social
||Power News Asia||

आजको समाचार

टोखा र बुढानिलकण्ठमा तीन संक्रमित थपिए, उपत्यकामा लकडाउन कडा

सामाजिक


काठमाडौं, १२ जेठ । काठमाडौं उपत्यकामा कोरोना भाइरसका संक्रमित दिनहुँ बढिरहेका छन् । आज विहान ७२ जना नयाँ संक्रमित थपिएकामा काठमाडौंका तीनजना छन् ।

संक्रमितमध्ये टोखाका २ र बुढानिलकण्ठका एकजना छन् । तीनैजना पुरुष हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार तीनै जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा छन् । आज थपिएकासहित काठमाडौंमा १२ जना संक्रमित भइसकेका छन् । ४ जना डिस्चार्ज भइसकेका छन् ।

उपत्यकामा दिनहुँ संक्रमित बढ्न थालेपछि लकडाउन कडाई गरिएको छ । संक्रमितको सम्पर्कमा आएका घर र क्षेत्र शिल्ड गरिएको छ ।

संक्रमितको विवरण

१. काठमाडौं टोखा ३ का २७ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
२. काठमाडौं टोखा ६ का ४१ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
३.काठमाडौं बुढानिलकण्ठ ३ का ३७ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको

पहिलो पटक मस्जिद सुनसान

सामाजिक


दमौली, १२ जेठ : मुस्लिम धर्मावलम्बीको महान चाड इद उल–फित्रको अवसरमा मस्जिदमा मुस्लिम समुदायको ठूलो भीडभाड हुन्थ्यो । उक्त दिन मस्जिदमा भेला भई सामूहिक नमाज पढ्ने, शुभकामना आदानप्रदान गर्नेलगायतका कार्य हुन्थे तर यस वर्षको इद उल–फित्रको अवसरमा मुस्लिम धर्मावलम्बी मस्जिदमा भेला हुँदैनन्, उनीहरुले घरघरमै इद उल–फित्र मनाउने तयारी गरेका छन् ।

कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि बन्दाबन्दी लागू गरिएपछि मस्जिद विगत दुई महिनादेखि बन्द छ । कोरोनाका त्रासका कारण यस वर्षको इद उल–फित्रको विशेष कार्यक्रम मस्जिदमा स्थगित गरिएको दमौली मुस्लिम अन्जुमन कमिटीका सचिव मन्सुर अहमदले जानकारी दिनुभयो ।

“यस पर्वको अवसरमा आज मस्जिदमा विशेष कार्यक्रम हुन्थ्यो तर यो वर्ष कोरोनाका कारण मस्जिदमा कार्यक्रम हुने छैन”, अहमदले भन्नुभयो । उहाँका अनुसार विगत दुई महिनादेखि नै मुस्लिम समुदायले घरघरमा नै नमाज पढिरहेका छन् ।

इद उल–फित्रको अन्तिम दिन सामूहिक पाठ, एकापसमा गला मिलेर शुभकामना आदानप्रदान गर्ने परम्परा रहे पनि कोरोनाका कारण अहिले विगतको जस्तो रमझम नभएको मुस्लिम अगुवा एवं सञ्चारकर्मी गोरा मियाँले जानकारी दिनुभयो । “कोरोनाका कारण अहिले चाडजस्तै लागेको छैन”, उहाँले भन्नुभयो, “तैपनि घरपरिवारमै रमाइलो गरी पर्व मनाउने तयारी गरेका छौँ ।”

विगतका वर्षहरुमा यो पर्वको अवसरमा दमौलीका मस्जिदमा करिब ८०० मुस्लिम समुदाय भेटघाट भएर रमाइलो गर्दथे । “मैले मेरो जीवनकालमा पहिलो पटक यस्तो अवस्था भोग्दैछु”, मियाँले भन्नुभयो । मस्जिदमा दैनिक पाँच पटक नमाज पढ्ने गरिन्थ्यो । अन्य दिनमा दैनिक २०–२५ जनाले मात्रै मस्जिदमा गएर नमाज पढ्ने गर्दथे भने हरेक शुक्रबार ७०० भन्दा बढीले मस्जिदमा नमाज पढ्ने गर्दथे ।रासस File photo

संक्रमण भेटिएपछि ठमेल क्षेत्र सिल

सामाजिक


काठमाडौं, जेठ १२ । एकजना पुरुषमा कोरोना संक्रमण भेटिएपछि ठमेल क्षेत्र सिल गरिएको छ । दुई महिना अघि अष्टेलियाबाट आएका ६९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । काठमाडौं महानगरपालिका वडा नम्वर–१६ को खुशिँबु टाउनप्लानिङ निष्कने कालधारा मार्ग सिल गरिएको हो ।उनको श्रीमतीमा भने संक्रमण देखिएको छैन । वडा जनप्रतिनिधिको आग्रहपछि स्वास्थ्य परिक्षण गर्न टेकु पुगेका श्रीमान र श्रीमती मध्ये ती पुरुषमा आइतवार कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको हो ।

भरुवा बन्दुक पड्किँदा बालकको मृत्यु

सामाजिक


काठमाडौँ, १२ जेठ । सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ किप्चेका आठ वर्षीय बालक आयुष स्याङ्बो तामाङको भरुवा बन्दुक पड्किँदा ज्यान गएको छ ।

आइतबार दिउँसो सोही ठाउँका अर्का १२ वर्षका बालकले आफ्नै घरमा लोड गरिराखेको भरुवा बन्दुक झिकी घरको पिँढीमा सँगै खेल्ने क्रममा अचानक भरुवा बन्दुक पड्किन गई स्याङ्बोको घटनास्थलमै मृत्यु भएको हो ।

उनको पेटमा गोली लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिएका छन् । (रासस)

सङ्क्रमित भेटिएपछि रोकियो जोरपाटी–सुन्दरीजल सडक विस्तारको काम

सामाजिक


काठमाडौँ, १२ जेठ : गोकर्णेश्वर नगरपालिका–४ मा कोरोना सङ्क्रमित भेटिएपछि जोरपाटी–सुन्दरीजल सडक विस्तारको काम रोकिएको छ । बन्दाबन्दीको एक महिनापछि सुरक्षा विधि अपनाएर पुनः शुरु भएको सडक निर्माण अर्थ मन्त्रालयअन्तर्गत भैरहवा भन्सार कार्यालयमा हलुका सवारी चालक पदमा कार्यरत ५८ वर्षीय स्थानीयवासीमा कोरोना पुष्टि भएपछि नगरपालिकाको वडा नं ४ सिल गरिएकाले रोकिएको हो । सङ्क्रमितसँग सम्पर्कमा आएकाको ट्रेसिङ गरी परीक्षण नगरेसम्म वडा नं ४ मा सडक बिस्तारको काम नगरिने वडाध्यक्ष श्रीकुमार श्रेष्ठले बताउनुभयो ।

यही जेठ ६ गते नगरवासीमा कोरोना पुष्टि भएपछि धेरै ठाउँमा भइरहेको काम रोकिएको हो । वडा नं १ को केही भागमा भने पर्खाल लगाउने काम भइरहेको छ । गत आर्थिक वर्षमै सक्ने गरी विसं २०७२ मै ठेक्का भएको सात किमी सडक दायाँबायाँ घर भएका स्थानीयवासीले विरोध गरेपछि बिस्तार हुन सकेको थिएन । केन्द्रविन्दुबाट दायाँबायाँ ११÷११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले गरेको थियो ।

सात किमीको दूरीमा पर्ने करिब ९०० घरका धनीले ठेक्काअनुसार विस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि घर भएको स्थानमा केन्द्रविन्दुबाट दायाँबायाँ सात÷सात मिटर विस्तार गर्ने, सार्वजनिक जग्गा भएका स्थानमा भने ११÷११ मिटर नै विस्तार गर्ने सहमति भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताउनुभयो ।

सहमतिसँगै चालु आर्थिक वर्षको अन्त्यसम्म काम सक्ने गरी रु ५८ करोड लागतमा भइरहेको काम नसकिने भएको छ । बन्दाबन्दीका क्रममा सडकमा पर्ने रुख हटाइए पनि विद्युत्को पोल, तारलगायत संरचना हटेको छैन । सडकको काम नसकिँदा यस वर्ष पनि वर्षाद्का समयमा हिलो र हिउँदमा धुलोमा यात्रा गर्न बाध्य हुनुपर्ने अवस्था आएको स्थानीयवासी श्याम तामाङले गुनासो गर्नुभयो ।रासस File Photo

जन्मदिनमा सापकोटाले गरे बृद्धाआश्रमलाई सहयोग

सामाजिक


हेटौंडाका समाजसेवी युवा व्यवसायी तथा आई एम इ लाईफ ईन्सुरेन्स हेटौडाका वरिष्ठ एजेन्सी म्यानेजर योग्यराज सापकोटाले आफनो जन्मदिनको अवसरमा हेटौंडा १ चौकीटोलमा रहेको बृद्धाआश्रमलाई ५ हजार  ५ सय ५५ नगद तथा केही खाद्यान्न सहयोग गरेकाछन्, ।

बिहिबार परेको जन्मदिनमा चौकीटोल पुगेर वडा अध्यक्ष सबिन न्यौपानेको समन्वयमा सापकोटाले सहयोग गरेकाहुन्, । उनी बृद्धाआश्रमको आजिवन सदस्य समेत बनेकाछन्, । आगामी दिनमा आश्रमका लागी अन्य सहयोग गर्न आफु तयार रहेको सापकोटाले बताए । बृद्धाआश्रममा ३५ जना बृद्धबृद्धाहरुले आश्रय लिएर बसिरहेका छन्, ।

News Copy From :-सिधाखबर

७५ घरपरिवारलाई राहत वितरण

सामाजिक


काठमाडौं।कोराना भाईरस संक्रमण त्रासका कारण बिहान बेलुकी छाक टार्न गार्‍हो परिरहेका अवस्था लकडाउनका कारण भोकभाकै बन्न थालेका हरुका लागि युवा समाजसेवी सुमन्त झा को बिशेष पहलमा बुढानिलकण्ठ नगरपालिका वडा नंबर ३ का मनकारी दाताहरु समिप गुरुङ,शान्तराज गुरुङ र नवोदिता गुरुङको सहयोगवाट डिजिटल खबर डटकम र न्यूजलाइन्स नेपाल डटकम को सहकार्यमा कोरोना प्रभावित परिवारलाई राहत वितरण भएको छ।
काठमाडौंको बसोबास गरिरहेका अति बिपन्न समस्यामा परेका अपाङ्गता,असाय,गरिब,बिपन्न तथा दैनिक ज्याला मजदुरी गरेर खाने परिवारहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ।
७५ घरपरिवारलाई आफूहरुले राहत वितरण गरेको आयोजक मध्येका एक डिजिटल खवर डटकमका सञ्चारकर्मी जीवन शर्माका अनुसार कालिमाटी सोल्टीमोडस्थित आमाघरमा आश्रित ३५ जना बृद्धाआमाहरुका अलावा बालाजु गोगंबु, सुकेधारा तथा भक्तपुर लोकन्थलीमा रहेका अपाङ्ग तथा विपन्न वर्गलाई राहत प्रदान गरिएको बताए।
७५ घरपरिवारलाई मनकारी गुरुङ परिवारको सहयोगवाट राहत उपलव्ध गराउने कार्यमा भिजन संसार डटकमका सम्पादक श्याम स्मृत,स्वर्गिय राजा बीरेन्द्र शान्ति प्रतिष्ठानका अध्यक्ष शिवहरि खनाल समाजसेवी नबिना खड्का ,नामी साप्ताहिकका नारायण देवान तथा अपाङ्ग मैत्री नेपालका अध्यक्ष काजिलाल श्रेष्ठ को सहभागिता रहेको थियो।
बितरण सामाग्री हरूमा आमा घरको लागि चामल १५० केजी ,दाल १० केजि,तेल, १ काटुन आलु १० धानी,चिउरा १०केजी ,नुन १० केजी १० पाकेट म्सयाैरा रहेको छ।
अन्य परिवारलाई चामल १५ केजी,दाल २ केजि,नुन एक पाकेट,तेल म्सयोरा ,चिउरा लगाएत दैनिकी सामाग्री हरू रहेको थियो ।

यी लक्षण भएका स्त्रीसंग विवाह गर्दा भाग्य चम्कने

सामाजिक


संसारकमा दुई किसिमका मान्छेहरु हुन्छन् । एकथरी मानिस आफ्नो जन्म र भाग्यले सफल हुन्छन् भने अर्को थरी मान्छेहरु दुखी,अभागी र अविछिन्न हुन्छन् । तर त्यो जीवनमा अर्को जीवन जोडिन आउँछ त्यसपछि उनको जीव चम्किन थाल्छ । जुन पुरुषको जीवमा आउने कन्याले लक्ष्मी लिएर आउँछन् । कस्ता कन्या हुन त चाँहे मागी विवाह होस् या प्रेम विवाह होस् ।

जीवनमा विवाह एक पटक गरिन्छ । जीवन चलाउन सहज पार्नका बनाउनका लागि । विवाह गर्दा ख्याल निम्न कुरालाई अबलम्वन गरे जीवन सार्थक हुनेछ ।

१.कान तथा ओठमा कोठी छ भने त्यस्ता कन्या भाग्यमानी र लक्ष्णका हुन्छन् । त्यस्ता कन्यासँग विवाह गर्नु उत्तम हुने शास्त्रले जनाएको छ ।

२. पैतालाको बुढी औँला गोलो,उठेको तथा मोटो छ भने त्यस्ता कन्या शुभ हुन्छिन् ।

३. यदि कन्याको हात औँला लामो छ भने पनि त्यसलाई शास्त्रले शुभ मानेको छ । त्यसैगरी कन्याको नाभी गहिरो छ त्यस्ता कन्या लक्ष्मीको रुप हुन्छन् भन्ने पहिलेदेखिको चलन छ । जोसँग विवाह गर्दा पुरुषको भाग्य चम्कन्छ ।

४. हात र नङ पातलो छ भने त्यस्ता कन्या धेरै भाग्यमानी हुन्छन् ।

५.त्यसैगरी आँखाको तल्लो भाग हल्का सेतो र कान रातो छ भने त्यस्ता कन्यासँग विवाह गर्नु शुभ मानिन्छ ।

६. कन्याको पैताला समतल छ भने त्यस्ता कन्याले जहाँ टेक्यो त्यहाँ लक्ष्मी लिएर आउँछन् ।

७. यदि कुनै स्त्रीको शिर अगाडी आएको छ भने पनि त्यसलाई शुभ मानिन्छ । निधारको वीच भागमा कोठी छ भने अत्यन्त शुभ मानिन्छ ।

८. समुन्द्र शास्त्रका अनुसार चिल्लो तथा रातो जिब्रो भएकी कन्या पनि पुरुषका लागि भाग्यशाली हुन्छिन् ।

९. कन्याको छोटो गर्धन पनि शुभ र भाग्यशाली हुन्छ ।

-धार्मिक ग्रन्थको सहयोगमा

नेपाली कांग्रेस महासमिति सदस्य बिमल ठकुरीद्वारा खाद्यान्न सहयोग

सामाजिक


काठमाडौं / नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का महासमिति सदस्य बिमल ठकुरीले गोकर्णेश्वर नगरपालिका वडा ३ तारेभिरका लकडाउन प्रभावित बिपन्न परिवारलाई खाद्यन्न सहयोग गरेको छ।

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम गर्न लागु गरिएको लक डाउनका कारण बिपन्न एकल महिला, वृद्ध थप संकटमा परेका पीडितका लागि ४५ बोर चामल सहयोग गरिएको थियो ।

सो कार्यक्रममा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का महासमिति सदस्य बिमल ठकुरी, नेपाली कांग्रेस काठमाडौं जिल्ला सदस्य भावना ठकुरी , नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ क्षेत्रीय कोषाध्यक्ष किरण केसी, गोकर्णेश्वर नगरपालिका प्रबक्ता तथा वडा ८ का अध्यक्ष मनोज कुमार ढुंगाना, गोकर्णेश्वर नगरपालिका वडा ३ का इकाई सभापति किरण बहादुर बिस्ट, गोकर्णेश्वर नगरपालिका वडा ८ का इकाइ कोषाध्यक्ष कृष्ण प्रसाद नेपाल, गोकर्णेश्वर नगरपालिका वडा ३ वडा सदस्य लक्ष्मण गोले, समाज सेवी श्याम श्रेष्ठ, गोकर्णेश्वर नगरपालिका सहकारी बिभाग संयोजक लक्ष्युमण चौलागाईं , समाज सेवी कृष्ण कुमार चालिसे लगायत स्थानीयको उपस्थितिमा सामाजिक दुरी कायम गरि खाद्यान्न सामाग्री वितरण गरिएको थिए।

त्यस्तै आज गोकर्णेश्वर नगरपालिका वडा २ नयांपाटीमा नेपाली कांग्रेसका महासमिति सदस्य बिमल ठकुरीले गोकर्णेश्वर नगरपालिका वडा २ का इकाई सभापति प्रेम प्रसाद श्रेष्ठलाई  लक डाउनका कारण विपन्न, अशक्त, असह्य, ज्यालादारी मजदुर थप संकटमा परेका पीडितका लागि २२ बोर चामल सहयोग गरिएको छ।

सो हस्तान्तरण कार्यक्रममा समाज सेवी सुदिप पण्डित , दिपेन्द्र लामालाई लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

गोकर्णेश्वर नगरपालिका वडा २ का इकाई सभापति प्रेम प्रसादले यस विषम परिस्थितिमा सहयोग गरेकोमा नेपाली कांग्रेसका महासमिति सदस्य बिमल ठकुरीलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका थिए ।

यस अघि पनि उनले आफ्नो बुवा स्व. चक्र बहादुर ठकुरीको पाँचौ स्मृतिको अवसर पारेर काठमाडौंका बिभिन्न बिभिन्न स्थानमा लक डाउनका कारण समस्यामा परेका सबै खाले वर्गका लागि व्यवस्थित तथा सुरक्षित तरिकाले विहान बेलुका निशुल्क खाना खुवाउने अभियानलाइ  सहयोग गर्दै खाद्यान्न लगायतको सामग्री सहयोग गरेका थिए। उनले सोहि  अभियानलाइ जारी राख्दै बिहिबार  गोकर्णेश्वर नगरपालिका वडा ३ तारेभिर र गोकर्णेश्वर नगरपालिका वडा २ नयांपाटी गरी ६६ बोर चामल वडा संगको समन्वयमा खाद्यान्न सहयोग गरेका हुन् ।

एक महिना अघिसम्म भीम रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोनाको संक्रमण

सामाजिक


भक्तपुरमा हिजो भेटिएका कोरोना संक्रमित एक युवक महिना अघिसम्म नेता भीम रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मी भएको खुलेको छ।

भक्तपुरमा भेटिएका ती २७ वर्षीय पुरुष सशस्त्र प्रहरीमा कार्यरत सुरक्षाकर्मी हुन्।

चाँगुनारायण नगरपालिकाका अनुसार रामेछाप घर भएका उनी सशस्त्र प्रहरीका सुरक्षाकर्मी रहेको र अस्थायी रुपमा दुवाकोटमा बस्दै आएका थिए। 

'उनी मेरो सुरक्षामा एक महिना अघि देखि छैनन्, घरमा श्रीमती बिरामी परेपछि जानकारी गराएर छुट्टीमा गएका थिए', रावलले सेतोपाटीसँग भने।

युवकलाई हिजै टेकु अस्पताल भर्ना गरिएको छ। युवकबारे थप विवरण लिने काम भइरहेको छ।

संसद सुरू हुनु गरिएको स्वाब परीक्षणमा नेता रावल लगायतको परीक्षण नतिजा नेगेटिभ आएको थियो।