generalnews
||Power News Asia||

आजको समाचार

दशगजामा बाँधजस्तै भारतीय सडक, नेपाली भूभाग डुवानमा पर्ने खतरा

समाचार


बुटवल – भारतले सीमा क्षेत्रमा बाँध जस्तै ६ फुट उचाइको सडक निर्माण गरेपछि नेपाली भूभाग डुवानमा पर्ने खतरा बढेको छ । 

अन्तर्राष्ट्रिय मान्यतालाई लत्याउँदै भारतले दशगजा क्षेत्रमा सडक निर्माण गरिरहेको हो ।

प्रदेश ५ का ५ वटै जिल्लाका सीमामा यो सडक बनिरहेको छ । नवलपरासी र रुपन्देहीमा सीमाको २०–३० मिटर सडक बनेको हो । 

रुपन्देहीको रोहिणी गाउँपालिका–५ र ६ सँग सीमा जोडिएको दशगजा क्षेत्रमा अहिले भारतले सडक निर्माण गरिरहेको छ । 

चार लेनको पूर्वपश्चिम सडकले नेपाली भूभाग डुवानमा पर्ने भएको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लक्ष्मण पोखरेलले लेखेका छन् । 

कोरोना संक्रमणबाट पाचौं व्यक्तिको मृत्यु, आधिकारिक पुष्टि हुन बाँकी

समाचार


ललितपुर, १४ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पाचौं व्यक्तिको मृत्यु भएको छ । कलेजोको संक्रमणबाट किष्ट अस्पताल भर्ना भएका व्यक्तिको मृत्यु भई स्वाब संकलन गरी नमुना परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

५६ वर्षीय पुरुषको बुधबार निधन भएको र कोरोना भाइरसको संक्रमण मृत्युपछि मात्र पुष्टि भएको विश्वस्त स्रोतले जानकारी दिएको छ । स्रोतले भन्यो, ‘कोरोना संक्रमण पुष्टि भएको छ र यसबारे आधिकारिक जानकारी छिट्टै आउनेछ ।’

१२ जेठमा किष्ट अस्पतालमा ललितपुर बुङ्मती घर भएका ती पुरुष भर्ना भएका थिए । उनको निधन भएपछि किष्ट अस्पताल क्षेत्रमा सुरक्षा कडा पारिएको छ ।

यसअघि नेपालमा चार व्यक्तिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको पुष्टि भइसकेको छ । आज समेत मृत्यु हुनेमा ४ पुरुष र १ महिला छन् ।

किन आज संसदमा छलफलका लागि पेश भएन नयाँ नक्शासम्बन्धी विधयेक

समाचार


काठमाडौं, १४ जेठ । आज संसदमा छलफलका लागि पेश हुनुपर्ने नयाँ नक्शासम्बन्धी विधयेक स्थगित भएपछि संशय पैदा भएको छ । अपरान्ह २ बजे कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेले विधयेक पेश गर्नुपर्ने थियो तर भएन ।

सरकारले विधयेकको प्रस्ताव संसदमा दर्ता गरिसकेको छ । यसलाई छलफलका लागि पेश गर्नुपर्नेमा नहुनुमा दुईवटा मुख्य कारण भनिएको छ ।

पहिलो कारण मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टीको मधेशी, जनजातिलगायतको अधिकारका सुनिश्चित गर्नका लागि भनिएको संविधान संशोधनसहितको शर्त थियो । नक्शा जस्तो विषयमा राष्ट्रिय सहमति गरेर सर्वसम्मतमा जाने पक्षमा प्रधानमन्त्री केपी शर्मा ओली रहेका छन् । नेपाली काँग्रेसले पनि यसमा जोड दिइरहेको छ ।

दोस्रो कारण काँग्रेस वैधानिक तरिकाले पार्टीको निर्णय गरेर बढ्ने तयारीमा भएकाले हो । काँग्रेसले केन्द्रीय समिति बैठक डाकी छलफल गरेर आधिकारिक निर्णय साथ संसदबाट पारित गर्ने जनाइसकेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेस संस्थागत निर्णयसाथ आउने स्पष्ट पारिसकेका छन् । उनले सर्वसम्मत गरे जानुपर्नेमा समेत जोड दिएका छन् ।

कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नक्शा जारी गरेपछि सरकारले यसलाई संसदबाट पारित गर्ने तयारी गरिसकेको छ । तर, यसमा ढिलाई हुँदा आशंकाहरु बढेका छन् । सत्तारुढ दलका नेताहरुले आशंका नगर्न भन्दै सर्वसम्मतका लागि केही समय लिन लागिएको बताएका छन् ।

नेपाल विशेष सेवा विधेयक पेस

समाचार


काठमाडौँ, १५ जेठ । संदिग्ध व्यक्तिले सार्वजनिक सञ्चार माध्यमबाट गर्ने कुराकानीलाई समेत निगरानी गर्ने उद्देश्यबाट ल्याइएको नेपाल विशेष सेवा विधेयक प्रतिनिधि सभामा पेस भएको छ ।

राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित विधेयक प्रतिनिधि सभामा पेस गरिएको हो । विधेयकमा इन्टरसेप्सनलाई सर्तसहित प्रयोग गर्न दिने प्रावधान छ । अदालतको अनुमतिमा त्यस्तो श्रव्यदृश्य अभिलेख गर्न माग गरिए पनि मुख्य अनुसन्धान निर्देशकको निर्णयबाट अनुगमन गर्न मिल्ने गरी विधेयक तर्जुमा गरिएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा सचिव गोपालनाथ योगीले सन्देशसहितको विधेयक पेस गरेका छन् । दुवै सदनबाट पारित भई प्रमाणीकरणपछि कार्यान्वयनमा आउने छ ।

विधेयकले सर्तसहित व्यक्तिको सञ्चार सञ्जाल निगरानीको अधिकार गुप्तचर निकायलाई दिएको छ । प्रतिगुप्तचरी क्रियाकलापका सिलसिलामा अन्य माध्यमबाट सूचना सङ्कलन गर्न सम्भव नभएमा मुख्य अनुसन्धान निर्देशकको निर्णयमा सूचना सङ्कलन गर्न सकिने व्यवस्था छ ।

राष्ट्रिय सभाबाट पारित विधेयककोे दफा १० मा भनिएको छ, “यस ऐन बमोजिम नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनताको रक्षा गर्न वा राष्ट्रिय सुरक्षाको निमित्त त्यससम्बन्धी सूचना सङ्कलन तथा प्रतिगुप्तचरी क्रियाकलापका सिलसिलामा अन्य माध्यमबाट सूचना सङ्कलन गर्न सम्भव नभएमा मुख्य अनुसन्धान निर्देशकले कुनै संदिग्ध व्यक्ति, सङ्घ, संस्थाबाट सार्वजनिक सञ्चारमाध्यम वा अन्य माध्यमबाट भएका कुराकानी, श्रव्यदृश्य वा विद्युतीय सङ्केत वा विवरणलाई निगरानी वा इन्टरसेप्सन गरी अभिलेख गर्न सक्नेछ । ”

उक्त दफाको स्पष्टीकरण खण्डमा इन्टरसेप्सनलाई परिभाषित गरिएको छ । जसमा इन्टरसेप्सनलाई सञ्चार सञ्जालको अनुगमन तथा निगरानी गरी विषयवस्तु प्राप्त गर्ने कार्य मानिएको छ । यसरी सूचना सङ्कलन गरिँदा मुख्य अनुसन्धान निर्देशकले त्यस्तो सूचना सङ्कलन गर्नुपर्ने कारण र आधार खुलाई लिखित निर्णय गर्नुपर्ने व्यवस्था छ । सूचनाको सुरक्षित राख्ने दायित्व मुख्य निर्देशकलाई तोकिएको छ । (गोरखापत्रबाट)

हावाहुरीसहित वर्षाको सम्भावना

समाचार


काठमाडौं, १५ जेठ । आज हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिम वायुको आशिंक प्रभाव छ, देशको पूर्वी भुभाग नजिक निम्न चापीय रेखा रहेको र स्थानीय वायुको पनि प्रभाव छ ।

पश्चिम, पुर्वी र स्थानीय वायुको प्रभावले देशको विभिन्न भावमा सामान्य तथा आशिंक बदली रहने महाशाखाले जनाएको छ । आज दिउँसो देशको पश्चिमी भू-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पश्चिमी भू-भागका केहि स्थानहरुमा साथै मध्य तथा पूर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ रहावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

आज राति देशको मध्य र पूर्वी भू-भाग लगायत पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भू-भागका केही स्थानहरुका साथै पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।-File Photo

बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा जारी

समाचार


काठमाडौँ, १५ जेठ । कोरोनाको हटस्पट बन्दै गएको बाँके जिल्लाभरि बुधबार राति १० बजेदेखि लागू हुने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ ।

एकपछि अर्को गर्दै १७० जना कोरोना सङ्क्रमित देखिएपछि अवस्था नियन्त्रणबाहिर जान थालेपश्चात् सरकारले प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको सरुवा गरेर रामबहादुर कुरुम्बाङलाई नयाँ प्रमुख जिल्ला अधिकारी बनाएर बाँके पठाएको हो ।

बुधबार जिम्मेवारी सम्हालेलगत्तै प्रजिअ कुरुम्बाङले बाँकेमा कडाइ गरिने निर्देशन दिँदै बुधबार रातिदेखि नै अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । (गोरखापत्रबाट)

लेदोसहितको वर्षा

समाचार


काठमाडौँ, १५ जेठ । भारत र पाकिस्तानको मरुभूमिबाट नेपालमा धुलो उडेर आएको छ । यही बेला सक्रिय रहेको मौसमी प्रणालीले वर्षा गराएको छ ।

जसका कारण नेपालका विभिन्न भेगमा बुधबार हिले वर्षा भएको छ । विशेषगरी पूर्वी नेपालमा पहेलो कमेरो माटोजस्तो लेदो पानी परेको छ । पूर्वी नेपाल हुँदै नेपाल प्रवेश गरेको धुलो देशका विभिन्न सहरमा पुग्दा नपुग्दै वर्षासँग मिसिएर पृथ्वीको सतहमा त्यो धुलो खसेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तो धुलो मङ्गलबारदेखि नेपाल आएको हो ।

भारतको राजस्थान र पाकिस्तानको मरुभूमि क्षेत्रमा हावाको वेग तीव्र हुँदा हुरीसँगै धुलो नेपाल प्रवेश गरेको मौसमविद् विभूति पोखरेलले जानकारी दिएका छन् । लेदो पानी परेपछि महाशाखामा धेरैले के भएको भनेर जिज्ञासा राखिरहेको उनले बताएका छन् । उनका अनुसार त्यो क्षेत्र हुँदै नेपालमा जलवाष्पयुक्त वायुसँगै बेलाबेलामा हावाले धुलो लिएर आउने गर्छ । यो धुलोको प्रदूषण एकाध दिन मात्र कायम रहने उनले बताएका छन् । (गोरखापत्रबाट)

चन्द समूहका केन्द्रीय नेता गिरफ्तार

समाचार


काठमाडौँ, १५ जेठ । नेत्रविक्रम चन्द समूहका केन्द्रीय नेता लेखराज गजमेरलाई बुधबार साँझ धुलिखेलबाट गिरफ्तार गरिएको छ । गजमेरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलले थुनामुक्त गरेलगत्तै सादा पोशाकका प्रहरीले पुनःगिरफ्तार गरेका हुन् ।

प्रहरीले गजमेरलाई पुनःगिरफ्तार गरी काठमाडौँ लगेका हुन् । सङ्गठित अपराधअन्तर्गत विस्फोटक पदार्थ मुद्दामा केही महिनाअघि पक्राउ परेका गजमेरलाई बुधबार सर्वोच्च अदालतको आदेशमा थुनामुक्त गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशानुसार जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार गोविन्दप्रसाद घिमिरे र अधिकारकर्मी हिरामान लामाको रोहवरमा गजमेरलाई थुनामुक्त गरिएको थियो ।

लामाका अनुसार चन्द समूहका दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य गजमेरलाई धुलिखेल प्रहरीले थुनामुक्त गरेलगत्तै प्रहरी निरीक्षक सुरेश खत्री नेतृत्वको सादा पोशाकका प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालयको अघिल्तिरबाट गिरफ्तार गरी काठमाडौँ लगेको हो । जमेरलाई गत वैशाख १८ गते जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतबाट काभ्रेपलाञ्चोक ल्याइएको प्रहरीले जनाएको छ । (रासस)

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा दिएको शुभकामना सन्देशको पूर्णपाठ

समाचार


काठमाडौं, जेठ १५ ।

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु

आज बाह्रौँ गणतन्त्र दिवस। सर्वप्रथम यस दिवसको सुखद उपलक्ष्यमा म यहाँहरु सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु। यस अवसरमा जन्मसिद्ध श्रेष्ठताको सामन्तवादी प्रणालीमाथि आधारित र जबर्जस्ती थोपरिएको राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापनाको सपना देख्नुहुने र तिनै सपनाद्वारा हामीलाई आन्दोलनमा मार्गदर्शन गर्नुहुने अग्रजहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछु। आफ्नो जिन्दगी उत्सर्ग गरेर हामीलाई गणतन्त्रको उज्यालो प्रदान गर्नुहुने प्रातःस्मरणीय सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। गणतन्त्र प्राप्तिको यस कष्टसाध्य र लामो आन्दोलनमा सहभागी सबै न्यायप्रेमी जनसमुदायमा हार्दिक अभिनन्दन अर्पण गर्न चाहन्छु।

जनता साँचो अर्थ सार्वभौम बनेको यो दिन नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण र अविस्मरणीय दिन हो। गणतन्त्र दिवस जनताले सफलता प्राप्त गरेको र जनता विजयी भएको महान उत्सव हो। यस उत्सवमा म यहाँहरु सबैलाई पुनः हार्दिक वधाइ ज्ञापन गर्दछु।

मानव सभ्यताको विकास क्रममा सामाजिक प्रबन्ध र राज्यहरूको उत्पत्ति गणराज्यहरुबाटै भएको थियो। लोकतान्त्रिक विधिबाट निर्वाचित हुने गणनायकहरुबाट गणराज्यहरुको व्यवस्थापन हुने र हरेक महत्वपूर्ण निर्णयहरु जनताको अभिमतबाट निर्णित हुने यस्तो व्यवस्थाबाटै नेपाली सभ्यताको पनि आरम्भ भएको थियो। तसर्थ, गणराज्य नेपाली समाजको मौलिक प्रणाली होे। तर समयक्रममा यो प्रणाली भत्कियो। सामन्तवादको थालनीसँगै जन्मसिद्ध श्रेष्ठताका आधारमा शासकहरु स्थापित हुने, उनीहरुको वंश परम्पराका आधारमा शासन व्यवस्था सञ्चालन हुने र उनीहरुको हुकुम नै कानुन हुने चरम अलोकतान्त्रिक प्रणालीहरु स्थापित र विकसित हुँदै गए। झण्डै दुई हजार वर्षसम्म चलेको यस्तो सामन्ती प्रणालीलाई अन्त्य गरेर हामीले इतिहासको एउटा महत्वपूर्ण कडीलाई जोडेका छौँ। र, विकास गरेका छौं।

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु

आज बाह्रौँ गणतन्त्र दिवस। सर्वप्रथम यस दिवसको सुखद उपलक्ष्यमा म यहाँहरु सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु। यस अवसरमा जन्मसिद्ध श्रेष्ठताको सामन्तवादी प्रणालीमाथि आधारित र जबर्जस्ती थोपरिएको राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापनाको सपना देख्नुहुने र तिनै सपनाद्वारा हामीलाई आन्दोलनमा मार्गदर्शन गर्नुहुने अग्रजहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछु। आफ्नो जिन्दगी उत्सर्ग गरेर हामीलाई गणतन्त्रको उज्यालो प्रदान गर्नुहुने प्रातःस्मरणीय सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। गणतन्त्र प्राप्तिको यस कष्टसाध्य र लामो आन्दोलनमा सहभागी सबै न्यायप्रेमी जनसमुदायमा हार्दिक अभिनन्दन अर्पण गर्न चाहन्छु।

जनता साँचो अर्थ सार्वभौम बनेको यो दिन नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण र अविस्मरणीय दिन हो। गणतन्त्र दिवस जनताले सफलता प्राप्त गरेको र जनता विजयी भएको महान उत्सव हो। यस उत्सवमा म यहाँहरु सबैलाई पुनः हार्दिक वधाइ ज्ञापन गर्दछु।

मानव सभ्यताको विकास क्रममा सामाजिक प्रबन्ध र राज्यहरूको उत्पत्ति गणराज्यहरुबाटै भएको थियो। लोकतान्त्रिक विधिबाट निर्वाचित हुने गणनायकहरुबाट गणराज्यहरुको व्यवस्थापन हुने र हरेक महत्वपूर्ण निर्णयहरु जनताको अभिमतबाट निर्णित हुने यस्तो व्यवस्थाबाटै नेपाली सभ्यताको पनि आरम्भ भएको थियो। तसर्थ, गणराज्य नेपाली समाजको मौलिक प्रणाली होे। तर समयक्रममा यो प्रणाली भत्कियो। सामन्तवादको थालनीसँगै जन्मसिद्ध श्रेष्ठताका आधारमा शासकहरु स्थापित हुने, उनीहरुको वंश परम्पराका आधारमा शासन व्यवस्था सञ्चालन हुने र उनीहरुको हुकुम नै कानुन हुने चरम अलोकतान्त्रिक प्रणालीहरु स्थापित र विकसित हुँदै गए। झण्डै दुई हजार वर्षसम्म चलेको यस्तो सामन्ती प्रणालीलाई अन्त्य गरेर हामीले इतिहासको एउटा महत्वपूर्ण कडीलाई जोडेका छौँ। र, विकास गरेका छौं।

नेपालमा कुनै पनि स्वरुपको अनिर्वाचित सत्ता अन्त्य भएको छ। आज जनताले निर्वाचित गरेका प्रतिनिधिहरुद्वारा प्रतिपादन गरिएको संविधानद्वारा मुलुकको शासन व्यवस्था सञ्चालित छ। संविधानमा जनताका अधिकार एवं सर्वोत्तम हित र आकाङ्क्षाहरु प्रतिविम्बित भएका छन्। हाम्रा सम्पूर्ण साधनस्रोतहरू र प्रयासहरु ती आकाङ्क्षालाई मूर्त रुप दिन केन्द्रित छन्। सशस्त्र द्वन्द्वको शृङ्खला अन्त्य भएर मुलुकमा दिगो शान्ति कायम भएको छ। राजनीतिक अस्थिरता र सङ्क्रमणको पीडादायी कालखण्ड अब इतिहास बनेको छ।

गणतन्त्र स्थापनासँगै हामीले हासिल गरेका यी उपलव्धिहरु गौरवपूर्ण र दूरगामी महत्वका छन्। तर यिनै उपलव्धिमा मात्र आत्ममुग्ध भएर बस्न मिल्दैन।

गणतन्त्र लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धि हो। यस युगान्तकारी राजनीतिक परिवर्तनलाई सामाजिक जीवनका समग्र आयामसँग जोडेर समुन्नत प्रणाली विकास गर्न सकेमा मात्रै यो दिगो बन्न सक्छ। लोकतान्त्रिक गणतन्त्रलाई सबल तुल्याउन हामीले सामाजिक न्याय, सुशासन र समृद्धिका तीनवटै आयामलाई समुचित सन्तुलनका साथ अगाडि बढाइरहेका छौँ।

गणतन्त्र गणहरुमार्फत अर्थात् जनताहरूमार्फत जनताको तन्त्र हो। जनतालाई केन्द्रबिन्दुमा राखेर, जनताको इच्छामा र जनताका लागि सञ्चालित हुने शासन व्यवस्था हो। संविधान र कानुनमा उल्लेखित अधिकारको प्रयोग गर्न सक्नेगरी जनता सक्षम नहुँदासम्म गणतन्त्रले सार्थक रुप लिन सक्दैन।

यसका लागि उत्पादनका साधनमा जनताको पहुँच आवश्यक छ। यसका लागि उत्पादनको न्यायोचित वितरण र न्यायपूर्ण प्रबन्ध जरुरी छ। शिक्षा, स्वास्थ्य जस्ता आधारभूत विषयमा जनताको पहुँच आवश्यक छ। श्रम गर्न सक्नेका लागि रोजगारीको प्रबन्ध र श्रम गर्न नसक्नेका लागि फराकिलो सामाजिक सुरक्षाको जरुरी छ। यसका लागि अधिकार, अवसर, सुरक्षा र सम्मानमा सबैलाई समान व्यवहार गरिने कुरा सुनिश्चित हुन जरुरी छ।

हाम्रा सम्पूर्ण प्रयासहरु यी कामहरु मार्फत् गणतन्त्रलाई जनताको जीवनसँग जोड्ने विषयमा केन्द्रित छन्। यसैलाई हामीले परिपूर्ण लोकतन्त्र भनेका छौँ।

गणतन्त्र शासन प्रणाली मात्रै होइन। यो त नयाँ सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति पनि हो। गणतन्त्र सामाजिक न्याय र समानतामा आधारित समृद्धि सहितको प्रणाली हो, त्यसैले यहाँ महिला, दलित, पछाडि परेका कुनै पनि समुदायमाथिका कुनै पनि विभेदहरू ग्राह्य र सह्य हुन सक्दैनन्।

गणतन्त्रमा जाति, वर्ण, धर्म वा अरु कुनै पनि आधारमा कसैमाथि पनि असमानता, भेदभाव र छुवाछुतको व्यवहार स्वीकार्य हुन सक्दैन।  गणतन्त्र उन्नत लोकतान्त्रिक संस्कार भएको शासन प्रणाली हो। यहाँ विचारहरुबीच स्वस्थ बहस, मान्यताहरुबीच मर्यादित छलफल र असहमतिहरुको निर्वाध अभिव्यक्तिको प्रत्याभूति हुन्छ। तर घृणा, विद्वेष र विभाजन ग्राह्य हुन सक्दैन। गणतन्त्र विगतका अन्य कुनै पनि प्रणालीभन्दा शासन व्यवस्थाका हिसाबले मात्रै नभएर आचरण र व्यवहारले पनि उन्नत र परिस्कृत प्रणाली हो र हुनु पर्दछ। गणतन्त्रमा आफ्ना विचारहरु निर्वाध ढङ्गले अभिव्यक्त गर्न पाउने स्वतन्त्रता हुन्छ, तर आफ्ना विचार या स्वार्थका लागि हिंसा र आतङ्क तथा डर र त्रासको प्रयोग स्वीकार्य हुन सक्दैन। अधिकार र कत्र्तव्यको न्यायोचित सन्तुलनले नै गणतन्त्रलाई सफल र सार्थक तुल्याउँछ। सरकारको प्रयास गणतन्त्रलाई हरेक हिसाबले परिपूर्ण बनाउने कुरामा केन्द्रित छ।

१२ वर्ष आफैमा धेरै लामो अवधि होइन। गणतन्त्र स्थापनाका १२ वर्षमध्ये अधिकांश समय हामीले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन, नयाँ संविधान निर्माण गर्न र सङ्क्रमणकालको अन्त्य गर्न केन्द्रित गर्नु परेको थियो। गणतन्त्रलाई संस्थागत गर्न अधिकांश समय व्यतीत भएको यस अवधिमा पनि मुलुकले महत्वपूर्ण उपलव्धि हासिल गरेको छ। जनताको चेतनाले ठूलो फड्को मारेको छ। वर्षौँदेखि मूच्र्छित विकास र समृद्धिका सपनाहरुले साकार रुप लिन थालेका छन्। आफ्नो देश आफै बनाउन सकिन्छ भन्ने आत्मविश्वासमा अभूतपूर्व वृद्धि भएको छ। राष्ट्रिय एकता सुदृढ भएको छ। आफ्नो निर्णय आफै गर्ने र आफ्नो विकासको बाटो स्वतन्त्र ढङ्गले चयन गर्ने राष्ट्रको सार्वभौम अभ्यासले नयाँ उचाइ लिएको छ। विश्व रङ्गमञ्चमा एउटा सार्वभौम, स्वतन्त्र, लोकतान्त्रिक, शान्तिप्रिय र विकासको नयाँ यात्रा अगाडि बढाइरहेको मुलुकको रुपमा नेपालको छवि बलियो बन्दै गएको छ।

लामो सङ्क्रमणको अन्त्यसँगै आर्थिक क्षेत्रमा पनि नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको छ। यसअघि लगातार औसत ७ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धिदर हासिल हुनु, निरपेक्ष गरिबीमा निरन्तर कमी आउनु र सुशासन, शान्ति, व्यवसायिक वातावरणजस्ता महत्वपूर्ण विश्व सूचकहरुमा उल्लेख्य सुधार आउनुले हामी सही दिशातिर अगाडि बढिरहेको स्पष्ट हुन्छ नै। कोरोना महामारी सुरु हुनु पूर्वका सूचकहरु अत्यन्त उत्साहवर्द्धक छन्।

जनताको सेवा र विकास निर्माणका लागि सङ्घीय संरचनाका तीनै तहबीच समन्वय कायम गर्र्दै अगाडि बढ्ने काम भएको छ।

गणतन्त्र स्थापनाको छोटो समयका उपलब्धिबाट हामी विश्वस्त भएका छौँ– विगतका अलोकतान्त्रिक शासन प्रणालीहरुका कारण क्षति हुन गएको, सुस्ताएको हाम्रो विकास यात्रा, ओझेलमा परेका समृद्धिका आकाङ्क्षाहरु र कमजोर बन्न पुगेको राष्ट्रिय स्वाभिमानलाई छोटो समयमै पुनस्र्थापित गर्न र नयाँ ऊर्जा भर्न सक्नेछौँ। लोकतान्त्रिक गणतन्त्रको माध्यमबाट विश्व मानचित्रमा नेपाललाई एउटा विकसित राष्ट्रको नयाँ पहिचान दिन सक्ने छौँ।

जुनसुकै शासन प्रणालीलाई पनि संस्थागत हुन, सुदृढ बन्न र त्यसले परिणाम दिन निश्चित समय लाग्छ नै। प्रणाली विकासका क्रममा साना तिना कमीहरु देखा पर्न पनि सक्छन्। तर कुनै पनि कोणबाट गणतन्त्रमाथि प्रश्न उठाउने र पुरानो व्यवस्थातिर फर्कन खोज्ने प्रतिगामी चेष्टाहरु अवश्य नै अनुचित हुन्। इतिहासको गतिलाई पछाडि फर्काउन अब कसैले पनि सक्दैन। हामी अपूर्णताबाट पूर्णतातिर र नयाँपनबाट परिपक्वतातिर अगाडि बढिरहेका छौं।

दाजुभाइ दिदीबहिनीहरु

आज सिङ्गो मानव समुदाय कोरोना महामारी विरुद्धको कठिन सङ्घर्षमा जुटेको छ। हाम्रो पुस्ताले भोग्नु परेको सर्वाधिक ठूलो यस चुनौतीले हाम्रा प्राथमिकताहरु मात्रै होइन, हाम्रो कार्यपद्धति र जीवनशैलीलाई नै प्रभावित गरेको छ। हामी नेपालीहरु पनि कोरोना महामारीका विरुद्धको कठिन सङ्घर्षमा केन्द्रित छौँ। गणतन्त्र दिवसको यस सन्दर्भमा म यहाँहरु सबैमा कोरोना सङ्क्रमणबाट सुरक्षित रहन सक्नुहोस् र यसबीचमा जसलाई सङ्क्रमण भएको छ, उहाँहरु छिट्टै निको भएर सामान्य जीवनमा फर्कन सक्नुहोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। गणतन्त्र प्राप्तिको लामो र कष्टसाध्य सङ्घर्षको अनुभवमाथि आधारित भएर भन्न चाहन्छु, यस चुनौतिलाई पनि हामीले परास्त गरिछाड्ने छौँ। भनिन्छ नि, रात जतिसुकै लामो भए पनि बिहानी अवश्यंभावी छ।

यस्तो बेलामा हाम्रो सिंगो देश, हामी सबै दाजुभाइ–दिदीबहिनीहरू एकजुट भएर कोरोना विरुद्ध लड्न जरुरी छ। र, गणतन्त्रलाई वास्तविक अर्थमा संस्थागत गर्न एकताबद्ध प्रयासहरूलाई अगाडि बढाउन जरुरी छ। यसका निम्ति म सबैमा हार्दिक आह्वान र अनुरोध गर्दछु।

घन्यबाद्

राष्ट्रपतिबाट २३३ कैदीलाई माफी मिनाहा

समाचार


काठमाडौँ, १५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गरेका छन् ।

नेपालको संविधान धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली २०७६ बमोजिम रामबहादुर भनिने रमेश विश्वकर्मासहित कैदीलाई सजाय माफी दिइएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति जारी सो जानकारी दिएको हो ।

यसैगरी नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा कपिलदेव साह कानुसमेतका आठ व्यक्तिलाई विभिन्न अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्वलगायतको सजाय माफी भएको विज्ञप्तिमा जनाइएको छ । (रासस)