचित कार्यसमितिले अन्य केहि सदस्यहरु मनोनयन गर्ने निर्णय गरेको छ।चलचित्र पत्रकार संघ नेपालको इलाम,झापा र मोरङ्गमा शाखा बिस्तार र कोशी प्रदेशमा नयाँ नेतृत्वको चयन