social
||Power News Asia||

आजको समाचार

कोरोनाको प्रतिरोधका लागि अर्गानिक खाना तारा खत्री (रोकाय)

सामाजिक


आज बिश्वभरि नै फैलियको कोरोना रोगले मानवलाई बाच्न त्राइ त्राइ बनाएको छ।यसको कुनै औषधी र इन्जेक्सन तयार भैसकेको छैन । त्यसकारण हामी आफै सचेत भै बाच्नु पर्ने अवस्था छ। यति बेला हामी लकडाउनमा लक छौ। अबको औषधी र निश्फिक्रीबाच्ने एउटा उपाय भनेको स्वस्थकर जीवन शैली नै हो । र यसका लागि अर्गानिक खानाको सेवन नै उत्तम विकल्प हो । हुनत हाम्रो देश नेपाल ९० प्रतिशत कृषिप्रधान देश भएकोले हामीलाई अर्गानिक खेती गर्न त्यति गाह्रो छैन किन कि हिजो हाम्रा पुर्खाले खेतीकिसानी गरेर नै हामी लाई शिक्षित बनाउनु भएको थियोे । हामी ज्यादा शिक्षित भएर भए भरका खेती सबै प्लटिङ गरि टुक्राटुक्रा बनाउन लागि परेऊ । व्यवसायिक खेतीको रुपमा बिसादी प्रयोग गर्न थाल्यौ । जैविक र अर्गानिक मलले पनि धेरै उत्पादन गर्न सकिन्छ भन्ने कुरा बुझ्न् सकेनौं । प्रकृतिलाई च्यालेन्ज गर्न थाल्यौ । यो सब धान्न प्रकृति र पृथ्वीलाई गाह्रो भयो । घरको अर्गानिक खाना छोडेर पिजाको पछाडी लाग्न प्रेरित भैयो । शहरिया भैयो । छोराछोरीलाई गाउघर लगिएन, नयाँ पुस्तालाई खेती के हो थाहा भएन । आजभोलिका छोराछोरी दुध कहाँबाट आउँछ भन्दा डेरिबाट भन्छ्न।अर्गानिक हरायो बिसादी फैलियो ।त्यसैको प्रतिफल आज हामी भोग्दै छौ, अर्थात दुर्वल स्वास्थ्यका साथ ज्युन हामी वाध्य छौ । हुन त कोरोनाले हामीलाइ धेरै सचेत बनायो हातखुट्टा धुन देखि लिएर आफन्त को याद गरि घर परिवारलाई पनि समय दिन जरुरी छ भन्ने कुराको अवगत गराएको छ। घर परिवार आफन्त साथी भाइलाई केही समय दिनपनि गाह्रो हुन्थियो । एकछिन ढिलो हुदा संसार रोकिन्छ झै हुन्थ्यो । ४ महिना घरमा बस्दा नि बिग्री जाने त केही रहेनछ ।अब कोरोनालाई सिकाइ को रूपमा लिएर अर्गानिक खेती तिर लागौं, कौसी खेती गरौ, स्वास्थ रहौ ।आयु बढाउने काम गरौ । थोरै खाऔ अर्गानिक खाऔ । दालको झोल, चनाको झोल भिनडिको झोल, सागको झोल, गुर्जोको झोल, बेसारको झोल अधुवाको झोल, लसुन जिराजुवानोको झोल, भेलिको झोल मुलको सफा अर्गानिक पानी यी नै हुन आजको कोरोनाको औषधि । किनकी मानव शरिरमा रोग प्रतिरोधी क्षमता बढाउन यो भन्दा उत्तम विकल्प के नै पो हुन सक्ला र ? हरेक समस्या भित्रनै समाधान लुकेको हुन्छ ।त्यसलाई चिर्न सक्नुपर्छ। नकारात्मक सोचले बिरामी बनाउछ। सकारात्मक सोचले अगाडी बढाउछ।सकारात्मक सोचौं अगाडी बढने काम काम गरौ ।

डा.सुशिला मल्ल लायन्स क्लब अन्तराष्ट्रिय ३२५ ए टु को डिस्ट्रिक गभर्नर चयन,जुलाई देखी कार्यभार सम्हाल्दै

सामाजिक


काठमाडौं । डा.सुशिला मल्ल लायन्स क्लब अन्तराष्ट्रिय ३२५ ए टु को डिस्ट्रिक गभर्नर पदमा चयन भएकी छन ।

अघिल्लो हप्ता भएको इ भोटिङमा डा. मल्लसँगै फस्ट डिस्ट्रिक गभर्नरमा केशव पाण्डे र सेकेण्ड डिस्ट्रिक गभर्नरमा दिनेश श्रेष्ठले पनि एस भोट प्राप्त गरी उक्त पदमा चयन भएका छन् । कोभिड–१९ का कारण यो वर्ष लायन्समा कन्भेन्सनको आयोजना नगरि इ भोटिङको व्यवस्था गरिएको थियो । जसमा ३५७ जना मतदाता सहभागि भएका थिए ।

मत परिणाम अनुसार डा. मल्लले एक मात्र नो भोट पाएकी थिइन् भने ३५६ एस भोट प्राप्त गरेकी थिइन् । त्यस्तै पाण्डेले १७ नो भोट र ३४० एस भोट तथा श्रेष्ठले २ नो भोट र ३५५ एस भोट पाएका थिए । नयाँ नेतृत्वले आगामी जुलाइदेखि कार्यभार सम्हाल्ने छ ।

उनीहरुको कार्यकाल आगामी सन् २०२१ को जुनसम्म रहने छ । यसअघि नै डा.मल्लले आफ्नो कार्यकालमा क्लबहरुलाई थप क्रियाशिल बनाउने उद्घोष गरिसकेकी छन ।

गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण भएको पुष्टि

सामाजिक


पोखरा, जेठ २०। गण्डकी प्रदेशमा मंगलबार थप १० जनामा कोरोना संक्रमण देखिएको छ । आज पुष्टि भएका मध्ये स्याङ्जाको चापाकोट नगरपालिकाका वर्ष २२, २६, ३२ र ४० का चार जना पुरुष र बिरुवा २० वर्षका १ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पर्वतको फलेबास नगरपालिकामा वर्ष २० र ४० का २ जना पुरुष रहाशिला गाउँपालिकाका वर्ष १९, २० र २१ का तीन जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । ।
यसैगरी पर्बत जिल्ला, सोहि जिल्ला म

सबै संक्रमितलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भैरहेको जनाइएको छ । उक्त प्रदेशमा अब कोरोना संक्रमितको संख्या ३७ पुगेको छ ।

फौजी किरा नियन्त्रण गर्दै दुल्लु नगरपालिका

सामाजिक


काठमाडौँ, २० जेठ । दैलेखको दुल्लु नगरपालिकाले फौजी किरा नियन्त्रणका लागि युवा परिचालन गरेको छ । बारीमा लगाइएको मकै फौजी किराले नष्ट गर्न थालेपछि नगरपालिकाले कृषि शाखामार्फत युवा परिचालन गरेको हो ।

आइतबारदेखि १३ वटै वडाका ६५ युवालाई कृषि सामग्री र विषादी दिएर परिचालन गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ । प्रत्येक वडाका कृषि विषय पढेका पाँच युवालाई दैनिक रु ६०० पारिश्रमिक उपलब्ध गराउने गरी फौजी किरा नियन्त्रणमा खटाइएको शाखाका प्रमुख राजन विष्टले जानकारी दिएका छन् ।

“किरा नियन्त्रण गर्नका लागि ‘इमामेक्टिन बेञ्जाइट र इमाक्लोरप्रिङ स्टिकर’ र ‘न्यापस्याक टर्की’ लगायतका विषादी प्रयोग गरेका छौँ”, उनले भने । नगरपालिकाले सबै वडामा रोगसँग भोकको प्रकोप फैलिने सम्भावनाको नियन्त्रणका लागि अभियान सञ्चालन गरेको उनको भनाइ छ ।

एकातर्फ युवालाई हौसला पनि हुने र कृषकको घरदैलोमा पनि प्रत्यक्ष सेवा पुग्ने भएकाले निर्णय गरेर नै यो अभियान अघि सारिएको नगरपालिकाले बताएको छ । यसमा गत वर्ष खर्च हुन नसकिरहेको रकम खर्च गरिने छ । (रासस)

आज निर्जला एकादशी, घरघरमा तुलसीको बिउ राख्ने यस्तो छ धार्मिक कारण

सामाजिक


काठमाडौं, जेठ २० । आज मंगलबार हिन्दु धर्मावलम्बीहरु घरघरमा तुलसीको मठमा बिउ राख्दै निर्जला एकादशी पर्व मनाउँदैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको बिउ राख्ने गरिन्छ ।

आज बिउ राखिएको तुलसी एक महीनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन मोठमा रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महीना भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको पूजा आराधना गरिन्छ । यो चार महीने अवधिलाई चतुर्मासा समेत भनिन्छ ।

आयुर्वेदमा उल्लेख भए अनुसार तुलसी रोपिएको स्थानलाई पवित्र मानिन्छ । तुलसी भएको स्थानमा मलेरिया फैलाउन सक्ने विषाक्त वायु समेत हटाउने क्षमता हुने तथ्य वैज्ञानिक रुपमा प्रमाणित भएको छ । तुलसीमा सबै प्रकारका प्रदूषणलाई हटाएर स्वच्छता कायम गर्न सक्ने क्षमता हुन्छ ।

सनातन हिन्दू धर्मावलम्बीले जीवनको अन्तिम क्षणमा पुगेकालाई तुलसी मिश्रित जल पिलाउने गर्छन् । ऋषिमुनिले तुलसीलाई घरमा रोपी पूजा आराधना गर्ने रीत बसालेको जानकारहरु बताउन्छन् । आजको दिनमा पानिसमेत नखाई उपबास बस्दा भगवान श्री विष्णु प्रशन्न हुने मान्यता रहि आएको छ ।

स्वर्गिय राजा वीरेन्द्रको स्‍मृतिमा प्रतिष्ठानबाट दिप प्रज्वलन

सामाजिक


ललितपुर, जेठ - स्वर्गिय राजा वीरेन्द्रको स्‍मृतिमा स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले दिप प्रज्जवलन गरेको छ । प्रतिष्ठानले सोमबार जेठ १९ गते स्व. राजा वीरेन्द्रको स्‍मृति दिवसको सन्दर्भमा दिप प्रज्जवलन गरेको हो । प्रतिष्ठानले जावलाखेल स्थित स्व राजा वीरेन्द्रको शालिक स्थलमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको थियो । सो दिप प्रज्वलन कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष शिवहरि खनाल र शुभेच्छुकहरुले उपस्थिती जनाएका थिए । दिप प्रज्वलनसंगै उनीहरुले ‘स्व राजा वीरेन्द्र अमर रहुन’ भन्ने लगायतका नारा लगाउदै शालिकको परिक्रमा गरेका थिए भने उनको आत्माको चीर शान्तीको कामना समेत गरेका थिए । दिप प्रज्वलन कार्यक्रम पस्चात प्रतिष्ठानका अध्यक्ष शिवहरि खनालले संचारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै स्वर्गिय राजा वीरेन्द्र मृदु, शालिन, शान्तिप्रेमी, विकासप्रेमी र जनप्रेमी राजा रहेको उल्लेख गर्दै उनी दोस्रो गौतम बुद्ध रहेको प्रतिकृया दिए ।

जाजरकोटमा भएको अमानवीय घटनाका दोषीलाई कारवाही माग

सामाजिक


काठमाडौं । मानव अधिकार सुसाशन र विकास हाम्रो शान सामाजिक दायित्व बोधको लागि सार्थक अभियान भन्ने नारा सहित रहेको संस्था सार्थक अभियान नेपाल ले जाजरकोटमा भएको अमानवीय घटनाका दोषीलाई कारवाही माग गरेको छ। अन्तरजातीय प्रेम सम्बन्धका कारण २१ औ शताव्दीमा पनि यस्ता घटना हुनु आपत्तिजनक र अस्वभाविक भएको ले दोषीलाई कारवाही माग गदै अभियान का अध्यक्ष भरत गाैतम द्वारा निकालिएको उक्त विज्ञप्तिमा दोषीलाई कानुनको दायरामा ल्याएर निष्पक्ष सत्य तथ्य छानबिन गर्न नेपाल प्रहरी,राष्ट्रिय मानव अधिकार आयोग जस्तालाई घटनाकोको छानबिन गरि दोषीलाई कारवाही गर्न र पीडितलाई सामाजिक सम्मान दिन आग्रह गरेका छन् ।

अरुलाई पनि हौसला मिलोस् भनेर राहत दिँदा फोटो खिचेको हुँ ः कुँवर

सामाजिक


काठमाडौं । लगातार राहत वितरण गर्दै आएका बाफल काठमाडौंका ताराबहादुर कुँवरले अरुलाई पनि हौसला मिलोस् भनेर राहत वितरण गर्दा फोटो खिचेको बताएका छन् । आज आफ्नै घरमा उपस्थित भएकालाई राहत वितरण गर्दै उनले फोटो खिच्दा केही आलोचना भएको भए पनि त्यो चर्चाका लागि नगरिएको स्पष्ट पारेका छन् । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष, चक्रपथ सफाई अभियानका प्रमुख अभियन्ता र हजुरलाई टेड लिंकका सञ्चालक समेत रहेका कुँवरले प्रत्येक शनिबार राहत वितरण गर्दै आएका छन् ।

सुरुका दिनमा चामल, दाल, नुन, चिनी र अन्य आवश्यकीय सामग्री वितरण गर्दै आएका उनले आज ८० परिवारलाई चामल उपलव्ध गराएका छन् । उनले आफ्नो क्षेत्रभित्र कोही पनि खान नपाउने अवस्था सिर्जना हुन नदिने प्रतिवद्धता जनाएका छन् । आज वरपर रहेका स्थानीय मजदुर, सुत्केरी भएर खाद्य संकटमा परेका र रोजगार गुमाएर अलपत्र परेका लगायतको सहभागिता थियो । कुँवरले लकडाउनका कारण सबै संकटमा परेको हुँदा मानवीय धर्म भएकाले राहत वितरण गरिएको जनाए । आफ्नो व्यवसायसँगै सधैं सामाजिक सेवामा अग्रसर कुँवरले आफूले पनि धेरै दुःख गरेर सामान्य जीवन धान्ने अवस्थामा आइपुगेकाले त्यो दुःख नबिर्सेको बताउँछन् । उनले आफुलाई धेर भएर चामल नबाँडेको पनि प्रतिक्रिया दिएका छन् ।

उनी यो असहज अवस्थामा एकले अर्कालाई सहयोग गर्नु सबैको कर्तव्य भएको बताएका छन् । उनले अहिलेसम्म ५ सयभन्दा बढीलाई राहत वितरण गरिसकेका छन् । उनले अर्को शनिबार पनि राहत वितरण गर्ने जनाएका छन् । उनले लकडाउनभर सेवा गरिरहने बताएका छन् । आजको कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धरसहित यस कार्यमा सहयोग गर्नेको उपस्थिति रहेको थियो । कुँवरले आफ्नो एकल प्रयासबाट सधैं सहयोग गर्न नसके पनि सहयोगी हातसँग पनि समन्वय गरेको स्पष्ट पारेका छन् ।

गन्तव्य नेपाल ग्रुपद्वारा पत्रकारलाई पिपिई सेट, प्रेस ज्याकेट, मास्क, ग्लब्स र स्यानिटाइजर वितरण

सामाजिक


ठ १६ काठमाडौ । गन्तव्य नेपाल ग्रुपको संयोजनमा कोरोना महामारीबीच रिपोर्टिङमा खटिने पत्रकारहरूको सुरक्षा र सहजताका लागि पिपिई सेट, प्रेस ज्याकेट लगायत स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । आज गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारी अविरलले सामाजिक दुरी कायम गर्दै नक्साल स्थित नारायण चौरबाट छापा, अनलाइन, रेडियो तथा टेलिभिजनमा कार्यरत १०० जना पत्रकारलाई पिपिई सेट, प्रेस ज्याकेट, मास्क, ग्लब्स र स्यानिटाइजर वितरण गरे ।
सामग्री वितरण पछि सामाजिक सञ्जाल फेसबुकमार्फत एक वक्तव्य जारी गर्दै अध्यक्ष अधिकारीले सामग्री व्यवस्थापनमा सहयोग गर्ने बोधिसत्व विहार प्रति आभार प्रकट गरेका छन् । “सामग्री व्यवस्थापनमा सहयोग गर्ने बोधिसत्व विहार र विशेष गरी विहारका मूल गुरु हाल नेपालमा रहनुभएका ताइवानी नागरिक हेगुवाङ शी र विहारअन्तर्गत कोरोना लक्षित आपत्कालीन राहत कार्यक्रमका सञ्चालक शान्त शर्मा प्रति विशेष आभार प्रकट गर्दछौं,” अधिकारीको वक्तव्यमा उल्लेख छ ।
अधिकारीकै अध्यक्षतामा केही दिनअघि राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) ले पनि सोही स्थानबाट ५० जना जति पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको थियो ।

स्याङ्जामा भेटिए थप तीन कोरोना संक्रमित

सामाजिक


पोखरा,जेठ १५ । गण्डकी प्रदेशमा विहिबार थप तीन जनामा कोरोना संक्रमण भेटिएको छ । स्याङ्जाको वालिङको क्वारेन्टाइनमा बसेका दुई जना पुरुष र एक महिलासति तीन जनामा कोरोना भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीले पुष्टि गरेको छ ।

केहिबेरमा जारी हुने प्रेस विज्ञप्तिबाट उनीहरुको बारे स्वास्थ मन्त्रालयले आघिकारिक जानकारी गराउने भएको छ ।