economic
||Power News Asia||

आजको समाचार

किसान रैथाने मार्ट संचालनमा

आर्थिक


काठमाडौ । नेपालका विभिन्न जिल्लामा उपलब्ध कृषि उपजहरुलाई संकलन गरेर किसानलाई उचित मूल्य दिई उपभोक्तालाई समेत सस्तो मूल्यमा कृषि उपज विक्री गर्ने उद्देश्यले किसान रैथाने मार्ट संचालनमा आएको छ। काठमाडौं पशुपति-गाैरीघाट गुहेश्वरी पुल अगाडि संचालनमा आएको किसान रैथाने मार्टले कृषि बजारमा विभिन्न खालका व्यवसायमैत्री हुन प्रविधिका सामाग्रीहरु तथा विभिन्न जिल्लामा उत्पादित किसानका उत्पादनहरु समेत मज्जाले देख्न पाइन्छ । खास गरी स्थानीयस्तरमा उपलब्ध स्रोतसाधनको उपयोगबाट उत्पादित उपजहरुलाई मार्टले विक्रिको लागि विशेष जोड दिएको छ ।

 कृषि क्षेत्रमा युवालाई आकर्षित गर्दै व्यवसायिक कृषिको प्रवद्धन गर्ने उदेश्यले हामी कृषि उद्यमीहरू नै मिलेर मार्ट संचालन गरेको ककनी स्ट्रबेरी एवं नमुन्चेत कृषि फार्मका संचालक युवा व्यवसायिक छेसाङ तामाङले बताउनुभयो ।

टेलिभिजन कार्यक्रम “अर्थको अर्थ” ३१ वर्ष पुरा गरी ३२ औं वर्षमा प्रवेश

आर्थिक


काठमाडौं। मुलुकको पहिलो साप्ताहिक टेलिभिजन कार्यक्रम “अर्थको अर्थ” कार्यक्रमले आजदेखि ३१ वर्ष पुरा गरी ३२ औं वर्षमा प्रवेश गरेको छ ।

आर्थिक गतिविधिका विभिन्न पाटापक्षलाई केलाउँदै समाचार एवं विशेष कार्यक्रमको रुपमा निर्माण गरी आइविएन मिडिया एण्ड रिचसर्च प्रा.लि.ले उत्पादन गरिरहेको कार्यक्रम अर्थको अर्थ नेपालको पहिलो टेलिभिजन नेपाल टेलिभिजनमा विगत ३१ बर्ष देखि निरन्तर प्रसारण हुँदै आएको लोकप्रिय कार्यक्रम हो ।

कार्यक्रम अर्थको अर्थले ३२ औं वर्षको यात्रा तय गर्न लागेको विशेष अवसरमा खुसी व्यक्त गर्दै आइविएन मिडियाले विभिन्न निकायलाई धन्यवाद दिएको छ ।

“तीन दशकभन्दा बढी अनवरत यात्रा तय गर्दै यस अवस्थासम्म आइपुग्न स्थापनाकालदेखि हामीलाई सहयोग गर्ने नेपाल सरकार, नेपाल राष्ट्र बैंक, निजि क्षेत्रका विभिन्न प्रतिनिधिमुलक संस्थाहरु, अर्थशास्त्री र विज्ञापनदाता लगायत आम दर्शकवृन्दप्रति आभार व्यक्त गर्दछौं ।” आइविएनद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ “आगामी दिनमा यस कार्यक्रमको माध्यमबाट मुलुकका युवा उद्यमी एवं पछिल्ला दिनमा सूचना प्रविधिमा आएको परिवर्तन र सातै प्रदेशका आर्थिक सामग्रीहरुलाई अझै परिष्कृत गर्दै अघि बढ्ने संस्थाका प्रवन्ध निर्देशक ह्रदयराज गौतमले बताए ।

यसैगरी आगामी दिनमा अन्य टेलिभिजनहरुमा समेत कार्यक्रम निर्माण गरी प्रसारण गराउने योजना रहेको बताउँदै प्रवन्ध निर्देशक गौतमले अर्थतन्त्रलाई मजबुत बनाउन अझ शसक्त भएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।”

आइविएन मिडियाले आगामी दिनमा आर्थिक क्षेत्र अझै विस्तार भई आर्थिक गतिविधिहरु चलायमान हुँदै जाने र आर्थिक क्षेत्रले अझ बृहत्तर प्रगती गर्दै नयाँ फड्को मार्ने विश्वास समेत व्यक्त गरेको छ ।

अनुदान रकम बढेसँगै उत्पादन घटेको छ: मन्त्री भण्डारी, गहुँको भन्सार महसुलमा एकरुपता कायम गर्नुपर्छः उद्योगी

आर्थिक


काठमाडौं । शुक्रबार काठमाडौंमा सम्पन्न नेपाल फ्लोर मिल्स एसोसिएसन एसोसिएसनको २४ औं साधारण सभा कार्यक्रमको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले कृषि क्षेत्रमा ठूलो रकम अनुदान दिए पनि उत्पादन वृद्धि नहुने अवस्थाले चिन्ता बढाएको बताएका छन । मन्त्री भण्डारीका अनुसार रासायनिक मलमा मात्र सरकारले वार्षिक ३८ अर्ब रुपैयाँ अनुदान दीरहेको छ। तर उत्पादन बढ्नुपर्नेमा झन घटिरहेको उल्लेख गर्दै उनले गम्भीर समीक्षा आवश्यक रहेको बताए।

"सरकारले मल, बीउ, सिंचाइमा अनुदान नदिएको बेला अहिलेभन्दा बढी कृषि उत्पादन हुन्थ्यो। अहिले भने अनुदान रकम बढेसँगै उत्पादन घटेको छ" मन्त्री भण्डारीले भने।

कार्यक्रममा नेपाल फ्लोर मिल्स एसोसिएसन अध्यक्ष कुमुद दुगडले समुद्रपारबाट गहुँ ल्याउँदा दोब्बर महसुल तिर्नुपर्ने बाध्यताले उद्योगले स्थानीय बजार र भारतबाट गहुँ खरिद गर्ने उद्योगसँग प्रतिस्पर्धा गर्न नसकेको गुनासो गरे। उनले गहुँ आयातमा लगाइएको साढे २ प्रतिशत अग्रिम आयकरलाई गैरकानुनी भन्दै आपत्ति जनाए। दुगडले भने, "संसारभरि अग्रिम रूपमा तिरिएको कर कारोबारपछि समायोजन गर्न पाइन्छ। तर गहुँमा तिरिएको अग्रिम आयकर समायोजन हुँदैन। यसले कर प्रणालीको विश्वव्यापी मान्यताको उल्लंघन गरेको छ।"

दुगडका अनुसार साढे २ प्रतिशत अग्रिम आयकर तिर्न १० प्रतिशत नाफा हुनुपर्ने हुन्छ, तर खाद्यान्न कारोबारमा यति धेरै नाफा सम्भव हुँदैन । हाल सरकारले भारत र समुद्रपारबाट गहुँ आयात गर्दा भिन्न भिन्न भन्सार महसुल तोकेको छ। भारतबाट गहुँ आयात गर्दा ५ प्रतिशत र समुद्रपारबाट आयात गर्दा १० प्रतिशत महसुल तिर्नुपर्ने व्यवस्थाले उद्योग र उपभोक्तामा प्रत्यक्ष असर परेको दुगडले बताए।

चीन निर्यातमा ठूलो महसुल 

नेपालका उद्योगीहरूले चीनमा चक्की आटा र मैदा निर्यात गर्न थालेका छन। तर, नेपालबाट हुने यी वस्तुहरूको निर्यातमा चीन सरकारले ठूलो महसुल लिने गरेको छ। चीनमा ठूला आयातकर्तालाई २० प्रतिशत र साना आयातकर्तालाई ६५ प्रतिशत महसुल लगाइन्छ।

"नेपाल–चीन द्विपक्षीय व्यापार सन्धिमा करिब ४ सय वस्तुमा शून्य महसुल हुने व्यवस्था छ। तर मैदा र पिठो सूचीमा छैनन। चीनमा यी वस्तुको ठूलो माग भए पनि शून्य महसुलको व्यवस्था नभएकाले सरकारले कूटनीतिक पहल गर्न जरुरी छ" अध्यक्ष दुगडले भने।

एग्रिवाचसँग सम्झौता

एसोसिएसनले भारतीय कम्पनी एग्रिवाचसँग गहुँखेतीको स्याटेलाइट म्यापिङका लागि समझदारीपत्र (एमओयू) गरेको छ। सम्झौतापत्रमा अध्यक्ष कुमुद दुगड र एग्रिवाचका निर्देशक नलिन रावलले हस्ताक्षर गरे। म्यापिङबाट प्राप्त हुने वास्तविक तथ्याङ्कले सरकारलाई नीतिनिर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। यस सम्झौताबाट नेपालले लिन सक्ने प्रमुख फाइदाहरूमा कृषि बजार सूचना र विश्लेषण, कृषि वस्तुको मूल्य संकलन, दैनिक, साप्ताहिक र मासिक बजार विश्लेषण, कृषि अनुसन्धान र परामर्श, कृषि निवेशको अध्ययन र सल्लाह, एआइ आधारित डिजिटल कृषि समाधानहरू, बाली विश्लेषण, व्यक्तिगत कृषि परामर्श, बजार जडान सेवाहरू, कृषि समाचार र वस्तु मूल्य सम्बन्धी अद्यावधिक जानकारी समावेश छन।

यसबाट कृषक र व्यापारीहरूलाई निर्णय लिन सहयोग पुग्नेछ, साथै कृषि उत्पादन, आयात, निर्यात, र भोलिको कृषि रणनीति तय गर्न सरकारलाई मार्गदर्शन प्रदान हुनेछ। कार्यक्रममा भारत सरकारको राष्ट्रिय सहकारी निर्यात लिमिटेड (एनसीईएल) का प्रबन्ध निर्देशक अनुपम कौशिकको समेत उपस्थिति रहेको थियो।

भारत सरकारले कृषि प्रवर्द्धन र कोटा निर्यातसम्बन्धी विषयमा एनसीईएललाई अधिकार प्रत्यायोजन गरेको छ। भारतले नेपाललाई दिएको २ लाख टन गहुँ तथा विगतमा चिनी लगायत खाद्यान्नको आयात एनसीईएलमार्फत भएको थियो। नेपाल र एनसीईएलबीचको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले प्रबन्ध निर्देशक कौशिकलाई नेपाल आमन्त्रण गरिएको हो।

साथै साधारण सभामा नेपालकै जेठो मैदा उद्योग खाद्य उद्योग लिमिटेड, अजय पराजुली  र संघका संस्थापक अध्यक्ष रविन्द्र बहादुर श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो।

"आमाको मुख हेरौं, मिठो केक सँगै मनाऔं" भन्ने भावनाका साथ नेपाल हाउसले आमाका लागि समर्पित आकर्षक डिजाइन र स्वादमा तयार पारिएका केकहरू बजारमा ल्याउदै

आर्थिक


काठमाडौं – जन्मदिनमा मात्र सीमित रहेको केक काट्ने परम्परा आजकाल हरेक उत्सवको अपरिहार्य अंग बनेको छ। यही सन्दर्भमा नेपाल हाउस रेस्टुरेन्टका हातिसार र बालुवाटार शाखाहरूले आमाको मुख हेर्ने दिन (वैशाख कृष्ण औँसी) लाई लक्षित गर्दै विशेष प्रकारका केकहरू उपलब्ध गराउने घोषणा गरेका छन्।

"आमाको मुख हेरौं, मिठो केक सँगै मनाऔं" भन्ने भावनाका साथ नेपाल हाउसले आमाका लागि समर्पित आकर्षक डिजाइन र स्वादमा तयार पारिएका केकहरू बजारमा ल्याउन लागेको हो। ग्राहकहरूको मागअनुसार अण्डा नहुन सक्ने (इगलेस) केक पनि उपलब्ध गराइने जानकारी दिइएको छ।

नेपाल हाउसले केकको छिटो होम डेलिभरी सेवा समेत प्रदान गर्ने बताएको छ। साथै, आमाको मुख हेर्ने विशेष अवसरमा प्रत्येक केकमा विशेष छुटको व्यवस्था गरिएको छ।

थप जानकारीका लागि ग्राहकहरूले नेपाल हाउसको हातिसार शाखा (फोन: ०१–५९०२१९४), बालुवाटार शाखा (फोन: ०१–४५११०२२) वा वेबसाइट [www.nepalhouse.com.np](http://www.nepalhouse.com.np) मा सम्पर्क गर्न सक्नेछन्।

नेपाल हाउसले आमाको सम्मानमा मनाइने यस विशेष दिनलाई अझ मिठो, स्मरणीय र अर्थपूर्ण बनाउने लक्ष्य लिएको जनाएको छ। 

पारिवारिक जमघट, कर्पोरेट मिटिङ, विशेष समारोह तथा उत्सवहरूको लागि काठमाडौंको उपयुक्त गन्तव्यका रूपमा नेपाल हाउस परिचित बन्दै आएको छ। शान्त वातावरण, भरपर्दो सेवा र आधुनिक सुविधाहरूको संयोजनले नेपाल हाउसलाई छोटो समयमा नै लोकप्रिय बनाएको छ।

नेपाल हाउसले नेपाली कला, संस्कृति र मौलिक पहिचानलाई प्रवर्द्धन गर्दै पारिवारिक तथा सामाजिक एकता बलियो बनाउन विशेष कार्यक्रमहरू आयोजना गर्दै आएको सञ्चालक रुद्र शर्माले जानकारी दिए।

'प्रवासी सेफहरू पर्यटनका दूत हुन्, आर्थिक कूटनीतिमा समेत योगदान गर्न सक्ने क्षमता राख्छन्' : चेम्बर उपाध्यक्ष उर्मिला श्रेष्ठ

आर्थिक


काठमाण्डौ  । नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष तथा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले सेफहरूको पेशा आम नागरिकको भरोसा प्राप्त गर्ने जिम्मेवार पेशा भएको उल्लेख गर्दै, सेफलाई केवल भान्सामा सीमित गरेर चित्रण गर्नु अनुचित हुने धारणा व्यक्त गर्नुभएको छ।

“सेफहरू केवल भान्सामा सीमित हुनुपर्ने होइन, उनीहरू राष्ट्रका सांस्कृतिक दूत हुन्। प्रवासी सेफहरूले पर्यटन प्रवर्द्धन र आर्थिक कूटनीतिमा उल्लेखनीय भूमिका खेल्न सक्छन्,” श्रेष्ठले भन्नुभयो।

उहाँले “नेपाल पर्यटन प्रवर्द्धनमा पाककला र नेपाली सेफहरूको भूमिका” विषयक विचार गोष्ठी, प्रवासी नेपाली सेफ सम्मान कार्यक्रम तथा शुभकामना आदान–प्रदान कार्यक्रममा विशिष्ट अतिथिका रूपमा मन्तव्य दिँदै, यस्ता कार्यक्रमले देशको शिथिल अर्थतन्त्रलाई उकास्न सघाउने विश्वास व्यक्त गर्नुभयो।

“हामीले सेफलाई सम्मान गर्नु मात्र होइन, प्रवासी सेफहरूलाई नेपाल पर्यटनका दूतका रूपमा परिचालन गर्न सक्ने वातावरण बनाउन आवश्यक छ। आर्थिक कूटनीतिको माध्यमबाट पनि सेफहरूले देशको समृद्धिमा योगदान पुर्‍याउन सक्छन्,” श्रेष्ठले थप स्पष्ट पार्नुभयो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व प्रधानन्यायाधीश तथा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीको उपस्थिति रहेको थियो। अन्य विशिष्ट अतिथिमा पर्यटनविद् कर्ण शाक्य, नेपाल बार एशोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्र, होटल संघ नेपालका अध्यक्ष विनायक शाह, समाजसेवी एवं गैरआवासीय नेपाली अभियन्ता रुद्र शर्मा लगायतको उल्लेखनीय उपस्थिति थियो।

प्रमुख अतिथि रेग्मीले पनि पाककलाको माध्यमबाट नेपाली पहिचान प्रवर्द्धन गर्न सकिने बताउँदै, राष्ट्रिय परिकार र उत्पादनलाई प्राथमिकतामा राखेर पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिनुभयो।

उक्त कार्यक्रम ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाको सभापतित्वमा तथा न्यूजलाईन्स मिडियाका प्रबन्ध निर्देशक राजु भट्टको संयोजकत्वमा सम्पन्न भएको हो।

 

घोरिवाला मार्टको एनिभर्सरी अफर योजना

आर्थिक


काठमाडौ । घोरिवाला मार्टले वार्षिकोत्सवका अवसरमा आफ्ना ग्राहकहरूका लागि विशेष एनिभर्सरी अफर योजना ल्याएको छ । यस योजना अन्तर्गत मार्च २८ तारिख देखि घोरिवाला मार्टबाट सामानहरू खरिद गर्दा ग्राहकले ७० प्रतिशत सम्मको छुट पाउन सक्नेछन् । विगत साढे चार दशक देखि नेपाली हस्पिलिटी क्षेत्रमा सेवा दिँदै आएको घोरिवाला मार्टले बालकुमारी र रातोपुलबाट- ओशन ग्लासवेयर, रोयल थाई पोर्सिलेन, रोयल स्टिल, बारवेयर, एक्सेसरीज, क्रिस्टल, डेकोर, कार्पेट, होटेल वेयर,डिनरवेयर,ब्ल्यान्केट,गलैंचा, बेडसिट घर सजावट र उपहार वस्तुहरूका थोक तथा खुद्रा मूल्यमा विक्री वितरण गरिरहेको छ।

घोरिवाला मार्टले तारे होटल ,रिसोर्ट, रेस्टुरेन्ट,ब्याङ्केट, ट्रेनिङ्ग सेन्टर,होटल म्यानेजमेन्ट कलेज क्लब, बार, पार्टी–प्यालेस, क्यान्टिन, सुपर–मार्केट, ग्रोसरी मार्ट लगाएत घरयासी चाहिने किचेन लगायतका हरेक सामान सुपथ मूल्यमा विक्री गर्दै आइरहेको छ। मार्टबाट विगत ४७ वर्षदेखि ग्राहकको सन्तुष्टिलाई मध्येनजर गर्दै उकृत्ट सामानहरू विक्री वितरण भइरहेको छ। सेवाग्राही पनि हाम्रो सेवाबाट सन्तुष्ट रहेको निर्देशक विनय घोरिवालाले बताउनु भयो । यसका साथै घोरिवाला मार्टले बेला बेलामा विभिन्न स्किमहरू पनि सञ्चालन गर्दै आइरहेको छ ।

अमेरिकाको डेनभरको पर्यटन मेलामा नेपालको पर्यटन प्रवर्द्धन

आर्थिक


-एकेन्द्र थापा 

अमेरिका – संयुक्त राज्य अमेरिकाको डेनभरको पर्यटन मेलामा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ ।

कोलोराडो कन्भेन्सन सेन्टर मा यही मार्च ८ र ९ मा सञ्चालित ‘एडभेन्चर ट्राभल शो २०२५ मा नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपाल पर्यटन बोर्डका कार्यवाहक निर्देशक लक्ष्मण गौतम र वरिष्ठ अधिकृत खेमराज तिमल्सेनाका साथै विभिन्न नेपाली कम्पनीहरूले सहभागिता जनाएका थिए ।

उक्त शोमा नेपाल  बाट नमस्ते टुरिज्म एण्ड होलिडेज प्रालि, अल्पाइन क्लब अफ हिमालय,सतोरी एडभेन्चर प्रालि,ओझा होलिडेज टुर्स एण्ड ट्रेक्स प्रालि,३ सिस्टर्स एडभेन्चर ट्रेकिङ प्रालि,सम्राट टुर्स एण्ड ट्राभल्स प्रालि,एक्सपिडिसन हिमालय,वेल नेपाल ट्राभल एण्ड टुर्स,हिमालयन गाइड्स नेपाल ट्रेक्स एण्ड एक्सपिडिसन प्रालिले सहभागिता जनाएका हुन् ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यवाहक निर्देशक लक्ष्मण गौतमले नेपालको पर्यटन रमणीय स्थान,साहित्य संस्कृति विश्वमै अब्बल रहेको सन्देश दिनु भयो ।


नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत खेम ​​राज तिमल्सेनाले अमेरिकी पर्यटनकलाई नेपाल भित्र्याउनका लागि शो आयाेजना गरिएकाे बताए।शोमा आएका भिजिटरहरूलाई नेपालमा पर्यटनका लागि ट्राभल एण्ड एड्भेन्चरबाट प्राप्त गर्ने अवसर गतिविधिहरूबारे तिमल्सेनाले जानकारी गराएका थिए ।

नेपालको प्राकृतिक सौन्दर्य अद्वितीय मनमोहक परिदृश्य, समृद्ध सांस्कृतिक धरोहर र रोमाञ्चकारी साहसिक पर्यटनबारेमा मेलामा जानकारी गराइएको मेलामा सहभागी नमस्ते टुरिज्म एण्ड होलिडेज प्रालिका सञ्चालक नानुकाजि अर्यालले जानकारी दिए ।


ट्राभल एण्ड एड्भेन्चर शो आउनेमध्ये नेपाल पर्यटन बोर्डले दिने विशेष उपहार योजनाअन्तर्गत भाग्यशाली बिजेता पाउला सेफर्टले ‘एभरेस्ट बेस क्याम्प ट्रिप’ जित्ने अवसर पाउनु भयो। 

दुई दिनसम्म सञ्चालित उक्त मेलामा नेपालसहित बिभिन्न देशका करिब २५० स्टलहरू राखिएका थिए । झन्डै ११ हजारभन्दा बढी आगन्तुकहरूले प्रदर्शनीको भ्रमण गरेका थिए।

नेपाली सेफ सोसाइटी र अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल हुने

आर्थिक


काठमाडौं ।  नेपाली खानाको मौलिकता र सांस्कृतिक पहिचानलाई विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल आयोजना गर्न लागिएको छ । विश्वभर छरिएर रहेका नेपाली सेफहरूको पहलमा नेपाली सेफ सोसाइटी र अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको संयुक्त आयोजनामा यो भव्य कार्यक्रम वैशाख ६ गते काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी मार्गमा आयोजना गर्न लागिएको हो।

यस ऐतिहासिक कार्यक्रममा मध्यपूर्व, युरोप, अमेरिका लगायत ३६ देशमा कार्यरत करिब ५ हजार नेपाली सेफ प्रतिनिधिहरू सहभागी हुनेछन्। नेपाली पर्यटन प्रवर्द्धनको दिशामा यो महत्वपूर्ण कोसेढुंगा सावित हुने विश्वास लिइएको छ। नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय र परराष्ट्र मन्त्रालयको समेत सहयोग रहने यस कार्यक्रममा नेपाली खानाको स्वाद चाख्न र नेपाली पाककला प्रवर्द्धन गर्न विभिन्न गतिविधिहरू समेटिएका छन्।

कार्यक्रममा 'प्रथम केन्द्रीय अधिवेशन तथा फुड फेस्टिभल २०२५ को आयोजना गरिनेछ, जसअन्तर्गत नेपाली खानाको स्तर उन्नति र नेपाली सेफहरूको व्यक्तित्व विकासमा केन्द्रित विभिन्न गतिविधि समावेश गरिनेछ। फेस्टिभलको प्रमुख आकर्षणमध्ये सेफ अवार्ड वितरण, सामाजिक अवार्ड प्रदान, सोसाइटीको आफ्नै पुस्तक विमोचन, मौलिक तथा लोपोन्मुख सांस्कृतिक झाँकी प्रदर्शन, अन्तर्राष्ट्रिय सेफ सम्मेलन, इन्टरकलेज फुड प्रतियोगिता, र नेपाली खानाको प्रदर्शनी प्रमुख रहनेछन्।

फेस्टिभलको दौरान विभिन्न देशका नेपाली सेफहरूद्वारा तयार पारिएका ४० ओटा खानाका स्टलहरू राखिने छन्, जसमा नेपाली परम्परागत परिकारदेखि आधुनिक परिकारसम्मको प्रदर्शनी गरिनेछ। नेपाली खानाको माध्यमबाट नेपालका सांस्कृतिक पक्षहरूलाई विश्वसामु चिनाउने लक्ष्य रहेको आयोजकहरूले बताएका छन्। साथै, कार्यक्रममा सेफहरूबीच ज्ञान आदान–प्रदान हुने र उनीहरूको पेशागत उन्नतिमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीका केन्द्रीय संयोजक अरुण अधिकारीका अनुसार यो फेस्टिभलले नेपाली सेफहरूलाई एकताबद्ध गर्न मात्रै होइन, नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न पनि ठूलो योगदान दिनेछ। त्यस्तै, सोसाइटी नेपालका महासचिव गिरिराज भट्टले पनि यस फेस्टिभलले नेपालका पाक उद्यमलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने जनाएका छन् ।  'यस महोत्सवले नेपाली खानाका परिकारहरूलाई विशेष रूपमा प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउनेछ भन्नेमा हामी विश्वस्त छौं' उनले भने।

यस फेस्टिभलसँगै अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको प्रथम महाधिवेशनको तयारी पनि तीव्र रूपमा भइरहेको छ। महाधिवेशनमा आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिनेछ। हालसम्म ११ देशमा अधिवेशन सम्पन्न भइसकेको र अन्य मुलुकहरूमा प्रक्रिया जारी रहेको जानकारी प्रवक्ता युवराज तामाङले जानकारी दिए।

नेपाली सेफ सोसाइटीले नेपालभित्र र बाहिर रहेका नेपाली सेफहरूलाई एकसाथ जोड्ने कार्य गरिरहेको छ। २०१८ मा युएईबाट सुरु भएको यो संस्था हाल ३६ देशमा फैलिइसकेको छ। नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भइसकेको यस संस्थाले नेपाली खानाको प्रवर्द्धन गर्दै सेफहरूको हकहितको लागि विभिन्न गतिविधि सञ्चालन गरिरहेको छ।

यस भव्य फेस्टिभलले नेपाली खानाको लोकप्रियता अन्तर्राष्ट्रिय स्तरमा अझ फैलाउने र नेपाली पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

सिन्धु फुड प्रोडक्स प्रालि टोखाको बनभोज कार्यक्रम सम्पन्न

आर्थिक


माघ २८, काठमाडौं । गुणस्तरीय मासुको व्यवसायमा छुट्टै पहिचान बनाउन सफल सिन्धु फुड प्रोडक्स प्रालि टोखाले भब्य बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार नगरकोट हिलसाइट भिलेज रिसोर्टमा संचालक,स्टाफ अन्य उत्साहजनक सहभागिताका बीच मनोरञ्जनात्मक क्रियाकलापका साथ पिकनिक कार्यक्रम सम्पन्न भएको हो ।

पिकनिकमा सहभागीहरुलाई सम्बोधन गर्दै कम्पनिका प्रबन्ध निर्देशक बद्री बस्नेतले पछिल्लो समय हामी काममा धेरै व्यस्त भयौँ त्यसैले यस्ता खालका रिफ्रेस्मेन्ट भेटघाट कार्यक्रमहरुले पारस्परिक भाइचारा, सद्भाव र सौहाद्रता कायम गर्ने भएकाले सिन्धु फुड प्रोडक्स प्रालिले पिकनिक आयोजना गरेको बताए । साथै आगामी दिनमा पनि निरन्तरता दिने भन्दै उत्साहाजनक सहभागिताका लागि धन्यबाद दिए।

सिन्धु फुड प्रोडक्स प्रालि टोखाले ताजा र स्वच्छ मासु उपलब्ध गराउनको लागि उत्पादन गर्नेदेखि आधुनिक प्रविधिको फ्रेस हाउसको अवधारणा सहित हस्पिलिटी क्षेत्र होटल ,रिसोर्ट ,रेस्टुरेन्ट,क्लब,बार, पार्टी–प्यालेस, क्यान्टिन, सुपर–मार्केट, ग्रोसरी मार्ट लगाएतलाई गुणस्तरीय स्वस्थ्य वर्द्धक सम्पूर्ण मासुजन्य परिकारको सुपथ मूल्य खरिदबिक्री गर्दै आएको छ।

साल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानित

आर्थिक


काठमाडौं – नेपाल व्यवस्थापन संघ (म्यान)ले वर्ष २०२४ का लागि प्रदान गर्ने ‘म्यानेजर अफ द इयर’ अवार्डबाट साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठ सम्मानित हुनुभएको छ। संघको ४४औं वार्षिक साधारणसभा तथा राष्ट्रिय व्यवस्थापन सम्मेलनका अवसरमा उहाँलाई यो प्रतिष्ठित अवार्ड प्रदान गरिएको हो।साल्ट ट्रेडिङको वित्तीय सुदृढता, बजार विस्तार, तथा सामाजिक कल्याणका क्षेत्रमा उहाँले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै छनोट समितिले उहाँलाई ‘म्यानेजर अफ द इयर’ अवार्ड प्रदान गर्ने निर्णय गरेको संघले जनाएको छ । श्रेष्ठको नेतृत्वमा साल्ट ट्रेडिङ देशकै प्रभावशाली सार्वजनिक संस्थामध्ये एकका रूपमा स्थापित भई अग्रणी स्थानमा उभिन सफल हुनुभएकाले उहाँलाई ‘म्यानेजर अफ द इयर’ अवार्ड प्रदान गरिएको संघले स्पष्ट समेत पारेको छ । 

साल्ट ट्रेडिङमा श्रेष्ठको योगदान

श्रेष्ठले विगत लामो समयदेखि साल्ट ट्रेडिङ कर्पोरेशनमा निरन्तर योगदान पु¥याउँदै आउनुभएको छ। उहाँले २००७ देखि संस्थाको सीईओको रूपमा नेतृत्व सम्हाल्दै संस्थालाई आर्थिक रूपमा मजबुत बनाउनुका साथै व्यवस्थापन क्षमतामा उल्लेखनीय सुधार ल्याउनुभएको छ । 

नेपालभर नुन वितरणको राष्ट्रिय जिम्मेवारी पूरा गर्नु मात्र नभई, व्यापार विविधिकरण  गर्दै साल्ट ट्रेडिङलाई दिगो आर्थिक वृद्धि र सामाजिक उत्तरदायित्वमा समेत अग्रणी बनाउने उहाँको भूमिका निर्णायक रहदै आएको छ। नेपालका शहरदेखि दुर्गम क्षेत्रसम्म आवश्यक मात्रामा नुन आपूर्ति सुनिश्चित गर्न रणनीतिक योजना लागू गर्ने कार्यदेखी संस्थालाई एकल व्यवसाय मोडलबाट बहुआयामिक व्यापारिक रणनीतितर्फ रूपान्तरण गर्दै आयआर्जनका स्रोतहरू फराकिलो पार्ने योजनामा उहाँले महत्वपूर्ण कार्य गर्नुभएको छ । त्यस्तै साल्ट ट्रेडिङलाई आर्थिक रूपमा सुदृढ र आत्मनिर्भर बनाउन दूरदर्शी नीति अपनाउनुका साथै समुदायलाई लक्षित विभिन्न कार्यक्रम तथा कल्याणकारी योजनाहरू सञ्चालन गर्नमा पनि उहाँको अह्म भूमिका रहदै आएको छ । कर्मचारी व्यवस्थापन, प्रविधिको अधिकतम उपयोग र सेवा सुधारमा विशेष ध्यान दिदै संगठनको चुस्त व्यवस्थापन कार्यमा उहाँको योगदान अतुलनिय छ । 

सम्मान ग्रहण पश्चात श्रेष्ठले प्रतिक्रिया दिदै योआफ्नो सफलता संस्थाका सम्पूर्ण कर्मचारी, व्यवस्थापन टोली र साझेदारहरूको साथ सहयोगबाट मात्र संभव भएको बताउनु भन्नुभयो 'यो अवार्ड मेरो मात्र होइन, साल्ट ट्रेडिङ परिवारको सम्पूर्ण टिमको मेहनतको परिणाम हो। संस्थाको दिगो विकास, पारदर्शिता, र सामाजिक उत्तरदायित्वप्रति हाम्रो प्रतिबद्धता यही सम्मानका लागि प्रेरणा बनेको छ।' 

उर्मिला श्रेष्ठको नेतृत्व, दूरदर्शिता र व्यवस्थापन कुशलता कर्मचारी र नेपाली व्यावसायिक क्षेत्रका लागि प्रेरणाको स्रोत रहदै आएको साल्ट ट्रेडिङका सहायक सिईओ ब्रजेश कुमार झाले बताउनुभएको छ। 

‘म्यानेजर अफ द इयर’ अवार्डको महत्व

नेपाल व्यवस्थापन संघले हरेक वर्ष व्यवस्थापन क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने एकजना उत्कृष्ट व्यवस्थापकलाई यो अवार्ड प्रदान गर्दै आएको छ। यस अवार्डले नेपाली व्यवस्थापकहरूको पेशागत क्षमता र नेतृत्व प्रतिभालाई उच्च सम्मान गर्दै थप प्रेरित गर्ने उद्देश्य बोकेको छ। यस अवार्डलाई नेपाली व्यवस्थापकहरूको क्षमता र नवाचारलाई अन्तर्राष्ट्रिय स्तरमा समेत स्थापित गर्ने एउटा महत्वपूर्ण अवसरका रूपमा हेरिदै आईएको छ।