काठमाडौं, जेठ १० । नेपाल भारत सीमा विवाद समाधानका लागि वार्तामा आउन पटक–पटक गरिएको आग्रह लत्याएको भारत अब वार्ताका लागि तयार रहेको त्यहाँका राजनीतिज्ञहरु बताउन थालेका छन् ।
कालापानी लिपुलेक र लिम्पियाधुरासहितका भूभागमा देखिएको विवाद वार्ता र संवादबाट समाधान गर्न नेपालले गरेको आग्रह भारतले वर्षौँदेखि नकार्दै आएको थियो । तर जब नेपाल सरकारले भारतद्वारा अतिक्रमित ति भूभागहरु समेटेर नेपालको नयाँ नक्सा जारी ग¥यो तब भारतीय राजनीतिज्ञहरुले पनि वार्ताका लागि आग्रह गरिरहेका छन् ।
भारतको सत्तारढ दल भारतीय जनता पार्टीका एक प्रभावशाली नेना विजय जोलीले वार्ता र संवादबाटै मात्रै सीमा विवादको समाधानको विन्दुमा पुग्न सकिने बताए । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासंगको अन्र्तवार्ताको क्रममा जोलीले भारतले आफ्नो सुरक्षाका लागि कालापानीमा सेना राखेको बताउँदै यसमा कुनै समस्या भए वार्ताबाट मात्रै समाधान खोज्न सकिने बताए। तर लिपुलेक कालापानी र लिम्पियाधुरासहितका क्षेत्र नेपालले आफ्नो नक्सामा समेट्नु कृतिम दाबी मात्रै रहेको भाजपाका नेता जोलीको जिकिर छ ।
भारतले नेपाललाई जहिले पनि आफू समान हैसियत प्रदान गरेको नेता जोलीले बताए । उनले नेपाल भारत सम्बन्धलाई मजबुत बनाउन भारत कालापानीको कुनै एक भूभागका लागि लडाई गर्ने पक्षमा नरहेको जनाए । कालापानी विवादको प्रसंगमा नेता जोलीले उहाँकै शब्दमा हामी एक लिपुलेक त के सयौँ लिपुलेक नेपाललाई दिन सक्ने बताए ।
अन्तर्वार्ताका क्रममा जोलीले सीमा विवाद समाधानका लागि भारत नेपालसँग वार्तामा बस्न तयार रहेको पटक–पटक दोहो¥याएका छन् । तर अहिले नेपालमा भइरहेको भारत विरोधी गतिविधिमा चीनको इसारामा भइरहेको उनको आरोप छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले नेपाल कुनै विदेशी मुलुकको इशारामा नाच्ने हैसियतमा अहिले नरहेको प्रष्ट पारेका छन् । नेपालको संविधान अनुसार वर्तमान सरकार गठन भएको उल्लेख गर्दै भट्टराईले मिथ्या आरोप लगाउनु खेदजनक विषय रहेको उनको भनाई छ ।
ड भट्टराईले अहिले पनि सीमा विवादबारे वार्ता र संवादकै बाटोबाट अघि बढ्न नेपाल तयार रहेको बताए । उनले त्यसका लागि भारतसँग अनौपचारिक रुपमा कुराकानीहरु भइरहेको जानकारी दिए ।
यस्तै प्रमुख विपक्षी दलका नेता नारायण खड्काले पनि वार्ताबाटै विवाद समाधान गरिनु उत्तम हुने बताए । भारतले कोरोनाका कारणले तत्काल वार्ता गर्न नसकिने बताइरहेको सुन्नमा आएको बताउदै उनले जुन कुनै बहानामा पनि वार्तालाई धकेल्ने प्रयास हुन नहुने जनाए । भारतले चीनको इशारामा नेपाल सरकार उक्सेको आरोपको विपक्षी दलका नेता खड्काले पनि खण्डन गरे । राष्ट्रियताका सवालमा नेपाल एकतावद्ध रहेको भारतले बुझ्नपर्ने उनको भनाई छ ।
‘हिजो नेपालले पटक–पटक गरेको आग्रह लत्याउने भारतले पनि अहिले वार्ताका लागि केही लचकता देखाएको संकेतहरु मिलेका छन् । सरकारले यो बेला तथ्य र प्रमाणहरुका आधारमा नेपाली भूमिको रक्षा गर्न कुनै कसर बाँकी राख्न हुँदैन । भारतले लगाउँदै आएको चीनको इशारामा नेपाल नाचेको आरोपलाई पनि नेपाल सरकारले सत्यतथ्यका आधारमा खण्डन गर्नुपर्छ ।’ उनको भनाई छ ।
काठमाडौँ, १० जेठ । बन्दाबन्दीका बीच चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित ओख्लेटार गोलिवाङमा पहिलोपटक बिजुली पुगेको छ । शुक्रबार गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बत्तीको स्वीच अन गरेर उद्घाटन गरेका छन् ।
वडा नं ३ को ओख्लेटार गोलिवाङका १० घरधुरीमा शुक्रबारदेखि बिजुली बलेको वडाध्यक्ष गोवद्र्धन अधिकारीले जानकारी दिएका छन् । कोभिड–१९ का कारण सरकारले लागू गरेको बन्दाबन्दीका बीच पनि केही बाँकी कामलाई निरन्तरता दिएर बत्ती बाल्न सफल भएको उनले बताएका छन् ।
हालसम्म वडा नं ३ मा ९९ प्रतिशत घरमा बिजुली बलिसकेको वडाध्यक्ष अधिकारीले बताएका छन् । असार मसान्तसम्म शतप्रतिशत घरधुरीमा बिजुली बाल्ने लक्ष्यका साथ काम गरिरहे पनि बन्दाबन्दीले विद्युत् विस्तारमा समस्या सिर्जना भएको बताएका छन् । गाउँमा पहिलोपटक विद्युत् पुगेपछि स्थानीयवासी खुशी छन् । (रासस)
काठमाडौँ, १० जेठ । पृथ्वीको कुन कुनामा के भइरहेको छ भन्ने थाहा पाउन आजभोलि समाचार सुन्नुपर्दैन । प्रविधिको सामान्य ज्ञान भएको व्यक्तिले स्याटालाइटबाट पनि पृथ्वीमा भइरहेका गतिविधि निरीक्षण गर्न सक्छन् ।
यो प्रसङ्ग केही दिनअघि स्याटालाइटबाट आएको चित्र हेरेपछि अनुभूति भयो । कुनै सौखिन व्यक्तिले आफ्नो व्यक्तिगत वेबसाइटमा राखेको उक्त चित्रलाई मैले ध्यान दिएर हेरेँ । कोरोना भाइरस (कोभिड–१९) बाट आक्रान्त विश्वका ती पछिल्ला चित्र थिए, जहाँ संसार पूर्णरूपमा ठप्प थियो । सडकमा गाडी थिएनन्, आकाशमा जहाज थिएनन् । समुद्रमा चलिरहने जहाज बन्दरगाहमा लामबद्ध थन्किएका थिए । उद्योग, कलकारखाना चलेका थिएनन् । मानिसको ठूलो भीड हुने पर्यटकीय केन्द्रहरू सुनसान थिए ।
पृथ्वी पूर्ण शान्त र स्थिर थियो । यस्तो अवस्थामा पृथ्वीको पूर्वी गोलाद्र्धको ससाना दुई देश जापान–कोरिया तथा छिमेकी देश चीनका चित्र भने थोरै चलायमान देखिन्थे । त्यहाँ गाडी गुडेका, उद्योग चलेका र फाट्टफुट्ट आन्तरिक जहाजसमेत उडेका देखिन्थे । ती चित्र हेर्दै जाँदा लाग्यो, पक्षघात भएको पृथ्वी क्रमशः हातगोडा चलाएर आफू स्वस्थ भएको जनाउ दिन खोज्दैछ । (गोरखापत्रबाट)
काठमाडौं, जेठ ९ । एकाविहानै ३० जनामा कोरोना भेटिएको छ । शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या चार सय ८७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका संक्रमितहरु नवलपरासी,चितवन,कपिल वस्तु र सर्लाहीका रहेका छन् । मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
काठमाडौं, ९ जेठ । बँगालको खाडीको चक्रवात अंपुनले पश्चिम बँगाल र बँगलादेशमा ठुलो क्षति पुगेको छ । पश्चिम बँगालमा ७२ जनाको ज्यान गएको पुष्टि भएको छ । त्यहाँ ठुलो क्षति पुगेको छ ।
चक्रवात अहिले कमजोर भई निम्त चापीय प्रणालीको रुपमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसले पूर्वी भागमा आंशिक प्रभाव बनाएको छ । स्थानीय वायुको पनि प्रभाग रहेकाले वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पूर्वी भू-भागमा सामान्य बदली, मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी भू-भागका थोरै स्थानहरु र मध्य तथा पश्चिमी पहाडी भू-भागका १र२ स्थानहरुमा मेघगर्जनरचट्याङ्रहावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
काठमाडौँ, ९ जेठ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले स्थापित प्रमाणका आधारमा नेपालले नक्सा सार्वजनिक गरेको बताएका छन् ।
अमेरिकास्थित सञ्चारकर्मी सँगको भर्चुअल अन्तक्र्रियाका क्रममा बिहीबार उनले कूटनीतिक वार्तामार्फत नक्सामा परेका भूभाग फिर्ता लिनेसमेत प्रस्ट्याएका छन् । उनले यो पटक नेपालले सुगौली सन्धिले स्थापित गरेका सबै प्रमाण पुग्नेगरी नेपालको नक्सा सार्वजनिक गरेको हो । यस पश्चात् हामीले वार्ताको टेबलबाट त्यो जमिन नेपालले प्राप्त गर्नका निम्ति ठोस कदम अगाडि बढाउँने बताएका छन् ।
उनले तथ्य प्रमाणको चर्चा गर्दै नेपाल भारतको वर्तमान सीमा सन् १८१६ को मार्चमा सुगौली सन्धिले निर्धारण गरेको स्पष्ट पारेका छन् । त्यही साल डिसेम्बरमा पूरक सन्धि भएको औँल्याउँदै उनले त्यस्तै सन् १८६० मा बाँके र बर्दियामा नयाँ मुलुक फिर्ता गर्नका निम्ति भएको पूरक सन्धि र १८७५ मा भएको अर्को सन्धिका आधारमा समेत नक्सामा परेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालको रहेको स्पष्ट पारेका छन् । (गोरखापत्रबाट )
काठमाडौँ, ९ जेठ । सरकारले तोकेअनुसार नेपाल गुणस्तर प्रमाणपत्र (एनएस) चिह्न प्रयोग नगरेमा वा नक्कली प्रयोग गरेमा १० लाख जरिवाना हुने व्यवस्थासहितको (एनएस) चिह्नसम्बन्धी नयाँ ऐन ल्याइने तयारी भएको छ ।
नेपाल गुणस्तर तथा नापतौल विभागले विद्यमान एनएस चिह्नसम्बन्धी ऐन समयानुकूल नभएको भन्दै कडा कारबाहीको व्यवस्थासहितको मस्यौदा तयार गरेको हो । प्रस्तावित ऐनमा कुनै वस्तु, सेवामा सरकारले तोकेअनुसार एनएस चिह्न प्रयोग नगरेमा वा नक्कली प्रयोग गरेमा १० लाख रुपियाँ जरिवाना वा एक वर्षको जेल सजाय वा दुवै हुने व्यवस्था गरिएको छ । विभागले तयार पारिरहेको नेपाल गुणस्तर (प्रमाण–चिह्न) ऐन, २०७७ को मस्यौदामा उक्त प्रावधान उल्लेख गरिएको छ । (गोरखापत्रबाट)
काठमाडौँ, ९ जेठ । कोरोनाको कहरसँगै देश खाद्यान्नमा आत्मनिर्भर हुनुपर्ने, रोजगारी सिर्जनाका लागि व्यावसायिक कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता अर्थशास्त्रीले उठाउँदै आएका छन् ।
आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा पनि कृषि क्षेत्रलाई विशेष प्राथमिकता राख्दै व्यावसायिक कृषि र कृषिजन्य उद्यमलाई रोजगारीको प्रमुख स्रोतका रूपमा विकास गर्ने, कृषि उत्पादकत्व १० वर्षमा दोब्बर बनाउने उल्लेख गरेको छ । नेपाल राष्ट्र बैङ्कले पनि प्राथमिक क्षेत्रका रूपमा बैङ्कको १० प्रतिशत लगानी यो क्षेत्रमा हुनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ ।
गत पुससम्मको तथ्याङ्क हेर्दा प्रायः सबै वाणिज्य बैङ्कहरूले यो सर्त करिब पूरा गर्नसकेको नेपाल बैङ्कर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले बताएका छन् । (गोरखापत्रबाट )
काठमाडौँ, ९ जेठ । ‘स्वाधीनता दिवस’ मनाउनु नपर्ने, आदिकालदेखि स्वाधीन मुलुक नेपाल, अहिले भारतसंँग नेपाली भूमि अतिक्रमण नगर्न भनिरहेको छ ।
यही जेठ ६ गते नेपालको सङ्घीय संसद्को रोस्ट्रमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तथ्य र प्रमाणका आधारमा प्रस्तुत हुने बताउँदै कूटनीतिक संवादका माध्यमबाट समस्या हल गर्न भारतलाई आह्वान गरिएको बताएको छ । अरूको कहिल्यै उपनिवेश बन्नु नपरेको सानो राष्ट्र नेपाल र १९४७ मा बेलायतबाट स्वतन्त्र भएको भारतबीच लामो समयदेखि सुमधुर सम्बन्धका साथै कतिपय समस्या पनि विद्यमान छन् । नेपालले भारतीय पक्षबाट विभिन्न सीमा क्षेत्रमा अतिक्रमण र हस्तक्षेप खेप्दै आएको छ ।
आफैंँ विदेशी दासताको अनुभव संँगालेको भारतीय जनतालाई आफ्नो जत्तिकै अरूको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको पनि अहं महत्व हुन्छ भन्ने राम्रै थाहा छ तर भारतको राज्यपक्षका केहीमा भारतीय जनताको त्यो भावना झल्किँदैन । भारतसंँग सीमा जोडिएका नेपालका सुस्ता, महेशपुर, लिम्पियाधुरा, कालापानी लगायत क्षेत्रमा भारतले अतिक्रमण र बलमिच्याइँ जारी राखेको छ । यसलाई नेपाली जनताले समय समयमा प्रतिरोध गर्ने गरेका हुन् ।
यसपटक भारतीय पक्षबाट नेपालको भू–भाग लिपुलेक, लिम्पियाधुरा र कालापानी समेतलाई समावेश गरी आफ्नो नक्सा सार्वजनिक गरेपछि परम्परागत आत्मीय सम्बन्धमा फेरि ठेस लाग्यो । यस्ता विषयमा कूटनीतिक माध्यमबाट वार्ता गरी समाधान खोज्न नेपालले गरेको प्रस्तावलाई भारतले ढिलाइ गरेपछि नेपालले आफ्ना ती भू–भाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेको छ र भारतले यसमा ‘आपत्ति’ जनाएको छ । (गोरखापत्रबाट )
काठमाडौं, जेठ ९ । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले लकडाउन घोषणा गरे पनि लुकिछिपी संक्रमितहरू उपत्यका भित्रिएका छन्। यसरी आएका संक्रमितमध्ये २४ जनाभन्दा बढी आइसोलेसनमा उपचाररत छन्।
उपत्यका बाहिर ठेगाना बताएका ती संक्रमितहरू काठमाडौं भक्तपुर र ललितपुरमा डेरामा बसेको पाइएको छ। को व्यक्तिबाट काठमाडौंमा कसरी संक्रमण फैलिरहेको छ भन्ने यकिन गर्न नै कठिन भइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का उच्च अधिकारीले बताए। १ जेठदेखि नै उपत्यकामा बस्नेमा संक्रमण बढी देखा पर्न थालेको आजको अन्नपूर्ण पोष्ट् दैनिकमा खवर छ ।