generalnews
||Power News Asia||

आजको समाचार

जटही र खजुरी नाका बन्द

समाचार


काठमाडौँ, १६ जेठ । भारतबाट नेपालीलाई भित्रिनका लागि खुला गरिएको धनुषाको जटही र खजुरी नाका शुक्रबारदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय जिल्ला प्रशासन कार्यालय धनुषाले गरेको छ ।

भोकभोकै खान नपाएका कारण एक जनाको मृत्यु भएको एक दिन नबित्दै स्थानीय प्रशासनले सीमानाकाबाट आवतजावत पूर्णरूपमा बन्द गरेको हो । नेपाल–भारत सीमावर्ती क्षेत्र नाका हुँदै नेपाल भित्रिनका लागि सरकारले सबै नाका खुला राखे पनि धनुषाको नाका बन्द गरेको सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले जानकारी दिएका छन् । भारतबाट नेपाल भित्रिने नेपालीको चाप एकाएक बढ्न थालेपछि प्रशासनले धनुषाको दुवै नाकामा क्वारेन्टिनसहित अन्य व्यवस्थापन गरेर पुनः नाका सञ्चालनमा ल्याइने सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताएका छन् ।

सहायक प्रजिअ पोखेरलले सङ्घीय सरकारको निर्णयानुसार जिल्ला प्रशासन कार्यालय धनुषाले जटही र खजुरीको नाका बन्द गरेको स्पष्ट पारेका छन् । सीमानाका बन्द भएपछि अब धनुषावासीले महोत्तरीको मुख्यनाका भिठ्ठामोड र सिरहाको माडर नाकाबाट आउन भनेका छन् । (रासस)

म्याग्दीमा पनि फेला पयो कोरोना

समाचार


काठमाडौँ, १६ जेठ । म्याग्दीमा पहिलोपटक बिहीबार एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मालिका गाउपालिका–२ रुमका ३० वर्षीय युवालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

बेनीको न्यूवेष्ट प्वाइन्ट आवासीय माविको क्वारेन्टिनमा रहेका पुरुषको पोखरास्थित क्षेत्रीय प्रयोगशालामा स्वाब परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताएका छन् । “सङ्क्रमितलाई शैक्षिक तालिम केन्द्रमा स्थापना भएको आइसोलेसनमा लगिएको छ”, उनले भने, “बिहीबार बिहान १४ जनाको स्वाब पोखरा पठाइएकामा परीक्षण गर्दा एक जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।”

कोरोना सङ्क्रमित युवा जेठ ९ गते सुनौलीनाका हुँदै भारतबाट बेनी आएका थिए । उनी र सँगै आएकालाई सिधैँ क्वारेन्टिनमा लगेर राखिएकाले ‘ट्राभल हिस्ट्री’ देखिएको छैन । उनी बागलुङको बडीगाड र तमानखोला गाउँपालिकाका कोरोना सङ्क्रमितसँगै एउटै बसमा आएका थिए ।

म्याग्दीमा बिहीबारसम्म भारतबाट आएका ८५ लाई क्वारेन्टिनमा राखिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताएका छन् । कोरोना सङ्क्रमण परीक्षणका लागि बिहीबार म्याग्दी बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका २९ को स्वाब सङ्कलन गरिएको छ । (रासस)

क्वारेन्टाइनमा रहेका दुई जनामा कोरोना पुष्टि

समाचार


काठमाडौं, जेठ १६ । नवलपुरमा आज थप दुईजनामा कोरोना संक्रमण देखिएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्वको देवचुली नगरपालिकाको क्वारेन्टाइनमा रहेका १९ र २१ वर्षका दुईजना युवामा कोरोना पुष्टि भएको हो ।

भारत चीन सिमाको हिमाली क्षेत्रमा युद्धको खतरा, सैन्य गतिविधि तिव्र

समाचार


एजेन्सी १५ जेठ । भारत र चीनबीच सीमा विवादले युद्व निम्त्याउन सक्ने खतरा देखिएको छ । लदाखदेखि अरुणाचल प्रदेशसम्मको हिमाली क्षेत्रमा चीनले आफ्नो गतिविधि तीब्र पारेको छ । उक्त गतिविधिले दुवै देशबीच युद्व हुनसक्ने सम्मको आँकलन विज्ञहरुले गरेका हुन् । उक्त क्षेत्रमा भारतले समेत आफ्ना सीमा सुरक्षाको गतिविधि तीब्र पारेको छ ।

भारतले उठाएको सीमा विवाद मुद्दा योजनावद्व रहेको चीनले बारम्बार भनिरहेको छ भने चीनले प्यांगयोंग त्सोको तीन क्षेत्रबाट भारतीय सीमा मिचेको आरोप लगाइरहेको छ । चीन समिा विवादीत क्षेत्रमा कमजोर भइ प्रस्तुत नहुने र आफ्नो सुरक्षालाई मजबुत बनाई उपस्थित हुने चिनियाँ सञ्चार माध्यममा उल्लेख गरिएको छ ।

चीनले लगाातार विवादीत क्षेत्र मिचिरहेको र अगााडि बढीरहेको भारतलाई समेत मान्य नहुने जनाइएको छ । मिचि रहेको भूभागलाई लिन लडाई मात्र विकल्प रहेको भारतीय सञ्चार माध्यममा उल्लेख भइरहेको छ । चीनको पाकिस्तान प्रतिको झुकाव समेत बढीरहेको भारतीय सञ्चारमाध्यमहरुले लगातार भनिरहेका छन् । भारत सित चीनको मात्र सीमा विवाद नभइ नेपालसंग पनि उत्तिकै देखिएको छ । नेपाल र भारतबीचको समिा विवाद समेत भारतले सल्टाउन नसकेकोमा भारतले महत्वपूर्ण गृहकार्य गर्नुपर्ने आवश्यकता चीनले औँल्याएको छ । भारतको अमेरिका, जापान जस्ता देशहरुसंगको सम्बन्धले भारतको दृष्टीकोणप्रति चीनले खेद प्रकट गरिरहेको छ साथै भारतले चीन प्रभावित क्षेत्र तिबतमा निगरानी बदाएपछि भारतीय गतिविधि शंकास्पद रहेको चीनको भनाइ रहेको छ ।

हिमाली क्षेत्रमा दूवै देशबीचमको स्ट्याण्ड आफ सझौतालाई धक्का पुग्ने र युद्व निम्तिने खतरा देखिएको छ । चीन र भारत दुवै देशले सीमा क्षेत्रमा पूर्वाधार निर्माणलाई गति दिएपछि सैन्य उपस्थिति बढाएका हुन् । चीनले लदाख नजिकै हवाई केन्द्र विस्तार गरिरहेको स्याटलाइट तस्बिरले देखाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सैन्य उपस्थिति पनि बढाएको उल्लेख छ ।

बढ्दो तनावलाई दृष्टिगत गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभाल, रक्षा प्रमुख विपित रावतसहित स्थल, जल र हवाई गरी तीनैवटा सेनाका प्रमुखहरुसँग भेटेका छन् । रक्षामन्त्री राजनाथ सिंहले पनि सचिवहरुसँग आन्तरिक बैठक डाकेर सम्भावित चुनौतीबारे छलफल गरेको बुझिएको छ । 

यसैगरी, भारतले चीनसँग जोडिएको लदाखको विवादास्पद क्षेत्रसम्म विभिन्न पूर्वाधार निर्माण गर्न थाले भन्दै चिनियाँ पक्षले पनि शतर्कता अपनाएको छ । विवादास्पद क्षेत्रलाई भारले आफ्नो दाबी गर्दै आएको छ । चीनले यसअघि नै उक्त क्षेत्रमा पूर्वाधार विकास गरिसकेको छ । भारतले अहिले त्यस क्षेत्रमा पूर्वाधार विकासलाई तिव्र पारेको छ । जहाँ हजारौं सैनिक तैनाथ गरिएका छन् । लदाखको विवादास्पद उच्च क्षेत्रमा यी दुई देशको बढ्दो सैन्य उपस्थितिलाई गम्भीरताका साथ हेरिएको छ ।

भारतले लदाखमा चीनसँग जोडिएको सीमा क्षेत्रसम्म रणनीतिक सडकहरुको निर्माण योजना सारेको छ । सन् २०२२ सम्म ६१ वटा सडक निर्माणको लक्ष्य पुरा गर्ने उल्लेख छ । रणनीतिक रेल्वे लाइनहरुको योजना पनि सारेको छ । जसमध्ये ९ वटा चीनसँग र ५ वटा भारतसँगको सीमा नजिकसम्म हुनेछ । यसबाहेक हवाई केन्द्रहरु स्थापना गर्ने देखि स्तरोन्नतिसम्मको योजना रहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

यसैगरी विदेशी शक्तिको चलखेलले सिमा विवाद तनावग्रस्त बनेको चीनको भनाई छ । चिनियाँ प्रभावित गल्वान क्षेत्रबाट चीनले आफ्नो गतिविधि तीब्र र आक्रमक पारेपछि भारतको केन्द्र दिल्लीसम्मको विषय बनेको थियो । चीनले तीन तर्फबाट लाइन अफ कन्ट्रोल पार गरी आफ्नो सैन्य गतिविधि तीब्र पारेको भारतीय सञ्चारमाध्यममा बारम्बार आइरहेको देखिन्छ । चीनले भने उक्त क्षेत्र आफ्नो भन्दै दाबी गर्दै आएको छ ।

चीन र भारतले अफ्नो क्षेत्र दाबी गरिरहेको पूर्वी लदाखमा सिमांकन भने स्पष्ट नरहेको कारण दूवै देशहरुले पेट्रोलिङ तीव्र गरेको चिनियाँ सञ्चारमाध्ममा उल्लेख छ । चीन भारतीय पदाधिकारीबीच उच्च स्तरको वार्ता भइरहेको जनाइएको छ । यस विषयका केहि मुद्दाहरु मात्रा समाचारमा आइरहेको कारण सोहि विषयले सर्वसाधारणको ध्यान समेत केन्दित गरेको चिनियाँ सञ्चारमाध्यमा उल्लेख गरिएको छ । अहिले उत्पादित समिा विवाद दिल्लीको योजनावद्व चाल रहेको चिनको यस प्रति आपत्ति रहेको छ । भारतलाई समेत उक्त क्षेत्र चीनकै रहेको स्पष्ट भएपनि गतिविधि तीब्र पारेकोमा चीनले पछाडि नहट्ने दाबी गरेको छ । भारतले आफ्नो तीब्रता कम नगरे बेजिङ दिल्लीको सम्बन्धमा असर पुग्ने र डोक्लाम स्ट्याण्डअफ सम्झौतामा समेत धक्का पुग्ने भनिएको छ । यस गतिविधिमा विदेशी शक्तिले समेत हावा दिइरहेको उल्लेख गरिएको छ । चीनलाई अमेरिकाले बारम्बार कोरोनाका कारण आरोप प्रत्यारोप लगाइरहेको कारण दुवै देशबीच तवाको स्थिती रहेको छ । अमेरिकाले भारत र चीनको सम्बन्ध नरुचाएको र बारम्बार तनाव सिर्जना गरिरहेको चिनियाँ सञ्चार माध्यममा उल्लेख गरेका छन् ।

विदेशबाट आउने नेपालीको व्यवस्थापनको जिम्मा सेनालाई दिने तयारी

समाचार


काठमाडौं, जेठ १५ । छाउनीस्थित नेपाली सेनाको महावीर गण (रेञ्जर) परिषरमा कार्यालय रहेको क्राइसिस म्यानेजम्यान्ट सेन्टर (सीसीएमसी)ले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अपनाउनुपर्ने सावधानी, विदेशबाट आउने नेपाली नागरिकहरूको व्यवस्थापनबारे कार्ययोजना बनाइ प्रधानमन्त्रीलाई दिएको छ। उक्त कार्यायोजनामा के छ भन्ने विषय भने गोप्य राखिएको छ।

उक्त कार्यायोजनालाई मन्त्रिपरिषद्ले स्विकृती दिएपछि कार्यान्वयनमा आउने छ। भारत र अन्य मुलुकबाट नेपालीहरूलाई व्यवस्थापन गर्ने जिम्मा नेपाली सेनालाई दिने तयारीसमेत रहेको रक्षा मन्त्रालय स्रोतले बताएको छ।

विदेशबाट फर्किएका नेपालीहरूलाई ल्याउने र उनीहरूको व्यवस्थापन गर्न सरकारले नेपाली सेनालाई जिम्मा दिने तयारी गरेको छ। यद्दपी, सरकार त्यसबारे छलफलकै क्रममा छ। प्रधानमन्त्री केपी ओलीले पनि कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न नेपाली सेनालाई अग्रपंक्तिमा राख्न चाहेको स्रोतले बताएको छ।

विदेशबाट फर्कन चाहने नेपालीहरूको संख्या धेरै हुने भएकाले उनीहरूलाई अनुशासित ढंगले क्वारेन्टाइनमा राख्न र सम्बन्धित जिल्ला पु¥याउन नेपाली सेनाले मात्र सक्ने सरकारको बुझाइ रहेको आजको अन्नपूर्ण पोष्ट् दैनिकमा खवर छ ।

सुर्खेतमा थपिए १५ सङ्क्रमित, मृतकको रिर्पोट ‘नेगेटिभ’

समाचार


सुर्खेत, जेठ १५ । पछिल्लो २४ घण्टामा सुर्खेतमा थप १५ सङ्क्रमित फेला परेका छन् । यससँगै कर्णाली प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३८ पुगेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर परीक्षण गरिएकामध्ये वीरेन्द्रनगर नगरपालिकाका सात पुरुष, तीन महिला, चौकुने गाउँपालिकाका दुई महिला, एक पुरुष, सुदुरपश्चिमको बझाङ घर भएका ५५ वर्षीय एक पुरुष र पहिचान हुन बाँकी एक महिलामा गरी १५ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

महाशाखा प्रमख डा लक्ष्मीनारायण तिवारीले नयाँ पहिचान भएका सबै सङ्क्रमितलाई आइसोलेसनमा राखिएको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । बझाङका ५५ वर्षीय पुरुष तथा बोल्न नसक्ने एक महिलाको ठेगाना पत्ता लगाउन प्रयास भइरहेको उनले बताए ।

मन्त्रालयले प्रदेशका सबै जिल्लामा आरडिटी र पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन कार्य भइरहेको जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशभर ५५० आइसोलेसन, १७ भेन्टिलेटर रहेका छन् । पछिल्लो २४ घण्टामा सुर्खेत र जुम्लामा गरिएको १६० पिसीआर परीक्षणमध्ये सुर्खेतस्थित प्रदेश अस्पतालको प्रयोगशालामा १५ जनाको रिर्पोट पोजिटिभ आएको हो ।

मृतक युवाको रिर्पोट नेगेटिभ

भारत गुजरातबाट फर्कने क्रममा मङ्गलबार राति मृत्यु भएका सुर्खेतका एक युवकको कोरोना रिर्पोट नेगेटिभ देखिएको छ । प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काका अनुसार मृतकको बुधबार स्वाब परीक्षणका क्रममा कोरोना नभएको पाइएको छ । आफन्तका अनुसार ती युवामा बाथ रोगसम्बन्धी समस्या थियो । बबईबाट वीरेन्द्रनगर आउँदै गर्दा बान्ता गर्न थालेपछि उनलाई अस्पताल पु¥याइएको थियो । कोरोना नदेखिएपछि अस्पतालले शव परीक्षण गरेर परिवारलाई बुझाउनेछ । रासस

चौरजहारी घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन माग

समाचार


सुर्खेत, जेठ १५ । कर्णाली प्रदेशका मानवअधिकारकर्मी तथा नागरिक सङ्गठनले रुकुमपश्चिमको चौरजहारीस्थित अन्तरजातीय विवाहको सिलसिलामा कुटपिट गरी हत्या गरेको घटनाको अनुसन्धान गरी संलग्न सबैलाई कानूनी दायरामा ल्याउन ध्यानाकर्षण गराएका छन् ।

नागरिक सङ्गठनले बुधबार एक संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको यथाशीघ्र उच्चस्तरीय छानबिन गरी दोषीलाई कडा कारवाही गर्न सरकारसमक्ष माग गरेका हुन् ।

चौरजहारी नगरपालिका–८ सोतीगाउँमा जेठ १० गते जाजरकोट भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विश्वकर्मा तथा उनका साथमा गएका युवाको समूहमाथि गाउँलेले आक्रमण गरेका थिए । नवराजसहित तीन जनाको शव फेला परेको छ भने चार जना अझै बेपत्ता छन् । वडाध्यक्षसहितको सहभागितामा भएको घटनालाई सरकारले गम्भीरतापूर्वक अनुसन्धान गरी दोषी जोसुकै भए पनि कारवाही गर्नुपर्ने अधिकारकर्मीको माग छ ।

नागरिक सङ्गठनहरुले घाइतेको उपचार तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न समेत प्रदेश र सङ्घीय सरकारसमक्ष अनुरोध गरेका छन् । विज्ञप्तिमा भनिएको छ, “जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन २०६८ तत्कालीन व्यवस्थापिका संसद्बाट छुट्टै कानून पारित भएको जेठ १० गते अर्थात् दलित समुदायले उत्सव मनाउने दिनमा सामूहिक प्रकृतिको हत्याको घटनाले सिङ्गो मुलुकलाई स्तब्ध बनाएको छ ।”

विज्ञप्ती जारी गर्नेहरुमा उच्च अदालत बार एशोसिएसन सुर्खेत, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेत, गैरसरकारी संस्था महासङ्घ, नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश, आवाज, कर्णाली प्रदेश दलित अधिकार सञ्जाल, समाज जागरण केन्द्र (स्याक), सुन्दर नेपाल संस्था, मानवअधिकार एलाइन्स, दलित महिला सङ्घ र स्थानीय सरोकार समूह रहेका छन् ।रासस

संक्रमण थप बढ्दो, अब ५० हजार कीट मात्रै बाँकी

समाचार


काठमाडौं – कोरोना भाइरस संक्रमण दर बढ्दै जाँदा परीक्षणका लागि अत्यावश्यक मानिएको पीसीआर कीट सरकारसँग अत्यन्त न्यून रहेको पाइएको छ ।

स्वास्थ्य सेवा विभागका अनुसार ५० हजार पीसीआर कीट मौज्दात छ । 

संक्रमितको संख्या ८ सय ८६ पुगिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ लाई मध्यनजर गर्दै १ हजार ५ सय केसलाई आधार मानेर कीटलगायत स्वास्थ्य सामाग्री खरिद गरेको थियो ।

१ लाख २८ हजार पीसीआर कीट प्राप्त भएकामा ७८ हजार कीट वितरण गरिएको छ । थप एक लाख ७५ हजार पीसीआर कीट खरिद प्रक्रिया अघि बढाइएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

भारतबाट सलह नेपाल छिर्दै

समाचार


काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट जुधिरहेका नेपाली किसानसामु अब अर्को भयावह चुनौती थपिने भएको छ । सलह नामको एक प्रकारको फट्यांग्राले नेपाली किसानसामु ठूलो चुनौती थप्न लागेको हो। यो फट्यांग्राले नेपालको समग्र कृषि खेती प्रणालीलाई नै असर पुर्‍याउन सक्ने कृषिविद्ले चिन्ता व्यक्त गरेका छन् ।

सलह फट्यांग्रा (लकस्ट) को वैज्ञानिक नाम स्चिस्टोसिरका ग्रेगारिया हो। यसको एक बथान (झुन्ड) अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तान हुँदै भारत छिरेको छ। अर्को बथान हिन्द महासागर हुँदै भारतमा प्रवेश गरेको छ। भारतको दिल्ली, उत्तर प्रदेश, झासीलगायत स्थानमा यसको बथान प्रवेश गरिसकेको छ। भारतसँग जोडिएको सबैभन्दा नजिकको मुलुक नेपाल हो।

नेपालमा पश्चिमी दिशाबाट यो फट्यांग्रा भित्रिन लागेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ। यसले बढी सुदूरपश्चिमका जिल्लासँगै कर्णाली, प्रदेश ५ र पूर्वी जिल्लालाई प्रभाव पार्न सक्ने बताइएको छ।

भारतीय सीमासँग तराईका जिल्ला सबैभन्दा नजिक भएकाले असारदेखि लगाइने धानबालीलाई यसले ठूलो नोक्सानी पार्न सक्ने विज्ञहरूको भनाइ छ। यो फट्यांग्राले मुख्य गरी खाद्यान्न बालीलाई नराम्रो तवरबाट नष्ट गर्ने संयुक्त राष्ट्रसंघको फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसन(एफएओ) ले चेतावनी दिएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजेश बर्माले लेखेका छन् । 

५ दिनदेखि भारतको ओढारमा नेपालीः प्रहरीले लाट्ठी हान्छ, गाउँलेले हँसिया

समाचार


बैतडी – सीमानाका भारतको झुलाघाटमा करिब ३ सय नेपाली अलपत्र परेका छन् । विगत ५ दिनदेखि उनीहरु भोकभोकै छन् । भारतको विभिन्न ठाउँमा मजदुरी गर्ने उनीहरु घर फर्किने क्रममा सीमानाका बन्द हुँदा ओढारमा दिन रात कटाइरहेका छन् । 

कसैकसैलाई भारतीय गाडीले छोडेर गएको हो भने कोही हिँडेर आएका हुन् । 

ओडारमा बसेका झुलाघाटमा पुग्ने वित्तिकै प्रहरीबाट लखेटिए भाग्दै जंगलमा पुगे अहिले ओढारमा बसिरहेका छन् । 

बजारमा आए प्रहरीले लखेट्ने गरेको र माथि गएमा गाउँलेले लखेट्ने गरेको अलपत्र नेपाली बताउँछन् । 

उनीहरु भन्छन्, ‘हामी गाउँ नजिक जाँदा गाउँलेहरु लाट्ठी, हँसिया लिएर लखेट्न आउँछन् ।’ केही व्यक्ति ओढारबाट समेत लखेटिएको उनले बताए । यो समाचार आजको राजधानी दैनिकमा सीपी लोहियाले लेखेका छन् ।