काठमाडौं २० बैशाख । पशुपति क्षेत्रमा स्थापित माधवराज सुमार्गी स्मृति भवनमा आज ३६ औं पटक खाना वितरण गएिको छ । कोरोना भाईरस (कोभिड-१९) माहामारीले गर्दा नेपाल सरकारले लगाएको लकडाउनमा खानाबाट बन्चित मजदूरहरुलाई पशुपति क्षेत्र विकास कोष र नेपाल मानव धमृ सेवा समितिको संयुक्त आयोजनामा खाना वितरण गरिएको हो ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालले कोरोना भाईरसका महामारीले लागेको लकडाउनले घर जाना नपाएका, दैनिक ज्यालादारी गरी जिविकोपार्जनबाट बञ्चितभएकाहरु र पशुपतिक्षेत्रका साधु–सन्त भोकै रहेको अवस्थामा सेवा कार्यको महसुश गरियो र दैनिक विहान खाना खुवाउने व्यवस्था सुमार्गी भवनमा गरिएको जानकारी दिए ।
सदस्य सचिव ढकाल भन्छन्– सहयोगी मनकारीहरुबाट (नाम सार्वजनिक गर्न नचाहनेहरु ) एक जनाले चामल, एक जनाले दाल, एक जनाले तरकारी, एक जनाले ग्याँस, एक जनाले मरमशला, पानी सहयोग भएका छन् हामी लकडाउन अवधिभर यसै गरी खाना वितरण गरिरहने छौं ।
अहिले हिन्दूहरुको आरध्यदेवा महादेव पशुपतिनाथको मन्दिर पूर्णरुपमा बन्द छ, भक्तजनहरुबाट कतिको दवाव आएको छ भन्ने सोधनी हुँदा ढकाल भन्छन्– हामीले कोरोनाले विश्वलाई आक्रान्त बनाईरहेको बेला विभिन्न माध्यमहरुबाट भक्तजनहरुलाई दर्शनका लागि नआईदिन आग्रह गरेका छौं, आउनुभएको पनि छैन तर परापूर्वकालदेखि चल्दै आएको दैनिक नित्य पूजा भने रोकिएको छैन चलिरहन्छ ।
नेपाल मानव धर्म सेवा समितिका अभियन्ता नविन कोईरालाका अनुसार पहिले १२ सय जनालाई खाना खुवाईरहेका थियौं, कति त घर गएहोलान् अहिले ६ सय जनालाई खुवाईरहेका छौं ।
सेवामा दैनिक १८ जना खाना पकाउनेदेखि वितरणका लागिरहेको नेपाल मानव धर्म सेवा समितिका पूर्व अध्यक्ष ठाकुरप्रसाद पौडेलले जानकारी दिए ।
खाना खुवाउने सेवाकार्यमा सुनिल वैद्य, राज खत्री, विमल ढुङ्गाना, श्यामप्रसाद सुवेदी, डा. मिलन थापा, डा. घनश्याम खतिवडा रहेका छन् ।
आफ्नो बस्तीमा दिनहुँ अज्ञात ब्यथाबाट भटाभट मृतक बढ्दै गएपछि महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–७ मेघनाथ गोरहन्ना र बर्दिवास नगरपालिका–१२ को मेघरोलमा त्रास र शोक छाएको छ । एउटै बस्ती देखिने दुवै नगरपालिकाका यी बस्तीमा दिनहुँ मृतक थपिदै गएपछि त्रास र शोकले घर जमाएको हो । गत मङ्गलबारयता शुक्रबारसम्म त्यहाँ आठ जनाको अज्ञात रोगबाट मृत्यु भएको छ । मङ्गलबारअघि पनि (पाँच दिन पहिले) एक जनाको मृत्यु भएको थियो । वैशाख ११ गते भङ्गाहा–७ मेघनाथगोरहन्नाका ४२ वर्षीय महेन्द्र चौधरीको मृत्यु भयो । बाक्लै रक्सी सेवन गर्ने उनको मृत्युलाई स्वभाविक मानेका स्थानीयवासीले गत मङ्गलबारयता बस्तीका एकपछि अर्को मर्दै गएपछि शोकसँगै त्रासमा परेका हुन् ।
पछिल्लोपटक शुक्रबार बर्दिवास–१२ का ५५ वर्षीया मोमनीदेवी सरदार र २६ वर्षीय सुपीन्द्र मण्डलको मृत्यु भएको हो । सो बस्तीकै ५२ वर्षीय गङ्गाराम सदाको गत बुधबार मृत्यु भएको थियो । त्यसैगरी सो बस्तीसँगै जोडिएको भङ्गाहा–७ मेघनाथगोरहन्नामा मङ्गलबारयता पाँच जनाको मृत्यु भइसकेको छ । भङ्गाहा–७ मा मङ्गलबार ५२ वर्षीय नथुनी चमार र ४० वर्षीय मोहन चौधरीको मृत्यु भयो । लगत्तै बुधबार भङ्गाहा–७ कै ५४ वर्षीय लालबाबु सिंह र बिहीबार ५५ वर्षीय सुकदेव (सिताइ) महरा र ४२ वर्षीय सिकेन्द्र सिंहको मृत्यु भएपछि दुवै बस्तीमा वैशाख ११ यता हालसम्म मृतकको सङ्ख्या नौ पुगेको हो । बर्दिवास–१२ र भङ्गाहा–७ झट्ट हेर्दा एउटै बस्ती देखिने जोडिएका बस्ती हुन् । मृतक सबै रक्सीका अम्मली भएका हुँदा विषाक्त मदिराको सेवनले मृत्यु भएको त्यहाँका स्थानीयवासीको अनुमान छ । ग्रामीण बस्तीमै अवैधरूपमा सञ्चालित भट्टीबाट उत्पादित मदिरा खाने बानी भएको हुँदा त्यसकै कारणले विभिन्न स्वास्थ्य समस्या बढेर नौ जनाकै मृत्यु भएको बर्दिवास–१२ र भङ्गाहा–७ का वडाध्यक्ष क्रमशः रामकिशोर साह र वासुदेवसिंह थारूको ठम्याइ छ । “मृतक सबै रक्सीका अम्मली हुन्”, बर्दिवास–१२ का वडाध्यक्ष साहले भन्नुभयो, “यिनीहरुको मृत्यु विषाक्त रक्सी सेवनले नै भएको हुनपर्छ, यद्यपि शव परीक्षण रिपोर्ट आएपछि यसको यकिन हुनेछ ।” भङ्गाहा–७ का वडाध्यक्ष थारूले पनि सबैको मृत्यु अनियन्त्रित रक्सी सेवनबाटै भएको बताउनुभयो । “मृत्युको निहँु जे प्रमाणित भए पनि मृतकमा त्यो कारण भने रक्सीको अत्यधिक सेवनले नै भएको हुनपर्छ”, थारूको भनाइ छ। मृतकमध्ये सिकेन्द्र सिंह र सुकदेब (सिताइ) महराको शव परीक्षण गरिएको छ । परीक्षण रिपोर्ट आएपछि मृत्युको कारणबारे यकिन हुने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख तथा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । पछिल्लो समयमा जताततै कोभिड-१९ को सन्त्रास छाएका बेला बस्तीमा भटाभट मर्नेको सङ्ख्या बढ्दै गएपछि यसबारे यकिन हुनुपर्ने स्थानीयवासी बताउँछन् । “मृतक सबै पहिलेदेखि नै मदिराका अम्मली त हुन्, तर अहिले संसारभरि नै कोरोना सन्त्रास छाएको हुँदा यहाँका सर्वसाधारणमा शोकसँगै त्रास छाएको छ”, भङ्गाहा–७ का राजनीतिक, सामाजिक अगुवा चन्द्रनारायण सिंहले भन्नुभयो, “राज्यले यसबारे आश्वस्त बनाउनुपर्छ।”
यसैबीच जिल्ला प्रहरी कार्यालय महोत्तरीले मृतकमध्ये दुईको कोभिड–१९ सङ्क्रमण हो÷होइन यकिन गर्न स्वाब सङ्कलन गरी पिसीआर परीक्षणका लागि प्रयोगशाला पठाइएको जनाएको छ । “मृतकको आरडिटी जाँच परिणाम नेगेटिभ आएको छ”, प्रहरी उपरीक्षक अधिकारीले भन्नुभयो, “अब पिसीआर जाँच र शव परीक्षण रिपोर्ट आएपछि यकिन हुनेछ ।” शुक्रबारै ती बस्तीमा पुग्नुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सर्सती बुझ्दा मदिरा सेवन र मलेरिया मृत्युको कारण हुनसक्ने बुझिए पनि यसको यकिन जाँच हुनुपर्ने बताउनुभएको छ । आपूmले यस प्रयोजनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र प्रदेश नं २ सरकारको ध्यानाकर्षण गराएको सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले जानकारी दिनुभयो । मृतक सबै गरिब परिवारका छन् । मृत्युको कारण जे भए पनि परिवारजनको पीडा हेरेर भङ्गाहाका नगरप्रमुख सञ्जीवकुमार साहले आफ्नो नगर क्षेत्रका मृतकको काजकिरीयावापत रु २१÷२१ हजार उपलब्ध गराइने जानकारी दिनुभयो । मेघनाथ गोरहन्नामा एक साता पहिले मात्र सीतापुर, औरही र जमुनियाँ प्रहरी चौकीको संयुक्त गस्तीले १६ हजार लिटरभन्दा बढी मदिरा बनाइने कच्चा पदार्थ र चार भट्टी नष्ट गरेको थियो ।
सोलुखुम्बु, २० बैसाख । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ सल्यानमा झाडापखाला तथा कमलपित्त (जन्डिस) का बिरामी बढेका छन् ।साविक सल्यान गाविसको वडा नं १ र ३ का ४० बढीमा उक्त रोग देखिएको वडाध्यक्ष भेषकुमार बाँस्तोलाले जानकारी दिए । वडाध्यक्ष बाँस्तोलाका अनुसार एकै परिवारका चार जनासम्म बिरामी परेका छन् । झाडापखाला मात्र नभई आउँ समेत रहेको अनुमान गरिए पनि ल्याब परीक्षणबाट एकिन हुने अध्यक्ष बाँस्तोलाको भनाइ छ ।
‘साविक वडा नं १ को चौतारा नेवार बस्तीका करिब २५ जनामा झाडापखाला र साविक वडा नं ३ का करिब २० जनामा जन्डिस देखिएको छ’, अध्यक्ष बाँस्तोलाले भने, ‘हिजो मात्रै स्वास्थ्यकर्मीसहितको टोली गएर त्यस क्षेत्रको वास्तविकता बुझ्दा बिरामीको संख्या बढिरहेको पाइयो ।’
एक हप्तादेखि बिरामीको संख्या अप्रत्याशित रुपमा बढ्दै गएपछि जिल्लाबाट चिकित्सकसहितको टोली शुक्रबार त्यहाँ पुगेको छ । सरुवा रोग तीव्र गतिमा फैलिएकाले जिल्ला अस्पताल फाप्लुबाट चिकित्सकसहितको टोली सल्यान पुगेको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका निमित्त प्रमुख कर्मचन्द्र राजवंशीले जानकारी दिए ।
जिल्ला अस्पताल फाप्लुका डाक्टर, गाउँपालिकाका स्वास्थ्यकर्मी सबै त्यस क्षेत्रमा परिचालन गरिएको गाउँपालिकाले जनाएको छ । उक्त टोलमा प्रयोग हुँदै आएको पानीको मुहान दूषित भएकाले नै बिरामी परेको हुन सक्ने अनुमान गरिएको छ ।
त्यस क्षेत्रका नागरिकले प्रयोग गर्ने तीन वटा खानेपानीका मुहानमध्ये एउटा मुहान फोहर रहेको पाइएको वडाध्यक्ष बाँस्तोलाको भनाइ छ । तीन वटै मुहानको पानी परीक्षणको तयारी भइरहेकाले खानेपानी या अन्य कुनै कारणले यो रोग फैलिएको बारे अहिले नै भन्न नसकिने अध्यक्ष बाँस्तोलाले बताए ।
‘दैनिक रुपमा तीनदेखि चार जनामा जन्डिस देखापरेको छ’, प्राथमिक स्वास्थ्य केन्द्र सल्यानका मेडिकल अधिकृत डा. अविषेक सुमनले भने, ‘हालसम्म बिरामीको संख्या बढेर ४० जनाभन्दा बढी पुगिसकेको छ ।’
डा. सुमनका अनुसार उनीहरुलाई घरैमा गएर उपचार गरिएको छ भने ल्याब परीक्षणका लागि प्राथमिक केन्द्रमा बोलाइएको छ । बिरामी सबैको अवस्था सामान्य रहेकाले तत्काल नियन्त्रण बाहिर नरहेता पनि कोरोना भाइरसको जोखिम रहेका बेला केही समस्या भएको चिकित्सकको भनाइ छ ।
मौसम परिवर्तनका बेला विभिन्न किसिमका रोग लाग्ने भएकाले सचेत रहन चिकित्सकले सबैलाई आग्रह गरेका छन् । विश्वले सामना गरिरहेकोे कोभिड–१९ को जोखिमसँग अन्य रोगसमेत बढ्न सक्ने भएकाले सरकारले यसतर्फ पनि ध्यान दिनुपर्ने डा. अविषेक सुमनको भनाइ छ । कोरोनामा केन्द्रित हुँदा अन्य रोगले महामारीको रुप लिन सक्नेतर्फ सबै सचेत हुनुपर्ने उनले बताए ।
कोरोना परीक्षण : ११६ को रिपोर्ट नेगेटिभ
हिमाली जिल्ला सोलुखुम्बुमा हालसम्म ११६ जनाको कोरोना भाइरस सङ्क्रमण आरडिटी परीक्षण गरिएको छ ।
हालसम्म गरिएको आरडिटी परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यलय सोलुखुम्बुका निमित्त कार्यालय प्रमुख कर्मचन्द्र राजवंशीले जानकारी दिए । जिल्लाको सोलु दूधकुण्ड नगरपालिकामा ४३, माप्य दूधकोशी गाउँपालिकामा १६ र खुम्बु पासाङल्हामु गाउँपालिकामा ११ जनाको परीक्षण गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार नेचासल्यान गाउँपालिकामा २०, थुलुङ दूधकोशी गाउँपालिकामा तीन, महाकुलुङ गाउँपालिकामा चार जना लिखुपिके गाउँपालिकामा चार र सोताङ गाउँपालिकामा आठजनाको परीक्षण गरिएको छ ।
रोजगार तथा अन्य कामका सिलसिलामा जिल्ला बाहिर गएर फर्किएका नागरिक रहेका छन् । यस्तै वैदेशिक रोजगारीबाट जिल्ला आएका पाँच जनाको पिसिआर टेष्ट गरिएको निमित्त प्रमुख राजवंशीले जानकारी दिए ।
उनका अनुसार उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । थुलुङदूधकोशी गाउँपालिका तीन जना र सोलुदूधकुण्ड नगरपालिकाका–२ जनाको स्वाब परीक्षण गरिएको कार्यालयले जनाएको छ ।
क्वारेन्टाइनमा ३३ जना
जिल्लाको विभिन्न क्षेत्रमा निर्माण गरिएको क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ३३ पुगेको छ । बाहिरी जिल्ला र वैदेशिक रोजगारबाट आएका शङ्कास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका निमित कार्यालय प्रमुख कर्मचन्द्र राजवंशीले जानकारी दिए ।
छिमेकी जिल्ला उदयपुरमा कोरोना सङ्क्रमितको संख््या बढ्दै गएकाले बाहिरी जिल्लाबाट आएकाको अवस्थाबारे कडा निगरानी बढाइएको उहाँको भनाइ छ । शुक्रबारमात्रै उदयपुरबाट सोताङ गाउँपालिका आएका सातजनालाई क्वारेन्टाइनमा राखिएको छ ।
यस्तै लिखुपिके गाउँपालिकामा दुईजना र माप्य दूधकोशी गाउँपालिकामा २४ जनालाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।
जिल्लाको आठ स्थानीय तहले केही दिनअघि मात्रै चार हजार ५०० भन्दा बढी नागरिकको उद्धार गरेर गाउँ ल्याएको छ । विभिन्न कामका लागि जिल्ला बाहिर रहेका नागरिकको उद्धार गरेको स्थानीय तहले शङ्कास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने काम गरेको जनाएको छ ।
बाहिर जिल्लाका नागरिक गाउँ आएपछि यहाँका स्थानीयवासीमा त्रास पैदा भएकाले स्वास्थ्य सुरक्षा सतर्कतामा ध्यान दिइएको महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किराँतीले जानकारी दिए ।
रसियाले शुक्रवार देशमा कोरोना भाइरस संक्रमितको संख्यामा दैनिक वृद्धि देखिएको जनाएको छ।शुक्रवार राष्ट्रव्यापी रुपमा ७ हजार ९ सय ३३ नयाँ संक्रमित प्रमाणित भएसँगै कुल संक्रमित संख्या १ लाख १४ हजार ४ सय ३१ पुगेको रसियाको कोरोनाभाइरस संकट केन्द्रले जनाएको छ।केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा मात्रै संक्रमणका कारण ९६ जनाले ज्यान गुमाएका छन्। योसँगै रसियामा कोरोना भाइरसका कारण मृत्यु हुने संख्या १ हजार १ सय ६९ पुगेको छ। यसैगरी रसियाका प्रधानमन्त्री मिखाइल मिसुस्टिन पछि मन्त्रीपरिषद्का निर्माण मन्त्री भ्लादिमीर याकुशेभलाई पनि कोरोनाको संक्रमण पुष्टि भएको छ। उनका एक प्रतिनिधि भोल्कोभलाई समेत कोरोना भाइरसको संक्रमण भएको मन्त्रालयले जनाएको छ।सुरुमा अन्य देशको तुलनामा थोरैको संख्यामा त्यहाँ कोरोना संक्रमित देखिएका थिए। तर, गत महिनाबाट संक्रमितको संख्या तीव्र गतिमा बढ्न सुरू भयो। यसरी बढेको संख्या बिहीबार १ लाख नाघेको थियो।बढ्दो संक्रमित संख्यालाई ध्यानमा राख्दै राष्ट्रपति पुटिनले कोरोनाको महामारी अझ चुलिन सक्ने चेतावनी दिएका छन्। यसैगरी रसियाका सरकारी अधिकारीहरूले लकडाउन नमानेमा संक्रमण संख्या अझै बढ्ने बताएका छन्।
कैलालीको धनगढीमा एक जना जेसिबी चालक मृत फेला परेका छन्।दाङ जिल्ला भालुवाङ घर भएका अन्दाजी ३१ वर्षीय तिलक बुढामगर आज बिहान मृत फेला परेका हुन्।धनगढी उपमहानगरपालिका- १४ मा रहेको पञ्चोदय माध्यमिक विद्यालयमा उनी मृत फेला परेको प्रहरीले जनाएको छ।काम सकाएर हिजो राति नजिकैको स्कुलमा सुतेका बुढामगर बिहान ८ बजेतिर मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी दक्ष कुमार बस्नेतले बताए।फूलबारी बी गाउँमा माछा पोखरी निर्माण गर्ने जिम्मा लिएको देव सिंह निर्माण सेवा कम्पनीको जेसिबी चलाइरहेका उनी केही दिनयता लकडाउनका कारण नजिकैको विद्यालयमा सुत्दै आएका थिए।उनी सुतेकै अवस्था बिहान मृत फेला परेपछि प्रहरी अनुसन्धान गरिरहेको डिएसपी बस्नेतले बताए।उनले भने, ‘दाङबाट आफन्तहरू आएपछि शव उठाउने काम हुन्छ। घटना के कारणले घट्यो भन्ने विषयमा हामी अनुसन्धान गरिरहेका छौं।’
मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव रहेको छ भने नेपालमा बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु प्रवेश गरिरहेको छ।
यसैगरी, हाल देशको मध्य र पूर्वी भू(भागमा पूर्ण बदली रहि पश्चिमी भू–भागमा आंशिक वदली रहेको छ। देशका पूर्वी भू–भागका केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ सहित वर्षा भइरहेको छ।
यस्तै, शनिबार दिउँसो देशको मध्य र पूर्वी भू–भागका साथै पश्चिमी पहाडी भू–भागमा सामान्य बदली रहि अन्य भू–भागमा आंशिक बदली रहनेछ।
देशका पहाडी भूभागका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना सहित वर्षाको सम्भावना रहेको छ। देशका पश्चिमी र पूर्वी तराईमा हावाहुरीको सम्भावना रहेको छ।
राति, देशको पहाडी भू–भागमा सामान्य बदली तथा पूर्वी तराइ भू–भागमा आंशिक बदली रही वाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पश्चिमी र पूर्वी पहाडी भूभागका केहि स्थानहरुमा र मध्य भू–भागका एक वा दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र असिना सहित वर्षाको सम्भावना रहेको छ ।
आज मिति वैशाख १९ गतेका दिन काठमाण्डौ वडा कायॅलय ३०, ग्यानेशवर र लायन्स कल्व अफ काठमाण्डौ कृयेटिभ युथको संयुक्त आयोजनामा विपन्न ३०० परिवारलाई राहत वितरण भएको छ। वडा कायॅलयका अध्यक्ष दम बहादुर काकीॅ भन्नु हुन्छ अहिले सम्म हजारौको संख्यामा राहत वितरण भइसकेको छ र साथै वहाॅं भन्नु हुन्छ आज भएको राहत वितरणमा लायन्स कल्व अफ काठमाण्डौ कृयेटिभ युथको महत्वपूणॅ भूमिका रहेको थियो। वडा कायॅलयका अध्यक्ष दम बहादुर काकीॅ विशेष गरी लायन्स कल्ब अफ काठमाण्डौ कृयेटिभ युथको उपाध्यक्ष श्याम पर्साद रेग्मीलाई वहाॅंको अमूल्य योग्दानको लागि धन्यवाद दिदै जोन च्येरपरसन गनीका गुरुङ र कल्ब अध्यक्ष अनिल बुजाॅ मगरको नेतित्वलाई सम्मान व्यक्त गनुॅ हुन्छ। कल्बको संस्थापक अध्यक्ष तथा जोन च्येरपरसन गनीका गुरुङ भन्नु हुन्छ आज लायन्स कल्ब अफ काठमाण्डौ कृयेटिभ युथको उपाध्यक्ष श्याम पर्साद रेग्मीको कारण कल्बले विपन्न ३०० परिवारलाई सहयोग गनॅ सफल भएको छ। त्यसैगरी कल्ब अध्यक्ष अनिल बुजाॅ मगर भन्छन् ३० दिन देखि विभिन्न परिवारलाई सहयोग गदैं आइरहेको छौं भोलिका दिनमा पनि विपन्न परिवारलाई सहयोग गर्ने छौं ।





जनकपुरधाम, १९ वैशाख : कोभिड–१९को जोखिमलाई ध्यान दिदैँ यहाँस्थित जानकी मन्दिरमा यसपटक माता जानकीको जन्मोत्सव जन्म संस्कारको विधि र पूजापाठमा मात्र सीमित गरिएको छ । जानकी मन्दिरका सहायक महन्त रामरोशन दासका अनुसार कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै उत्सवका कार्यक्रम स्थगन गरी यसपटक मन्दिरमा जन्म संस्कार विधि एवं पूजापाठ गरी मनाइँदै छ ।
जन्मोत्सवका दिन जानकी मन्दिरमा नौ दिनसम्म बधाइ गीत, प्रवचन, दूधमति स्नान, रामायण प्रदर्शन, जानकी जन्मको विवेचना, छठिहार, गर्भगृहमा अभिषेक र जन्मोत्सव विधि, सोहर (जन्मका बेला गाइने गीत) गङ्गा आरती, दीपोत्सवलगायतका कार्यक्रममा देश–विदेशका हजाराँै साधुसन्त र श्रद्धालुको सहभागितामा हर्षोल्लासपूर्वक मनाइने चलन रहेकामा यसपटक कलश स्थापना गरी दैनिक पूजापाठ मात्र भइरहेको छ ।
जानकीको वैशाख शुक्ल नवमी तिथिमा मिथिलाको पुनौरा भन्ने स्थानमा जन्म भएको जनाइएको छ । त्यसैले यस तिथिलाई जानकी नवमी पनि भनिन्छ ।यस तिथिलाई मिथिलावासी धेरै महत्वपूर्ण ठान्दछन् र यस अवसरमा जनकपुरधामको जानकी मन्दिरमा मात्र होइन, सम्पूर्ण मिथिलाञ्चलमा ठाउँठाउँमा ठूलो धार्मिक मेला लाग्ने गरेकोमा यसपटक सबै कार्यक्रम स्थगन गरिएको छ ।
जानकी मिथिलाको माटोको उपज र उपलब्धि भएकाले उहाँप्रति सबै मिथिलावासी नतमस्तक हुन्छन्, यस अवसरमा हार्दिक धार्मिक भावनाको स्पष्ट प्रकटीकरण देखिन्छन् । उहाँ महिलोचित गुणबाट परिपूर्ण भएकाले आज पनि मिथिलाञ्चलका महिला उनको पदचिह्नको अनुशरण गरेर आफूलाई धन्य ठान्दछन् । यही भावभूमिमा मिथिला क्षेत्रमा एउटा भनाइ छ– गौरी सन भाग आओर सीता सन सोहाग ।
अर्थात् विवाहिता स्त्रीको भाग्य गौरीजस्तो र सौभाग्य जानकीजस्तो हुनु पर्दछ । विवाहित स्त्रीले जानकी नवमीका दिन व्रत गर्ने चलन पनि छ । धार्मिक ग्रन्थहरूमा भूमिबाट उत्पन्न भएका कारण जानकीलाई अन्नपूर्णा स्वरूपा भनिएको छ । जानकीको व्रतले घरमा सुख, समृद्धि, अन्न र वैभव प्राप्ति, धैर्य, विवेक, ज्ञान, ममता, समर्पण उत्पन्न हुने मान्यता रहेको छ ।
जानकीलाई लक्ष्मीको अवतार पनि मानिएको छ । त्यसैले उहाँकै अनुकम्पाले मिथिलावासीहरू सुखी जीवन एवं सम्पन्न जीवन सृष्टिको शुरूदेखि नै व्यतित गर्दै आएको विश्वास पाइन्छ । जनक, जानकी, मिथिला र जनकपुरधाम धेरै ठाउँमा एकाकार र पर्यायवाची रहेको छ, त्यसैले जनकपुरधामको पहिचान जानकी र मिथिलाबाट भएको छ ।
उहाँको मैथिली, सीता, जानकी र सिया पर्यायवाची नामहरू रहेका छन् । उहाँले लोककल्याणका लागि आफ्नो जीवनको आहुति आनन्दपूर्वक दिएकी थिइन् । अतः पण्डित सतानन्दले यसरी लेखेका छन् ः
जानकी स्वयं वेदमाता, जानकी त्रिकोणात्मिका
जानकी विन्दु रूपाच, सर्वविद्या समन्विता
अर्थात् जानकीमै सबै वेद, शास्त्र पुराण रहेको छ र उहाँ मूल प्रकृतिरूपी महाशक्ति हुनुहुन्छ । किंवन्तीअनुसार अनिकालबाट मुक्तिका लागि राजर्षि जनकले पुनौरामा हलेष्टि यज्ञ गर्दा जानकीको जन्म भएको थियो । राष्ट्र कवि माधवप्रसाद घिमिरेले जानकीको जन्म वर्णन गर्दै यसरी लेखेका छन् ः
जन्मिन यहाँ जानकी
मञ्जरीजस्तै धानकी
माण्डवी, कीर्ति, उर्मिला
बहिनी बाल चञ्चला
………………………
लावण्यमयी जानकी
गहुँ र गोरी जानकी
…………………..
अर्पित भइन् राममा
यही हो मेरो मिथिला
धरती शस्यश्यामला
शास्त्रमा सीता शब्दको तात्विक महत्वका सन्दर्भमा सी मा रहेको इकार प्रपञ्च बीज मानिएको छ, त्यही नै माया र विद्यास्वरूप हो । स कार सत्यको नाम हो, यसैबाट अमृत प्राप्ति र सोम हुन् । माताको दोस्रो स्वरूप नारी हो, जो पृथ्वीबाट हलोको क्रममा उत्पन्न भइन् । उनलाई इच्छा, क्रिया, सोम, सूर्य र आगोको शक्ति पनि मानिएको छ ।
जानकीको सौन्दर्य अलौकिक र अवर्णनीय थियो । कवि तुलसीदासका अनुसार जानकीको सौन्दर्य मूर्तिमान साक्षात् शोभालाई पनि माथ गर्ने खालको थियो, मर्यादा पुरूषोत्तम रामको चित्त पनि चञ्चल भएको थियो जब उहाँले अपूर्व सुन्दरी जानकीलाई सर्वप्रथम देखेका थिए ।
यसरी मिथिलाको माटोमा जानकीले जन्म लिनु नै एउटा स्वर्गीय वरदानभन्दा कम होइन । त्यसैले मिथिलाको संस्कृतिमा उहाँको जीवन चरित्र वन्दनीय, स्मरणीय र पूजनीय रहेको छ ।रासस File Photo
नेपालमा दुई जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बाँके र रूपन्देहीमा दुई जना कोरोना संक्रमित भेटिएका हुन्।
नयाँ भेटिएका दुबै संक्रमित पुरूष हुन्।
रोल्पाका ४ बालबालिकाको मृत्युमा महासंघको गम्भिर ध्यानाकर्षण
काठमाडौं, १९ वैशाख- बेवारीसे अबस्थामा जंगलमा छोडिएको बमलाई खेलौना सम्झेर खेलाउदा बम विस्फोट भई रोल्पामा ४ जना बालबालिकाहरुको मृत्यू हुन गएको भन्दै बालबालिकाको निमित्त गैर सरकारी संस्था महासंघ नेपालले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बैशाख १८ गते विहिवार राती प्रेस बिज्ञप्ती जारी गर्दै महासंघले घटना उपर छानबिन गरि यथार्थ विवरण सार्वजनिक गर्न, दोशीलाई कार्वाही गर्न, मृतक बालबालिकाको परिवारलाई क्षतिपुर्ती दिलाउन, बेवारिसे बमहरु निस्कृय पार्न राज्य समक्ष जोडदार माग राखेको छ । त्यसो त महासंघका अध्यक्ष मनोज कुमार कँडेलले भनेका छन् 'जुनयुद्धको नाम सिर्जिएको यस प्रकारको मान्छेहरु मर्ने खेलको जिम्मा प्रचण्ड बाबुराम र हाल माओबादीको राम्रो नराम्रो सबै पक्षको जिम्मा दिएकोले नेकपाले लिनुपर्छ र बालबालिकाको निमित्त गैर सरकारी संस्था महासंघको यसका लागि जोडदार माग राख्दछ' ।
बालबालिकाको निमित्त गैर सरकारी संस्था महासंघ नेपालद्वारा जारी प्रेस विज्ञप्ती-
प्रेस विज्ञप्ती
रोल्पामा ४ बालबालिकाको मृत्यु दुखद घटना महासंघको गम्भिर ध्यानाकर्षण
सर्बप्रथम रोल्पाको त्रिबेणी गाउँपालीकाको वडा न.ं ७ मा बेवारसे भनिएको बम बिस्फोट पश्चात ज्यान गुमाउन पुगेका सम्पूर्ण ४ जना बालबालिका प्रति हार्दिक श्रद्धान्जिली अर्पण गर्दछु र ति बालबालिकाको शोकाकुल परिबार प्रति धर्यधारन गर्ने शक्ती मिलोस भागवानसँग प्रार्थना गर्दछु ।
बेवारीसे अबस्थामा जंगलमा छोडिएको बमलाई खेलौना सम्झेर खेलाउदा बम विस्फोट भई ४ जना बालबालिकाहरुको मृत्यू हुन गएको यो घटना प्रति बालबालिकाको निमित्त गैर सरकारी संस्था महासंघ नेपालको गम्भिर ध्यानाकर्षण भएको छ । नेपाल सरकारलाई यस महासघ निम्नानुसार गर्न गराउनको लागी हार्दिक अनुरोध गर्दछु ।
१) यस सम्बन्धमा यथार्थता छानविन गरि राज्यको तर्फबाट यथार्थ विवरण जारी गर्न अनुरोध गर्दछु ।
२) कोरोनाको महामारीमा पिडित अबस्थामा रहेका ति ४ बालबालिकाको परिबारलाई बालबालिकाको काजकृयाको लागी आबश्यक आर्थिक सहयोग उपलब्ध गराउन अनुरोध गर्दछु ।
३) विगत १० बर्षे कथित जनयुद्धको दौरान वेवारीसे फालिएका बिस्फोटक पर्दाथहरुलाई खोजविन गर्ने र तिनीहरुलाई निश्क्रिय बनाउने कार्यलाई तिब्रता दिइयोस । यस्तो अबस्था फेरी फेरी नदोहोरीनको लागी राज्य पूर्ण सचेत र सजक रहन अनुरोध गर्दछु ।
अध्यक्ष
मनोज कुमार कँडेल
बालबालिकाको निमित्त गैर सरकारी संस्था महासंघ नेपाल
बैशाख १८, २०७७