काठमाण्डौं । नेपालमा पहिलोपटक आयोजित आलु शिखर सम्मेलन बिहीवार सम्पन्न भएको छ । विश्वभरि विभिन्न रुपमा प्रथम आलु शिखर सम्मेलन मनाउंदै गरेको परिप्रेक्ष्यमा नेपालमा पनि पहिलोपल्ट आल शिखर सम्मेलन २०२४ आयोजनामा आएको थियो । नेपाल–भारत उद्योग वाणिज्य संघ, विश्व कृषि तथा खाद्य संगठन (एफ ए ओ) तथा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संयुक्त उक्त आलु शिखर सम्मेलन आयोजना गरेका हुन् । आलुसंग प्रत्यक्ष जोडिएका कृषक, उद्योगी, ब्यापारी लगायत सम्पूर्ण सरोकारवालाहरुको विचार, अनुसन्धान र ज्ञानको आदान–प्रदान गर्दै प्रदर्शनीसहित उक्त शिखर सम्मेलनको आयोजना गरिएको हो । .समग्र रुपमा नेपालको कृषि क्षेत्रकै उत्थानको प्रमुख उद्देश्यका साथ आयोजित सम्मेलनमाझ प्रमुख अतिथिको आसनबाट बोल्ने क्रममा कृषि तथा पशुपन्छी वि कास मन्त्री ज्वाला कुमारी साहले आपूm मन्त्रीको रुपमा पहिलो पल्ट शपथ लिंदा नै यो दशकलाई कृषि लगानीकोदशकको रुपमा लिने संकल्प लिएको स्मरण गर्दै आलुको शिखर सम्मेलन हुनु एक प्रकारले सुखद रहेको बिचार व्यक्त गर्नुभयो । सम्मेलनमा हुने छलफलबाट निस्केका निचोडहरुले मन्त्रालयलाई उर्जा दिने बिश्वास पनि मन्त्री साहले व्यक्त गर्नुभयो ।
संसारभरि नै सबैजसोको अति प्रिय बनेको कृषि उपज आलुको बिषयमा आयोजना भएको आजको शिखर सम्मेलनबाट कृषि उपज आलुको सम्बन्धमा आउने समस्या, बिचार, निष्कर्श एउटा दिशा निर्देश गर्नेछ र सम्बन्धित मन्त्री भएको नाताले म लगायत समग्र मन्त्रालय तपाईहरुको साथमा रहने प्रतिबद्धता ब्यक्त गर्छ‘’ र ती निष्कर्श, विचारहरुले समग्र कृषि क्षेत्रकै उत्थानको लागी मन्त्रालयलाई आगामी दिनको लागी आप्mनो कार्यनीति तय गर्न सहयोग पुग्ने विश्वास पनि लिएको छ’’ उहाँले भन्न’भयोे ।
नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्षसृजना राणाले आलु एक कृषि उपजकै रुपमा तथा आम मानिसकै लागी पनि अति आवश्यकीय एवं महत्वपूर्ण उपजको रुपमा रहेको बताउनुभयो । उहाँले विगतको तुलनामा वर्तमान समयमा यसको कृषिको प्रणाली, सीप, प्रविधि लगायत विविध पक्षको विकासले बृद्धि भईरहेको भएता पनि कृषिमा छिमेकी मूलुकहरुमा भईरहेको विकास र बृद्धिको दाजोमा धेरै सिक्न र गर्न बाकी नै रहेको बताउनुभयो । त्यसैगरि राणाले यो शिखर सम्मेलनको विभिन्न प्यानल डिस्कशनमा छलफल भएर आउने सुझावहरुले आगामी दिनको लागी हाम्रो अर्थतन्त्रको उत्थानको लागी एउटा नया“दिशा दिन सहयोगी बन्ने बिश्वास समेत व्यक्त गर्नुभयो । ‘नेपालको जलवायु, हावापानी, भौगोलिक बनौट आदिको हिसाबबाट पनि कृषि अत्यन्त महत्वपूर्ण क्षेत्र रहेको तथा नेपालको अर्थतन्त्र मुख्यतया कृषिमा नै आधारित रहेको कारण आलुनेपालको परिप्रेक्ष्यमा उपयुक्त उपजको रुपमा रहेको छ र यो उपजको आत्मनिर्भरताले पनि हाम्रो अर्थतन्त्रलाई ठूलो टेवा पुर्याएन सघाउने विश्वास मैले लिएको छु उहाँले भन्नुभयो ।
विश्व कृषि तथा खाद्य संगठन (एफ ए ओ)का प्रतिनिधि मोनिका थताभाले अनलाईन मार्फत आलुको विश्व परिबेशका वारेमा आप्mनो विचार व्यक्त गर्नुभयो ।
त्यसैगरि टेक्निको साईन्सेस ईण्डियाका प्रमुख कार्यकारी अधिकृत एन के झाले आलुको खेती, प्रविधि लगायत आलुवालीमा भारतले गर्दै आएको प्रयोगका बारेमा जानकारी दिदै भन्नुभयो ‘भारतमा सन् १९३५मा आलुलाई एक सम्भावना बोकेको कृषि उपजको रुपमा प्राथमिकतामा राखेर एउटा आलुकै सम्बन्धि अनुसन्धान गर्ने संस्थाको शुरुवात भएको र अहिले सम्ममा ३७५ प्रजातिका आलुको बिउ तथा प्रजाति बिकसित गरिसकेको छ र भारत अहिले बिश्व बजारमा दोश्रो ठूलो आलु आपूर्ति गर्ने देशको रुपमा स्थापित हुन पनि सफल भएकोे छ । हाल भारतले प्रति बर्ष १६ मिलियन मेट्रिक टन आलुउत्पादन गर्ने गर्दछ’ ।
त्यस्तै विश्व कृषि तथा खाद्य संगठन (एफ ए ओ) का भूटान तथा नेपाल प्रतिनिधि केन शिमिजुले भूटानको भौगोलिक अवस्थिति, जलवायू, हावापानी धेरै मिल्दो भएको र दुवै देशमा पहिला गरिने आलुखेतीको प्रबिधि लगभग उस्तै रहेको स्मरण गर्दै दुबै देशका बिश्व कृषि तथा खाद्य संगठन (एफ ए ओ)ले बर्तमान अवस्थामा कृषिका क्षेत्रमा क्षमता अभिबृद्धि गर्न कार्य गर्दै गरेको बताउनुभयो ।
पहिलो सेशनमा वक्ताको रुपमा सिन्धुपाल्चोकका कृषक मोहन श्रेष्ठले उत्पादक र बजारको बीचमा ठूलो खाडल रहेकोले उक्त खाडल पुर्न सरकारी पक्षले उपर्युक्त नीति ल्याएर सम्बोधन गर्न‘पर्ने बताउनुभयो ।
विश्व कृषि तथा खाद्य संगठन (एफ ए ओ) नेपालका सहायक प्रतिनिधि डा. बिनोद शाहले आलु मात्र दीगोपनको र खाद्य शुरक्षाको दृष्टिकोणबाट पनि प्रचुर सम्भावना बोकेको एउटा यस्तो .कृषि उपज हो भन्नु हुदैे यसको विकासबाट स्थानीय तवरमा पनि रोजगारी सिर्जना गरेर जिबिकोपार्जनमा आत्मनिर्भर बनाउने सामथ्र्य यसले राख्ने उल्लेख गर्नुभयो । साथै उहाँले कृषिमा आत्मनिर्भर बन्न र यसको विकासको लागी विश्व कृषि तथा खाद्य संगठन (एफ ए ओ) ले नेपाल सरकार, कृषक तथा नीजी क्षेत्रसँग पनि सहकार्य गर्दै आईरहेको पनि बताउनुभयो ।
उक्त आलु शिखर सम्मेलनमा कृषि मन्त्रालयका सहसचिव जानुका पण्डितले नेपालमा आलुको वर्तमान अवस्था बिषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै फस्र्ट च्वाईस पूmड्स प्रा.लि.बुटवलको तर्फबाट एग्रोनेमिष्ट श्याम प्रसाद ढकालले मूल्य श्रृंखलामा निजी क्षेत्रको सहभागीता बिषयमा प्रस्तुति दिनुभएको थियोे ।
कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा। दिपक कुमार खरालले आलु लगायत कृषि उपजको उत्पादन बृद्धि तथा बजारसंगको सम्बन्ध बिकासको लागी मन्त्रालयले नीति तथा कार्यक्रम तयार गरेर गर्न सक्ने वा सघाउन सक्ने क्षेत्रको बिषयमा सम्मेलनले राय सुझाव दिएर मन्त्रालयलाई सघाउन सकिने बिचार ब्यक्त गर्नुभयो ।
आज प्रबिधिले ठूलो फड्को मारि सकेको अवस्था छ र कृषिमा पनि प्रबिधिको विकासको क्षेत्रमा हामीकहां भएका विभिन्न शैक्षिक संस्थाहरुले थप भूमिका खेल्न सक्ने धारणा ब्यक्त गर्दै यस सम्मलेनबाट प्राप्त प्रतिवेदन, सुझावले मन्त्रालयलाई सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
प्रथम आलुशिखर सम्मेलनको आयोजक समितिका संयोजक एवं नेपाल–भारत उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यसुषमा शर्माले यो शिखर सम्मेलन आयोजना गर्न सहयोग गर्नुहुने प्रायोजक, सहयोगी संस्था, सहयोगीहरु लगायत सम्पूर्णलाई हार्दिक धन्यबाद व्यक्त गर्नुभयो ।
काठमाडौं । ‘दुध तथा दुग्ध पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवद्र्धन’ भन्ने नाराका साथ राष्ट्रिय दुग्ध विकास बोर्ड र सरोकारवालाहरु नेपाल डेरी एसोसिएशन, केन्द्रिय दुग्ध सहकारी, डिडिसी, पशु सेवा विभाग लगायतका निकायले जेठ १९ गते संयुक्त रुपमा २४ औँ विश्व दुध दिवस मनाउने तयारी भएको छ ।
नेपाल डेरी एसोसिएशनको केन्द्रिय कार्यालयमा सरोकारवाला सबैको उपस्थितिमा आज पत्रकार सम्मलेन गर्दै झापाको मेचीनगर – १९ दुवागढीको एनएमसी एग्रो फार्ममा प्रभातफेरि सहित मुल समारोहमा गर्ने जनाएको छ ।
कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डकी डा। हसना ममैया श्रेष्ठले सबैलाई स्वागत गर्दै नेपालमा सबै सरोकारवालाहरुको साथ र सहयोगमा विगत १५ वर्षदेखि विश्व दूध दिवस मनाउँदै आएको र अब आउने दिनमा पनि यसरी नै साथ र सहयोग पाउने अपेक्षा रहेको बताइन् ।
कार्यक्रममा बोल्दै एसोसिएशनका अध्यक्ष प्रल्हाद दाहालले दैनिक गुणस्तरीय दुध सेवनका लागि जनचेतना जगाउने र पोषणयुक्त दुध तथा दुग्ध पदार्थको उपभोगमा वृद्धि गर्न सातै प्रदेशमा सबै सरोकारवाला निकायले विभिन्न कार्यक्रम गरेर दुध दिवस मनाउने बताए ।
नेपाल डेरी एसोसिएशनले दुध दिवसको पूर्वसन्ध्यामा विभिन्न कार्यक्रम आयोजना समेत गरेको जनाएको छ। एसोसिएशनले गत जेठ १४ गते काठमाडौँको त्रिरत्न आवसीय विद्यालय स्वयम्भुमा स्कुलस्तरीय दुधको सेवन सम्बन्धी वक्तृत्वकला प्रतियोगिता एवं दूधपान कार्यक्रम गरेको थियो ।
पशु सेवा बिभागका पशु विकास अधिकृत सिताराम वलीले नेपालमा उत्पादन रहेको दुध गुणस्तर रहेको र त्यसमा कुनै समस्या नरहेको कुरा बताए । अन्तरक्रिया कार्यक्रममा विभिन्न पत्रकारहरुले विभिन्न प्रश्नहरु उठाएका थिए । उठेका सबै प्रश्नका उत्तर उपस्थित सरोकारवाला सबैले पालैपालो दिएका थिए।
भोलि ९जेठ १८० र १९ गते पुश सेवा विभाग, राष्ट्रिय पशुपन्छी श्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालय हरिहभवनले ललितपुर स्कुलका बालबालिकाहरूलाई दुधको महत्व बारेमा जनचेतनात्मक कार्यक्रमका साथै दुध तथा दुग्ध पदार्थ वितरण कार्यक्रम रहेको एसोसिएशनले जनाएको छ ।
त्यस्तै आगामी आर्थिक वर्ष २०८१्८२ को बजेटप्रति डेरि क्षेत्रका समस्या सम्बोधन नभएको भन्दै उद्योगीहरूले निरुत्साहित भएका छन् । डेरी एसोसिएसनका पूर्व अध्यक्ष सुमित केडियाले सरकारले ठूलो आकारको बजेट संसदमा पेशा गर्दा कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई भने ३ प्रतिशत पनि नछुट्याएको बताए।
सरकारले विद्यालयलाई उपलब्ध गराउने दिवा खाजा अन्तर्गतको कार्यक्रममा दूध तथा दुग्ध पदार्थलाई समावेश गरिदिए डेरी उद्योगी व्यवसायीको समस्या केही हदसम्म समाधान हुने कुरा कार्यक्रमका सभापति,केन्द्रिय वरिष्ठ उपाध्यक्ष एवं राष्ट्रिय दुग्ध विकासका बोर्ड सदस्य कृष्ण प्रसाद सापकोटाको भनाइ छ।
सन् २००१ देखि जुन १ लाई विश्व दूध दिवसको रूपमा मनाउँदै आइएको छ। नेपालले पनि सन् २०११ बाट विश्व दूध दिवस मनाउन थालेको छ। आजसम्म आउँदा पनि दुध दिवसको जसरी चर्चा हुनुपर्ने हो त्यसरी भएको भने पाइदैन ।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष एवम् नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले आगामी आर्थिक वर्ष २०८१ ०८२ को लागि सरकारद्वारा प्रस्तुत बजेट निजी क्षेत्रका धेरै विषयहरूलाई समेटेको बताउनु भएको छ । उहाँले बजेट निजी क्षेत्र मैत्री नै रहेको बताउनुहुँदै आर्थिक वर्ष २०८१र०८२ को बजेटले निजी क्षेत्रले उठाएको सुधारको माग अनुरुप नयाँ चरणको सुधार र आयोग बनाउने सरकारको घोषणा सकारात्मक रहेको टिप्पणी गर्नुभयो ।
यस्तै, सानो बचतबाट लगानी कम्पनी स्थापना गरि विभिन्न क्षेत्रमा लगानी गर्ने कम्पनीलाई प्रवर्द्धन गर्ने विषय बजेटमा समेटिनु सकारात्मक भएको र यसले नेपाल चेम्बरले उठाउदै आएको साना व्यापारीहरुको हितमा बजेट आउनुपर्ने भन्ने बिषयलाई सम्बोधन गरेको आफुले महशुस गरेको उहाँले बताउनुभयो । यसबाट महिला उद्यमशिलता विकासमा टेवा पुग्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो । कृषिमा करार खेती र पहाडमा फलफूल खेतीको गर्न दिने विषय, पर्यटनमा वैवाहिक पर्यटन ९एमआईईसी० र हिल स्टेशन विकास गर्ने विषय तथा सूचना प्रविधि र स्टार्टअपमा केही सहुलियत र विस्तारका योजना, प्रधानमन्त्री छोरी कार्यक्रम जस्ता नविन कार्यक्रम आउँदा आर्थिक र सामाजिक दुवै नजरले सकारात्मक रहेको आफुले पाएको उहाँले जनाउनु समेत भयो । ‘सरकारले बजेटमा उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुल भन्दा तयारी वस्तुको पैठारीमा लाग्ने महसुल कम्तीमा एक तह कम गरेको छ, स्वदेशी उद्योगलाई प्राथमिकता र प्रश्रय दिन औषधि, इन्डक्सन चुल्हो, धागो, हेल्मेट, अगरबत्ती, सेनिटरी प्याड, काजु र बदाम प्रशोधन, स्प्रिङ पत्ता बनाउने उद्योग लगायतका उद्योगको कच्चा पदार्थमा लागेको पैठारी महसुल र अन्तः शुल्क घटाइएको छ । मूल्य अभिवृद्धि कर छुट दिएका वस्तु र सेवाको सूची घटाउँदै स्वच्छ कर प्रणाली विकास गर्न र कर आधार विस्तार गर्न केही वस्तुमा मूल्य अभिवृद्धि कर छुट दिने व्यवस्था खारेज भएको छ । आलु, प्याज, स्याउ लगायतका तरकारी एवम फलफूलमा लागेको मूल्य अभिवृद्धि कर खारेज गरेको भएको छ । यसबाट स्वदेशी उत्पादन संरक्षणमा टेवा पुग्ने विश्वास मैले लिएको छु’ बजेट बारे समिक्षा गर्दै उहाँले भन्नुभयो ।
सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेकोमा सरकार र निजी क्षेत्र मिलेर अघि बढेको खण्डमा त्यो लक्ष्य सहजै पुरा हुने पनि उहाँले बताउनुभयो । केही व्यवस्था आशा लाग्ग्दा रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो ’, स्वदेशी उद्योगको संरक्षण गर्न केही तयारी वस्तुको पैठारी महसुल र अन्तःशुल्कमा वृद्धि गर्ने नीति लिनु, उद्योगको कच्चा पदार्थको पैठारीमा सहुलियत लिन विभिन्न निकायको सिफारिश आवश्यक पर्ने व्यवस्थामा सुधार गरी उद्योगीलाई नै जिम्मेवार बनाउने व्यवस्था मिलाउने बजेटमा उल्लेख हुनुलाई मैले आशा लाग्दो रुपमा लिएको पनि छु’ । हाम्रोमा सरकारसँग स्रोतको कमी हुँदै आएको जगजायर नै छ । बाह्य ॠण १७.२७ र आन्तरिक ॠण २६.१८ प्रतिशत ॠण लिई बजेटको लक्ष्य पुरा गर्ने सरकारले नीति लिएको छ । यो पुरा होस् कामना नै छ, तर पनि यथार्थमा जानुपर्दा र ख्याल गर्नुपर्ने बिषय के छ भने बाह्य ॠणलेले दिर्घकालिन असर गर्न सक्छ भने आन्तरिक ॠणले तरलतामा प्रभाव पर्छ र बैंकको ब्याजदर बढन सक्छ ।त्यसैले ॠण लिएर वितरणमुखी बजेट ल्याउनु भन्दा ॠण कम गर्दा अझ राम्रो हुन जान्छ र मुख्य कुरा नेपाल चेम्बरले दिएका अधिकांश सुझावहरुलाई सरकारले समेटेको हामीले पाएका छौँ’ बजेट समिक्षा गर्दै उपाध्यक्ष श्रेष्ठले प्रारम्भिक अध्ययनका क्रममा बजेट निजी क्षेत्र मैत्री नै रहेको आफुले पाएको र सोको कार्यन्वयनमा जोड दिनुपर्ने राय राख्नुभयो ।
उहाँले गहुँको आयात गर्दा धेरै रकम जगेडामा बस्ने साथै गहुँको आयातमा २.५ प्रतिशतको र मैदा पिठोको आयातमा १.५ प्रतिशत मात्र अग्रिम कर कट्टी राखिदा स्वदेशी उद्योगहरुलाई असर पर्ने धारणा समेत राख्नुभयो । साथै उहाँले पेट्रोलियम पदार्थ र कोइलाको पैठारीमा हरित कर लगाइनु वातावरणिय दृष्टिले राम्रो भएता पनि लागत बढन गई उपभोग्य र अत्यावश्यकिय वस्तुको लागत समेत बढने हुँदा महंगी थप बढन सक्ने प्रक्षेपण उहाँले गर्नुभएको छ ।
काठमाडौं । विद्युत नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले आयोग आएपछि जलविद्युत् परियोजना सञ्चालनमा थप सहजीकरण भएको बताउनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा काठमाडौंमा जारी हिमालयन हाइड्रो एक्स्पोमा बिहीबार भएको ऊर्जा सम्बन्धी नीति सम्बन्धी प्राविधिक सत्रमा वक्ताका रुपमा बोल्ने क्रम उहाँले उक्त दाबी गर्नुभएको हो ।
‘पहिला अनुमान गरेअनुसार विद्युत् उत्पादन नभएमा कम्पनीहरुले पेनाल्टी तिर्नुपर्ने थियो, जुन कुरामा उनीहरुको गल्ती नै थिएन । अहिले त्यस्तो पेनाल्टी तिर्नुपर्ने व्यवस्था हटाएका छौं । पुर्नकर्जाको लागि पहल गरेर परियोजनाहरुलाई रुग्ण हुनबाट बचाएका छौं,’ उनले भने, ‘आगामी दिनमा पनि जलविद्युत् क्षेत्रको विकासको लागि नियमन आयोग सहजीकरण गर्न तयार छ ।’
यस्तै, उहाँले नेपाल–बंगालदेश डेडीकेटेड प्रसारण लाइन बनाउनुपर्ने बताउनुभयो । यसैगरि बंगलादेश, तिब्बत, भारत, भुटान लगायतका देशको विद्युतीय पुर्वाधारलाई अन्तरआवद्ध गर्ने गरि नेपाल अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।
काठमाण्डौं । उर्मिला श्रेष्ठ नेपाल महिला चेम्बरको अध्यक्षमा चयन हुनुभएको छ। कमलेश अग्रवाल नेतृत्वको नेपाल चेम्बर अफ कमर्शले बुधबार उहाँलाई पुन: सो जिम्मेवारी दिएको हो । श्रेष्ठ नेपाल महिला चेम्बरको अघिल्लो कार्यसमितीको समेत अध्यक्ष हुनुहुन्थ्यो ।
नेपाल महिला चेम्बरलाई गतिशिल बनाई देशमा महिला उद्यमशिलता प्रबर्द्धन गर्ने सवालमा श्रेष्ठले महत्वपूर्ण योगदान पुर्याउदै आउनु भएको छ । उहाँको अघिल्ला नेतृत्वकाल निकै सफल मानिन्छ ।
उर्मिला श्रेष्ठको परिचय
उर्मिला श्रेष्ठ नेपाल चेम्बर अफ कमर्शको उपाध्यक्ष हुनुहुन्छ । हालसालै मात्र सम्पन्न चेम्बरको ७३ औ साधारण सभाले उहाँलाई चेम्बरको उपाध्यक्षमा निर्वाचित गरेको थियो । यस अघि उहाँ ७० औं साधारण सभाबाट उपाध्यक्ष र नेपाल चेम्बरको कार्यकारीणी सदस्य हुनुहुन्थ्यो । उर्मिला श्रेष्ठ नेपाल चेम्बर अफ कमर्शको ७० बर्षको ईतिहासमै पहिलो पटक महिला मध्येमा प्रथम पटक उपाध्यक्ष जस्तो उच्च मुकाममा पुग्न सफल हुँदै ईतिहास रच्न समेत सफल हुनुभएको थियो ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको कार्यकारी प्रमुख अर्थात सिईओ समेत रहेकी श्रेष्ठ आँफैमा एक सफल नारी पनि हुनुहुन्छ । साल्ट ट्रेडिङलाई कुशल व्यवस्थापकिय नेतृत्व प्रदान गर्दै आउनुभएकी श्रेष्ठले पछिल्लो समय महिला चेम्बरलाई पनि उस्तै सबल नेतृत्व प्रदान गर्दै आउनु भएका ेथियो । तसर्थ नेपालमा समकालिन समयमा औंलामा गन्न सकिने सफल महिलाहरुको पंक्तीमा उर्मिला श्रेष्ठको नाम अग्रपंतीमा आउने गर्दछ ।
सक्षम, कर्मठ, इमान्दार एवम् बौद्धिक नारीको रुपमा चिरपरिचित श्रेष्ठ राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा ख्याती कमाउन सफल व्यक्तित्व हुनुहुन्छ । त्यसो त व्यापारिक पृष्ठभुमी बोकेको नेवार कुलमा जन्मिएकी श्रेष्ठ नेपाल चेम्बर अफ कमर्शका पुर्व अध्यक्ष स्वर्गिय ईश्वर लाल श्रेष्ठकी सुपुत्री हुन । पिताजीको पद्चापलाई पछयाउदै नेपालको चेम्बर आन्दोलनलाई अघि बढाउने सवालमा उर्मिलाले ईश्वरलाल जस्तै अब्बलता प्रस्तुत गर्दै आउनु भएको छ ।
बदलिदो विश्व परिवेश माझ नेपालमा पनि महिला सशक्तिकरणको सवाल टडकारो रुपमा उठदै आईरहेको सन्दर्भमा श्रेष्ठ नेतृत्वको नेपाल महिला चेम्बरले मुलुक भित्र महिला उद्यमशिलता विकासका लागि ठोस कार्यक्रम पस्कदै महत्वपूर्ण योगदान पुर्याउदै आएको थियो र छ । त्यसो त, श्रेष्ठको नेतृत्वमा महिला चेम्बरले गर्दै आएका कार्यहरुको सर्वत्र चर्चा समेत हुँदै आएको छ । बौद्धिक जागरण जस्ता स्वाधिन र समाज प्रेरित कार्यमा समेत उहाँ निकै सकृय हुनुहुन्छ ।
राजनीति, व्यवसाय र समाजसेवाको त्रिवेणी मानिने पिता र काका पुस्ता इश्वरलाल, माणिकलाल तथा आमा र काकी पद्मादेवी, सिलु श्रेष्ठ पुस्ताको ‘लिगेसी’ अर्थात बिडो थाम्दै अब्बल कार्यकौशलता प्रस्तुत गर्दै आउनुभएकी उर्मिला श्रेष्ठ समकालिक समयकी एक प्रभावशाली नारीमा गनिनुहुन्छ ।
काठमाडौं । नेपालको निजी क्षेत्रको पहिलो छाता संगठन नेपाल चेम्बर अफ कमर्सको उपाध्यक्षमा उर्मिला श्रेष्ठ निर्वाचित हुनुभएको छ । नेपाल चेम्बरको ७३औँ साधारण सभाबाट उहाँ दोस्रो कार्यकालका लागि यस सम्मानित पदमा निर्वाचित हुन सफल हुनु भएको हो । उक्त सभाबाट अध्यक्षमा कमलेशकुमार अग्रवाल निर्वाचित हुनुभएको छ।
उर्मिला श्रेष्ठको संक्षिप्त परिचय
चेम्बर आन्दोलिनको एक सशक्त नारी हस्ताक्षर हुनुहुन्छ, उर्मिला श्रेष्ठ । सक्षम, कर्मठ, इमान्दार एवम् बौद्धिक नारीको रुपमा चिरपरिचित श्रेष्ठ नेपालमा समकालिन समयमा औंलामा गन्न सकिने सफल महिलाहरुको पंक्तीमा अग्रपंतीमा आउने नाम पनि हो । उद्योग व्यापार तथा व्यवस्थापनको क्षेत्रमा अनवरत रुपमा लागि पर्दै आउने क्रममा विभिन्न चुनौतीको सामना गर्दै तथा आरोह अवरोह पार गर्दै उहाँले तय गर्नुभएको सफलताको गाथा जति लोभलाग्दो छ, त्यस बाहेक पनि उत्तिकै प्रेरणादायी रहेको पाउन सकिन्छ । ।हालसालै मात्र सम्पन्न चेम्बरको ७३ औ साधारण सभाबाट पुन गरिमामय उपाध्यक्षको पदमा निर्वाचित हुन सफल श्रेष्ठ नेपाल चेम्बर अफ कमर्शको ७० औं साधारण सभा अर्थात चेम्बर स्थापनाको ७० बर्षको ईतिहासमै पहिलो पटक महिला मध्येमा प्रथम पटक उपाध्यक्ष जस्तो उच्च मुकाममा पुग्न सफल हुँदै ईतिहास रच्न समेत सफल हुनु भएको थियो।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको कार्यकारी प्रमुख अर्थात सिईओ समेत रहनुभएकी श्रेष्ठ आँफैमा एक सफल नारी पनि हुनुहुन्छ । साल्ट ट्रेडिङलाई कुशल व्यवस्थापकिय नेतृत्व प्रदान गर्दै आउनुभएकी उहाँले पछिल्लो समय महिला चेम्बरलाई पनि उस्तै सबल नेतृत्व प्रदान गर्नुभएको पाईन्छ ।
बदलिदो विश्व परिवेश माझ नेपालमा पनि महिला सशक्तिकरणको सवाल टडकारो रुपमा उठदै आईरहेको सन्दर्भमा श्रेष्ठ नेतृत्वको नेपाल महिला चेम्बरले मुलुक भित्र महिला उद्यमशिलता विकासका लागि ठोस कार्यक्रम पस्कदै महत्वपूर्ण योगदान पुर्याएको छ । त्यसो त, श्रेष्ठको नेतृत्वमा महिला चेम्बरले गर्दै आएका कार्यहरुको सर्वत्र चर्चा समेत हुँदै आएका छन् ।
नेपालको उद्योग, वाणिज्य क्षेत्रको प्रतिष्ठित व्यक्तित्व उर्मिला श्रेष्ठले निजी क्षेत्रलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ।महिला चेम्बरको अध्यक्षको जिम्मेवारीमा रहेर श्रेष्ठले लैङ्गिक समानताको प्रवर्द्धन र व्यवसायिक क्षेत्रमा महिला उद्यमशीलता अभिवृद्धि गर्ने कार्यमा अग्रणी भूमिका निर्वाह गर्नुभएको छ । महिला चेम्बरलाई हाक्ने क्रममा उनको दूरदर्शी नेतृत्व र गतिशील दृष्टिकोणले देशमा महिला उद्यमशीलता विकासमा टेवा मिलेको छ भने चेम्बर उपाध्यक्षका हैसियतले भए गरेका कार्य सम्पादनबाट समग्र उद्योगी व्यवसायीको हित तथा देशको अर्थतन्त्रमा समेत ठूलो योगदान पुगेको छ । यसबाहेक, उहाँले सीईओको पदमा रहेर गरेका कामले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको कार्यप्रणालीमा उल्लेखनीय प्रभाव पारेको छ । जून सन्दर्भले उहाँमा अन्र्तनिहित रणनीतिक कुशलता र व्यवस्थापकीय कार्यकौशललार्ई मुखरित गर्दछ । अविछिन्न यात्रामा अटल भएर अगि बढ्दै गर्दा उर्मिलाले यस माझमा नीतिगत तथा व्यवहारिक रुपमा निजी क्षेत्रको साँखलाई माथि उठाउने थुप्रै उपलब्धिमुलक कार्यहरु गर्नुभएको छ । यी यावत सन्दर्भहरुले उनको असाधारण क्षमताको पुष्टि गर्दछ भने व्यापारको दुनियाँमा उच्च पदमा पुग्न चाहने महिलाहरूका लागि प्रेरणादायी उदाहरण पनि कायम गरेको छ।
त्यसो त व्यापारिक पृष्ठभुमी बोकेको नेवार कुलमा जन्मिनुभएकी श्रेष्ठ नेपाल चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष चेम्बर आन्दोलनका लौह व्यक्तित्व स्वर्गिय ईश्वर लाल श्रेष्ठकी सुपुत्री हुनुहुन्छ । पिताजीको पद्चापलाई पछयाउदै नेपालको चेम्बर आन्दोलनलाई अघि बढाउने सवालमा उर्मिलाले ईश्वरलाल जस्तै अब्बलता प्रस्तुत गर्दै आउनुभएको छ।आफ्ना स्वर्गीय बुवा ईश्वरलाल श्रेष्ठको उद्यमशीलताको भावना विरासतमा पाएकी उर्मिला श्रेष्ठ पिताजीले कोरेको मार्गलाई पछ्याउँदै अगि बढन् उत्तिकै प्रतिबद्ध हुनुहुन्छ् । त्यसो त नेपालमा चेम्बर आन्दोलनलाई अगाडि बढाउने जिम्मेवारीमा खरो उत्रदै पिताजी जस्तै उर्मिलाले पनि अब्वलता पस्कदै आउनु भएको पनि छ । उसैगरि प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक वहन साथै व्यापारिक समुदायलाई बल प्रदान गर्ने उहाँको प्रतिबद्धताले उहाँको राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्याती दिलाएको छ।
विश्वव्यापी विकास परिवेशसँगै महिला सशक्तिकरणको सवाल टड्कारो रुपमा उठिरहेको वर्तमान सन्दर्भमा उनको ओजपूर्ण व्यक्तित्वले ठूलो महिला पंक्तिलाई व्यापार व्यवसायको क्षेत्रमा आकर्षण गरेको छ । त्यसो त उनको नेतृत्वमा महिला चेम्बरले आफ्नो प्रभावशाली कार्यको लागि व्यापक प्रशंसा बटुल्दै आएको पनि छ ।
स्वच्छ व्यवसायिकपना, बौद्धिक जागरण जस्ता स्वाधिन र समाज प्रेरित कार्यमा समेत उत्तिकै सकृय हुनुहुन्छ, उर्मिला श्रेष्ठ । बौद्धिकता, व्यवसायपना र समाजसेवाको त्रिवेणी मानिने इश्वरलाल(माणिकलाल पुस्ताको ‘लिगेसी’ अर्थात बिडो थाम्दै अब्बल कार्यकौशलता प्रस्तुत गर्दै आउनुभएकी उर्मिला श्रेष्ठ समकालिक समयकी एक प्रभावशाली नारीमा गनिनुहुन्छ । तसर्थ पनि एक सफल महिला नेतृका रूपमा उर्मिला श्रेष्ठको प्रभावलाई नकार्न सकिँदैन। नेपाल चेम्बर अफ कमर्सको उपाध्यक्षको रूपमा श्रेष्ठ निर्वाचित हुनुले महिलाहरु मात्र नभई समग्र निजी क्षेत्र उत्साहित छ भन्दा अत्युक्ति नहोला ।
ललितपुर, चैत्र २२ । ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पो–२०२४ आजबाट शुरु भएको छ । ललितपुर चेम्बर अफ कमर्सको आयोजनामा मेड इन नेपाल नारासहित जावलाखेल फुटबल मैदानमा आयोजित उक्त ट्रेड एक्स्पोको उद्घाटन उपप्रधान तथा परराष्ट्र« मन्त्री नारायणकाजी श्रेष्ठले गर्नुभयो । सो अवसरमा ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पोको समुद्घाटन कार्यक्रमलाई संबोधन गर्नुहुँदै उपप्रधान तथा परराष्ट्र« मन्त्री श्रेष्ठले देश हाल संविधान कार्यन्वयनको चरणमा रहेको उल्लेख गर्नुहुँदै सरकारले आर्थिक र सामाजिक रुपान्तरणका निम्ति सकृयतापूर्वक काम गर्दै आएको बताउनुभयो । उपप्रधान तथा परराष्ट्र« मन्त्री श्रेष्ठले नेपाल सांस्कृतिक तथा प्राकृतिक रुपमा समृद्ध देश भएको जिकिर गर्नुहुँदै आर्थिक विकासमा तिव्रता दिदै छलाङ मार्ने गरि अगाडि बढ्नुको विकल्प नरहेको स्पष्ट समेत पार्नुभयो । त्यसैगरि उहाँले निजि क्षेत्र र सरकार मिलेर अर्थतन्त्र उकास्ने गरि काम गर्ने, लगानी सम्मेलन तथा आर्थिक गतिविधि बृद्धि गर्ने, आर्थिक कुटनीतिमा जोड दिने जस्ता कार्य गर्न आवश्यक रहेको औल्याउनुहुँदै आफूे हरपल हर क्षण आर्थिक विकासका निम्ती कसरी योगदान दिन सकिन्छ भनेर प्रयत्नशील रहदै आएको र हालसालै भएको चीन भ्रमण पनि त्यसैको उपज रहेको बताउनुभयो । श्रेष्ठले उक्त भ्रमणका क्रममा आर्थिक सम्बन्ध बिस्तार नया सम्भावना बारे चीनसँग छलफल भएको बारे पनि जानकारी गराउनु भयो ।
उपप्रधान तथा परराष्ट्र« मन्त्री श्रेष्ठले ललितपुर हस्तकलाको केन्द्र भएकाले कला नगरीका रुपमा ललितपुरले कायम राख्दै आएको पहिचान तथा देशकै आर्थिक विकासमा ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आफूले लिएको उल्लेख समेत गर्नुभयो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका कार्यवाहक अध्यक्ष कमलेश कुमार अग्रवालले ललितपुर चेम्बरले स्थापना काल देखी नै महत्वपूर्ण कार्यक्रमहरु गर्दै आएको प्रसंग उल्लेख गर्नुहुँदै यस्ता मेलाले देशको अर्थतन्त्र चलायमान गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो । त्यसैगरि कार्यवाहक अध्यक्षअग्रवालले आर्थिक कुटनीतिलाई बढवा दिन उपप्रधान तथा परराष्ट्र« मन्त्री श्रेष्ठ समक्ष आग्रह गर्नुहुँदै श्रेष्ठले हालसालै गर्नुभएको चीन भ्रमणका क्रममा १२ वटा नाका खुला गर्ने, हवाई उडान बृद्धि, लगानी सम्मेलनमा चिनिया व्यापारीको उल्लेख्य सहभागीता, व्यापार निकासीका निम्ति सहजीकरण आदी विषयमा समझदारीले निजी क्षेत्र उत्साहित रहेको बताउनुभयो । साथै उहाँ विदेशी मुद्रा अहिलेसम्मकै उच्च मौज्दात रहेको तथा बैक तथा वित्तिय संस्था र राष्ट बैकमा यथेष्ट मौज्दात रहदा रहदै पनि नीतिगत समस्याका कारण स्वदेशी लगानीकर्ताहरु उत्साहित हुन नसक्दा अर्थतन्त्रले आशातित रुपमा गति हासिल गर्न नसकेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले एक्स्पोले आर्थिक गतिविधिलाई बढाउन फलदायी हुने अपेक्षा लिएको सन्दर्भ उल्लेख गर्नुहुँदै मेलामार्फत सहभागी देशहरूको उत्पादनको प्रवद्र्घनमा सघाउ पुग्ने दाबी गर्नुभयो । त्यसैगरि अध्यक्ष शाक्यले निजी क्षेत्रको पुरानो संस्था नेपाल चेम्बर अफ कमर्शको जिल्ला शाखाका रुपमा रहेको ललितपुर चेम्बर अफ कमर्शले विभिन्न अन्तराष्ट्रि«य चेम्बरसँग संबन्ध स्थापित गरेको सन्दर्भ उल्लेख गर्नुहुँदै ललितपुर स्थित सुगम र दुर्गम क्षेत्रका व्यवसायीहरुलाई गोलबद्ध गरि यहाँका मौलिक तथा अन्य उत्पादनको प्रबद्र्धनका निम्ति कार्यहरु गर्दै आएको जानकारी समेत दिनुभयो । सो अवसरमा उहाँले कला र संस्कृतीको नमुना ललितपुरका निम्ति ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पो– कोशेढुंगा साबित हुने दावी पेश गर्नुहुँदै निजी क्षेत्रको मनोबल उकास्ने गरि सहजीकरणको काम गर्न सरकारलाई आग्रह समेत गर्नुभयो । २०२४ लगानी सम्मेलनले महत्वपुर्ण काम गर्ने अभिलाषा व्यक्त गर्नुहुँदै उहाँले निकासीमा कमी, अन्तराष्ट्रि«य व्यापार बृद्धिमा देखिएका चुनौतीको, मौलिकता बोकेका सामाग्रीको प्रबद्र्धनमा हुँदै आएका कमजोरी जस्ता सवालमा सरकारी स्तरबाट आवश्यक पहल गर्न नितान्त आवश्यक रहेको समेत बताउनुभयो ।
कार्यक्रममा प्रदेश सांसद राम कृष्ण चित्रकारले उत्साही हुने खालको वातावरण निर्माण गर्न मेला सफल हुनेने अपेक्षा लिएको बताउनुहँुदै प्रदेशमा हस्तकला विधेयक तयार भएको र ललितपुर हस्तकलाको राजधानी बन्ने सम्भावना रहदै गर्दा लाभ हासिल गर्ने अवस्था र्सिजना हुने दाबी गर्नुभयो ।
त्यसैगरि कार्यक्रममाझ नेपालका लागि बंगलादेशका राजदुत सलाउद्धिन नोमन चौधरीले यस मेलाले ललितपुरको र नेपालको लागि मात्रै नभई सहभागी देशका साना तथा मझौला उद्योगलाई सहयोग पुग्ने बताउनु भयो ।
उक्त समुद्घाटन समारोह माझ कुमारी नृत्यसमेत प्रस्तुत गरिएको थियो भने प्रमुख अतिथि लगायतका अतिथिहरुले मेलाको अवलोकन गर्नुभएको थियो । कार्यक्रममा ब्राजिल, श्रीलंका, थाईल्याण्ड, मलेसिया लगायत देशका राजदूत एवं प्रतिनिधिसहित सरकारी निकायका अधिकारी, नेपाल चेम्बर अफ कमर्श लगायत अन्य व्यापारिक संगठनका प्रतिनिधि लगायतको उल्लेख्य सहभागीता रहेको थियो ।
ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पो–२०२४ को बिशेषता
पहिलोपटक ललितपुरमा आयोजनामा आएको ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पो २०२४मा विभिन्न राष्ट्रका प्रतिष्ठित व्यापारीहरूको सहभागिता रहेको छ । मेड इन नेपाल नारासहित जावलाखेल फुटबल मैदानमा २२ चैतदेखि २६ गतेसम्म आयोजना हुने यस एक्स्पोमा मेड इन नेपाल प्याभिलियनमा विशेष आकर्षण रहेको छ । इन्टरनेसनल ट्रेड एक्स्पोमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका बंगलादेश, थाइल्यान्ड, टर्की, मलेसिया, चाइना लगायतका देशमा उत्पादित विविध सामग्री, मौलिक उत्पादन र सेवाहरू प्रदर्शनीमा राखिएको छ । जसमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायतका सामग्री रहेका छन् । विभिन्न देशका फुड स्टल, साना केटाकेटीका लागि गेमिङ जोन, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर मेलाको थप आकर्षणका रुपमा रहेका छन् ।







माघ १८, काठमाण्डौ । निर्यात व्यवसायी महासंघ नेपाल (फिन) ले आफनो स्थापना दिवस तथा चौथो बार्षिकोत्सव समारोह भव्यतापूर्वक सम्पन्न गरेको छ । उक्त चौथो बार्षिकोत्सव कार्यक्रम बुधबार राजधानीमा सम्पन्न भएको हो । फिनका अध्यक्ष शंकर प्रसाद पाण्डेको अध्यक्षता तथा अर्थ मन्त्री डा. प्रकाश शरण महतको प्रमुख आतिथ्यतामा सम्पन्न बार्षिकोत्सव कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्याल, सांसद् गणेश पराजुली, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल बिशिष्ठ अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा वाणिज्य सचिव नारायण प्रसाद शर्मा दवाडी, राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली, नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्ष हेमराज ढकाल, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, फीनका सल्लाहकार पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा, पूर्व सचिव चन्द्र कुमार घिमिरे, युरोपियन युनियनका नेपाल प्रतिनिधि एवं राजदुतहरु अतिथिका रुपमा कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वृद्धि, रोजगारी सृजना, राजश्व बृद्धि, र दिगो विकासलाई प्रवर्द्धन गर्न निर्यातकर्ताहरूले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नु हुँदै निर्यात व्यापारलाई देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा विकास गर्न आवश्यक रहेको औंल्याउनुभयो । अर्थमन्त्री डा. प्रकाश शरण महत महासंघको भूमिकाको प्रशंसा गर्दै भन्नुभयो ”तमाम निर्यात व्यवसायी साथीहरुको समर्पण र कडा परिश्रमले विश्व बजारमा नेपाली उत्पादनको बजार माग उकास्न र हाम्रो निर्यात क्षमता विस्तार गर्न महत्वपूर्ण योगदान रहदै आएको छ’ ।
मन्त्री महतले निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्षले उठान गर्नुभएको सवालहरु सबै जायज मागहरु रहेको उल्लेख गर्नुहुँदै सरकारले चाहदा चाहदै पनि देशमा आर्थिक स्रोतको कमीका कारण तत्काल संबोधन गर्न नसिएको र निकट भबिष्यमा निर्यातकलाई सहुलियत उपलब्ध गराईने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसैगरि उहाँले भारतसँगको व्यापार सम्झौताबाट फाईदा लिन छाडेर साफटाको बिषय उठाउन आवश्यक नरहेको प्रष्ट पार्नुभयो ।
उहाँले निर्यात क्षेत्रको भविष्य निकै राम्रो रहेको बताउनुहुँदै निर्यातमुखी अर्थतन्त्रका लागि सरकारले वातावरण तयार पार्न सक्दो प्रयास जारी राख्ने समेत उल्लेख गर्नुभयो । डा. महतले नेपाली उत्पादनहरु उच्च प्रविधियुक्त भन्दा पनि मौलिक हुनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष शंकर प्रसाद पाण्डेयले पहिला के के भयो भएन भन्नेमा भन्दा अब कसरी अगाडी बढ्ने भन्ने चर्चा गर्नु बढी सान्दर्भिक र व्यावहारिक हुने उल्लेख गर्नुहुँदै निर्यात वृद्धिका लागि लक्ष्य तोकी काम गर्न सक्ने विभाग तथा शाखा नहुँदा यो क्षेत्र सधै उपेक्षित रहेको औंल्याउनुभयो ।
अध्यक्ष पाण्डेले निर्यात वृद्धिका लागी सहुलियतपूर्ण ऋणको व्यवस्था मिलाउन माग राख्नुहुँदै यस प्रकारको सुविधाले निर्यातमा उल्लेख्य वृद्धि हुने दाबी गर्दै भन्नुभयो ”निर्यात वृद्धिको लागी बढीमा साढे ६ व्याजदरमा सहुलियत पूर्ण ऋणको व्यवस्था गर्न जरुरी छ । ऋणको लागि चाहिनेरकमको श्रोत पहिचान गर्न एवं कार्यविधि बनाई पूर्ण सदुपयोग हुने गरी कार्यान्वयनमा लाने कुरामा हामी सहयोग गर्न सदैव तयार छौ । अर्को हामीले निर्यात वृद्धिका लागी एउटा छुट्टै निर्यातलाई सहयोग पुग्ने खालको निर्यात नीतिको तर्जुमा गरी कार्यान्वयनमा ल्याउन जरुरी देखेका छौं”।
त्यस्त,ै उहाँले सरकारले दिने नगद अनुदान रकम कम हुँदा साना उद्यमीहरुले अनुदान पाउन नसकेकोले अनुदान रकम बढाउनु पर्ने, निर्यात क्षेत्रका निम्ति छुट्टै एफडिआई नीति ल्याउनुपर्ने, नेपालमै बिक्री केन्द्र र अन्तराष्ट्रि«य स्तरको मेला आयोजना गर्न घर, लिजमा जग्गा उपलब्ध तथा एक्पोर्ट भिलेजको आवश्यक रहेको, निर्यातजन्य केहि वस्तुको कच्चा पद्धार्थ आयातमा भन्सार बृद्धि भएकाले सोको पुनरावलोकन हुनुपर्ने, ऊनी, कपास र तरकारीमा लगाईएको मुल्य अभिबृद्धि कर हटाउनुपर्ने, कर छुट कायम राख्नुपर्ने माग राख्नुहुँदै बजेटले निर्यात भएपछि स्वतः निर्यातक कम्पनीको खातामा निर्यात अनुदान जम्मा हुने स्वचालित प्रणाली, निर्यातलाई व्यवस्थित गर्ने स्थायी संयन्त्रको व्यवस्था लगायतका विषयलाई बजेटले सम्बोधन गर्न नसकेको र समग्र बजेट सकारात्मक रहने भए पनि कार्यान्वयनमा भने समस्या रहदै आएको उल्लेख गर्नुभयो ।


अध्यक्ष पाण्डेले निजी क्षेत्रको प्रयासबाट दाँयारा बढाउदै निर्यात व्यवसायीहरुले १५५ देशसम्म नेपालका उत्पादन नियमित निकासी गर्दै आएको जनाउनुहुँदै १२८ देशसँग नेपालको व्यापार घाटा रहेको जानकारी समेत गराउनुभयो ।
कार्यक्रम माझ नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्यालले हुलाक मार्फत ई कमर्सलाई दुरदराजदेखी विश्वसम्म जोडन सकिने हुँदा यसको प्राविधिक पक्षको सबलीकरणमा सरकारले जोड दिएको उल्लेख गर्नुभयो । साथै उहाँले नेपालको लोजिस्टिक सेवा कमजोर रहेकोले सोमा सुधार गर्न र विश्वबजारमा जाँदा आफनो कम्पनीको एकल उत्पादन भन्दा सामुहिक व्यवसायिक हितको निम्ती उदार बन्न पनि निर्यातकहरुलाई आग्रह गर्नुभयो ।
सांसद गणेश पराजुलीले उत्पादनशिल क्षेत्रको ५ प्रतिशत मात्र योगदान रहेको जनाउनुहुँदै निर्यात माथि जोड नदिईदा रेमिटेन्समुखी भएकाले अर्थतन्त्र उकासिन नसकेको जिकिर गर्नुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उत्पादनशिल क्षेत्रमा आयात प्रतिस्थापन गर्ने गरि बजेट आउने हो भने विदेशी मुद्रा बढने र आयात निर्यात बीचको असन्तुलनमा कमी आउने उल्लेख गर्नुभयो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निर्यातक भनेका विदेशी मुद्रा आर्जन गर्ने राष्ट्र शक्ति भएकाके यस क्षेत्रका तमाम समस्या हल गर्न सरकार गम्भिर बन्न जरुरी रहेको औंल्याउनुभयो ।


उत्कृष्ट निर्यातकर्ताहरू सम्मानित
बार्षिकोत्सवको अवसरमा महासंघले उत्कृष्ट निर्यातकर्ताहरूलाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा नेपाल पस्मिना इन्ड्रष्टिज एसोसिएशनबाट कर्केन कुमार गुरुङ, नेपाल ऊल फेल्ट प्रड्युसर्स एण्ड एक्पोर्टस एसोसिएशनबाट महेश्वर श्रेष्ठ, गार्मेन्ट एसोसिएशन अफ नेपालबाट शक्ति कुमार गोल्यान र फेडेरेशन अफ लार्ज कार्डामोम इन्टरप्रेनर्स अफ नेपालबाट ईन्द्र कुमार अग्रवाल, त्यसैगरी नेपाल ह्याण्डमेड पेपर एसोसिएशनबाट पद्मरत्न धाख्वा, नेपाल हर्बस एण्ड हर्बल प्रोडक्ट्स एसोसिएशनबाट प्रसुन सत्याल, नेपाल कार्पेट प्रड्युसर एण्ड एक्सपोर्ट एसोसिएशनबाट छेवाङ्ग डाम्डुल लामा, नेपाल जिन्जर प्रोडुसर्स एशोसिएसनबाट श्याम लिम्बु, अर्गानिक एशोसियसन अफ नेपालबाट तारा बास्कोटा, फेयर टेड ग्रुपबाट मिलन भटराई, हिमालयन अर्थोडक्स टिबाट निरज राठी, फुटवेयर म्यानुफयाक्चरर एशोसियसन नेपालबाट विदुषी राणा, नेपाल कथ्था उत्पादक संघबाट कैलाश चन्द्र गोयल, ह्याण्डिक्राप्ट ग्लास उद्योग फ्रफोसन एशोसियसन अफ नेपालबाट गोपी प्रसाद कँडेल, नेपाल ब्रुम एशोसियसनबाट संजिव शाह, नेपाल प्लाई म्यानुफयाक्चरर एशोसियसनबाट बिष्णुमदोगदिया, नेपाल डेरी एशोसियसनबाट निराजन कोईराला, रुद्राक्ष व्यवसायी संघबाट शालिक राम थापा र नेपाल कफी प्रोड्युसर्स एशोसियसनबाट बोधराज अर्याल हुनुहुन्छ । सोही अवसर माझ निर्यात स्मारिका २०८० का अतिथि सम्पादक सरोज ओझा र कथा नेपाललाई कदर पत्र प्रदान गरियो । बार्षिकोत्सवमा उपस्थित प्रमुख अतिथि तथा सबै अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।


यसैगरी सो पूर्व फिनले आफनो बन्द सत्र कार्यक्रम सम्पन्न गरेको थियो । उक्त सत्रमा महासचिव देवानन्द सरावगीले प्रतिवेदन सार्वजनिक गर्नुहुँदै निर्यात प्रबद्र्धनसंग जोडिएका विभिन्न सवालहरुमा निरन्तर सक्रिय रुपले सम्बन्धित सरोकारवालासंगको महासंघले औपचारिक तथा अनौपचारिक छलफल र अन्तरक्रिया कार्यक्रमहरुमा सहभागीता जनाउदै आएको जानकारी दिनुभयो । उहाँले आफ्ना सदस्य संघहरुले उठाएका सवालहरुलाई लिएर नेपाल सरकारका सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउने र नीतिगत सुधार तथा कार्यान्वयनमा देखिएका समस्याहरुको बिषयमा बहस तथा पैरवीका कार्यक्रमहरु गरिएको बारे प्रकाश पार्नुभएको थियो ।
महासचिव सरावगीद्वारा प्रस्तुत प्रतिवेदनमा निर्यातजन्य बस्तुगत संघहरु तथा निर्यातकर्ता व्यवसायीहरुको छाता संगठन भएकाले नेपालबाट निर्यात हुने बस्तुको उत्पत्तीको प्रमाणपत्र जारी गर्नका लागि निर्यात व्यवसायी महासंघलाई अधिकार दिईनु पर्ने, नेपालबाट निर्यात हुने वस्तुको लागि स्वदेशमा पर्याप्त मात्रमा कच्चा पदार्थ उत्पादन हुन नसकेको कारण निर्यात रकमको ठूलो हिस्सा विदेशिएकाले त्यसबाट अर्थतन्त्र प्रभावित बन्दै आएको, लागत मुल्य पनि बढ्ने हुदाँ च्याङग्रा तथा भेडा पालन, सिल्क धागो उत्पादन, कपास खेती तथा स्थापना भईसकेका कपडा मिलहरुलाई सुचारु रुपमा चलाउन समुचित व्यवस्था गरिनुपर्ने जस्ता सवालहरु उठान गर्नुभयो ।








काठमाडौं । अहिले पनि जन्मदिन होस् वा बर्थ डे, म्यारिज एनिभर्सरी बेबी सावरलगायत हरेक शुभकार्यमा केकको प्रयोग बढ्दै गएको छ । काठमाण्डौ तारकेश्वर ११ स्थित नेपालटारमा संचालनमा रहेको मिठो बेकरी गुणस्तरीय र उत्कृष्ट बेकरी आइटमको लागि लोकप्रिय बन्दै गएको छ। गुणस्तरीय र ब्रान्डेड केक उपभोक्तामाझ पुर्याउने अवधारणाबाट यो केक सपको स्थापना गरिएको छ ।
लामो समय वैदेशिक रोजगारमा रहँदा सिकेको सीप र अनुभवलाई संगाल्दै एक्जुकेटिभ पेस्ट्रि सेफ योगेन्द्र थापाले बेकरी उद्योग सञ्चालन गरेका हुन् ।मिठो वेकरीमा सम्पूर्ण परिकारहरु उपलब्ध हुनेछन् । यो केक सपले फ्रेस, गुणस्तरीय, उत्कृष्ट र प्रविधियुक्त सरल सेवालाई उच्चप्राथमिकतामा राखेको जनाएको छ । बेकरी मार्फत बर्थ–डे केक, केक, ब्रेड, बिस्कुट, क्रिमडोल, पप, डुनोट,कुकिज कोदो, जौ, फापर, तिल, मुग्रेलोका विभिन्न प्रकारका पाउरोटी गुणस्तरीय केक र विभिन्न बेकरी आइटम उपलब्ध गराइएको छ ।
‘अन्य बेकरी आइटम भन्दा भिन्न स्वाद हाम्रोमा पाइन्छ, अर्डर गरेको १५ मिनेटमानै वर्थ डे केक उपलब्ध गराउछौ’ स्कुल , कलेजको लागि छुटको व्यवस्था पनि व्यवस्था छ । केक तथा बेकरी आइटम अनलाइन अर्डर पनि सकिन्छ । होम डेलिभरीको पनि व्यवस्था छ’ थापाले भने ।
सेलिब्रेटी सेफ तथा युवा व्यवसायी विनोद बराल अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) बेलायत च्याप्टरको अध्यक्षमा चयन भएका छन्। पोखरा पुख्र्यौली थलो भएका बराल खानाको अनुसन्धान र खोजीमा दक्ष मानिन्छन् ।
फिने बेलायत च्याप्टरको अध्यक्षमा चयन भएसँगै बरिष्ठ सेफ एवं व्यवसायी बरालले आफूले आर्जेको सीप र अनुभवलाई फिनेको उद्देश्य अनुरुप अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल तथा यूके युवा उद्यमी समुदायहरूबीचको सम्बन्ध थप बलियो बनाउने कोशिसमा आफू लागिपर्ने पनि उनले बताएका छन् । फिनेको नेतृत्वमा बेलायतसँगै संसारभर फैलिएका युवा उद्यमीहरूको सशक्तिकरण, आपसी सहकार्य, संस्थागत विकास र नेपाल र बेलायतबीच सामाजिक एवं आर्थिक दुवै स्तरमा सेतुको रुपमा आफूले काम गर्ने आफू आतु्र रहेको नवनियुक्त अध्यक्ष बरालले बताए। कडा मेहनत र परिश्रमकासाथ् अघि बढ्दै संस्थाका लक्ष्यहरू प्राप्त गर्न आफू हरदम प्रयत्नशील रहने प्रण उनको छ ।
साथै, अन्य युवा उद्यमीहरूको सशक्तिकरण तथा प्रोत्साहनका निम्ति संस्थामा आवद्ध हुँदै सहकार्य गर्न पनि सबै युवा उद्यमीहरूलाई उनले आव्हान गरेका छन्। फिने विश्वभरि छरिएका नेपाली युवा उद्यमीहरूको एक गैर नाफामूखी, गैर राजनीतिक गैरसरकारी संस्था हो ।
हालसम्म फनेको बेलायत, अमेरिका, अष्ट्रेलिया, मध्यपूर्व, हङकङ, जापान तथा चीनलगायतका मुलुकमा च्याप्टर खुलिसकेका छन्। फिने व्यवसायिकता तथा उद्यमशीलता विकासको उद्देश्यसहित नेपाली युवा उद्यमीहरूलाई एकताबद्ध गर्ने, सञ्जालको विस्तार गर्दै विचारको आदानप्रदान गर्ने साझा मञ्च हो ।
बराल फिने बेलायत अध्यक्षमा चयन भएकामा खुसी व्यक्त गर्दै फिने बेलायतकी संस्थापक अध्यक्ष मनिषा डंगोल श्रेष्ठले फिने यूकेलाई अझ अगाडि बढाउन बराल अत्यन्त सक्षम रहेको बताएकी छिन् । ‘संस्थापक नेतृत्वका हिसाबले हामीले गरेका कामलाई निरन्तरता दिँदै फिने यूकेलाई अझ अगाडि बढाउन विनोद बराल अत्यन्त सक्षम व्यक्ति हुनुहुन्छ ।
उहाँको नेतृत्वमा आगामी दिनमा यस संस्थाको अझ प्रगति हुनेमा म विश्वस्त छु’ श्रेष्ठले भनेकी छिन् ।