-हरेक वर्षझैं यस वर्ष पनि इंडेक्स एक्सचेन्जले आफ्ना ग्राहकहरूका लागि भाग्य बदल्ने अफर ल्याएको छ। इंडेक्स एक्सचेन्जले रमदानको पावन महिनालाई विशेष बनाउन, शान ए रमदान सिजन चार अन्तर्गत यस बार, बुल्डोजरको वार भन्ने नारा सहित एक विशेष प्रवर्द्धन सुरु गरेको हो । यो योजना मार्च २९, २०२५ सम्म लागू हुने कंपनीले जनाएको छ। यस प्रवर्द्धन अन्तर्गत, इंडेक्स एक्सचेन्जको संयुक्त अरब इमिरेट्सभरि रहेका कुनै पनि शाखाबाट आफ्ना प्रियजनलाई पैसा पठाउने ग्राहकहरूले हरेक दश दिनमा भाग्यशाली चिट्ठा मार्फत शानदार उपहार जित्ने मौका पाउनेछन्। उपहारहरूमा चार वटा गाडी,सुन,नगद र नेपालमा घर समेत समावेश छन्।
बुल्डोजर – हिम्मत, साहस, भरोसा र शक्तिको प्रतीक
इंडेक्स एक्सचेन्जले यस वर्षको अभियानमा बुल्डोजरलाई हिम्मत, साहस, आत्मविश्वास र शक्तिको प्रतीकका रूपमा प्रस्तुत गरेको छ। यस प्रवर्द्धनको मुख्य उद्देश्य विदेशमा संघर्ष गरिरहेका आप्रवासी श्रमिकहरूको मेहनतलाई सम्मान गर्नु रहेको जनाईएको छ । आर्थिक कठिनाइ, पारिवारिक जिम्मेवारी, र चुनौतीहरू सामना गर्दै देशको अर्थतन्त्रमा योगदान पुर्याउने प्रवासी नेपालीहरूमा समर्पित गरिएको र बुल्डोजरले जस्तै आफ्ना दुख, बाधा, र समस्या भत्काएर जीवनको बाटो सरल बनाउन प्रेरित गर्ने सन्देश यस अभियानले बोकेको पनि कंपनीले जानकारी दिएको छ। यस प्रवर्द्धनमा सहभागी भई हरेक दश दिनमा हुने भाग्यशाली चिट्ठा मार्फत आफ्नो भाग्य बदल्ने अवसर लिनसक्नेछन्। इंडेक्स एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत सैयेद अब्दुस सलामले संयुक्त अरब इमिरेट्समा रहेका सबै नेपाली समुदायलाई यस अभियानमा सहभागी हुन आह्वान गर्नुभएको छ।
इंडेक्स एक्सचेन्ज – भाग्य बदल्ने अवसरहरू
हरेक वर्ष, इंडेक्स एक्सचेन्जले विभिन्न आकर्षक प्रवर्द्धनहरू आयोजना गर्दै आइरहेको छ। पछिल्ला वर्षहरूमा थुप्रै नेपालीहरूले बहुमूल्य उपहार जितिसकेका छन्। प्रमुख व्यापार प्रबन्धक मिर के रसूलका अनुसार, अघिल्लो प्रवर्द्धनमा एक नेपाली ग्राहकले नेपालमा घर जितेका थिए भने कैयौँले लाखौं रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए। यसबाहेक, इंडेक्स एक्सचेन्जले वित्तीय साक्षरता कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ। केही महिना अघि, अबकी बार, हुण्डी पे वार भन्ने नारासहित संयुक्त अरब इमिरेट्सभरि अवैध विप्रेषण (हुण्डी) विरुद्ध सचेतना अभियान सञ्चालन गरिएको थियो। त्यसपछि, नेपाली समुदायलाई लक्षित गर्दै विन ए मिलियनको तेस्रो संस्करण ल्याइएको थियो, जसअन्तर्गत दश लाख नगद पुरस्कार र कैयौँ नेपाल जाने हवाई टिकट वितरण गरिएको थियो। कम्पनीले आगामी दिनहरूमा पनि नेपाली समुदायका लागि आकर्षक अफरहरू ल्याइरहने नेपालका लागि इंडेक्स एक्सचेन्जका प्रतिनिधि नवीन पौडेलले जानकारी दिएका छन् ।



काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चेम्बर एक्स्पोले नेपाली उत्पादन तथा सेवाको विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ। उहाँले नेपाली उत्पादक तथा किसानहरूले उत्पादन गरेका ब्रान्डहरूको प्रवर्द्धनमा यस्ता एक्स्पोहरू प्रभावकारी माध्यम बन्न सक्ने उल्लेख गर्नुभयो।
चेम्बर एक्स्पो अवलोकन गर्ने क्रममा मन्त्री भण्डारीले नेपाल सरकार र निजी क्षेत्र मिलेर मुलुकको अर्थतन्त्र सुदृढ बनाउन यस्ता मेलाहरू अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो। साथै, नेपालमा सूचना प्रविधि (आईटी) सम्बन्धी नयाँ कानुनले नेपाली आईटी उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न मद्दत गर्ने बताउनुभयो।
कार्यक्रममा मन्त्री भण्डारीलाई नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्षहरू उर्मिला श्रेष्ठ, दीपक श्रेष्ठ, सुरेन्द्र कुमार श्रेष्ठ, लगायतले स्वागत गर्नुभएको थियो ।। अवलोकनका क्रममा मन्त्री भण्डारीले उद्योगी व्यवसायीहरूलाई हौसला प्रदान गर्दै उत्पादन र व्यापारको प्रवर्द्धनमा सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
बुटवल ।राष्ट्रिय दुग्ध विकास वोर्डद्वारा आयोजित दुध तथा दुग्ध पदार्थ ढुवानी सवारी साधनमा प्रयोग हुने प्रतिक चिन्ह ९ लोगो० प्रचारप्रसारका लागि अन्तरक्रिया कार्यक्रम लुम्बिनी प्रदेशको बुटवलमा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा राजेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा पशु सेवा विभागका उपमहानिर्देशक डा. लेखराज दाहालको विशेष उपस्थिति र नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, राष्ट्रिय दुग्ध विकास बोर्डका निर्देशक दिपेन्द्र अधिकारी, लेखा प्रमुख ओम खरेल, एशोसिएसनका उपाध्यक्ष दिप प्रसाद धमला, महासचिव हेमचन्द्र खनाल, उपमहासचिव विजय चौरासीया, सहसचिव शिव भुसाल, बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरे र लुम्बिनी प्रदेशका अध्यक्ष थानेश्वर न्यौपाने, केन्द्रिय सदस्य निराजन कोइराला, डिडिसि बुटवल आयोजनाका कृष्ण अर्याल र योगेन्द्र शाह, केन्द्रिय दुग्ध सहकारीका केन्द्रिय सदस्य हरि काफ्ले, देवदह नगरपालिका पुर्व मेयर एवं नेपाल डेरी एसोसिएसनका सल्लाहकार हिरा केसि एवं लुम्बिनीका अन्य किसानहरु, लुम्बिनी विशिष्टिकृत सहकारी संघका अध्यक्ष ज्ञानुु पौडेल, लुम्बिनी प्रदेशका डेरी उद्योगका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित अतिथिहरु सबैलाई आयोजकको तर्फबाट स्वागत गर्दै बोर्डका प्रशासनिक प्रमुख बिदुर राईले कार्यक्रमको बारे प्रष्ट पार्नु भयो र सबै डेरी उद्योगमा चल्ने गाडीमा लोगो लगाउन अनुरोध गर्दै उपस्थित सबैलाई स्वागत गर्नु भयो । शुभकामना सहित मन्तव्य राख्ने क्रममा नेपाल डेरी एसोसिएसनका महासचिव हेमचन्द्र खनालले सबै डेरी उद्योगले लोगो लगाउन सक्ने वातावरण बनाउन र सबैतिर प्रचारप्रसार गर्न बोर्डलाई अनुरोध गर्नुभयो । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहलले लोगोको महत्त्व बारे प्रकाश पार्दै सबै डेरी उद्योगका गाडीहरूमा अनिवार्य लोगो प्रयोग गर्न अनुरोध गर्दै लोगो प्रयोगमा ल्याउन बोर्डले खेलेको भुमिकालाई एसोसिएसन परिवार विशेष धन्यवाद दिन चहान्छ भन्ने कुरा बताए ।
एसोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष थानेश्वर न्यौपानेले बोर्डले अत्यन्तै राम्रो काम गरेको र नेपाल डेरी एसोसिएसनले चाँडै सबै उद्योगमा लोगो लगाउने प्रतिबद्धता ब्यक्त गर्दै आगामी दिनमा पनि बोर्डले यस्तै खालका सकारात्मक कदम चाल्ने कुरामा आशाबादी रहेको बताउनु भयो र सहजीकरण गर्न आग्रह गरे । पशु सेवा विभागका उपमहानिर्देशक लेखराज दाहालले यसरी दुध ढुवानी सवारी साधनमा लोगो प्रयोग गर्ने काम सार्है राम्रो भएको र यसमा अझ सुरक्षा निकायलाई समेत राखि वितरण गर्दा झन् प्रभावकारी हुने कुरा बताउनु बताए ।
डिडिसी बुटवल आयोजनाका प्रमुख अर्यालले फर्मल र इनफर्मल डेरीको बारे बोल्दै अब फर्मल डेरी उद्योगलाई चलाउनै कठिन भएको कुरा बताउँदै अब इनफर्मल डेरीलाई फर्मल सेक्टरमा ल्याउन सरोकारवाला सबै लाग्नुपर्ने बताउनु भयो । केन्द्रिय दुग्ध सहकारीका केन्द्रिय सदस्य हरि काफ्लेले लोगो लगाउँदा ढुवानीमा सहजता हुनुको साथै गुणस्तरमा पनि सुधार हुने कुरामा विश्वास रहेको बताउँदै अब मन्त्रालयले पनि यो कुरामा सरोकारवालाहरुलाई बेला बेला सजग गराउने कुरा बताए ।
अन्त्यमा कार्यक्रमका सभापति एवं राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा। राजेन्द्र यादबले यो लोगो भनेको राष्ट्रिय दुग्ध विकास बोर्डको मात्र नभएर सबै सरोकारवालाहरुको सफलता हो । अब सबैले यसलाई आफ्नो सम्झेर यसको प्रयोगमा लाग्न आग्रह गर्दै राष्ट्रिय दुग्ध विकास बोर्ड सधैं किसान, उद्योग र समग्र दुग्ध क्षेत्रको विकासमा लाग्ने कुरा बताउँदै नो रिटर्न कार्यक्रम अगाडि बढाउन बोर्ड कटिबद्ध रहेको र त्यसमा सबैले सहयोग गर्न आग्रह गर्नु भयो । बोर्डले राष्ट्रिय दुग्ध निति पास गरिसकेको र अब चाँडै कार्यविधि बनाई सरोकारवालाहरुलाई समेटेर अगाडि बढ्ने कुरा बताउनु भयो ।
बुटवल । नेपाल डेरी एसोसिएसनको २६औं वार्षिक साधारणसभा तथा स्थापना दिवस विशेष कार्यक्रम लुम्बिनी प्रदेशको बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले कृषि तथा दुग्ध क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरिरहेको बताए । मुलुकको आर्थिक समृद्धिका लागि दुग्ध क्षेत्रको योगदान महत्वपूर्ण रहेको रहेको उनको भनाइ छ । उपभोक्ताले स्वस्थ तथा गुणस्तरीय दूध खान पाउने अधिकारलाई ख्याल गर्दै गुणस्तरीय दूध उत्पादन गर्न पनि मन्त्री पन्थीले सुझाव दिए ।
कार्यक्रममा बोल्दै नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कार्यक्रमका सभापति प्रल्हाद दाहालले एसोसिएसनले देशभरका उद्योगीलाई समेटेर दुग्ध क्षेत्रको विकासमा निरन्तर काम गरिरहेको बताए । स्थानीय तह, प्रदेश र केन्द्र सरकारसँग आवश्यक सहकार्य गर्दै एसोसिएसनले विविध गतिविधिहरु गरिरहेको उनको भनाइ छ । दुग्ध क्षेत्रको व्यावसायिक विकास र निर्यातका सम्भावनाहरुको खोजीका लागि एसोसिसन निरन्तर सक्रिय रहेको उनले बताए ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले दुग्ध क्षेत्रको समग्र विकासका लागि बोर्डले नीति नियम बनाउनेदेखि आवश्यक कामहरु गरिरहेको बताए । गुणस्तरीय दूध उपभोक्तालाई दिनुपर्ने उनको भनाइ छ । निर्यातका लागि सातै प्रदेश र संघमा बजेट बिनियोजन भइसकेको उनले जानकारी दिए । आन्तरिक र बाह्य प्रयाप्त बजार रहेको बताउँदै उनले बजारको पहिचान गर्नुपर्ने धारणा राखे । डेरी क्षेत्र प्रविधि र यान्त्रीकरणमा जानुपर्ने उनको जोड छ ।
कार्यक्रममा बोल्दै पशु सेवा विभागका उपमहानिर्देशक डा. लेखराज दाहालले पशुपालन तथा दुग्ध क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताउँदै डेरी प्रडक्टहरुको विविधीकरण गरी निर्यातमा जानुपर्ने सुझाव दिए । निर्यात बढाउनका लागि सरकारले आवश्यक पहल गरिरहेको उनको भनाइ छ ।
कार्यक्रममा रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्ण पराजुली, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, रुपन्देही व्यापार संघका केदार नेपाल, घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष गणेशप्रसाद अधिकारी, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष तेजकुमार पाठक, नेपाल डेरी एसोसिएसनका पूर्व अध्यक्षहरु सुमित केडिया, मेघराज भण्डारी, एसोसिएसनका सल्लाहकार हिरा केसी, संस्थापक सदस्य लिलाधर पन्थी, डेरी उद्योग संघका बिक्रम रिजाल, सिडिक्यानका हरि काफ्ले, लुम्बिनी विशिष्टीकृत सहकारी संघ लि.का अध्यक्ष ज्ञानु पौडेल, नेपाल डेरी एसोसिएसनका महासचिव हेमचन्द्र खनाल, प्रदेश अध्यक्ष एवं कार्यक्रम संयोजक थानेश्वर न्यौपाने लगायतले दुग्ध क्षेत्रको योगदान र सम्भावनाहरुको बारेमा चर्चा र्दै २६औं स्थापनाको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
कार्यक्रममा एसोसिएसनका देशभरका २ सय भन्दा बढी सदस्यहरुको उपस्थिति रहेको एसोसिएसनका सहसचिव शिव भुसालले जानकारी दिए । कार्यक्रममा डेरी क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने विभिन्न उद्योग तथा व्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो ।
एसोसिएसनको साधारणसभाले महासचिव, कोषाध्यक्ष र प्रदेश अध्यक्षहरुको प्रतिवेदन माथि छलफल गरी सर्वसम्मत पारित भएको छ । एसोसिएसनको साधारणसभाले ‘नेपाल डेरी एसोसिएसन युवा मञ्च’ गठन गर्ने निर्णय गरेको छ । सातै प्रदेशमा कोल्ड स्टोर स्थापना गर्ने र पाउडर प्लान्ट नभएका प्रदेशमा प्लान्ट स्थापनामा पहल गर्ने एसोसिएसनले जनाएको छ ।
बिर्तामोड । नेपाल कै नं एक सोफा उत्पादक तथा वितरण गर्ने सोफा कम्पनी 'सोफा हब काठमाडौँले' आफ्नो आठौँ शाखाको रुपमा बिर्तामोडमा सञ्चालनमा ल्याएको छ। उक्त नयाँ शाखाको उद्घाटन भव्यताका साथ नागरिक बचाउ अभियानका अध्यक्ष दुर्गा प्रसाईले गरेका हुन्। बिर्तामोड शाखासँगै पूर्वमा कम्पनीले उच्चस्तरीय सेवा प्रदान गर्ने र उपभोक्ताको आवश्यकता पूरा गर्ने अपेक्षा छ।
सोफा हब बिर्तामोडको उद्घाटन समारोहमा नागरिक बचाउ अभियानका अध्यक्ष दुर्गा प्रसाईले नेपालमा स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनले सोफा हवजस्तो स्वदेशी उद्योगले गुणस्तर युक्त उत्पादनमार्फत नेपाली उपभोक्ताको आवश्यकता पूरा गर्दै स्थानीय रोजगारीका अवसरहरू सिर्जना गरेकोमा प्रशंसा व्यक्त गरे। प्रसाईले भने, “सोफा हवजस्ता उद्योगहरूले मात्र नभई, स्वदेशी उत्पादनको प्रवर्द्धनले समग्रमा मुलुकको आर्थिक विकासलाई नयाँ उचाइमा पुर्याउँछ।
सोफा र फर्निचरको दुनियामा 'सोफा हब बिर्तामोड' बिर्तामोड क्षेत्रकै सबै भन्दा ठुलो सोरुम भएको सोफा कम्पनी भएको छ। तीन तल्ले सोरुममा उच्च गुणस्तरका फर्निचर तथा सोफाहरु प्रदर्शनमा राखिएका छन्। पहिलो र दोस्रो तल्लामा विभिन्न डिजाइनका सस्ता देखी महंगा सोफाहरु रखिएको छ भने तेश्रो तल्लामा फर्निचरका सामान जस्तै बेड, दराज, डाइनिङ्ग टेबल, ड्रेसिङ टेबल, टि भी सो केस लगायतका सामान रखिएको छ।
सोफा हब काठमाडौँ तथा सोफा उत्पादक संघको अध्यक्ष रहेका तारालाल धरेलले सोफा हब काठमाडौँका हरेक शाखामा न्यूनतम १० हजार रुपैयाँदेखि अधिकतम १ लाख भन्दा माथि रोयल सोफा र फर्निचरका सामानसम्म उपलब्ध रहेको जानकारी दिए। कम्पनीले १० वर्षको वारेन्टी, शाखा भएको ५० किलोमिटर भित्र निःशुल्क डेलिभरी, र पुरानो सोफाको सट्टापट्टा सुविधा जस्ता आकर्षक सेवा प्रदान गर्दै आएको छ।
सोफा हब काठमाडौँले नेपालमा नै आफैले उत्पादन गरेको सोफा र फर्निचरका सामानहरु आफ्ना शाखामा उपलब्ध गराउदै आएको छ। कम्पनीका अध्यक्ष तारालाल धरेलका अनुसार 'कम लागत र कम नाफा तर धेरै बिक्रीको रणनीतिले नेपालभरी ग्राहकहरूको मन जित्न सफल भएको छ।
काठमाडौँको गोठाटार हाइटमा प्रधान कार्यालय रहेको कम्पनीको काठमाडौँमा गोठाटार, सामाखुसी र कलंकी गरी तिन वटा, चितवनमा २ वटा, पोखरामा एउटा, नेपालगन्जमा एउटा र बिर्तामोडमा १ गरी जम्मा ८ वटा शाखा संचालनमा छन्। सोफा हवले आफ्नै उत्पादनशालाबाट सोफा र फर्निचरका सामान उत्पादन गरी सुलभ मूल्यमा बजारमा उपलब्ध गराउँदै आएको छ भने काठमाडौँको कलंकीमा 'सोफा हब काठमाडौँ'को रोयल सोफा तथा फर्निचरको सोरुम रहेको छ।
सोफा र फर्निचरको दुनियामा आफ्नो स्थान मजबुत बनाउँदै आएको सोफा हब काठमाडौँले १६८ जनालाई प्रत्यक्ष रोजगार र १,००० भन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिएको छ भने आगामी दिनमा अन्य क्षेत्रहरूमा समेत आफ्नो उपस्थिति विस्तार गर्ने योजना बनाएको छ। सोफा हब काठमाडौँले आफुले उत्पादन गरेको सामान देश भरी नै डेलिभरी दिदै आएको छ।
काठमाडौं। ‘ओडिएको पुष्टी, स्वाद र सन्तुष्टि’ भन्ने नारासहित भक्तपुरको सूर्यविनायक नगरपालिका-२, बालकोटमा ओखलढुंगे डेरी एण्ड एग्री फुड प्रा। लि। को भव्य उद्घाटन गरिएको छ।
बुधबार आयोजित समारोहमा भक्तपुर क्षेत्र नं। २ का संघीय सांसद दुर्लभ थापाले उद्योगको उद्घाटन गर्दै स्वदेशी उत्पादन र रोजगारी प्रवर्द्धनमा उद्योगले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे।
उद्योगका अध्यक्ष दीपप्रसाद धमलाको नेतृत्वमा स्थापना गरिएको यस डेरीले दूधजन्य पदार्थहरूको उत्पादन र बजारीकरणलाई लक्षित गर्दै सञ्चालनमा आएको हो। अध्यक्ष धमलाले उद्योगबाट दैनिक ५,००० लिटर दूध खपत हुने र १०–१५ जनाले प्रत्यक्ष रोजगारी पाउने जानकारी गराए। साथै, उद्योगले ग्रामीण क्षेत्रमा दैनिक ३ लाख ५० हजार रुपैयाँको नगद कारोबार प्रवाह गर्ने अपेक्षा राखिएको छ।

बहुआयामिक उत्पादन र नवाचार
डेरी उद्योगले दूध, दही, पनिर, बटर, घिउ, खुवा, रसभरी, लालमोहन, आइसक्रिम, कुल्फी, भुजिया, पनिर मःम, गुदपाक, पुष्टकारीजस्ता उत्पादनहरू बजारमा ल्याउने लक्ष्य राखेको छ।
'स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्दै स्वदेशी अर्थतन्त्र बलियो बनाउन उद्योग प्रतिबद्ध छ' अध्यक्ष धमलाले भने।
अतिथिहरूको मन्तव्य
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले नवप्रवर्तनकारी उत्पादनका कारण उद्योगले बजारमा फरक पहिचान बनाउने विश्वास व्यक्त गरे।
राष्ट्रिय दुग्ध विकास बोर्डका निर्देशक डा राजेन्द्र यादवले उद्योग स्थापनामा सञ्चालक धमलाको अनुभव र सुझबुझको प्रशंसा गर्दै बोर्डको सहयोग निरन्तर रहने प्रतिवद्धता जनाए।
सूर्यविनायक नगरपालिका वडा नं २ का अध्यक्ष प्रतित कार्कीले उद्योगलाई आवश्यक सहयोग उपलब्ध गराउने बताउँदै स्थानीय अर्थतन्त्र र रोजगारीमा उद्योगको योगदान महत्वपूर्ण हुने धारणा राखे।
'परम्परागत उत्पादनबाट बाहिर निस्केर विविधिकृत उत्पादनमा जाने यो उद्योगको निर्णय प्रशंसनीय छ' पशु सेवा विभागका उपमहानिर्देशक लेखराज दाहालले भने ।
समारोहको विशेष आकर्षण
कार्यक्रमको प्रारम्भ बालबालिकालाई दूध सेवन गराउँदै गरिएको थियो। साथै, अतिथिहरूलाई उद्योगबाट उत्पादित घिउ, लालमोहन, र पनिर उपहारस्वरूप प्रदान गरिएको थियो। खुवाबाट बनाइएको विशेष केकले कार्यक्रमको आकर्षण थपेको थियो।
संघीय सांसद थापाले उद्योग प्रवर्द्धनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउँदै कार्यक्रमलाई समापन गरे।
स्वदेशी उद्योगको प्रेरक पहल
यस डेरी उद्योगले स्वदेशी युवालाई प्रेरणा दिने, स्वदेशी उत्पादनको खपत बढाउने र देशको अर्थतन्त्र मजबुत बनाउने दिशामा महत्वपूर्ण कदम चालेको छ। कार्यक्रममा नेपाल डेरी एसोसिएसनका पदाधिकारी, दुग्ध किसान, उद्योगी, पत्रकार तथा स्थानीयहरूको उत्साहजनक सहभागिता रहेको थियो।
काठमाडौं - नेपाल डेरी एसोसिएसनको २६ औं बार्षिक साधारणसभा एवं स्थापना दिवस बुटवलमा माघको ७ गते मुख्यमन्त्रीको विशेष उपस्थितिमा भब्य कार्यक्रमका बिच सम्पन्न हुनेभएको छ । एसोसिएसनका हरेक गतिविधि पालैपालो प्रदेश र जिल्लामा गर्ने अनुसार यस वर्षको २६ औं बार्षिक साधारणसभा एवं स्थापना दिवस कार्यक्रम बुटवलमा हुन लागेको हो । सभामा भाग लिन एसोसिएसनले प्रतिनिधी मनोनयन गरि आव २०८१ / ८२ सम्मको बुझाउनु पर्ने वार्षिक शूल्क एवं बाँकी अन्य सबै शुल्क बुझाई उपस्थित हुन एसोसिएसनले सबै सदस्यहरुलाई आग्रह गर्दै प्रदेश र जिल्ला समितिलाई निर्देशन गरेको छ ।
पुस मसान्तसम्म एसोसिएसनमा अद्यावधिक भएका सदस्यले मात्र साधारणसभामा सहभागीता हुन सक्ने कुरा सूचना मार्फत सबै सदस्यहरुलाई जानकारी गराई वार्षिक एवं अन्य शुल्क अनिवार्य बुझाउनुपर्ने जानकारी गराइसकेको एसोसिएसनका केन्द्रिय कोषाध्यक्ष दयाराम भण्डारीले बताए। साथै प्रबेश शुल्क एवं अन्य बाँकी बक्यौता तिरिसकेपछि मात्र बस्न खाना, ब्याग, पेन स्ट्यान्ड, स्टेसनरी लगायतका सामग्री उपलब्ध गराउने कुराको जानकारी एसोसिएसनका केन्द्रिय महासचिव हेमचन्द्र खनालले गराए ।
त्यसैगरी जिल्ला र प्रदेश एसोसिएसनले वर्षभरि गरेका गतिविधिको प्रतिबेदनका बुझाउनुपर्ने छ । साथै सदस्यले आव २०८० / ८१ को लेखा प्रतिवेदन सहित कर चुक्ता प्रमाणपत्र समेत अनिवार्य लिई उपस्थित हुनुपर्ने जनाइएको छ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन एवं आब २०८० / ८१ को लेखा परिक्षण प्रतिवेदन, लेखा परिक्षक नियुक्ति तथा पारिश्रमिकलगायतको प्रस्ताव सहित आवश्यक विशेष प्रस्तावहरु पेश हुने कुरा केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले जानकारी गराए ।
यसपालिको २६ औं वार्षिक साधारणसभा लुम्बिनी प्रदेशमा विशेष बनाउने र सबै प्रतिनिधिहरुको लागि अविस्मरणीय बनाउने कुरा लागिरहेको कुरा कार्यक्रम संयोजक एव नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष थानेश्वर न्यौपानेले बताए ।
नेपाल सरकारको परराष्ट्र मन्त्रालय र निर्यात व्यवसायी महासंघ नेपालको संयुक्त आयोजनामा आज परराष्ट्र मन्त्रालयमा निर्यात प्रवर्द्धनसम्बन्धी छलफल कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा विभिन्न मुलुकमा खटिन लागेका नव नियुक्त नेपाली राजदूतहरूसँग निर्यात प्रवर्द्धनका विषयमा अन्तरक्रिया गरिएको थियो। परराष्ट्र मन्त्री माननीय आरजु राणा देउवाले साना तथा घरेलु उद्यमीहरूलाई आफ्नो उत्पादनलाई बजारसम्म पुर्याउन देखिएका चुनौतीहरू समाधान गर्न यो कार्यक्रमले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले नेपाली कच्चा पदार्थबाट निर्मित वस्तुहरू गुणस्तरीय भए पनि गैर-भन्सार अवरोधका कारण ती वस्तुहरूको अन्तर्राष्ट्रिय बजारसम्म पहुँच कठिन भइरहेको बताउनुभयो। साथै, निकासी हुने वस्तुहरूको गुणस्तरीय प्याकेजिङमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा कार्यवाहक परराष्ट्र सचिव अमृत कुमार राईले स्वागत मन्तव्य राख्दै निजी क्षेत्र देशको अर्थतन्त्र बलियो बनाउने मुख्य आधार भएको बताउनुभयो। उहाँले खटिन लागेका राजदूतहरूलाई आफू कार्यरत देशमा नेपालका लागि बिक्री एजेण्टको रूपमा काम गर्न आग्रह गर्दै मन्त्रालय सधैँ सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभयो।
निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष शंकर प्रसाद पाण्डेयले महासंघले निर्यात व्यापारलाई सहज बनाउन सधैँ तत्पर रहेको जानकारी गराउँदै निकासी अभिवृद्धिका लागि राजदूतहरूले खेल्न सक्ने भूमिकाको बारेमा चर्चा गर्नुभयो। महासंघका उपाध्यक्ष गोविन्द प्रसाद घिमिरेले नेपालका निर्यात वस्तुहरूको प्रवर्द्धनमा नियोगहरूको भूमिका विषयमा प्रस्तुति दिनुभयो।
सल्लाहकार लिलामणि पौड्यालले नेपालबाट निर्यात हुने वस्तुहरूलाई विशेष बजारमा पुर्याउनुपर्ने आवश्यकता औंल्याउँदै निर्यातसम्बन्धी विषयमा निर्यात व्यवसायी र नियोगबीच निरन्तर सम्पर्क रहनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा सहभागी राजदूतहरूले आफू कार्यरत देशमा नेपालको निर्यात वृद्धि गर्न सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। साथै, निर्यात व्यवसायीहरू र राजदूतहरूबीच समस्याहरू र समाधानका उपायबारे अन्तरक्रिया पनि गरिएको थियो।
काठमाण्डौं । रोटर्याक्ट क्लब अफ त्रिपुरेश्वरले सिटिजन्स क्यापिटल लिमिटेडसँगको सहकार्यमा हालै एपेक्स कलेज अफ म्यानेजमेन्टमा वित्तीय साक्षरता र सेयर बजार सचेतनासम्बन्धी गोष्ठी आयोजना गरेको छ । विद्यार्थी, युवा व्यवसायी र लगानीकर्ताहरूसहित कुल ५५ जनाको सहभागीता माझ गत शनिबार उक्त गोष्ठी सम्पन्न भएको हो ।
कार्यक्रम माझ विज्ञद्धय प्रजेश सागर र अनन्त पुरीले प्रशिक्षण दिएका थिए । सो अवसरमा विज्ञद्धयले व्यक्तिगत वित्तीय व्यवस्थापन, लगानीका आधारभूत विषयहरू र सेयर बजारको जटिलतालाई कसरी समाधान गर्ने भन्ने विषयमा प्रशिक्षण दिएका थिए। जसमा विज्ञ प्रजेश सागरले बजेट, बचत र बलियो वित्तीय आधार निर्माणमा अन्तरदृष्टि प्रदान गरेका थिए भने अर्का विज्ञ अनन्त पुरीले शेयर बजारको गतिशीलता, लगानी रणनीति र जोखिम व्यवस्थापनमार्फत सहभागीहरूलाई मार्गदर्शन गरेका थिए।
कार्यक्रमको अन्तरक्रियात्मक सत्रमाझ सहभागीहरुलाईे जिज्ञासा राख्ने र अनुभवहरू साझा गर्ने अवसरसँगै व्यावहारिक अभ्यासहरूमा समेत संलग्न गराईएको थियो ।

नेटवर्किङ सत्रको साथ समापन गरिएको यस कार्यक्रमका सहभागीहरूले वित्तीय विज्ञहरू र साथी सहभागीहरूसँग जोड्ने अवसर पाएका थिए, जसले वित्तीय बजार र लगानीका अवसरहरूको बारेमा उनीहरूको बुझाइलाई अझ गहिरो बनाएको थियो। कार्यक्रमले आजको द्रुत गतिको आर्थिक परिवेशमा वित्तीय साक्षरताको महत्त्वलाई उजागर गर्न सफल रहेको अनुभुति आफूले गरेको विज्ञ प्रजेश सागरले बताए ।
रोटर्याक्ट क्लब अफ त्रिपुरेश्वर र सिटिजन्स क्यापिटल लिमिटेडबीचको यस सहकार्यले सामुदायिक विकास र वित्तीय साक्षरता प्रवर्द्धनमा संस्थाहरूको प्रतिबद्धतालाई जोड दिएको आयोजक संस्था रोटर्याक्ट क्लब अफ त्रिपुरेश्वरले जनाएको छ । दुबै समूहहरू युवाहरूलाई सूचित वित्तीय निर्णयहरू गर्न, दिगो सम्पत्ति सिर्जना गर्न, र देशको आर्थिक वृद्धिमा योगदान दिन ज्ञान र सीपहरू प्रदान गर्ने प्लेटफर्महरू प्रदान गर्न समर्पित रहेको क्लबले जनाएको छ।


काठमाडौं । सोफा हब काठमाडौले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘ उत्सवको बहार हरेकलाई उपहार धमाकेदार अफर योजनाको विजेताहरुको घोषणा भएको छ । सोही योजना अन्तर्गत लक्की ड्र मार्फत कम्पनीले बिहीबार एक कार्यक्रम समेत आयोजना गरी आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरि ३ जनालाई युरोप (बाकु) टुर प्याकेज पुरस्कार विजेताको घोषणा गरेको हो। यस योजना अन्तर्गत सोफा हबमा सोफा तथा फर्निचर खरिद गर्दा ग्राहकहरूले एउटा कुपन पाएका थिए । यही कुपनको आधारमा लक्की ड्र बाट विजेता घोषणाअनुसार चितवनका भुमेश्वर ढकाल ,काठमाडौकी निर्मला कार्की, पोखराकी निर्मला पहाडी विजेता भएकी छन । बैकल्पिक बिजेताको लागि चितवनकी सोम माया गुरूङ बनेकी छन।
उक्त अवसरमा सोफा हब काठमाडौका प्रवन्ध निर्देशक तथा सीईओ तारालाल धरेलले सम्पूर्ण विजेताहरूलाई हार्दिक बधाई एवम् योजनामा सहभागीहरू सबैलाई विशेष धन्यवाद ज्ञापन गर्दै योजनामा ग्राहकहरूको उल्लेख्य सहभागिताले आफू लगायत कम्पनीलाई नै हर्षित बनाएको बताए । साथै उनले आगामी दिनहरूमा सोफा हब काठमाडौले विभिन्न सुविधासहितको ग्राहकमुखी योजनाहरू लिएर ग्राहकहरू माझ आइरहने प्रतिबद्धता समेत व्यक्त गरे । अधिकाँश ग्राहकको रोजाईको केन्द्र बन्दैआएको सोफा हबको काठमाडौँले दक्ष कामदार र गुणस्तरीय सामान प्रयोग गरि ग्राहकको मागलाई मध्यनजर गर्दै सामाखुशी रेडनस्थित कोइराला मार्ट,कलंकी , गोठाटार हाईट पोखरा, नेपालगन्ज ,चितवनको लङ्कुमा हरेक किसिमको सोफा तथा फर्निचरका सामग्री उत्पादन तथा बिक्री गर्दै आइरहेको छ।
५ देखि १० वर्षसम्म वारेन्टी समेत दिएको उक्त सोफा हबले ग्राहकको घरसम्म निःशुल्क डेलिभरीसमेत प्रदान गर्दै आएको छ । घरायसी तथा कार्यालय प्रयोजनका फर्निचरका सामान ग्राहकहरूले सिधै फोन गरेर वा अनलाइनबाट अर्डर गर्ने व्यवस्थासमेत रहेकोछ। कम्पनीले २०० जना भन्दा बढी कामदारलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगार दिएको छ।