generalnews
||Power News Asia||

आजको समाचार

बालबालिकाले सभामुख घिमिरेलाई बुझाए ज्ञापनपत्र

समाचार


 बालबालिकाले सभामुख घिमिरेलाई बुझाए ज्ञापनपत्र 

काठमाडौं । बालबालिकाहरुले बाल अधिकार संरक्षणको क्षेत्रमा नीतिगत सुधार र भएका नीति र कार्यक्रमको प्रभावकारी कार्यन्वयनका लागी सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउदै ज्ञापनपत्र बुझाएका छन। शनिबार सिंहदरबार स्थित संघिय संसद सचिवालयमा देशका सातै प्रदेश र १८ बर्ष मुनीका यौनिक अल्पसंख्यक, अपांङ्ता, बाल श्रम, मनोरंजन, बाल क्लब आदी बिषयगत क्षेत्रलाई प्रतिनिधित्व गर्दै बालबालिकाहरुले ज्ञापनपत्र बुझाएका हुन । भेटका क्रममा बालबालिकाहरुले सभामुख समक्ष आफना भोगाई र अपेक्षा बारे कुरा राखे ।

बालबालिकाहरु मनोज भण्डारी, सर्जला खत्री, ज्योति चौधरी, सिवानी मगर, सजिना खडका, आकाश जिरेल, विपना बस्नेत, पुष्पा मगर र सुधा पौडेलले बाल दुव्र्यवहार विरुद्धको विश्व दिवस २०२३ को अवसर पारेर गत नोभेम्बर ९ तारिखमा आयोजित राष्ट्रिय बाल परामर्श भेलाले पारित गरेको काठमाण्डौं घोषणा पत्रमा समेटिएका १५ बुँदे सवालहरुलाई सभामुख सामु पालैपालो पढेर सुनाए ।

भेटका क्रममा उनीहरुले जोखिममा परेका सीमान्तकृत, कमजोर वा कठिन परिस्थितिमा बाँचिरहेका बालबालिकाहरू शिक्षा, स्वास्थ्य सेवा, र दुर्व्यवहार, बेवास्ता वा शोषणबाट संरक्षण जस्ता आधारभूत आवश्यकताहरूबाट प्रायः वञ्चित रहने स्थितिको अन्त्यका लागि सक्दो पहल गर्न सभामुखसँग आग्रह गरे । बालबालिकाहरुले समग्र बालबालिकाहरुको आवाज राख्दै बाल अधिकार संरक्षणमा गरिबी प्रमुख चुनौती रहेको औल्याए । बालक आकाश जिरेलले सभामुख घिमिरे समक्ष एमसिसिको रकम बालबालिकाको क्षेत्रमा लगाउन के गर्नुपर्छ भन्ने आशयसहितको प्रश्न राखेका थिए ।  

सो अवसरमा सभामुख घिमिरेले बालबालिकाहरुको निम्ती स्वास्थ्य, शिक्षा, खेलकुद, पुर्वाधार आदी शिर्षकमा लगानी तथा नीति गत व्यवस्था हुँदै आएको प्रसंग राख्नुहुँदै सिमित स्रोतका वावजुद हालसम्म प्राप्त गरिएका उपलब्धीलाई संस्थागत गरि सुधार गर्दै जानुपर्नेमा जोड दिए ।  

सभामुख घिमिरेले बाल संरक्षण एक प्रमुख चिन्ताको विषय भएको बताउदै बालबालिकाले यौन दुर्व्यवहार, शारीरिक दुव्र्यवहार र बेवास्तालगायत धेरै प्रकारका हिंसाको सामना गर्नुपरेको जनाए । साथै उनले यी समस्याहरूलाई सम्बोधन गर्न र नेपालका सबै बालबालिकाको अधिकारमा पहुँच सुनिश्चित गर्न आफु प्रतिबद्ध रहेको बताए । सिविस सस्थाको संयोजनमा भएको यस कार्यक्रमलाई संस्थाका एडभोकेसी एडभाईजर युवराज घिमिरेले सहजकर्ताको भूमिका निर्वाह गर्दै बालबालिकाहरुले प्रधानमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको जानकारी दिए ।

भेटका क्रममा राज्यदैनिकका कार्यकारी सम्पादक एवम एनटिभी न्युज सचेतना कार्यक्रमका निर्देशक सरोज ओझासहित अधिकारकर्मीहरु विमला ज्ञवाली, अनिता पाण्डे, कर्मा शेर्पा, सुरज श्रेष्ठ, मनिता धरेल, विनिता जोशी, अंकिता थापा, उमङ्ग मैनाली, प्रकाश महर्जन र मनिराम आचार्यको सहभागी थिए ।

बालबालिकाहरुले सभामुखलाई बुझाएको ज्ञापनपत्र :

जनचेतना नेपालको सम्मान कार्यक्रम सम्पन्न

समाचार


काठमाण्डौ – जनचेतना नेपाल विगत लामो समयदेखि सामाजिक रुपान्तरणका कार्यहरु गर्दै जन जनमा चेतनाको अभियान गर्दै आईरहेको कलाकर्मिहरुको संस्था हो।संस्थाको केन्द्रीय कार्यलय काठमाडौंमा रहेको छ भने सातै प्रदेशमा जनचेतनामूलक कार्यक्रम मार्फत सचेतनाका कार्यहरुलाई निरन्तरता दिरहेकोछ। संघ तथा प्रदेशको राष्ट्रिय निर्वाचनमा सातै प्रदेशमा जनचेतना नेपालका पर्यवेक्षकहरुले पर्यवेक्षकको भुमिका निर्वाह गरिसकेका छन्।
जनचेतना नेपालका झापा जिल्ला संयोजक शिव कुमार मैनालिको कार्यसमितिले झापाको शिवसतासि स्थित हाईजेनिक होटलमा युवाअभियान्ता,उदारकर्ता,गीत संगीतका श्रष्टाहरुलाई सम्मान गरेको थियो। सम्मानितहरुमा समाज र देशकोलागी अहोरात्र सेवामा सपर्पित युवा अभियान्ता जन नजमा चेतनाको लरह छर्न सक्ने व्याक्तित्व चितवन निवासि अर्जुन भुसाल, सर्पवाट त्रसित भएकाहरुमाझ पुगी चेतना जगाउने सामाजिक अभियान्ता सर्प उद्रारकर्ता यमलाल भण्डारी , गीत संगीतमा आध्यात्मिक भक्ति भित्र्याउन सक्ने क्षमताका धनी संगीत प्रेमि गायक तथा नायक अर्जुन सापकोटा, आधुनिक ,बाल,चलचित्र ,राष्ट्रिय गीत लगायत टेलिश्रृखलाका शिर्ष गीत लेखनमा कृयासिल सयैको संख्यामा उत्कृष्ट गीत सृजना गरि गीत संगीत श्रेत्रलाई अझ संमृद्ध बनाउन सहयोग पुर्याउन सफल व्यतित्व काठमाडौं निवासी गणेश सुवेदी हुनुहुन्थ्यो । कार्यक्रमको सहजिकरण राष्ट्रिय पर्यवेक्षक रोहित नेपालले गर्नु भएको थियो।

जनचेतना नेपालका केन्द्रीय अध्यक्ष बालकृष्ण निरौलाको प्रमुख आतित्यमा सम्पन्न कार्यक्रममा वक्ताहरू अर्जुन भसाल र गणेश सुवेदिले मन्तव्य राख्नु भयो।अध्यक्ष निरौलाले छोटो समयमा सभ्य रुपमा कार्यक्रम सफल वनाएकोमा झापा जिल्ला संयोजक शिव कुमार मैनालि,राष्ट्रिय पर्यवेक्षक रोईत नेपाल हाईजेनिक होटलका प्रेपाईटर दाताराम बिष्ट लगायत उपस्थिति सम्पूर्ण मा धन्यवादका साथ सम्मानित व्याक्तित्वहरुमा अझ समाजसेवा गर्ने उत्प्रेरणा मिलोस भनी बधाई तथा शुभकामना व्यक्त गर्नु भयो।

राजु गिरीको निर्देशनमा चलचित्र ‘ईश्वर’ बन्दै

समाचार


काठमाण्डौ -  निर्देशक राजु गिरीले आफ्नोे लेखन तथा निर्देशनमा चलचित्र ‘ईश्वर’ को निर्माणको घोषणा गरेका छन् । लक्ष्मी कुँवर थापाको प्रस्तुती रहने उक्त चलचित्र दिव्या कंगना फिल्मसको ब्यानरमा बन्न लागेको हो ।  चलचित्रमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ । 

हरि बहादुर थापा र शंकर गिरी निर्माता रहने उक्त चलचित्रमा राजेन्द्र बजगाईँ र वीपी वाग्लेको संगीत रहने छ भने देव महर्जनको द्धन्द्ध निर्देशन रहनेछ । चलचित्रका लागि कलाकारहरू केही दिनमा फाइनल गरिने निर्देशक गिरीले बताए ।

छायांकन भने माघको २८ गतेबाट मात्रै सुरु हुने उनले जानकारी दिए । गिरीको निर्देशन रहेको चलचित्र ‘नम्बरी सुन’ प्रदर्शनमा आएपछि मात्रै उनले नयाँ चलचित्रको छायांकन गर्ने तयारी गरेका हुन् ।  निर्देशक गिरीको निर्देशनमा बनेको अर्को चलचित्र ‘नम्बरी सुन’ माघको १९ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । 

वातावरणिय अधिकार, जलवायु कार्य तथा दिगो विकास भन्ने मुल सन्दर्भकासाथ नेपाल युवा सम्मेलन आजबाट शुरु

समाचार


काठमाडौं ।वातावरणिय अधिकार, जलवायु कार्य तथा दिगो विकास भन्ने मुल सन्दर्भका साथ नेपाल युवा सम्मेलन आजबाट काठमाण्डौंमा शुरु भएको छ । भोलीसम्म जारी रहने सम्मेलनको उद्घाटन वन तथा वातावरण मन्त्री डा. वीरेन्द्र महतोले गर्नुभएको हो । सम्मेलनको उदघाटन गर्नुहुँदै मन्त्री डा. वीरेन्द्र महतोले कोप महासभामा नेपालले माग्ने भन्दा पनि आफनो अधिकार लिने गरि कुरा राखेको बताउनुहूँदै जलवायु परिवर्तनको असरलाई न्यूनिकरण गर्न युवाहरुको भूमिका महत्वपूर्ण हुने हुँदा युवाहरुलाई जलवायु परिवर्तनको असरलाई कम गर्न अभियानका कार्यक्रमहरु घर घरसम्म लैजान आग्रह समेत गर्नुभयो । सो अवसरमा मन्त्री महतोले युवा कालमा एउटासम्म भने पनि रुख रोप्न सबै युवाहरुलाई सुझाव दिनुहूँदै कालान्तरमा ऐतिहासिक उपलब्धी बन्ने गरि पर्यावरणिय स्वच्छताका लागि अहिलेदेखी नै अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । 

 

कार्यक्रम माझ टिडिएचकी कन्ट्री कोअर्डिनेटर मोनी श्रेष्ठ राष्टिय युवा संजालका सल्लाहकार श्यामकृष्ण श्रेष्ठ र सिविसकी महासचिव अनिता पाण्डेले नेपालको पर्यावरणिय स्थिति बारे वर्णन गर्नुहुँदै वातावरणिय अधिकार, जलवायु कार्य तथा दिगो विकासका निम्ति युवाहरुको महत्वपूर्ण भूमिका रहने हुदाँ युवा केन्द्रित कार्यक्रम साथै यस्ता सम्मेलनहरु उपलब्धीमुलक रहने विश्वाु व्यक्त गर्नुभयो । 

उक्त कार्यक्रममा दिगो विकासका लागि राष्ट्रिय युवा संजाल नेपालका अध्यक्ष सौरभ खनाल र वातावरणीय अधिकार संजालका संयोजक अध्यक्ष अमृत देवकोटा बोल्नुहुँदै युवाको प्रकृति प्रदत्त अधिकारलाई कालान्तरसम्म उपयोग गर्न सक्ने वातावरण कायम राख्न मन्त्री महतोलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा सिविसका एडभोकेसी एडभाइजर युवराज घिमिरे, प्रमोद आचार्य, केदार मगराती लगायतको उपस्थिती रहेको थियो । 

दिगो विकासका लागि राष्ट्रिय युवा संजाल नेपाल, वातावरणीय अधिकार संजाल, सिविस, डायनामिक युथ फोरम, टिडिएच जर्द्धारा संयुक्त रुपमा आयोजित कार्यक्रममा वातावरण, कृषि, भूगर्भ तथा खनिज, सामाजिक विकास आदी क्षेत्रबाट दप्रतिनिधित्व गर्दै देशका सातै प्रदेशबाट करिब ५० जना युवाहरु सहभागी रहेका छन् । उनीहरु बीच बुहद छलफल तथा विज्ञहरुकाट कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

डि सिने अवार्डको१५ औं संस्करणका लागि चलचित्र दर्ता आब्हान

समाचार


काठमाण्डौ - विगत १५ वर्ष भन्दा अघिदेखि नियमित रुपमा आयोजना हुँदै आएको डि सिने अवार्डको १५ औं संस्करणका लागि चलचित्र दर्ता आब्हान गरिएको छ । ‘हाम्रै कला हाम्रै संस्कृति हाम्रै सिनेमा, सभ्य भव्य सुसंस्कृत चलचित्रको चाहना’ भन्ने मूल मन्त्रमा आधारित रहेर आयोजना गरिदै आएको डि सिने अवार्ड नेपालमा आयोजना भइरहेको फिल्मी अवार्ड मध्ये सबैभन्दा धेरै फरक र नियमित रुपमा आयोजना हुँदै आएको ऐतिहासिक अवार्ड हो । २०७९ सालमा रिलिज भएका चलचित्रहरु १५ औं संस्करणमा भाग लिन पाउने छन् । आगमी १५ पुष २०८० सम्म चलचित्रको दर्ता गर्न पाइने उल्लेख गरिएको छ ।

 डिजिटल चलचित्रका माध्यमबाट निर्माण गरिएका चलचित्र, चलचित्रकर्मी, स्रष्टा, सर्जक, प्राविधिक सम्पूर्णलाई प्रोत्साहित गरी गुणस्तरयूक्त चलचित्र निर्माण हेतु यसरी अवार्ड आयोजना हुँदै आइरहेको अवार्ड अध्यक्ष शान्तिप्रियले बताएका छन् । मुलतः नेपाली चलचित्र उद्योगको अवार्ड आयोजना प्रारम्भ गरी प्राविधिक माध्यमले चलचित्रको गुणस्तर बृद्धि तथा सिर्जनकर्मी पौरखी हातहरुलाई प्रोत्साहन–सम्मान–पुरस्कृत गरी बृहत्तर चलचित्र उद्योगको परिदृश्यमा अवार्ड आयोजना हुँदै आइरहेको र १५ औं संस्करण पनि यसैको सिलसिला भएको अध्यक्ष शान्तिप्रियले बताए ।

अवार्ड आगामी माघमा आयोजना गरिने आयोजक संस्था छायाँछवि क्रियशनले बताएको छ ।

चलचित्र चिट्ठीको “टुटेको तारा” सार्वजनिक

समाचार


काठमाण्डौ – चलचित्र चिट्ठीको पहिलो गीत “टुटेको तारा” सार्वजनिक भएको छ । माधब राज खरेलको लेखन र निर्देशन रहेको उक्त चलचित्रमा चर्चित पाश्र्व गायक शिव परियारको स्वर, डा. कृष्णहरि बरालको शब्दरचना रहेको छ । उक्त गीतलाई सञ्चारकर्मी समेत रहेका गायक तथा संगीतकार सरोज कोईरालाले संगीत गरेका छन् । गीतलाई ओएस्आर डिजिटल च्यानलबाट सार्वजानिक गरिएको छ ।
कमेडी जनारामा बनेको चलचित्र चिट्ठीको केन्द्रिय भुमिकामा संजीत भण्डारी, खड्ग बहादुर पुन मगर “खबपु”, गोपाल ढकाल“छन्दे”, नवराज थापा, मुस्कान लामा, कञ्चन चालिसे, प्रवण भुषाल, श्रीदेव भट्टराई लगायतका रहेका छन भने नम्रता खरेल, रश्मी भट्ट, मोहन निरौला, शान्तिप्रिय, राजन थापा, डेविल सिंह राजपुत, प्रल्हाद खरेल, उद्धव भट्टराई, समिर लामा, पुर्ण राई, पुरुषोत्तम सानु लगायत कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रलाई जीवन पराजुली र राजन खरेल खिचेका हुन भने सम्पादन माधब खरेल र अच्यूत बजगाईले गरेका छन् भने, कलर संयोजक तथा भिएफ्एक्स समिर मिँया, गीतको मिक्सिङ तथा मिक्सिङ एवम् चलचित्रको ब्याकग्राउण्ड स्कोरिङ पुस्कर खत्रीले गरेका हुन । मनोज परियारले चलचित्रको साउण्ड मिक्सिङ गरेका हुन् भने ५.१ साउण्ड मिक्सिङ अमित श्रेष्ठ, श्रृंगार नरेश खरेल, द्धन्द निर्देशन किरण दाहालले गरेका हुन् । त्यसैगरी अमृत चापागाईको पोष्टर डिजाईन र साहिल खानको पब्लिसिटी डिजाईन रहेको छ । चलचित्रको साहायक निर्माताको रुपमा अनिता कुँवर, समिर खान र कृष्णादेबी आचार्य रहेका छन् ।

काठमाण्डौ, काभ्रेपलाञ्चोक तथा ललितपुरका विभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको चलचित्र चिट्ठीको पोष्ट–प्रोडक्सनको सम्पुर्ण कार्य सकाएको निर्माण कम्पनीले प्रदर्शनी मिति भने छिट्टै तोकिने बताएकोे छ ।

एरा प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र चिट्ठीलाई संचारकर्मी कमला जोशीले निर्माण गरेकी हुन् ।

बालबालिका र युवाहरुको वातावरणीय अधिकार र जलवायु न्याय सम्बन्धी सांसदहरुसँग नीति संवाद कार्यक्रम काठमाडौंमा सम्पन्न

समाचार


काठमाडौं । बालबालिका र युवाहरुको वातावरणीय अधिकार र जलवायु न्याय सम्बन्धी सांसदहरुसँग नीति संवाद कार्यक्रम आईतबार काठमाडौंमा सम्पन्न भएको छ । उक्त नीति संवाद कार्यक्रम वातावरणीय अधिकार संजाल, नेपाल दिगो विकासका लागि राष्ट्रिय युवा संजाल नेपाल तथा टेरे देश होम्ससँगको सहकार्यमा सिविसले आयोजनामा ल्याएको हो । सो अवसरमा प्रा. डा. मदन कोईरालाले नेपाल एवम् विश्वभर जलवायु परिवर्तनको असर, वातावरणलाई जोगाउने गरि हुँदै आएका प्रयास, भावी वातावरणीय जोखिम, नीतिगत व्यवस्था, सरकारको पूर्व तयारी आदी विविध सवाल माथि केन्द्रित रहि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रस्तुतीका क्रममा उहाँले हाल कोप महासम्मेलनमा नेपालले राम्रो उपस्थिती जनाउन सकेको भन्दै सोको सर्हाना समेत गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय सभाकी विधायन व्यवस्थापन समिति सभापति जयन्ती राईले जलवायु परिवर्तन राष्ट्रिय मात्र नभई अन्तरराष्ट्रिय चासोको बिषय रहेको उल्लेख गर्नुहुँदै नेपाल जस्ता थुप्रै देशहरुमा धनी र ठुला देशहरुका कारण तापमान बढन गई खाद्य उत्पादन लगायतका क्षेत्रमा समस्या झेल्न वाध्य रहदै आउनु परेको जिकिर गर्नुभयो ।उक्त नीति संवादमा प्रतिनिधि सभा, पूर्वाधार विकास समिति सदस्यहरु शुसीला श्रेष्ठ, विना लामा, प्रेम बहादुर महर्जन र मैना कार्कीको उपस्थिती रहेको थियो । कार्यक्रममा ललितपुर २ बाट निर्वाचित सांसद प्रेमलाल महर्जनले आफनो बाल्यकाल स्मरण गर्नु हुँदै सानोमा कंचन बागमतीमा पौडी खेल्ने अवस्था र चौबिसै घण्टा ढुङेधारामा पानी आउने गरेकामा अहिले स्रोत सुक्दै गएकाले विगत भन्दा अवस्था विपरित भएको आफुले प्रत्यक्ष महशुस गरेको बताउनुहुँदै जलवायु परिवर्तनका कारण बालबालिका, युवा लगायत सबैले समस्या भोग्न वाध्य हुँदै गएको तर्क पेश गर्नुभयो ।

त्यसैगरि, सांसद शुसिला श्रेष्ठले सामाजिक, आर्थिक विकाससँगै वातावरणीय विकास दिगो विकासको महत्वपुर्ण कडी रहेको बताउनुहुँदै नागरिक समाज, विज्ञ लगायतका सरोकारवालाहरुको रचनात्मक सुझावले नीति निर्माणमा उल्लेख्य सहयोग पुग्ने धारणा राख्नुभयो ।

कार्यक्रममा वक्ताको रुपमा बोल्ने क्रममा जाजरकोटबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने सांसद मैना कार्कीले जाजरकोटमा गएको भुकम्पबाट बालबालिका, युवा, महिला, जेष्ठ नागरिक सबै तह तप्काका नागरिक समस्यामा रहेको औल्याउनुहुँदै भोलीको दिनमा हुन सक्ने थप वातावरणीय जोखिमलाई न्युनिकरण गर्न पूर्व तयारीको खाँचो औल्याउनुभयो ।

त्यस्तै युवा सांसद विना लामाले बालबालिका र युवामाथि केन्द्रित भएर नीति निर्मातासँग छलफल गरिनु आँफैमा महत्वपूर्ण कदम भएको उल्लेख गर्नुहुँदै जलवायु परिवर्तनका संभावित जोखिमलाई नरोक्ने हो भने आउँदा दिनहरु थप कष्टकर बन्ने बताउनुभयो ।

कार्यक्रममा पूर्व वन तथा वातावरण मन्त्री गणेश साहले सांसदहरुले प्रधानमन्त्री लगायतका तालुकात मन्त्रीसम्म जलवायु परिवर्तनको दिर्घकालमा गएर देखिन सक्ने असर र संभावित जोखिम बारेमा चासोपूर्वक कुराहरु राख्नुपर्नेमा जोड दिनुहुँदै भविष्यमा खडेरी, पानीको समस्या आउन सक्नेतर्फ सचेत रहि प्रकृतिको दोहनलाई रोक्ने खालका नीति निर्माणका लागि अग्रसर रहन आग्रह समेत गर्नुभयो ।

सो अवसरमा संविधान सभा सदस्य शान्ती अधिकारीले मानव निर्मित प्रदुषण, कार्वनको उत्सर्जन, कलकारखानाका कारण हुने फोहोर र तापक्रम बृद्धीका कारण कयौ बालबालिका र युवाको भविष्य जोखिममा रहेको बताउनुहुँदै रोग व्याधीबाट बच्न तथा अतिबृष्टी, अनावृष्टी, खण्डबृष्टी, बाढी पहिरो जस्ता जटिल समस्यालाई निम्तन नदिन वातावरण मैत्री नीति निर्माण गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशका सांसदद्वय सुरेश श्रेष्ठ र किरण थापा मगरले तीनै तहका सरकारले यस सम्बन्धमा समन्वय गरि अगाडी बढ्नुको विकल्प नरहेको आशयसहितको मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा सिविसकी अध्यक्ष विमला ज्ञवालीले बालबालिका र युवाहरुको वातावरणीय अधिकार र जलवायु न्याय सम्बन्धमा नीति निर्माताहरुसँग आउँदा दिनमा समेत छलफलका कार्यक्रमहरु गर्दै जाने जानकारी दिनुभयो ।

कार्यक्रम माझ टिडिएचकी कन्ट्री कोअर्डिनेटर मोनी श्रेष्ठ, विज्ञद्वय युगान मानन्धर, श्यामकृष्ण श्रेष्ठ, एनएसिजीका अध्यक्ष किरण थापा लगायतले कार्यक्रममाझ धारणा राख्नुहुँदै जलवायु न्याय र बालबालिका तथा युवाको अधिकारलाई नखोसिने गरि नीति निर्माणमा आवश्यक पहल लिन सांसदहरुलाई आग्रह गर्नुभयो ।

सिविसका एडभोकेसी एडभाइजर युवराज घिमिरेले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा दिगो विकासका लागि राष्ट्रिय युवा संजाल नेपालका अध्यक्ष अमृत देवकोटा र वातावरणीय अधिकार संजालका अध्यक्ष सौरभ खनालले बोल्नुहुँदै युवा र बालबालिकाको प्रकृति प्रदत्त अधिकारलाई कालान्तरसम्म उपयोग गर्न सक्ने वातावरण कायम राख्न नीति निर्माण गर्ने तहमा पुग्नुभएका अग्रजहरुको भूमिका महत्वपूर्ण रहने हुँदा कार्यक्रम आयोजना गरिएको जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा कन्सोर्टियम नेपालकी महासचिव अनिता पाण्डे लगायतको उपस्थिती रहेको थियो । नीति संवादमा सहभागी सांसदहरुले बालबालिका र युवाहरुको वातावरणीय अधिकार र जलवायु न्यायका लागि प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

 

 एसिया ट्रेल मास्टर च्याम्पियनसिप विजेता बनिन् रसिला तामाङ

समाचार


काठमाडौँ । धादिङकी रसिला तामाङ एसिया ट्रेल मास्टर च्याम्पियनसिपमा प्रथम भएकी छिन्। इन्डोनेसियाको सोलोमा भएको फाइनलमा उनले बेल्जियमकी खेलाडीलाई पछि पारेकी हुन्। शनिबार स्थानीय समय बिहान ६ बजे  इन्डोनेसियाको सेन्ट्रल जाभास्थित सेकिपान तावाङमाङुबाट सुरु भएको प्रमुख उपाधिको दौडअन्तर्गत निर्धारित दूरी ७७ किलोमिटर १२ घन्टा २५ मिनेट ५२ सेकेन्डमा पूरा गरी उनी विजयी भएकी हुन्। त्यसैगरी बेल्जियमकी भन्ज नोप्स र फोलिपिन्सकी एन्जेली काबालोले सो दूरी क्रमशः  १२ घण्टा ३२ मिनेट १६ सेकेन्ड र १४ घन्टा ३ सेकेन्ड ३७ सेकेन्डमा पूरा गरी दोस्रा र तेस्रा भएका छन्।

सन् २०१४ देखि सञ्चालन भइरहेको यो प्रतियोगितामा रसिला पहिलो नेपाली विजेता हुन्। धादिङ धुनिवेशीकी २२ वर्षे  रसिला यस अघि पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै आएकी छिन्।

The portal job4.online has been launched in Australia.

समाचार


Kathmandu. The portal job4.online has been launched in Australia. This portal aims to provide employment, especially in the hospitality sector. From the portal job4.online launched by Jab Pho Online Company, there is a demand for manpower in this field, from hospitality to making many dishes. The company has claimed that it will be helpful to find a new platform career in Australia for the cook, waiter, bartender, housekeeper event planner, executive sap, manager, etc.

Those who are looking for a job in Australia from anywhere in the world can go to job4. online open a personal account choose the job that suits them and apply. Candidate can publish their resume on the website. Similarly, they can find their favorite company get information about new vacancies, and download modern-style resumes. According to the company, this portal has been developed to make it easy for people in the hospitality sector to find work and provide work capacity.

 निम अवार्डको आवेदन खुल्ला, अनलाईन मार्फत पनि फारम भर्न सकिने

समाचार


काठमाडौं –  निम अवार्डको सातौं संस्करणको आवेदन खुल्ला गरिएको छ । नेपालको पहिलो समावेशी म्युजिक अवार्ड अन्तर्गत ‘राष्ट्रिय समावेशी म्युजिक (निम) अवार्ड २०२४’ को आवेदन खुल्ला गरिएको कार्यक्रम संयोजक कमला जोशीले जानकारी दिएकि छन् । उक्त अर्वाडका लागि यही मंसिर १५ गतेबाट आवेदन फारम खुल्ला गरिएको जोशीले बताईन । विगत ६ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको निम अवार्डको यो सातौं संस्करण हो ।

उक्त अवार्डमा पहिलो वर्षदेखि नै नेपालमा बोलिने विभिन्न भाषा–भाषीका गीत संगीतहरुलाई विशेष प्राथमिकताका साथ समेटिँदै आएको छ । अहिले सम्मकै बृहत संख्याका भाषा–भाषीका गीतहरुको उत्साह पूर्वक सहभागिता हुँदै आएकाले पनि यसलाई नेपालकै पहिलो समावेशी अवार्डको रुपमा लिने गरिन्छ ।  नेपाल भित्र बोलिने विभिन्न भाषा र भाकाका गीतहरुलाई कार्यक्रममा सहभागी गर्दै आईरहेको उक्त अवार्डमा काँठे भाका, देउडा भाका, नेपाल भाषा, तामाङ भाषा, मैथली, भोजपुरी, राई, लिम्बु, चौधरी, शेर्पा, मगर, गुरुङ, सतार, सुनुवार भाषाका गीत र भिडियोहरु अवार्डमा सहभागी हुँदै आएका छन् भने यस वर्ष पनि ती भाषा तथा भाकाका गीत संगीतहरुलाई अवार्ड कार्यक्रममा समेटिने आयोजक संस्थाले जानकारी दिएको छ ।

अंग्रेजी क्यालेन्डर अनुसार २०२३ जनवरी १ देखि २०२३ डिसेम्बर ३० सम्म (१ वर्ष भित्रमा) बजारमा आएका गीत तथा भिडियोहरुलाई समावेस गरिने अवार्ड आयोजकले बताएका छन् ।

एरा प्रोडक्सन प्रा.लि.को ब्यवस्थापनमा सम्पन्न हुने निम अवार्डको फारमहरु आयोजक संस्थाको कार्यलयवाट उपलब्ध हुनुका साथै ग्लोबल अनलाईन पे को अनलाईन मार्फत पनि भर्न सकिने छ । गीतहरु दर्ता गर्नको लागि आवेदनको अन्तिम मिति पुस २५ गते सम्मको लागि तोकिएको आयोजक समितिले बताएको छ ।