काठमाडौँ । बिहीबार नयाँ कोरोनाभाइरसका संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ५७ जना संक्रमित फेला परेका छन् भने १६ जना स्वस्थ बनेर घर फर्किसकेका छन् । ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।डा. देवकोटाका अनुसार हालसम्म १२ हजार ११ जनाको पीसीआर परीक्षण र ४६ हजार ८६० जनाको आरडीटी परीक्षण गरिसकिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६८२ जनाको परीक्षण भएको छ । प्रदेश १ मा ४९८५, प्रदेश २ मा ५४५६, बागमती प्रदेशमा ८३६१, गण्डकी प्रदेशमा ५४११, प्रदेश ५ मा ३७९९, कर्णाली प्रदेशमा ५४३६ र सुदूरपश्चिम प्रदेशमा १३४११ जनाको आरडीटी परीक्षण गरिएको छ । हाल क्वारेन्टाइनमा २३ हजार ३३६ रहेका छन् भने ८० जना आइसोलेसनमा रहेका छन् ।
काठमाडौँ । सोमबार कोरोनाभाइरसको नयाँ संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ५२ जना संक्रमित फेला परेका छन् भने १६ जना निको भएर फर्किसकेका छन् । उपचररतको स्वास्थ्य अवस्था पनि सामान्य रहेको प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
हालसम्म नेपालमा ५३ हजार ५३४ जनाको परीक्षण भइसकेको छ जसमा पीसीआर प्रविधिबाट १० हजार ४७१ र आरडीटीबाट ४३ हजार ०६२ जनाको परीक्षण गरिउको छ । पछिल्लो २४ घण्टामा २ हजार १८४ जनाको परीक्षण गरिएको डा. देवकोटाको भनाइ छ । हाल देशका १६ स्थानमा परीक्षण भइरहेको छ ।
यता, क्वारेन्टाइन २० हजार १९५ रहेका छन् र आइसोलेसनमा रहेकाको संख्या १०६ रहको छ । रेडजोनमा रहेका सम्भावित संक्रमितको संख्या ८ जना थप गरी ३०४ पुगेको छ ।
प्रदेश १ सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाको उपचारको लागि १ सय बेड सञ्चालनमा ल्याएको छ ।
त्यस्तै, पीसीआर ल्याब सञ्चालनका लागि मन्त्रालयले निर्देशिका जारी पनि जारी गरेको छ । जसले निजी संस्थाहरुलाई पनि यसको परीक्षणका लागि ल्याब सञ्चालनको बाटो खुलेको छ। यद्यपि, यसका लागि उनीहरुले मन्त्रालयसँग अनुमति लिनुपर्नेछ ।
काठमाडौं । एक वर्षभन्दा कम उमेर समूहका बालबालिका कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिममा हुने गर्दछ । कोरोना भाइरस संक्रमणको उच्च जोखिममा बालिका भन्दा बालक पर्ने गरेको विभिन्न अध्ययनले देखाएको बालकान्ति आस्पतालका निर्देशक डाक्टर कृष्ण पौडेलले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको पत्रकार सम्मेलनमा कोरोना भाइरसको लक्षण विना पनि बालबालिका कोरोना संक्रमित भएको निर्देशक डाक्टर पौडेलले बताए ।
नेपालमा पनि १८ वर्ष उमेरका दुई जनामा कोरोना संक्रमित छन् । १८ वर्षभन्दा कम उमेरका एक जना विरगञ्जमा उपचाररत बिरामीमा कोरोना भाइरसको लक्षण देखा नपरिकन संक्रमित भएको पत्ता लागेको उनले बताए ।
निर्देशक पौडेलकाअनुसार चीनमा ८२ हजार कोरोना संक्रमित हुँदा २ हजार ४ सय ४१ जना बालबालिका संक्रमित भएका थिए । यस्तै अमेरिका पनि हाल सम्म १.७ प्रतिशत बालबालिका मात्रै संक्रमित भएको पाइएको उनले बताए ।
बालबालिकाको मात्रै उपचार हुने बालकान्ति अस्पतालको मुख्य स्थानहरुमा खुट्टाले चलाए पनि सेनिटाइजर प्रयोग गर्न मिल्ने बनाएको उनले बताए । बालिकान्ति अस्पतालले ज्वरो र श्वासप्रश्वासमा समस्या आएका बिरामीलाई छुट्टै हेर्ने तथा उपचार गर्ने व्यवस्था मिलाएको उनको भनाइ छ ।
अस्पतालमा बालकालिकालाई उपचार गर्न आउने क्रममा अभिभावकलाई ज्वारो, श्वासप्रश्वासमा समस्या देखिएमा सँगै रहेको त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा उपचारका लागि पठाउने गरेको डाक्टर पौडेलले बताए ।
प्रायः बालकालिकामा कोरोना संक्रमण अभिभवक बाट हुने गरेको उनको भनाइ छ ।
कर्मचारीलाई संक्रमणबाट जोगाउन
कोरोना भाइरसको संक्रमण हुन नदिनका लागि बालकान्ति अस्पतालका कर्मचारीले ल्याप्चे लगाउने र हातले लेख्ने रजिस्टरलाई निरन्त्रता नदिएर फेस रिडिङ बनाएको डाक्टर पौडेलले बताए ।
हालसम्म बालकान्ति अस्पतालमा ज्वारो र श्वसप्रश्वासको समस्या भएका बालबालिका १६ जना आएको उनले बताए । ती १६ जना बालबालिकाको स्वाब परीक्षण पिसिआर विधिबाट गर्दा नेगेटिभ आएको समेत उनले बताए ।
हाल अस्पतालमा राष्ट्रिय खोप क्ल्निक हप्तामा तीन दिन सञ्चालन भइरहेको उनले बताए । आइतबार, मंगलबार र बिहीबार स्वास्थ्यकर्मीले आवश्यक सुरक्षा विधि अपनाएर बालबालिकालाई खोप दिने गरेको उनले बताए ।
१ वर्ष मुनिका र ५ वर्ष मुनिका बालबालिका उच्च मृत्यु हुने राष्ट्र नेपाल पर्ने भएकाले बालबालिकालाई खोप अनिर्वाय रुपमा दिनुपर्ने उनले बताए ।
बालबालिकाको रोलमोडल अभिभावक
कोरोना भाइरस संक्रमणको महामारीको समयमा घर भित्र बसिरहँदा बालबालिको रोलमोडल अभिभाक हुनुपर्ने निर्देशक डाक्टर पौडेल बताउँछन् । लकडाउनका कारण घरमै सिमित बालबालिका खेल्ने, खाने, बस्ने, अन्य बालबालिकासँग घुलमिल हुने आदि कुरामा अभिभावकले सुरक्षित बनाउन अति आवश्यक भएको डाक्टर पौडेलले बताए ।
यस समयमा बालबालिकालाई खेल खेलाउन, चित्र बनाउन, कथा कविता सुनाएर घर भित्र राख्न समेत उनको आग्रह थियो । बालबालिकालाई इन्टरनेटमा बढि भुल्न नदिएर फुर्सदको समयमा धेरै समय बालबालिकालाई दिएर सृजनात्मक क्षमता बढाउन तर्फ लाग्न अभिभावक सल्लाह समेत डाक्टर पौडेलले दिए ।
कोरोना भाइरसको महामारीको समयमा बालकालिकालाई उमेर अनुसार कोरोना भाइरसको बारेमा जानकारी दिनुपर्ने उनी बताउँछन् । त्यसैले बालबालिकालाई अन्योलमा राख्न नहुने समेत उनल बताए ।
६ महिना भन्दा कम उमेर समुहका शिशुलाई नियमित स्तनपान गराउँन समेत जरुरी हुने डाक्टर पौडेलले बताए ।
६ महिनादेखि दुई वर्षसम्मका बालकालिकालाई समुचित ठोस आहार ख्वान अति आवश्यक भएको उनको भनाइ छ । कुपोषित बालबालिकालाई कुनै रोगले आक्रमण गर्न सक्ने डाक्टर पौडेलले बताए ।
बालकालिका बिरामी भएमा यी नम्बरमा फोन गर्नु
बालकालिकालाई स्वास्थ्यसम्वन्धी समस्या आएमा बालकान्ति अस्पतालमा मेडिकल ड्युटीमा रहेका डाक्टरलाई फोन नम्बर ०१–४४२७४४९ मोवाइल नक्बर ९८४७३८६२०५ मा सम्र्पक गर्न सकिने उनले बताए ।
यस्तै सर्जिकल सम्वन्धी बिरामी फलोअर्फ लागि अस्पताल आउन परेमा अस्पतालको टेलिफोन नम्बर लागि ०१–४४४३१३१, सम्र्पक गर्न सकिने डाक्टर पौडेलले बताए । यस्तै ९८४७३८६१५० मा सम्र्पक गर्न उनले आग्रह गरे ।
यस समयमा बालबालिकालाई तनावका कारण विभिन्न खालका लक्षण देखापर्ने उनले बताए । पेट दुख्ने, टाउको दुख्ने, खान मन नलाग्ने आदि बाल मानसिक समस्या भएमा कान्ति बाल अस्पतालको बाल मानसिक रोग विशेषज्ञसँग सोझै सम्र्पक गर्न सकिने डाक्टर पौडेलले बताए ।
त्यसका लागि ९८०८५२२४१० मा सम्र्पक गरेर आवश्यक परार्मश लिन सकिन निर्देशक डाक्टर पौडेलले बताए ।
काठमाडौं । नारायणी अस्पताल वीरगन्जको आइसोलेसनमा उपचाररत रौतहटका १९ वर्षीय युवा कोरोना निको भएर घर फर्किएका छन् ।
उनी कोरोना संक्रमण पुष्टि भएको १२ औं दिनमा निको भइ डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै सोही अस्पतालमा उपचाररत थप तीन जनापनि डिस्चार्ज भएको सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
उनका अनुसार योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या १६ पुगेको छ ।
हाल धनगढीमा १ जना, वीरगन्जमा ३ जना, भरतपुरमा १ जना र विराटनगरमा ३० जना गरी ३५ जनाको उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको पनि देवकोटाले जानकारी दिए ।
आज वीरगन्जकै २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ ।
काठमाडौं। संघीय संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएको अनियमितताबारे छानबिन थालेको छ । समितिले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेर खरिदसम्बन्धी कागजात तथा विवरण उपलब्ध गराइदिन अनुरोध गरेको छ ।
कोरोना भाइरसको संक्रमण निण्न्त्रण गर्ने उद्देश्यले स्वास्थ्य सेवा विभागमार्फत विना प्रतिस्पर्धा ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनललाई स्वास्थय उपकरण खरिद गर्न दिएर आर्थिक अनियमितता भएको आशंका लेखा समितिले गरेको छ ।
समितिले सम्पूर्ण कागजात ७ दिनभित्र समिति सचिवालयमा उपलब्ध गराइदिन समेत भनेको छ ।
समितिका सचिव डा सोमनाथ पाण्डेद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘स्वास्थ्य उपकरण तथा आवश्यक सामग्री खरिद गर्ने कार्य अघि बढाइएकोमा सो खरिद सम्झौता रद्द गरिएको बुझिन आएकाले यस सम्बन्धमा समितिले छानबिन कार्य अघि बढाउन आवश्यक देखेकाले सो सम्बन्धमा मन्त्रालयको प्रतिक्रिया र त्यसलाई पुष्टि हुने आवश्यक कागजात तथा खरिद प्रक्रियामा भए गरेको सबै कागजात ७ दिनभित्र समिति सचिवालयमा उपलब्ध गराइदिन हुन निर्देशानुसार अनुरोध छ ।
कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण खरिदका लागि सरकारले ओम्नी समूहसँग १ अर्ब २४ करोड रुपैयाँको ठेक्का सम्झौता गरेको थियो । गत चैत २० गते सो समूहले जहाज चार्टर गरेर स्वास्थ्य सामग्री ल्याएको थियो ।
स्वास्थ्य साम्रगीको मूल्य र गुणस्तरमा प्रश्न उठ्नुका साथै निर्धारित समयमा ल्याउन नसकेपपछि सरकारले ठेक्का रद्ध गर्दै ५ करोड धरौटी समेत जफत गरेको थियो ।
सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने १९ प्रकार औषधि तथा औषधिजन्य सामान गत चैत २३ गतेभित्र ल्याउनेगरी ओम्नी समूहलाई जिम्मा दिएको थियो ।
ओम्नी ग्रुपलाई प्रचलित मूल्य भन्दा २० प्रतिशत मंहगोमा औषधि तथा औषधिजन्य सामान ल्याउन ठेक्का दिएको र त्यसमा आर्थिक चलखेल भएको आशंका गरिँदै आएको छ । यसबारेमा छानविनका अख्तियारमा उजुरी समेत परेको छ ।
यौन मानिसको एउटा अनिवार्य शारीरिक आवश्यकता हो । यो आवश्यकतालाई पूरा गर्दा वा यसलाई व्यवस्थापन गर्दा हामीले निकै ख्याल गर्नुपर्ने हुन्छ । एउटा सानो सावधानी अपनाउँदा ठूलो समस्याबाट जोगिन सकिन्छ । सामान्य लाग्ने लापरवाहीले पनि हाम्रो शरीरमा गम्भीर संकट निम्त्याउन सक्दछ । त्यसकारण यौन सम्पर्क गर्नुपूर्व यी काम भुलेर पनि गर्नुहुँदैन- १.पिसाव गर्नुहुदैन :
मुत्रनलीमा हुने संक्रमण वा घाउको मुख्य कारण यौन सम्पर्क गर्नुअगाडि पिसाब फेर्नु भएको कुरा वैज्ञानिकले पत्ता लगाएका छन् । यसको वैज्ञानिक कारण छ । यौन सम्पर्कका क्रममा हाम्रो मुत्रनलीमा विभिन्न व्याक्टेरिया उत्पन्न हुने गर्दछन् । यस्ता व्याक्टेरियाका कारण मुत्रनलीमा संक्रमण वा घाउ हुने गर्दछ । तर यौन सम्पर्क गर्नुअघि पिसाब फेरियो भने यौन सम्पर्कपछि पिसाब फेरिदैन । जसका कारण मुत्रनलीमा जम्मा भएका व्याक्टेरिया त्यहीँ रहन्छन् । यसकारण पनि यौन सम्पर्क गरेपछि मात्रै पिसाब फेर्दा राम्रो मानिन्छ जसले गर्दा मुत्रनलीमा भएका व्याक्टेरिया पिसाबसँगै बाहिर निस्कछन् ।
२.कडाखालको औषधी खानुहुँदैन :
यौन सम्पर्क गर्नुअगाडि कडाखालमा औषधी प्रयोग गर्नुहुदैन । कडा औषधी प्रयोग गरेपछि औषधीका कारण हाम्रो शरीरका धेरै नलीहरु सुख्खा हुनेगर्दछन् । जसले गर्दा हाम्रो यौनाङ्गमा भएका नलीपनि सुख्खा हुनजान्छन् । विशेषगरी एलर्जीका लागि प्रयोग गरिने एन्टीहिस्टामिन भन्ने औषधी प्रयोग गर्नु निकै हानिकारक मानिन्छ । अझ महिलाले यो औषधी प्रयोग गर्ने हो भने योनी सुख्खा हुने गर्दछ । जसले गर्दा एकातिर यौनानन्द प्राप्त गर्न सकिन्न भने अर्कोतिर यसले लिङ्गमा पनि नकरात्मक असर पार्दछ । त्यसैले कुनै पनि औषधी खाएर यौन सम्पर्क नगर्दा नै राम्रो मानिन्छ ।
३.रक्सी खानुहुदैन :
प्रायः मानिसहरु रक्सी खाएर यौन सम्पर्क गर्दा आफूले पूर्ण सन्तुष्टि पाउने बताउँछन् । रक्सी खाएपछि लाजपनि हट्ने र यौन क्रियाकलाप रमाइलो हुने कतिको विश्वास रहेको छ । यसमा केही सत्यता पनि छ । तर रक्सी खाएर यौन सम्पर्क गर्दा हाम्रो शरीरमा यसले कस्तो असर पार्दछ भन्ने कमैलाई थाहा हुन्छ । र
रक्सी खाएको बेला शरीरका नशा निकै तात्ने र तन्किने गर्दछन् । जसले गर्दा हाम्रो शरीरको शक्ति अनावश्यक रुपमा नष्ट भइरहेको हुन्छ । साथै यसले शरीरको प्राकृतिक प्रणालीमा समेत नकरात्मक असर पारिरहेको हुन्छ ।अब यस्तो बेलामा यौन क्रियाकलाम गर्दा के होला भनेर एकपट सोच्नुस् त । एकातिर रक्सीका कारण र अर्कोतिर यौन क्रियाकलापका कारण हाम्रो शरीर तात्दा यसको असरलाई सजिलै अनुमान लगाउन सकिन्छ । त्यसैले रक्सी खाएर यौन सम्पर्क गर्नु निकै हानिकारक मानिन्छ ।
४.गलत आकारको कन्डम प्रयोग गर्नुहुँदैन:
सुरक्षित यौन सम्पर्कका लागि कन्डम प्रयोग गर्नु निकै राम्रो कुरा हो । तर लिङ्गको आकारसँग मेल खाने कन्डम प्रयोग गरिएन भने यसले समस्या समस्या पनि निम्त्याउन सक्दछ । यदि लिङ्गभन्दा ठूलो साइजको कन्डम प्रयोग गरियो भने योनीभित्र कन्डम फस्ने संभावना हुन्छ भने सानो साइजको कन्डम प्रयोग गर्दा फुट्ने संभावना हुन्छ । त्यसकारण लिङ्गको आकार औसत(५.१ इन्च) भएमा सानो आकारको कन्डम(१.७५ इन्च चौडाइ र ६.३ इन्च लम्बाइ भएको) प्रयोग गर्नुपर्दछ । तर लिङ्गको आकार ठूलो भएमा भने ठूलो आकारको कन्डम प्रयोगमा ल्याउनुपर्दछ
५. सेभिङ गर्नुहुदैन
कैयौं मानिसले यौनाङ्ग सेभिङ (रौं खौरने काम) गरेर यौन सम्पर्क राख्न मन पराउँछन् । तर सेभिङ गर्ने बित्तिकै यौन सम्पर्क गर्दा एसटिआई (सेक्सुअल्ली ट्रान्समिटेड डिजिज) हुने संभावना बढी रहने डाक्टरहरु बताउँछन् । सेभिङ गर्दा औजारले चिथरेको वा काटेको ठाउँमा संक्रमण हुनसक्दछ भने व्याक्टेरियाको संक्रमण हुने खतरा पनि हुन्छ । यसकारण यौन सम्पर्क गर्नुअघि कि सेभिङ नै नगर्ने वा सेभिङ गरेको केही समयपछि मात्रै यौन सम्पर्क गर्नु राम्रो मानिन्छ ।