economic
||Power News Asia||

आजको समाचार

बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, अधिकांशले घटाए ऋणको ब्याजदर

आर्थिक


बाणिज्य बैंकहरुले साउन १ गतेदेखि लागू हुने गरेर कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार धेरै बैंकले आधार दर घटाएका छन् । आधार दरका अनुसार बैंकहरुले कर्जा प्रवाह गर्ने भएकाले पनि धेरै बैंकको कर्जाको ब्याजदर घटेको हो । नेपाल बैंकर्स एसोसियसनका उपाध्यक्ष तथा कृषि विकास बैंकका सिइओ अनिल कुमार उपाध्यायले बैंकमा तरलता अधिक रहेकाले अझै ब्याजदर घट्ने बताए । उनका अनुसार यो वर्ष निक्षेपमा १ प्रतिशत र कर्जामा झण्ढै डेढ प्रतिशत ब्याजदर घटेको  छ ।

हाल बैंक तथा वित्तिय संस्थामा ४७ खर्ब १२ अर्ब निक्षेप संकलन भएको छ भने ४१ खर्ब ५६ अर्ब कर्जा प्रवाह भएको छ । यसमा बाणिज्य बैंकको हिस्सा बढी छ । बाणिज्य बैंकहरुको मात्रै ४१ ख्र्ब ८१ अर्ब रुपैयाँ निक्षेप रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै बाणिज्य बैंकहरुको मात्र ३७ खर्ब ५ अर्ब रहेको छ ।

बैंकहरुको नयाँ ब्याजदर

नबिल बैंक

नबिल बैंकले बचतमा न्यूनतम १.५१% देखि अधिकतम ३.५१% सम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिमा अधिकतम ६.५१% ब्याज दिने भनेको छ । ३ महिनाको मुद्दतीको ब्याजदर ५.०१% निर्धारण गरेको छ । यता, बैंकको जेठ मसान्तसम्म बेस रेट ५.७१%  छ । यसमा ७% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ । स्थिर ब्याजमा घर कर्जाको लागि बैंकले न्यूनतम ८.४९% देखि ११.५०% सम्म ब्याजदरमा कर्जा दिने बताएको छ ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले बचतको ब्याज ३.०१% तोकेको छ भने व्यक्तिगत मुद्दतीको अधिकतम ८% निर्धारण गरेको छ । यता, बैंकको जेठ मसान्तसम्मको बेस रेट ७.३८% छ । यसमा न्यूनतम १.५०% देखि अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने बैंकले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले साउन १ गतेदेखि लागू हुने गरेर नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जस अनुसार मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.५०% देखि ७.२५% र संस्थागत मुद्दती निक्षेपमा ५% देखि ६.५०% सम्म ब्याजदर हुनेछ । त्यसैगरी, बैंकले बचत खातातर्फ न्यूनतम ३% देखि ५% सम्म ब्याजदर तोकेको छ । यस बैंकले चैत महिनाको आधार दर ५.५०% अनुसार कर्जाको ब्याजदर निर्धारण गरेको छ । बैंकले यसमा १% देखि ३% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने जनाएको छ । स्थिर कर्जाको लागि ९% देखि ११% सम्म ब्याजदर निर्धारण गरेको छ ।

सेञ्चुरी कमर्सियल बैंक

सेञ्चुरी कमर्सियल बैंकले बचतको न्यूनतम ब्याज ३% र अधिकतम ५% राखेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ८% कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतीको ब्याजदर हो । यता, बैंकको जेठ मसान्तसम्मको आधार दर ७.३८% रहेको छ । यसमा ६% सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिइने बैंकको भनाई छ । स्थिर कर्जाको लागि ११.४९% देखि १२.९९% ब्याज दर निर्धारण गरेको जनाएको छ ।

 एनएमबि बैंक

एनएमबि बैंकले बचतको न्यूनतम ब्याजदर २.५०% र अधिकतम ४.५०% तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७.५०% र न्यूनतम ६.५०% निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७.१९% रहेको छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाइ छ ।

एनआइसी एसिया बैंक

साउन १ गतेबाट लागू हुने गरेर एनआइसी एसिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतको ब्याजदर २.५६% कायम गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दती निक्षेपमा ७.५६% सम्म ब्याज पाइनेछ । बैंकको जेठ मसान्तसम्मको आधार दर ६.७४% छ । यसमा ६% सम्म प्रिमियम थप गरेर ऋण दिने बैंकले जनाएको छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले बचतको न्यूनतम ब्याज २.५०% देखि अधिकतम ४% सम्म तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७% र न्यूनतम ६% तोकेको छ । जेठ मसान्तसम्म बैंकको आधार दर ५.८९% छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ ।

कुमारी बैंक

कुमारी बैंकले बचत खातामा न्यूनतम २% देखि अधिकतम ४% ब्याजदर तोकेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६% देखि ७.६५% सम्म ब्याजदर तोकेको छ । त्यसैगरी कर्जातर्फ विभिन्न प्रकारको लोनमा आधार दरमा अधिकतम ७% सम्म प्रिमियम तोकेको छ । बैंकको जेठ महिनामा आधार दर ७.४०% छ । बैंकले न्यूनतम १०.५०% देखि अधिकतम ११% सम्ममा स्थिर कर्जा दिने जनाएको छ ।

मेगा बैंक

मेगा बैंकले बचत खातामा न्यूनतम २.२५% देखि अधिकतम ३.५०% ब्याजदर तोकेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ७.२५% सम्म ब्याजदर तोकेको छ । त्यसैगरी कर्जातर्फ विभिन्न प्रकारको लोनमा आधार दरमा अधिकतम ७% सम्म प्रिमियम तोकेको छ । बैंकको जेठ महिनामा आधार दर ७.०१% छ ।

हिमालयन बैंक

हिमालयन बैंकले बचतको न्यूनतम ब्याजदर २% र अधिकतम ४% तोकेको छ । व्यक्तिगत मुद्दतीको न्यूनतम ब्याजदर ५% र अधिकतम ब्याजदर ७% निर्धारण गरेको छ । बैंकको चैत मसान्तसम्मको अधारदर ६.७५% रहेको छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ ।

कृषि विकास बैंक

कृषि विकास बैंकले बचतको न्यूनतम ब्याज ३.५०% देखि अधिकतम ५% सम्म ब्याजदर कायम गरेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७.५०% तोकेको छ । चैत मसान्तसम्म बैंकको आधार दर ७.४८% छ । यसमा २% देखि ५% सम्म प्रिमियम थप गरेर कर्जा दिन्छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले बचतको न्यूनतम ब्याज २.०५% देखि अधिकतम ४% सम्म निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतीको ब्याज ७.०५% निर्धारण गरेको छ । चैत मसान्तसम्म बैंकको आधारदर ७.०९% छ । यसमा बैंकले ७% सम्म प्रिमियम थप गरेर कर्जा दिने बैंकले जनाएको छ । बैंकले स्थिर ब्याजदरको लागि न्यूनतम ९.८९% देखि अधिकतम १२.२४% ब्याजदर निर्धारण गरेको छ ।

सनराइज बैंक

सनराइज बैंकले बचतमा न्यूनतम २.५७% देखि अधिकतम ४% सम्म ब्याज दिने भएको छ । यता, मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७.५०% ब्याज निर्धारण गरेको छ । जेठ मसान्तसम्मको बैंकको आधार दर ६.७२% रहेको छ । यसमा ६% सम्म प्रिमियम थप गरेर बैंकले कर्जा प्रवाह गर्ने जनाएको छ । बैंकले स्थिर ब्याजदरको लागि न्यूनतम १०.५०% देखि अधिकतम १३.५०% सम्म ब्याजदर निर्धारण गरेको छ ।

नेपाल बैंक

नेपाल बैंकले बचतको न्यूनतम ब्याज २.५०% देखि अधिकतम ४% सम्म ब्याजदर कायम गरेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७% तोकेको छ । चैत मसान्तसम्म बैंकको आधार दर ५.९८% छ । यसमा १.५०% देखि ५% सम्म प्रिमियम थप गरेर कर्जा दिन्छ । यता, स्थिर ब्याजको न्यूनतम ब्याजदर ९.३५% देखि १३.९३% सम्म छ ।

प्रभु बैंक

प्रभु बैंकले बचत खातामा न्यूनतम २% देखि अधिकतम ४% सम्म ब्याजदर तोकेको छ । मुद्दती निक्षेपमा व्यक्तिगततर्फ न्युनतम ६.५०% र अधिकतम ७% सम्म ब्याजदर दिन्छ । बैंकको जेठसम्मको आधार दर ७.०६% छ । यसमा ५% सम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ । स्थिर ब्याजदरको लागि न्युनतम ९.९९% देखि अधिकतम ११.९९% सम्म ब्याजदर निर्धारण गरेको छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतमा न्यूनतम २.५% देखि अधिकतम ४% सम्म ब्याजदर दिने उल्लेख गरेको छ । बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम अधिकतम ७% सम्म ब्याजदर दिने भएको छ । यता, यसको जेठ महिनामा आधार दर ६.६९% छ । बैंकले विभिन्न प्रकारका ऋण दिँदा आधार दरमा ५% सम्म प्रिमियम थप गर्ने जनाएको छ । स्थिर ब्याजदरको लागि बैंकले न्यूनतम ८.४९% देखि अधिकतम ११.४९% सम्म ब्याजदर निर्धारण गरेको छ ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकले बचतको न्यूनतम ब्याजदर २.७६% र अधिकतम ४.५०% तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७.७६% र न्यूनतम ७.५०% निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७.१४% रहेको छ । यसमा अधिकतम ६.९९% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाइ छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम १०% देखि अधिकतम ११% सम्म ब्याजदर निर्धारण गरेको छ ।

एनसीसी बैंक

एनसीसी बैंकले बचतको न्यूनतम ब्याजदर ३% र अधिकतम ५% तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ८% र न्यूनतम ७% निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७.४१% रहेको छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.२५% देखि अधिकतम ११% सम्म ब्याजदर निर्धारण गरेको छ ।

बैंक आफ काठमाण्डू

बैंक आफ काठमान्डूले बचतको न्यूनतम ब्याज २.५०% र अधिकतम ४% राखेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७% कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतीको ब्याजदर हो । यता, बैंकको जेठ मसान्तसम्मको आधार दर ६.५६% रहेको छ । यसमा ५% सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिइने बैंकको भनाइ छ ।

नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले बचतको न्यूनतम ब्याजदर २.५०% तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७.५०% र न्यूनतम ७.२५% निर्धारण गरेको छ । बैंकको चैत मसान्तसम्मको आधारदर ९.८९% छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण गर्ने बैंकले जनाएको छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.९९% देखि अधिकतम १२.९९% सम्म ब्याजदर निर्धारण गरेको छ ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले बचतमा न्यूनतम २% देखि अधिकतम ४% ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिमा अधिकतम ७.०१% ब्याज निर्धारण गरेको छ । यो ब्याज १ वर्षमाथिको मुद्दतीका लागि हो । बैंकको चैत मसान्तसम्मको आधार दर ६.४०% छ । यसमा ६% सम्म प्रिमियम थप गरेर कर्जा दिने बैंकले जनाएको छ । स्थिर कर्जाको लागि बैंकले ९.९९% देखि १०.९९% सम्म ब्याजदर निर्धारण गरेको छ ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकले बचत खातामा न्यूनतम २.५% देखि अधिकतम ४.५% सम्म ब्याजदर तोकेको छ । मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ३ महिनाका लागि ७ % देखि ६ महिनाभन्दा बढीको हकमा ७.५% ब्याज दिनेछ । बैंकको जेठसम्मको आधार दर ८.९% छ । यसमा ५% सम्म प्रिमियम थप गरेर बैंकले लोन दिन्छ ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकले बचतको न्यूनतम ब्याज ३.१५% र अधिकतम ५.१५% राखेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७.६५% कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतीको ब्याजदर हो । यता, बैंकको जेठ मसान्तसम्मको आधार दर ७.५१% रहेको छ । यसमा ५% सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिइने बैंकको भनाई छ । स्थिर कर्जाको लागि १०.५०% देखि १३% ब्याज दर निर्धारण गरेको जनाएको छ ।

चेम्बरको उपभोक्ता हित, आपूर्ति सह-सभापतिमा प्रदीपलाल श्रेष्ठ

आर्थिक


काठमाडौं-नेपाल चेम्बर अफ कमर्सले देवेन्द्र भक्त श्रेष्ठको सभापतित्वमा गठित उपभोक्ता हित,आपूर्ति, स्थानिय निकाय तथा स्थानिय प्रशासन समन्वय समितिको सह सभापतिमा प्रदीपलाल श्रेष्ठलाई मनोनयन गरेको छ । अध्यक्ष राजेन्द्र मल्लले श्रेष्ठलाई मनोनयन गरेका हुन । श्रेष्ठको ३ वर्षिय कार्यकाल हुने चेम्बरले जनाएको छ ।

विभिन्न ब्यवसायमा समेत आवद्ध रहेका प्रतिष्ठित उद्योगपति एवं व्यवसायी श्रेष्ठ साल्ट टे«डिङ कर्पोरेसन लिमिटेडका संचालक समिति सदस्य एवं ईश्वरलाल प्रतिष्ठानका अध्यक्ष हुन। उनी चेम्बरका पुर्व अध्यक्ष ईश्वरलाल श्रेष्ठका जेष्ठ सुपुत्र हुन । त्यसैगरि अध्यक्ष मल्लले उक्त समितिको सल्लाहकारमा योगेन्द्र गौचनलाई मनोनयन गरेका छन् । गौचन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका पूर्व महानिर्देशक हसने ।

साथै उक्त समितिको सदस्यहरुमा अमर बाँनिया, ओमप्रकाश वंशल, नरेश शाही, प्रेमबहादुर श्रेष्ठ लवकुमार श्रेष्ठ, चन्द्र बहादुर थापा, राजमान डंगोल, प्रमोद गुप्ता, अनिल शर्मा, राजकुमार दाहाल, शुभेन्द्र जोशी, राकेश कुमार गुप्तालाइ मनोनयन गरेका छन् । उपभोक्ता हित,आपूर्ति, स्थानिय निकाय तथा स्थानिय प्रशासन समन्वय समितिका सल्लाहकार ,सह सभापति तथा सदस्यहरुलाई अध्यक्ष मल्लले सोमबार नै मनोनयन पत्र प्रदान गरेका छन् ।

नेपाल महिला चेम्बरको आयोजनामा ‘सेलिङ एण्ड ब्रान्डिङ प्रडक्ट अनलाईन’ बिषयक कार्यशाला सम्पन्न 

आर्थिक


 

काठमाडौं-नेपाल महिला चेम्बरको आयोजनामा ‘सेलिङ एण्ड ब्रान्डिङ प्रडक्ट अनलाईन’ बिषयक कार्यशाला सम्पन्न भएको छ ।  शनिवार वेमिनार मार्फत आयोजित उक्त कार्यशाला  जि वि जिको सहयोगमा आयोजनामा आएको हो ।  

कार्यक्रम माझ डिजिटल मार्केटर उल्लेख निरौलाले डिजिटल प्लेटफर्म साना उद्यमीहरुलाई अझ लाभदायिक हुने राय पेश गर्दै बेब साइटबाट मात्र नभई फेसबुक, टिकटक, टुइटर, युटुयुब लगायतका सामाजिक संजालबाट पनि प्रडक्ट मार्केटिङ गर्न सकिने बताए । निरौलाले ब्रान्डिङले उत्पादनको प्रबर्धनमा महत्वपुर्ण भुमिका खेल्ने बताउदै के देखाएर के बेच्ने भन्नेमा प्रस्ट हुनुपर्ने र त्यसका लागि सोसल इण्टरप्रेनरशिप बढाउन फोटोग्राफी, शब्द, ग्राफिक्स्, इमोसनल भ्यालु, अर्जेन्सी, ट्रस्ट आदी बिषय माथि ख्याल राख्नुपर्ने उल्लेख गरे ।  

डिजिटल मार्केटिङका क्रममा  विज्ञापन र डेलिभरी दिने बाहय कम्पनीहरुको  उपयोगसँगसँगै मुल्य भार बढेता पनि समग्रमा जोखिम निकै कम हुने बताए । 

\आफ्नो कम्पनीले  नेपालमा १५० भन्दा बढी  र अमेरिका लगायतका विदेशी बजारमा १०० भन्दा बढी सामाग्री बिक्री गर्दै आएको जानकारी दिएका निरौलाले अमेजन, इत्स्जि जस्ता अन्तरास्ट्रिय स्तरका र राष्ट्रिय स्तरका अन्य कम्पनीबाट डिजिटल व्यापार गर्न सकिन्छ भन्ने बिषयमा प्रकाश पार्दै इन्टरनेशनल पेमेण्ट सिस्टमको प्रयोग कसरी गर्न सकिन्छ भन्ने बिषयमा जानकारी समेत गराएका थिए । 

निरौलाले सहभागीले उठाएको प्रश्नको जवाफ दिदै अफलाइन मार्केटिङ्, अनलाईन मार्केटिङ्, इन्फ्लुअन्सर मार्केटिङ, गुगल एड, फोरम मार्केटिङ आदी माध्यमबाट डिजिटल मार्केटिङमा जोडिन सक्ने बताउदै शुरुमा व्यापार गर्दा धर्यता अपनाउदै कम्युनिटी बढाउदै जानु पर्ने सुझाव पेश गरेका थिए । साथै उनले भिडियो निकै प्रभावकारी माध्यम रहने समेत जानकारी दिए ।  

नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष समेत रहेकी महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले सभापतिको आसनबाट बोल्ने क्रममा उक्त कार्यशाला  विगतको निरन्तरता रहेको र यसबाट  सहभागी सबैले धेरै कुरा सिक्न सिक्ने बताउदै नेपाल महिला चेम्बरले महिला उद्यमशिलता विकासका लागि थप रुपमा सक्रियता बढाउदै लग्ने प्रतिबद्धता व्यक्त गरिन् ।  साथै अध्यक्ष श्रेष्ठले हाल देशमा रोगको महामारीसँगसँगै बाढि पहिरोका कारण जनजिवन प्रभावित भएकोमा चिन्ता व्यक्त गर्दै विपदको घडीमा संयमता अपनाउदै मानविय सहयोगमा जुटनुपर्ने खाँचो औल्याईन् ।  

कार्यक्रममा सहजकर्ताको भूमिका निर्वाह गर्दै नेपाल चेम्बर अफ कमर्शकी कार्यकारीणी सदस्य समेत रहेकी नेपाल महिला चेम्बरकी सचिव लिमा अधिकारीले अहिलेको परिस्थितीमा डिजिटल प्लेटफर्मको महत्वलाई आत्मसाथ गर्दै कार्यक्रम आयोजनामा ल्याईएको जानकारी दिईन् ।   

कार्यक्रम माझ जिपिजीकी अदिती गोयलले जिपिजीले डिजिटल प्लेटफर्म मार्फत उद्यमशिलता विकासमा सघाउदै आएको बताईन् ।  

कार्यक्रममा सहभागीताका लागि सबैमा धन्यवाद व्यक्त गर्दै नेपाल महिला चेम्बर अफ कमर्शकी कोषाध्यक्ष चारु सिकारियाले महिला चेम्बरद्वारा आयोजित कार्यक्रममा सहभागी भएर कार्यक्रम सफल पार्न सहयोग पुर्याएका धन्यवाद व्यक्त गरिन्  ।  

कार्यशालामा  नेपाल महिला चेम्बरका सल्लाहकारद्व्य शान्ती शाक्य, निलम ताम्राकार, नेपाल चेम्बर अफ कमर्शका कार्यकारीणी सदस्य तथा चितवन चेम्बर अफ कमर्शका अध्यक्ष दिर्घमान श्रेष्ठ, चेम्बरका महानिर्देशक कैलाश कुमार बजिमय, निर्देशक सृस्‍टि त्रिपाठी, महिला चेम्बरका केन्द्रिय समिति सदस्यहरु, देशैभरका विभिन्न जिल्ला स्थित महिला चेम्बरका अध्यक्ष एवम्  प्रतिनिधीहरु, महिला उद्यमी आदीको सहभागीता रहेको थियो ।  

 

संकटको समयमा राज्य बलियो हुनुपर्नेमा निरीह: ठुलोबाबु श्रेष्ठ

आर्थिक


काठमाडौ - ग्रील तथा स्टिल व्यवसायी महासंघ नेपालका प्रथम उपाध्यक्ष ठुलोबाबु श्रेष्ठले संकटको समयमा राज्य बलियो हुनुपर्नेमा निरीह देखिएको बताएका छन् । श्रमजिवि संचारकर्मीहरुलाई ग्रील तथा स्टील व्यवसायी महासंघको तर्फबाट राहत तथा खाद्यान्न वितरण गर्ने क्रममा उनले सो कुरा व्यक्त गरेका हुन । साना तथा मझौला व्यवसायीहरुको पक्षमा सरकार गम्भीर हुन नसकेको आरोप सहित कटाक्षमा उत्रिएका श्रेष्ठले सरकारमा बस्नेहरुको चेतना स्तर र साना उद्यमी प्रतिको दृष्‍टिकोण साकारात्मक नभएको जिकिर पेश गरे । ‘विश्वका विभिन्न मुलुक सहित नेपालमा पनि नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणका कारण लकडाउनले जनजीवन अस्तव्यस्त छ।दैनिक जीवनयापन थप कष्टकर हुदै गइरहेको छ । यस महामारीको अवस्थामा ग्रील तथा स्टिल व्यवसायी महासंघ नेपालले श्रमजीवी मजदुरहरुलाई राहत वितरण गर्दै आइरहेकोमा यस पटक संचारकर्मिहरुलाई समेटिएको हो‘ उनले राहत वितरण बारे बोल्दै भने ।

सन्चारकर्मीलाई खादा सहितको सम्मान र परिचयात्मक कार्यक्रममा प्रथम उपाध्यक्ष श्रेष्ठले सन्चारकर्मिहरुसंगको भेटघाटबाट आफू हर्षित भएको सुनाउदै व्यवसायका बारेमा र समसामयिक विषयमा आफ्नो धारणा राखेका थिए । परिचयात्मक, सहकार्य बढाउने र सुखदुःख साट्ने हिसाबले संचारकर्मीहरुलाई सम्झिएको र उनीहरुको पीडा र अवस्था आफुले बुझेको पनि उनले बताए । यसलाई राहत नभई भेटघाट र सहकार्यको सुरुवातको रुपम लिन समेत उनले आग्रह गरे । ग्रील तथा स्टिल व्यवसायमा ११ हजार व्यवसायी रहेको, दुई लाख मजदुर र ६४ जिल्लामा शाखा रहेको यस बृहत व्यवसायीहरुको आवाज राज्यले नसुनेको उनको गुनासो थियो । यस महामारीमा महासंघले अक्सिजन अभावको समयमा अस्पतालहरुमा अक्सिजनको व्यवस्थापन समेत गरेको जानकारी दिए । मजदुर, विपन्न र अशक्तहरुलाई निरन्तर राहत वितरण गर्दै आएको र अझै निरंतरता दिने पनि उनले बताए ।

राजनीति र समाजसेवामा निरन्तर सक्रिय श्रेष्ठ ग्रील तथा स्टिल व्यवसायी महासंघ नेपालका भावी अध्यक्षको दावेदार समेत हुन । प्रथम उपाध्यक्ष श्रेष्ठ, ग्रील तथा स्टिल व्यवसायी संघ अन्तर्गत पश्चिम क्षेत्रका अध्यक्ष शैलेश ठकुरी, पश्चिम क्षेत्र खुसिबु, च:मति, ढल्कु र बालाजु इकाईका अध्यक्ष तोक बहादुर गहतराज लगायतको उपस्थितिमा उक्त राहत तथा खाद्यान्न वितरण गरिएको हो ।

महिला चेम्बरको आयोजनामा प्रोडक्ट प्याकेजिङ र ब्राण्डिङ सम्बन्धी कार्यशाला सम्पन्न

आर्थिक


काठमाडौं, ३१ वैशाख-नेपाल चेम्बर अफ कमर्श अन्तर्गतको नेपाल महिला चेम्बरको आयोजनामा प्रोडक्ट प्याकेजिङ र ब्राण्डिङ सम्बन्धी कार्यशाला आज सम्पन्न भएको छ । जिबिजी नेपालको सहयोग माझ कार्यशाला १४ मे शुक्रबार अपरान्ह २:३० देखी ४:३० बजेसम्म भर्चुअल प्लेटफर्म गुगल मिट मार्फत आयोजनामा आएको हो ।

सो अवसरमा नेपाल चेम्बर अफ कमर्शकी कार्यकारीणी सदस्य समेत रहेकी नेपाल महिला चेम्बरकी सचिव लिमा अधिकारीले स्वागत मन्तव्य राख्दै विगत देखी नै महिला उद्यमीहरुको प्रतिस्पर्धात्मक क्षमतालाई अभिब्रिद्धी गर्दै जाने योजना मुताबिक यस किसिमको कार्यशाला आयोजना गरिएको जानकारी गराईन् ।साथै उनले ब्रान्डिङ र प्याकेजिङ प्रतिस्पर्धी उत्पादनको महत्त्वपूर्ण अंश भएकाले यस किसिमको कार्यशालाले उद्यमशिलता विकासमा टेवा मिल्ने धारणा राखिन ।  

कार्यक्रममा सभापतिको आसनबाट बोल्दै  नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष समेत रहेकी नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले बिशेष गरि महिला उद्यमशिलता विकासका लागि प्याकेजिङ सम्बन्धी ज्ञानका लागि सहजीकरण गर्नुपर्ने आवश्यकता महशुश गरिकाले कार्यशालाको आयोजना गरिएको बताईन् । साथै, उनले प्याकेजिङ र ब्रान्डिङ्ले बजारिकरणमा सघाउ पुर्याउने हुँदा यस कार्यक्रमलाई  नेपाल चेम्बर  र महिला चेम्बरले प्राथमिकतामा राख्दै आएको जानकारी दिइन । प्याकेजिंगले विश्वव्यापी बजारमा प्राय: एक र अर्को उत्पादन बीचको भिन्नता दर्शाउने तथा प्रभावकारीता झल्काउने, ब्राण्डिङ गर्ने आदी काम भएकाले पनि हालको कोभिड १९ कहर माझ आयोजित कार्यशाला फलदायी हुने विश्वास उनले व्यक्त गरिन ।  

कार्यक्रममा सहयोगी संस्था गुगल बिजनेश ग्रुपकी अदिति गोयलले ग्रुपको बिषयमा प्रकाश पार्दै व्यापार सफलताको लागी वेब टेक्नोलोजीहरुको बारेमा ज्ञानलाई साझा गर्ने हेतु  व्यावसायिक पेशेवरहरुको समुदायका रुपमा रहेको जानकारी दिइन ।  

कार्यशाला माझ प्रोडक्ट प्याकेजिङ ट्रेनर सुस्मिता थापाले प्रशिक्षण दिएकी थिईन् । थापाले प्याकेजिङको महत्व बारे कार्यपत्र प्रस्तुत गर्दै प्याकेजिङले प्रतिकात्मक रुपमा चिनाउने, ब्राण्डिङ  गर्ने, उपभोक्तालाई जागरुक गराउने जस्ता कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउदै प्याकेजिङ गर्दा रङ्, अक्षर, सामाग्री आदीलाई ध्यान दिन जरुरी रहने उल्लेख गरिन । 

सो अवसरमा सहभागीहरुले उत्पादन बिशेष प्याकेजिङ कसरी गर्ने भन्ने बिषयमा राखेका थिए ।  कार्यशाला माझ उठेका सवाल उपर महिला चेम्बर अध्यक्ष उर्मिला श्रेष्ठले प्याकेजिङ गर्दा खाद्य ऐन,अनुज्ञापत्र, लेबलिङ आदी बिषयमा ध्यान दिन आवश्यक रहने उल्लेख गरिन भने कार्यपत्र प्रस्तुतकर्ता सुस्मिता थापाले प्याकेजिङ सम्बन्धी विविध सवाल उपर जवाफ पेश गरेकी थिईन् ।  

कार्यशालामा चेम्बर सम्बद्ध सदस्य एवम् महिला उद्यमीहरुको सहभागीता रहेको थियो ।  सहभागीहरुलाई निशुल्क रुपमा प्रशिक्षण दिईएको हो । 

साधना लघुवित्तद्धारा जिल्ला स्वास्थ्य कार्यालय गोरखालाई पिपिई हस्तान्तरण

आर्थिक


गोरखा । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणकाे उच्च जोखिमको कारण मृत्यु भएका ब्यक्तिहरुको व्यवस्थापनको लागि साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले जिल्ला स्वास्थ्य कार्यालय, गोरखालाई शव व्यवस्थापन पिपिई सहयोग गरेको छ । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वास्थ्य कार्यालय, गोरखालाई २५ थान पिपिई सहयोग गरेको हो ।

पछिल्लो समयमा कोभिड १९ को दोस्रो भेरियन्टको कारण एकाएक कोभिड बिरामीको मृत्युदरमा बृद्धि भएसँगै सो को ब्यवस्थापनमा सहजता होस् भन्ने उदेश्यले पिपिई सहयोग गरिएको साधना लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए ।

वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै गरिएको यस सानो सहयोगले शव ब्यवस्थापनमा खटिने समूहको मनोवलमा थप टेवा पुग्ने विश्वास लिएको छ । वित्तीय संस्थाले यस अघि पनि विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आइरहेको र आगामी दिनमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए ।

 

स्वास्थ्य सामाग्री खरिदमा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको सहयोग

आर्थिक


काठमाडौं । कोरोनाभाइरस(कोभिड–१९) को संक्रमणकाे जोखिमलाई मध्यनजर गर्दै साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वास्थ्य सामाग्रीको लागि सहयोग गरेको छ । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले सामरीटन ट्रष्ट, काठमाडौंलाई स्वास्थ्य सामाग्री खरिदका लागि एकलाख सहयोग गरेको हो । स्वास्थ्य सामाग्री अति विपन्न, असहाय, अपाङ्ता र मजदुरका परिवारलाई केन्द्रीत गर्दै सामरीटन ट्रष्टले सेनिटाइजर, माक्स, ग्लाृवस, साबुन र फेस सिल्ड निशुल्क वितरणको लागि सहयोग अपिल गरेकोले आर्थिक सहयोग गरेको साधना लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए ।

वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै गरिएको यस सानो सहयोगले लक्षित समूदायको मनोवलमा थप योगदान पुग्ने विश्वास लिएको छ । वित्तीय संस्थाले यस अघि पनि विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आइरहेको र आगामी दिनमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए ।

 नेपाल हाउसले होम डेलिभरि सुबिधा दिने 

आर्थिक


काठमाडौ, २७ वैशाख ।खानाको पारखीहरूलाई भिन्नभिन्न नयाँ र उच्चस्तरको गुणस्तरीय सेवा प्रदान गर्ने पहिलो क्लास को रेस्टुरेन्ट नेपाल हाउसले होम डेलिभरि सुबिधा दिने भएको छ।

नयाँ भेरियन्टसहित विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण दोस्रो चरणको लकडाउन सँगै काठमाडौँ उपत्यकामा निशेषधाज्ञा जारी भएसँगै बालुवाटार र हात्तिसारमा रहेको नेपाल हाउस रेष्टुरेन्टले ग्राहकको सेवालाई ध्यानमा राखेर उपत्यकाभित्रका विभिन्न ग्राहकको रोजाइअनुसार घर तथा अफिसमा खाना तथा खाजा डेलिभरी शुरूवात गरेकोे हो।

रेस्टुरेन्ट संचालक टिका गौतमका अनुसार लकडाउनका कारण आफ्नो रेष्टुरेन्टमा आएर सेवा लिन नपाएका बालुवाटार,हात्तिसार क्षेत्र र त्यस वरपरका सेवाग्राहीलाई ध्यानमा राखेर खाना,खाजा र बिशेष बेकरीका परिकारहरूका साथै माता तीर्थ औंसी ९आमाको मुख हेर्ने दिनको०लागि मध्यनजर गर्दै बिभिन्न भेराईटीका केकहरू होम डेलिभरी गरिन लागेको जानकारी दिए ।

खाना खुवाउने उदेश्यका साथ यो अभियान सञ्चालन गरिएको दाबी पेश  गर्दै उनले भने“सम्पूर्ण सुरक्षा सम्बन्धि मापदण्ड पुरा गरेर आफ्ना ग्राहकलाई खाना खुवाउने उदेश्यका साथ यो अभियान सञ्चालन गरेका हौँ,”।

महिलाहरुले डिजिटल प्लेटफर्म प्रयोग गरेर घरैबाटै काम गरेर पनि आय आर्जन गर्न सक्छन्: उर्मिला श्रेष्ठ,उपाध्यक्ष-नेपाल चेम्बर अफ कमर्श/अध्यक्ष-नेपाल महिला चेम्वर

आर्थिक



काठमाडौं, २५ बैशाख- नेपाल चेम्बर अफ कमर्शको उपाध्यक्ष तथा नेपाल महिला चेम्वरकी अध्यक्ष उर्मिला श्रेष्ठले सूचना प्रविधिले बजारिकरणको भाषालाई विशिष्टिकरण गरेको बताएकी छिन । वुमन इन इनफोरमेसन टेक्नोलोजी ९डब्लुआईआईटी० ले शनिवार आयोजना गरेको ’महिला उद्यमीहरूका लागि डिजिटल परिदृश्यमा अवसरहरू’ विषयक वेबिनार कार्यक्रम माझ प्रमुख अतिथीको आसनबाट बोल्दै उनले सो धारणा राखेकी हुन । ‘अरु क्षेत्रहरुको तुलनामा आइसिटी क्षेत्रमा महिलाको सहभागिता अझै पनि कम छ र त्यसलाई बढाउन काम गरिरहेको डब्लुआईआईटीलाई धन्यवाद दिन चाहन्छु’ उनले भनिन ।’महिलाहरुले डिजिटल प्लेटफर्म प्रयोग गरेर घरैबाटै काम गरेर पनि आय आर्जन गर्न सक्छन् । आइसिटीले सफल महिला उद्यमी बन्न एकदमै सहयोग पुर्‍याउने छ’ अध्यक्ष श्रेष्ठले आफ्नो भनाइ राख्दै भनिन ‘अहिले व्यवसायीहरुले कस्टमाइज गरेको ईमेल पठाएको पनि एकदमै राम्रो प्रक्रिया हो,’उनले भनिन्, ‘महिलासँग राम्रो संचार कौशल हुने हुँदा त्यसको प्रयोग गरेर सफल महिला उद्यमी बन्न सक्छन् ।’

त्यस्तै वेबिनारका अतिथि वक्ताको रुपमा सस्तोडिलका सह(संस्थापक तथा सीटीओ सोधन मानन्धरले ‘अनलाइन बजार बुझ्ने र त्यसमा ब्यापारका लागि अवसरहरू’ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले स्मार्टफोन, ब्रोडब्याण्ड र फोरजीको वृद्धिले ई–कमर्सको प्रगति दिनदिनै भईरहेको उल्लेख समेत गरे । त्यसैगरि उनले मार्केटप्लेस र ई–कमर्स स्टोर बिचको फरक पनि बताएका थिए । मार्केटप्लेसमा प्लेटफर्म र इन्भेन्टरीमा लगानी गर्नुपर्ने र ई–कमर्स स्टोरमा ब्राण्ड र इन्भेन्टरीमा लगानी गर्नुपर्ने उनको धारणा रहेको छ । मार्केटप्लेस हाम्रोबजार, सि टू सि, अलिबाबा जस्तो बि टू बि र सस्तोडिल, दराज जस्तो बि टू सि नहुने उनले बताएका थिए । सस्तोडिलले पिक प्याक सिप मोडेलमा काम गरिरहेको र एर प्याक गरेर ग्राहकलाई पुर्‍याउने बारे जानकारी दिदै यो मोडेलमा कमिसननै संस्थाको आय हुने बताए । मार्केटप्लेसका लागि बिजनेस प्यान, नागरिकता, ईमेल र फोन नम्बर चाहिने उनले बताए ।

त्यस्तै वेबिनारका अतिथि वक्ताको रुपमा बोल्दै सर्टिफाइड डिजिटल मार्केटिङ ट्रेनर तथा शेरचन कन्सलटिङकी संस्थापक स्वेता शेरचनले उडिजिटल मार्केटिङको बारेमा विशिष्ट जानकारी दिएकी थिईन् । उनले ग्राहकलाई आफ्नो प्रोडक्टले खुशी पार्न सक्नुपर्ने तर्क पेश गर्दै सामाजिक सञ्जालको प्रयोग गरेर राम्रो डिजिटल मार्केटिङ गर्न सकिने राय प्रस्तुत गरिन ।

बिहान ८ बजेदेखि १० बजेसम्म आयोजित सो कार्यक्रममा महिला उद्यमीहरुले डिजिटल प्लेटफर्मलाई प्रयोग गरि व्यवसायमा कसरी सफलता पाउन सक्छन् भन्ने बारे छलफल गरेका थिए । कार्यक्रमको अन्त्यमा क्युएनए राउण्ड भएको थियो । डब्लुआईआईटीले विगत एक दशक देखि महिलाहरुलाई प्रविधिको क्षेत्रमा प्रोत्साहन र प्रवर्द्धन गर्ने कार्य गरिरहेको छ ।

नेपाल महिला चेम्बरको अध्यक्षमा उर्मिला श्रेष्ठ (संक्षिप्त परिचय सहित)

आर्थिक


काठमाडौं- उर्मिला श्रेष्ठ नेपाल महिला चेम्बरको अध्यक्षमा चयन भएकी छिन्। राजेन्द्र मल्ल नेतृत्वको नेपाल चेम्बर अफ कमर्शले आईतबार उनलाई पुन: सो जिम्मेवारी दिएको हो । श्रेष्ठ नेपाल महिला चेम्बरको अघिल्लो कार्यसमितीको समेत अध्यक्ष थिईन् । नेपाल महिला चेम्बरलाई गतिशिल बनाई देशमा महिला उद्यमशिलता प्रबर्द्धन गर्ने सवालमा श्रेष्ठले महत्वपूर्ण योगदान पुर्याउदै आएकी छिन् । उनको अघिल्लो नेतृत्व काल निकै सफल मानिन्छ ।

को हुन उर्मिला श्रेष्ठ ?

उर्मिला श्रेष्ठ नेपाल चेम्बर अफ कमर्शको उपाध्यक्ष हुन । हालसालै मात्र सम्पन्न चेम्बरको ७० औ साधारण सभाले उनलाई चेम्बरको उपाध्यक्षमा निर्वाचित गरेको थियो । यस अघि उनी महिला चेम्बरको अध्यक्ष साथै नेपाल चेम्बरको कार्यकारीणी सदस्य थिईन् । उर्मिला श्रेष्ठ नेपाल चेम्बर अफ कमर्शको ७० बर्षको ईतिहासमै पहिलो पटक महिला मध्येमा प्रथम पटक उपाध्यक्ष जस्तो उच्च मुकाममा पुग्न सफल हुँदै ईतिहास रच्न समेत सफल भएकी छिन्। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको कार्यकारी प्रमुख अर्थात सिईओ समेत रहेकी श्रेष्ठ आँफैमा एक सफल नारी पनि हुन ।

साल्ट ट्रेडिङलाई कुशल व्यवस्थापकिय नेतृत्व प्रदान गर्दै आएकी उनले पछिल्लो समय महिला चेम्बरलाई पनि उस्तै सबल नेतृत्व प्रदान गर्दै आएकी थिईन । तसर्थ नेपालमा समकालिन समयमा औंलामा गन्न सकिने सफल महिलाहरुको पंक्तीमा उर्मिला श्रेष्ठको नाम अग्रपंतीमा आउने गर्दछ ।

सक्षम, कर्मठ, इमान्दार एवम् बौद्धिक नारीको रुपमा चिरपरिचित श्रेष्ठ राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा ख्याती कमाउन सफल व्यक्तित्व पनि हुन । त्यसो त व्यापारिक पृष्‍ठभुमी बोकेको नेवार कुलमा जन्मिएकी श्रेष्ठ नेपाल चेम्बर अफ कमर्शका पुर्व अध्यक्ष स्वर्गिय ईश्वर लाल श्रेष्ठकी सुपुत्री हुन । पिताजीको पदचापलाई पछयाउदै नेपालको चेम्बर आन्दोलनलाई अघि बढाउने सवालमा उर्मिलाले ईश्वरलाल जस्तै अब्बलता प्रस्तुत गर्दै आएकी छिन । बदलिदो विश्व परिवेश माझ नेपालमा पनि महिला सशक्तिकरणको सवाल टडकारो रुपमा उठदै आईरहेको सन्दर्भमा श्रेष्ठ नेतृत्वको नेपाल महिला चेम्बरले मुलुक भित्र महिला उद्यमशिलता विकासका लागि ठोस कार्यक्रम पस्कदै महत्वपूर्ण योगदान पुर्याउदै आएको थियो र छ ।

त्यसो त, श्रेष्ठको नेतृत्वमा महिला चेम्बरले गर्दै आएका कार्यहरुको सर्वत्र चर्चा समेत हुँदै आएको छ । बौद्धिक जागरण जस्ता स्वाधिन र समाज प्रेरित कार्यमा समेत उनी सकृय छिन् । राजनीतिक, व्यवसाय र समाजसेवाको त्रिवेणी मानिने इश्वरलाल-माणिकलाल पुस्ताको ‘लिगेसी’ अर्थात बिडो थाम्दै अब्बल कार्यकौशलता प्रस्तुत गर्दै आएकी उर्मिला श्रेष्ठ समकालिक समयकी एक प्रभावशाली नारीमा गनिन्छिन् ।