economic
||Power News Asia||

आजको समाचार

सोफा हब काठमाडौको धमाकेदार उत्सव अफर

आर्थिक


काठमाडौं । सोफा तथा फर्निचर क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै सेवा प्रदान गर्दै आएको सोफा हब काठमाडौले धमाकेदार उत्सव अफरहरु घोषणा गरेको छ ।

कम्पनीले ‘सोफा लिने भनेकै सोफा हबको मात्र हो’ भन्ने मूल नाराका साथ विजयादशमी, शुभदिपावली तथा छठ पर्वको अवसर पारेर सोफा किन्ने ग्राहकलाई लक्षित गरेर उत्सवको बहार हरेकलाई उपहार धमाकेदार अफर सार्वजनिक गरेको हो ।

उपहार अन्तर्गत सोफा हबमा सोफा किन्न आउने हरेक ग्राहकलाई कुपन प्रदान गरिनेछ । स्क्याच कुपनबाट १ं हजार देखि २० हजार सम्मको छुटका साथै लक्की ड्र बम्पर मार्फत भाग्यशाली ३ जनालाई युरोप टुर प्याकेज पनि पाउने प्रवन्ध निर्देशक तारालाल धरेलले बताए ।

अधिकाँश ग्राहकको रोजाईको केन्द्र बन्दैआएको सोफा हबको काठमाडौँले दक्ष कामदार र गुणस्तरीय सामान प्रयोग गरि ग्राहकको मागलाई मध्यनजर गर्दै सामाखुशी रेडनस्थित कोइराला मार्ट,कलंकी , गोठाटार हाईट पोखरा, नेपालगन्ज ,चितवनको लङ्कुमा हरेक किसिमको सोफा तथा फर्निचरका सामग्री उत्पादन तथा बिक्री गर्दै आइरहेको छ।

५ देखि १० वर्षसम्म वारेन्टी समेत दिएको उक्त सोफा हबले ग्राहकको घरसम्म निःशुल्क डेलिभरीसमेत प्रदान गर्दै आएको छ । घरायसी तथा कार्यालय प्रयोजनका फर्निचरका सामान ग्राहकहरूले सिधै फोन गरेर वा अनलाइनबाट अर्डर गर्ने व्यवस्थासमेत रहेकोछ। कम्पनीले २०० जना भन्दा बढी कामदारलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगार दिएको छ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ६२औँ वार्षिकोत्सव समारोह सम्पन्न

आर्थिक


काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आफ्नो ६२औँ वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । कर्पोरेशनले भाद्र २७ गते बिहिवार मुल समारोह कार्यक्रमसहित आफ्नो वार्षिकोत्सव मनाएको हो । कालिमाटी स्थित केन्द्रिय कार्यालय हातामा आयोजित उक्त कार्यक्रमको समुद्घाटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गर्नुभएको थियो । कर्पोरेशनका संचालक समिति अध्यक्ष प्रदिपलाल श्रेष्ठको सभाध्यक्षता माझ आयोजित कार्यक्रममा कर्पोरेशनका संचालक समिति सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ, अन्य वरिष्ठ अधिकारी, शेयर धनी, कर्मचारी परिवार, डिलर, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।  

सो अवसर माझ कार्यक्रम समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री भण्डारीले कर्पोरेशनको भूमिकाका कारण बजारलाई व्यवस्थित बनाउन टेवा पुग्दै आएको उल्लेख गर्नुहुँदै सरकारी स्वामित्वमा रहेको कर्पोरेशनकै कारण दैनिक उपभोग्य तथा अत्यावश्किय वस्तुहरुको पहुँचलाई सर्वसाधारणसम्म पुर्याउने सरकारको दायित्वलाई पुरा गर्न पनि सहज बनेको बताउनुभयो । साथै मन्त्री भण्डारीले केहि कुरा स​र्टेज​ हुदाँ साल्ट​ ट्रेडिङ​ आम उपभोक्ता र सरकारको साथ​मा छ​ भ​न्ने अनुभुती हुने गरि काम गर्दै कृति​म​ अभाव​लाई स​माधन​ ग​र्ने सवालमा पनि कर्पोरेशनले साथ दिदै जाने विश्वास व्यक्त गर्नुभयो।  युनिय​न​ह​रुले व्य​व​सायिक विकास​का लागि योग​दान​ दिन​ स​के संस्थाग​त​ विकास​ले अझ​ ग​ति लिने म​न्त्री भ​ण्डारीले ब​ताउनुभयो । उहाँले नीतिग​त​ रुप​मा प​नि कर्पोरेशन​को स​ब​लिकर​ण​मा स​र​कार​ले कार्य​योज​ना स​हित​ अघि ब​ढने जानकारी पनि गराउनुभयो ।  ‘नयाँ प्लान ल्याएर नेपाली बजारको एउटा विश्वसनीय आधार साल्ट ट्रेडिङलाई बनाउनुपर्छ । त्यसका लागि ठोस कार्ययोजना अघि बढोस् । हाम्रो मन्त्रालयको सुधार कार्ययोजनाभित्र पनि साल्ट ट्रेडिङलाई एउटा कम्पोनेन्ट मानेर प्रोत्साहित गरेका छौँ,’ मन्त्री भण्डारीले भन्नुभयो ।

साल्ट ट्रेडिङ कर्पोरेशनमा सरकारको समेत आवद्धता रहेको, लामो र व्यावसायिक पृष्ठभूमि बोकेका व्यक्तिहरू सञ्चालक रहेको परिप्रेक्ष्यमा कर्पोरेशन भरपर्दो, विश्वसनीय, अभावलाई अन्त्य गर्न सक्ने, चाँडै उपलब्ध गर्न सक्ने, उपलब्धताको व्यवस्थित कार्ययोजना भएको हुनुपर्ने भनाईसहित उहाँले सरकारले जसरी कर्पोरेशनलाई विश्वास गरेको छ त्यसैगरी कर्पोेरेशनले जनताको विश्वास जित्दै विश्वसनीय संस्थाको रुपमा अघि बढ्दै जानुपर्ने बताउनुभयो।सो अवसरमा मन्त्री भण्डारीले ज​न​ताको विश्वासिलो संस्थाका रुप​मा कार्य​ ग​र्दै आएको कर्पोरेशनले समयानुकुल थप सेवा बिस्तारसहित अझ प्रगति हासिल गर्न सकोस् भनी शुभकामनासहितको शुभेच्छा समेत व्यक्त गर्नुभयो ।   

सो अवसरमा कर्पोरेशनका संचालक समिति अध्यक्ष प्रदिपलाल श्रेष्ठले कर्पोरेशनले आफ्नो उ२ेश्य अनुरुप दैनिक उपभोग्य सामाग्रीहरुको गुणस्तरीय एवम् सुपथ मूल्यमा सर्वसाधारण उपभोक्ताको घरदैलोमा सेवा पुर्याइ रहेको जानकारी दिनुहुँदै समाजलाई उपयोगी सामानहरु समेत आपूर्ति र विक्री वितरण गर्दै आएको जनाउनुभयो । 'हाम्रो अभियानमा नेपाल सरकार, अन्य सबन्धित निकायहरु र सर्वसाधारणबाट उल्लेखनीय सहयोग प्राप्त भइ रहेकोछ भने भविष्यमा पनि यसले निरन्तरता पाउने विश्वास गरेको छौं । त्यसैले हाम्रो सफलता भनेको यहाँहरुको सफलता हो भन्ने धारणा सहित भविष्यमा आफ्नो सेवालाई अझ सक्षम र सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दछौ' अध्यक्ष श्रेष्ठले भन्नुभयो । सार्वजनिक निजी साझेदारीको नमूनाको रुपमा काम गर्दै आएको यो संस्था विभिन्न चुनौती एवम् समस्या आए पनि स्मरणयोग्य इतिहास निर्माण गर्न र उपभोक्ताको मन जित्न सफल भएको समेत उहाँले उल्लेख गर्नुभयो । कर्पोरेशनले नेपाल सरकारको नीति निर्देशनलाई पूर्ण रुपमा पालन गरेको र नेपाल सरकारले पनि कर्पोरेशनलाई विश्वास गरी समय समयमा थप जिम्मेवारी प्रदान गरेकोमा अध्यक्ष श्रेष्ठले आभार समेत व्यक्त गर्नुभयो । 

त्यसैगरि साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पोरेशनले आफ्नो सेवा प्रारम्भ गर्दा देखि नै सुपथ मूल्य, गुणस्तरीयता एवम सर्व सुलभतालाई मूलमन्त्रको रुपमा लिदै त्यही मूल्य मान्यता अनुसार आम उपभोक्ताको लागि सेवा प्रवाह गर्दै आएको बताउनुहुँदै यही मूल्य मान्यतालाई निरन्तरता दिन अझ प्रभावकारी रुपमा आम उपभोक्ताको सेवामा सक्रिय रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कर्पोेरेशनले आमजनता तथा समस्त उपभोक्ताको लागि अति आवश्यक वस्तु नून लगायत दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने लक्ष्य लिई सेवाको ६ दशक भन्दा बढी समय पुरा गरेको तथा राष्टमा आइपर्ने जस्तो सुकै विषम परिस्थितिमा पनि कर्पोरेशनले उपभोक्ताको घर दैलोमा सेवा र्पुयाउने यात्रालाई निरन्तरता दिएको उल्लेख गर्नुभयो । 'कर्पोरेशनले आफ्नो सेवाका साथै नेपाल सरकारले समय समयमा सुम्पिएका जिम्मेवारी पुरा गर्नमा समेत प्रतिवद्ध हुंदै आएको छ भने हामीलाई विश्वास गरी थप दायित्व प्रदान गरेकोमा नेपाल सरकार प्रति आभार व्यक्त गदछौ. । यो विश्वासले हामीलाई थप सेवाप्रवाहमा हौसला प्राप्त भएको छ । कर्पोरेशनले आमजनताले दैनिक उपभोग गर्ने नून, चिनी, तेल, चामल, पिठो, दाल, गेडागुडी, खाना पकाउने ग्यास समेत समान्य अवस्थामा आफ्नै आउट लेट बाट र असामान्य अवस्थामा उपभोक्ताको घरदैलो सम्म पुर्याएर भए पनि सेवाप्रवाहलाई निरन्तरता दिएको छ्' उहाँले थप जानकारी दिदैै भन्नुभयो ।

साल्ट टेडिङ्ग कर्पोरेशनले कारोवार र सेवाको क्षेत्र दिनानुदिन बढाउदै लगेको र भविष्यमा अझ बिस्तार गर्ने नीति लिएको बताउनुहुँदै उहाँले सबैको स्नेह, सहयोग र सद्भावनाले थप सफलता प्राप्त गर्ने विश्वास लिएको पनि बताउनुभयो । 

कार्यक्रम समारोह माझ कर्पोरेशनले लक्ष्मीदास मानन्धर बाल हितकारी पुरस्कारबाट मानव कल्याण समाज, पनौती, काभ्रेपलाञ्चोकलाई ताम्रपत्रसहित रु १ लाख नगद प्रदान गरिएको छ । कर्पोरेशनको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्याउनु हुने अग्रजहरुको नाममा कर्पोरेशनले विभिन्न पुरस्कार र छात्रवृत्ति समेत प्रदान गरेको छ । यस वर्ष कर्पोरेशनका कर्मचारीहरुका छोराछोरीमा एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने प्रदेश कार्यालय, भैरहवाका कर्मचारी श्रीमती सुनिता गौतमको छोरा जतिन गौतमलाई साल्ट टेडिङ्ग अनङ्गमान शेरचन छात्रबृत्ति र प्रदेश कार्यालय, काठमाडांैका कर्मचारी राजन लामाकी छोरी निमास्य लामालाई साल्ट टेडिङ्ग लोकनाथ जोशी छात्रबृत्ति प्रदान गरिएको छ । कर्पोरेशनले छात्रवृत्तिको लागि मासिक रुपमा रु ६,००० का दरले २ वर्षसम्म रकम उपलब्ध गराउने छ । 

त्यसैगरि यस वर्ष कर्पोरेशनको अधिकृत स्तरमा रही उल्लेखनीय काम गर्र्ने केन्द्रिय कार्यालयमा कार्यरत कर्मचारी प्रबन्धक टुलेश्वर प्रसाद साह, नन्अधिकृत स्तरमा रही उल्लेखनीय काम गर्ने प्रदेश कार्यालय, विराटनगरमा कार्यरत कर्मचारी प्रमुख सहायक बसन्त कुमार यादव तथा स्तरबिहिन तर्फ केन्द्रिय कार्यालयमा कार्यरत कर्मचारी सवारी चालक तृतीय याम बहादुर मगरलाई हेम बहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कारबाट पुरस्कृत गरिएको छ । यस वर्ष कर्पोरेशनको अधिकृत स्तरमा रही उल्लेखनीय काम गर्र्ने केन्द्रिय कार्यालयमा कार्यरत कर्मचारी सहायक प्रमुख कार्यकारी अधिकृत संकेत भट्टराई, नन्अधिकृत स्तरमा रही उल्लेखनीय काम गर्ने डिपो कार्यालय डोल्पामा कार्यरत कर्मचारी प्रमुख सहायक प्रकाश बहादुर धामी तथा स्तरबिहिन तर्फ प्रदेश कार्यालय, पोखरामा कार्यरत कर्मचारी कार्यालय सहयोगी द्धितिय  धन बहादुर झाक्री मगरलाई ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कारबाट पुरस्कृत गरिएको छ । ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कारको लागि सम्मान पत्र सहित नगद रु ४०,००० र हेम बहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कारको लागि सम्मान पत्रसहित रु ३५,००० उपलब्ध गराईएको छ । 

कर्पोरेशनमा निरन्तर सेवामा रहि २० वर्ष पूरा गरेका कर्मचारीलाई कदरपत्र पदक प्रदान गरिएको छ भने कर्पोरेशनले नून जस्तो अत्यावश्यक वस्तु दूरदराजका उपभोक्ताहरु माझ सर्वसुलभ रुपमा उपलब्ध गराएको सेवा भावलाई कदर गर्दै ठूली भेरी नगरपालिका – ३, डोल्पाका समाजसेवी  डिल बहादुर मल्लले आÞनो स्वामित्वको ३ कठ्ठा जग्गा कर्पोरेशनको भवन निर्माण गर्न निशुल्क उपलब्ध गराउनुभएकोमा उहाँलाई सम्मानपत्र प्रदान गरिएको छ । 

नेपाल डेरी एसोसिएसन सुदुरपश्चिम प्रदेशको मेची महाकाली भ्रमण तथा अध्ययन अवलोकन सम्पन्न

आर्थिक


नेपाल डेरी एसोसिएसन २०५५ सालमा विधिवत रुपमा दर्ता भई दुग्ध उद्योगीहरुको हक हितमा काम गर्दै आईरहेको संस्था हो। २६औं वर्षमा प्रवेश गरिरहँदा एसोसिएसनले सात प्रदेश र २३ वटा जिल्लामा आफ्नो संगठन बिस्तार भएको छ । विभिन्न उतारचढावको सामना गर्दै पालिका, जिल्ला, क्षेत्रिय कार्यालय लगायत सातै प्रदेशमा आफ्नो संगठन विस्तार गर्दै आज देशभर करिव ३२० दुग्ध उद्योगीहरु यस छाता संगठनको सदस्य बनेका छन् । एसोसिएसन भित्र आफ्ना उद्योगीहरुको स्तरोन्नतीका लागि विभिन्न तालिम, गोष्ठि एवं अध्ययन अवलोकनका कार्यहरु हुने गर्दछ्न्। सोही अनुसार सुदुरपश्चिम प्रदेशले मेची महाकालीको ५ दिने अध्ययन अवलोकन भ्रमण सम्पन्न गरेको कुरा एसोसिएसनका सुदुरपश्चिम प्रदेश अध्यक्ष भुपेन्द्र थापाले जानकारी गराए ।

भ्रमण टोली धनगढीदेखि पूर्वको ईलामसम्म पुगि फर्केको छ । भ्रमणका क्रममा डेरी उद्योग, फार्म,विभिन्न धार्मिक एवं पर्यटकीय स्थलहरुको अवलोकन गरिनुका साथै उद्योगका विषयमा पनि जानकारी लिने दिने कार्य भएको थियो। अध्ययन गर्ने उदेश्यका साथ भ्रमण कार्यक्रम तय गरिएको कुरा भ्रमणमा सहभागी एसोसिएसनका केन्द्रिय उपाध्यक्ष कर्ण बहादुर हमालले बताए । भ्रमणमा सुदुर पश्चिम प्रदेशका पदाधिकारी एवं सदस्यहरुको सहभागी रहेको थियो। भ्रमण सुदुर पश्चिम प्रदेशको धनगढी स्थित श्रीराम डेरी उद्योगको परिसरबाट शुरु गर्दै लुम्बिनी प्रदेशको तुल्सिपुर स्थित मोर्डन गाई फार्म अवलोकन गर्दै फार्मका संचालक एवं एसोसिएसनका केन्द्रिय उपाध्यक्ष रेशम बहादुर खड्कासँग भेट गरि मायाको चिनो आदानप्रदान प्रदान गर्दै फार्म अवलोकन गर्न क्रममा पशुपालन सम्बन्धि धेरै कुरा सिक्ने र सिकाउने अवसर प्रप्त भएको कुरा उपाध्यक्ष खड्काले बताए। कार्यक्रममा विभिन्न ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरुमा समेत भ्रमण गरिएको थियो ।

भ्रमणको क्रममा रुरु क्षेत्रको धार्मिक स्थल, ईलामको चिया बगान, सिन्धुली गढी लगायत अन्य थुप्रै स्थानहरुको भ्रमण गरिएको थियो। अबलोकन क्रममा एसोसिएसनका वरिष्ठ उपाध्यक्ष एवं समाजसेवी राजन चिमरिया संचालक रहेको झापाको धाइजनमा अवस्थित रितिका डेरी उद्योग अवलोकन गरि केन्द्रिय महासचिव हेमचन्द्र खनाललाई भेटघाट गरि विभिन्न विषयमा छलफल तथा भलाकुसारी गर्दै भ्रमण कार्यक्रमलाई समापन सहित सुदुरपश्चिम प्रदेशको यात्रा समापन भएको थियो। यसरी एक ठाउँबाट अर्को ठाउँ र एक उद्योगबाट अर्को उद्योगमा जाँदा, हेर्दा र कुराकानी गर्दा धेरै कुरा सिक्न र सिकाउन सकिने हुन्छ । एसोसिएसनले यस्ता कार्यक्रमलाई जहिले पनि पहिलो प्राथमिकतामा राखेको हुन्छ । यसै कारण एसोसिएसनका केन्द्रिय र प्रादेशिक बैठकहरु पनि स्थान परिवर्तन गर्दै पालैपालो गरिने गरिएको छ । एसोसिएसनले स्वदेशी एवं विदेशी अवलोकन भ्रमण गर्दा नयाँ नयाँ कुराहरु सिक्ने पाइने र आफ्नो उद्योगमा सोही कुरा लागु गर्दा उपयोगी हुने हुन्छ । हरेक वर्ष कहिँ न कहिँ कोहि न कोहि सदस्यहरु गइनै रहेका हुन्छन् ।

गत साल बंगलादेश, कतार, इजरायल, भारत लगायतका देश भ्रमण गरिएको थियो भने यस साल श्रीलंका र अब तत्काल चाइना जाने तयारी रहेको कुरा एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले बताए ।

अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स (आईसीसी), नेपालको अध्यक्षमा राजेशकाजी श्रेष्ठ निर्विरोध निर्वाचित

आर्थिक


काठमाडौं । सन् १९१९ मा फ्रान्सको पेरिसमा स्थापित विश्वका व्यवसायीहरूको सर्वोच्च संस्था र १७० देशका करिब ४ लाख ५० हजार सदस्य भएको अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स (आईसीसी), नेपालको अध्यक्षमा राजेशकाजी श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । मंगलबार काठमाडौंमा सम्पन्न सम्पन्न आईसीसी नेपालको साधारणसभाबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएका हो। त्यसैगरि आईसीसीको वरिष्ठ उपाध्यक्षमा लोकमान्य गोल्छा निर्वाचित हुनुभएको छ भने उपाध्यक्षतर्फको निर्वाचनमा संस्थागततर्फ दिनेश श्रेष्ठ, लिमिटेड कम्पनीहरुतर्फ गणेश कार्की, बैंकिङ क्षेत्रतर्फ सुनिल केसी, बीमा क्षेत्रतर्फ चंकी क्षेत्री र एशोसियट कम्पनीतर्फ राजेन्द्र अर्याल निर्विरोध निर्वाचित हुनुभएको छ । साथै, निर्वाचनबाट पदेन उपाध्यक्षमा राजेन्द्र मल्ल र मानार्थ उपाध्यक्षमा लाक्पा सोनाम शेर्पा चयन हुनुभएको छ । त्यसैगरी, उक्त निर्वाचनले महासचिवमा नरेश प्रसाद श्रेष्ठ, कोषाध्यक्षमा कुश प्रसाद मल्ली र सचिवमा रामशरण भण्डारी र रेखा घिमिरेलाई चयन गरेको छ।

अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सको कार्यकारिणी सदस्यहरुमा ज्ञानेन्द्र ढुङ्गाना, अशोक शेरचन, अशोक अग्रवाल, मिनबहादुर गुरुङ, अर्जुन प्रसाद शर्मा, सुदेश खालिङ, रमेश शर्मा, सुदर्शन चापागाइँ, सञ्जय अग्रवाल, उर्मिला श्रेष्ठ, सुसन कर्माचार्य, देशबन्धु बस्नेत, पवित्र कुमार कार्की, रविचन्द्र सिंह, विजय श्रेष्ठ, त्रिभुवनधर तुलाधर, सुजन श्रेष्ठ, विप्लब पौडेल, दीपक कुमार श्रेष्ठ र पोषकराज पौडेल निर्वाचित हुनुभएको छ। सुरेन्द्रवीर मालाकार संगठनको नेपाल च्याप्टर निवर्तमान अध्यक्ष हुनुहुन्छ।

सो अवसरमा बोल्दै आईसीसी नेपालका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले नेपालमा व्यावसायिक वातावरण निर्माणका लागि आईसीसी नेपालले सरकार, रोजगारदाता, बैंक र वित्तीय क्षेत्र, कानुन निर्माता एवं विभिन्न व्यावसायिक संघहरूसँग मिलेर समन्वयात्मक ढंगमा कार्य गर्ने बताउनुभयो। साथै, उहाँले आईसीसीलगायत विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरूको ध्यान नेपालमा लगानी प्रवर्द्धन गर्न तथा नेपालबाट निर्यात प्रवर्द्धनका साथै पर्यटन प्रवर्द्धन गर्नुका अतिरिक्त देशभित्र र बाहिर परिआउने व्यावसायिक विवादहरूको मध्यस्थताका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामाथि जोड दिईने उल्लेख समेत गर्नुभयो । 

टान निर्वाचनका लागि सापकोटा नेतृत्वको समूहले गर्यो उम्मेदवारी घोषणा 

आर्थिक


काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० को आगामी दुई वर्षे कार्यकालका लागि राजेन्द्र प्रसाद सापकोटा नेतृत्वको समूहले उम्मेदवारी घोषणा गरेको छ । नयाँ कार्यसमितिका लागि हुन लागेको निर्वाचनका लागि सापकोटा समूहले शनिबार उम्मेदवारी घोषणा गरेको हो ।  पर्वतीय एवं पदयात्रा व्यवसायीको छाता संस्था टान० को आसन्न निर्वाचनको लागि अध्यक्षमा राजेन्द्र प्रसाद सापकोटा, वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा भीम प्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पा, महासचिवमा राजेन्द्र प्रसाद सुवेदी, सचिवमा रिन्जी जङबु शेर्पा, कोषाध्यक्षमा गौतम राज वाग्ले र सह कोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा रहेका छन् । त्यसैगरी सदस्यहरुमा सागर राई, सुमन अर्याल, राजु गुरुङ, दिनेश तिम्सिना, विश्व दाहाल, भुवन बहादुर खड्का, दावा ग्याल्सेन लामा, छुप्ते लामा र पवित्रा तामाङ चुनावी प्रतिस्पर्धामा होमिदै छन् ।

समूहको उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्षका उम्मेदवार राजेन्द्रप्रसाद सापकोटाले नीतिगत सुधार आफूहरुको पहिलो प्राथमिकता रहने बताएका छन् । सापकोटाले पदमार्गको विकास एवं संरक्षणमा लाग्ने प्रतिबद्धता जनाउदै नेपालको ६० प्रतिशत हिस्सा एडभेन्चर पर्यटनको रहेको उल्लेख समेत गरे । अध्यक्षका उम्मेदवार सापकोटाले माध्यमिक तहमा पदयात्रा पर्यटन पढाउने विषय लागु गराउन पहल थाल्ने पनि बताए । घोषणा सभामा उनले भ्याटको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण र भ्याट फिर्ता गराउन लागिपर्ने, टिम्सको रकम व्यवसाय र मजदुरको स्वास्थ्य एवं सुरक्षामा लगाउन पहल गर्ने, आइटीको प्रयोगमार्फत टानमा एडभेन्चर टुरीजमको सूचना केन्द्र विकास गरेर जाने लगायतका योजना सुनाएका थिए  ।


 टान निर्वाचन–२०२४ मा पर्यटन व्यवसायी राजेन्द्र प्रसाद सापकोटा समूहको घोषणापत्रः

‘व्यवसायिक आवाज नीतिगत सुधार, सुरक्षित पदमार्ग पर्यटनको आधार’

१। पदयात्रा व्यवसायलाई बचाई राख्नका लागि पदमार्गहरुलाई बचाउन आवश्यक छ । पदमार्ग नै नरहे कसरी हाम्रो व्यवसाय रहन्छ रु हाल रहेका पदमार्गहरु शुरक्षित राखी थप नयाँ पदमार्ग निर्माण गर्न स्थानीय तह, नेपाल सरकार, पर्यटन विभागसँग समन्वयन गरी कार्यन्वयन गरिने छ । हालसम्म नेपाल सरकारले पदमार्गहरुलाई अपनत्व गरेको छैन । सबै पदामार्गहरुलाई राष्ट्रिय महत्वको पदमार्ग घोषणा गराईने छ ।

२ः युवा पुस्तालाई नेपालामा पदयात्रा पर्यटनको महत्व छ र यसका माध्यमबाट स्वदेशमै रोजगारी प्राप्त हुनेछ भनेर बुझाउनका लागि माध्यामिक शिक्षादेखि नै पदयात्रा पर्यटनको अध्ययन गराउने ब्यवस्था लागु गराउन पहल गरिने छ ।

३। ट्रेकि‌ङ्ग कम्पनीले पर्यटकहरुलाई सेवा प्रदान गर्दा चेन सप्लाईका क्षेत्रहरुमा भुक्तानी गरेपछि त्यस्ता क्षेत्रहरुबाट पनि अनिवार्य भ्याट बिल उपलब्ध गराउने सरकारी ब्यवस्थाका लागि ससक्त र परिणाममुखी प्रयास गरीने छ ।

४। पदयात्रास‌ँग सम्बन्धीत सबै अनुमतिपत्रहरु र हिमाल आरोहण अनुमतिका लागि भुक्तानी गर्नुपर्ने सरकारी राजस्वमा समेत लगाई राखिएको १३ प्रतिशत भ्याट फिर्ता गर्ने र अब आईन्दा सरकारी राजस्वमा भ्याट लगाउने गरेको अव्यवहारिक र अन्यायपूर्ण नियम खारेजीको लागि व्यवसायिक आवाज बुलन्द गरी समाधानको लागि अग्रसर हुनेछौं ।

५। हाल अनलाईन प्रणालीमार्फत टानमा आबद्ध ट्रेकि‌ङ्ग कम्पनीहरुले आफैं टिम्स कार्ड जारी गर्नसक्ने व्यवस्था छ । यो व्यवस्थालाई चुस्तदुरुस्त पारी कार्यान्वयन गर्ने र गाईड वा सहयोगी लिएर ट्रेकिङ कम्पनीमार्फत् मात्र ट्रेकिङ्ग जानु पर्ने व्यवस्था लागु गर्न अझै दरिलो प्रायस गरीने छ ।

६। विगतमा टिम्सबाट भएको आम्दानी रकम सम्बन्धमा टान र नेपाल पर्यटन बोर्डबीच सृजना भएका सम्पूर्ण समस्याहरु समाधान गरिने छ । हालसम्म अनेक झमेलासहित पर्यटन बोर्डले टानलाई भुक्तानी दिन आनाकानी गरीरहेको रकम र भविष्यमा टिम्सबाट आम्दानी हुने रकम समेतलाई पर्वतीय पर्यटन श्रमिकहरुको सुबिधा र सामाजिक सुरक्षा, पदमार्गहरुको स्तरोन्नती, पोर्टर सेल्टरहरुको निर्माण गर्न तथा अन्तर्राष्ट्रिय बजारमा पदयात्रा लगायत पार्वतीय पर्यटन प्रबद्र्धन गर्न टानको सिफारिस र सहभागितासहित बोर्डमार्फत नै खर्च गरिने व्यवस्था गरीने छ ।

७। निषेधित क्षेत्र बाहेक नियन्त्रीतरनिर्देशित क्षेत्रहरु डोल्पा, मुस्ताङ र मनास्लु लगायत अन्य पदयात्रा क्षेत्रहरुमा पदयात्रा गर्ने विदेशीहरुका लागि अध्यागमन विभागबाट जारी हुने पदयात्रा अनुमती पत्रका सम्बन्धमा कम्तिमा २ जना पर्यटकहरुले मात्र प्रवेश गर्न पाउने हालको व्यवस्था परिवर्तन गरी एक जना मात्र पर्यटकले पनि ट्रेकिङ कम्पनीमार्फत परमिट जारी गरेर पदयात्रा सन्चालन गर्न पाउने व्यवस्था लागु गराईने छ ।

९। कुटनीतिक नियोग, विदेशमा रहेका प्रसिद्ध आरोही एवम् पदयात्रा क्षेत्रमा कार्य गरेका सेलिब्रेटीहरुसँग समन्वय गरी ट्रेकिङ्ग तथा पर्वतीय पर्यटनको विशेष प्रवद्र्र्धन गरिने छ ।

१०। पदयात्रा पर्यटन श्रमिक र व्यवसायीहरु एक सिक्काका दुई पाटा हुन् । व्यवसायीहरु र श्रमिकबीचमा उच्च समझदारी कायम गरी व्यवसायमैत्री वातावरण निर्माण गरिने छ ।

११। हालसम्म प्रचलित २०३५ सालको पर्यटन ऐनलाई विस्थापित गर्न र नयाँ पर्यटन ऐन छिटो लागु गराउन सकृयताका साथ सरकारको ध्यानाकर्षण गराईने छ ।

१२। टिम्सबाट आम्दानी भएको रकम र दातृ निकायको सहयोगमा सगरमाथाको आधार शिविर जोग्ला, मनास्लुको धर्मशाला, मेरा बेसक्याम्प, धौलागिरीको ईटालियन क्याम्प लगायत अन्य आवश्यक क्षेत्रहरुमा क्रमशः पोर्टर सेल्टर निर्माण गरिने छ ।

१३। पदयात्रा सेवामा रहँदा जीवनको जोखिम भएमा वा अत्यावश्यक भएको खण्डमा पदयात्रा मजदुरहरुको रेस्क्यु गर्ने र उनीहरुको क्षमता अभिवृद्धिसमेत गर्नका लागि टिम्स आम्दानीको १० प्रतिशत रकम खर्च गर्ने व्यवस्थासहित पदयात्रा मजदुरको सुरक्षाको ग्यारेन्टी टानले गर्ने छ ।

१५। नियन्त्रीतरनिर्देशित क्षेत्रभित्रबाट पर्यटकहरु एवम् श्रमिकहरुको उद्धार गर्दा हाल रहेको झन्झटीलो सरकारी व्यवस्थालाई सुधार गरी यथासिघ्र उद्धार गर्ने व्यवस्था मिलाईने छ ।

१६। दुई वर्षअघि निर्वाचित भएको वर्तमान टान कार्यसमितिले सम्पन्न गरिसकेका कार्यहरुलाई संरक्षण र निरन्तरता दिँदै सुरुवात गरेर पनि पूर्णता प्राप्त भइनसकेका कार्यहरुलाई निरन्तरता दिने र उच्च प्राथमिकतामा राखी सम्पन्न गरीने छ ।

१७। टानको सचिवालयलाई पूर्णतया डिजिटल प्रणालीमा विकास गरी थप प्रविधिमैत्री बनाईने छ ।

१८। आर्थिक पारदर्शितालाई मुलमन्त्र बनाइ ‘आर्थिकरुपमा सबल टान, व्यवसायीहरुको ब्यापक सान’ भन्ने नारालाई व्यवहारिकरुपमा सफल बनाईने छ ।

१२। टानको वेवसाईटलाई नेपालको पर्यटन क्षेत्रकै प्रबिधि मैत्री र अग्रणी सूचना केन्द्रको रुपमा विस्तारित गरिने छ । सम्पूर्ण सदस्य कम्पनीहरुलाई मेम्बर लग इन पेज उपलब्ध गराइनेछ । जसबाट सदस्य कम्पनीहरुले टानमार्फत् व्यवसायिक लाभका साथ तत्काल समस्याहरुको समाधन गर्न समेत सहयोग प्राप्त गर्नेछन् ।

२०। रामेछाप एयरपोर्ट पार्वतीय पर्यटन र आजको विकल्प मात्र नभएर आवश्यकताको विषय बनेको छ । यसर्थ रामेछाप एयरपोर्टको स्तरोन्नतिसहितको भौतिक विकास र सुबिधा सम्पन्न बनाउन संघ, प्रदेश र स्थानीय सरकारहरुसँग छलफल तथा सहकार्य गरीने छ ।
 

टान निर्वाचन : सागर पाण्डेले गरे अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा

आर्थिक


काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालको निकट भविष्यमा हुन गैरहेको आसन्न निर्वाचनले नयाँ नेतृत्व चयन गर्दै छ ।  जसमा विभिन्न ट्रेकिङ सम्बद्ध पर्यटन व्यवसायीहरु कार्यसमितिमा निर्वाचित भएर जानको लागि तयारीमा जुटेका छन । यसै माझ  नेपालको पर्वतीय पर्यटनको विकासमा निरन्तर लाग्नु भएका सागर पाण्डेले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ । टानका पूर्वमहासचिवसमेत रहनुभएका पाण्डेले संस्थागत सुधार, पर्यटन मजदुरको कल्याणकारी कोष स्थापना, गन्तव्य प्रवर्द्धनलगायत विषयलाई प्राथमिकतामा राख्दै आफनो उम्मेदवारी घोषणा  गर्नुभएको छ ।

टानको निर्वाचनमा अध्यक्ष,पदाधिकारी र सदस्य गरी कूल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गर्ने व्यवस्था छ 

नेपाल डेरी एशोसिएस​न​को आयोजनामा खिर खाने कार्य​क्र​म आयोज​ना

आर्थिक


काठमाण्डौं । नेपाल डेरी एशोसिएस​न​ले डेरी ईण्ट​र​प्रेन​र​ अप्टिमिस्टिक क्ल​ब​ अफ​ काठ्माण्डौसँगको स​हकार्य​मा मंगलबार खिर खाने कार्य​क्र​म आयोज​ना ग​रेको छ​ । एशोसिए​स​न​ले श्राव​ण​ १५ को अव​स​र​मा कार्य​क्र​म​ आयोज​ना ग​रेको हो। नेपाल​ उद्योग वाणिज्य​ म​हास​घं​का व​स्तुग​त​ उपाध्य​क्ष​ हेम​राज​ 
ढ​काल​को प्र​मुख​ आतिथ्य​ता त​था डेरी एशोसिएस​न​का अध्य​क्ष​ प्र​ल्हाद​ दाहाल​को स​भाध्य​क्ष​तामा आयोजित​ कार्य​क्र​म​मा अप्टिमिष्टिक क्ल​ब​ अफ​ नेपाल​का डिष्ट्रिक ग​भ​र्न​र​ प्र​काश​ घिमिरे, नेपाल डेरी एशोसिएसनका पूर्व​ अध्य​क्ष​ सुमित​ केडिया, डेरी साइन्स एसोसिएसनका अध्यक्ष सियाराम​ प्र​साद​ सिंह, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य, नेपाल चेम्बर अफ कमर्स, निर्यात व्यवसायी महासंघ, एन प्याब्सन लगायतका संघ संस्था संबद्ध म​हानुभाव ल​गाय​तको उपस्थिति र​हेको थियो । 

सो अव​स​र​मा प्र​मुख​ अतिथिको आस​न​बाट​ बोल्नुहुँदै उपाध्य​क्ष​ ढ​काल​ले खिर​को सांस्कृतिक म​ह​त्व ज्यादै र​हेको र​ यो स्वास्थ्य​का लागि लाभ​दाय​क र​हेकाले प​नि प्र​त्येक ब​र्ष​ श्राव​ण​ प​न्ध्र​लाई नेपाल​मा खिर​ खाने दिन​का रुप​मा म​नाउने ग​रिएको उल्लेख​ ग​र्नुभ​यो । साथै, उहाँले हालै सार्व​ज​निक मौद्रिक नीति खुकुलो र​हेको ब​ताउनुहँदै स​र​कार​ले प्र​योग ग​र्ने भाषा स​मेत​मा केहि सुधार​को आभाष पाईएको ज​नाउनुभ​यो । उहाँले डेरी एशोसिएस​न​ले थाल​नी ग​रेको  मोही अभियान​ले सार्थ​कता प्राप्त​ ग​र्दै ग​एकोमा खुसी स​मेत​ व्य​क्त​ ग​र्नु हुँदै सबल नेतृत्वको प्रशंसा समेत गर्नुभयो । 

कार्यक्रममा नेपाल डेरी एशोसिएस​न​का अध्यक्ष प्र​ल्हाद​ दाहाल​ले स्कुल, कलेज, अफिसमा पनि साथीभाईहरु मिलेर खिर खाने चलन बढेको र यसरी साउन १५ मा देशैभर खिर खाने चलन भएकोले दुधको खपत पनि अरु दिनको तुलनामा लगभग ४ गुणा बढि हुने गरेको बताउनुभयो। उहाँले आज देशभर करिव ९० लाख  दूध खपत भएको र यसबाट झन्डै ६५ करोड रुपैयाँ बराबर कारोबार भएको अनुमान गरिएको पनि जानकारी गराउनुभयो । 

सो अवसरमा उपस्थित सबैलाई खाजाको रुपमा खिर खुवाइएको थियो भने अतिथिहरुलाई काठको ठेकी मायाको चिनो स्वरुप प्रदान गरिएको थियो ।

प्रोफेसनल एजुकेटर्स लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स (एनएलआईसी) बीच इक्विटी लगानी सम्झौता सम्पन्न

आर्थिक


काठमाण्डौं । नेपालको शैक्षिक विकासका लागि विद्यालय तहदेखि उच्च शिक्षाका क्षेत्रमा विश्वस्तरीय शिक्षा प्रदायक शैक्षिक संस्थाहरूको स्थापना र प्रवर्धन गर्ने उद्देश्यका साथ मध्य बानेश्वर, काठमाडौँमा २०६१ सालमा स्थापना भएको प्रोफेसनल एजुकेटर्स लिमिटेडकोे नाम प्राज्ञिक जगत्मा अग्रणी एवम् गरिमामय छ । ग्लोबल कलेज अफ म्यानेजमेन्ट, ग्लोबल स्कुल अफ साइन्स, युनिग्लोब स्कुल÷कलेज, भ्याली भ्यु स्कुल, ग्लोबल कलेज इन्टरनेसनल र लिबर्टी कलेज जस्ता ख्यातिप्राप्त शैक्षिक संस्थाहरूको स्थापना, व्यवस्थापन एवम् सञ्चालनका क्रममा निजी क्षेत्रको विशिष्ट योगदानस्वरूप विभिन्न क्षेत्रबाट उच्च योगदान पु¥याउँदै आउनुभएका विज्ञ व्यक्तित्वहरूको संलग्नतामा आरम्भ भएको शैक्षिक यात्राले आज सुनौलो गन्तव्य पहिल्याउन सफल भएको छ । 

२० वर्षको गौरवशाली शैक्षिक इतिहास निर्माण गरिसकेको प्रतिष्ठित शैक्षिक संस्था प्रोफेसनल एजुकेटर्स लिमिटेड (ग्लोबल ग्रुप) एवम् नेपालकै सर्वाधिक विश्वासिलो बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ९ल्ीक्ष्ऋ० का बीचमा संस्थागत विकासको वृहत्तर अवधारणाअनुरूप इक्विटी लगानी सम्झौता सम्पन्न भएको छ । वि.सं. २०८१ श्रावण ६ गते, गुरुपूणर््िामाका दिन प्रोफेसनल एजुकेटर्स लिमिटेडका अध्यक्ष डा. खगेन्द्रप्रसाद ओझा, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष श्री गोविन्दलाल सङ्घाई, वरिष्ठ सञ्चालक तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्री कमलेश अग्रवाल तथा दुवै प्रतिष्ठित कम्पनीका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृतहरू, वरिष्ठ अधिकृतहरू, चार्टर्ड एकाउन्टेन्टहरू तथा कानुनी सल्लाहकारहरू समेतको उपस्थितिमा रोयल सिङ्गी होटेलमा आयोजना भएको विशेष समारोहमा प्रोफेसनल एजुकेटर्स लिमिटेडका तर्फबाट अध्यक्ष डा. खगेन्द्रप्रसाद ओझा र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड का तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रवीणरमण पराजुलीले इक्विटी लगानी सम्झौतामा हस्ताक्षर गर्नुभयो । 

लगानीका क्षेत्रमा नेपालमा पहिलो पटक संस्थागतरूपमा यस किसिमको अभूतपूर्व सहकार्य हुँदै मुलुकको शैक्षिक इतिहासमा नयाँ आयामको थालनी भएको छ । शैक्षिक प्रवर्धनमुखी कदम र नयाँ प्रयोगका माध्यमबाट प्रोफेसनल एजुकेटर्स लिमिटेडले आफ्नो आगामी यात्राक्रममा शिक्षा क्षेत्रको दिगो संस्थागत संरचना खडा गर्दै अगाडि बढ्ने लक्ष्य लिएको छ । यस हेतु कम्पनीले आपूmलाई संस्थागत सुशासन र पारदर्शितामा अब्बल साबित गर्दै गुणस्तर कायम गर्न सबल र सक्षम भई विद्यार्थीवर्गको भविष्य सुनिश्चित 
हुनेछ । यस किसिमको पहलबाट कम्पनीको गरिमा स्वतः अभिवृद्धि हुनजाने भएकाले नेपालको शिक्षा क्षेत्रमा यस लगानी सम्झौताको सन्दर्भलाई शैक्षिक विकासको कोसेढुङ्गो मान्न सकिन्छ । 

अत्याधुनिक भौतिक पूर्वाधार, प्रविधिमैत्री शैक्षिक वातावरण, दक्ष जनशक्ति, स्पष्ट एवम् पारदर्शी कार्यनीति र निरन्तर उत्कृष्ट नतिजा आदि विशेषताहरूलाई आत्मसात् गर्दै आएको प्रोफेसनल एजुकेटर्स लिमिटेडले निकट भविष्यमा नै सर्वसाधारणका लागि लगानीको अवसर प्रदान गर्ने गरी प्राथमिक सार्वजनिक निस्काशन (आईपीओ) जारी गर्न धितोपत्रको सूचीकरणसम्बन्धी प्रक्रियासमेत अगाडि बढाउने भएको छ । यस किसिमका अग्रगामी पहलकदमीबाट शैक्षिक क्षेत्रमा नव उन्नयन हुँदै काँचुली फेरिने अपेक्षाका साथ दुवै पक्षबाट सहकार्यका साथ अघि बढ्ने प्रण गरिएको छ । साथै, नेपालको निजी क्षेत्रबाट सेवा प्रदान गरिएको शैक्षिक क्षेत्रको संस्थागत विकासमा यस किसिमको सहकार्यबाट समृद्धिको नयाँ अध्याय सुरु भएको विश्लेषण गरिएको छ ।

NYEF Lalitpur chapter successfully conducted 3rd AGM

आर्थिक


3rd Annual general meeting of FNCCI affiliated  Nepalese Young entrepreneurs forum (NYEF) Lalitpur chapter successfully conducted at Hilton hotel on Tuesday. Former sports minister minister Biraj Bhakta Shrestha inaugurated the agm function.

In a program the immediate past president of NYEF Lalitpur Mr. Subin Shrestha  handed over the responsibility to the newly appointed president Ms. Neetu Shrestha. 

Ms. Neetu Shrestha is the founder of fashion and clothing brand NS by Jenny . She is a dynamic and visionary young entrepreneur who has diversified business experiences and expertise in hotel industry and fashion industry. Neetu will be the president of NYEF Lalitpur chapter for the next one year 2024-25. She is the first woman president from NYEF Lalitpur chapter. The agm had elected Elvis ranjit in 1st VP and Anukul shresth as the 2nd VP. 

The newly elected executive committee members comprises  Jush Shrestha,  Shikhar pandey, Nishan Dhakal, Prakiran shrestha, Neeraj Agrawal, Ashank Sjb Rana & Palas Joshi.

NYEF Lalitpur chapter has a unique vision mission and objectives to empower and encourage young entrepreneurs. By making best use of their skills and abilities to help grow young entrepreneurs.  Organization even make best use from the available network and resources to add economic value and growth in the country by creating more employment opportunities. So far it add higher values to made in Nepal products and create unique business platform to help grow young entrepreneurs across Nepal . 

The total members at NYEF is 800 plus in all over Nepal across 13 districts and 7 provinces . NYEF has contributed in creating more than 40,000 jobs all over Nepal . NYEF Lalitpur is one of the chapter. Newly elected president of NYEF Lalitpur said that NYEF Lalitpur is looking forward to grow bigger and better in all the in the years to come . 

नयाँ प्रविधि र नवीनताको एक अर्को कीर्तिमान भिभो वाई २८ सार्वजनिक

आर्थिक


नयाँ प्रविधि र नवीनताको एक अर्को कीर्तिमान स्थापित गर्दै, भिभोले आफ्नो वाई शृंखलाको अत्यन्तै उत्कृष्ट सदस्य भिभो वाई २८ काठमाडौँ कमलादीस्थित २५६ फिट उचाईमा रहेका स्काइवाक टावरमा प्रमुख मिडियाहरूको उपस्थितिमा सार्वजनिक गरेको छ । ७.९९ मिमि अल्ट्रा–स्लिम बडीमा ६००० एमएएच पावरफुल ब्याट्रीको साथ भिभोले स्मार्टफोन डिजाइनलाई पुन ः परिभाषित गरेको छ ।

डिजाइनको सन्दर्भमा भिभो वाई २८ , दुई अद्वितीय रङ ः ग्लीेमिङ ओरेञ्ज र एगेट ग्रीन कलर भेरियन्टमा उपलब्ध हुनेछ । यसको सौन्दर्यलाई अझ बढाउन यस्मा मेटालिक हाई–ग्लोस फ्रेम र अद्वितीय रूपमा निर्मित रियर क्यामेरा मोड्युल छन्, जसमा डाइनामिक लाइट समावेश छ , जसले संगीत र नोटिफिकेसनसहरूसँग सिङ्क गरी एक आकर्षक दृश्य र श्रवण अनुभव प्रदान गर्दछ । भिभो वाई २८ विशाल ६००० एमएएच ब्याट्री संग सुसज्जित छ, जसमा ४४ वाट फ्ल्यास चार्ज पनि छ, जसले विस्तारित गेमिङ र पूर्ण दिनको आउटिंगका लागि पर्याप्त शक्ति प्रदान गर्दछ । यसको स्थायित्वको लागि यस्मा चार वर्षको ब्याट्री हेल्थ ग्यारेन्टी दिइएको छ , जसले १६०० चार्ज साइकल पछि पनि कम्तीमा ८० % क्षमताको साथ ब्याट्रीलाई मजबुत राख्दछ ।

साथै, भिभो वाई २८ मा ९० हर्ट्ज रिफ्रेश रेट र हाई ब्राइटनेस मोड भएको सनलाइट आई प्रोटेक्शन स्क्रिन छ, जसले स्पष्ट दृश्य र कम आँखा थकान सुनिश्चित गर्दछ । यस स्क्रिनमा टीयूभी राइनल्याण्ड लो ब्लू लाइट प्रमाणीकरण पनि समेटिएको छ , जसले आँखालाई हानिकारक निलो प्रकाशबाट सुरक्षा प्रदान गर्दछ । डुअल स्टीरियो स्पिकरको साथ ३०० % अडियो बूस्टर सुविधा पनि रहेको भिभो वाई २८ ले एक अद्वितीय अडियो–भिजुअल अनुभव प्रदान गर्दछ ।

भिभो वाई २८ मा रहेको ५० एमपी एचडी मुख्य क्यामेराले सबै विवरणलाई स्पष्टतासहित क्याप्चर गरी प्रयोगकर्ताहरूलाई प्रशंसनीय फोटोग्राफी अनुभव प्रदान गर्दछ । ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा औरा स्क्रिन लाइटसँग सुसज्जित छ, जसले सेल्फीहरूलाई अझ उज्यालो र जीवन्त तुल्याउछ ।

प्राविधिक प्रगतिमा भिभोको प्रतिबद्धतालाई अनुसरण गर्दै, भिभो वाई २८ ले स्मार्टफोनले के गर्न सक्छ भन्ने सीमाहरूलाई पार गर्दछ । भिभो वाई २८ जुलाई ४ देखि सबै भिभो रिटेल स्टोरहरूमा र अनलाइन दराज मार्फत रु. २४,९९९ मा ८÷१२८ जीबी र रु. २६,९९९ मा ८÷२५६ जीबीमा उपलब्ध हुनेछ । भिभो वाई २८ कुनै पनि प्रयोगकर्ताको लागि आदर्श साथीको रूपमा उदाउँदो आधुनिक प्रयोगकर्ताहरूको विविध आवश्यकताहरू पूरा गर्न तयार छ ।