social
||Power News Asia||

आजको समाचार

नुवाकोटको तारकेश्वर र म्यागङमा शिव अधिकारीले पठाए २५ थान पिपिई सहित स्वास्थ्य सामग्री

सामाजिक


नुवाकोटको तारकेश्वर र म्यागङमा शिव अधिकारीले पठाए २५ थान पिपिई सहित स्वास्थ्य सामग्री, ठमेलका श्रमिकलाई बाँडे राहत दुई महिनादेखि कोरोना प्रतिरोधी अभियान चलाइरहेका समाजसेवी शिव अधिकारी अविरलको संयोजनमा नुवाकोटका तारकेश्वर र म्यागङ गाउँपालिका अन्तर्गतका सम्पूर्ण स्वास्थ्य संस्थाका लागि २५ थान पिपिई सहित विभिन्न स्वास्थ्य सामग्री जिल्ला पठाइएको छ । गन्तव्य नेपाल ग्रुपका अध्यक्ष समेत रहेका समाजसेवी अधिकारीले आज तारकेश्वरका आठवटै स्वास्थ्य केन्द्र अन्तर्गत सेवामा खटिने स्वास्थ्यकर्मी तथा एम्बुलेन्स चालकको सुरक्षाका लागि ९ थान पिपिई तथा एप्रोन सेटका साथ मास्क, साबुन, ग्लब्स लगायत सरसफाइका सामग्री गिरिजा प्रसाद कोइराला फाउन्डेसन तारकेश्वर गाउँपालिका कमिटी मार्फत वितरण गर्ने गरी फाउन्डेसनका गाउँपालिका संयोजक निकेश अधिकारीलाई हस्तान्तरण गरेका छन् । यस्तै, तारकेश्वरको उत्तरी छिमेकमा पर्ने म्यागङ गाउँपालिकाका ६ वटै वडामा सेवामा खटिने स्वास्थ्यकर्मी तथा एम्बुलेन्स चालकको सुरक्षाका लागि १० थान पिपिई तथा एप्रोन सेटका साथ सर्जिकल ग्लब्स लगायत स्वास्थ्य सामग्री गाउँपालिका अध्यक्ष आशा तामाङ मार्फत वितरण गर्ने गरी आजै नुवाकोट पठाइएको समाजसेवी अधिकारीले बताएका छन् । यसअघि, अधिकारीकै नेतृत्वमा बनेको तारकेश्वर २, तारुका चौतारा गाउँस्थित गौरा पार्वती सामुदायिक स्वास्थ्य केन्द्रका लागि हिजो रोटरी क्लब अफ दी हिमालय गोर्खाज्‌ले ५ थान पिपिई तथा एप्रोन सेट, १० लिटर स्यानिटाइजर, ८५० थान मास्क र २०० थान डिटोल साबुन सहयोग गरेको थियो । हिजै एक वक्तव्य मार्फत स्वास्थ्य केन्द्रका महासचिव समेत रहेका अधिकारीले स्वास्थ्य सामग्री उपलब्ध गराउने रोटरी क्लब अफ दी हिमालय गोर्खाज्‌प्रति विशेष आभार प्रकट गरेका थिए । आज सामाजिक सञ्जाल फेसुकमार्फत एक वक्तव्य जारी गर्दै समाजसेवी अधिकारीले दुई महिना अघिदेखि आफूले चलाएको कोरोना प्रतिरोधी अभियान अन्तर्गत स्वास्थ्य सामग्री जिल्ला पठाइएको जानकारी दिँदै मानव सेवाको आफ्नो अभियान अझै जारी रहने बताएका छन् । वक्तव्यमा उनले पिपिई, मास्क र ग्लोब्सका लागि समन्वय गरी आफ्नो अभियानमा सहयोग गरेका भिलेज टुरिजम - नेपालका अध्यक्ष तेजेन्द्र शर्मा पौडेललाई विशेष धन्यवाद व्यक्त गरेका छन् । कोरोना प्रतिरोधी अभियान अन्तर्गत अधिकारीको संयोजनमा तारकेश्वर गाउँपालिकाभरि घर घरै मास्क वितरण अभियान चलिरहेको छ । तारकेश्वरका ६ वटै वडामा गरी झन्डै २० हजार थान मास्क वितरण भइसकेको छ । यसलाई जारी राख्दै छिमेकी गाउँपालिकाहरूमा पनि मास्क वितरण अभियान विस्तार गर्ने उनको योजना छ । संकटको यस घडीमा जिल्लावासीको सुख दुःखमा जोडिने उद्देश्यले घरघरै मास्क तथा सचेतना अभियान चलाएको अधिकारी बताउँछन् । यसैबीच, अधिकारीकै पहलमा आजदेखि काठमाडौंको ठमेल ठमेल क्षेत्रका श्रमिक वर्गमा राहत वितरण सुरु गरिएको छ । ६ साता लामो लकडाउनका कारण दैनिक जीविकोपार्जनमा समस्या खेपिरहेका ठमेल क्षेत्रका श्रमिक वर्गमा अधिकारी नेतृत्वको समूहले आज राहत स्वरूप १८० केजी चामल, दाल, तेल लगायत खाद्य सामग्री वितरण गरेको हो । फेसबुक मार्फत अधिकारीले आफ्नो आग्रहलाई स्वीकार गरी मानवसेवाको अभियानमा साथ दिएका पासाङ ल्हामु गाउँपालिका वडा नं. ५ थमो निवासी सगरमाथा आरोही तथा समाजसेवी मिङ्‌मा शेर्पालाई विशेष धन्यवाद ज्ञापन गरेका छन् । यो राहतले श्रमिक वर्गको पीडामा थोरै भए पनि मल्हमको काम गर्ने उनीहरूको विश्वास छ । यसअघि, अधिकारीले मातातीर्थ औंसीको अवसरमा स्वर्गीय आमा गौरादेवी अधिकारीको नाममा १ लाख १ हजार १ सय ११ रुपैयाँको आमा कल्याणकारी कोष तथा पत्रकारिता पुरस्कार घोषणा गरेका थिए । मातातीर्थ औंसीका दिन वक्तव्य जारी गर्दै उनले स्वर्गीय आमा गौरदेवीको सम्झना तथा समस्त नेपाली आमाहरूको सम्मानमा ६० हजार १ सय ११ रुपैयाँको 'गौरादेवी आमा कल्याणकारी कोष' र ४० हजार रुपैयाँको 'गौरादेवी पत्रकारिता पुरस्कार कोष' स्थापना गरेको सार्वजनिक गरेका थिए । लकडाउन अघि अधिकारीले अस्थायी रूपमा काठमाडौं बस्दै आएका घर फर्कन चाहने नुवाकोटेहरूका लागि नि:शुल्क बस को व्यवस्था गरेका थिए । उनको संयोजनमा लकडाउन अघिका दुई दिनमा एक दर्जन बस काठमाडौंबाट त्रिशूली पठाइएको थियो । केही साताअघि अधिकारीले जिल्लाको उत्तरी भेगमा पर्ने किस्पाङ गाउँपालिका अन्तर्गतका स्वास्थ्य केन्द्रहरूलाई १० थान पिपिई तथा एप्रोन सेट उपलब्ध गराएका थिए । पत्रकारिता र पर्यटन उद्यममा दुई दशक बिताएका अधिकारी एक दशकदेखि समाजसेवामा लागिपरेको छन् । जन्मथलो नुवाकोटको तारुकाबाट समाजसेवा सुरु गरेका अधिकारी तारुकाबाट तारकेश्वर, त्यहाँबाट सिङ्गो नुवाकोट हुँदै राष्ट्रिय स्तरमै एक गतिशील सामाजिक व्यक्तित्वका रूपमा चिनिन थालेका छन् । तारकेश्वरभित्र २०७२ को महाभूकम्पपछिको पुनर्निर्माणमा उल्लेख्य योगदान गरेका अधिकारी त्यसयता गाउँको स्वास्थ्य, शिक्षा, खानेपानी, महिला सशक्तीकरण, युवा तथा खेलकुद लगायत क्षेत्रको विकासमा समर्पित छन् ।

एकैदिन १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६९ पुग्यो

सामाजिक


नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पर्सा जिल्लाका ३६ वर्षीय पुरुषमा र नेपालगन्जको प्रयोगशालामा परीक्षण गर्दा ५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण देखिएको बताए ।

नेपालगन्जका संक्रमितको उमेर ७ देखि ५८ वर्ष रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

आइतबारसम्म नेपालमा आरडीटी विधिबाट ४९ हजार ६ सय ८८ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट १३ हजार ४ सय १४ परीक्षणहरु भएको जनाएको छ । त्यसैगरी आइतबारसम्मको अपडेटमा आइसोलेसनमा देशभरी ७८ जना रहेका छन् ।

काठमाडौँमा ४ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ७३ जना रहेका छन् । क्‍वारेन्टाइनमा २१ हजार ९ सय ५१ जना रहेका छन् । 

करेन्ट लागेर झापामा एक जनाको मृत्यु

सामाजिक


झापा । झापाको बुद्धशान्ति गाउँपालिका-१ का ४२ बर्षीय पदमलाल गड्तौलाको करेन्ट लागेर मृत्यु भएको छ ।

शनिवार बेलुका आफ्नै घरमा रहेको फ्रिजको तार सर्ट भई अचानक करेन्ट लाग्दा घाईते भएका गड्तौलालाई उपचारको लागी झापाको बि.एण्ड.सी. अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुधवारेले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

महोत्तरीमा फेरि एकको मृत्यु, अज्ञात रुपमै गईसक्यो १२ जनाको ज्यान

सामाजिक


महोत्तरी, २१ बैसाख । महोत्तरीमा फेरि एक जनाको अज्ञात रोगका कारण मृत्यु भएको छ ।

आइतबार बिहान भंगाहा ७ का ५८ वर्षीय रुपनारायण सिंह दनुवारको मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन् ।

दनुवारको मृत्यु भएसँगै महोत्तरीको दुई बस्तीमा अज्ञात रोगका कारण ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । भंगाहा नगरपालिका–७ र बर्दिवास नगरपालिका–१२ एक आपसमा जोडिएका बस्ती हुन् ।

स्थानीयका अनुसार दनुवार बिहानसम्म बिरामी थिएनन् । अचानक बिरामी परेर उनको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् । शनिबार मात्रै बर्दिवास–१२ स्थित इँटाभट्टामा काम गर्ने ५५ वर्षीय भारतीय नागरिक मोतीलाल प्रजापति र भङ्गाहा–६ जमुनियाँका ४८ वर्षीय पलट साहको मृत्यु भएको थियो ।

मृतकमा एकै खालको लक्षण देखिएको स्थानीयले जानकारी दिएका छन् । स्थानीयका अनुसार अचानक पेट दुखेपछि बान्ता गर्ने र झाडापखला लाग्ने र अन्तिममा बिरामीको मृत्यु हुने गरेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आएको चिकित्सकहरुको टोलीले घटनास्थल पुगेर अध्ययन गरिरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए । सम्पूर्ण परीक्षणको रिपोर्ट आएपछि मात्रै रोग यो हो भन्ने सकिने घटनास्थल पुगेका चिकित्सकहरुले बताएका छन् ।

च्याउ खाँदा एकै परिवारको पाँच बिरामी

सामाजिक


चितवन, २१ वैशाख : वनमा उम्रिएको च्याउ खाँदा भरतपुर महानगरपालिकाका पाँच जना बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका–२९ जुगेडीमा एकै परिवारका पाँच जना बिरामी परेका हुन् ।

कार्यालयका अनुसार बिरामी हुनेमा ५५ वर्षीय वीरबहादुर चेपाङ, उनको २५ वर्षीय छोरा सुमन चेपाङ, २२ वर्षीया बुहारी सिर्जना चेपाङ, छोरी १९ वर्षीया शर्मिला चोपाङ र १५ वर्षीया अञ्जना चेपाङ रहेका छन् । उनीहरुले घर नजिकै रहेको वनबाट टिपेर ल्याएको च्याउ शनिबार साँझ खाएका थिए ।

च्याउ खाएसँगै बिरामी परेपछि आज बिहान उनीहरुलाई भरतपुर अस्पतालमा उपचारका लागि ल्याइएको छ । वीरबहादुरको अवस्था गम्भीर रहेको र अन्यको सामान्य रहेको प्रहरीले जनाएको छ । गम्भीर वीरबहादुरको सघन उपचारकक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।रासस File Photo

नेपालगञ्जमा एकैदिनमा देखियो ९ जनामा कोरोना

सामाजिक


नेपालगन्जमा आइतबार ९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार आज संक्रमण देखिएकामध्ये ५ जना पुरूष र ४ जना महिला छन्। उनीहरू ७ देखि ५८ वर्ष उमेरका छन्।

त्यस्तै आजै पर्साको वीरगन्जमा एक जना पुरूषमा कोरोनाको संक्रमण पुष्टि भएको छ। वीरगन्ज ३ छपकैया ३६ वर्षीय पुरूषलाई कोरोना पुष्टि भएको हो। 

योसँगै नेपालमा संक्रमितको संख्या ६९ पुगेको छ। तीमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन्।  उपचार गरेर घर गएका रौतहटका एक युवालाई भने आइतबार फेरि अस्पताल भर्ना गरिएको छ। 

प्रदेश नं २ मा २४१० स्वाबको नमूना सङ्कलन

सामाजिक


प्रदेश नं २ मा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वाबको नमूना सङ्कलन निरन्तररूपमा भइरहेको छ । 

यस प्रदेशमा शनिबार मध्याह्नसम्ममा दुई हजार ४१० को स्वाबको नमूना सङ्कलन गरिएको छ । सोमध्ये एक हजार ९१० को परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ भने ५०० जनाको रिपोर्ट आउन बाँकी छ ।

यसअघि कोरोना प्रमाणित भएका १२ मध्ये चार उपचार गराई घर फर्किसकेका छन् भने आठ जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले शनिबार पत्रकार सम्मेलनमा बताए ।

यस प्रदेशमा चौबीस घण्टादेखि आरडिटी परीक्षण गरिएको छैन । यसअघि यस प्रदेशको आठवटै जिल्ला गरी पाँच हजार २२३ को सो परीक्षण गरिएको थियो । प्रदेशमा शनिबारसम्म एक हजार ३०७ क्वारेन्टाइन, चार हजार ५३२ होम क्वारेन्टाइन र २३ जना आइसोलेसनमा बसेका छन् ।

२८ नेतर्हिन, अपाडऱ्ग परिवार र १ सुत्केरी महिलालाई उद्धार

सामाजिक


आज मिति वैशाख २० गतेको दिन लायन्स कल्ब अफ काठमाण्डौं किृयेटिभ युथ माफॅत २८ नेतर्हिन, अपाडऱ्ग परिवार र १ सुत्केरी महिलाको उद्धार भएको छ। विगत केहि दिन देखि २० नेतर्हिन र अपाडऱ्ग परिवीर नारायणटार, जोरपाटीमा बस्दै आएका परिवीरलाई लकडाउनले निकै असर गरेको हुनाले ती परिवीरलाई दैनिक रोजीरोटी मा समेत असर परेकोले क्लबले ३५ किलो तरकारी र पानी सहयोग गरेको छ। यसका साथै ८ नेतर्हिन परिवीर साततल्ले कपनमा बस्दै आएका परिवीरलाई लकडाउनले निकै असर गरेको हुनाले ती परिवारलाई दैनिक रोजीरोटी मा समेत असर परेकोले क्लबले फेरि १८ किलो तरकारी र पानी सहयोग गरनुका साथै १ सुत्केरी महिला जसले ११ दिन अगाडि एक बालिकालाई जन्म दिएको छिन्। कपन बालुवा खानीमा बस्दै गरेकी सुत्केरी महिलालाई क्लबले १८ किलो चामल, तेल, नुन, मसला र ५ किलो तरकारी सहयोग गरेको छ। ती परिवारहरूले संस्थापक अध्यक्ष गनीका गुरुङ्, अध्यक्ष अनिल बुजाॅ मगर, उपाध्यक्ष श्याम पर्साद रेग्मी र आउने अध्यक्ष सुजना राईलाई मुरूमुरू धन्यवाद दिदै सम्मान व्यक्त गरेका छन्।

 

एलन मस्कको ट्विटका कारण टेस्लाले गुमायो १४ अर्ब डलर

सामाजिक


मेरिकी कार निर्माता कम्पनी टेस्लाका संस्थापक एलन मस्कको ट्विटका कारण कम्पनीले ठूलो रकम गुमाउनुपरेको छ। शुक्रबार एलनले 'म आफ्नो सबै अचल सम्पत्ति बिक्री गर्छु, घर पनि राख्दिनँ' भन्दै एक ट्विट गरेका थिए।उनको यो ट्विटसँगै टेस्लाको सेयर १४ अर्ब अमेरिकी डलरले कम भएको बिबिसीले जनाएको छ। आफ्नो सम्पत्ति बेच्ने मात्र होइन, उनले 'टेस्लाको सेयर मूल्य अति धेरै भयो' भन्ने पनि ट्विट गरेका थिए। उनका यी ट्विटकै कारण लगानीकर्ताहरूले कम्पनीको सेयर बेचेका बिबिसीले उल्लेख गरेको छ। टेस्लासँगै एलनको सम्पत्तिमा पनि तीन अर्ब डलर गिरावट आएको छ।  सन् २०१८ मा पनि उनी ट्विटका कारण विवादित भएका थिए। त्यो बेला उनले न्यूयोर्क स्टक मार्केटमा टेस्लाको भविष्यबारे ट्विट गरेका थिए, जसका लागि नियामक निकायले दुई करोड अमेरिकी डलर जरिवाना गरेको थियो।

Elon Musk@elonmusk

I am selling almost all physical possessions. Will own no house.

225K

8:55 PM - May 1, 2020

Twitter Ads info and privacy

54.8K people are talking about this

त्यो घटनापछि उनले ट्विट गर्दा वकिलबाट स्वीकृत लिनुपर्ने निर्णय गरेका थिए।शुक्रबार वाल स्ट्रिट जर्नलले एलनलाई टेस्लाको सेयर मूल्यबारेको ट्विट मजाकमा गरेको हो भनेर सोधेको पनि थियो। एलनले 'होइन' जवाफ दिएका थिए।

यो वर्ष टेस्लाको सेयर भाउ बढेर एक खर्ब अमेरिकी डलर नजिक पुगेको छ। सेयर भाउ एक खर्ब अमेरिकी डलर पुगेसँगै कम्पनीले लगानीकर्तालाई लाखौं डलर लाभांश दिनुपर्ने हुन्छ।

Elon Musk@elonmusk

Tesla stock price is too high imo

167K

8:56 PM - May 1, 2020

Twitter Ads info and privacy

32.5K people are talking about this

कम्पनी संस्थापक एलनका ट्विट र अभिव्यक्तिले सेयर मूल्यमा उतारचढाव ल्याउने भन्दै केही विश्लेषकले उनका ट्विटहरू टाउको दुखाइ बनेका पनि बताएका छन्। 

पूर्वराजा शाहले दिए शुभचिन्तकलाई धन्यवाद

सामाजिक


काठमाडौं– पूर्व राजदम्पत्ति ज्ञानेन्द्र शाह र कोमल शाहले आफुहरुको वैवाहिक वर्षगाँठको ५० वर्ष पुगेको अवसर शुभकामना दिनु हुनेहरुप्रति आभार व्यक्त गरेका छन् ।

शनिबार दिउँसो पूर्व राजदम्पत्तिको तर्फबाट जारी विज्ञप्तीमा भनिएको छ– ‘हाम्रो हिन्दू संस्कारमा विवाहलाई एक उच्चतम संस्कारकोरुपमा मानिन्छ, दुई आत्माको सम्मिलन र प्रेम बन्धनको शुभ अवसरकोरुपमा रहेको विवाह संस्कार जीवन व्यवहारको सारसुत्र पनि हो, त्यसैले शुभविवाहको वार्षिक सन्दर्भ र त्यसपछिका व्यतित दिवस सन्दर्भलाई स्मरण गर्दा हाम्रो शुभविवाह भएको पनि ५० वर्ष भएछ ।’

‘यो शुभ सन्दर्भ पारेर हाम्रा आफन्त, इष्टमित्र, शुभेच्छुक र शुभचिन्तक व्यक्तित्वहरुले हामीलाई बधाईका हार्दिक शुभकामनाका मंगलकारी अभिव्यक्ति पोख्नु भएकोमा उहाँहरु सबैप्रति सद्भावपूर्वक हार्दिक धन्यवाद व्यक्त गर्दछौ’ विज्ञप्तीमा भनिएको छ ।

ज्ञानेन्द्र शाह@King_GBBS

हाम्रो वैवाहिक स्वर्ण-उत्सवको अवसरमा शुभकामना व्यक्त गर्नुहुने संपुर्ण नेपाली दाजुभाइ एवं दिदीबहिनी हरु, देश विदेशमा रहनुभएका हाम्रा मित्र एवं शुभचिन्तक हरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

1,220

10:02 PM - May 1, 2020