फिदिम, जेठ २ । स्थानीय कबुलियती वन समूहमार्फत पाँचथरको फालेलुङ गाउँपालिका–६ स्थित आहाल भन्ने ठाउँमा निर्माण गर्न थालिएको पर्यटकीय संग्रहालयको भवन निर्माण भारतीय सुरक्षाकर्मी रोकिदिएको छन् । सो क्षेत्रमा बाक्लो संख्यामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गस्तीसमेत गर्न थालेको छ ।
संग्रहालय बनाउन लागिएको ठाउँ सीमास्तम्भभन्दा सय मिटर यता नेपालतर्फ पर्छ । नक्सामा उक्त ठाउँ भारततर्फ पर्ने दाबी गर्दै उनीहरूले भवन निर्माण रोकिदिएका हुन् । वैशाख २४ थालिएको काम २७ गते भारतीय सुरक्षाकर्मीले रोकेका थिए ।
भवन नबनाउन, बनाए भत्काउने भनेपछि काम रोकिएको हो । भारतीय पक्षले भवन निर्माणमा रोक लगाएपछि फालेलुङ गाँउपालिका अध्यक्ष सन्चकुमार केरुङसहित जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा केही स्थानीयले उक्त स्थानको अनुगमन गरेका थिए ।
५७÷३ नम्बरको सानो तथा ५८÷९ नम्बरको जंगे पिलरभन्दा सय मिटरवरै भवन निर्माण गर्न खोजिए पनि भारतीय सुरक्षाकर्मीले अवरोध पु¥याएको गाउँपालिका अध्यक्ष केरुङले बताएको आजको नागरिक दैनिकले खवर छापेको छ ।
काठमाडौं, जेठ २ । शुक्रबार नेपालमा नौजना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुरमा १ जना र बाँकेमा ८ जना नयाँ संक्रमित थपिएका हुन् ।
बाँकेको नरैनापुर गाउँपालिका – १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरेको परीक्षणमा मकवानपुरका ३७ वर्षका पुरुषमा संक्रमण देखिएको हो । मकवानपुरमा पहिलो पटक कोरोना संक्रमण देखिएको छ। आज फेला परेका नयाँ संक्रमितसंगै नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ५८ पुगेको छ ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले केहीबेरमा बस्दैछ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे ८ बजेलाई बैठक बोलाइएको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।
बैठकमा सरकारले आज ल्याउने नीति तथा कार्यक्रमका साथै कोरोना भाइरसको बढ्दो संक्रमणका बारेमा छलफल हुने बताइएको छ ।
भिम रावलको सुरक्षामा खटिएका व्यक्तिमा कोरोना देखिएपछि नेकपाको बैठक स्थगित भएको थियो । पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको घरमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि नेकपाको बैठक स्थगित भएको थियो ।
बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित गरेको सचिवालयले नेताहरुलाई जानकारी दिएको थियो । पछि भिम रावलको नामको बहाना बनाएर बैठक स्ठगित गरेको आरोप खेपेका ओलीले आज बैठक बोलाएका हुन् ।
लकडाउनका कारण पूर्वको झापामा रोकिएका पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंतर्फ आएका छन् । गृह मन्त्रालयको सहमति लिई झापाको जिल्ला प्रशासन कार्यालयले सवारी पास दिएपछि शुक्रबार उनी झापाबाट काठमाडौंतर्फ आएका छन् ।
झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले गृह मन्त्रालयको सहमति लिई बिहीबार साँझ नै पूर्वराजालाई सवारी पास दिएको बताए । सरकारको अनुमतिपछि पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमल शाहलाई राजधानी काठमाडौं आउने भएका छन् । लकडाउन शुरु भएदेखि झापामा बस्दै आएका पूर्वराजाले राजधानी काठमाडौं आउन गृहमन्त्रालयसँग सवारी पास मागेका थिए । तर गृहमन्त्रालयले उनीहरुलाई काठमाडौं आउन पास दिएको थिएन ।
बिहीबार पूर्वराजाका नाममा सवारी पास जारी गरिएको थियो । तर जारी भएको केही घण्टामै गृहमन्त्रालयको निर्देशनमा झापाका प्रमुख जिल्ला अधिकारीले पास रद्ध गरेका थिए ।
बिहीबार राति फेरि गृहमन्त्रालयले सवारी पास दिने निर्णय गरेको छ । पूर्वराजदम्पत्ती आफ्ना सहायक र सुरक्षा टोलीसहित शुक्रबार बिहान साढे आठ बजे दमकस्थित हिमालयन टी गार्डेनबाट काठमाडौँतर्फ लागेका छन् । उनलाई पास नदिएकाे भन्दै सामाजिक संजालमा चाैतर्फी बिराेध भएकाे थियाे ।
एजेन्सी, ३१ वैशाख । भारतले कोरोना भाइरस रोकथामका लागि अरबौं बजेट छुट्याएको छ । मंगलबार दोस्रो चरणको विशेष राहत प्याकेज घोषणा भएपछि साँझ विज्ञप्तिमार्फत २० अर्ब भारु भ्यान्टिलेटर खरिदमा र एक अर्ब भारु खोपको विकासका लागि खर्चिने जनाइएको हो ।
भारतको प्रधानमन्त्री कार्यालयले आज विज्ञप्तिमार्फत् पीएम केयरस नाम दिइएको राहत र आपतकालिन सहयोगमा कुल ३१ अर्ब भारु छुट्याइएको उल्लेख छ । जसमध्ये भ्यान्टिलेटर खरिद र खोपको विकासका लागि ठुलो धनराशी छुट्याइएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज विहान २० लाख करोड भारुको आर्थिक प्याकेज घोषणा गरेका थिए । जुन गत वर्ष भारतको कुल ग्राहस्थ उत्पादनको १० प्रतिशत रकम हुनआउने इन्डियन एक्सप्रेसले जनाएको छ ।
भारतमा कोरोना भाइरसको संक्रमणबाट २४ सयभन्दा बढीको ज्यान गइसकेको छ । ७४ हजारभन्दा बढी मानिस संक्रमित भइसकेकाले मानिसहरुको जीवन जोगाउन भ्यान्टिलेटर खरिदमा ठुलो धनराशी लगानी गर्न लागेको हो । यसैगरी, भारतले खोपको विकासमा पनि ठुलो धनराशी खर्चिने भएको छ ।
काठमाडौं, १ जेठ । नेपाल भारत सिमा विवाद र कोरोना संक्रमण रोकथामका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलिय बैठक बालुवाटारमा बसेको छ । बैठकमा पूर्वप्रधानमन्त्रीहरुको पनि सहभागिता रहेको थियो ।
गत वर्ष कार्तिक १७ गते नेपाली भूमि लिम्यिाधुरा, लिपुलेक र कालापनी पनि समेटेर भारतले राजनीतिक नक्सा प्रकाशन गरेपछि प्रधानमन्त्री ओलीले त्यसको ६ दिनपछि कार्तिक २३ गते सर्वदलीय बैठक बोलाएको थियो ।
बैठकमा सहभागी दलका शीर्ष नेताहरुले उक्त क्षेत्र नेपालकै भएको र त्यहाँबाट भारतीय सेना हटाउन भारतसँग तत्काल उच्चस्तरीय वार्ता अघि बढाउन सरकारलाई सुझाव दिएका थिए । (रेडियोएनआरएनडटकमबाट)
कपिलवस्तु, जेठ १ । कपिलवस्तु जिल्लामा कोरोना संक्रमित पुष्टि भएका करिब सबै भारतबाट फर्किएर सीमा नाकाबाट लुकिछिपी नेपाल प्रवेश गरेका रहेका छन् । जिल्लामा अहिलेसम्म कोरोना संक्रमित पुष्टि भएका ३० मध्ये २९ जना भारतबाट जिल्ला प्रवेश गरेका हुन् ।
तीमध्ये संक्रमित एक महिला कपिलवस्तु नगरपालिकाका स्वास्थ्यकर्मी हुन् । बुधबार कोरोना पुष्टि भएका पुरुष पनि भारतको महाराष्ट्रबाट वैशाखको तेस्रा साता लकडाउनको बेला लुकिछिपी नेपाल प्रवेश गरेका हुन् । आज फेला परेका संक्रमित कपिलवस्तु –४ का २२ वर्षीय बासिन्दा रहेको प्रहरीले जनाएको छ । यससंँगै कपिलवस्तु नगरपालिकामा मात्र संक्रमित नौ जना पुगेका छन् ।
गत वैशाख २७ गते भारतका विभिन्न शहरबाट फर्केर चोर नाका हुँदैदै नगरपालिका आएर क्वारेन्टाइनमा बसेका १०३ जनाको स्वाब संकलन गरी पठाइएको थियो । त्यसमध्ये अहिलेसम्म नौ जना संक्रमित भेटिएको नगरपालिकाका स्वास्थ्य सांयोजक उमेश गुप्ताले बताए । संक्रमितमा कोरोनाको कुनै लक्षण नदेखिको र अवस्था सामान्य रहेको जनाइएको छ ।
पछिल्लो तीन दिनमै भारतका विभिन्न शहरबाट फर्केका करीब तीन हजार चार सय मानिस सीमा नाकाबाट लुकिछिपी कपिलवस्तु प्रवेश गरेका छन् । कोरोना भाइरसका कारण जारी लकडाउनका बेला भारतमा खुकुलो भएपछि अहिले कपिलवस्तुका आधा दर्जन बढी सीमा नाकाबाट लुकिछिपी आउने क्रम बढेको छ ।
वैशाख २८ गते जिल्ला प्रशासन कार्यालयले जारी गरेको प्रतिवेदनमा जिल्लाका क्वारेन्टाइनमा एक हजार ३७९ जना मात्र थिए । मंगलबार सो संख्या बढेर चार हजार ७८८ जना पुगेको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले भारतबाट फर्केकाहरु क्वारेन्टाइनमा भरिभराउ भएपछि व्यवस्थापनमा चुनौती देखिएको बताए ।
जिल्लामा सबैभन्दा बढी महाराजगञ्ज नगरपालिकामा एक हजार २२ जना क्वारेन्टाइनमा छन् । यस्तै कृष्णनगर नगरपालिकामा ७७०, शुद्धोधन गाउँपालिकामा ५५३, मायादेवी गाउँपालिका ४७८, विजयनगर गाउँपालिकामा ३६५, शिवराज नगरपालिकामा १८२, वाणगंंगा नगरपालिकामा ५२, यशोधरा गाउँपालिकामा ६३८, कपिलवस्तु नगरपालिकामा ३६०, बुद्धभूमि नगरपालिकामा ३६८ जना क्वारेनटाइनमा छन् । ती सबै भारतबाट फर्केका हुन् । दश पालिकामा हालसम्म चार हजार ९६५ क्वारेन्टाइनका शय्या छन् ।
यस्तै अहिलेसम्म पिसिआरका लागि जिल्लाबाट ६६२ जनाको स्वाब संकलन गरी पठाइएकामा ४७६ जनाको नतिजा आएको छ । तीमध्ये ३० जना संक्रमित भेटिएका छन् । एक सय ८६ जनाको रिपोर्ट अझै आउन बाँकी छ । यशोधरामा १२, कपिलवस्तुमा नौ, मायादेवीमा चार, बुद्धभूमिमा चार र शुद्धोधनमा एक संक्रमित भेटिएका छन् । भारतबाट पैदल, ट्रक, ट्रयाक्टरलगायत सवारी साधनमा सीमामा पुगेपछि उनीहरु राति पैदल हिँडेर जिल्ला प्रवेश गरेको स्थानीयवासी बताउँछन् ।रासस
काठमाडौं, जेठ १ । भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा माइतीघर क्षेत्रमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले विद्युतीय झट्का प्रयोग गरेको पाइएको छ। विद्यार्थीले गरेको सो प्रदर्शनमा विद्युतीय झट्का प्रयोग गरेको पाइएको हो ।
प्रहरीले विद्युतीय झट्का दिने इलेक्ट्रोनिक सकर २०६२/०६३ को जनआन्दोलनमा प्रयोग गरेको थियो । हुलदंगा हुँदा कसैलाई नियन्त्रणमा लिनुपर्दा वा दंगा गर्नेलाई भागाउन उक्त इलेक्ट्रोनिक सकर प्रयोग गरिने प्रहरीले जनाएको छ ।
तर, माइतीघरमा सोमबार शान्तिपूर्ण रुपमा भेला भएका विद्यार्थीमाथि प्रहरीले उक्त डिभाइस प्रयोग गरिएको आजको कान्तिपुर दैनिकमा खबर छ ।
काठमाडौँ, १ जेठ । कोरोना विपद् व्यवस्थापन केन्द्र, जिल्लास्तरीय कमाण्ड पोष्ट तथा सुरक्षा समिति गोरखाले गोरखा जिल्ला पाँच दिन सिल गर्ने निर्णय गरेको छ ।
समितिको बुधबार बसेको बैठकले देशभर कोरोना सङ्क्रमण फैलिँदै गएको भन्दै यही जेठ १ देखि ५ गतेसम्म पूरै जिल्ला सिल गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत हर्कबहादुर रोकाले जानकारी दिएका छन् । बैठकले अन्य जिल्लाबाट हुने आवागमनलाई पूर्णरूपमा निषेध गर्ने निर्णय गरेको उनले बताएका छन् ।
त्यस्तै गोरखा जिल्लाभित्र यसअघि खाद्य पदार्थ बोकेका सवारी साधनलाई जिल्लाभित्र आवागमन गर्न दिइएकामा अबको पाँच दिन भने त्यसलाई पनि पूर्णरूपमा बन्द गर्ने निर्णय भएको छ । बजारभित्र खाद्यान्न, तरकारी, पशुपक्षी, दाना, औषधि तथा माछामासुका पसलबाहेक अन्य पसल खुल्न नदिने निर्णय भएको रोकाले जानकारी दिएका छन् । (रासस)
काठमाडौं, जेठ १ । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले नेपालको नक्सा गितदेखि नै त्रुटिपूण रहेकाले संविधान संशोधन गरेर मात्रै नेपालको वास्तविक नक्सा जारी गर्नुपर्ने बताए । उनले पुरानो नेपालको नक्सामा नेपालका केहि भूभागहरु छुटेकाले स्वास्तिक चिन्ह राखेर संविधानमै नेपालको नक्साबारे व्यवस्था गर्नुपर्ने आवस्यकता औल्याए।
पत्रकार ऋषि धमलासँग कुरागर्दै खनालले भारत र चीनसँग सीमाका विषयमा कुरागरी सवै राजनीतिक दलहरु बसेर सहमतिका आधारमा मात्रै संविधानमा स्पस्ट व्यवस्था गरेर नयाँ नक्सा जारी गर्नुपर्ने उनको भनाई छ । पुरानो नेपालको नक्सामा धेरै भूभाग छुटेको खनालको भनाइछ ।
उनले भारतले कालापनी, लिपुलेक र लिम्पियधुरामा गरेको सीमा अतिक्रमणका विषयमा अब कडाइका रुपमा जानुपर्ने र कडा रुपमा नेपाल सरकार नगए भारतले यस प्रकारको नाङगो आक्रमण गरिरहने भन्दै यसमा सवै राजनीतकदलहरु एकबद्ध भएर लाग्नुपर्ने बताए । उनले सीमा अतिक्रमण विगतमा शसान व्यवस्थामा बसेकाहरुको कम्जोरीका कारण भएको दावी गरे ।
उनले भने,‘यो हामी सवैले गरेको कम्जारी हो । सत्तामा बसेका बेला हामी कसैले पनि सीमाको सुरक्ष गर्न सकेनौ अब कडा भएर जानुपर्छ । विगष्तमा हाम्रो ध्यान गम्भिर रुपमा जान सकेन । ०४७ सालको अन्तरिक सरकारकै समयमा मैले सीमा मिचिएको विषय कुरा उठाएको थिए तर, कसैले वस्ता गरेनन् । अब हामी नेपाली भूमि फिर्ता लिन एक बद्ध भएर लागेका छौ । लिम्पियाधुरा त्रिदेशिय सीमा भएकाले चीन सरकारसँग पनि बार्ता गर्नुपर्छ’ ।
उनले तत्कालिन सरकारहरुलाई सीमामा प्रहरी चौकि रान्न भने पनि त्यो सम्भव हुन नसकेको र अब भारतसंँग सीमाका विषयमा गम्भिर भएर कुरा गर्नुपर्ने भन्दै भारत चीन युद्ध भएपछि त्यो बाटो बन्द भएको अवस्थामा बाटो बनाइएको बताए । सुगौली सन्धी देखि यताका सवै प्रमाणहरु खोजेर बार्तामा बस्नुपर्ने खनालको भनाई छ ।
खनालले भने,‘ सवै जनगणनामा पनि त्यो प्रमाण भेटिन्छ । भारतले दावी गर्ने कुनै प्रमाण छैन । चीनले पनि भारतसँग मात्रै नाका खोल्ने कुरा गरेर गल्ती गरेको छ । नेपालको नक्साहरु त्रुटिपूर्ण छन् । नयाँ नक्सा जारी गर्न संविधान संशोधन गर्नुपर्छ । प्रधानमन्त्रीको सर्वानक रुपमा राजिनामा मागेका छौनौ । अहिले समय पनि हैन । स्थायी कमिटीको बैठक आवस्यकता अनुसार बस्छ । अहिले पनि पनि बैठक राख्न सकिन्छ’।