प्रकाशित मिति : 28 May, 2020
|
1 SHARES |

काठमाडौँ, १५ जेठ । वाग्मती प्रदेश सरकारले छापा तथा विद्युतीय सञ्चारमाध्यम सञ्चालन गर्ने भएको छ । प्रदेशले आगामी आर्थिक वर्षमा सञ्चारगृह स्थापना गरी अनलाइन, रेडियो, टेलिभिजन र छापाखाना सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउने भएको हो ।
प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारी कागजातसमेत छाप्ने योजनासहित छापाखाना सञ्चालन गर्न लागिएको बताएका छन् ।
सूचना तथा जानकारीमूलक सामग्री प्रकाशन तथा प्रसारण गर्ने उद्देश्यले सरकारी सञ्चारमाध्यम सञ्चालन गर्न लागिएको उनको भनाइ छ । सरकारले गरेका गतिविधिको आम नागरिकमाझ प्रचारप्रसार गर्न पनि सरकारमातहतको सञ्चार संस्था आवश्यक रहेको मुख्यमन्त्री पौडेलको भनाइ छ । “हामी वर्षमा करोडौँका कागज छपाइ गर्छौँ, त्यो सबै आफ्नै छापाखानाबाट छाप्न मिल्छ, पत्रपत्रिका पनि त्यहीँ छापिन्छ”, मुख्यमन्त्री पौडेलले भने ।
प्रदेश सरकारले हालै प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि सरकारले “गाउँका सूचना शहरमा” भन्ने नारालाई व्यवहारिकरूपमा कार्यान्वयन गर्ने खालको संयन्त्रको विकास गर्ने, ज्ञानवद्र्धक तथा जनचेतनामूलक कार्यक्रम निर्माण तथा प्रसारण गर्न आवश्यक प्रबन्ध मिलाउने, प्रदेशभित्र सार्वजनिक सूचना केन्द्र स्थापना र सञ्चालन गर्न विभिन्न निकायसँग साझेदारी गर्ने, स्थानीय तहका सूचना प्रदेश सूचना बैंकबाट एकद्वार प्रणालीमार्फत सम्प्रेषण गर्न संयन्त्र बनाउने, प्रदेश सूचना प्रविधिपार्क तथा आमसञ्चार केन्द्र स्थापना र सञ्चालनको खाका तयार गरी कार्यान्वयनमा ल्याइनेलगायतका कार्यक्रम समावेश छ ।
प्रदेशभित्र स्थापना हुने ई–पुस्तकालय, फ्रि वाइफाइ जोन सञ्चालनका लागि सहजीकरण गर्ने, डिजिटल साक्षरता तथा पत्रकार सीप विकास कार्यक्रम सञ्चालन गर्ने, रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण, नियमन र अनुगमनलाई प्रभावकारी बनाइनुका साथै सञ्चारमाध्यमलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । (रासस)
कैलाली, जेठ १४ । हिजोमात्रै भारतबाट फर्किएर आईसोलेसनमा भर्ना भएका एक जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा राखिएका जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्वर ७ का ५५ बर्षीय पुरुषको मृत्यु भएको प्रादेशिक अस्पतालले जनाएको छ ।
उनको बुधबार विहान मृत्यु भएको हो । मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन भईरहेको अस्पतालले जनाएको छ ।
लकडाउनको समयमा भारतको जोगवनी नाका हुँदै नेपाल आएका ३ सय ४ जना नेपालीहरुलाई उद्दार गरिएको छ । मंगलबार साँझ करिब सात बजे उनीहरु नेपाल आइपुगेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार भारतबाट नेपाल आएका ३०४ जना नेपालीहरूलाई उद्दार गरी विराटनगर १३ स्थित डिएभी स्कुलमा होल्डिङ स्टेशनमा राखिएको छ ।
सूचना अधिकारी तथा प्रवक्ता प्रनाउ मानबहादुर राईका अनुसार ३०४ जना मध्ये २३ जनालाई जिल्ला सुनसरी दुहवी नगरपालिका वडा नं ४ का वडा अध्यक्षले बुझेर सुनसरीतर्फ लगेका छन् ।
काश्मिरको कटुवा जिल्लास्थित गितादेवीको घरमा भेटिएको परेमा भारतीय प्रहरीलाई हस्तान्तरण गरिएको छ । २४ मेमा यो परेवा गिता देवीको घरमा पसेको थियो, त्यसयता यो परेवामाथि पाकिस्तानी जासूस हुनसक्ने आरोप लागेको थियो । यो परेवाको खुट्टामा रातो रंग पोतिएको छ र नम्बर अंकित एउटा रिङ पनि लगााइएको छ ।
‘हामीलाई थाहा छैन यो कहाँबाट आयो । स्थानीयले यसलाई हाम्रो बार नजिकैबाट कब्जामा लिएका हुन् । हामीले यसको खुट्टामा औँठी भेटेका छौँ, जहाँ नम्बर लेखिएको छ र अनुसन्धान जारी छ,’ कटुवा प्रहरीका सिनियर सुपेरिटेन्डेनट सैलेन्द्र कुमार मिश्रले भने ।
द टेलिग्राफसँगको कुराकानीमा एक प्रहरी अधिकारीले भनेका छन्, ‘चराको कुनै सीमा हुँदैन र बसाईसराईका कारण उनीहरु अन्तर्राष्ट्रिय सीमा काटेर जान्छन् । तर, नम्बर कोड गरिएको रिङ लगाइएको परेवा सरोकारको विषय हो किनकी घुमन्ते चरामा यस्तो लगााइएको हुन्न ।’
प्रहरीले अनुसन्धान नसकिएसम्म यो परेवालाई हिरासतमा राख्ने जनाएको छ । भारत र पाकिस्तान हुँदै डुलेर जासूसी गरेको अभियोगमा परेवा पक्राउ परेको यो पहिलो होइन । २०१५ मा यसैगरी मन्वाल गाउँमा परेवा भेटिएको थियो । त्यस चरामा पनि उर्दूमा केही सन्देश तथा नम्बर समेत लेखिएको स्ट्याम्प लगाइएको थियो । यद्यपी चराको एक्स र गर्दा केही शंकास्पद वस्तु भेटिएन । तर, प्रहरीले हिरासतमै राखेर यस चरालाई ‘शंकास्पद जासूस’ भन्यो ।
स्रोतः डेली मेल
काठमाडौँ, १४ जेठ । वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण आयले गरिबी र बेरोजगारी न्यूनीकरण हुँदै गए पनि विश्वभरि महामारीका रूपमा फैलिएको कोभिड १९ को प्रभावले विप्रेषणमा असर पर्ने देखिएको छ ।
सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले मङ्गलबार सार्वजनिक गर्नुभएको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रतिवेदनमा यस्तो देखाएइको छ । सार्वजनिक प्रतिवेदनले चालू आर्थिक वर्षका पछिल्ला महिनाहरूमा भने कोभिड १९ को प्रकोपका कारण बेरोजगारीसँगै गरिबी बढ्ने प्रक्षेपण गरेको छ ।
प्रतिवेदनअनुसार गएको फागुनसम्म वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या ५० लाख ४१ हजार रहेको छ । तिनीहरूले पठाएको विप्रेषणले देशको अर्थतन्त्रमा ठूलो योगदान पुगेको छ । यसले गर्दा देशको गरिबी घटाउन महत्वपूर्ण भूमिका खेलेको अनुमान गर्न सकिन्छ । नेपाल कुल गार्हस्थ्य उत्पादनको अनुपातमा उच्च विप्रेष्ण भित्राउने मुलुकको सूचीमा रहेको र विगत १० वर्षको औसत विप्रेषण आप्रवाह कुल गार्हस्थ उत्पादनमा २५ प्रतिशत रहेको छ । (गोरखापत्रबाट)
काठमाडौँ, १४ जेठ । हावाहुरीका कारण मकवानपुरमा एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।
मंगलबार साँझा एक्कासी आएको हावाहुरीले रुख ढल्दा राक्सीराङ–५ चैनपुरका ३५ वर्षीया वीरमाया प्रजा र राक्सीराङ–३ का छ वर्षीय बालक आयुष मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
साथै घाइते तीन जनालाई उपचारका लागि चितवन लगिएको छ । त्यसैगरी हावाहुरीले हेटौँडालगायत मकवानपुर जिल्लाको विभिन्न स्थानमा कर्कटपाताले निर्माण गरिएका घरका छानासमेत उडाएको छ । हावाहुरीले लाखौँ मूल्य बराबरको फलफूल, तरकारी नष्ट गरेको छ ।
खेतमा लगाइएको भिण्डी, घिरौला, बोडी, लौका, सिमी, काउलीका साथै मकैबाली र आँपमा समेत क्षति पु¥याएको जिल्ला कृषि ज्ञान केन्द्र मकवानपुरले जनाएको छ । त्यसैगरी हावाहुरीले हेटौँडास्थित फरेष्टी कलेजमा एक दर्जन सालको रुख ढालेको र विद्युत् पोलसमेत ढलेको जनाएको छ । (रासस)
कञ्चनपुर, जेठ १४ । दिनभर क्वारेन्टाइन व्यवस्थापनमा जुटेका कञ्चनपुरका एक जना वडा अध्यक्षको वेलुका मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष कल्लु रानाको गयराति मृत्यु भएको हो।
वडा नम्वर ७ कै राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका ५८ बर्षीय वडा अध्यक्ष राना एक्कासी बेहोस भएर ढल्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। उनको कोरोना परीक्षण हुने अस्पतालले जनाएको छ।
काठमाडौँ, १४ जेठ । कोरोना सङ्मितको उपचारका लागि बर्दियामा आइसोलेशन सेण्टर तयार गरिएको छ । जिल्ला समन्वय समितिको सभाकक्षमा सबै सुविधासहितको २६ शय्याको सेण्टर तयार गरिएको हो ।
वार्डमा एक मेडिकल सुपरिटेण्डेण्ट तथा एक चिकित्सकसहित स्वास्थ्यकर्मीको व्यवस्था गरिएको जिससका प्रमुख शंकरप्रसाद थारुले जानकारी दिएका छन् । त्यसैगरी जिल्ला अस्पताल गुलरियामा २५ शय्याको आइसोलेशन वार्ड निर्माण गरिएको छ ।
यहाँका कोरोना संक्रमितलाई दाङको अस्पतालमा लैजान समस्या भएपछि यहीँको अस्पतालमा आइसोलेशन वार्ड तयार गरिएको प्रमुख थारुले बताएका छन् । अहिलेसम्म नगरपालिकामध्ये गुलरियामा चार, राजापुर र बाँसगढीमा एकएक तथा बढैयाताल गाउँपालिकामा एक गरी सात जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । (रासस )
काठमाडौँ, १३ जेठ । सुदूरपश्चिम प्रदेश पत्रकार महासङ्घको टोलीले सोमबार दार्चुलामा रहेका पत्रकारसँग अन्तक्र्रिया गरेको छ । श्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को कारण पत्रकारले भोग्नुपरेको समस्या, सुरक्षा योजना र आगामी योजनाबारे अन्तक्र्रिया गरेको हो ।
सुदूरपश्चिम प्रदेश पत्रकार महासङ्घका अध्यक्ष अर्जुन शाह, महासचिव योगेश रावललगायतको टोलीले जिल्लास्थित पत्रकारसँग जिल्लाको अवस्था र पत्रकारले खेलेको भूमिका र पत्रकारको अवस्थाबारे अन्तक्र्रिया गरेको छ । कोभिड–१९ का कारण पत्रकार पनि जोखिममा पर्ने गरेको भन्दै सुरक्षा सावधानी पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिइएको छ ।
पत्रकार महासङ्घ दार्चुलाका अध्यक्ष शङ्करसिह धामीले कोभिड सङ्क्रमणका बीचमा पनि जिल्लामा रहेका पत्रकारको भूमिका प्रशंसनीय रहेको बताएका छन् । सङ्क्रमणको अवस्थामा पनि यहाँको समस्या, भइरहेको गतिविधि र सीमा क्षेत्रको मुद्दालाई सशक्तरूपमा उठाएको अध्यक्ष धामीले बताएका छन् । (रासस)
काठमाडौं, जेठ १३ । निजी डेरी र सरकारी स्वामित्वको नेपाल दुग्ध विकास संस्थान (डीडीसी) को गरी ६ अर्ब रुपैयाँभन्दा बढी मूल्यको धूलो दूध र बटर डम्प भएको छ । बढी खपत हुने होटल तथा रेस्टरेन्ट, पार्टी प्यालेस, स्कुल, क्याफेलगायत क्षेत्र बन्द भएपछि यस्तो अवस्था आएको हो ।
धूलो दूध ८ सय ५० टन र बटर ६ सय २५ टन मौज्दात रहेको डीडीसीका योजना तथा बजार व्यवस्था विभाग प्रमुख सञ्जीव झाले जानकारी दिए । ‘बटर र दूध गरी १ अर्ब रुपैयाँभन्दा बढीको डम्प भयो,’ झाले भने, ‘पुँजी बल्क हुँदा किसानलाई चैत १५ यताको भुक्तानी गरेका छैनौं ।’ डेरी उद्योगीसँग करिब ५ अर्ब रुपैयाँको धूलो दूध र बटर रहेको नेपाल डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालले जनाएको आजको कान्तिपुर दैनिकमा खवर छ ।