social
||Power News Asia||

आजको समाचार

एकै दिनमा १४ समाज सेवाका कार्यहरू

सामाजिक


एकै दिनमा १४ समाज सेवाका कार्यहरू लायन्स क्लब अफ काठमाण्डौ कृयेिभ युथ र लियो क्लब अफ कृयेटिभ युथले जुलाई १-तारिको दिन एकै दिनमा १४ समाज सेवाका कार्यहरू गरेको थियो। ४ वर्ष देखि विभिन्न सामाजिक कार्य गर्दै आएको क्लबले जुलाई १ तारिका दिन लायन सन्जय खेम्वानको नेतृत्वमा ८०० भन्दा बढी मानिसहरूलाई खाना खुवाएको थियो। यसैगरी थर्मगन र KN95 मास्क हिमालय बृद्धा आश्रम, दुईवटा विधालय हाडीगाॅंउ ,पर्यटन पुलिस, बसन्तपुर र हनुमान ढोका संरक्षण कार्यलयलाई हसतान्तरण गरेको थियो।

टोखामा १७ परिवारलाई राहत वितरण गर्नुका साथै ३ वटा फरक- फरक रक्त दान कार्यक्रम गरी १७८ पिन्ट व्लड कलेक्सन गरेको छ। लायन्स र लियो मिलेर ४० भन्दा बढी सडक कुकुरहरूलाई खाने कुरा खुवाउॅंदै बाल मन्दिर बाल आश्रममा फलफुल सहयोग गरेको थियो। यसैगरी हिमालय बृद्धा आश्रममा बुढा आमा बाबाहरूलाई खाना खुवाउॅंने कार्य समेत भएको थियो।

बसन्तपुरको रक्तदान कार्यक्रमा प्रमुख अतिथि मान्निय राज्य मन्त्री रनविर मानन्धर ज्यूलाई बिशेष अतिथि आदरणीय डि. जि. लायन टंक बहादुर श्रेष्ठ ज्यूको हातबाट सम्मान गरिएको थियो र त्यही कार्यक्रममा प्रमुख अतिथि मान्निय राज्य मन्त्री रनविर मानन्धर ज्यू र बिशेष अतिथि आदरणीय डि. जि. लायन टंक बहादुर श्रेष्ठ ज्यूको हातबाट वरिष्ट्ठ ऱ्यापर तथा समाज सेवक निर्णय श्रेष्ठ ( NSK) ज्यु ीलाई सम्मान गरिएको थियो भन्ने जानकारी क्लब अध्यक्ष सुजना राई दिनुहुन्छ।

क्लब अध्यक्ष सुजना राई भन्नु हुन्छ संस्थापक अध्यक्ष गनिका गुरुङ र पूर्व अध्यक्ष अनिल बुर्जा मगरका सहयोग र लिडरसिपको कारण एकै दिनमा १४ समाज सेवाका कार्यहरू गर्न सफल भयौं। क्लब कोसादक्क्ष्य नविन गुरुङ को हरेक कार्यमा महत्वपूणॅ भूमिका रहेको थियो र अन्तिममा क्लब अध्यक्ष सुजना राई भन्नु हुन्छ आउॅंने दिनहरूमा विभिन्न सेवाका कार्य समाजमा क्लबले पुऱ्याउॅंने प्रतिबद्दत्ता गर्दछु ।

५सय वर्ष पुरानो समिको रुख र सत्यदेवीमाईको मन्दीर संरक्षणमा गोर्खाका स्थानीय

सामाजिक


काठमाडौ
गोर्खा जिल्लाको गण्डकी गाउँपालिका–३ फुजेल याङदीका स्थानीयवासीहरु अहिले करिब  ५सय वर्ष पुरानो ऐतिहासिक एवं पुरातात्वीक सम्पदाले भरिपूर्ण एसियाकै सबैभन्दा ठुलो समिको रुख र सत्यदेवीमाईको मन्दीर संरक्षणमा जुटेका छन । आफ्ना बाजे बराजुको पालादेखि अहिलेसम्म दिनप्रतिदिन रुखको हाँगा बढेर थप झयाङगीएर विसाल बन्दै गरेको गण्डकी प्रदेशको गोर्खास्थित गण्डकी गाउँपालिका–३ फुजेल याङदीको यस समिको रुखले अहिले करिब २० रोपनी क्षेत्रफलको भूभाग ओगटेको छ । 
अझै थप हाँगा फैलिएर यस रुखले वरीपरिका व्यत्तिगत जग्गा समेत ढाक्न पुगेको छ । आगामी दिनमा यस रुख फैलिएर ढाकेको अन्य निजी जग्गाहरुलाई पनि विस्तारै अधिकरणगरि संरक्षण गर्दै जानुपर्ने अवस्था आएको त्यहाँका स्थानीयवासीहरुको भनाई छ । उनीहरुले अहिलेसम्म यहाँका स्थानीयवासीको सक्रियतामा संरक्षण हुँदै आएको यस समिको रुख र नजिकैको सत्यदेवीमाईको मन्दीरलाई थप व्यवस्थित र संरक्षण गर्नकालागि गण्डकी गाउँपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरिदिएकाले केही सहज भएको बताएका छन ।  
त्यहाँका स्थानीय समाजसेवी एवं समिको रुख संरक्षण समितिका अध्यक्ष सुनविर श्रेष्ठले गण्डकी गाउँपालिकाबाट प्राप्त सो बजेटले समिको रुख र मन्दिरलाई व्यवस्थित रुपले संरक्षण गर्न ग्याबिन जालि बनाउने, रिटेनिङवाल निर्माण र सिँडी निर्माणको काम सम्पन्न गरेको जानकारी दिए । केही भिरालो जमिलनाई समतल र फराकिलो बनाई सम्भावित पहिरो एवं भूक्षयबाट बचाउनकालागि यस्तो काम गरिएको बताउँदै समितिका अध्यक्ष श्रेष्ठले भने, ‘हामीले अब यस ठाउँलाई मुलुककै नमुना धार्मिक पर्यटकीय हब बनाउने लक्ष्य लिएका छौं’।  
उनले धार्मिक एवं पर्यटकीय स्थलको प्रचुर सम्भावनाले भरिएको यस ऐतिहासिक ठाउँलाई थप व्यवस्थित बनाउन अहिले यहाँका स्थानीयवासी, सम्बन्धीत स्थानीय निकाए एवं गाउँपालिकाको सामुहिक प्रयासमा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयारपारि पूर्ण रुपमा सम्वद्र्धन गर्नु सम्पूर्ण निकाएको ध्यानाकर्षण हुनुपर्ने माग गरिएको बताए । उनले अहिले यहाँका सबै स्थानीयको चाहना पनि यस्तै भएकाले अब प्रदेश र केन्द्रिय सरकारले पनि थप सहयोग गरिदिदिन्छ भन्नेमा आफुहरु आशावादी रहेको बताए । 
सोही ठाउँका व्यवसायी तथा समाजसेवी राजाराम थापा र रामकुमार श्रेष्ठको संयोजकत्वमा अहिलेसम्म भएका पूर्वाधार निर्माणको काम सम्पन्न भएको हो । उनीहरुले यहाँका सम्पूर्ण स्थानीयवासीको साथ र सक्रिएताले नै अहिलेसम्म भएका संरचना निर्माणको काममा सफलता मिलेको बताए । 
करिब पाँचसय वर्ष पुरानो यस समिको रुख नजिकैको सत्यदेवीमाईको मन्दीरमा दर्शन गर्नाले चाहेको मनोकांक्षा पुरा स्थानीयवासीको कथन छ । यहाँको मन्दिर स्थापना गर्नुअघि गाउँको एक सातवर्षकी बालिकाले देउता भट्टाएपछि स्थानीयले मन्दिर बनाएको उनीहरुको भनाई छ । तत्कालिन गोर्खाका राजा श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले पनि बाइसे चौविसे राज्यलाई एकिकरण गर्ने क्रममा यही समिको रुपमा आएर बेलाबेलामा सितल ताप्ने गर्दथे भन्ने यहाँका स्थानीयवासीहरुको कथन छ । त्यसबेला पनि पृथ्वीनारायण शाहले यही ठाउँमा आएर आफुले इच्छाएको काम पुरा होस भन्ने कामना गर्दथे भन्ने जानाकारहरुले सुनाउँदै आएका छन । 
गण्डकी गाउँपालिकाले दिएको बजेटबाट अहिलेको निर्माणका काम सम्पन्न हुनु अघिसम्म  यस रुख र मन्दीरलाई स्थानीय पारिजात महिला÷आमा समुहले संरक्षण गर्दै आइरहेका थिए ।  अब यस ठाउँलाई मुलुककै नमुना धार्मिक पर्यटकीय हब बनाई विश्वमाझ चिनाउन यहाँका स्थानीयवासीले गरिरहेको प्रयासमा प्रदेश र केन्दीय सरकारबाट थप आर्थिक सहयोग भइदिएको खण्डमा धेरै राम्रो हुने अधिकाँशको भनाई छ । उनीहरुले अब यस ठाउँलाई गण्डकी प्रदेशले पनि विशेष महत्वका रुपमा हेरिदिनुपर्ने माग गर्दै आएका छन ।

मन्टेश्वरी तालिम शुरूवात

सामाजिक


 काठमाडौ ।अपांगता भएका हरूलाई सीप क्षमता अभिवृद्धि गरी आत्मनिर्भर बनाउन,अपाङ्गता क्षेत्रमा परेको कठिनता अनि जीवन निर्वाह गर्न आइपरेको समस्यालाई मध्यनजर गरेर मन्टेश्वरी तालिम शुरूवात भएको छ।

काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका आठ तेज विनायक जेष्ठ नागरिक भवनमा अपाङ्गता भएको व्यक्तिहरूको रोजगारी सिर्जना गराउन मद्दत पुयाउने उद्देश्यका साथ ७ दिने मन्टेश्वरी तालिम सुभारम्भ गरिएको हो।


युवा अपाङ्ग संगठन नेपाल जोरपाटी को आयोजनामा संस्थाको अध्यक्ष प्रकाश श्रेष्ठको सभापति र कागेश्वरी मनहरा नगरपालिका उप प्रमुख बिन्दु पुडासैनीको प्रमुखअतिथि वडा अध्यक्ष प्रकाश फुयाल,वडासदस्य अन्य बुद्धिजीवीको अतिथिहरूको उपस्थितिमा आ.व.२०७६/७७को सामाजिक विकास मन्त्रालयको समुदाय मा आधारित सि.बि.आर कार्यक्रममा २० जना मन्टेश्वरी तालिम दिन लागिएको हो।

बिगत दशबर्ष देखि अपांगता भएका ब्यक्तिहरुको हक,अधिकार संरक्षण,रोजगार र प्रवर्धन गर्नको लागी स्थापना भएको यस संस्था मार्फत अपाङ्गता भएका ३ सयभन्दा बढी व्यक्ति विशेषहरुलाई स्वरोजगारमुलक मोवाइल रिपेरिङ,सिलाईबुनाई लगायतका तालिम दिएर रोजगारी प्रदान गरिसकेको छ।

नेपाली कांग्रेस काठमाडौं ३ गोकर्णेश्वर ८ का इकाइ कोषाध्यक्ष कृष्ण प्रसाद नेपालको पहल र समाज सेवी कृष्ण चालिसेको सहयोगमा खाद्यान्न हस्तान्तरण

सामाजिक


काठमाडौं/ नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ गोकर्णेश्वर नगरपालिका वडा ८ का इकाइ कोषाध्यक्ष कृष्ण प्रसाद नेपालको पहल र समाज सेवी कृष्ण चालिसेको सहयोगमा खाद्यान्न सहयोग गरेको छ।

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम गर्न लागु गरिएको लक डाउन लकडाउन खुकुलो भए पनि आम नागरिकको दैनिक जीवन सामान्य बन्न सकिरहेको छैन । त्यस्तो अवस्थामा सामुदायिक समाज बिकास सस्थाकी अध्यक्ष सिमा केसी लाई ७ बोर चामल हस्तान्तरण गरिएको थियो ।

सो कार्यक्रममा  गोकर्णेश्वर नगरपालिका प्रबक्ता तथा वडा ८ का अध्यक्ष मनोज कुमार ढुंगाना, गोकर्णेश्वर नगरपालिका वडा नं ६ का अध्यक्ष रमेश अर्याल ,समाज सेवी कृष्ण कुमार चालिसे , नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ गोकर्णेश्वर नगरपालिका वडा ८ का इकाइ कोषाध्यक्ष कृष्ण प्रसाद नेपाल, सामुदायिक समाज बिकास सस्थाकी अध्यक्ष सिमा केसी का साथै  पदाधिकारीहरुको उपस्थित रहेको थियो ।

लायन्स क्लब अफ काठमाण्डौ कृयेटिभ युथको नेतृत्वमा सुजना राई

सामाजिक


लायन्स क्लब अफ काठमाण्डौ कृयेटिभ युथको स्थापना काल देखि नै संस्थापक सदस्य बनेकी ‘ संखुवासभाकी चेली सुजना राई  सक्रिय रूपमा समाजसेवामा अग्रस हुदै आईरहेकी हुन । 
उनी नेपालबाट धेरै टाढा भए ता पनि बिगत ४ वर्ष देखि निरन्तर रूपमा लायन्स क्लब मार्फत समाज मा सेवा पुऱाउदै आइरहेकी कल्ब का सदस्यहरू बताउछन !

२०१७ सालमा क्लब प्रवेश गरेकी सुजना राई, १७/१८ मा क्लबको सर्भिस च्येर पर्सन  १८/१९ मा क्लबको दोस्रो उपाध्यक्ष 
१९/२० मा क्लबको प्रथम उपाध्यक्ष हुदै, २०२० सालमा क्लबको साधरण सभाबाट १००% प्रतिसत मतले २०२०-२०२१ को लागी उनी कल्ब को अध्यक्ष जस्तो गरीमामया पदमा चयन भएकी छिन ।


क्लबका अध्यक्ष सुजाना राई सबैको ध्यान केन्द्रित गराउदै क्लबले आउने दिनहरूमा शिक्षा, लायन्स लाइब्रेरी , कम्प्युटर तालीम कक्ष , स्कूल ब्याग , स्टेशनरी वितरण , लायन छात्रवृत्ति , स्वास्थ्य शिविर-मधुमेह क्याम्प र अन्य समाज सेवाका कार्यहरू हुने जानकारी गराउदै डीस्ट्रीक गभरनर र इन्टरन्यासनल प्रेसीडेन्को थिम अनुसार कार्य गर्ने बताउदै उनी ‘टीम वर्क मा बिश्वास  गर्ने बताउछिन .

पिडित परिवार को आशा अर्जुन खड्का र जीवन साथी मैया खड्का ।

सामाजिक


काठमाण्डौ 

पिडित परिवार को आशा अर्जुन खड्का र जीवन साथी मैया खड्का ।

आफ्नो जीवनलाई समाज सेवामा समर्पित गर्नु हुने महान् व्यक्तित्व अर्जुन खड्का यो लकडाउनको समयमा  सर्किय भएर दुखी असाहय परिवारको हौसला बनन्दै आएको छ। 

अमेरिकामा बसे ता पनि निरन्तर रूपमा दुखी नेपाली दाजु-भाई दीदी-बहिनीलाई यो महामारिको समयमा सहयोग गर्दै आइरहेको  र २ महिना देखि अर्जुन खड्का र वहॅंको धरम पत्नीले लायन्स क्लब अफ काठमाण्डौं कृयेटिभ युथ सॅंग मिलेर लगभग ५० भन्दा बढी दुखी परिवारको घरना चुलो बाल्ने काम गर्नुभएको छ। 

आफनो स्वर्गीय  आमाको सम्झनामा पनि अर्जुन खड्का ले लायन्स क्लब अफ काठमाण्डौं कृयेटिभ युथ मार्फत २१ पिडित परिवारलाई राहत वितरण गर्नु भएको खाधन्न: चामल, नुन, तेल र तरकारी सहयोग गर्नु भयो भन्न्ने लायन्स कल्ब का अध्यक्ष अनील बुर्जा मगर ले बताए ।

पिडित परिवारके आशा अर्जुन खड्का र वहॅंको जीवनसाथी

सामाजिक


पिडित परिवारके आशा अर्जुन खड्का र वहॅंको जीवनसाथी

आफ्नो जीवनलाई समाज सेवामा समर्पित गर्नु हुने महान् व्यक्तित्व अर्जुन खड्का यो लकडाउनको समयना सर्किय भएर दुखी असाहय परिवारको हौसला बनेको छ। 

अमेरिकामा बसे ता पनि निरन्तर रूपमा दुखी नेपाली दाजु-भाई दीदी-बहिनीलाई यो महामारिको समयमा सहयोग गर्दै आइराख्नु भएको छ। २ महिना देखि अर्जुन खड्का र वहॅंको धरम पत्नीले लायन्स क्लब अफ काठमाण्डौं कृयेटिभ युथ सॅंग मिलेर लगभग ५० भन्दा बढी दुखी परिवारको घरना चुलो बाल्ने काम गर्नुभएको छ। 

आफनो स्वर्गीय  आमाको सम्झनामा पनि अर्जुन खड्का ज्यूले लायन्स क्लब अफ काठमाण्डौं कृयेटिभ युथ मार्फत २१ पिडित परिवारलाई राहत वितरण गर्नु भएको छ। खाधन्न: चामल, नुन, तेल र तरकारी सहयोग भएको थियो पिडित परिवारलाई।

जन्मदिनमा अस्मिताले गरीन बृद्धाआश्रमलाई सहयोग

सामाजिक


सहारा मल्टिपर्पज कोअपरेटिभ लिमिटेड हेटौडामा साहायक तृतीय तथा आईएमईलाईफ ईन्सुरेन्स हेटौडामा एजेन्सी म्यानेजरका रुपमा कार्यरत अस्मिता सापकोटाले आफनो जन्मदिनको अवसरमा बृद्धाआश्रमलाई सहयोग गरेकीछन् । हेटौंडा उपमहानगरपालीका वडा नम्बर १ स्थित चौकीटोलमा रहेको बृद्धाआश्रमलाई सापकोटाले ५ हजार ५ सय ५५ नगद तथा केही खाद्यान्न सहयोग गरेकीहुन् । सापकोटाले मंगलबार परेको जन्मदिनका अबसरमा आश्रम पुगेर खाद्यान्न तथा नगद हस्तान्तरण गरेकी थिईन् । उनी बृद्धाआश्रमको आजिवन सदस्य समेत बनेकीछिन।

News Copy From:-http://www.sidhakhabar.com/

समाजसेवी अधिकारीको सहयोग पछि तारेश्वर गोर्स्याङ्को कृषी सडककाे स्तरोन्नति सुरु अधिकारीको सहयोग पछि तर्केश्वरको मच्चेखोला-हल्लेफाट सडककाे स्तरोन्नति

सामाजिक


काठमाडौं,  । नुवाकोटकाे तार्केश्वर गाउँपालिका वडा नम्बर ५ गोर्स्याङको मच्चेखोला -संखादेबी- हल्लेफाट ग्रामीण कृषि सडक स्तरोन्नतिको काम सुरु भएको छ । समाजसेवी एबम गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारी (अविरल)ले डोजर लगायतको सम्पुर्ण खर्च बेहोर्ने प्रतिबद्धता व्यक्त गरेपछि आजैदेेेखि काम सुुुरु भएको हो । सडक स्तरोन्नतिको काम लामो समयदेखी रोकिदा स्थानीयले निकै सास्ती पाएको गुनासो पछि सो क्षेत्रको अबलोकन पश्चात् सहयोग गरेको अधिकारीले बताए । जनतालाइ सहयोग गर्ने यो अभियान जारी नै रहेको उनले बताए । सो सडक स्तरोन्नतिका लागि गाउँपालिका र वडा ५ कार्यालयले खासै चासो नदेखाएको स्थानीयको गुनासो छ । गाउँपालिकाले यसका लागि ९ लाख बजेट बिनियोजन गरि बिनियोजित रकमलाई समिति बनाएर सम्झौता गर्न भनि अन्तमा सम्झौता नगरी आफ्नालाई जिम्मेवारी दिन खोजेको स्थानीयको आरोप छ । विकासमा कार्यकर्ता पोस्ने र आफु मोटाउने जनप्रतिनिधिको सोचले गाउँ विकास कसरी सम्भब होला भन्ने प्रश्न खडा गरेको पनि उनले बताए ।

भरतमोहन स्‍मृति फाउण्डेसनबाट ९०० जनालाई भोजन वितरण

सामाजिक


काठमाडौं, असार - पूर्व उपप्रधान एवम् अर्थमन्त्रीको स्‍मृतिमा स्थापित भरतमोहन अधिकारी स्‍मृति फाउण्डेसनले ९०० जनालाई भोजन वितरण गरेको छ । फाउण्डेसनले मंगलबार बुढानिलकण्ठमा दिन दु:खी, असहाय, मजदुर एवम समस्यामा परेकाहरुलाई खाना वितरण गरेको हो । भोजन वितरण कार्य साँझ ४ बजे शुरु भएको थियो । फाउण्डेसनकी सदस्य लिमा अधिकारीको अगुवाइमा भएको भोजन वितरण कार्यक्रममा फाउण्डेसनकी अध्यक्ष सबिता अधिकारी लगायत फाउण्डेसनका सदस्यहरु जयन्ती राई,खम्ब खत्री, शान्ति अधिकारी लगाएतको उपस्थिति उपस्थिती रहेको थियो । कार्यक्रम स्थानीयहरु, प्रहरी प्रशासनको सहयोगमा सम्पन्न भएको थियो ।

राहत वितरण पस्चात संचारकर्मीहरुसँग कुराकानी गर्दै फाउण्डेसनकी अध्यक्ष सबिता अधिकारीले कोभिड १९ का कारण सिर्जित प्रतिकुलताका कारण गर्जो टार्न मुश्किलमा परेका तप्कालाई राहत स्वरुप भोजन वितरण गरिएको बताईन ।

त्यसैगरि फाउण्डेसनकी सदस्य लिमा अधिकारीले भोजन गराउदा भिड हुने ठानेर सामाजिक दुरी कायम गर्दै भोजन वितरण गरिएको जनाइन् ।