काठमाडौंं। विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) का कारण जारी लकडाउनले सवै वर्गलाई समस्यामा पारेको छ। त्यसमाथि अपाङ्गता क्षेत्रमा अझ धेरै समस्या परेको छ। अपाङ्गता क्षेत्रमा परेको कठिनता अनि जीवन निर्वाह गर्न आइपरेको समस्यालाई मध्यनजर गरेर काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नंबर ५ स्थित जोरपाटीमा अपाङ्गता भएका व्यक्ति विशेषहरुकै हात–हातमा राहत दिने कार्य भएको छ। युवा अपाङ्ग संगठन नेपालका अध्यक्ष प्रकाश श्रेष्ठको आयोजनामा अपाङ्गता भएका ३० परिवारलाई राहत सहयोग भएको हो। स्थानीय बौद्ध स्थित भोलम युथ क्लबले देश–विदेशमा रहेका मनकारी दाताहरु मार्फत संकलत गरिएको सहयोग राहत सामाग्री सहित कतिपयलाई नगद पनि राहत सहयोग गरिएको थियो। भोलम युथ क्लबका लोप्सन शेर्पाका अनुसार, लकडाउनमा दैनिक रुपमा निःशुल्क खाना खुवाउने लगायत विभिन्न स्थानमा यस्तैगरेर राहत दिने कार्य भएको छ। आयोजक युवा अपाङ्ग संगठन नेपालका अध्यक्ष प्रकाश श्रेष्ठले आफ्नो संस्था मार्फत अपाङ्गता भएका ३ सयभन्दा बढी व्यक्ति विशेषहरुलाई स्वरोजगारमुलक मोवाइल रिपेरिङ, सिलाईबुनाई लगायतका तालिम दिएर रोजगारी प्रदान गरिसकेको बताएका छन्। काठमाडौं महानगरपालिका, गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनहरा नगरपालिकासंग समन्वय गरेर अपाङ्गहरुलाई स्वरोजगार पसल लगायतका विविध कार्यक्रम गर्दैआएको तथा यसवाट धेरैभन्दा धेरै अपाङ्गता भएका व्यक्तिहरुले रोजगारी प्राप्त गरेको जानकारी पनि अध्यक्ष श्रेष्ठले दिएका छन।् अध्यक्ष श्रेष्ठ स्वयम् अपाङ्गता भएको व्यक्ति तथा परिवार पनि अपाङ्गता भएको कारण एक अपाङ्गले अर्को अपाङ्गको कठिनाइ तथा मर्कालाई मध्यनजर गरेर यसप्रकारको सहयोग गर्ने कार्य भएवाट सवैले अत्यन्त राम्रो मानिदैआएको छ। सवैको साथ र सहयोगले अपाङ्गता क्षेत्रमा आफूले धेरै सेवात्मक रोजगारीमूलक कार्य गर्दैजाने पनि अध्यक्ष श्रेष्ठले प्रतिवद्धता व्यक्त गरेका छन्।
विगत २ दशक देखि समाज सेवामा सबैको प्रिय बन्न पुगेको वरिष्ट ऱ्यापर निर्णय श्रेष्ठ दी (NSK), युवा अभियान्ता तथा व्यीपारि विमल ढुङ्गाना र सागर कटुवाल द्वारा लायन्स क्लब अफ काठमाण्डौं कृयेटिभ युथलाई २५०० किलो तरकारी हस्तान्तरण गरेको छ। वरिष्ट ऱ्यापर निर्णय श्रेष्ठ दी (NSK) भन्नु हुन्छ यो लकडाउनको समयमा निम्न वर्गको परिवारहरू धेरै पिरमार्कामा परेका छन,हातमुख जोड्न पनि गाह्रो भईरहेको परिस्थितिमा हामीले सानो प्रयास गरेका छौं।

आाज हामीले ५०० परिवारको लागि २५०० किलो तरकारी ल्यान्स क्लब अफ काठमाण्डौं कृयेटिभ युथलाई हस्तान्तरण गरेका छौं जसमा ५,००० किलो चामल ल्यान्स क्लब अफ काठमाण्डौं कृयेटिभ युथले सहयोग गरेको छ। वहाॅं कालीमाटी तरकारी बजारका सम्पूर्ण व्यापारीहरूलाई विशेष धन्यवाद दिनु हुन्छ वहाॅंहरूको अमूल्य योगदानको लागि।

यसै गरी क्लबको संस्थापक अध्यक्ष गनीका गुरुङ र क्लबको अध्यक्ष अनिल बुर्जा मगर वरिष्ट ऱ्यापर निर्णय श्रेष्ठ दी (NSK), युवा अभियान्ता तथा व्यीपारि विमल ढुङ्गाना र सागर कटुवाल ज्यूलाई मुरीमुरी धन्बाद दिदै भन्नु हुन्छ गोगंबु , सामाखुसी, ग्रीनल्याण्ड, बानीयाटार, बसुन्दारा, जोरपाटी महाराजगंजमा रहेका ५०० पिडित परिवारलाई ५ किलो तरकारी र १० किलो चामल प्रत्येक परिवारलाई हामी दुई समूह मिलेर सहयोग गर्न सफल भएका छौं भन्ने जानकारी दिनु भएके छ।

अन्तिममा युवा अभियान्ता तथा व्यपारी विमल ढुङ्गाना र सागर कटुवाल ज्यू भन्नु हुन्छ सानो गौंचरण’ स्थित सानो गौंचरण क्लबलाई पनि २५०० किलो तरकारी हस्तान्तरण गरेका छौं। ७ दिनको लागि पुग्ने’ दिन-दुखीका लागि खाना खुवाउने प्रकियामा तरकारी सहयोग गर्न पाउॅंदा आन्नद महसुस भएको कुरा युवा अभियान्ता तथा व्यपारी विमल ढुङ्गानाले व्यक्त गर्नु भयो।


लायन्स क्लब अफ काठमाडौं पिपुल्स र लायन्स क्लब अफ काठमाडौं धापाखेल तथा धापाखेल मैत्री समुहद्वारा आज धापाखेल देविस्थल सुधार समिती ललितपुरको भवनमा संयुक्तरूपमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। यो लकडाउनको समयमा विभिन्न रूपमा सेवा पुऱ्याउॅंदै आएका लायन्स क्लब अफ काठमाडौं पिपुल्स र धापाखेलले ब्लडको अभाव हुन सक्ने कुरालाई ध्यानमा राखेर रक्तदान कार्यक्रम आयोजना गरेको भन्ने विचार लायन दिपेन्द्र सिमखडा व्यक्त गर्नु हुन्छ। रक्तदान कार्यक्रममा डिस्ट्रिक गभरनरचयन टंक बहादुर श्रेष्ठ, पूर्व डिस्ट्रिक गभरनर अन्नत प्रसाद भेटुवाल, दोस्रो डिस्ट्रिक गभरन कर्म गुरुङ र अन्य लायनस लिडर हरूको बाक्लो उपस्थिति रहेको थियो। यस्तो महामारिको बेलामा पनि लायन्स क्लब अफ काठमाडौं पिपुल्स र लायन्स क्लब अफ काठमाडौं धापाखेलले संयुक्तरूपमा रक्तदान कार्यक्रम आयोजना गरी ६० पिन ब्लड सॅकलन गर्न सफल भई समाजमा सेवा पुऱ्याएकोमा डिस्ट्रिक गभरनर चयन टंक बहादुर श्रेष्ठ आयोजक ज्यूहरू प्रति सम्मान व्यक्त गर्नुहुन्छ।


लायन्स क्लब अफ काठमाण्डौं कृयेटिभ युथले जेष्ठ २७,२८ र २९ गतेका दिन यो लकडाउनका कारण ८९ परिवार विचल्लीमा परेकाहरूलाई राहत वितरण गरेर सहयोग गरेको छ जसमा डिस्ट्रिक गब्रनर चयन टंक बहादुर श्रेष्ठ, पूर्व डिस्ट्रिक गब्रनर अन्नत प्रसाद भेटुवाल, दोस्रो डिस्ट्रिक गब्रनर कर्म गुरुङ र वहाॅंको जीवन साथी अन्जली गुरुङको विशेष उपस्थिति थियो। संस्थापक अध्यक्ष तथा जोन चेयरपरसन गनिका गुरुङ भन्नु हुन्छ लकडाउन आवश्यक्ता छ कोरोना भाईरस रोक्नका लागि तर लकडाउनको कारण हजारौ मानिसको जिन-जिवनमा प्रभाव परेको छ। केहि काम गनॅ नभएको कारण मानिसहरू दिनदिनै आर्थिक रूपले कमजोर हुदै गएको कारण लायन्स क्लब अफ काठमाण्डौं कृयेटिभ युथले ६२ दिन देखि भोकै रहेको परिवारको पेट भर्ने काम गर्दै आएको छ। तत्काल राहत कार्यक्रमका लागि विशेष योगदान दिनु हुने रयापर निरनय श्रेष्ठ, लायन अन्जली गुरुङ, शान्ती मान्नधरलाई विशेष धन्यवाद गनीका गुरुङ ज्यू दिनु हुन्छ। क्लब अध्यक्ष अनिल बुजाॅ मगर बताउनु हुन्छ आज ८९परिवारलाई ८९०किलो चामल, ८९लिटर सोईबिन र सूर्यमुखी तेल, सोईबिन, नुन र तरकारी ती ८९ परिवारलाई सहयोग गर्न सफल भएको थियो।यसका साथै क्लब अध्यक्ष २०२०-२०२१ का सुजना राई भन्नु हुन्छ क्लबले भोलिका दिनमा सुत्केरी र गर्ववती महिलाको लागि विशेष ध्यान दिएर काम गर्ने छ। अन्तिममा डिस्ट्रिक गब्रनर चयन टंक बहादुर श्रेष्ठ मनविय सेवाको लागि लायन्स क्लब अफ काठमाण्डौं कृयेटिभ युथलाई विशेष धन्यवाद दिदै कोरोना भाइरस रोक्न लकडाउनको पालना गरी घरमा बस्न आग्रह गर्नु हुन्छ।






समाज सेवामा सबैको प्रिय - असाहय, अनाथ पिडितका आशा युवा समाजसेवी गनीका गुरुङ समाज सेवामा कहिले नथाक्ने योद्धा हुन् । वहाॅं ८ वर्ष देखि विपन्न वर्ग र सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएका युवा समाजसेवी गनीका गुरुङ लकडाउनको समयमा पनि एक उदाहरण बनी सामाजिक कार्यमा अहोरात्र खटेर सेवामा जुटेका छन् । लकडाउनले गर्दा हात मुख जोड्न बाट बन्चित निम्न बर्गका मजदुर तथा असाहय परिवारको आँसु पुछ्न उनि निरन्तर प्रयासरत छिन् । बिगत २ महिना देखि दैनिक अरू संस्थासॅंग सहकार्य गरी खान खुवाउँने कार्य देखि सम्पूर्ण सम्प्रदायका राहतबिहिन जनताको घर घरमा पुगेर चुलो बाल्ने कार्य गरेका छिन् । लामो समयको लकडाउनको कारणले गर्दा नेपालमा दैनिक मजदुरी गर्ने श्रमिक, पिडत नागरिक, राहत बिहिन र अनाथ असाहयहरुले दुइ छाक खान समेत नपाईरहेको अबस्थामा समाजसेवी गनीका गुरुङले आफ्नो लायन्स क्लबसॅंग मिलेर राहत वितरण तथा भोका पेटलाइ खाना खुवाउँने कार्यमा सक्रिय रहदै आएका छिन् । युवा बर्गका ढुकढुकी र प्रेरणाका श्रोत बनेका गनीका गुरुङ भोका जनताहरुलाइ पेट भरि खुवाउँन पाउदा तथा राहतबिहिन जनताहरुलाई राहत वितरण गर्न पाउँदा आत्मासन्तुष्टि मिल्ने कुरा गनीका बताउँछिन । देश नै संकटमा परेको बेला सम्पूर्ण युवा वर्ग जागरुक हुनु पर्ने र सामाजिक कार्यमा जुट्नु पर्ने गनीका गुरुङ बताउँछिन । अहिले सम्म सयौं परिवार तथा हजारौं मानिस लाई “ हामी सक्छौं” अभियान मार्फत यो कोरोना महामारिको समयमा सेवा पुऱ्याएका गनीका गुरुङ भन्नुहुन्छ सुत्केरी, अपाङ्ग र अशक्त मानिसलाई पनि ध्यानमा राखी सेवाको कार्य गरिएको छ भन्ने जानकारी दिनुहुन्छ।



काठमाडौ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवी बालुवाटारले परिचात्मक तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ।
सामुदायिक सेवा केन्द्र टुँडालदेवीकाअध्यक्ष राम प्रसाद न्याैपानेको सभाध्यक्षमा केन्द्रको कार्यालय परिसरको खुला स्थान मा आयोजना गरिएको कार्यक्रममा भर्खरै सरूवा भई आउनु भएका महानगरीय प्रहरी वृत्त मालीगाउँ र महाराजगन्ज का प्रमुख प्रनाउ हरूलाई स्वागत गरेको छ।
महानगरीय प्रहरी वृत्त मालीगाउँका प्रहरी नायव उपरीक्षक खुमलाल भुसाल,वृत्त महाराजगन्जका प्रहरी नायव उपरीक्षक रोशन खड्का लाई स्वागत तथा शुभकामना व्यक्त गरिएको थियो।
स्वागतसभालाई सम्बोधन गर्दै केन्द्रका अध्यक्ष न्याैपाने ले नवआगन्तुक प्रमुख लाई सामुदायिक सेवा केन्द्र टुँडालदेवीको स्वागत गदै कोरोनाको जोखिमका बिचमा सामाजिक दुरी कायम गर्दै बिगतलाई झै निरन्तरता दिन परिचात्मक तथा स्वागत कार्यक्रम औपचारिक रूपमा गरिएको जानकारी दिनु भयो ।
कार्यक्रममा वडाअध्यक्ष मोहन बहादुर बिष्ट र दुबै
वृत्त प्रमुखहरूले समय सान्दर्भिक भनाइ हरू राखेका थिए।
सामुदायिक केन्द्रका सल्लाहकार, वडा सदस्य नेपाल सरकारका पुर्ब सचिव,प्रहरी का पुर्ब प्रमुख,क्लबका अध्यक्ष साथै समाजसेवी हरूको सिमित मात्रमा उपस्थिति रहेको थियोे ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्रका सचिव मीन प्रसाद पौडयाल द्वारा संचालन र टुँडालदेवी सामुदायिक प्रहरी सेवा केन्द्रका ईन्चार्ज कल्पना थापा (धमला)ले सहजकर्ताको भुमिका निर्वाह गरेकी थिइन ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं १४ स्थित नयाँवस्तीका ३० परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । हेटौंडाका युवा व्यवसायीहरु बुद्धराज अर्याल र योग्य सापकोटाले ३० परिवारलाई खाद्यान्न वितरण गरेका हुन् ।
अर्यालले २० र सापकोटाले १० परिवारलाई २० किलो चामल, १ केजी दाल, साबुन, चाउचाउ, सोयाबीन लगायतका खाद्यान्न सामाग्री वितरण गरेका हुन् । अर्यालले केही दिन अघि हेटौंडा–३ बसामाडीका ट्युमर पीडित सुदर्शन परियारको उपचार गराएका थिए ।
#Copy ,News Source : https://www.nawayug.com/



१४ औ छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको दिनको अवसरमा बुधवार रुकुम घटनामा मारिएका नमराज बिक लगाएत ६ जना को हत्याकाण्डको दोषीलाई कारवाहिको माग गर्दै काठमाडौंको चाबहिल चोकमा सामाजिक न्यायको लागि जन आवाज चर्कियो । पश्चिम रुकुमको चौरिजहारीमा भएको नवराज बिक ‘हत्याकाण्डको दोषीलाई कड़ा भन्दा कड़ा कारवाहिको माग गर्दै कपनबाट सुरु गारियको र्याली काठमाडौं चाबहिलमा गयर कोण सभा मा परिणत भएको थियो ।
सामाजिक न्यायको लागि जन आवाजको नेतृत्व गेरेका महिन्द्र सुनार ,जन युद्धका एक बिर्कट कमान्ड ,अमर बिक, जनजाति प्रतिष्ठानको सदस्य लम्जम शेर्पा ,दलित आयोग का पुर्व सदस्य सचिव सिताराम घले परियार एककृत बिश्वकर्मा समाज केन्द्रीय उपाध्यक्ष संगम गहतराज ,समाज सेवी रमेश सुनार,राजकुमार दर्नाल लागयत वक्ता हरूले यो एउटा जाति को मात्र नभइ सिंगो न्याय प्रेमी जन समुदायको लडाइँ भएको बताएका थिए । आज नेपाली समाज माथि गम्भीर प्रश्न उठेको छ जातको आधारा मा एकै दिन छ जना मान्छे मार्ने ? यो कस्तो नियम हो भनि जात को आधार मा यस्तो अमानवीय जातिय सामाजिक अपराध गर्ने अपाराधीहरू लाई न्यायको कठघरमा ल्याउन सबै न्याय चाहने जन समुदाय र बर्ग एक भई अगि बढ्नु अहिलेको आवश्यकता रहेको कुरा मन्तब्यमा वक्ताहरुले बताएका थिए ।

सामाजिक न्यायको लागि जन आवाज का संयोजक महेन्द्र सुनारका अनुसार पश्चिमरुकुम नरसंहार घटनाको समावेसी संसदीय छानबिन समिति गठन गर्नु पर्ने, जातिय दमन बन्द गर्नु पर्ने,राजनैतिक हस्तक्षेप बन्द गर्नु पर्ने, सम्पूर्ण उत्पिडित जन समूदायहरु एक भइ पीडित लाई न्याय र पीडक लाई हदै सम्मको सजाय गर्नु पर्ने र सबै न्याय प्रेमी जन समुदायहरु एकभई अगाडि बढ्नु पर्ने लगायतका माग हरु नारा मा समाबेश गारिएको थियो ।
काठमाडौं, जेठ - अखिल नेपाल राष्ट्रिय नाई मजदुर संघले लकडाउनका कारण हात मुख जोर्न समस्या भएको बताएको छ ।सेवामुखी नाई ब्यवसायमा संलग्न पेशाकर्मीहरुले ६९ औ दिनसम्म आईपुग्दा जेनतेन लकडाउन झेलेको उल्लेख गर्दै यथासिघ्र लकडाउन खोल्नुपर्ने माग राखेको छ । संघले जेठ १९ गते प्रेस विज्ञप्ती जारी गर्दै सो माग राखेको हो । संघद्वारा जारी विज्ञप्तीमा उपत्यकामा करिब दश हजार शैलुनहरु रहेको उल्लेख गर्दै प्रति शैलुन सरदर चार जनाले रोजगार विहिन बन्नु परिरहेको जनाएको छ । संघका अध्यक्ष नागेन्द्र ठाकुर बब्लु द्वारा हस्ताक्षरित विज्ञप्तीमा शैलुन संचालकले घर भाडाको समस्या झेल्दै आएको उल्लेख गरिएको छ । साथै, संघले कोभिडको कहरसँगसंगै रोजीरोटीको समस्या पनि गासिएकाले समस्या समाधानको लागि सरकारको ध्यानाकर्शण गर्न चाहेको बताएको छ ।