विश्वभर फैलिएको कोभिड–१९को महामारीबाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ४९ पुगेका छन् । गैरआवासीय नेपाली संघ(एनआरएन), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा ३३, अमेरिकामा १०, संयुक्त अरब इमिरेट्समा दुई तथा आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्डसमा एकएक जनाको निधन भएको हो ।
एनआरएन स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार नेपालबाहेक विश्वभर एक हजार ९८३ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको आँकडानुसार २४ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित रहेको कोडिभ १९ उच्चस्तरीय समिति एनआरएनर्का प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।
नेपालमा भने ४९ जनामा कोरोना संक्रमण देखिएको तथा १२ जना कोरोनामुक्त भएको समितिले जनाएको छ । यस्तै विदेशमा कोरोना संक्रमण भएका गैरआवासीय नेपालीमध्ये ४३४ जना कोरोनामुक्त भएको बताइएको छ । संक्रमित हुने नेपालीमा अमेरिका एक हजार, बेलायत सात सय, संयुक्त अरब इमिरेट्स ८१, बहराइन ४९, कुवेत ४२, पोर्तुगल २७, आयरल्याण्ड २२, स्पेन १२, अष्ट्रेलिया ११, बेल्जियम छ, स्वीजरल्याण्ड पाँच ,साउदी अरब र जर्मनी चारचार, मलेशिया, क्यानडा, न्युजिल्याण्ड र साइप्रस तीनतीन, जापान, हङकंङ र माल्टा दुईदुई तथा फ्रान्समा एक जना रहेको समितिले जनाएको छ ।
समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत ३६ नेपाली चिकित्सक, नेपाली कूटनीतिक नियोग, एनआरएनका शाखा तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतबार विदेशमा रहेका नेपालीको कोरोना संक्रमणको तथ्यांक संकलन गर्दै आएको छ ।
यसैबीच कोरोना भाइरसको महमारीबाट प्रभावित नेपालीको सहयोगार्थ एनआरएनले आफ्ना शाखालाई परिचालन गरेको छ । एनआरएका महासचिव डा हेमराज शर्माका अनुसार कोरोना महामारीपछि ४१ देशमा रहेका एनआरएनका शाखामार्फत नौ सय स्वयंसेवक परिचालन गरिएको छ । कोरोना संक्रमणपछि विश्वभर छरिएका करीब ३० हजार गैरआवासीय नेपालीले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राहत प्राप्त गरेको एनआरएनले जनाएको छ ।
डा शर्माका अनुसार ७० भन्दा बढी गैरआवासीय नेपाली चिकित्सकसमेतले कोरोना संक्रमित देशमा गैरआवासीय नेपालीलाई सघाइरहेका छन् । यसअघि चीनबाट कोरोना भाइरस संक्रमण शुरु भएलगत्तै एनआरएनले अध्यक्ष कुमार पन्तको अध्यक्षतामा कोभिड –१९ उच्चस्तरीय समिति गठन गरी काम अघि बढाएको थियो ।
वीरगन्ज : वीरगन्जमा थप २ जनामा कोरोना भाइरस कोभिड–१९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै पर्सा, विरगन्ज निवासी २ जना व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तीमा भनिएको छ । नेपालमामा कोरोना संक्रमितको संङख्या ५१ पुगेको छ । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परिक्षणको नतिजा अनुसार नयाँ पुष्टि भएको सङख्या २ छ । उहाँहरु दुवै विरगन्ज निवासी ५० वर्षका पुरुष हुनुहुन्छ ।
कोरोना पुष्टि भएका वीरगन्ज–२ घुसुकपुरका ५० वर्षीय पुरुषलाई पनि भर्खरै अस्पताल ल्याइएको छ।
वीरगन्जका थप २ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले यसअघि कोरोना संक्रमणको पुष्टि भएका छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन भारतीय जमातीसँगको सम्पर्कमा रहेका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको बताएका छन् ।
ती मध्ये वीरगन्ज–३ छपकैयाका ५० वर्षीय पुरुषलाई प्रहरीले नारायाणी अस्पताल वीरगन्जमा ल्याएको छ। उनी वीरगन्ज महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारी रहेका छन्। अर्का वीरगन्ज–२ घुसुकपुरका ५० वर्षीय पुरुषलाई पनि भर्खरै अस्पताल ल्याइएको छ। उनलाई शंकास्पद ठानी सिदार्थ माविको क्वारेन्टाइनमा राखिएको थियो ।
सहायक प्रजिअ बस्नेतका अनुसार कोरोना संक्रमित भारतीय जमातीसँग सम्पर्कमा रहेका वीरगन्ज महानगरपालिका वडा नम्बर १,२ र ३ का १ सय ४६ जना र पर्सा जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएका ४१ गरी १ सय ८७ जनाको स्वाब संकलन परीक्षणका लागि काठमाडौं पठाइएको थियो । सो मध्ये आइतबार बिहानसम्म ८२ जनाको रिपोर्ट आएको छ। जसमा दुई जनाका कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको हो।
कोरोना पुष्टि भएका अर्का वीरगन्ज–२ घुसुकपुरका ५० वर्षीय पुरुषलाई पनि भर्खरै अस्पताल ल्याइएको छ।

महाकाली नदीमा बगेकी एक महिलालाई प्रहरीले जीवितै उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत कोहलपुर पठाएको छ । जिल्ला सदरमुकाम खलङ्गाको तिङ्कर खेडा नजिकैबाट बगेकी व्यास गाउँपालिका–१ का ३० वर्षीया सपना ऐतवाललाई आज विहान प्रहरीले जीवितै उद्धार गर्न सफल भएको हो ।
ती महिलालाई जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत कोहलपुर पठाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।
नदीमा महिला बगिरहेको देखेपछि तत्काल प्रहरीले जिल्ला अस्पताल नजिकैबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयाका प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर शाहीले बताउनुभयो ।
झण्डै एक किलोमिटर बगेकी महिलाको जिल्ला अस्पताल दार्चुलामा उपचारपछि थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको जिल्ला अस्पताल चिकित्सक गजेन्द्र दुवालले बताउनुभयो । “अझै गम्भीर अवस्थामा हुनुहुन्छ”, उहाँले भनुभयो, “समयमै उपचार पाउन सक्यो भने बचाउन सकिन्छ ।”
जिल्ला अस्पालमा झण्डै पाँच घण्टा उपचारपछि थप उपचार गर्न कोहलपुर पठाइएको छ । उहाँलाई सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर लगिएको छ ।
काठमाडौं । लकडाउनका बारेमा ठोस निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक दिउँसो २ बजेका लागि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
शनिबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनबारे विश्लेषण गरेको थियो । त्यसमा लकडाउनलाई निरन्तरता दिने वा स्वरुप परिवर्तन गर्नेलगायतका विभिन्न प्रस्तावमा छलफल भएको थियो ।
कोरोना भाइरस संक्रमण फैलिएपछि सरकारले गत चैत ११ यता लगातार लकडाउन घोषणा गर्दै आएको छ । पहिलो र दोस्रो चोटी सात सात दिन अलकडाउन गरेको सरकारले तेस्रो चोटी भने १५ दिनलाई लकडाउन थपेको थियो । पछिल्लो समय संक्रमणको अवस्था हेरेर केही स्थानमा लकडाउन खुकुलो पार्ने कि भन्ने बहसहरु पनि भइरहेका छन् । यसबारे मन्त्रिपरिषद बैठकले छलफल गरेर अन्तिम निर्णय गर्नेछ ।
भारतको अवस्था समेत ख्याल गर्नुपर्ने भएकाले आगामी एक साता यहि स्वरुपमा लकडाउनलाई निरन्तरता दिएर आगामीसाताबाट स्वरुप परिवर्तन हुनसक्ने एक मन्त्रिको भनाई छ ।
उच्चस्तरीय समितिले आन्तरिक तथा बाह्य हवाइ उडानमाथिको रोक जेठ २ गतेसम्म कायम राख्ने निर्णय गरिसकेको छ । लकडाउनका कारण कोरोना संक्रमण फैलन नपाएको समितिको ठहर छ ।
आज बिरगन्जमा २ जना नयाँ संक्रमित फेला परेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ ।
काठमाडौं – सत्तारुढ नेकपाका उपाध्यक्ष बामदेव गौतमले आफ्नो विषयमा विभिन्न टिका टिप्पणी भएकोमा आफ्नो ध्यानआकर्षण भएको जनाएका छन्। आइतबार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी ओली र आफ्नोबीच भएका कुराकानीका सम्बन्धमा मनमौजी किसिमले टिकाटिप्पणी भएको दाबी गरेका छन्।
विज्ञप्तिमा उनले भनेका छन्,‘पार्टीभित्र र पार्टी र सरकारका बीच, अनि अन्य पार्टी र सरकारका बीच उत्पन्न समस्या समाधान कसरी गर्ने भन्ने सम्बन्धमा छलफल भएको थियो । समय र परिस्थिति प्रतिकूल जारी अध्यादेशहरु खारेज गरिएपछि पनि अनेकौँ समस्या पार्टीभित्र उत्पन्न भएका छन् ।
यी समस्या समाधान पार्टी र पार्टी कमिटीलाई बाइपास गरेर गरेर होइन, प्रधानमन्त्रीले प्रत्यक्ष छलफल गरेर र सबै किसिमका विचारहरुको सामना गरेर मात्र गर्न सकिन्छ । तसर्थ, सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटीको बैठक बोलाउनुस् । सबभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरुको सुझावलाई सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्नोस् भनेर मैले प्रधानमन्त्रीलाई सुझाव दिएको हुँ ।
उहाँले धैर्यतापूर्वक मेरो सल्लाह सुन्नुभयो, थोरै बोल्नुभयो, म बिदा भएर आएँ । भएको यत्ति हो । सबैलाई यही जानकारी लिन विनम्र अनुरोध गर्दछु ।’
बलिउड अभिनेता इरफान खानको आमाको भारतको जयपुरमा निधन भएको छ । ९५ वार्षीय उनको प्राकृतिक निधन भएको भारतीय संचारमाध्यमहरुले बताएका छन् ।
इरफान लामो समयदेखि विरामी भएर बिदेशमा उपचाररत छन् । लकडाउनको कारणले आउन नपाएपछि भिडियोकल मार्फत अन्त्येष्ट्री हेरेको बताइएको छ । उनीसँगै पिकुमा काम गरेका फिल्ममेकर सोजित सिरकारले इरफान सँग कुरा गरेको र उनी अत्यन्तै दुखी भएको बताए ।
उनले भने, “इरफान आफु पनि लामो समयदेखि बिरामी छ, आफै जीवन र मरणको दोसाधमा रहेर उपचार गराइरहेको उसलाई झन ठूलो पीडा थपिएको छ । उसको आमाको आत्माको शान्तिको कामना गर्दै उसको स्वास्थ्यलाभको कामना गरौं ।”
इरफान आफु बिरामी भएपछि ट्वीटरमा पटक पटक आफ्नो बेदना पोख्दै आएका छन् । ‘कयौ पटक एक झड्काका कारण म निन्द्राबाट जाग्ने गरेको छु’ उनले अगाडि लेखेका छन् ‘१५ दिन देखि मेरो जिन्दगी सस्पेन्स स्टोरी जस्तो भएको छ । दुर्लभ स्टोरी खोज्दा खोज्दै आफै दुर्लभ विमारीको सिकार भएको छु’, उनले अगाडि उल्लेख गरेका छन् ।
काठमाडौं – ब्रिटिस गट ट्यालेन्टमा नेपाली भीम निरौलाले आफ्नो प्रस्तुती दिएका छन् । सन्डे मर्निङ लभ मन्डे मर्निङ लभ गाएर उनले आफ्नो प्रस्तुती दिएका हुन् ।
उनले प्रस्तुती दिँदा निर्णायक तथा दर्शकले ठूलो हुटिङ गर्दै सँगै गाएर तथा नाचेर साथ दिएका थिए । भीमलाई प्रस्तुती दिँदै गर्दा आयोजकले स्टेजमा आएर निर्णायक सामु पुर्याएर हात मिलाउन लगाएका थिए । भीम अघिल्लो चरणमा प्रवेश गरेका छन् । गट ट्यालेन्ट विश्वका धेरै देशमा आयोजना हुँदै आएको अन्तर्राट्रिय रियालिटी हो । https://youtu.be/O2q8-HEqE9c
तनहुँमा केही दिन यतादेखि परेको अविरल वर्षाका कारण व्यास नगरपालिकाका दुई वडाका करिब दुई दर्जन बढी घर जोखिममा परेका छन् । व्यास नगरपालिकाका वडा नं १ र ३ का घरमा क्षति पु¥याउँदा जोखिममा परेका हुन् ।
व्यास नगरपालिका–१ लिचीघारीस्थितका एक दर्जन घर पहिरोले क्षति पु¥याउँदा पदम विश्कर्मा, मनोज धमेल, सूर्य मग्राती, उत्तम पुलामीलगायत घर जोखिममा परेका छन् । बस्तीमा नालीको व्यवस्थापन नहुँदा धेरै घरमा क्षति पुगेको छ ।
बिहीबार र शुक्रबार रातभर परेको अविरल वर्षाका कारण यस क्षेत्रका बासिन्दाको घर खतरामा परेकाले अन्य क्षेत्रमा पनि पु¥यराएको क्षतिको विवरण सङ्कलन कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताए ।
पहिराले बन्दै गरेको घरमा समेत क्षति पु¥याएको व्यास नगरपालिका–१ निवासी घरधनी धु्रव बस्नेतले जानकारी दिनुभयो । बस्ती नजिकै जग्गा प्लाटिङ गरिएको र प्लटिङबाट बगेर आएको बाढीले आफ्नो घरमा क्षति पु¥याएको उनले बताए । पहिरोपीडित बासिन्दाले जथाभावी प्लाटिङ गर्ने कार्य तत्काल रोक्नका लागि स्थानीय सरकारले समस्या समाधानका लागि पहल गर्नपर्ने उनीहरुले माग राख्दै आएका छन् ।
त्यसैगरी पहिरोले व्यास नगरपालिका–३ दुर्गा मन्दिर लाइनका पनि क्षति पुगेको छ । बस्तीमुनि गएको पहिरोले एक दर्जन बढी घर सङ्कटमा परेको वडा नं ३ का वडाध्यक्ष प्रेमकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रेमकुमार श्रेष्ठ, चुडामणि दाहाल, इन्द्रकुमार श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, त्रिभुवन श्रेष्ठ लगायत घर खतरामा परेको उनले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय नजिकैको पछाडिपट्टि पर्ने ती घरको भतेरीपट्टिको भागमा करिब ५० मिटर लामो पहिरो गएपछि ती घर सङ्कटमा परेका हुन् । मूल पलाउने र माटो बग्ने गरिरहेकाले पक्की घर नै बगाउने हो कि भन्ने चिन्ताले सताएर टोलवासी आत्तिएको वडाध्यक्ष श्रेष्ठ बताए ।
सिर्जना टोल विकास संस्था र वडा नं ३ को पहलमा रेडक्रस र व्यास नगरपालिकाबाट त्रिपाल र पाइप मागी माथिबाट झरेको पानी रोक्ने र माटो बग्न नदिने प्रयास गरिएको सिर्जना टोल विकास संस्थाका अध्यक्ष पुष्प श्रेष्ठले जानकारी दिए । गत वर्ष पनि सोही ठाउँमा पहिरो जाँदा ती घर खतरामा रहँदै आएका थिए । केही घरको पछाडि ग्याबियन र जाली लगाउने काम भए पनि कतिपय घरको पछाडि काम नहुँदा अहिले पहिरो खसेको हो ।
चट्याङले एफएममा क्षति
यसबीच शुक्रबार साँझ परेको चट्याङले तनहुँको डुम्रे बजारमा सञ्चालित रेडियो बन्दीपुरलाई क्षति पुगेको छ । बन्दीपुर गाउँपलिका–४ बन्दीपुरस्थित रेडियोको टावरमा चट्याङ पर्दा टान्समिटर, युपीएस, ब्याट्रीलगायत क्षति भएको छ । चट्याङबाट करिब रु १५ लाख बराबरको नोक्सान भएको रेडियोका प्रबन्ध निर्देशक विजयकुमार कार्कीले जानकारी दिए ।
असिनाले बर्खे फलफूलमा क्षति
त्यसैगरी केही दिन जिल्लाको ऋषिङ गाउँपालिकामा अहिलेसम्मको ठूलो असिना पर्दा बर्खे फलफूलमा क्षति पुगेको छ । खेती लगाउने समय हुँदै गरेकाले अन्य क्षति हुन नपाएको ऋषिङ गाउँपालिका कार्यालयले जनाएको छ । असिनाका कारण पलाउँदै गरेको डालेघाँस र बर्खे तरकारी आरु, नास्पति, निबुवा, कागती, रुखकटहरलगायत फलफूलमा क्षति पुगेको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । गाउँपालिकाभित्र
पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वव्यापी फैलिएको कोरोना सङ्क्रमणलाई लक्षित गरी वैकल्पिक शैक्षिक विधिको प्रयोग गर्दै शिक्षणसिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्ने बताएका छन् ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीद्वारा गत चैत २२ गतेदेखि सञ्चालित अनलाइन शिक्षक प्रशिक्षण कार्यक्रमको शनिबार आयोजित समापन समारोहमा उनले तुरून्तै विद्यालय खोलेर पहिलाजस्तै शिक्षक र विद्यार्थी प्रत्यक्ष उपस्थित भई पठनपाठन गर्ने अवस्था छिट्टै नआउने भएकाले सिकाइ क्रियाकलाप वैकल्पिक विधिबाट सञ्चालन गर्नुपर्ने उल्लेख गरे ।
शिक्षाको वैकल्पिक धारको नेतृत्व गरी शिक्षकलाई प्रविधिसँग नजिक बनाउन प्रयत्नशील रहेकामा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन परिवारलाई उनले धन्यवाद व्यक्त गरे । विद्यालय तहको कक्षा १ देखि ९ सम्मको अन्तिम परीक्षा सकिएको भए पनि कक्षा १०, ११ र १२ को परीक्षा हुन नसकेको अवस्थामा सरकारद्वारा गठित समितिको प्रतिवेदनको आधारमा स्थगन परीक्षा कहिले, कहाँ र कसरी सञ्चालन गर्ने भन्ने निर्णय गरिने उनले बताए ।
नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिका अध्यक्ष बाबुराम थापाले कोरोना माहामारीको विद्यमान अवस्थामा शिक्षण सिकाइ क्रियाकलापका वैकल्पिक उपायको आवश्यकता रहेको बताउँदै त्यसको नेतृत्व गर्ने सङ्गठनको कास्की समितिलाई धन्यवाद व्यक्त गरे ।
शिक्षक महासङ्घले कक्षा १० का विद्यार्थीको एसइई परीक्षालाई मध्यनजर गरी गठित विद्यार्थी हेल्प डेस्कमा बसी सहयोग गर्ने ३५ शिक्षकको सम्पर्क फोनलाई टोल फ्रि बनाउने कुरा सरकारका प्रतिनिधिसँग भए पनि कार्यान्वयनमा नआएको बताए । उनले सबै विद्यार्थी पैसा तिरेर शिक्षकलाई फोन गर्न सक्ने अवस्थामा नभएकाले तुरून्त शिक्षकहरूका तोकिएका सम्पर्क फोनलाई टोल फ्रि बनाउन आग्रह गरे ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष लक्ष्मण शर्माले शिक्षकलाई प्रविधिमैत्री बनाउन कास्कीले लिएको अग्रसरताको प्रशंसा गरे । कोरोना कहरले बन्दाबन्दीको अवस्थामा देशैभरिबाट एकाएक शिक्षक प्रविधिको उपयोगप्रति उत्सुक देखिएको उनले बताए ।
प्रतिनिधिसभा सदस्य पदम गिरीले कोरोना सन्त्रासले अस्तव्यस्तता ल्याएको समयमा पनि शिक्षणको वैकल्पिक बाटोबारे प्रयास गरिएको बताउँदै शिक्षा र स्वास्थ्यको जिम्मेवारी पूर्णरूपमा राज्यले लिनुपर्ने जोड दिए । अब आउने शिक्षा ऐनले शिक्षाको व्यापार र दलाली गर्ने नभई आमजनताको पहुँचमा पुग्ने कुराको सुनिश्चितता हुनुपर्नेमा उनले जोड दिए ।
सङ्गठनका जिल्ला अध्यक्ष रोमहर्षण पौडेलले प्रशिक्षणको शुरूदेखि आजसम्मका कार्यक्रम, सहभागी, उपलब्धि तथा चुनौती सम्बन्धमा प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा जिल्ला सचिव तीर्थराज ढकाल, सङ्गठनका उपाध्यक्षद्वय वसुन्धरा पौडेल र हर्कबहादुर लामिछाने, गण्डकी प्रदेश अध्यक्ष रामप्रसाद पोखरेल, वरिष्ठ उपाध्यक्ष केशवराज घिमिरेलगायतले कोरोना महामारीमा अनलाइन शिक्षाको आवश्यकता तथा औचित्य बढ्दै गएकामा जोड दिए ।
क्यूबाले शनिबार दक्षिण अफ्रिकामा २ सय १६ स्वास्थ्यकर्मी पठाएको छ । कोरोनाभाइरसको महामारीमा मद्दत गर्नका लागि क्यूबाले संसारभरी थप २० मेडिकल दल पठाएको छ । कतिले यसलाई समाजवादी एकताको रुपमा हेरिरहेका छन् भने कतिले मेडिकल डिप्लोमेसी नाम दिइरहेका छन् ।
बामपन्थी शासन–व्यवस्था भएको क्यूबाले बेहाल अफ्रिकी र क्यारेबियन देशमा करिब १२ सय स्वास्थ्यकर्मी पठाएका छन् । यहाँसम्म कि क्यूबाले युरोपको धनी देश इटलीमा पनि आफ्ना स्वास्थ्यकर्मी पठाएको थियो । अमेरिकाको डोनल्ड ट्रम्प प्रशासनले संसारभरीका देशलाई क्यूबाका स्वास्थ्यकर्मीलाई स्विकार नगर्न आग्रह गरेको थियो ।
यद्यपि, क्यूबाले जुन देशमा आफ्ना स्वास्थ्यकर्मीलाई पठाएको छ, त्यहाँ उनीहरुको स्वागत भइरहेको छ । क्यूबामा कोरोनभाइरसका कूल १३ सय ३७ संक्रमित भेटका छन् । हालसम्म यहाँ ५१ जनाको मृत्यु भएको छ । क्यूबामा प्रति व्यक्ति डाक्टरको उपलब्धता सबैभन्दा धेरै छ । क्यूबाको हेल्थकेयर सिस्टम महामारीसँग जुध्न उत्कृष्ट भएको भन्दै संसारभरी तारिफ हुने गर्दछ ।
दक्षिण अफ्रिकाका स्वास्थ्यमन्त्री ज्वेली मखिजले भने, ‘क्यूबाको सबैभन्दा राम्रो कुरा के हो भने यहाँ सामुदायिक स्वास्थ्य सेवा छ । हामी यो अवधारणा रुचाउँछौं । ’
दक्षिण अफ्रिकामा कोरोनाभाइरसका ४ हजार ३ सय ६१ संक्रमित भेटिएका छन् र यहाँ हालसम्म ८६ जनाको मृत्यु भएको छ ।
दक्षिण अफ्रिकाको क्यूबासँग विशेष सम्बन्ध छ । क्यूबाका सैनिकले दक्षिणी एंगोलामा लडाईं लडेका थिए र नेल्सन मण्डेलालाई जेलमुक्त गर्न सहयोग गरेको थियो । नेल्सन मण्डेलाले रिहा भएपछि फिडेल क्यास्ट्रोलाई धन्यवाद दिएका थिए ।

क्यूबाको मेडिकल डिप्लोमेसीः
क्यूबाले दुई हप्ताभित्र १९ देशमा आफ्नो मेडिकल दल पठाएको छ । अमेरिकाको प्रतिबन्धपश्चात् पनि क्यूबा अहिले पनि कोभिड–१९ विरुद्धको लडाईंमा महत्वपूर्ण भूमिका निभाइरहेको छ । क्यूबाले इटली, एन्डोरा, अंगोला, जमैका, मेक्सिको र भेनेजुएलासमेत १९ देशमा आफ्नो नयाँ मेडिकल टीम पठाएको छ जसमा ९ सय डाक्टर र नर्स समावेश छन् ।
यसबाहेक अर्जेन्टिना र स्पेनजस्ता देशको अनुरोधमा अझै कदम उठाउन बाँकी नै छ । क्यूबाको मेडिकल समूहले यसअघि पनि थुप्रै आपतकालीन स्थितीमा मानिसहरुको ज्यान बचाएको छ । यसअघि श्रीलङ्कामा सन् २००४ मा आएको सुनामी, पाकिस्तानमा सन् २००५ मा आएको भूकम्प र सन् २००६ मा इन्डोनेशियामा आएको भूकम्पका बेल क्यूबाले यी देशको भरपुर सहयोग गरेको थियो ।
सन् २००६ मा इन्डोनेशिया गएका टीमका सदस्य डाक्टर ओस्कर पतोलले आफ्नो अभियानबारे रोयटर्ससँग भनेका थिए, ‘आज ज्वालामुखी, भोलि कुनै भूकम्प र त्यसपछि बाढीजस्तो स्थितीमा क्यूबा कुनै पनि देशलाई सहयोग गर्न हरदम तयार छ ।’
कोरोनाले नराम्रोसँग प्रभावित गरेको इटलीमा क्यूबाले ५२ डाक्टर र नर्स मद्दतका लागि पठाएको छ । मुश्किल स्थितीमा काम गर्ने बानी भएका क्यूबाका डाक्टर र नर्सले इटलीमा पनि बहुमूल्य योगदान दिएको छ । करिब ६० वर्षदेखि क्यूबाले संसारका विभिन्न देशमा आफ्नो डाक्टर र नर्स पठाइरहेको छ ।
स्रोतः बीबीसी