social
||Power News Asia||

आजको समाचार

युवा सेफ ढकाल विश्वप्रसिद्ध बेस्ट अफ ग्यास्ट्रोनोमीक कन्ट्री एम्बास्डरमा चयन

सामाजिक


काठमाडौ, ३० वैशाख -नेपाली युवा महेश ढकालले विश्वप्रसिद्ध बेस्ट अफ ग्यास्ट्रोनोमीक कन्ट्री एम्बास्डर अवार्ड् प्राप्त गरेका छन् ।                       
हस्पिटालिटी क्षेत्रमा विगत १ दशक देखि संलग्न रहँदै आएका उनी विश्वका हस्पिटालिटी क्षेत्रमा कार्यरत सेफहरुलाई दिइने गरेको उच्च पद बेस्ट अफ ग्यास्ट्रोनोमीको कन्ट्री एम्बास्डर उपाधि नेपालवाट पनि चयन भएका छन्।


फ्रान्स स्थित बेस्ट अफ ग्यास्ट्रोनोमीको मुख्यालयले नेपालका मास्टर सेफ महेशराज ढकाललाई कन्ट्री एम्बासडर चयन गरेको हो । विश्वभरका १ सय देशबाट सर्वोत्कृष्ट सेफहरु   चयन गर्ने क्रममा ढकाल नेपालवाट चयन भएका हुन। यस संस्थामा नेपालबाट मास्टर सेफ ढकालसहित अन्य १५ जना नेपाली सेफहरु विभिन्न देशवाट आवद्ध भैसकेका छन्। र अरु सेफहरु पनि यसमा आवद्ध हुने क्रम   जारी छ।


हस्पिटालिटी क्षेत्रमा अत्यन्त सम्मानित उपाधि पाउने मास्टर सेफ महेशराज ढकाल र अन्य सेफहरुले प्रस्तुत गरेको नेपाली खानाको रेसिपी इन्टरनेशनल कुकबुकमा अव प्रकाशित हुने भएको छ। जसवाट नेपाली खानाको स्वाद र परिकार विश्वभर व्यापक चिनाउने कार्यमा मास्टर सेफ महेशराज ढकालको योगदान रहने भएको छ।

पत्रकारितामा स्नातक सक्दासम्म सेफ हुन्छु भन्ने सोचेकै थिएनन  नेपालकै ख्यातिप्राप्त सेफ महेश ढकालले ।    शिक्षक हुने सोच थियो । जीविकाकै विकल्प बुन्दै गर्दा सेफको एकवर्षे डिप्लोमा कोर्स सकेँ काम त रमाइलो लाग्यो र हौस्याउने व्यक्तिहरूले गर्दा दृढ भएर लाग्न पनि थप प्रेरणा मिल्यो' मास्टर सेफ ढकालले भने ।               
           
काठमाडौँको होटल र्‍याडिसनमा इन्टर्न गरेर अबुधाबीको भिसरी होटल ग्रुप, दुबईको जे डब्लु मेरिअट, अफ्रिकी देश सेसिलसको होटल हिल्टन र काजकिस्तानको रिच कार्लटनमा काम गरिसकेका ढकालले विदेशका विभिन्न भेगमा काम गरि  मानिसका स्वादका अनेक मनोविज्ञान बटुलेका छन् ।                

नेपालका पाँचतारे  सांगिला होटल का सबैभन्दा कान्छा एक्जुकेटिभ सेफसमेत रहेर ४ बर्ष  र नगरकोटको तारे होटल मिस्टिक माउण्टेनमा कुलिनरी डाइरेक्टर पदमा कार्यरत बनेका महेशराज ढकाल हाल अष्ट्रेलियामा रहेका छन्। वर्ल्ड हस्पिटालिटी अवार्ड–२०१५ बाट पुरस्कृत  भएका उनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित पनि भएका छन् ।

नेपाली कांग्रेस काठमाडौं जिल्ला सदस्य तथा समाजसेवी भावना ठकुरीद्वारा भोजन सहयोग

सामाजिक


काठमाडौं / गोकर्णेश्वर नगरपालिका–८ को पहलमा लकडाउन प्रभावित दैनिक ज्यालादारी गर्ने मजदुर, गरिब, तथा विपन्न परिवारलाई नेपाली कांग्रेस काठमाडौं जिल्ला सदस्य तथा समाजसेवी भावना ठकुरीले बेलुकाको भोजनको लागि सहयोग गर्नु भएको थियो।

विश्वभर फैलिएको कोरोना रोगको महामारीको समयमा सरकारले जारी राखेको लकडाउनको समयमा दैनिक ज्याला मजदुरी गरि जिविकोपार्जन गर्ने, विहान कमाएर बेलुका हातमुख जोर्ने मजदुर, कामदार, अति गरिब विपन्न समुदायहरुको जसको घर परिवार अहिले खाद्यन्नको अभावका चुलो बाल्न मुश्किल भएको बेला यसरी निःशुल्क भोजनको प्रबन्ध सराहनिय भएको वडा अध्यक्ष ढुंगानाले बताउनुभयो ।

उहाँले यस्तो परिस्थितीमा सरकारले जारी राखेको लक डाउनलाई यस निःशुल्क भोजनको प्रबन्ध झन प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै निःशुल्क भोजनको प्रबन्ध गर्ने समाज सेवी भावना ठकुरी र वहाँको सपरिवारलाई धन्यवाद दिनु भएको छ ।

उनले गोकर्णेश्वर नगरपालिका वडा नं ८ को बिभिन् स्थानमा निःशुल्क भोजन शिविर स्थागित भएको जानकारी गराए। सो अभियानमा सहयोग गर्नु सहयोगी दाताहरु स्वयं सेवकहरुलाइ धन्यवाद दिएका छन् ।

अलपत्र नागरिकलाई तत्काल फिर्ता ल्याउन निर्देशन

सामाजिक


काठमाडौं, बैशाख २७ । प्रतिनिधिसभा संसद्को उद्योग तथा श्रम र उपभोक्ता तथा आपूर्ति समितिले वैदेशिक रोजगारीमा अलपत्र परेका कामदार तत्काल फिर्ता ल्याउन सरकारलाई निर्देशन दिएको छ।

समितिको शुक्रबार सम्पन्न बैठकले अलपत्र परेका कामदारलाई उद्दार गर्न सरकारलाई निर्देशन दिएको समितिका सभापति विमल श्रीवास्तवले बताए।

उनका अनुसार विदेशबाट आउन चाहने सबै नेपालीलाई यथाशीघ्र ल्याउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिइएको हो। सभापति श्रीवास्तवका अनुसार समस्यामा परेका कामदारलाई तत्काल उद्दार गरी नेपालका विभिन्न भागमा सुरक्षितरूपमा क्वारेन्टाइनमा राख्न सरकारलाई निर्देशन दिइएको आजको अन्नपूर्ण पोष्ट्मा खवर छ ।

आज विश्व रेडक्रस तथा रेडक्रिसेण्ट दिवस

सामाजिक


काठमाडौं, मई ८, २०२०
आज विश्व रेडक्रस तथा रेडक्रिसेण्ट दिवस । रेडक्रसका संस्थापक जँ हेनरी ड्युनाको १९२ औं जन्म दिवसका अवसरमा विश्व स्तरमा मनाइदै आएका यो दिवस नेपालमा पनि कोभिड तथा बन्दाबन्दीको समयमा अग्रपंतिमा रही सेवा गर्ने सम्पूर्ण स्वयंसेवक तथा कर्मचारीहरुलाई लक्षित गरी सम्मानपूर्वक ताली बजाउनुहोस्  #KeepClapping भन्ने मूल नाराका देशभरि विविध गतिविधिको आयोजना गरी मनाईंदैछ ।

विश्वका जुनसुकै ठाउँमा रहेर रेडक्रसका १ करोड ३७ लाख स्वयंसेवकहरुले कोभिड १९ पूर्वतयारी र प्रतिकार्य लगायत गरिआएका विविध मानवीय सेवालाई स्मरण गर्ने र उनीहरुको साहस बढाउने अवसरको रूपमा लिइएको यस दिवसमा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापा, नेपाल स्थित रेडक्रसको अन्तर्राष्ट्रिय महासंघको कार्यालय प्रमुख हर्भे गाजेउ (Herve Gazeau)  र रेडक्रसको अन्तर्राष्ट्रिय समितिको नेपाल मिसन प्रमुख श्री जेरोम इम्स्टेम्फ (Jerome Imsepf) ले ऐक्यवद्धता स्वरुप आज  दिनुभएको संयुक्त भिडियो शन्देशमा  कोभिड १९ परिस्थितिमा अग्रपंतिमा रही त्रासदीपूर्ण बेलामा पनि विश्वभरमा सहयोग दिने समुदायका अगुवाहरु, रक्तसञ्चार सेवामा कार्यरत प्राविधिक र स्वयंसेवकहरु, रक्तदाताहरु लगायत नेपालभरीका सम्पूर्ण रेडक्रसकर्मीहरुलाई ताली बजाएर हार्दिक धन्यबाद र आभार व्यक्त गर्नुभएको छ । 


नेपालमा  भीड नगरी फरक तरिकाले यो दिवस मनाइने कार्यक्रम छ । यस अवसरमा अग्रपंतिमा रही सेवा गर्ने कर्मचारी र स्वयंसेकहरुको सम्मान स्वरुप सामाजिक सञ्जालमा तालीको संकेत दिने, स्वयंसेवक र कर्मचारीहरुको अनुभवका कथाहरु पोष्ट गर्ने, नेतृत्वको शन्देश प्रसारण गर्ने तथा अग्रपंतिमा कार्यगर्ने संघ संस्थालाई धन्यवाद दिने, कतिपय अस्पतालका विरामीहरुलाई फलफुल वितरण जस्ता गतिविधिहरु देशभरी सञ्चालन भैरहेका छन् । नेपाल रेडक्रसले ताली बजाउनुहोस्  #KeepClapping  विषयमा आयोजना गरेको फोटो प्रतियोगितामा अहिलेसम्म २०० वढी तस्वीरहरु प्राप्त भएका नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो ः रेडक्रसकर्मीहरूले ताली बजाएको छोटो भिडियो र उत्कृष्ट कार्यहरूको कथा विविध सञ्जालमार्फत् आइरहेका छन् र रेडियोबाट अनुभवका कथाहरु प्रसारण गरिएका छन् ।

रेडक्रसको संगठन अहिले १९२ देशमा फैलिएको छ  र अहिले स्थानीय साझेदारहरुको सहयोगमा कोभिडको पूर्वतयारी र प्रतिकार्यमा साझा अवधारणा बनाई रेडक्रस अभियानका अंगहरु अघि बढिरहेका छन् ।  


नेपालको साझा अवधारणापत्रमा भनिएको छ ः  यो आपत्कालीन परिस्थितिमा सरकारले मात्र महामारी रोक्न नसक्ने हुँदा यसमा सबैको अर्थात् व्यक्ति, समुदाय, संस्था, सरकार तथा दाताहरू सम्पूर्णको ऐक्यबद्धता तथा सक्रियता आवश्यक हुन्छ । नेपाल रेडक्रसको अगुवाईमा सञ्चालन हुने कोभिड गतिविधिमा समुदायहरूमा ५ मुख्य सेवा कार्यक्रम समेटिएका छन् । जस अनुसार स्वास्थ्य तथा सेवा, पानी, सरसफाइ तथा स्वच्छता, जोखिमका बारेमा सञ्चार÷सामुदायिक संलग्नता तथा जवाफदेहिता, संरक्षण, लैंगिकता र समावेशीकरण र आवास तथा सहयोग कार्यक्रम सञ्चालन हुनेछन् । 


अहिलेसम्म नेपाल रेडक्रसमार्फत भएको कोभिड प्रतिकार्य गतिविधि अन्तरर्गत २ लाख ४६ हजार मानिसलाई व्यक्तिगत शुरक्षा सामग्री वितरण, २७४ जनालाई मनोबैज्ञानिक सहयोग, २४२ एम्बुलेन्स सञ्चालन, ६ हजार २ सय ५० जनालाई हातधुने कक्षा सञ्चालन भएका छन् । त्यस्तै क्वारेन्टाइन सहयोग अन्तरगत ८ हजार ८ सय ८६ कम्बल, एकहजार एक सय चवालीस त्रिपाल र ३ सय ४४ टेन्ट, २ हजार ५ सय २५ झुल वितरण गरिएको छ । ७ सय १९ तन्ना र एकहजार पाँचसय पन्चानव्वे गुन्द्री उपलव्ध गराइएको छ । निशुल्क कल सेन्टर ११३० सञ्चालनमा ल्याइएको छ र १२६ अंक रेडियो कार्यक्रम बजाइएको छ ।  

भारतमा कोरोनाबाट १७ सय बढीको मृत्यु

सामाजिक


काठमाडौं,बैशाख २५ । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या भारतमासमेत बढ्दै गएको देखिन्छ। भारतिय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट एक हजार सात सय ८५ जनाको मृृत्यु भइसकेको छ।

त्यस्तै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५२ हजार नौ सय ८७ पुगेको छ। कोरोनाबाट संक्रमित भएका १५ हजार तीन सय ३१ जना भने उपचारपछि निको भएका छन्।

समाजसेवी बरदान चालिसे द्वारा मध्यम बर्गलाई राहत सहयोग

सामाजिक


काठमाडौं। कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणको लागि नेपालमा लकडाउन भएको पनि आज बुधवार ४४ दिन पुगेको छ। ४४ दिनसम्म पुग्दा धेरैजनाको रोजगार गुमेको छ। धेरैको हालत बेहाल भैसकेको छ। विपन्न वर्गलाई सरकारले राहत दिएर सहयोग गर्ने कार्य भैरहेको छ। तलपनि जान नसक्ने र माथि पनि पुग्न नसक्ने मध्यम वर्गको समस्यालाई आत्मसात गर्दै पहिलो पल्ट मध्यम वर्गलाई पनि राहत दिने कार्य भएको छ। काठमाडौं महानगरपालिका वडा नंबर ४ स्थित बालुवाटार–चण्डोल टुँडालदेवी आसपासका क्षेत्रमा बस्ने मध्यम वर्गिय परिवारलाई राहत दिने कार्य भएको हो। सामुदायिक सेवा केन्द्र टुँडालदेवीको अध्यक्ष राम प्रसाद न्याैपाने र सामाजिक अभियान्ता भैरब सापकोटा को बिशेश अनुरोधमा पूर्व क्रिकेट खेलाडी तथा समाजसेवी बरदान चालिसेले मध्यम वर्गलाई राहत सहयोग प्रदान गरेको हो। मध्यम वर्गिय परिवारको अझ व्यापक समस्यालाई मध्यनजर गरेर पूर्व क्रिकेट खेलाडी तथा समाजसेवी बरदान चालिसेले ५२ जनालाई राहत प्रदान गरिएको जानकारी सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले बताएका छन्। यो विषम परिस्थितिमा आफूले सक्दो सहयोग गर्न पाउंदा अत्यन्त गौरब लागेको भिजन संसार डटकमको भिडियो वार्तामा पूर्व क्रिकेट खेलाडी तथा समाज सेवी बरदान चालिसेले बताएका छन्। राहत सहयोग वितरण कार्यमा बरदान चालिसेकी जीवन संगीनी रिभा पोखरेलका साथमा अनिशराम भट्टराई, ईश्वरी अधिकारी, सूर्यभगत श्रेष्ठ ,राजेन्द्र मान जोशी,प्रकाश महर्जन, शिवहरि खनाल, प्रहरी सहायक निरीक्षक कल्पना थापा धमला लगायतको उपस्थिति रहेको थियो ।
https://youtu.be/DwCT2VneCQg

मौसम पूवार्नुमानः शुक्रबारसम्म देशभर हावाहुरीसहित वर्षा हुने

सामाजिक


काठमाडौं – आगामी शुक्रबारसम्म देशभर हावाहुरीसहित वर्षा हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्म हावाहुरीसहित असिना पानी पर्ने क्रम रोकिने छैन । महाशाखाका अनुसार अहिले देशभरको मौसममा आंशिक बदली भइरहेको छ ।

दिउँसोसम्म केही पहाडी क्षेत्रका साथै पूर्वी र मध्यतराईका केही स्थानहरुमा मेघगर्जनसहित चट्याङ र हावाहुरीसहितको असिना पानी पर्ने महाशाखाको पूर्वानुमान छ ।

पश्चिमी, स्थानीय वायु तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव कायमै रहेकाले वर्षा जारी रहने महाशाखाको अनुमान छ ।

भारतबाट चार अर्बको तरकारी आयात

सामाजिक


लकडाउन सुरु भएको चैत महिनामा मात्र भारतबाट दुई अर्ब ८१ करोड २९ लाख रुपैयाँको तरकारी आयात भएको भन्सार विभागको तथ्यांक छ । नेपालमा ११ चैतदेखि लकडाउन सुरु भए पनि सीमानाका २ चैतदेखि नियन्त्रित भएका हुन् ।
चैतको तथ्यांक आधार मान्दा नेपालमा दैनिक नौ करोड ३७ लाख रुपैयाँको तरकारी आयात भइरहेको छ ।

त्यसैले लकडाउनयता २३ वैशाखसम्म ४२ दिनमा चार अर्ब १२ करोड ५५ लाख रुपैयाँको तरकारी आयात भएको मान्न सकिने भन्सारकै एक अधिकारीले बताए । तरकारी अत्यावश्यक वस्तु भएकाले आयात निर्वाध रूपमा भइरहेको भन्सार विभागका महानिर्देशक सुमन दाहालको भनाइ छ । नेपाली किसानले उत्पादन गरेको तरकारी भने बारीमा सुकिरहेको  र सडिरहेको नयाँ पत्रिकामा खबर छ ।

२२५ अफठ्यारोमा परेका परिवारलाई राहतका साथै एक सुत्केरी महालालाई उद्धार

सामाजिक


आज वैशाख २१ गतेका दिन लायन्स कल्ब अफ काठमाण्डौं कृयेटिभ युथ परिवारले सुत्केरी परिवारलाई १ थान पलङ, १ बोरा चामल, ५ प्याकेट तेल, १ थान डसना, १२ सेट नयाॅं लुगा १२ दिने जन्मेको नानीलाई, २किलो चिनी, ३ किलो मुङ्ग र मुसुरको दाल, १० थान लुगा सुत्केरी बहिनीको लागि, २ प्याकेट गिउॅं, १ सिलिन्डर ग्याॅंस, २ थान तन्ना, ४ थान कम्मल सहयोग गरेर ती सुत्केरी महालाको उद्धार गरेको छ। यसका साथै कल्बले २२५ अफठ्यारोमा परेका परिवारलाई राहतका वितरण गरेको छ। ती २२५ परिवार मध्ये २०० परिवार ग्यानेश्वरमा बसोबास गदैं छन् भने २५ परिवार कालोपुलमा बसोबास गदैं छन्। ग्यानेश्वर वडा न: ३० बाट हरेक परिवारले ५ किलो चामल र लायन्स कल्ब अफ काठमाण्डौं कृयेटिभ युथबाट हरेक परिवारले १.५ किलो देखि २ किलो सम्म तरकारी राहत पाएका छन्। राहत पाउने परिवारले लायन्स कल्ब अफ काठमाण्डौं कृयेटिभ युथ परिवारसॅंगै संस्थापक अध्यक्ष गनिका गुरूङ, अध्यक्ष अनिल बुजाॅ मगर, उपाध्यक्ष श्याम रेग्मी र सदस्य सम्झना गुरूङलाई विशेष धन्यवाद दिएका छन्।

 

लकडाउनमा लुकेर सीमा पार गर्दैगर्दा ११ भारतीय मुस्लिम पक्राउ

सामाजिक


महोत्तरी जिल्लामा लकडाउनको अवस्थामा सीमा पार गर्दागर्दै आज बिहान ११ भारतीय मुस्लिम पक्राउ परेका छन् ।

 जिल्लाको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ मुस्लिमलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा पक्राउ गरिएको वडाध्यक्ष बलिराम रायले बताए ।
    
हातहातमा झोला बोकेका सबैजना लहरै नेपालबाट भारत जाँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीको सहयोग लिएर पक्राउ गर्न सफल भएको वडाध्यक्ष रायले बताए। पक्राउ परेका उनीहरूले भारतको पश्चिम बङ्गाल राज्यको कोलकाता घर भएको बताएका छन् । 

उनीहरुले महोत्तरीको एकडारा गाउँपालिका–५ कोल्हुवा बगेया गाउँमा लामो समयदेखि जस्तापाताका भाँडाकुँडा र ड्रम बनाउने काम गर्दै आएको बताएका छन् ।
    
लकडाउनको अवधि लामो हुँदै गएपछि खानपिनमा समस्या भएको भन्दै उनीहरु लुकेर आज मिर्मिरे बिहानीमै आफ्नो घरतिर जाँदै गरेको अवस्थामा सीमानाका मै पक्राउ परेका हुन् । 

पक्राउ परेका उनीहरूलाई अहिले नेपाल प्रहरीले प्रहरीचौकी कट्टिकटैयामा लगेको छ । उनीहरुलाई नगरपालिकाका प्रमुख, सुरक्षा निकाय, प्रशासनसहितसँग समन्वय गरी क्वारेन्टाइनमा राख्ने वा कहाँ के गर्नेबारे तय गरिने वडाध्यक्ष रायले बताए ।