economic
||Power News Asia||

आजको समाचार

लिमा अधिकारी नेपाल चेम्बर अफ कमर्शको कार्यसमिती सदस्यमा मनोनित (संक्षिप्त परिचय सहित)

आर्थिक


काठमाडौ-लिमा अधिकारी नेपाल चेम्बर अफ कमर्शको कार्यसमिती सदस्यमा मनोनित भएकी छन । अधिकारीलाई चेम्बर अध्यक्ष   राजेन्द्र मल्लले आईतबार चेम्बर केन्द्रिय  कार्यसमिती सदस्यमा मनोनित गरेका हुन । यस्तै अध्यक्ष  मल्लले कर्णाली प्रदेश चेम्बर अफ कमर्सको अध्यक्षमा चिन्तामणि न्यौपानेलाई मनोनित गरेका छन् ।अधिकारी र न्यौपानेलाई चेम्बरको विधान बमोजिम उक्त पदहरुमा मनोनित गरिएको हो ।  

को हुन लिमा अधिकारी ?

लिमा अधिकारी उर्मिला श्रेष्ठ नेतृत्वको नेपाल महिला चेम्बरकी सचिव हुन । उनी व्यवसायिक रुपमा विगत एक दशक देखी हस्पिटालिटी क्षेत्रमा सकृय रहदै आएकी छिन । उनीसँग औद्योगिक  एवम् राजनीतिक पृष्‍ठभुमी बोकेका दुई भिन्न परिवारको लिगेसी जोडिएको छ । खुलस्त रुपमा भन्नुपर्दा उनी पुर्व उपप्रधान एवम् अर्थमन्त्री स्व। भरतमोहन अधिकारीकी सुपुत्री र पुर्व प्रधानमन्त्री स्व। मनमोहन अधिकारीकी भातिजी हुन भने प्रतिष्ठित उद्योगपति एवम् पुर्व सांसद कृष्णप्रसाद आचार्यकी बुहारी र डिसहोमका प्रबन्ध निर्देशक तथा कामना विकास बैंकका अध्यक्ष सुदिप आचार्यकी श्रीमती हुन । राजनीति मार्फत देशको आर्थिक एवम् सामाजिक विकासको अभिभारा बोक्दै राजनीतिको बागडोर सम्हाने एक राजनीतिक घरानामा हुर्केकी  लिमा देशको औद्योगिक विकासका लागि योगदान पुर्याउदै आएको आचार्य परिवारसँग वैवाहिक बन्धनमा बाँधिएसँगै व्यवसायिक क्षेत्रमा पदार्पण गरेकी हुन । बाल्यकाल देखी नै राजनीतिक वातावरणसँग घुलमिल भएकी लिमालाई परिवेशले  उद्योग र व्यापारको क्षेत्रमा पनि ल्याइ पुर्यायो  ।  उनी विगत दुई दशक यता व्यवसायमा सकृय छिन् ।  हालसालै मात्र उनी नेपाल महिला संघको केन्द्रिय सदस्यमा निर्वाचित हुन सफल भएकी छिन् ।  त्यसो त पछिल्लो समय उनी समाजसेवामा पनि उत्तिकै सकृय छिन । यस मानेमा उनी राजनीति, व्यापार र समाजसेवाको त्रिवेणी हुन । लिमाले नेपाल महिला चेम्बरको सचिवको हैसियतमा रहेर सम्पादन  गर्दै आएका कार्यहरुको चर्चा परिचर्चा हुँदै आएको छ ।अधिकारी जुझारु एवम् सबल महिला व्यवसायी नेतृको छवी बनाएकी एक प्रखर उद्यमी हुन ।

लिमा अधिकारी नेपाल चेम्बर अफ कमर्शको सदस्यमा मनोनित ( संक्षिप्त परिचय सहित )

आर्थिक


काठमाडौ-लिमा अधिकारी नेपाल चेम्बर अफ कमर्शको सदस्यमा मनोनित भएकी छन । अधिकारीलाई चेम्बर अध्यक्ष राजेन्द्र मल्लले आईतबार चेम्बर केन्द्रिय कार्यसमिती सदस्यमा मनोनित गरेका हुन । यस्तै अध्यक्ष मल्लले कर्णाली प्रदेश चेम्बर अफ कमर्सको अध्यक्षमा चिन्तामणि न्यौपानेलाई मनोनित गरेका छन् ।अधिकारी र न्यौपानेलाई चेम्बरको विधान बमोजिम उक्त पदहरुमा मनोनित गरिएको हो ।

को हुन लिमा अधिकारी ?

लिमा अधिकारी उर्मिला श्रेष्ठ नेतृत्वको नेपाल महिला चेम्बरकी सचिव हुन । उनी व्यवसायिक रुपमा विगत एक दशक देखी हस्पिटालिटी क्षेत्रमा सकृय रहदै आएकी छिन । उनीसँग औद्योगिक एवम् राजनीतिक पृष्‍ठभुमी बोकेका दुई भिन्न परिवारको लिगेसी जोडिएको छ । खुलस्त रुपमा भन्नुपर्दा उनी पुर्व उपप्रधान एवम् अर्थमन्त्री स्व. भरतमोहन अधिकारीकी सुपुत्री र पुर्व प्रधानमन्त्री स्व. मनमोहन अधिकारीकी भातिजी हुन भने प्रतिष्ठित उद्योगपति एवम् पुर्व सांसद कृष्णप्रसाद आचार्यकी बुहारी र डिसहोमका प्रबन्ध निर्देशक तथा कामना विकास बैंकका अध्यक्ष सुदिप आचार्यकी श्रीमती हुन । राजनीति मार्फत देशको आर्थिक एवम् सामाजिक विकासको अभिभारा बोक्दै राजनीतिको बागडोर सम्हाने एक राजनीतिक घरानामा हुर्केकी लिमा देशको औद्योगिक विकासका लागि योगदान पुर्याउदै आएको आचार्य परिवारसँग वैवाहिक बन्धनमा बाँधिएसँगै व्यवसायिक क्षेत्रमा पदार्पण गरेकी हुन । बाल्यकाल देखी नै राजनीतिक वातावरणसँग घुलमिल भएकी लिमालाई परिवेशले उद्योग र व्यापारको क्षेत्रमा पनि ल्याइ पुर्यायो । उनी विगत दुई दशक यता व्यवसायमा सकृय छिन् । हालसालै मात्र उनी नेपाल महिला संघको केन्द्रिय सदस्यमा निर्वाचित हुन सफल भएकी छिन् । त्यसो त पछिल्लो समय उनी समाजसेवामा पनि उत्तिकै सकृय छिन । यस मानेमा उनी राजनीति, व्यापार र समाजसेवाको त्रिवेणी हुन । लिमाले नेपाल महिला चेम्बरको सचिवको हैसियतमा रहेर सम्पादन गर्दै आएका कार्यहरुको चर्चा परिचर्चा हुँदै आएको छ ।अधिकारी जुझारु एवम् सबल महिला व्यवसायी नेतृको छवी बनाएकी एक प्रखर उद्यमी हुन ।

चेम्बरको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित

आर्थिक


काठमाण्डौं-नेपाल चेम्बर अफ कमर्सको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित भ

एका छन् । नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति बैठकले विधान बमोजिम उपाध्यक्षमा गोल्छालाई मनोनित गरेको हो । गोल्छालाई चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल सहितका पदाधिकारीहरूले शुक्रबार स्वागत गरे । चेम्बरले आफूलाई मानार्थ उपाध्यक्ष मनोनित गरेर सम्मान गरेको गोल्छाले बताएका छन् । २००५ साल साउन १५ गते जन्मिएका लोकमान्य गोल्छा प्रतिष्ठित व्यावसायिक घराना गोल्छा अर्गनाइजेसनका अध्यक्ष थिए । हाल उनका हंशराज हुलासचन्द एण्ड को., हुलास वायर इन्डस्ट्रिज, हिम इलेक्ट्रोनिक्स, हुलास मेटल क्राफ्ट्स लगायतका व्यावसायिक प्रतिष्ठानहरू सञ्चालनमा छन् ।

गोल्छा २०२८ सालमा नेपाल चेम्बर अफ कमर्समा आबद्ध भएका थिए । 
 

७० बर्षको चेम्बर ईतिहासमा उर्मिला श्रेष्ठ पहिलो महिला उपाध्यक्ष

आर्थिक


काठमाडौँ —  चैत्र २९, २०७७। 

बर्षको गर्विलो ईतिहास बोकेको  नेपालको निजी क्षेत्रको जेठो संगठन नेपाल चेम्बर अफ कमर्शले पहिलो पटक महिलालाई उपाध्यक्षका रुपमा पाएको छ । शुक्रबार सम्पन्न चेम्बरको ७० औ साधारण सभाले उर्मिला श्रेष्ठलाई उपाध्यक्षमा निर्वाचित गरेसंगै उनी चेम्बर संगठनको ईतिहासमै पहिलो पटक उपाध्यक्ष बन्न सफल भएकी हुन । 

यस अघि उनी चेम्बरको कार्य समिती सदस्य साथै नेपाल महिला चेम्बरको अध्यक्ष/सभापति थिईन् । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको कार्यकारी प्रमुख अर्थात सिईओ समेत रहेकी श्रेष्ठ आँफैमा एक सफल नारी पनि हुन । साल्ट ट्रेडिङलाई कुशल व्यवस्थापकिय नेतृत्व प्रदान गर्दै आएकी उनले पछिल्लो  समय महिला चेम्बरलाई पनि उस्तै सबल नेतृत्व प्रदान गर्दै आएकी थिईन । तसर्थ नेपालमा समकालिन समयमा औंलामा गन्न सकिने सफल महिलाहरुको पंक्तीमा उर्मिला श्रेष्ठको नाम अग्रपंतीमा आउने गर्दछ ।  

सक्षम, कर्मठ, इमान्दार एवम् बौद्धिक नारीको रुपमा चिरपरिचित श्रेष्ठ राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा ख्याती कमाउन सफल व्यक्तित्व पनि हुन । त्यसो त  व्यापारिक पृष्‍ठभुमी बोकेको नेवार कुलमा जन्मिएकी श्रेष्ठ नेपाल चेम्बर अफ कमर्शका पुर्व अध्यक्ष स्वर्गिय ईश्वर लाल श्रेष्ठकी सुपुत्री हुन । पिताजीको पदचापलाई पछयाउदै नेपालको चेम्बर आन्दोलनलाई अघि बढाउने सवालमा उर्मिलाले ईश्वरलाल जस्तै  अब्बलता प्रस्तुत गर्दै आएकी छिन । 

बदलिदो विश्व परिवेश माझ नेपालमा पनि महिला सशक्तिकरणको सवाल टडकारो रुपमा उठदै आईरहेको सन्दर्भमा श्रेष्ठ नेतृत्वको नेपाल महिला चेम्बरले मुलुक भित्र महिला उद्यमशिलता विकासका लागि ठोस कार्यक्रम पस्कदै महत्वपूर्ण योगदान पुर्याउदै आएको थियो र छ  । त्यसो त, श्रेष्ठको नेतृत्वमा महिला चेम्बरले गर्दै आएका कार्यहरुको सर्वत्र चर्चा समेत हुँदै आएको छ । राजनीतिक, व्यवसाय र समाजसेवाको त्रिवेणी मानिने इश्वरलाल-माणिकलाल पुस्ताको ‘लिगेसी’ अर्थात बिडो थाम्दै अब्बल कार्यकौशलता प्रस्तुत गर्दै आएकी उर्मिला श्रेष्ठ समकालिक समयकी एक प्रभावशाली नारीमा गनिन्छिन् ।
 

चेम्बर अफ कमर्शको वरिस्ठ उपाध्यक्षमा कमलेश अग्रवाल निर्वाचित

आर्थिक


काठमाडौं- राजेन्द्र मल्ल नेतृत्वको चेम्बर अफ कमर्शको वरिस्ठ उपाध्यक्षमा कमलेश अग्रवाल निर्वाचित भएका छन् । शुक्रबार चेम्बरका नवनिर्वाचित सदस्यहरुले सर्वसम्मत रुपमा अग्रवाललाई वरिस्ठ उपाध्यक्षमा चयन गरेका हुन । चेम्बरको ५५ सदस्यीय कार्यसमितिले सो निर्णय वरिष्ठ उपाध्यक्षमा कमलेश कुमार अग्रवाल निर्वाचित भएका छन् ।

अग्रवाल यस अघि राजेशकाजी श्रेष्ठ नेतृत्वको कार्य समितीमा ३ बर्ष अघि देखी उपाध्यक्षको भूमिकामा थिए भने सो अघिको कार्यकालमा महासचिव, त्यस अघिको कार्यसमितीमा सचिव र कार्य समिती सदस्य भएर करिब १६ बर्ष देखी चेम्बर आन्दोलनमा सकृय रहदै आएका छन् । हाल अग्रवाल नागरिक लगानी बोर्ड र नेपाल लाइफ इन्सुरेन्सको संचालक बोर्डमा छन् भने उनले विगतमा सरकारको अर्ध स्वामित्वको नेपाल ढलोट उद्योगको अध्यक्षका रुपमा सात बर्षसम्मको कार्यभार पुरा गरेका थिए । त्यसो त कमलेश कुमार अग्रवालले काठमाँडौ उपत्यका खानेपानी बोर्ड, राष्ट्रिय बिमा समिती र एनएमबी बैंकको संचालक समितीका रहेर समेत काम गरिसकेका छन् । अग्रवालको फोम र पोलिमर उद्योगहरुमा समेत लगानी रहेको छ ।

वाणिज्य शास्त्रमा स्नाकोत्तर अग्रवाल राजश्व सम्बन्धका जानिफकार एवम् ज्ञाता समेत हुन । विगत १६ बर्ष देखी चेम्बर आन्दोलनमा सकृय रहदै आउने क्रममा अग्रवालले देशको राजश्व क्षेत्रको विकासका लागि उल्लेख्य योगदान पुर्याउदै आएका छन् । अग्रवाल आम उद्योगी व्यवसायी माझ निकै लोकप्रिय रहेका छन् । उनको जन्म धरानमा भएको थियो ।

चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल, वरिष्ठ उपाध्यक्षमा अग्रवाल

आर्थिक


काठमाडौं, २७ चैत्र -नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित भएका छन्। कार्यसमितिका निर्वाचित सदस्यहरूको शुक्रबार बसेको प्रथम बैठकले मल्लको नेतृत्वमा पदाधिकारी चयन गरेको हो । चेम्बरको ५५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेश कुमार अग्रवाल निर्वाचित भएका छन् । उपाध्यक्षमा वाणिज्यतर्फ दीपक कुमार मलहोत्रा, उद्योगतर्फ उर्मिला श्रेष्ठ, जिल्ला नगरतर्फ दीपक श्रेष्ठ, बस्तुगत संघबाट सुरेन्द्र कुमार श्रेष्ठ र संस्थागत उद्योग वाणिज्य संघबाट त्रिभुवनधर तुलाधर निर्वाचित भएका छन् । कार्यसमितिका निर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको सपथग्रहण पनि गरेका छन्। कार्यसमितिका निर्वाचित ५५ सदस्यहरूको नामावली यस प्रकार रहेको छ :

वाणिज्य तर्फ (१५)

१ श्री कमलेश कुमार अग्रवाल २ श्री दिपक कुमार मल्होत्रा ३ श्री मनोज कुमार केडिया ४ श्री निलकण्ठ चौलागाई ५ श्री सन्तोष कुमार पाण्डे ६ श्री नवराज ढकाल ७ श्री राष्ट्रभुषण चाकुबजी ८ श्री राजु श्रेष्ठ ९ श्री दिपक काजी तुलाधर १० श्री सुरेन्द्र कुमार सारदा ११ श्री निरज राई १२ श्री राम श्रेष्ठ १३ श्री टिकाराम शर्मा ढुंगेल १४ श्री अशोक कुमार अग्रवाल १५ श्री कैलाशचन्द्र गोयल

उद्योग तर्फ

(९) १ श्री राजेन्द्र मल्ल २ श्री राजेन्द्र प्रसाद अर्याल ३ श्री किशोर कुमार अग्रवाल ४ श्री सुमित कुमार अग्रवाल ५ श्री सुवास चन्द्र संघाई ६ श्री नरेन्द्र बल्लभ पन्त ७ श्री सुधिर मित्तल ८ श्री उर्मिला श्रेष्ठ ९ श्री दिपेश रत्न तुलाधर जिल्ला तर्फ (१५) १ श्री ओम कृष्ण विमली २ श्री विजय साह ३ श्री पंकज जालान ४ श्री दीर्घमान श्रेष्ठ ५ श्री महादेव पोखरेल ६ श्री भाईचन्द्र श्रेष्ठ ७ श्री दिपक श्रेष्ठ ८ श्री भिमलाल पौड्याल ९ श्री सतिस कुमार अग्रवाल १० श्री रोसन भोयद्यो ११ श्रीमति नन्द कुमारी लम्साल(निर्मला ) १२ श्री सुगन्ध कुमार गुप्ता १३ श्री सुशिल पाण्डेय १४ श्री तुफान खड्का (तिलक) १५ श्री कृष्णमान श्रेष्ठ

नगर तर्फ (१) १ श्रीमति मन्जु बज्राचार्य

वस्तुगत संघ तर्फ (९)

१ श्री अर्जुन प्रसाद शर्मा २ श्री सुरेन्द्र कुमार श्रेष्ठ ३ श्री रमेश महर्जन ४ श्री मृगेन्द्र मेहेर श्रेष्ठ ५ श्री रत्नतारा तुलाधर ६ श्री मनोहर दास मुल ७ श्री संजय कुमार अग्रवाल ८ श्री सुरेन्द्र भाई शाक्य ९ श्री किरण कुमार डंगोल

द्विराष्ट्रिय संस्थागत (३)

१ श्री त्रिभुवन धर तुलाधर २ श्री दिपक कुवर ३ श्री विनायक शाह

सिभिल लघुवित्तको  नवौं वार्षिक साधारण सभा सम्पन्न

आर्थिक



काठमाडौं, ६ चैत्र -सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।सिभिल बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहको संस्थाले ५ गते बिहीबार काठमाडौंमा सम्पन्न सभाले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु तथा लाभांश पारित गरेको छ । साथै सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट संस्थाको सञ्चालकमा सुनिता आचार्यलाई निर्विरोध चयन गरेको छ । वित्तीय संंस्थाका अध्यक्ष सचिन जङ्ग रायमाझीज्यूकोे सभापतित्वमा सम्पन्न साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले स्वागत मन्तव्य राखेका थिए । 

कार्यक्रमका प्रमुख अतिथि सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गले विगत केही वर्ष यतादेखि आशा लाग्दो तरीकाबाट व्यवसाय विस्तार गरेकोमा सञ्चालक समिति र व्यवस्थापनलाई धन्यवाद दिए । प्रमुख कार्यकारी अधिकृत गुरुङ्गले गाउँ बस्तीमा रहेका विपन्नवर्गका घरदैलोमा पुगेर सेवा दिई गरीबलाई धनी बनाउने कार्यमा अहोरात्र खटिने सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद व्यक्त गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरे ।कार्यक्रममा संस्थाका अध्यक्ष सचिन जङ्ग रायमाझीले सम्पूर्ण सेयरधनी तथा आमन्त्रित महानुभावहरु प्रति आभार व्यक्त गर्दै साधारणसभा सफल बनाई दिएकोमा हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।

यस वित्तीय संस्थाले हाल सम्म ५५ ओटा शाखा कार्यालयहरु मार्फत २९ ओटा जिल्लाहरुमा ४४ हजार भन्दा बढि सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै करिब ५४ करोड ४८ लाख बचत संकलन गरी करिव २ अर्ब ४ करोड लगानी गरेकोे छ भने निकट भविष्यमा थप स्थानहरुमा समेत आफ्ना सेवाहरु विस्तार गर्ने लक्ष्य लिएको छ ।

नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन चेम्बरको भूमिका अझ महत्वपूर्ण: राष्ट्रपति भण्डारी

आर्थिक


काठमाडौं- चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवको विशेष समारोह राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन । राष्ट्रपति कार्यालय, महाराजगञ्जमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले वार्षिकोत्सव समारोह उद्घाटन गरेकी हुन । कार्यक्रम उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले आर्थिक विकासबाट समृद्धि हासिल हुने भएकाले उक्त दृष्टिकोणलाई साकार तुल्याउन व्यावसायिक क्षेत्रको विशेष भूमिका हुनपर्ने बताईन । “चेम्बरजस्ता संस्थाबाट देशको आर्थिक विकास एवं व्यापार व्यवसाय विस्तार गर्न महत्वपूर्ण आधार निर्माण भएको छ”, राष्ट्रपतिले भनिन , “नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन विभिन्न प्रर्दशनीहरूको आयोजना गर्नुका साथै प्रवद्र्धनात्मक गतिविधिद्वारा नेपाली उद्योगीहरूको व्यावसायिक क्षमता बृद्धि गर्न पनि चेम्बर सफल भएको छ ।” औद्योगिक उत्पादन बढाई मुलुकलाई आत्मनिर्भर तुल्याउँदै व्यापार घाटा न्यून गर्ने संकल्प मुलुकले गरेको सन्दर्भमा चेम्बरको भूमिका अझ महत्वपूर्ण भएको राष्ट्रपतिले बताईन। संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत महामारी, बाढी, पहिरो, कोभिड–१९ जस्ता प्राकृतिक प्रकोपबाट प्रभावितहरूलाई राहत तथा पुनःस्थापना गर्ने कार्यमा चेम्बरले निर्वाह गरेको भूमिकाको राष्ट्रपतिले प्रशंसा गरिन  । 

कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले समृद्ध नेपाल निर्माण गर्ने सरकारको लक्ष्य प्राप्तिका लागि सरकारले निजी क्षेत्रसँग घनिष्ठ सम्बन्ध राख्न चाहेको बताए । “तपाईँहरूका समस्या सुन्न र ती समस्या समाधान गर्नमा सरकारको ध्यान छ”, अर्थमन्त्री पौडेलले भने, “सरकार, निजी क्षेत्र र सहकारी क्षेत्र मिलेर मात्र यो लक्ष्य पूरा गर्न सकिन्छ । आउने दिनमा पनि तपाईँहरूसँग जिवन्त सहकार्यका लागि सरकार आह्वान गर्दछ ।”

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालको निजी क्षेत्र सरकारले अघि सारेको “समृद्ध नेपाल सुखी नेपाली” महाअभियानको सारथी भएको बताए ।  “सरकार र निजी क्षेत्र समृद्धिका निम्ति एक रथका दुई पांग्रा हुन्”, अध्यक्ष श्रेष्ठले भने, “हामी उच्चतम सहकार्यको संस्कृति निर्माण गर्न चाहन्छौँ ।”

राष्ट्रपतिद्वारा स्मृति ग्रन्थ विमोचन

नेपाल चेम्बर अफ कमर्सले आफ्नो ७० वर्षे इतिहास झल्कने स्मृति ग्रन्थ प्रकाशित गरेको छ । सोमबार आयोजित वार्षिकोत्सव समारोहमा राष्ट्रपति भण्डारीले स्मृति ग्रन्थ विमोचन गरिन । स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसर पारेर चेम्बरले ‘नेपाल चेम्बर अफ कमर्सः स्मृति ग्रन्थ (२००७—२०७७)’ प्रकाशित गरेको हो । स्मृति ग्रन्थमा नेपाल चेम्बर अफ कमर्सको विकासक्रम, नेपालको व्यावसायिक इतिहास, पूर्व अध्यक्षहरूको परिचय, चेम्बरका ऐतिहासिक तस्बिर लगायतका सामग्री समेटिएका छन् । 

पूर्वअध्यक्षहरू सम्मानित 

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल चेम्बर अफ कमर्सले ७० वर्षको अवधिमा अध्यक्ष भई संस्थाको नेतृत्व गरेका पूर्वअध्यक्षहरूलाई सम्मान गरिन ।  दिवंगत अध्यक्षहरूका परिवार तथा सन्ततिहरूले सम्मान ग्रहण गरेका थिए । संस्थापक अध्यक्षहरू स्व. लोकनाथ जोशी, स्व. जुद्धबहादुर श्रेष्ठ, स्व. बिहारीलाल खेतान, स्व. गोबद्र्धनलाल मास्के, स्व. रतिराम अग्रवाल, स्व. जनकदास श्रेष्ठ, स्व. बालकृष्ण श्रेष्ठ, स्व. इन्द्रभक्त श्रेष्ठ, स्व. राजबहादुर चिपालु, स्व. बनवारीलाल मित्तल, स्व. ईश्वरलाल श्रेष्ठका परिवार तथा सन्ततिले सम्मान ग्रहण गरेका छन् । यस्तै पूर्व अध्यक्षहरू महेश कुमार अग्रवाल, सुरेन्द्रवीर मालाकार, निवर्तमान अध्यक्ष सुरेशकुमार बस्नेत र हालका अध्यक्ष राजेशकाजी श्रेष्ठलाई राष्ट्रपति भण्डारीले सम्मानपत्र प्रदान गरिन। 

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा सुबोध गुप्ता निर्वाचित

आर्थिक


 वीरगञ्ज । आइतबार वीरगञ्जमा सम्पन्न वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४५ औं वार्षिक साधारणसभाले सुवोधकुमार गुप्तालाई अध्यक्षतामा निर्वाचित गरेको छ । उनी सर्वसम्मतका साथ अध्यक्षमा चयन भएका हुन । नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारीणी सदस्य साथै बैंक बित्तिय तथा बिमा समितिको उपसभापति, चामल दाल तेल उद्योग सङ्घका अध्यक्ष समेत रहेका गुप्ताको मनोनयन विरुद्धमा कसैले पनि उम्मेदवारी गराएनन् ।

त्यसैगरि उक्त साधारण सभाले नयाँ कार्यसमिति समेत चयन गरेको छ । निर्वाचनबाट कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अनिलकुमार अग्रवाल पटवारी, उपाध्यक्षमा हरिप्रसाद गौतम, महासचिवमा मनोजकुमार दास, उद्योगतर्फको सचिवमा अरविन्द्र अमात्य र वाणिज्यतर्फ आषिशकुमार लाठ, कोषाध्यक्षमा गोविन्द शाह, सह-कोषाध्यक्षमा प्रेमचन्द्र गोयल, उद्योगतर्फको सह-सचिवमा शुशान्त चाचान र वाणिज्यतर्फ अनोजकुमार रुङ्गटा चयन भएका छन् । गुप्ता नेतृत्वको यस कार्यसमितीको कार्यकाल २ बर्षको रहने छ । 

कृषिमा प्रत्यक्ष विदेशी लगानीको निणर्य खारेजीको माग माथि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा छलफल

आर्थिक


काठमाडौं, २८ फाल्गुण- कृषिमा प्रत्यक्ष विदेशी लगानीको निणर्य खारेजीको माग माथि  आज छलफल गरिएको छ ।  कृषिमा विदेशी लगानी संघर्ष समितिले गएको फाल्गुण २५ गते उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापतिलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख भएका               बुदा उपर सरोकारवालाहरु बीच छलफल भएको हो ।  नेपाल राजपत्रमा मिति २०७७ साल पुस २० मा खण्ड ७० संख्याको खण्ड प्रकाशित कृषिमा वैदेशिक लगानी अनुमति दिने नेपाल सरकारको निणर्य फिर्ता गरी पाऊँ भन्ने विषय उपर शुक्रबार विहान ११ बजे डाकीएको  बैठकमा संघर्ष समितिलाई पनि निमन्त्रणा गरी बैठकमा सहभागी गराईएको थियो ।  बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बिमल प्रसाद श्रीवास्तव, समिति सदस्यहरु अभिषेक प्रताप शाह, अमृता देवी अग्रहरी, गोपाल बहादुर बम, दिल कुमारी, दुर्गा कुमारी विश्वकर्मा, देवेन्द्र पौडेल, नर बहादुर धामी, प्रकाश रसाईली, प्रमोद कुमार यादव, प्रमोद शाह, भिमसेन दास प्रधान, माया देवी न्यौपाने, मुकुन्द न्यौपाने, लाल प्रसाद साँवा लिम्बु, बिन्दा पाण्डे, सुजाता परीयार, डा.सुर्य नारायण यादव, सोम प्रसाद पाण्डेय, र हिराचन्द्र के।सीको सहभागिता रहेको थियो भने संघर्ष समितिबाट संयोजक शिवराम के.सी, महासचिव प्रल्हाद दाहाल, कोषाध्यक्ष बाबुराम अधिकारी, सदस्य सुमित केडिया, नवराज बस्नेत, नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटा सहित कृषि क्षेत्रका विज्ञहरुको उपस्थिती रहेको थियो । 

उक्त बैठकमा अधिकांश  सांसदहरुले  नेपाल एक कृषि प्रधान देश भएको कारण स्वदेशी कृषि क्षेत्रको विकास र सरकारले त्यसको संरक्षण गर्नुपर्ने कुरामा जोड दिँदै विदेशी लगानीले देशको अर्थतन्त्रलाई नराम्रो असर पुर्‍याउने र स्वदेशी रोजगारी समेत खोसिने कुराहरुले गर्दा नेपालको कृषि क्षेत्रमा विदेशी लगानी ल्याउनु उचित नभएको जिकिर गरेका थिए । संघर्ष समितिका महासचिव प्रल्हाद दाहालले विशेष गरि आत्मनिर्भर उन्मुख कृषि क्षेत्रमा बिदेशी लगानी ल्याउँदा यहाँको लगानी डुब्ने र भएको रोजगारी पनि गुमि यहाँ उद्योगी नै भोलि तिनै बिदेशी लगानीबाट संचालित कम्पनीमा कामदारको रुपमा काम गर्नु पर्ने हुनसक्ने औंल्याएका थिए ।  

त्यसैगरि, संयोजक शिवराम केसीले विदेशी लगानी आउनु भनेको देशको दुर्भाग्य हो भन्दै त्यस प्रावधानले देशको अर्थतन्त्र खस्किनुका साथै स्वरोजगार भएका किसानहरु, उद्योगी व्यवसायीहरुको समेत रोजीरोटी खोसिने कुरा उल्लेख गरे  । 

उक्त छलफलका क्रममा सबै एसोसिएसन तथा संघ महासंघका प्रतिनिधिहरुको नेपालमा विदेशी लगानी भित्रिंदा समग्र किसान, उद्योगी व्यवसायी र अन्य धेरै क्षेत्रमा असर पर्ने, स्वदेशी उत्पादन प्रयोग नहुँने, देशको अर्थ व्यवस्था धारासायी हुने, स्वरोजगार किसानहरु बेरोजगार हुने तथा अन्य थुप्रै समस्या उब्जने धारणा राखेका थिए ।  साथै उनीहरुले राजनितिक तालमेल नमिलेको समयमा समेत किन यसरी लुकाई छिपाई विदेशी लगानी ल्याउनु पर्ने हो ? भन्ने कुराको प्रश्न समेत उठाएका थिए । 

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा विदेशी लगानी निषेध गर्ने व्यवस्था भए पनि मिति २०७७ पौष ५ को मन्त्रि परिषदको बैठकले अनुुसूचि संशोधन गरी कृषिका प्राथमिक उत्पादन क्षेत्रमा प्रत्येक्ष विदेशी लगानी गर्न सकिने नियमावली समेत बनाएको छ । नेपाली भूमिहिन,सिमान्त, कृषि श्रमिक,महिला र सानाकिसानहरु, कृषिउपज, उत्पादक र उद्यमीलाई बिर्सेर कृषिमा विदेशी लगानी ल्याउने निणर्य किसान र उद्योगीमारा हुनुको साथै देशको हित विपरीत रहेको कुरा सम्बद्ध निजी क्षेत्रको छ ।

छलफलका क्रममा यसरी कृषिमा विदेशी लगानी खुल्ला गरिंदा एकातर्फ नीजितथा सरकारी क्षेत्रको अर्वौ लगानी जोखिममा पर्ने सम्भावना र त्यसको नकारात्मक असर रोजीरोटीमा पर्न गई ग्रामिण क्षेत्रका किसानको हातमुख जोर्ने मुख्य आयआर्जनको बाटो समेत अवरुद्ध भई देश चरम गरीवीतर्फ धकेलिने कुरा सांसदहरु मुकुन्द न्यौपाने, प्रकाश रसाइली र सोमनाथ पान्डेले उठाएका थिए ।

सो अवसरमा नेपाल डेरी एसोसिएसनका निवर्तमान अध्यक्ष सुमित केडियाले देशको कृषि क्षेत्रमा हालसम्म देखिएको खर्वौंको लगानी भई ६५ प्रतिशत जनता कृषिमा आश्रित रहि स्वरोजगार भईरहेको वर्तमान अवस्थामा कृषिको प्राथामिक तहमा कुनै पनि शर्तमा विदेशी लगानी आउँदा ठूलो जनसंख्याको आर्यश्रोत गुम्ने खतरा भएकोले कृषिमा प्रत्यक्ष वैदेशिक लगानी ल्याउने निणर्य अविलम्ब फिर्ता लिन नेपाल सरकार समक्ष जोडदार आग्रह गरे ।

त्यसैगरि, एसोसिएसनका अध्यक्ष सापकोटाले कृषिमा विदेशी लगानी खुल्लाको निणर्यले कृषिका प्राथमिक बजार अर्थात उत्पादनको क्रममा विदेशी लगानी आउँदा नेपाली मौलिकपन हराउने र नेपाली कृषि संस्कृति माथि नै घात हुने र नेपाली ग्रामीण पारिवारीक तथा आत्मनिर्भर खेती प्रणाली अवलम्वन गरि जिविका चलाउँदै आएका करीव दुई तिहाई साना किसानहरुको रोजगारी खोसिने र जिविकोपार्जनमा समेत प्रत्यक्ष असर पर्ने छ बताए ।  साथै उनले खाद्य संप्रभुतालाई सम्मान गर्दै नेपालको मौलिकपना, पर्यावरण, पोषण सुरक्षा, साथै दिगो कृषिको अभ्यासमा केन्द्रित बहसलाई बेवास्ता गर्दै सरकारले गरेको यस्तो निणर्यको एशोसियनले  भत्सर्ना गर्ने उल्लेख समेत गरे ।  

सांसद अमृता देवी अग्रहरीले नेपाली कृषि उत्पादक बीच नै प्रतिस्पर्धात्मक वातावरण श्रृजना गराई कृषिमा लाग्न हौसला दिनुको सट्टा भिमकाय प्रत्यक्ष विदेशी लगानी ल्याउँदा नेपाली साधन श्रोतमा उनीहरुको पहुँच, स्वमित्व र नियन्त्रण स्थापित गराएर नाफा कमाउन बाहेक उनीहरुको अर्को उद्देश्य पनि रहँदैन भन्दै यसबाट स्वदेशी उत्पादक, उद्योगी र किसानलाई पेशाबाट नै विस्थापित गर्ने तर्क राखिन । साथै उनले उक्त  निणर्य आम किसानको हित बिपरित रहेको र कृषिमा विदेशी लगानी खुल्ला गरिँदा कालन्तरमा किसानहरुलाई आफ्नो खेतबारीबाटै पलायन गराउने गरी गरिएको यस निणर्य अविलम्बफिर्ता गरि नेपाली किसानलाई सक्षम बनाएर उत्पादन बढाउने दायित्व बहनको लागि जिम्मेवार राज्यको भुमिका निर्वाह गर्दै खेतीपाती गरी जिविका चलाउने अर्ध बेरोजगार सानाकिसानहरु, साथै कृषि उत्पादनमा आधारीत उद्यमीको अधिकार सुनिश्चितताको लागि राजनिती गर्ने मान्छेले ख्याल गर्नुपर्ने कुरा पनि उनले राखिन ।   

आफू पनि नगर्ने  अरुलाई आउन नदिने कुरा ठिक नभएको कुरा सांसद  अभिशेष प्रताप शाहले राखेका थिए । अन्त्यमा समितिका सभापतिले छलफलका क्रममा उठेका जिज्ञासाको लिखित जवाफ पठाउन भन्दै अब यसलाई समितिमा पुन छलफल गरि निर्णयमा पुग्ने बताए ।

राष्ट्रिय संर्घष समितिमा सम्बद्ध संस्थाहरु निम्नानुसार छन्                                    

नेपाल अण्डा उत्पादक संघ

राष्ट्रिय कृषक समूह महासंघ

नेपाल डेरी एशोसिएसन

केन्दीय पशुपंक्षी पालन सहकारी संघ लि.

केन्द्रिय कृषि विऊ तथा तरकारी सहकारी संघ नेपाल

चितवन जिल्ला दुग्धउत्पादक सहकारी संघ

बाख्रा व्यवसायी महासंघ

जिल्ला आई.पि.एम. कृषक संघ, चितवन

डेरी उद्योग संघ

मौरी पालक महासंघ

नेपाल मत्स्य व्यवसायी संघ

नेपाल कुखुरा पालक किसान संघ

चितवन केरा उत्पादक संघ

उद्योग वाणिज्य महासंघ, वस्तुगत संघ

कृषि उद्यम केन्द्र, ँल्ऋऋक्ष्

किसान आयोग

खाद्यान्नका लागि कृषि अभियान

भेटनरी एसोसिएसन

सामुदायी वन उपभोक्ता महासंघ नेपाल जडिवुटी महासंघ

पाउरोटी बेकरी एसोसिएसन

मह व्यवसायी संघ

अखिल नेपाल किसान महासंघ

अखिल नेपाल कुखुरा किसान संघ

अखिल नेपाल पशुपालक किसान संघ

महिला किसान संघ

अखिल नेपाल तरकारी उत्पादक किसान संघ

अखिल नेपाल फलफुल उत्पादक किसान संघ

ग्रामीण कृषि कार्यकर्ता संजाल

कृषि तथा सहकारी विभाग

राष्ट्रिय कुखुरा पालक संघर्ष समिति

चिया उत्पादक संघ

दाना उद्योग संघ, रविन पुरी

हर्बस् एण्ड हर्वल एसोसिएसन

राष्ट्रिय भुमी अधिकार मञ्च

सामुदायीक आत्मनिर्भर सेवा केन्द्र

नेपाल एग्रिकल्चर मेशिनरी एसोसिएसन