economic
||Power News Asia||

आजको समाचार

नेपालटारमा संचालनमा रहेको मिठो बेकरी गुणस्तरीय र उत्कृष्ट बेकरी आइटमको लागि लोकप्रिय बन्दै

आर्थिक


काठमाडौं । अहिले पनि जन्मदिन होस् वा बर्थ डे, म्यारिज एनिभर्सरी बेबी सावरलगायत हरेक शुभकार्यमा केकको प्रयोग बढ्दै गएको छ । काठमाण्डौ तारकेश्वर ११ स्थित नेपालटारमा संचालनमा रहेको मिठो बेकरी गुणस्तरीय र उत्कृष्ट बेकरी आइटमको लागि लोकप्रिय बन्दै गएको छ। गुणस्तरीय र ब्रान्डेड केक उपभोक्तामाझ पुर्‍याउने अवधारणाबाट यो केक सपको स्थापना गरिएको छ ।

लामो समय वैदेशिक रोजगारमा रहँदा सिकेको सीप र अनुभवलाई संगाल्दै एक्जुकेटिभ पेस्ट्रि सेफ योगेन्द्र थापाले बेकरी उद्योग सञ्चालन गरेका हुन् ।मिठो वेकरीमा सम्पूर्ण परिकारहरु उपलब्ध हुनेछन् । यो केक सपले फ्रेस, गुणस्तरीय, उत्कृष्ट र प्रविधियुक्त सरल सेवालाई उच्चप्राथमिकतामा राखेको जनाएको छ । बेकरी मार्फत बर्थ–डे केक, केक, ब्रेड, बिस्कुट, क्रिमडोल, पप, डुनोट,कुकिज कोदो, जौ, फापर, तिल, मुग्रेलोका विभिन्न प्रकारका पाउरोटी गुणस्तरीय केक र विभिन्न बेकरी आइटम उपलब्ध गराइएको छ ।
‘अन्य बेकरी आइटम भन्दा भिन्न स्वाद हाम्रोमा पाइन्छ, अर्डर गरेको १५ मिनेटमानै वर्थ डे केक उपलब्ध गराउछौ’ स्कुल , कलेजको लागि छुटको व्यवस्था पनि व्यवस्था छ । केक तथा बेकरी आइटम अनलाइन अर्डर पनि सकिन्छ । होम डेलिभरीको पनि व्यवस्था छ’ थापाले भने ।

बराल अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) बेलायत च्याप्टरको अध्यक्षमा चयन

आर्थिक


सेलिब्रेटी सेफ तथा युवा व्यवसायी विनोद बराल अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) बेलायत च्याप्टरको अध्यक्षमा चयन भएका छन्। पोखरा पुख्र्यौली थलो भएका बराल खानाको अनुसन्धान र खोजीमा दक्ष मानिन्छन् ।

फिने बेलायत च्याप्टरको अध्यक्षमा चयन भएसँगै बरिष्ठ सेफ एवं व्यवसायी बरालले आफूले आर्जेको सीप र अनुभवलाई फिनेको उद्देश्य अनुरुप अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल तथा यूके युवा उद्यमी समुदायहरूबीचको सम्बन्ध थप बलियो बनाउने कोशिसमा आफू लागिपर्ने पनि उनले बताएका छन् । फिनेको नेतृत्वमा बेलायतसँगै संसारभर फैलिएका युवा उद्यमीहरूको सशक्तिकरण, आपसी सहकार्य, संस्थागत विकास र नेपाल र बेलायतबीच सामाजिक एवं आर्थिक दुवै स्तरमा सेतुको रुपमा आफूले काम गर्ने आफू आतु्र रहेको नवनियुक्त अध्यक्ष बरालले बताए। कडा मेहनत र परिश्रमकासाथ् अघि बढ्दै संस्थाका लक्ष्यहरू प्राप्त गर्न आफू हरदम प्रयत्नशील रहने प्रण उनको छ ।

साथै, अन्य युवा उद्यमीहरूको सशक्तिकरण तथा प्रोत्साहनका निम्ति संस्थामा आवद्ध हुँदै सहकार्य गर्न पनि सबै युवा उद्यमीहरूलाई उनले आव्हान गरेका छन्। फिने विश्वभरि छरिएका नेपाली युवा उद्यमीहरूको एक गैर नाफामूखी, गैर राजनीतिक गैरसरकारी संस्था हो ।

हालसम्म फनेको बेलायत, अमेरिका, अष्ट्रेलिया, मध्यपूर्व, हङकङ, जापान तथा चीनलगायतका मुलुकमा च्याप्टर खुलिसकेका छन्। फिने व्यवसायिकता तथा उद्यमशीलता विकासको उद्देश्यसहित नेपाली युवा उद्यमीहरूलाई एकताबद्ध गर्ने, सञ्जालको विस्तार गर्दै विचारको आदानप्रदान गर्ने साझा मञ्च हो ।

बराल फिने बेलायत अध्यक्षमा चयन भएकामा खुसी व्यक्त गर्दै फिने बेलायतकी संस्थापक अध्यक्ष मनिषा डंगोल श्रेष्ठले फिने यूकेलाई अझ अगाडि बढाउन बराल अत्यन्त सक्षम रहेको बताएकी छिन् । ‘संस्थापक नेतृत्वका हिसाबले हामीले गरेका कामलाई निरन्तरता दिँदै फिने यूकेलाई अझ अगाडि बढाउन विनोद बराल अत्यन्त सक्षम व्यक्ति हुनुहुन्छ ।

उहाँको नेतृत्वमा आगामी दिनमा यस संस्थाको अझ प्रगति हुनेमा म विश्वस्त छु’ श्रेष्ठले भनेकी छिन् ।

सोफा हब काठमाडौँले दशैं-तिहार योजनाको नतिजा सार्वजनिक

आर्थिक


काठमाडौँ, २२ मंसीर । सोफा हब काठमाडौँको स्कुटर उपहार चितवनका टिकाराम सापकोटाले जितेका छन । 

सोफा हब काठमाडौँले विजयादशमी, शुभदिपावली तथा छठ पर्वको अवसरमा सार्वजनिक गरेको दशैँ अफरको विजेता चितवनका सापकोटा बनेका हुन । 

सोफा हबले आज काठमाडौँमा आयोजना गरेको उपहार सार्वजनिक कार्यक्रममा दशैँ तिहारमा विक्रि भएका ३०० भन्दा बढी सोफाको कुपनमार्फत किरोश धरेलले थुतेको चिठ्ठामार्फत सापकोटा विजेता बनेका हुन । 

‘सोफा लिने भनेको सोफा हबको मात्र हो’ भन्ने मूल नाराका साथ सञ्चालित सोफा हबमा रु ३० हजारभन्दा बढीको सोफा किन्ने भाज्ञ्मानी एक विजेता सापकोटाले इभी स्कुटर जितेका हुन । 

सोफा हबका प्रबन्ध निर्देशक एवम युवा व्यवसायी तारालाल (हरि) धरेलले दशैँका ग्राहकलाई लक्षित गरेर चितवन र काठमाडौँको सोफा हबबाट सोफा किन्नेलाई उक्त स्कुटर प्रदान गरिएको जानकारी दिनुभयो । 

सोफा हबको काठमाडौँको सामाखुशी रेडनस्थित कोइराला मार्ट, गोठाटार हाईट र चितवनको लङ्कुमा आउटलेट रहेको छ । सञ्चालक धरेलले विगत ७ वर्षदेखि सञ्चालित सोबा हव अधिकाशं ग्राहकको रोजाईको केन्द्र बनेको बताउनुभयो । 

कम्पनीले दक्ष कामदार र गुणस्तरीय सामान प्रयोग गरि ग्राहकको मागलाई मध्यनजर गर्दै कोइराला मार्ट, गोठाटार हाइट र चितवनको लंकुबाट हरेक किसिमको सोफा तथा फर्निचरका सामग्री उत्पादन तथा बिक्री गर्दै आइरहेको धरेलले बताउनुभयो । 

५ देखि १० वर्षसम्म वारेन्टी समेत दिएको उक्त सोबा हबले ग्राहकको घरसम्म निःशुल्क डेलिभरीसमेत गरिदिँदै आएको छ । घरायसी तथा कार्यालय प्रयोजनका फर्निचरका सामान ग्राहकहरूले सिधै फोन गरेर वा अनलाइनबाट अर्डर गर्ने व्यवस्थासमेत रहेको कम्पनीले जनाएको छ । 

१५० जना भन्दा बढी कामदारलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगार दिएको सो सेफाहबबाट सोफा खरीद गर्न काठमाडौँको सामाखुशीमा ९८२०११४८७० गोठाटारमा ९८५११५२५८९ र चितवनमा ९८४५७२८१५६ साथै सोफा हब काठमाडौँ एट जिमेल डटकममा सम्पर्क गरेर सोफा अर्डर गर्न सकिनेछ । यस्तै, फेसबुक पेज र टिकटकमार्फत पनि सोफा अर्डर गर्न सकिने बताइएको छ ।

सन्तोष मोक्तानले पाए कान्तिपुर मलको उपहार : यमाहा मोटरसाइकल हस्तान्तरण

आर्थिक


काठमाडौँ, २० मंसीर । मुलुकको सङ्घीय राजधानी काठमाडौँको गोँगबु नयाँबसपार्कमा सञ्चालित कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहार योजनाका प्रथम उपहार विजेता रसुवाका सन्तोष मोक्तानलाई मोटरसाइकल हस्तान्तरण गरेको छ । मलले बुधबार एक कार्यक्रमको आयोजना गरि मोक्तानलाई मोटरसाइकल हस्तान्तरण गरेको हो । मलका अग्रज व्यवसायी दिलेन्द्रप्रसाद वस्तीले उनलाई मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।

होमल्याण्ड इन्भेष्टमेन्ट कम्पनी प्रालिद्धारा विगत १८ वर्षदेखि गोँगबुस्थित नयाँ बसपार्कमा सञ्चालित कान्तिपुर मलले हरेक वर्ष झैँ यसवर्ष सञ्चालन गरेको उपहार योजनामा सन्तोषले मोटरसाइकल उपहार जितेका हुन् । उक्त मलले अघिल्लो साता सोमबार उपहारको नतिजा प्रकाशन गरेको थियो । उपहार प्रकाशन गर्दा १९७६३ नम्बर कुपन भएका सन्तोषलाई प्रथम पुरस्कार परेको थियो । उक्त मोटरसाइकलको मूल्य तीन लाख ४० हजार रहेको छ ।

यस्तै, ०४१९६ कुपन भएकी समिक्षा गौतम द्धितीय, ००७७२ कुपन नम्बर भएका उजल राई तृतीय, १७८१२ कुपन नम्बर भएका भुमेश्वरा विक चौँथो, ०३४३४ कुपन नम्बर भएका महेन्द्रप्रसाद जैशी पाँचौ र ०४५८२ कुपन नम्बर भएका नविन पौडेलले सान्तना पुरस्कार प्राप्त गरेका छन । मलले द्धितीय पुरस्कार ११३ सीसीको यामाहा स्कुटर, तृतीय पुरस्कार ३२ इन्चको एइडी टिभी, चौँथो पुरस्कार १८५ लीटरको फ्रिज र पाँचौँ तथा सान्वना पुरस्कार डिसहोम फाइवर नेट प्रदान गरेको छ ।

मोटरसाइकल विजेता सन्तोषले उक्त उपहार जित्न पाउदा आफुलाई खुसी लागेको बताउदै कान्तिपुर मलप्रति आभार व्यक्त गरेका छन् ।

कार्यक्रममा कान्तिपुर मलका महाप्रबन्धक अमर निरौलाले मलले विगत १७ वर्षदेखि निरन्तर उपहार योजना सञ्चालन गरिरहेको बताउँदै आगामी वर्षपनि सबैको साथ र सहयोगमा उपहार योजनालाई निरन्तरता दिने बताए । उनले कान्तिपुर मलमा आएर सस्तो, सुलभ मूल्यमा गुणस्तरीय सामान खरीद गर्न उनले आग्रह समेत गरे ।

नेपाल एओटीएस र आईकोसा, जापानको आयोजनामा‘राष्ट्रिय विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका’ विषयक सेमिनार सम्पन्न

आर्थिक


काठमाडौं । नेपाल एओटीएस र आईकोसा, जापानले संयुक्त रुपमा ‘राष्ट्रिय विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका’ विषयक सेमिनारको आयोजना गरेका छन । विहिवार काठमाडौं स्थित मल्ल होटलमा आयोजित उक्त कार्यक्रम नेपाल र जापानका उद्यमी व्यवसायी, प्राध्यापक, व्यवस्थापक एवम प्राविधिकहरुको उल्लेख्य सहभागीता माझ सम्पन्न भएको हो । सो अवसरमा नेपालमा उद्यमीहरुको ज्ञान र शिपलाई अझ फराकिलो बनाउन आईकोसाले नेपाल एओटीएसमार्फत पारस्परिक कार्यक्रम संचालन गर्ने सम्बन्धमा सम्झौता समेत भएको छ ।

कार्यक्रममा नेपाल एओटीएसका अध्यक्ष प्रशान्तलाल श्रेष्ठले नेपालमा उत्पन्न आर्थिक संकटमाझ प्रतिकुल अवस्थामा गुज्रिरहेका साना तथा मझौला उद्योगको अवस्था दयनिय रहेको उल्लेख गर्नुहुँदै शिप एवम क्षमता विकासका कार्यक्रममार्फत यस क्षेत्रलाई दिशाबोध गर्न सकिने धारणा राख्नुभयो । साथै उहाँले औपचारिक रूपमा सन १९९१ मा नेपालमा व्यवस्थापन र प्राविधिक क्षेत्रमा मानव संशाधन विकास गर्ने उद्देश्यले स्थापना भएको नेपाल एओटीएसमार्फत जापानमा एक हजारभन्दा बढी व्यवसायी तथा व्यवस्थापकहरुले तालिम लिईसकेको जानकारी दिनुहुँदै आईकोसासँगको सहकार्य एवम सम्झौताले नेपाल स्थित साना तथा माझौला व्यवसायीहरूलाई राहत मिल्ने र अर्थतन्त्रको विकासमा योगदान पुग्ने बताउनुभयो ।  

उक्त सेमिनार कार्यक्रम आईकोसाका प्रेसिडेण्ट प्रा. डा. कुरोस नाओहिरोले जापानको औद्योगिक विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका तथा रोजगारीको अवस्था र नेपाल एओटीएसका सल्लाहकार प्रा. दिनेश चापागाईले नेपालमा व्यवसायिक वातावरण र साना तथा मझौला उद्योग बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यस अवसरमा विभिन्न बिषयगत क्षेत्रबाट प्रतिनिधित्व गर्दै आईकोसाकाबाट कार्यक्रममा सहभागी जापानीहरुले आ आफ्नो अनुभव सुनाउनुभएको थियो । सेमिनारमा नेपालबाट सहभागीहरुले नेपालको वर्तमान अवस्था, सरकारी संयन्त्र, कानुनी व्यवस्था, लगानीको वातावरण आदी बारे कुरा राख्नुहुँदै जापानले प्रतिकुलतामाझ कसरी विकासमा छलाङ मार्यो र कोभिड पस्चातको व्यवसायिक अवस्था बारे जिज्ञासा राख्नुभएको थियो । 

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष एवम नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, घरेलु तथा साना उद्योग महासंघकी उपाध्यक्ष शान्ता बाँस्कोटा, महिला चेम्बर सदस्य एवं नेतृ बासु माम्बा तामाङ, नेपाल चेम्बरकी निर्देशक सृस्‍टि त्रिपाठी लगायतको उपस्थिती रहेको थियो ।
 
नेपाल एओटिएस पूर्व छात्र समाज विदेशी प्राविधिक सहयोग र दिगो साझेदारी एओटिएस र कम्प्युटराइजेसन फर इन्टरनेशनल कोअपरेशन फर सेन्टर सिआईसिआई जापानका पूर्व प्रशिक्षार्थीहरूको गैरसरकारी र गैरलाभकारी पूर्व छात्र संघ हो। नेपाल एओटीएस औपचारिक रूपमा सन् १९९१ मा नेपालमा व्यवस्थापन र प्राविधिक क्षेत्रमा मानव संशाधन विकास गर्ने उद्देश्यका साथ स्थापना भएको हो ।  यसले आफ्नो मूल संस्था एओटीएस, जापानसँगको सहकार्यमा विभिन्न गतिविधिहरूमार्फत नेपालका एक हजारभन्दा बढी व्यवसायी तथा व्यवस्थापन व्यवसायीहरूलाई जापानमा तालिम दिईसकेको छ । 
 
आईकोसा अध्ययन भ्रमण टोली, एसियामा एसएमईहरूको लागि अन्तर्राष्ट्रिय सहयोग संगठन आईकोसा टोकियो, जापानमा आधारित गैर लाभकारी संस्था हो जुन २०१७ मा स्थापना भएको थियो। आईकोसाले जापान र एसियाली देशहरूमा साना तथा मझौला उद्यमीहरूलाई एकअर्कालाई सिक्न र सहकार्य गर्न सहयोग गर्ने लक्ष्य राखेको छ। सहयोगको माध्यमबाट एसियाली साना तथा मझौला उद्यमीहरूको भूमिकामार्फत एसियाली अर्थतन्त्रको विकासमा प्रमुख भूमिका खेल्ने लक्ष्य यस संस्थाले लिएको छ । 

सन्तोष मोक्तानले पाए कान्तिपुर मल उपहार योजनामा यामाहाको मोटरसाइकल

आर्थिक


काठमाडौँ, ११ मंसीर । मुलुकको सङ्घीय राजधानी काठमाडौँको गोँगबु नयाँबसपार्कमा सञ्चालित कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहारमा रसुवाका सन्तोष मोक्तानले मोटरसाइकल जितेका छन् । 

होमल्याण्ड इन्भेष्टमेन्ट कम्पनी प्रालिद्धारा विगत १८ वर्षदेखि गोँगबुस्थित नयाँ बसपार्कमा सञ्चालित कान्तिपुर मलले हरेक वर्ष झैँ यसवर्ष सञ्चालन गरेको उपहार योजनामा सन्तोषले मोटरसाइकल उपहार जितेका हुन् । 

उक्त मलले सोमबार उपहारको नतिजा प्रकाशन गरेको हो । उपहार प्रकाशन गर्दा १९७६३ नम्बर कुपन भएका सन्तोषले प्रथम पुरस्कार हात पारेका हुन् । उक्त मोटरसाइकलको मूल्य तीन लाख ४० हजार रहेको छ । 

यस्तै, ०४१९६ कुपन भएकी समिक्षा गौतम द्धितीय, ००७७२ कुपन नम्बर भएका उजल राई तृतीय, १७८१२ कुपन नम्बर भएका भुमेश्वरा विक चौँथो, ०३४३४ कुपन नम्बर भएका महेन्द्रप्रसाद जैशी पाँचौ र ०४५८२ कुपन नम्बर भएका नविन पौडेलले सान्तना पुरस्कार प्राप्त गर्नुभएको छ । 

मलले द्धितीय पुरस्कार ११३ सीसीको यामाहा स्कुटर, तृतीय पुरस्कार ३२ इन्चको एइडी टिभी, चौँथो पुरस्कार १८५ लीटरको फ्रिज र पाँचौँ तथा सान्वना पुरस्कार डिसहोम फाइवर नेट प्रदान गर्ने भएको छ । मलका महाप्रबन्धक अमर निरौलाले उपहार विजेतालाई एक हप्ताभित्र कान्तिपुर मलको केन्द्रीय कार्यालय नयाँबसपार्कमा दावी गरिसक्न आग्रह गर्नुभयो । 

मलले विगत १७ वर्षदेखि निरन्तर उपहार योजना सञ्चालन गरिरहेको बताउँदै महाप्रबन्धक निरौलाले आगामी वर्षपनि सबैको साथ र सहयोगमा उपहार योजनालाई निरन्तरता दिने उल्लेख गर्नुभयो । उहाँले कान्तिपुर मलमा आएर सस्तो, सुलभ मूल्यमा गुणस्तरीय सामान खरीद गर्नसमेत ग्राहकलाई आग्रह गर्नुभएको छ ।

'अनुगमनको नाममा आतंक मच्चाएर मात्र हुँदैन् , त्यसलाई नियमन गर्नुपर्छ': चेम्बर उपाध्यक्ष श्रेष्ठ

आर्थिक


काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले अनुगमन गर्ने नाममा आतंक मच्चिने गरेको बताउनु भएको छ । राष्ट्रिय उपभोक्ता मञ्चको १८ ओैँ बार्षिक साधरण सभा तथा स्थापना दिवसको अवसरमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।  उहाँले भन्नुभयो, 'नेपालमा जहिलेपनि चाडबाड आउँदा मात्र अनुगमन गर्ने गरिन्छ । साथै एउटा संस्थालेमात्र हैन विभिन्न संस्थाले अनुगमन गर्छ । अनुगमनको नाममा आतंक मच्चाएर मात्र हुँदैन् । त्यसलाई नियमन गर्नुपर्छ'।

श्रेष्ठले कालो बजारी ऐनलाई लिएरमात्र व्यापारीलाई कारबाही गर्न नहुने बताउनु भयो । उहाँले बदमासी गर्नेलाई कारबाही गर्नुपर्ने तर  सबै व्यापारीले बदमासी गर्छन भन्ने नहुने र चोर भन्न नमिल्ने बताउनुभयो ।  उपाध्यक्ष श्रेष्ठले नीति बनाउने बेलामा निजी क्षेत्रका संस्थाका प्रतिनिधि सहभागी गराउनुपर्नेमा निजी स्वार्थ बोकेका व्यवसायीहरुलाई सहभागी गराउने गरिएकाले महंगी लगायतका समस्या बढदै गएको समेत औंल्याउनुभयो ।  उहाँले राष्ट्रिय उपभोक्ता मंच जस्ता अधिकारमुखी संस्थाले यस्ता क्रियाकलापका विरुद्धमा आवाज उठाउनुपर्नेमा जोड दिनुका साथअनुगमनको नाममा व्यवसायीलाई आतंकित गराउने कार्य बन्द नगर्ने हो भने व्यवसायीहरुको मनोबल उकासिन नसक्ने र आर्थिक गतिविधि ठप्प हुनसक्ने खतरा बढ्ने उल्लेख गर्नुभयो । 

सोफा हब काठमाडौं को दशैँ अफर : सोफा किन्दा स्कुटर उपहार

आर्थिक


काठमाडौँ। महान पर्व दशैको अवसरमा घरको शान तथा गौरब सोफा किन्दा स्कुटर उपहार पाउने भएको छ। काठमाडौँ र चितवनमा सञ्चालित सोफा व्यवसायमा विश्वसनीय कंपनी सोफा हबले दशैँ उक्त अफर सार्वजनिक गरेको हो। ‘सोफा लिने भनेकै सोफा हबको मात्र हो’ भन्ने मूल नाराका साथ गुणस्तरीयलाई जोड दिदै सहुलियत मूल्यमा सोफा हबले नेपालीहरुको महान पर्व विजयादशमी, शुभदिपावली तथा छठ पर्वको अवसर पारेर सोफा किन्ने ग्राहकलाई लक्षित गरेर धमाकादार अफर सार्वजनिक गरिएको सोफा हबका म्यानेजिङ डाइरेक्टर तारालाल (हरि) धरेलले जानकारी दिएका छन्।

उपहार अन्तर्गत इभी स्कुटर, इलेक्टिक जग, आइरन, वेड कभर, डोर म्याटलगायत थुप्रै उपहार भएको पनि युवा व्यवसायी समेत रहेका धरेलले बताएका छन्। सञ्चालक धरेलका अनुसार सोफा हबमा सोफा किन्न आउने हरेक ग्राहकलाई कुपन प्रदान गरिनेछ । उक्त कुपनमार्फत स्क्राच गर्दा विजेता ग्राहकलाई उपहार योजना प्रदान गरिने छ। जसमा भाग्यशाली ग्राहकले निश्चित रुपमा स्कुटर उपहार पाउने पक्का भएको छ। सोफा हबको काठमाडौँको सामाखुशी रेडनस्थित कोइराला मार्ट, गोठाटार हाईट र चितवनको लङ्कुमा आउटलेट रहेको छ ।

विगत ७ वर्षदेखि सञ्चालित सोबा हव अधिकाँश ग्राहकको रोजाईको केन्द्र बन्दैआएको छ। कम्पनीले दक्ष कामदार र गुणस्तरीय सामान प्रयोग गरि ग्राहकको मागलाई मध्यनजर गर्दै कोइराला मार्ट, गोठाटार हाइट र चितवनको लंकुबाट हरेक किसिमको सोफा तथा फर्निचरका सामग्री उत्पादन तथा बिक्री गर्दै आइरहेको छ। ५ देखि १० वर्षसम्म वारेन्टी समेत दिएको उक्त सोबा हबले ग्राहकको घरसम्म निःशुल्क डेलिभरीसमेत प्रदान गरिदैआएको सोफा हबले जनाएको छ ।

घरायसी तथा कार्यालय प्रयोजनका फर्निचरका सामान ग्राहकहरूले सिधै फोन गरेर वा अनलाइनबाट अर्डर गर्ने व्यवस्थासमेत रहेको कम्पनीले जनाएको छ । १५० जना भन्दा बढी कामदारलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगार दिएको सो सेफाहबबाट सोफा खरीद गर्न काठमाडौँमा ९८५११५२५८९ चितवनमा ९८४५७२८१५६ र सोफा हब काठमाडौँ एट जिमेल डटकममा सम्पर्क गरेर सोफा अर्डर गर्न सकिने पनि व्यवसायी धरेलले बताएका छन् । यस्तै, सो हबको फेसबुक पेज र टिकटकमार्फत पनि सोफा अर्डर गर्न सकिने बताइएको छ ।

दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेला : ६० प्रतिशतसम्म छुट

आर्थिक


काठमाडौँ । नेपालीहरुको महान् पर्वको अवसर पारेर राजधानीको भृकुटीमण्डपमा ‘दशैँ फुटवेयर मेला–२०८०’ सुरु भएको छ । नेपालका प्रतिष्ठित १० कम्पनीको आयोजनामा यहि असोज ३ गतेदेखि सुरु भएको मेला आगामी कात्तिक ४ गतेसम्म चल्ने दशैँ जुत्तामेला संयोजक सविन कार्कीले जानकारी दिनुभयो । मेलामा शिखर सु इण्डष्ट्रिजको शिखर सुज, रन सु इण्डष्ट्रिजको रन सुज, नियसा सु इण्डष्ट्रिजको ब्याम्बो सु, स्वदेशी सु उद्योगको पिजी सु, फुट स्टेप सु इण्ड्रष्टिजको आइडल सु, हिमानी सु कलेक्सनको हिमानी सु, स्मार्ट सु इण्ड्रटिजको स्मार्ट सु, वान वल्ड्र्स इण्डष्ट्रिजको वान वल्ड्र्स सु, पवित्र सु इण्ड्रटिजको सुल्याण्ड राखिएको छ ।

संयोजक कार्कीका अनुसार एकमहिने मेलामा महिला, बालकालिका, पुरुष सबै उमेर समूहलाई हुने गरी १० कम्पनीका ३० भन्दा बढी ब्राण्ड एक हजारभन्दा बढी मोडलहरु राखिएका छन् । असोज १० गतेदेखि छुट अफर सुरु हुने मेलामा १५ प्रतिशतदेखि ६० प्रतिशतसम्म छुट दिएको आयोजकले जनाएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले मनायो ६१ औं स्थापना दिवस

आर्थिक


काठमाडौं । साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडले आफनो ६१ औं स्थापना दिवस मनाएको छ । कर्पोरेशनले बुधबार कालिमाटी स्थित आफनो केन्द्रिय कार्यालय परिसरमा एक समारोहको आयोजना गरि स्थापना दिवस मनाएको हो । कर्पोरेशनका संचालक समिति अध्यक्ष प्रदिप लाल श्रेष्ठको सभापतित्वमा आयोजित बार्षिकोत्सव समारोह कार्यक्रमको समुदघाटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले गर्नुभएको थियो ।

सो अवसरमा कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले स्वागत मन्तव्य राख्नेक्रममा कार्यक्रममा उपस्थित सबैमा धन्यवाद व्यक्त गर्नुहुँदै कर्पोरेशनले आम उपभोक्ताहरुको हितलाई केन्द्रमा राख्दै व्यवसायिक क्रियाकलाप गर्दै आएको बताउनुभयो । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कर्पोरेशनले आम जनता तथा समस्त उपभोक्ताको लागि दैनिक उपभोग्य वस्तु उपलब्ध गराउदै गराउने लक्ष्य लिई आफनो सेवा सेवा प्रारम्भ गरेको ६० बर्ष पुरा गरेको बताउनुहुँदै उपभोक्ताको सेवामा सदैव सकृय रहि आएको र भविष्यमा पनि अझ सकृय रहने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो ‘कर्पोरेशनले आफनो प्रतिबद्धता अनुसार आम जनतालाई सुपथ एवम् सहज रुपमा गुणस्तरिय उपभोग्य वस्तुहरुको उपलब्धतालाई निरन्तरता प्रदान गरिने छ । कर्पोरेशनले आपुर्ति र वितरणको क्षेत्रमा उल्लेखनिय भूमिका निर्वाह गर्दै बिषम परिस्थितीका बाबजुद पनि आम उपभोक्ताको सेवामा सदैव सकृय रहि आएको छ भने भविष्यमा पनि अझ सकृय रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’

उहाँले कर्पोरेशनले आयोडिनयुक्त नुन र अन्य दैनिक उपभोग्य एवम अत्यावश्यकिय वस्तुहरुको बिक्री वितरण, अनुदानित र गैर अनुदानित मलको आपुर्ति गर्दै आईरहेको प्रसंग उल्लेख गर्नुहुँदै केहि समय अघिबाट आफनै कारखानाबाट तोरीको तेल उत्पादन  शुरु गरिएको जानकारी समेत दिनुभयो । 

कार्यक्रम माझ प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले कर्पोरेशनले सरकारको चाहना अनुरुप आम उपभोक्ताको हितमा कार्य गर्दै आएको उल्लेख गर्नुभयो । उक्त समारोहलाई सम्बोधन गर्दै मन्त्री रिजालले कर्पोरेशनले नेपाली जनतालाई सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य वस्तु उपलब्ध गराइरहेको बताउनुहुँदै आफ्नो मूल्य र मान्यतालाई कायम राखेर उपभोक्तालाई सेवा दिइरहेको उल्लेख गर्नुभयो । 

‘प्राकृतिक विपद्का अवस्थामा समेत उपभोक्ताको घरदैलोमा उपभोग्य वस्तु उपलब्ध गराउन कर्पोरेशनले खेलेको भूमिका उल्लेखनीय छ,’ मन्त्री रिजालले भन्नुभयो, ‘नेपाल सरकार आम जनताले स्वाभाविक मूल्यमा दैनिक उपभोग्य वस्तु प्राप्त गरुन् भन्ने चाहन्छ ।’

उहाँले सरकारले आवश्यकता अनुसार गरेको निर्देशन पालनामा कर्पोरेशनले देखाएको सक्रियतालाई सकारात्मक रुपमा लिएको उल्लेख गर्नुहुँदै बजार अनुगमन साथै बजार हस्तक्षेपमार्फत बजारलाई व्यवस्थित तुल्याउने सरकारको नीति अनुरुप कर्पोरेशनसँग सहकार्य गर्दै आएको बताउनुभयो । साथै उहाँले लोककल्याणकारी कार्यमा अग्रसर रहदै कर्पोरेशनले उद्योग व्यापार मार्फत देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउदै आएको उल्लेख गर्नुभएको थियो । 

सो अवसरमा उद्योग वाणिज्य तथा आपुर्ति सचिव मुकुन्द निरौलाले ६ दशक अघि नुनको कारोबारबाट व्यवसाय शुरु गरि हाल सेवा विविधिकरण गर्दै सरकारको सहयात्रीको रुपमा काम गर्दै आएको बताउनुभयो । 

समारोहमा कृषि मन्त्रालयका सचिव डा। गोविन्द शर्माले कर्पोरेशनले समयमै रसायनिक मल आपूर्ति तथा वितरण गर्नुका साथै उदपादकत्व बृद्धिमा समेत योगदान पुर्याउदै आएको बताउनुभयो । 

समारोह माझ साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेड कर्मचारी संगठनका अध्यक्ष मेघराज ज्ञवालीले साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडमा कार्यरत कर्मचारीहरुले मेहनत र कर्तव्यबोधका साथ काम गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा सभापतिको आसनबाट बोल्नुहुँदै कर्पोरेशनका संचालक समिति अध्यक्ष प्रदिपलाल श्रेष्ठले साल्ट ट्रेडिङले बजार प्रणालीलाई चुस्त राख्न सरकारलाई पूर्ण रुपले सघाउदै आएको उल्लेख गर्नुहुँदै राष्टहितका निम्ति थप दायित्व उठाउदै अघि बढने प्रण समेत गर्नुभयो भयो ।  ुृनेपाल सरकारको नीति निर्देशनलाई पूर्ण रुपमा पालना गरी कर्पोरेशनले बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन हर प्रयासले आपूर्ति व्यवस्थालाई सहज बनाउँदै आएको छु अध्यक्ष  श्रेष्ठले बताउनुभयो।

कर्पोरेशनले सेवा र कार्य क्षेत्र विस्तार गर्दै आम उपभोक्ताको घर दैलोमा सेवा पुर्याउन थप पहल गर्ने समेत श्रेष्ठले बताउनुभयो  । 

उक्त समारोहमाझ ७५ हजार राशीको लक्ष्मीदास मानन्धर बालहितकारी पुरस्कारबाट बालबालिकाहरुको संरक्षणमा सक्रिय झापा बिर्तामोड स्थित तारा नमस्ते बालगृहलाई पुरस्कृत गरियो ।  यसैगरि ३५ हजार राशी सहितको  ईश्वरलाल श्रेष्ठ उत्कृष्ट कर्मचारी पुरस्कारतर्फ अधिकृत स्तरमा राधेश्याम चौधरी, नन् अधिकृतस्तरमा कौशल किशोर पंडित र स्तरविहिनमा श्यामकाजी थापालाई पुरस्कृत गरियो । त्यस्तै, ३० हजार नगद राशीसहित हेम बहादुर मल्ल उत्कृष्ट कर्मचारी पुरस्कारतर्फ अधिकृत स्तरमा सुनिता कुमारी पन्त, नन् अधिकृतमा भरत कुमार श्रेष्ठ र स्तरविहिनमा भेष बहादुर श्रेष्ठलाई पुरस्कृत गरियो । समारोह माझ एसईई परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण भएका कर्मचारीका छोरा र छोरीहरुलाई मासिक ३ हजारका दरले २ वर्षसम्मका लागि छात्रवृत्ति समेत प्रदान गरियो । जसमा छात्रतर्फ अनङ्गमान शेरचन छात्रवृत्ति कृष्ण कुमार शाक्यका छोरा सर्वेश शाक्य र छात्रातर्फको लोकनाथ जोशी छात्रवृत्ति मनोज कुमार चौधरीकी छोरी अदिती चौधरीलाई प्रदान गरियो । 

यस्तै, २० वर्ष सेवा अवधि पुरा गरेका कर्मचारीहरुलाई प्रशंसापत्र वितरण गरिएको थियो ।