नुवाकोट, १६ माघ- नुवाकोट चेम्बर अफ कमर्सको दोश्रो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । उक्त साधारण सभा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सो अवसरमा कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले मुलुक अब संघीयतामा गएसँगै चेम्बरको सञ्जाल पनि उद्यम व्यवसायको विकास र नीतिगत बहस पैरवी, व्यावसायीको हक हितमा संलग्न रहनु पर्ने भएकाले प्रदेश, जिल्ला र नगरमा समेत जिल्ला चेम्बर अफ कमर्सको विस्तार गरिएको बताए । व्यवसायीहरुको हक हितका साथै सामाजिक सेवामा पनि चेम्बर सकृय रहेको समेत उनले उल्लेख गरे। नुवाकोटको स्थानिय उत्पादनलाइ बढाइ निर्यातलाई प्राथमिकता दिनुपर्ने र यहाँको ऐतिहासिक स्थलहरुलाइ पर्यटकीय गन्तव्य स्थलको रुपमा बिस्तार गर्न पर्नेमा उनले जोड समेत दिए ।
सो अवसरमा सभापतिको आसनबाट बोल्दै नुवाकोट चेम्वर अफ कमर्सका अध्यक्ष कबिन्द्रमान प्रधानले नुवाकोट चेम्बरले यस क्षेत्रका उद्यमी÷व्यवसायीको समस्या समाधान गर्न संस्थागत रुपमा पहलकदमी लिदै आएको कुरा राखे । आमन्त्रित सहभागीहरुलाइ स्वागत गर्दै यस क्षेत्रको पर्यटकीय कृषि तथा जडीवुटीको संभावनालाइ दृष्टिगत गरी नुवाकोटको आर्थिक गतिबिधि चलायमान बनाउन चेम्वर अग्रसर हुने पनि उनले बताए । सो अवसरमा बिशिष्ट अतिथि प्रदेश नं. ३ चेम्वर अफ कमर्सका अध्यक्ष कृष्णमान श्रेष्ठ, उपभोक्ता मंचका जिल्ला अध्यक्ष इन्द्र वहादुर पण्डित, उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष गिता अमात्य तथा रेडिमेड कपडा व्यापार संघका संजीव श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए।
कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका कार्य समिति सदस्य त्रिभुबनधर तुलाधर र राम श्रेष्ठको पनि उपस्थिति रहेको थियो । नुवाकोट चेम्बर अफ कमर्सका अध्यक्ष कबिन्द्रमान प्रधानको अध्यक्षतामा सम्पन्न सो सभामा वरिष्ठ उपाध्यक्ष ओम श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए ।
काठमाडौं, ०७ माघ -नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा भारतको पिएचडी चेम्वर अफ कमर्सले बुधबारबाट फाइभ पि नेपाल भर्चुअल अन्तर्राष्ट्रिय एक्स्पो आयोजनामा ल्याएको छ । जनवरी २० देखि २३ सम्म जारी रहने उक्त एक्स्पोको भर्चुअल समुद्घाटनसंगै नेपाल भारत व्यवसाय प्रवद्र्धनका चुनौति तथा संभावना बिषयमा वेबिनार समेत आयोजना गरिएको छ । सो अवसरमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोभिडको बेलामा नेपाल भारत वीच व्यवसाय प्रवद्र्धनका बिषयमा कार्यक्रम आयोजना गरेकोमा पिएचडी चेम्वरलाइ धन्यबाद दिदै दुइ मुलुक बीच विद्यमान व्यापार तथा लगानीका विविध चुनौति एवम् संभावना बारे प्रकाश पारे । भारतले अन्य मुलुकहरुमा गरेको लगानीको तुलनामा नेपालमा नगन्य लगानी भएकोले भारत तथा नेपालका निजी क्षेत्रले नेपालमा भारतीय लगानी बढाउन संयुक्त पहल गर्नुपर्नेमा उनले जोड दिए । अध्यक्ष श्रेष्ठले नेपालमा कृषि,जडिवुटीजन्य, खनिज पदार्थ तथा हाइड्रोपावर क्षेत्रमा लगानीको संभाव्यता रहेको बारे पनि चर्चा गरे ।
त्यसैगरि, नेपाल स्थित भारतीय दुतावासका प्रथम सचिव अभिषेक उपाध्यायले फाइभ पि-प्लाष्टिक,पेपर, प्याकेजिङ र प्रोसेसिङको बजार संभाव्यता लगायतमा प्रकाश पारे । पिएचडी चेम्वर अफ कमर्सका महासचिव सौरभ सन्यालले नेपाल, भारतको ठूलो व्यापारिक साझेदार भएको मुलुक भएकाले दुइ मुलुक बीचको व्यापारिक सम्वन्धलाइ आफुहरुले महत्वका साथ हेर्दै आएको बताए । साथै उनले पिएचडी चेम्बरबाट आयोजना भएको नेपाल फाइप पी भर्चुअल एक्सपोले दुइ मुलुक बीचको सम्वन्ध थप प्रगाढ हुने बिश्वास व्यक्त गरे । अन्तर्कृया माझ भारत सरकार, वाणिज्य विभागका सहसचिव आलोक मालवीय, नेपाल प्रिन्टर्स एसोसिएसनका अध्यक्ष पुष्कल गौतम मेडिया स्पेसका कार्यकारी निर्देशक श्रृजल भट्टराई, फ्युचरेक्सका कार्यकारी निर्देशक प्रेम अन्वेषी तथा पिएचडी चेम्वर अफ कमर्स अन्तर्राष्ट्रिय समितिका प्रमूख नवीन सर्दानाले आ-आफ्नो धारणा राखेका थिए ।
पिएचडी चेम्वर अफ कमर्सको तत्वावधानमा फ्युचरेक्स टे«ड फेयर एण्ड इभेण्ट्स प्रालिले आयोजना गरेको यस एक्सपोमा नेपालभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिब, प्याकेजिङ र प्रोसेसिङसँग सरोकारितलाई यस एक्सपो मार्फत सम्पर्क तथा समन्वय गरी व्यापार साझेदारी नविनतम प्रविधि प्रदर्शन र संवाद गर्न साझा मञ्च प्रदान गर्ने उद्धेश्य रहेको जनाईएको छ । पिएचडी चेम्वर अफ कमर्सले गत वर्ष पनि नेपालमा विशेष अन्तराष्ट्रिय प्रदर्शनी आयोजना गरिसकेको छ । गत वर्ष अर्थात २०७६ सालमा ४ देखि ६ पौषसम्म काठमाडौंको भृकुटीमण्डपमा एक्स्पो आयोजनामा आएको थियो ।
बिराटनगर , ०५ माघ - प्रदेश नं १ नेपाल डेरी एशोसियसन र सरोकारवाला अन्य विभिन्न संस्थाले संयुक्त कृषिमा विदेशी लगानी खुल्ला गर्ने सरकारको निर्णय गलत भएको जनाउदै अबिलम्ब फिर्ता लिन माग गर्दै प्रदेश नं १ का मुख्य मन्त्री र कृषि मन्त्रीलाई नेपाल डेरी एसोसिएसन प्रदेश नं १ का अध्यक्ष हेमचन्द्र खनालको नेतृत्वमा एसोसिएसनका केन्द्रिय उपाध्यक्ष राजन चिमोरिया, महासचिव प्रल्हाद दाहाल, सदस्य रामभक्त दाहाल, डम्बरा गौतम, अय संस्थाका पदाधिकारी सहितको सहभागीमा ज्ञापन पत्र बुझाइयो । संसद विघटनपछि वर्तमान सरकारको नेतृत्वले कृषिमा विदेशी लगानी खुल्ला गर्ने निर्णय लिए पस्चात डेरी एशोसियसनले अन्य सरोकारवाला संघ संगठनलाई समेत सहभागिता गराई राष्ट्रव्यापी विरोध कार्यक्रम घोषणा गरिहेको छ । आन्दोलित अवस्थामा रहेको एसोसिएसनको नेतृत्वले मंगलबार बिराटनगरमा मौरी पालन व्यवसायी संघ, पोल्ट्री व्यवसायी संघ, अण्डा उत्पादन व्यवसायी संघ, माछा पालन संघ,राष्ट्रिय कृषक संजाल समेतलाई सहभागिता गराई मुख्यमन्त्रीको कार्यालयमा पुगेर सो निर्णयको विरोध गरेको छ ।
ज्ञापनपत्र
सरकारले नेपालमा बैदेशिक लगानी ल्याउँदा अहिले भइरहेको ग्रामिण रोजगारीमा त्यसको प्रत्यक्ष असर पर्ने, हालसम्म कृषि पेशामा आवद्ध भएका व्यवसायीलाई मजदुर बनाउने र त्यसको प्रत्यक्ष लाभ विदेशी लगानीकर्ताको हातमा पुग्ने निश्चित देखिएको छ । अहिलेको सरकारले संसद विघटन पछि उद्योग मन्त्रालय मार्फत गएको २०७७ पौष २० गते राजपत्रमा सूचना प्रकाशित गरि कृषिमा विदेशी लगानी खुल्ला गर्ने निर्णय सार्वजनिक गरेकोले तत्काल उक्त निर्णय फिर्ता लिनु पर्ने जोडदार माग गरिएको कुरा नेपाल डेरी एसोशिएसनका केन्द्रिय महासचिव प्रल्हाद दाहालले बताए । ज्ञापनपत्रमा जनाए अनुसार अहिले देशभर दैनिक ६२ लाख लिटर दुध उत्पादन हुने गरेको छ, भने ३२ लाख लिटर दुध वजारमा जाने गरेको छ । दुध विक्रीवाट मात्रै दैनिक ६ करोड रुपैयाँ गाउँमा भित्रने गरेको छ । अहिले नेपालमा ६ लाख कृषकहरु प्रत्यक्ष रुपमा लाभान्वित रहेका छन् भने ३० लाख नेपालीले रोजगार पाइरहेका छन् । त्यसैगरी वर्तमान हाल माहुरीपालनमा चार अर्ब, माछापालनमा करिब ११ अर्ब, डेरी उद्योगमा ३० अर्ब र दाना तथा कुखुरा पालनमा ४० अर्ब गरी कुल ८५ अर्बको लगानी भई करिब १५ लाख भन्दा बढी कृषक तथा श्रमिकहरुले रोजगारी पाइरहेको सन्दर्भमा यसरी नीजि क्षेत्रको अर्बौंको लगानी भएको अवस्थामा प्रमुख सरोकारवालासँग कुनै सर–सल्लाह नगरि राष्ट्र र किसानको हितविपरित अपारदर्शी रुपमा सरकारले गरेको निर्णयले राष्ट्रको अर्थतन्त्रमा गम्भीर दीर्घकालीन असर पर्ने छ । यदि सरकारले शान्ति पुर्ण तरिकाले गरेको आन्दोलनको ब्यवास्ता गरि यो कदम फिर्ता गरेन भने थप आन्दोलनमा जाने र अन्त्यमा केही नलागे अदालतको ढोका समेत ढकढक्याउन बाध्य भइने छ ।
२०७५ सालमा मात्र कृषिमा विदेशी लगानी खुल्ला गर्ने निर्णय मन्त्री परिषद्ले गरेपछि सो बिषयमा कृषिसँग सम्वन्धित विभिन्न सङ्घ÷सङ्घठनले विरोध जनाएपछि संसदिय समितिको पहलमा तत्काल नै संसदवाट नै सो निर्णय खारेज भएको थियो ।
ललितपुर, ३ माघ -ललितपुर चेम्बर अफ कमर्शको प्रथम वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । उक्त साधारण सभा कार्यक्रम अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यता र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठको बिशेष आतिथ्यता माझ जावलाखेलमा सम्पन्न भएको हो । साधारण सभाको उदघाटन गर्दै अर्थमन्त्री पौडेलले स्मारिका समेत विमोचन गरे । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री पौडेलले निजी क्षेत्रका समस्या समाधान गर्न सरकार प्रयत्नशिल रहेको बताउनुका साथै वैशाख १७ र २७ गते तोकिएको निर्वाचन सफल पार्न चेम्बर लगायत समग्र निजी क्षेत्रको साथ उत्तिकै आवश्यक रहने औल्याए । साथै मन्त्री पौडेलले सरकारले कोभिड १९ विरुद्धको भ्याक्सिन निशुल्क उपलब्ध गराउने उल्लेख गर्दै भ्रमको पछि नलाग्न पनि आग्रह गरे ।
त्यसै गरि नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले बिशेष अतिथीको आसनबाट बोल्दै जोखिम मोलेर व्यापार व्यवसाय गर्ने निजी क्षेत्रले सरकारलाई सहयोग पुर्याउदै आएको बताउदै राज्यले निजी क्षेत्रका समस्या हल गर्न रचनात्मक भूमिका खेल्नु पर्ने औल्याए । साथै उनले स्थानिय कर चर्को भएको उल्लेख गर्दै अन्य विविध प्रकारका करबाट पनि व्यवसायीहरु मर्कामा पर्दै आएको उल्लेख गरे । अध्यक्ष श्रेष्ठले दायरा बढाउदै करको दर घटाउनु पर्ने, एकिकृत कर प्रणाली लागु गर्नुपर्ने जस्ता सुधारका काम गर्न आवश्यक रहेको बताए ।
कार्यक्रम माझ राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जनले सरकारले गर्ने भन्सार मुल्यांकनका कारण व्यवसायिक र उपभोक्ता मैत्री वातावरणमा खलल पुग्दै आएको बताउदै बजार अनुगमनका क्रममा समस्या निम्तने गरेको धारणा राखे ।ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले जिल्लामा व्यवसायिक वातावरण निर्माण गर्न प्रशासनले हरतरहले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले स्वागत मन्तब्य राख्दै व्यवसायीहरुले कोभिडका कारण ठुलो चुनौती भोग्नु परेको उल्लेख गरे । सो अवसरमा उनले सरकारले व्यवसायीहरुलाई प्रोत्साहन गर्ने नीति लिनुपर्नेमा अनुगमनका नाममा सास्ती दिने काम भईरहेको प्रति विमती जनाए ।
त्यसैगरि ललितपुर चेम्बर अफ कमर्शकाका वरिस्ठ उपाध्यक्ष निरु थापाले नयाँ कार्यसमितीको चयनसँगै ललितपुर चेम्बर थप सुदृढ र सबल बन्ने विश्वास व्यक्त गरे ।
कार्यक्रम माझ नेपाल चेम्बर अफ कमर्शका वरिस्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्षद्व्य कमलेश अग्रवाल एवम् दिपक मल्होत्रा, ललितपुरका एसएसपी किरण बज्राचार्य, नेपाल महिला चेम्बरकी उपाध्यक्ष सुश्मा शर्मा लगायतको उपस्थिती रहेको थियो ।
निर्वाचनबाट शाक्यको नेतृत्वमा २१ सदस्यिय कार्यसमिती चयन
ललितपुर चेम्बर अफ कमर्शको प्रथम वार्षिक साधारण सभाले आगामी तीन बर्षका लागि नयाँ कार्यसमिती चयन गरेको छ । शनिवार जावलाखेलमा आयोजित सभाले पुष्परत्न शाक्यको अध्यक्षतामा सर्वसम्मतीका साथ उक्त कार्य समिती चयन गरेको हो । साधारण सभाबाट वरिस्ठ उपाध्यक्षमा निरु थापा, प्रथम उपाध्यक्ष राजेन्द्र मान कायस्थ दित्तिय उपाध्यक्षमा अनिल विर बज्राचार्य, महासचिवमा सुविन बज्राचार्य, कोषाध्यक्षमा नरेन्द्र शाक्य, सचिवमा हरीप्रसाद अधिकारी र सह कोषाध्यक्षमा प्रेमलाल महर्जन निर्वाचित भएका छन् । त्यसैगरि सदस्य तर्फ निर्वाचित हुनेमा विरेन्द्र शाक्य, ॠषिकेश तिमिल्सिना, रामचन्द्र खत्री, तेजेन्द्रगोपाल श्रेष्ठ, श्याम तण्दुकार् सुनिता बज्राचार्य, सुमित्रा खडका, नविना कार्की, प्रबिण बहादुर शाक्य, सविना सिंह महर्जन, हेम किशोर राई, हरेराम जोशी र अभिसेक बज्राचार्य छन् ।
त्यसैगरि सोही कार्यक्रम माझबाट ललितपुर महिला चेम्बर र ललितपुर युवा चेम्बर गठन गरिएको छ ।
काठमाडौं, २७ पौष- नेपाल चेम्बर अफ कमर्स र फेडरेशन अफ इजराइल चेम्बर अफ कमर्स बीच आज एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुवै पक्षका पदाधिकारी तथा इजरायल स्थित नेपालका राजदूत डा.अन्जान शाक्य र नेपाल स्थित इजरायलका राजदूत हनान गोडर गोल्डबर्गरको भर्चुअल उपस्थितिमा सो सम्झौता सम्पन्न भएको हो । उक्त समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्सको तर्फबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल र फेडरेशन अफ इजराइल चेम्बर अफ कमर्सको तर्फबाट उपाध्यक्ष अमिर सानीले हस्ताक्षर गरेका छन् । समझदारीपत्रमा इजरायल चेम्बर अफ कमर्ससँगको सम्बन्ध मार्फत इजराइलबाट नेपालमा लगानी भित्राउन पहल गर्ने, नेपाल र इजरायलमा आपसी रुपमा व्यापारलाई बिस्तार गर्ने, दुइ–पक्षिय तथा बहु–पक्षीय ब्यापार तथा लगानीसँग सम्बन्धित साझा स्वार्थहरुको प्रबर्द्धन गर्ने, आर्थिक सहकार्य र व्यापारिक भ्रमणको आदान–प्रदान, व्यवसायीक सूचना आदान प्रदान गर्ने लगायतका बुंदाहरु समाबेश छन् । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले यस समझदारीले दुवै मुलुकका व्यावसायीक निकायवीच व्यापारिक सम्बन्ध कायम हुने विश्वास व्यक्त गर्दै नेपाल र इजरायल बीच आर्थिक सम्वन्ध सुदृढ हुने उल्लेख समेत गरे । नेपाल र इजरायल बीच कुटनीतिक सम्वन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा निजी क्षेत्रका अग्रणी संस्था बीच भएको समझदारीले ठुलो महत्व राख्ने पनि उनले बताए ।
इजरायलका लागि नेपाली राजदूत डा.अन्जान शाक्यले नेपाल र इजरायलको निजी क्षेत्र बीच सोझै सम्पर्क कायम राख्न तथा सम्बन्ध बिस्तारका लागि दुवै चेम्बर बीचको यस सम्झौता कोशे ढुङ्गा साबित हुने विश्वास व्यक्त गरिन । साथै उनले इजरायलमा नेपालबाट उत्पादित चियाको बजार क्रमशः बिस्तार हुंदै गएकोले नेपाली उत्पादनका लागि इजरायल राम्रो गन्तव्य हुने धारणा व्यक्त गरिन । सो अवसरमा नेपालका लागि इजराइलका राजदूत हनान गोडर गोल्ड वर्गरले नेपाल पर्यटकीय संभावना भएको मुलुक भएको उल्लेख गर्दै साहसिक पर्यटनको निमित्त इजरायली पर्यटकको आकर्शक गन्तव्य रहदै आएको उल्लेख गरे ।
इजराइल नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष अनात वर्नस्टीन राइसले यस सम्झौताले नेपाल इजराइल नेपाल बीच आर्थिक सम्बन्ध बढाउन उपयुक्त मंच प्राप्त भएको र कोभिड पश्चात नेपाल र इजरायल बीच व्यवसायीक प्रतिनिधिमण्डलको आदान प्रदान हुने आशा व्यक्त गरे । त्यसैगरि, फेडरेसन अफ इजराइल चेम्बर अफ कमर्सका उपाध्यक्ष अमीर शानीले दुइ मुलुक बीचको आर्थिक सम्वन्धको क्रममा प्रस्तुत समझदारीपत्र कोशेढुंगा भएको र यसबाट निजी क्षेत्र बीच सम्बन्ध बिस्तार हुन गइ दुवै राष्ट्रलाई फाइदा हुने कुरा उल्लेख गरे ।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले बिश्वको सबै भन्दा अग्लो शिखर सगरमाथा नेपालमा रहेको र बिश्वको सबै भन्दा होचो मृत सागर इजरायल समीममा भएको कुरा उल्लेख गर्दै दुवै मुलुक पर्यटकीय हिसाबले संभावनायुक्त गन्तव्य स्थल रहेको उल्लेख गरे । वरिष्ठ उपाध्यक्ष मल्लले इजरायलले सूचना तथा प्रबिधिको क्षेत्रमा गरेको प्रगति, कृषिमा भएको यान्त्रीकरणबाट नेपालले फाइदा लिन सक्ने पनि औल्याउदै नेपाल जलश्रोतको अपार भण्डार भएको मुलुक भएकोेले जल उर्जाको क्षेत्रमा लगानीको लागि समेत आव्हान गरे ।
हालसम्म नेपाल चेम्बर अफ कमर्सले अन्य देशका ७० वटा बिभिन्न अन्तर्रा्ष्ट्रिय चेम्बर अफ कमर्ससंग समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ । उक्त समझदारी पत्र हस्ताक्षर कार्यक्रममा नेपाल महिला चेम्बरकी अध्यक्ष समेत रहेकी नेपाल चेम्बर अफ कमर्सकी कार्य समिति सदस्य उर्मिला श्रेष्ठ तथा अर्का सदस्य दिपेश रत्न तुलाधरको सहभागिता रहेको थियो ।
काठमाडौं, २३ पौष - नेपालका लागी दक्षिण कोरियाका नवनियुक्त्त राजदूत पार्क चोङ सुक र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ तथा पदाधिकारी बीच द्धिपक्षीय आर्थिक सम्वन्ध अभिवृद्धि बारे छलफल भएको छ । उनीहरु बीच कान्तिपथ स्थित चेम्बर भवन छलफल भएको हो । छलफलका क्रममा राजदूत सुकले आफ्नो कार्यकालमा नेपाल तथा कोरिया बीच द्धिपक्षीय आर्थिक सम्वन्धलाइ प्रवद्र्धन गर्न कोरिया व्यापार तथा लगानी प्रवद्र्धन एजेन्सी (कोट्रा ) सँग चेम्बरको सहकार्यका लागि पहल गर्ने र दुई मुलुक वीच सूचना आदान प्रदान गर्ने सम्वन्धी सहकार्यको लागि आफुले प्रयास थालनी गरेको बताए । राजदुत सुकले कोरियाबाट प्रशिक्षित कामदारहरु नेपाल फर्किने भएकोले उनीहरुले सिकेको ज्ञान तथा सीप नेपालको लागि उपयोगी हुने उल्लेख गर्दै कोरियामा रोजगारीको लागि सरल र सहज व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा नेपाल चेम्बर अफ कमर्शक अध्यक्ष राजेश काजी श्रेष्ठले राजदूत सुकको कार्यकालको सफलताको कामना गर्दै चेम्बरले आफ्नो सात दशकको लामो, गतिशील र सार्थक कार्य गरी व्यापार तथा लगानी विकासका लागि पैरवी गरिरहेको बताए । सन् २०१५ देखि चेम्बर एक्स्पो नियमित रुपमा भैरहेको, दक्षिण कोरियासँग कुटनीतिक संम्बन्ध स्थापना पछि व्यापार, लगानी, पर्यटन प्रवद्र्धनमा उल्लेखनिय विकास भएको तर नेपालबाट दक्षिण कोरियासँग व्यापार घाटा प्रत्येक बर्ष बढ्दै गएको पनि उनले उल्लेख गरे । अध्यक्ष श्रेष्ठले दुवै देश बीचमा आर्थिक संम्बन्ध अभिवृद्धि गर्नको लागी नेपाल चेम्बर र कोरिया चेम्बर बीच समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी गराउदै लगानी तथा पर्यटन प्रवद्र्धन, दक्षिण कोरियाको प्रविधी नेपालमा भित्रयाउने कार्य, व्यापारिक प्रतिनिधी मण्डलको आदान प्रदान, शीप विकास र प्रशिक्षण, कृषि क्षेत्रको विकास आदी बारे प्रकाश पारे । कोभिड १९ पछिको आपसी सहयोग आदी क्षेत्रहरुमा दक्षिण कोरियाबाट सहयोग, प्राविधिक सहायता आउने अपेक्षा एंव विश्वास अध्यक्ष श्रेष्ठले राखे । कार्यक्रममा नेपाल चेम्वरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल उपाध्यक्षद्धय कमलेश कुमार अग्रवाल, दिपक कुमार मलहोत्रा एवं कार्य समितीका सदस्यको पनि सहभागिता रहेको थियो ।
आर.बि.बुढाथोकी
काठमाडौं । बुढाथोकी ब्यापारिक घरानाको पहिलो तर उच्च स्तरको र नेपाल मै पहिलो पाँचतारे स्तरको ब्यान्केट काठमाडौमा खुलेको छ । लामो समयको तयारीका साथ पूर्ण गृहकार्य गरेर निर्माण गरिएको यो ब्यन्केट इभेन्ट नेपाल मै पहिलो र अति नै आकर्षक छ । हरेक एङगलबाट उत्कृष्ट देखिने यो भेन्यु सबैको रोजाइमा परेको छ ।नियमित विवाह,ब्रतबन्ध कर्पोरेट पार्टीहरु बाहेक दुई दर्जन भन्दा ज्यादा म्युजिक भिडियोहरु सुट गरी सकेको अरिकल इभेन्टमा सो लोकेसन र इन्टेरियर डिजायन धेरैले मन पराएका छन । अन्य ब्युटी ट्रेनिङ तथा फेसन शो का लागि पनि अरिकल भेन्यु सबैको रोजाइमा परेको छ ।
काठमाडौमा सबैलाई पायक पर्ने स्थान चक्रपथमा अवस्थित यो अरिकल इभेन्टमा कुनै पनि किसिमको पार्टी, बिबाह, बर्थडे, गुन्यु चोली र अन्य शुभकार्यका लागि उपयुक्त छ । सम्पूर्ण निर्माण सामाग्रीहरु बिदेशबाट झिकाएर बनाएको हुनाले पनि अन्य भेन्यु भन्दा अझ पृथक र भिन्न छ । अत्याधुनिक हिसाबले डिजाइन गरेर बनाइएको सो भेन्युमा ३ ठुला ठुला हल छन र एक गार्डन बार सहित रुप टप रेस्टुरेन्ट छ । ३ वटा हलहरुमा एक साथ पार्टी गर्दा ५ हजारदेखि ६ हजार सम्म अटाउने क्षमता भएका कारण पनि कुनै पनि सानो ठुलो समारोह गर्न समस्या छैन । तिनैवटा हलहरुमा भिन्न भिन्न समारोहहरु पनि एकै साथ आयोजना गर्न कुनै समस्या छैन । सबैभन्दा महत्वपूर्ण राम्रो पक्ष भनेको अरिकल इभेन्टमा आउने कुनै पनि पाहुनालाई पार्किङको राम्रो ब्यवस्था छ ।
अन्डरग्राउण्ड र साइड पार्किङले गर्दा कुनै पनि ग्राहकलाई पार्किङको समस्या छैन । माथिल्लो तलामा बनिरहेको रुफ टप रेस्टुरेन्ट पनि त्यति कै राम्रो र उत्कृष्ट छ । अति आधुनिक सेटअप रहेको सो रेस्टुरेन्टमा पनि धेरैले काठमाडौ भ्यालीलाई नियालेर आनन्द लिन सक्छन । जसरी हामीले यो स्टक्चर बनाउन मेहनत गरेका छौ । एक सफल ब्यबसायी होम बुढाथोकीको एकल स्वामित्वमा खोलिएको सो अरिकल इभेन्ट अहिलेको बजारको माग अनुसारको स्तरिय साबित छ । स्तरीय सेवा, मनोरम वातावरण र आकर्षणले गर्दा अहिले सम्म भिजिट गर्ने सम्पूर्ण महानुभाबहरु राम्रो नै भनेका छन् । सबैलाई पायक पर्ने स्थान डिजाइन, इन्टेरियर सेटिङ तथा गुणस्तरीय एवं विविध भेराइटीका खानाका कारण अरिकल इभेन्टस्ले दिने सर्भिस पाँचतारे होटलभन्दा माथिल्लो स्तरको छ ।
नेपालका राम्रा र गनिएका स्तरिय पाँचतारे होटलका सेफ तथा कर्मचारीहरुले आधुनिक तवरले समयको माग अनुरुप सर्भिस दिने विश्वासका साथ खोलिएको यो इभेन्टले सबैको मन लोभ्याएको छ । संचालक होम बुढाथोकीले पार्टी बुकिङका लागि दिनानु दिन बढ्दो र बिभिन्न सेलिब्रेटीहरुको भिजिट बढेको बताए । एक दर्जन जती म्युजिक भिडियोहरुले सुट गरी सकेको सो इभेन्टमा सबैको साकारात्मक प्रतिकृया आएको छ । लक डाउनको समयमा एक लाख भोका नेपालीलाई भोजन गराएर उपल्लो दर्जाको सामाजिक सेवाको भाबनाका साथ उद्घाटन गरिएको को सो इभेन्ट छोटो समयमा धेरै बिच परीचित हुन पुगेको छ । ‘हामीले ब्यवसायका साथ साथै सामाजिक दायित्व पनि बहन गरेर अघि बढेका छौ एक भेटमा संचालक बुढाथोकीले बताए। व्यवसाय मात्र गरेर हामीले पैसा कमाउने मुख्य उद्धेश्य होइन हामीले हाम्रो समाजको लागि पनि केही दायित्व बोध हुन जरुरी सम्झेर लक डाउन भर लाखौंको संख्यामा गरीब भोका नाङगालाई आफ्नै खर्चमा स्वयम खटेर जोखिम मोली मोली खाना खुवाउन तम्सियौ पछी सन्क्रमण ब्यापक हुन थाले पछी सरकारको सल्लाह अनुसार बन्द गरेका हौ’ उनले भने।
नेपालमा बनेका अधिकांश पार्टी प्यालेस तथा इभेन्ट हलहरु सामान्य रुपमा निर्माण गरिएका छन् तर यो अरिकल इभेन्ट ठुलो धन राशी खर्चेर निकै मेहनतका साथ अत्यन्त भिन्न हिसाबले निर्माण गरिएको देखिन्छ । इभेन्टको इन्ट्रान्सको लभिमा कफी सप र झकी झकाउका साथ डेकोरेसन गरिएको छ । निर्माण सामाग्री सहित सम्पूर्ण इन्टेरिएरका सामाग्रीहरु बिदेशबाट भित्र्र्याइएको हुनाले कुनै राजाको आधुनिक दरबार जस्तो देख्न सकिन्छ । कोभिडको महामारीमा पनि यो इभेन्टमा भिजिट गर्न आउनेहरुको कुनै कमि देखिन्न । निर्माण सपन्न हुनासाथ बिश्वभर कोभिडको महामारी शुरु भएकाले केही असर परेता पनि आगामी दिनका लागि दर्जनौ पार्टी बुकिङ भइसकेका छन् । भित्री स्पेस पर्याप्त भएका कारण सामाजिक दुरी कायम गरेर पनि पार्टी समारोह गर्न सकिने देखिन्छ ।
खानाको ब्यापक आइटम, स्तरिय थिम, व्यस्त शहर भित्र पर्याप्त पार्किङका कारण अरिकल इभेन्ट देश कै एक उत्कृष्ट इभेन्टका रुपमा प्रस्तुत भएको सहज अनुमान लगाउन सकिन्छ । बाल बच्चाका लागि खेल्ने ठाउँसमेत पर्याप्त रहेको अरिकल इभेन्ट्स्मा बर्थडे पार्टी,सेमिनार,कर्पोरेट मिटिङ आदि पनि आयोजना गर्न उपयुक्त स्थान छ । यो इभेन्टको अर्को बिशेषता भनेकोको ग्राहकको बजेट अनुसारको थरिथरीका सेट मेनु भएका कारण जो केहिले आफ्नो बजेट अनुसार सस्तोमा या महँगोमा छानेर गर्न सकिने छ । विवाहका लागि चाहिने पुरोहितदेखि जग्या सजावट, फुलको सजावट, कार्पेट, गाडी, बग्गी, बाजा, फोटोग्राफी, भिडियोग्राफी, गाडी डेकोरेसनलगायत सम्पूर्ण प्याकेज इभेन्ट्स्मा उपलब्ध भएका कारण पार्टी होस्ट गर्नेका लागि कुनै झन्जट छैन । यो इभेन्टसको अर्को र महत्वपूर्ण पक्ष भनेको लाइटिङ हो जुन हामीले देशभर कुनै तारे होटल या पार्टी प्यालेसमा पाउदैनौ । दर्जन भन्दा ज्यादा बडेमानको झुमरमा लाइटिङ गर्दा बेलुकीपख एक अचम्मको दुनियाँमा प्रबेश गरेको जो कोहीलाई भान हुन्छ ।
काठमाडौं, १५ पौष- सन २०२१ मा व्यवसायिक वातावरण निर्माण गर्न एकजुट हुनुपर्नेमा नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ र महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले जोड दिएका छन् । अध्यक्षद्वयले नेपाल चेम्बर अफ कमर्श सत्तरी बर्ष प्रवेश गरेको उपलक्ष्य तथा अंग्रेजी नयाँ बर्ष २०२१ को अवसर पारेर नेपाल महिला चेम्बरद्वारा आज आयोजित शुभकामना आदान कार्यक्रम माझ सो धारणा राखेका हुन । सो अवसरमा प्रमुख अतिथीको आसनबाट बोल्ने क्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले चेम्बरको गर्विलो ईतिहास रहेको उल्लेख गर्दै चेम्बरको ७० बर्ष प्रवेश साथै अंग्रेजी नयाँ बर्ष २०२१ को अवसर पारेर आयोजित कार्यक्रमले नयाँ उत्साह र उद्यमशिलता विकासमा टेवा पुग्ने विश्वास आफुले लिएको बताए । कोभिड १९ ले शिथिल बनेको अर्थतन्त्र र देशमा पछिल्लो समय विकसित राजनितिक घटना क्रमले निजी क्षेत्रलाई निराश बनाएको भन्दै व्यवसायिक वातावरणमा आँच आउन नदिन चेम्बरले सशक्त रुपमा आवाज उठाउदै आएको जानकारी दिनुका साथै उद्यमी व्यवसायीले आ आफ्नो तर्फबाट दबाब दिनुपर्ने बताए । चेम्बर अध्यक्ष श्रेष्ठले विगतमा चेम्बर अन्तर्गत वुमन इन्टरप्रेनेउर कमिटि रहेकामा व्यापारमा कृयाशिल महिलाहरुको व्यवसायिक हितलाई केन्द्रमा राखेर नेपाल महिला चेम्बर गठन गरिएको पृष्ठभुमी बारे प्रकाश पार्दै पछिल्लो समय बुमन चेम्बरले गर्दै आएको कार्यहरु प्रभावकारी रहेको भन्दै नेतृत्वको प्रशंसा गरे । अध्यक्ष श्रेष्ठले नेपाल चेम्बरले वुमन चेम्बरलाई प्राथमिकता दिदै आएको बताउदै आगामी दिनमा पनि महिला उद्यमीहरुको व्यवसायिक हितको पक्षमा रचनात्मक सहयोग गर्दै जाने बताए । अध्यक्ष श्रेष्ठले नविनतम क्षेत्रको पहिचान गरि व्यवसायिक रुपमा अघि बढन आग्रह गर्दै चेम्बर सम्बद्ध महिला उद्यमीबाट उत्पादित सामाग्रीलाई अन्तरराष्ट्रिय बजारमा प्रबर्धन गर्न चेम्बरले सघाउने पनि उल्लेख गरे । त्यसैगरि, नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले अहिलेको परिवेशमा महिला उद्यमीहरुले व्यवसायिक सफलताका लागि नविन आयामका साथ अघि बढनु पर्ने खाँचो औंल्याउदै अनलाइन ट्रेडिङमा ध्यान केन्द्रित गर्न सुझाइन । अध्यक्ष श्रेष्ठले कोभिडका कारण बढी जसो महिला उद्यमीहरु प्रभावित भएकाले नेपाल चेम्बर नेतृत्वलाई महिला उद्यमीका समस्या उजागार गर्न र समाधानका लागि पहल गर्न अनुरोध गरिन । साथै, अध्यक्ष श्रेष्ठले चेम्बरको ७० बर्ष प्रवेशले चेम्बर सम्बद्ध उद्यमी व्यवसायीमा नयाँ उमंग ल्याएको आफुले महशुश गरेको उल्लेख गर्दै अंग्रेजी नयाँ बर्ष २०२१ समेतले व्यवसायिक वातावरण निर्माणमा सघाउ पुर्याउन सकोस भन्दै शुभकामना व्यक्त गरिन । कार्यक्रम माझ नेपाल महिला चेम्बरकी सचिव लिमा अधिकारीले सन २०२० अवधीमा महिला चेम्बरले गरेका गतिविधि बारे प्रकाश पार्दै २०२१ मा थप प्रभावकारी कार्यक्रमहरु गर्न पस्कने गरि तयारी भैरहेको जानकारी गराईन् । कार्यक्रममा चेम्बरका महानिर्देशक कैलाश बजिमय, महिला चेम्बरका उपाध्यक्षद्वय सुश्मा शर्मा, अम्बिका शर्मा, सल्लाहाकारद्वय निलम ताम्राकार, शान्ती शाक्य, कोषाध्यक्ष चारु सिकारिया, चेम्बरकी उप निर्देशक सृस्टि त्रिपाठी लगायत महिला उद्यमीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
काठमाडौं, १० पौष- नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला उद्यमीका समस्यालाई सरकारले यथासिघ्र समाधान गर्नुपर्छ बताएकी छिन् । फेसियल हाउसको १३ औ वार्षिकोत्सव समारोह माझ उनले सो धारणा राखेकी हुन । कोभिड १९ का कारण अझैसम्म पनि व्यवसाय मैत्री वातावरण बन्न नसकिरहेको उल्लेख गर्दै उनले ठुलो संख्यामा महिला उद्यमीहरु समस्याग्रस्त बनेको पनि जनाइन । महिला उद्यमीका तमाम समस्यालाई हल गर्न पटक पटक सरकारलाई आग्रह गरेता पनि अझैसम्म महिला उद्यमीका समस्या समाधान हुन नसकेको अध्यक्ष श्रेष्ठले बताईन । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी कि प्रमुख कार्यकारी अधिकृत समेत रहेकी श्रेष्ठले कोभिडले खाद्यान्नको क्षेत्रमा समेत असर पारेको उल्लेख गर्दै महिला उद्यमीबाट संचालित व्युटी पार्लर, बुटिक, स्पा, फेन्सी, हस्तकलाजन्य उद्योग, रेस्टुरेंन्ट आदी व्यवसाय संचालन गर्न कठिन भैरहेको जनाइन् । कोभिड अवधी भर साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाद्य सामाग्रीको अभाव हुन नदिन घरघर पुगेर सुलभ मुल्यमा सामाग्री उपलब्ध गराउदै आएको पनि श्रेष्ठले जानकारी गराईन् । त्यसो त बजारमा महंगी बढन नदिन र अखाद्य एवम् गुणस्तरहिन वस्तुको कारोबारलाई निरुत्साहित गर्ने कर्पोरेशनले सुपथ मुल्यमा गुणस्तरिय वस्तु बिक्री वितरण गर्दै आएको पनि उनले जनाईन । सोही अवसर माझ वरिष्ठ सौन्दर्यविदद्व्य प्रा. डा. राजश्री श्रेष्ठ र कमला श्रेष्ठलाई फेसियल हाउस सम्मान २०२० बाट सम्मानित गरिएको थियो । कार्यक्रममा नेकपाकी सचेतक शान्ता चौधरी, राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जन, नेपाल उद्योग वाणिज्य संघकी कार्यकारीणी सदस्य एवम् रत्न तथा आभुसण संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठ, नेपाल व्युटिसियन संघकी अध्यक्ष भगवती खडका, साल्ट ट्रेडिङका विभगिय प्रबन्धक ब्रजेश कुमार झा, इभेण्ट मेनेजमेण्ट एशोसियसनका प्रवक्ता एवम् कर्पोरेट म्यागाजिन एवम् कर्पोरेट खबर डट कमका सरोज ओझा, न्युजलाइन्स मिडियाका अध्यक्ष राजु भट्ट, इभेण्ट मेनेजमेण्ट एशोसियसनका सहसचिव एवम् मोडल संङ्स नेपालका सिईओ डेभिल सिंह राजपुत लगायतको उपस्थिती रहेको थियो । फेसियल हाउसकी प्रबन्ध निर्देशक सुस्मा महराको सभापतित्व माझ आयोजित सो कार्यक्रम संस्थाका संरक्षक उज्जवल जंग शाहको संयोजकत्व भएको थियो ।
काठमाडौं, मंसिर ३० – साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको ५३ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । कर्पोरेशनले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउदै सामाजिक दुरी कायम राख्दै केन्द्रिय कार्यालय परिसर भित्र साधारणसभा सम्पन्न गरेको हो । कर्पोरेशनका अधिकांश सेयर सदस्यहरु जुम मार्फत साधारण सभामा सहभागी भएका थिए । कर्पोरेशनको कम्पनी ऐन २०६३ को अधिनमा रही तयार पारिएको ५३ औं वार्षिक प्रतिवेदनका साथै २०७६ साल आषाढ मसान्तसम्मको कर्पोरेशनको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा कर्पोरेशनले गरेको विभिन्न कृयाकलापहरुको बारेमा छलफल एवं समिक्षागरि आगामी दिनहरुमा अझ बढी प्रभावकारी ढंगले अगाडी बढन मार्गदर्शनका साथ वार्षिक प्रतिवेदनलाई अनुमोदन गरेको छ ।
कर्पोरेशनको प्रस्तुत वर्षको कारोबारलाई तुलनात्मक रुपमा मूल्याङ्कन गर्दा नून, रासायनिक मल, लगायत व्यापारिक कारोबार संतोषजनक रहेको र विभिन्न क्षेत्रको लगानी उपलब्धीमूलक रहेको छ । कर्पोरेशनले गुणस्तरीय वस्तुहरुको कारोबार गरि आम उपभोक्तालाई खाद्यवस्तु, रासायनिक मल तथा अन्य वस्तुहरुको सरल र सहज आपूर्ति गरि सामाजिक उत्तरदायित्व वहन गर्दै ८ अर्व २५ करोडको कारोबार गर्न सफल भएको छ । उक्त कारोबारबाट कर्पोरेशनले आ.व. २०७५.०७६ मा कुल –न्चयकक) मुनाफा ७३ करोड १४ लाख आर्जन गर्न सफल भएको छ ।कर्पोरेशनले अंगालेको व्यापार विविधिकरणको नीति अनुरुप कर्पोरेशनको चुक्ता पूंजीको आवश्यकतालाई दृष्टिगत गरी यस वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश वापत १,५३,५७,५८० र .३,८३,९३,९५० बराबरको २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्तावलाई स्विकृत गरेको छ ।
विगत वर्षमा कर्पोरेशनले आयात गरेको चिनी मध्ये २५०० मेट्रिक टन चिनी भंसार विन्दुमा आइपुग्ने समयमा नेपाल सरकारबाट विदेशी चिनीको आयातमा प्रतिबन्ध लगाउने निर्णयले उक्त चिनी धेरै महिनासम्म भंसार विन्दुमा रोकिएको कारण कर्पोरेशनको चिनीको कारोबारमा कमी एवं भंसारमा रोकिएको कारण डेमरेज चार्ज वापत तिर्नु परेको रकमको कारण आर्थिक भार पर्न गएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कठिन सक्रमणले देशको विद्यमान आर्थिक अस्थिरता, बढ्दो प्रतिस्पर्धी बजार समेत यथावत नै रहेको यस्तो कठिन परिस्थितिमा पनि कर्पोरेशनले विश्वसनीय र गुणस्तरीय सेवा पु¥याउदै आफ्नो कारोेवारमा सकारात्मक सुधार सहित अगाडि बढेको कर्पोरेशनका अध्यक्ष लक्ष्मीदास मानन्धरले बताए ।
लकडाउनमा समेत कर्पोरेशनले अत्यावश्यक वस्तुको आपूर्ति सहज रुपमा होस भन्ने हेतुले आफना बिक्री कक्षहरु मार्फत र डेलिभरि भ्यान मार्फत टोल टोलमा एस टी सि को नारा सहित आमउपभोक्ताको घरदैलो सम्म सेवा पुयाउदै आएको कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले बताईन । व्यावसायिक मर्यादा कायम राख्दै र सामाजिक उत्तरदायित्वको मर्मलाई सम्मान गर्दै कर्पोरेशनले देशका आम नागरिक एवं उपभोक्ताहरुलाई उच्च गुणस्तरको वस्तुहरु उचित मूल्यमा वर्षभरी उपलब्ध गराउने तर्फ प्रतिवद्ध रही कार्य गरिरहेको पनि प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले बताईन । साथै उले दशैं, तिहार, छठ जस्तो चाडपर्वमा सुपथ मूल्यका पसल संचालन गरी आम उपभोक्तलाई सेवा प्रदान गरेको स्पस्ट पारिन ।
कर्पोरेशनको भविष्य प्रतिको धारणा कस्तो छ ?
-नेपाल सरकारको नीति अनुसार आयोडिनको कमीका कारण आम नागरिकमा उत्पन्न हुने शारीरिक तथा मानसिक विकृति हटाउन संचालित कण्ठरोग नियन्त्रण कार्यक्रमको उपादेयतालाई दृष्टिगत गर्दै देशका आमनागरिकहरुको स्वास्थ्यलाई सकारात्मक प्रभाव पार्ने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिने नीति अवलम्वन गरेका छौ । यस कार्यक्रमबाट आगामी दिनमा दुर्गम क्षेत्रका आम उपभोक्ताहरुको जनस्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने हाम्रो विश्वास छ । ल्म्ज्क् २०१६ को प्रतिवेदन अनुसार नेपालमा ५ वर्ष मुनिका ९४.५ प्रतिशत बालबालिकाले उचित मात्रामा आयोडिनयुक्त नून प्रयोग गरेको पाइएकोले नेपालले ग्क्क्ष् लक्ष्य पुरा गरेको छ ।
- नेपाल सरकारले अनुदानमा बिक्री वितरण गर्ने रासायनिक मलको लागि छुटयाएको अनुदान रकमको ३० प्रतिशत कर्पोरेशनलाई प्राप्त हुने रकमबाट युरिया, डिएपी, पोटास मल बाहेक अन्य क्षेत्रमा किसानहरुलाई समेत सहज रुपमा थप प्रकारको गैर अनुदानित रासायनिक मलहरु सिङ्गल सुपर फस्फेट, अमोनियम सल्फेट समेत आयात गरि बिक्री वितरण गर्दै आइरहेको छ ।
-नेपाल सरकारको नीतिको अवलम्वन गर्दै एउटा जिम्मेवार संस्थाको रुपमा मुलुकभर गुणस्तरीय वस्तुहरुको आपूर्ति व्यवस्था मिलाउदै कर्पोरेशनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा स्थापित गर्न प्रमुख आवश्यकता रहेको छ । सोको लागि नवीनतम एवं सृजनशील कारोबारको खोजी गर्दै व्यापार विविधिकरण तर्फ उन्मुख रहेको छ ।
-एकीकृत नमूना वस्ती विकास गर्ने हेतुले व्यवस्थित वस्तीको विकास गर्न कर्पोरेशनले आफ्नो सहायक कम्पनी उपहार हाउजिङ्ग कम्पनी लिमिटेड मार्फत चन्द्रागिरी नगरपालिका स्थित आफ्नै जग्गामा ८ वटा भूकम्प प्रतिरोधी भवन निर्माण गरि बिक्री वितरण शुरु गरेको छ ।
-कर्पोरेशनले नेपाल सरकारबाट सुम्पिएको दायित्व पूर्ण सक्रियताका साथ सम्पन्न गर्दै आएको र भविष्यमा पनि गर्दै जानेछ ।