काठमाडौ - ग्रील तथा स्टिल व्यवसायी महासंघ नेपालका प्रथम उपाध्यक्ष ठुलोबाबु श्रेष्ठले संकटको समयमा राज्य बलियो हुनुपर्नेमा निरीह देखिएको बताएका छन् । श्रमजिवि संचारकर्मीहरुलाई ग्रील तथा स्टील व्यवसायी महासंघको तर्फबाट राहत तथा खाद्यान्न वितरण गर्ने क्रममा उनले सो कुरा व्यक्त गरेका हुन । साना तथा मझौला व्यवसायीहरुको पक्षमा सरकार गम्भीर हुन नसकेको आरोप सहित कटाक्षमा उत्रिएका श्रेष्ठले सरकारमा बस्नेहरुको चेतना स्तर र साना उद्यमी प्रतिको दृष्टिकोण साकारात्मक नभएको जिकिर पेश गरे । ‘विश्वका विभिन्न मुलुक सहित नेपालमा पनि नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणका कारण लकडाउनले जनजीवन अस्तव्यस्त छ।दैनिक जीवनयापन थप कष्टकर हुदै गइरहेको छ । यस महामारीको अवस्थामा ग्रील तथा स्टिल व्यवसायी महासंघ नेपालले श्रमजीवी मजदुरहरुलाई राहत वितरण गर्दै आइरहेकोमा यस पटक संचारकर्मिहरुलाई समेटिएको हो‘ उनले राहत वितरण बारे बोल्दै भने ।
सन्चारकर्मीलाई खादा सहितको सम्मान र परिचयात्मक कार्यक्रममा प्रथम उपाध्यक्ष श्रेष्ठले सन्चारकर्मिहरुसंगको भेटघाटबाट आफू हर्षित भएको सुनाउदै व्यवसायका बारेमा र समसामयिक विषयमा आफ्नो धारणा राखेका थिए । परिचयात्मक, सहकार्य बढाउने र सुखदुःख साट्ने हिसाबले संचारकर्मीहरुलाई सम्झिएको र उनीहरुको पीडा र अवस्था आफुले बुझेको पनि उनले बताए । यसलाई राहत नभई भेटघाट र सहकार्यको सुरुवातको रुपम लिन समेत उनले आग्रह गरे । ग्रील तथा स्टिल व्यवसायमा ११ हजार व्यवसायी रहेको, दुई लाख मजदुर र ६४ जिल्लामा शाखा रहेको यस बृहत व्यवसायीहरुको आवाज राज्यले नसुनेको उनको गुनासो थियो । यस महामारीमा महासंघले अक्सिजन अभावको समयमा अस्पतालहरुमा अक्सिजनको व्यवस्थापन समेत गरेको जानकारी दिए । मजदुर, विपन्न र अशक्तहरुलाई निरन्तर राहत वितरण गर्दै आएको र अझै निरंतरता दिने पनि उनले बताए ।
राजनीति र समाजसेवामा निरन्तर सक्रिय श्रेष्ठ ग्रील तथा स्टिल व्यवसायी महासंघ नेपालका भावी अध्यक्षको दावेदार समेत हुन । प्रथम उपाध्यक्ष श्रेष्ठ, ग्रील तथा स्टिल व्यवसायी संघ अन्तर्गत पश्चिम क्षेत्रका अध्यक्ष शैलेश ठकुरी, पश्चिम क्षेत्र खुसिबु, च:मति, ढल्कु र बालाजु इकाईका अध्यक्ष तोक बहादुर गहतराज लगायतको उपस्थितिमा उक्त राहत तथा खाद्यान्न वितरण गरिएको हो ।
काठमाडौं, ३१ वैशाख-नेपाल चेम्बर अफ कमर्श अन्तर्गतको नेपाल महिला चेम्बरको आयोजनामा प्रोडक्ट प्याकेजिङ र ब्राण्डिङ सम्बन्धी कार्यशाला आज सम्पन्न भएको छ । जिबिजी नेपालको सहयोग माझ कार्यशाला १४ मे शुक्रबार अपरान्ह २:३० देखी ४:३० बजेसम्म भर्चुअल प्लेटफर्म गुगल मिट मार्फत आयोजनामा आएको हो ।
सो अवसरमा नेपाल चेम्बर अफ कमर्शकी कार्यकारीणी सदस्य समेत रहेकी नेपाल महिला चेम्बरकी सचिव लिमा अधिकारीले स्वागत मन्तव्य राख्दै विगत देखी नै महिला उद्यमीहरुको प्रतिस्पर्धात्मक क्षमतालाई अभिब्रिद्धी गर्दै जाने योजना मुताबिक यस किसिमको कार्यशाला आयोजना गरिएको जानकारी गराईन् ।साथै उनले ब्रान्डिङ र प्याकेजिङ प्रतिस्पर्धी उत्पादनको महत्त्वपूर्ण अंश भएकाले यस किसिमको कार्यशालाले उद्यमशिलता विकासमा टेवा मिल्ने धारणा राखिन ।
कार्यक्रममा सभापतिको आसनबाट बोल्दै नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष समेत रहेकी नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले बिशेष गरि महिला उद्यमशिलता विकासका लागि प्याकेजिङ सम्बन्धी ज्ञानका लागि सहजीकरण गर्नुपर्ने आवश्यकता महशुश गरिकाले कार्यशालाको आयोजना गरिएको बताईन् । साथै, उनले प्याकेजिङ र ब्रान्डिङ्ले बजारिकरणमा सघाउ पुर्याउने हुँदा यस कार्यक्रमलाई नेपाल चेम्बर र महिला चेम्बरले प्राथमिकतामा राख्दै आएको जानकारी दिइन । प्याकेजिंगले विश्वव्यापी बजारमा प्राय: एक र अर्को उत्पादन बीचको भिन्नता दर्शाउने तथा प्रभावकारीता झल्काउने, ब्राण्डिङ गर्ने आदी काम भएकाले पनि हालको कोभिड १९ कहर माझ आयोजित कार्यशाला फलदायी हुने विश्वास उनले व्यक्त गरिन ।
कार्यक्रममा सहयोगी संस्था गुगल बिजनेश ग्रुपकी अदिति गोयलले ग्रुपको बिषयमा प्रकाश पार्दै व्यापार सफलताको लागी वेब टेक्नोलोजीहरुको बारेमा ज्ञानलाई साझा गर्ने हेतु व्यावसायिक पेशेवरहरुको समुदायका रुपमा रहेको जानकारी दिइन ।
कार्यशाला माझ प्रोडक्ट प्याकेजिङ ट्रेनर सुस्मिता थापाले प्रशिक्षण दिएकी थिईन् । थापाले प्याकेजिङको महत्व बारे कार्यपत्र प्रस्तुत गर्दै प्याकेजिङले प्रतिकात्मक रुपमा चिनाउने, ब्राण्डिङ गर्ने, उपभोक्तालाई जागरुक गराउने जस्ता कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउदै प्याकेजिङ गर्दा रङ्, अक्षर, सामाग्री आदीलाई ध्यान दिन जरुरी रहने उल्लेख गरिन ।
सो अवसरमा सहभागीहरुले उत्पादन बिशेष प्याकेजिङ कसरी गर्ने भन्ने बिषयमा राखेका थिए । कार्यशाला माझ उठेका सवाल उपर महिला चेम्बर अध्यक्ष उर्मिला श्रेष्ठले प्याकेजिङ गर्दा खाद्य ऐन,अनुज्ञापत्र, लेबलिङ आदी बिषयमा ध्यान दिन आवश्यक रहने उल्लेख गरिन भने कार्यपत्र प्रस्तुतकर्ता सुस्मिता थापाले प्याकेजिङ सम्बन्धी विविध सवाल उपर जवाफ पेश गरेकी थिईन् ।
कार्यशालामा चेम्बर सम्बद्ध सदस्य एवम् महिला उद्यमीहरुको सहभागीता रहेको थियो । सहभागीहरुलाई निशुल्क रुपमा प्रशिक्षण दिईएको हो ।
गोरखा । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणकाे उच्च जोखिमको कारण मृत्यु भएका ब्यक्तिहरुको व्यवस्थापनको लागि साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले जिल्ला स्वास्थ्य कार्यालय, गोरखालाई शव व्यवस्थापन पिपिई सहयोग गरेको छ । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वास्थ्य कार्यालय, गोरखालाई २५ थान पिपिई सहयोग गरेको हो ।
पछिल्लो समयमा कोभिड १९ को दोस्रो भेरियन्टको कारण एकाएक कोभिड बिरामीको मृत्युदरमा बृद्धि भएसँगै सो को ब्यवस्थापनमा सहजता होस् भन्ने उदेश्यले पिपिई सहयोग गरिएको साधना लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए ।
वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै गरिएको यस सानो सहयोगले शव ब्यवस्थापनमा खटिने समूहको मनोवलमा थप टेवा पुग्ने विश्वास लिएको छ । वित्तीय संस्थाले यस अघि पनि विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आइरहेको र आगामी दिनमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए ।
काठमाडौं । कोरोनाभाइरस(कोभिड–१९) को संक्रमणकाे जोखिमलाई मध्यनजर गर्दै साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वास्थ्य सामाग्रीको लागि सहयोग गरेको छ । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले सामरीटन ट्रष्ट, काठमाडौंलाई स्वास्थ्य सामाग्री खरिदका लागि एकलाख सहयोग गरेको हो । स्वास्थ्य सामाग्री अति विपन्न, असहाय, अपाङ्ता र मजदुरका परिवारलाई केन्द्रीत गर्दै सामरीटन ट्रष्टले सेनिटाइजर, माक्स, ग्लाृवस, साबुन र फेस सिल्ड निशुल्क वितरणको लागि सहयोग अपिल गरेकोले आर्थिक सहयोग गरेको साधना लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए ।
वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै गरिएको यस सानो सहयोगले लक्षित समूदायको मनोवलमा थप योगदान पुग्ने विश्वास लिएको छ । वित्तीय संस्थाले यस अघि पनि विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आइरहेको र आगामी दिनमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए ।
काठमाडौ, २७ वैशाख ।खानाको पारखीहरूलाई भिन्नभिन्न नयाँ र उच्चस्तरको गुणस्तरीय सेवा प्रदान गर्ने पहिलो क्लास को रेस्टुरेन्ट नेपाल हाउसले होम डेलिभरि सुबिधा दिने भएको छ।
नयाँ भेरियन्टसहित विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण दोस्रो चरणको लकडाउन सँगै काठमाडौँ उपत्यकामा निशेषधाज्ञा जारी भएसँगै बालुवाटार र हात्तिसारमा रहेको नेपाल हाउस रेष्टुरेन्टले ग्राहकको सेवालाई ध्यानमा राखेर उपत्यकाभित्रका विभिन्न ग्राहकको रोजाइअनुसार घर तथा अफिसमा खाना तथा खाजा डेलिभरी शुरूवात गरेकोे हो।
रेस्टुरेन्ट संचालक टिका गौतमका अनुसार लकडाउनका कारण आफ्नो रेष्टुरेन्टमा आएर सेवा लिन नपाएका बालुवाटार,हात्तिसार क्षेत्र र त्यस वरपरका सेवाग्राहीलाई ध्यानमा राखेर खाना,खाजा र बिशेष बेकरीका परिकारहरूका साथै माता तीर्थ औंसी ९आमाको मुख हेर्ने दिनको०लागि मध्यनजर गर्दै बिभिन्न भेराईटीका केकहरू होम डेलिभरी गरिन लागेको जानकारी दिए ।
खाना खुवाउने उदेश्यका साथ यो अभियान सञ्चालन गरिएको दाबी पेश गर्दै उनले भने“सम्पूर्ण सुरक्षा सम्बन्धि मापदण्ड पुरा गरेर आफ्ना ग्राहकलाई खाना खुवाउने उदेश्यका साथ यो अभियान सञ्चालन गरेका हौँ,”।
काठमाडौं, २५ बैशाख- नेपाल चेम्बर अफ कमर्शको उपाध्यक्ष तथा नेपाल महिला चेम्वरकी अध्यक्ष उर्मिला श्रेष्ठले सूचना प्रविधिले बजारिकरणको भाषालाई विशिष्टिकरण गरेको बताएकी छिन । वुमन इन इनफोरमेसन टेक्नोलोजी ९डब्लुआईआईटी० ले शनिवार आयोजना गरेको ’महिला उद्यमीहरूका लागि डिजिटल परिदृश्यमा अवसरहरू’ विषयक वेबिनार कार्यक्रम माझ प्रमुख अतिथीको आसनबाट बोल्दै उनले सो धारणा राखेकी हुन । ‘अरु क्षेत्रहरुको तुलनामा आइसिटी क्षेत्रमा महिलाको सहभागिता अझै पनि कम छ र त्यसलाई बढाउन काम गरिरहेको डब्लुआईआईटीलाई धन्यवाद दिन चाहन्छु’ उनले भनिन ।’महिलाहरुले डिजिटल प्लेटफर्म प्रयोग गरेर घरैबाटै काम गरेर पनि आय आर्जन गर्न सक्छन् । आइसिटीले सफल महिला उद्यमी बन्न एकदमै सहयोग पुर्याउने छ’ अध्यक्ष श्रेष्ठले आफ्नो भनाइ राख्दै भनिन ‘अहिले व्यवसायीहरुले कस्टमाइज गरेको ईमेल पठाएको पनि एकदमै राम्रो प्रक्रिया हो,’उनले भनिन्, ‘महिलासँग राम्रो संचार कौशल हुने हुँदा त्यसको प्रयोग गरेर सफल महिला उद्यमी बन्न सक्छन् ।’
त्यस्तै वेबिनारका अतिथि वक्ताको रुपमा सस्तोडिलका सह(संस्थापक तथा सीटीओ सोधन मानन्धरले ‘अनलाइन बजार बुझ्ने र त्यसमा ब्यापारका लागि अवसरहरू’ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले स्मार्टफोन, ब्रोडब्याण्ड र फोरजीको वृद्धिले ई–कमर्सको प्रगति दिनदिनै भईरहेको उल्लेख समेत गरे । त्यसैगरि उनले मार्केटप्लेस र ई–कमर्स स्टोर बिचको फरक पनि बताएका थिए । मार्केटप्लेसमा प्लेटफर्म र इन्भेन्टरीमा लगानी गर्नुपर्ने र ई–कमर्स स्टोरमा ब्राण्ड र इन्भेन्टरीमा लगानी गर्नुपर्ने उनको धारणा रहेको छ । मार्केटप्लेस हाम्रोबजार, सि टू सि, अलिबाबा जस्तो बि टू बि र सस्तोडिल, दराज जस्तो बि टू सि नहुने उनले बताएका थिए । सस्तोडिलले पिक प्याक सिप मोडेलमा काम गरिरहेको र एर प्याक गरेर ग्राहकलाई पुर्याउने बारे जानकारी दिदै यो मोडेलमा कमिसननै संस्थाको आय हुने बताए । मार्केटप्लेसका लागि बिजनेस प्यान, नागरिकता, ईमेल र फोन नम्बर चाहिने उनले बताए ।
त्यस्तै वेबिनारका अतिथि वक्ताको रुपमा बोल्दै सर्टिफाइड डिजिटल मार्केटिङ ट्रेनर तथा शेरचन कन्सलटिङकी संस्थापक स्वेता शेरचनले उडिजिटल मार्केटिङको बारेमा विशिष्ट जानकारी दिएकी थिईन् । उनले ग्राहकलाई आफ्नो प्रोडक्टले खुशी पार्न सक्नुपर्ने तर्क पेश गर्दै सामाजिक सञ्जालको प्रयोग गरेर राम्रो डिजिटल मार्केटिङ गर्न सकिने राय प्रस्तुत गरिन ।
बिहान ८ बजेदेखि १० बजेसम्म आयोजित सो कार्यक्रममा महिला उद्यमीहरुले डिजिटल प्लेटफर्मलाई प्रयोग गरि व्यवसायमा कसरी सफलता पाउन सक्छन् भन्ने बारे छलफल गरेका थिए । कार्यक्रमको अन्त्यमा क्युएनए राउण्ड भएको थियो । डब्लुआईआईटीले विगत एक दशक देखि महिलाहरुलाई प्रविधिको क्षेत्रमा प्रोत्साहन र प्रवर्द्धन गर्ने कार्य गरिरहेको छ ।
काठमाडौं- उर्मिला श्रेष्ठ नेपाल महिला चेम्बरको अध्यक्षमा चयन भएकी छिन्। राजेन्द्र मल्ल नेतृत्वको नेपाल चेम्बर अफ कमर्शले आईतबार उनलाई पुन: सो जिम्मेवारी दिएको हो । श्रेष्ठ नेपाल महिला चेम्बरको अघिल्लो कार्यसमितीको समेत अध्यक्ष थिईन् । नेपाल महिला चेम्बरलाई गतिशिल बनाई देशमा महिला उद्यमशिलता प्रबर्द्धन गर्ने सवालमा श्रेष्ठले महत्वपूर्ण योगदान पुर्याउदै आएकी छिन् । उनको अघिल्लो नेतृत्व काल निकै सफल मानिन्छ ।
को हुन उर्मिला श्रेष्ठ ?
उर्मिला श्रेष्ठ नेपाल चेम्बर अफ कमर्शको उपाध्यक्ष हुन । हालसालै मात्र सम्पन्न चेम्बरको ७० औ साधारण सभाले उनलाई चेम्बरको उपाध्यक्षमा निर्वाचित गरेको थियो । यस अघि उनी महिला चेम्बरको अध्यक्ष साथै नेपाल चेम्बरको कार्यकारीणी सदस्य थिईन् । उर्मिला श्रेष्ठ नेपाल चेम्बर अफ कमर्शको ७० बर्षको ईतिहासमै पहिलो पटक महिला मध्येमा प्रथम पटक उपाध्यक्ष जस्तो उच्च मुकाममा पुग्न सफल हुँदै ईतिहास रच्न समेत सफल भएकी छिन्। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको कार्यकारी प्रमुख अर्थात सिईओ समेत रहेकी श्रेष्ठ आँफैमा एक सफल नारी पनि हुन ।
साल्ट ट्रेडिङलाई कुशल व्यवस्थापकिय नेतृत्व प्रदान गर्दै आएकी उनले पछिल्लो समय महिला चेम्बरलाई पनि उस्तै सबल नेतृत्व प्रदान गर्दै आएकी थिईन । तसर्थ नेपालमा समकालिन समयमा औंलामा गन्न सकिने सफल महिलाहरुको पंक्तीमा उर्मिला श्रेष्ठको नाम अग्रपंतीमा आउने गर्दछ ।
सक्षम, कर्मठ, इमान्दार एवम् बौद्धिक नारीको रुपमा चिरपरिचित श्रेष्ठ राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा ख्याती कमाउन सफल व्यक्तित्व पनि हुन । त्यसो त व्यापारिक पृष्ठभुमी बोकेको नेवार कुलमा जन्मिएकी श्रेष्ठ नेपाल चेम्बर अफ कमर्शका पुर्व अध्यक्ष स्वर्गिय ईश्वर लाल श्रेष्ठकी सुपुत्री हुन । पिताजीको पदचापलाई पछयाउदै नेपालको चेम्बर आन्दोलनलाई अघि बढाउने सवालमा उर्मिलाले ईश्वरलाल जस्तै अब्बलता प्रस्तुत गर्दै आएकी छिन । बदलिदो विश्व परिवेश माझ नेपालमा पनि महिला सशक्तिकरणको सवाल टडकारो रुपमा उठदै आईरहेको सन्दर्भमा श्रेष्ठ नेतृत्वको नेपाल महिला चेम्बरले मुलुक भित्र महिला उद्यमशिलता विकासका लागि ठोस कार्यक्रम पस्कदै महत्वपूर्ण योगदान पुर्याउदै आएको थियो र छ ।
त्यसो त, श्रेष्ठको नेतृत्वमा महिला चेम्बरले गर्दै आएका कार्यहरुको सर्वत्र चर्चा समेत हुँदै आएको छ । बौद्धिक जागरण जस्ता स्वाधिन र समाज प्रेरित कार्यमा समेत उनी सकृय छिन् । राजनीतिक, व्यवसाय र समाजसेवाको त्रिवेणी मानिने इश्वरलाल-माणिकलाल पुस्ताको ‘लिगेसी’ अर्थात बिडो थाम्दै अब्बल कार्यकौशलता प्रस्तुत गर्दै आएकी उर्मिला श्रेष्ठ समकालिक समयकी एक प्रभावशाली नारीमा गनिन्छिन् ।
काठमाडौ-लिमा अधिकारी नेपाल चेम्बर अफ कमर्शको कार्यसमिती सदस्यमा मनोनित भएकी छन । अधिकारीलाई चेम्बर अध्यक्ष राजेन्द्र मल्लले आईतबार चेम्बर केन्द्रिय कार्यसमिती सदस्यमा मनोनित गरेका हुन । यस्तै अध्यक्ष मल्लले कर्णाली प्रदेश चेम्बर अफ कमर्सको अध्यक्षमा चिन्तामणि न्यौपानेलाई मनोनित गरेका छन् ।अधिकारी र न्यौपानेलाई चेम्बरको विधान बमोजिम उक्त पदहरुमा मनोनित गरिएको हो ।
को हुन लिमा अधिकारी ?
लिमा अधिकारी उर्मिला श्रेष्ठ नेतृत्वको नेपाल महिला चेम्बरकी सचिव हुन । उनी व्यवसायिक रुपमा विगत एक दशक देखी हस्पिटालिटी क्षेत्रमा सकृय रहदै आएकी छिन । उनीसँग औद्योगिक एवम् राजनीतिक पृष्ठभुमी बोकेका दुई भिन्न परिवारको लिगेसी जोडिएको छ । खुलस्त रुपमा भन्नुपर्दा उनी पुर्व उपप्रधान एवम् अर्थमन्त्री स्व। भरतमोहन अधिकारीकी सुपुत्री र पुर्व प्रधानमन्त्री स्व। मनमोहन अधिकारीकी भातिजी हुन भने प्रतिष्ठित उद्योगपति एवम् पुर्व सांसद कृष्णप्रसाद आचार्यकी बुहारी र डिसहोमका प्रबन्ध निर्देशक तथा कामना विकास बैंकका अध्यक्ष सुदिप आचार्यकी श्रीमती हुन । राजनीति मार्फत देशको आर्थिक एवम् सामाजिक विकासको अभिभारा बोक्दै राजनीतिको बागडोर सम्हाने एक राजनीतिक घरानामा हुर्केकी लिमा देशको औद्योगिक विकासका लागि योगदान पुर्याउदै आएको आचार्य परिवारसँग वैवाहिक बन्धनमा बाँधिएसँगै व्यवसायिक क्षेत्रमा पदार्पण गरेकी हुन । बाल्यकाल देखी नै राजनीतिक वातावरणसँग घुलमिल भएकी लिमालाई परिवेशले उद्योग र व्यापारको क्षेत्रमा पनि ल्याइ पुर्यायो । उनी विगत दुई दशक यता व्यवसायमा सकृय छिन् । हालसालै मात्र उनी नेपाल महिला संघको केन्द्रिय सदस्यमा निर्वाचित हुन सफल भएकी छिन् । त्यसो त पछिल्लो समय उनी समाजसेवामा पनि उत्तिकै सकृय छिन । यस मानेमा उनी राजनीति, व्यापार र समाजसेवाको त्रिवेणी हुन । लिमाले नेपाल महिला चेम्बरको सचिवको हैसियतमा रहेर सम्पादन गर्दै आएका कार्यहरुको चर्चा परिचर्चा हुँदै आएको छ ।अधिकारी जुझारु एवम् सबल महिला व्यवसायी नेतृको छवी बनाएकी एक प्रखर उद्यमी हुन ।
काठमाडौ-लिमा अधिकारी नेपाल चेम्बर अफ कमर्शको सदस्यमा मनोनित भएकी छन । अधिकारीलाई चेम्बर अध्यक्ष राजेन्द्र मल्लले आईतबार चेम्बर केन्द्रिय कार्यसमिती सदस्यमा मनोनित गरेका हुन । यस्तै अध्यक्ष मल्लले कर्णाली प्रदेश चेम्बर अफ कमर्सको अध्यक्षमा चिन्तामणि न्यौपानेलाई मनोनित गरेका छन् ।अधिकारी र न्यौपानेलाई चेम्बरको विधान बमोजिम उक्त पदहरुमा मनोनित गरिएको हो ।
को हुन लिमा अधिकारी ?
लिमा अधिकारी उर्मिला श्रेष्ठ नेतृत्वको नेपाल महिला चेम्बरकी सचिव हुन । उनी व्यवसायिक रुपमा विगत एक दशक देखी हस्पिटालिटी क्षेत्रमा सकृय रहदै आएकी छिन । उनीसँग औद्योगिक एवम् राजनीतिक पृष्ठभुमी बोकेका दुई भिन्न परिवारको लिगेसी जोडिएको छ । खुलस्त रुपमा भन्नुपर्दा उनी पुर्व उपप्रधान एवम् अर्थमन्त्री स्व. भरतमोहन अधिकारीकी सुपुत्री र पुर्व प्रधानमन्त्री स्व. मनमोहन अधिकारीकी भातिजी हुन भने प्रतिष्ठित उद्योगपति एवम् पुर्व सांसद कृष्णप्रसाद आचार्यकी बुहारी र डिसहोमका प्रबन्ध निर्देशक तथा कामना विकास बैंकका अध्यक्ष सुदिप आचार्यकी श्रीमती हुन । राजनीति मार्फत देशको आर्थिक एवम् सामाजिक विकासको अभिभारा बोक्दै राजनीतिको बागडोर सम्हाने एक राजनीतिक घरानामा हुर्केकी लिमा देशको औद्योगिक विकासका लागि योगदान पुर्याउदै आएको आचार्य परिवारसँग वैवाहिक बन्धनमा बाँधिएसँगै व्यवसायिक क्षेत्रमा पदार्पण गरेकी हुन । बाल्यकाल देखी नै राजनीतिक वातावरणसँग घुलमिल भएकी लिमालाई परिवेशले उद्योग र व्यापारको क्षेत्रमा पनि ल्याइ पुर्यायो । उनी विगत दुई दशक यता व्यवसायमा सकृय छिन् । हालसालै मात्र उनी नेपाल महिला संघको केन्द्रिय सदस्यमा निर्वाचित हुन सफल भएकी छिन् । त्यसो त पछिल्लो समय उनी समाजसेवामा पनि उत्तिकै सकृय छिन । यस मानेमा उनी राजनीति, व्यापार र समाजसेवाको त्रिवेणी हुन । लिमाले नेपाल महिला चेम्बरको सचिवको हैसियतमा रहेर सम्पादन गर्दै आएका कार्यहरुको चर्चा परिचर्चा हुँदै आएको छ ।अधिकारी जुझारु एवम् सबल महिला व्यवसायी नेतृको छवी बनाएकी एक प्रखर उद्यमी हुन ।
काठमाण्डौं-नेपाल चेम्बर अफ कमर्सको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित भ
एका छन् । नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति बैठकले विधान बमोजिम उपाध्यक्षमा गोल्छालाई मनोनित गरेको हो । गोल्छालाई चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल सहितका पदाधिकारीहरूले शुक्रबार स्वागत गरे । चेम्बरले आफूलाई मानार्थ उपाध्यक्ष मनोनित गरेर सम्मान गरेको गोल्छाले बताएका छन् । २००५ साल साउन १५ गते जन्मिएका लोकमान्य गोल्छा प्रतिष्ठित व्यावसायिक घराना गोल्छा अर्गनाइजेसनका अध्यक्ष थिए । हाल उनका हंशराज हुलासचन्द एण्ड को., हुलास वायर इन्डस्ट्रिज, हिम इलेक्ट्रोनिक्स, हुलास मेटल क्राफ्ट्स लगायतका व्यावसायिक प्रतिष्ठानहरू सञ्चालनमा छन् ।
गोल्छा २०२८ सालमा नेपाल चेम्बर अफ कमर्समा आबद्ध भएका थिए ।