काठमाडौं । मानव अधिकार सुसाशन र विकास हाम्रो शान सामाजिक दायित्व बोधको लागि सार्थक अभियान भन्ने नारा सहित रहेको संस्था सार्थक अभियान नेपाल ले जाजरकोटमा भएको अमानवीय घटनाका दोषीलाई कारवाही माग गरेको छ। अन्तरजातीय प्रेम सम्बन्धका कारण २१ औ शताव्दीमा पनि यस्ता घटना हुनु आपत्तिजनक र अस्वभाविक भएको ले दोषीलाई कारवाही माग गदै अभियान का अध्यक्ष भरत गाैतम द्वारा निकालिएको उक्त विज्ञप्तिमा दोषीलाई कानुनको दायरामा ल्याएर निष्पक्ष सत्य तथ्य छानबिन गर्न नेपाल प्रहरी,राष्ट्रिय मानव अधिकार आयोग जस्तालाई घटनाकोको छानबिन गरि दोषीलाई कारवाही गर्न र पीडितलाई सामाजिक सम्मान दिन आग्रह गरेका छन् ।
काठमाडौं । लगातार राहत वितरण गर्दै आएका बाफल काठमाडौंका ताराबहादुर कुँवरले अरुलाई पनि हौसला मिलोस् भनेर राहत वितरण गर्दा फोटो खिचेको बताएका छन् । आज आफ्नै घरमा उपस्थित भएकालाई राहत वितरण गर्दै उनले फोटो खिच्दा केही आलोचना भएको भए पनि त्यो चर्चाका लागि नगरिएको स्पष्ट पारेका छन् । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष, चक्रपथ सफाई अभियानका प्रमुख अभियन्ता र हजुरलाई टेड लिंकका सञ्चालक समेत रहेका कुँवरले प्रत्येक शनिबार राहत वितरण गर्दै आएका छन् ।
सुरुका दिनमा चामल, दाल, नुन, चिनी र अन्य आवश्यकीय सामग्री वितरण गर्दै आएका उनले आज ८० परिवारलाई चामल उपलव्ध गराएका छन् । उनले आफ्नो क्षेत्रभित्र कोही पनि खान नपाउने अवस्था सिर्जना हुन नदिने प्रतिवद्धता जनाएका छन् । आज वरपर रहेका स्थानीय मजदुर, सुत्केरी भएर खाद्य संकटमा परेका र रोजगार गुमाएर अलपत्र परेका लगायतको सहभागिता थियो । कुँवरले लकडाउनका कारण सबै संकटमा परेको हुँदा मानवीय धर्म भएकाले राहत वितरण गरिएको जनाए । आफ्नो व्यवसायसँगै सधैं सामाजिक सेवामा अग्रसर कुँवरले आफूले पनि धेरै दुःख गरेर सामान्य जीवन धान्ने अवस्थामा आइपुगेकाले त्यो दुःख नबिर्सेको बताउँछन् । उनले आफुलाई धेर भएर चामल नबाँडेको पनि प्रतिक्रिया दिएका छन् ।
उनी यो असहज अवस्थामा एकले अर्कालाई सहयोग गर्नु सबैको कर्तव्य भएको बताएका छन् । उनले अहिलेसम्म ५ सयभन्दा बढीलाई राहत वितरण गरिसकेका छन् । उनले अर्को शनिबार पनि राहत वितरण गर्ने जनाएका छन् । उनले लकडाउनभर सेवा गरिरहने बताएका छन् । आजको कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धरसहित यस कार्यमा सहयोग गर्नेको उपस्थिति रहेको थियो । कुँवरले आफ्नो एकल प्रयासबाट सधैं सहयोग गर्न नसके पनि सहयोगी हातसँग पनि समन्वय गरेको स्पष्ट पारेका छन् ।
ठ १६ काठमाडौ । गन्तव्य नेपाल ग्रुपको संयोजनमा कोरोना महामारीबीच रिपोर्टिङमा खटिने पत्रकारहरूको सुरक्षा र सहजताका लागि पिपिई सेट, प्रेस ज्याकेट लगायत स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । आज गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारी अविरलले सामाजिक दुरी कायम गर्दै नक्साल स्थित नारायण चौरबाट छापा, अनलाइन, रेडियो तथा टेलिभिजनमा कार्यरत १०० जना पत्रकारलाई पिपिई सेट, प्रेस ज्याकेट, मास्क, ग्लब्स र स्यानिटाइजर वितरण गरे ।
सामग्री वितरण पछि सामाजिक सञ्जाल फेसबुकमार्फत एक वक्तव्य जारी गर्दै अध्यक्ष अधिकारीले सामग्री व्यवस्थापनमा सहयोग गर्ने बोधिसत्व विहार प्रति आभार प्रकट गरेका छन् । “सामग्री व्यवस्थापनमा सहयोग गर्ने बोधिसत्व विहार र विशेष गरी विहारका मूल गुरु हाल नेपालमा रहनुभएका ताइवानी नागरिक हेगुवाङ शी र विहारअन्तर्गत कोरोना लक्षित आपत्कालीन राहत कार्यक्रमका सञ्चालक शान्त शर्मा प्रति विशेष आभार प्रकट गर्दछौं,” अधिकारीको वक्तव्यमा उल्लेख छ ।
अधिकारीकै अध्यक्षतामा केही दिनअघि राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) ले पनि सोही स्थानबाट ५० जना जति पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको थियो ।
पोखरा,जेठ १५ । गण्डकी प्रदेशमा विहिबार थप तीन जनामा कोरोना संक्रमण भेटिएको छ । स्याङ्जाको वालिङको क्वारेन्टाइनमा बसेका दुई जना पुरुष र एक महिलासति तीन जनामा कोरोना भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीले पुष्टि गरेको छ ।
केहिबेरमा जारी हुने प्रेस विज्ञप्तिबाट उनीहरुको बारे स्वास्थ मन्त्रालयले आघिकारिक जानकारी गराउने भएको छ ।
काठमाडौं, जेठ १४ । आज देशका पूर्वी, मध्य तथा पश्चिम पहाडी भू-भागमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
पश्चिमी न्यून चापीय प्रणाली र स्थानिय वायुको प्रभाव कायमै रहेकाले आज पहाडी भू-भागमा आंशिक बदलीसंगै अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
त्यस्तै, भोलि देशको पूर्वी भूभागका केही स्थान र मध्य तथा पश्चिमी पहाडी भूभागमा अपराह्नपछि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको तापक्रम २१ डिग्री मापन गरिएको छ ।
राजविराज, जेठ १४ । जतिसक्दो छिटो शव व्यवस्थापन गर्नुपर्ने तर स्वाब परीक्षणको रिपोर्ट ढिलो आउने भएपछि मृतक परिवारले मङ्गलबार विहान मृत्यु भएकी गर्भवती महिलाको दाहसंस्कार गरेका छन्। सप्तरीको कञ्चनरुप नगरपालिकास्थित सुन्दरी खोलामा व्यक्तिगत सुरक्षा सामग्री पीपीई लगाएका स्वास्थ्यकर्मीको निगरानीमा परिवारका सदस्यले कुलधर्मअनुसार शवको अन्तिम संस्कार गरेका छन्।
मृतक परिवारका चार जनाको उपस्थितीमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुले सावधानीपूर्वक शव व्यवस्थापन गरेको नगरप्रमुख बसन्त मिश्रले बताए। दाहसंस्कारमा संलग्न मृतकका परिवारका सदस्यले पनि पीपीई लगाएका थिए। कोरोनाको लक्षण भएकी सप्तरीको कञ्चनरुप–११ ठेलिया गोरपारकी २४ वर्षीया गर्भवती महिलाको बिहान साढे ६ बजे मृत्यु भएको थियो।
उनलाई अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वास्थ्य परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेका बेला मृत्यु भएको परिवारका सदस्यले बताए। उनलाई १० दिनदेखि ज्वरो आइरहेको थियो। साढे पाँच वर्षका जुम्ल्याहा छोरा, छोरीकी आमा उनी १८ साताकी गर्भवती थिइन्।
कोरोना संक्रमणसित मिल्ने लक्षणहरु देखिएकोले मंगलबार बहिान साढे ११ बजे मृतकको स्वाब संकलन गरी परीक्षणका लागि धरानस्थित वि।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको आजको अन्नपूर्ण पोष्ट् दैनिकमा खवर छ ।
मकवानपुर, जेठ १४ । हावाहुरीका कारण मकवानपुरमा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । मंगलबार साँझ एक्कासी आएको हावाहुरीले रुख ढल्दा राक्सीराङ–५ चैनपुरका ३५ वर्षीया वीरमाया प्रजा र राक्सीराङ–३ का छ वर्षीय बालक आयुष मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
साथै घाइते तीन जनालाई उपचारका लागि चितवन लगिएको छ । त्यसैगरी हावाहुरीले हेटौँडालगायत मकवानपुर जिल्लाको विभिन्न स्थानमा कर्कटपाताले निर्माण गरिएका घरका छानासमेत उडाएको छ ।
हावाहुरीले लाखौँ मूल्य बराबरको फलफूल, तरकारी नष्ट गरेको छ । खेतमा लगाइएको भिण्डी, घिरौला, बोडी, लौका, सिमी, काउलीका साथै मकैबाली र आँपमा समेत क्षति पु(याएको जिल्ला कृषि ज्ञान केन्द्र मकवानपुरले जनाएको छ ।
त्यसैगरी हावाहुरीले हेटौँडास्थित फरेष्टी कलेजमा एक दर्जन सालको रुख ढालेको र विद्युत् पोलसमेत ढलेका सो कलेजले जनाएको छ ।रासस
काठमाडौं, जेठ १४ । शङ्खरापुर नगरपालिकाको पटापमा एक बालकले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन्।
गोथे तामाङका छोरा १५ वर्षीय सुनबहादुरले एउटा कागजको पानामा ‘म छिट्टै स्वर्गमा जाँदैछु, मेरो नामको सम्पत्ति सबै ठूलो भेनालाई दिनू, आमाबुवाले पनि दाइलाई मात्र पैसा दिन्छन्’ भन्दै सुसाइड नोट लेखेर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको हो।
आफ्नै घरमा आत्महत्या गरेका तामाङको शव सोमबार राति गुपचुपरूपमा जलाउन लाग्दा महानगरीय प्रहरी वृत्त बौद्ध र प्रहरी चौकी नाङ्लेभारेको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो। बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले भने, “जलाउनै लाग्दा शव हामीले नियन्त्रणमा लिएर परीक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाएका छौँ। घटनाको थप अनुसन्धान हुँदैछ।”
मृतक तामाङ उनका आफ्नै जेठो भिनाजुको स्काभेटरको सहयोगीका रूपमा काम गर्ने गरेका थिए। परिवारमा चार भाइ छोरामध्ये उनी कान्छो हुन्। आत्महत्या गर्नुअघि उनले सोही कोठाको पलङमा सुसाइड नोट राखेको भेटिएको प्रहरीले बताएको छ। घटनाबारे थप अनुसन्धान गर्दै गरेको प्रहरीले शव परीक्षणको रिपोर्ट आएपछि घटनाको थप विवरण प्राप्त हुने जानकारी दिएको छ।रासस
काठमाडौं, जेठ १३ । गत जेठ ९ गते राति रुपन्देही देवदहकी १५ वर्षीया दलित थरकी किशोरीलाई सोही ठाउँका २२ वर्षीय वीरेन्द्र भरसँग घरनजिकै रहेको एकान्त ठाउँमा एकसाथ स्थानीयले देखे।
एकान्त ठाउँमा एकसाथ भेटिएको भन्दै भोलिपल्ट जेठ १० गते वडा नं ११ का वडाअध्यक्ष अमरबहादुर चौधरीसहित समाजका अगुवाको छलफल भयो। छलफलमा वीरेन्द्रलाई कारबाही गर्नुको सट्टा किशोरीलाई उल्टो लज्जित बनाए। कथित तल्लो जातकी पासी परिवारलाई समाजका अगुवा भन्नेहरुले बोल्न दिएनन्।
किशोरीका परिवारले छोरीको विचल्ली हुने भन्दै केटालाई छुट दिन नहुने बताएपछि वडाध्यक्षसमेत संलग्न उक्त छलफलले किशोरीलाई केटाको जिम्मा लगाउने निर्णय ग¥यो। कथित उपल्लो जातका वीरेन्द्रले किशोरीलाई घर त लगे तर तल्लो जातको केटी घर ल्याएको भन्दै केटाका आमा जाई लागिन। त्यसको केही घन्टामै किशोरीको खोला किनारमा शव भेट्टियो।
‘छोरीलाई जबरजस्ती समाजले उपल्लो जातको केटासँग पठाइदिए, आज मेरी छोरीको हत्या भयो,’ किशोरीकी आमा शान्तिले भनिन्। शनिबार दिउँसो देवदह–२ पेटवनिया रोहिणी खोला किनार रूखमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको देवदह प्रहरी चौकीका प्रहरी निरीक्षक दीपक महतले बताए।
शरीरको माथिल्लो भागमा लगाएको कपडा च्यातिएको, भित्री वस्त्र देखिएको र चप्पलसमेत नलगाएको अवस्थामा उनको शव फेला परेको प्रहरीले बताएको छ। घटनाको प्रकृति र छोरीमाथि गरिएको दुव्र्यहारले आत्महत्या नभई हत्या भएको आमा शान्तिको जिकिर छ। नागरिक दैनिकबाट
काठमाडौँ, १३ जेठ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणपछि शिक्षा क्षेत्रमा उत्पन्न समस्या र समाधानका विषयमा सरकार र निजी शैक्षिक संस्थाबीचमा सहकार्यको सट्टा सामाजिक दूरी झनै बढेको पाइएको छ ।
सङ्क्रमणपछि जारी बन्दाबन्दीको अवस्थामा विद्यार्थीको शुल्क, भर्ना, परीक्षा प्रणाली, वैकल्पिक शिक्षाको मान्यता पाउने या नपाउने लगायतको विषयले सरकार र निजी क्षेत्रको दूरी बढाइदिएको छ तर द्वन्द्वले भन्दा सहकार्यले मात्र सङ्कट समाधान निस्कने बताइएको छ । (गोरखापत्रबाट)