health
||Power News Asia||

आजको समाचार

मेडिकल कलेजको बदमासी, एक महिनामा सात मृगौला रोगीको मृत्यु

स्वास्थ्य


वीरगन्ज, जेठ १३ । पटक–पटक विवादमा पर्दै आएको वीरगन्जको नेशनल मेडिकल कलेजले फेरि अर्को लापरबाही गरेको घटना सार्वजनिक भएको छ । मेडिकल कलेजमा उपचारका क्रममा जेठ ४ गते मृत्यु भई अन्त्येष्टि गरिएका बाराका ७० वर्षीय एक वृद्धको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।

बाराको करैयामाई गाउँपालिका ७ उमजन घर भएका चौधरी थरका ती वृद्धलाई दम र निमोनियाको समस्या देखिएपछि जेठ २ गते मेडिकल कलेजको आईसीयूमा भर्ना गरिएको थियो । भेन्टीलेटरमा राख्नुअघि कोरोनाको आशंकामा ती वृद्धको स्वाब मेडिकल कलेजले पीसीआर परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको थियो ।

तर स्वाबको रिपोर्ट आउनुअघि नै जेठ ४ गते उपचारका क्रममा उनको मृत्यु भयो । मेडिकल कलेजले पनि पीसीआर रिपोर्ट नआउँदै जेठ ४ गते नै शव परिवारजनको जिम्मा लगाएर पठाएपछि आफन्तले गाउँ लगेर त्यही दिन अन्तिम दाहसंस्कार गरे ।

शव पठाएपछि मेडिकल कलेजले जेठ ९ गते आईसीयू वार्ड फ्युमिगेसन गर्नु पर्ने भन्दै ३ दिनसम्म आईसीयूमा नयाँ बिरामी भर्ना नगर्ने सूचना पनि जारी गरेको थियो । आईसीयू वार्डमा ती मृतक वृद्धको मृत्यु भएपछि त्यहाँ भर्ना भएका करिब २० जना बिरामीलाई मेडिकल कलेजले आईसीयूबाट झिकेर कलेजकै अन्य वार्डमा स्थानान्तरण गरेको थियो ।

मेडिकल कलेजले स्वाब पठाएको कोराना शंकास्पद बिरामीको मृत्यु र शव परिवारको जिम्मा लगाउँदा अस्पताललाई कुनै जानकारी दिएन् ।

मृतक वृद्धको उपचार गरिएको मेडिकल कलेजको आईसीयू कक्षलाई स्थानीय प्रशासनले सोमबार अपरान्ह ३ बजदेखि सिल गरेको छ भने मृतक वृद्धको घर भएको बाराको करैयामाई गाउँपालिका ७ उमजन गाउँलाई पनि प्रहरीले सोमबार अपरान्हदेखि सिल गरेको छ । पछिल्लो एक महिनामा मेडिकल कलेजमै डायलोसिस गराउने क्रममा ७ जना मृगौला रोगीको मृत्यु भएको छ ।अन्नपूर्ण पोष्ट् दैनिकबाट

चार महिनामा ६ सयभन्दा बढी संक्रमित

स्वास्थ्य


काठमाडौं, जेठ १२ । मुलुकमा कोरोना भाइरस संक्रमण भेटिएको चार महिनाको निको हुनेको संख्या ८७ पुगेको छ। हालसम्म ६ सय जना संक्रमितमध्ये निको हुने १४ प्रतिशत छन्। गत माघ ९ गते मुलुकमा कोरोना भाइरस संक्रमित पहिलो व्यक्ति फेला परेका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार, संक्रमितको संख्या ६ सय नाघेको छ। आइतबार १९ जना नयाँ संक्रमित देखा परेसँगै संक्रमितको संख्या ६ सय तीन पुगेको हो। संक्रमित हुनेमा पाँच सय २४ जना पुरुष र ७९ जना महिला छन्। स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा। सुशीलनाथ प्याकुरेल सरकारले पीसीआरको परीक्षणको दायरा बिस्तार गर्न ढिलो गरेको बताउँछन्।

पछिल्ला चौबिस घण्टाको अवधिमा पीसीआर विधिबाट गरिएको परीक्षण संख्या दुई हजार आठ सय ५६ छ। आरडीटी विधिबाट गरिएको परीक्षणको संख्या तीन हजार सात सय ९१ रहेको मन्त्रालयले जनाएको आजको अन्नपूर्ण पोष्ट् दैनिकमा खवर छ ।

आँखा पनि कोरोना संक्रमणको प्रमुख माध्यमः अध्ययन

स्वास्थ्य


मानिसको शरीरमा कोरोनाभाइरस प्रवेश गर्ने आँखा पनि एक ‘मुख्य बाटो’ बाटो भएको हङकङ विश्वविद्यालयमा गरिएको एक अध्ययनले देखाएको छ । अध्ययनमा कोरोनाभाइरसको स्ट्रेन सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स) र बर्ड फ्लू (एचफाइभएन१) भन्दा १०० गुणा बढी संक्रामक रहेको जनस्वास्थ्य विज्ञहरुको अध्ययनबाट देखिएको हो ।

प्रयोगशालामा गरिएको परीक्षणमा कोभिड–१९ गराउने कोरोनाभाइरसको स्ट्रेन सार्स–कोभ–२ (SARS-Cov-2) को ‘भाइरस लेभल’ हाम्रो माथिल्लो श्वासनली र कन्जङ्कटिभा (हाम्रो आँखाको सतह) मा सार्सभन्दा बढी रहेको पाइएको हो ।

हङकङ विश्वविद्यालयको स्कूल अफ पब्लिक हेल्थका डा. माइकल चान ची–वाईले नेतृत्व गरेको टोली कोरोनाभाइरसले शरीरको दुई प्रवेश विन्दुबाट संक्रमण गर्न सक्छ भन्ने प्रमाण प्रस्तुत गर्ने पहिलो शोधकर्तामध्ये एक हो । उनीहरुको खोजलाई द लान्सेट रेस्पिरेटरी मेडिसिनको नयाँ अंकमा प्रकाशित गरिएको छ । 

‘हामीले मानिसको श्वालीनली र आँखाको कोषिकाहरुलाई लिएर प्रयोगशालामा सार्स–कोभ–२ (SARS-Cov-2) को अध्ययन गर्दा त्यसलाई सार्स र एचफाइफएनवान (H5N1) सँग तुलना गरेका थियौँ । हामीले सार्सको तुलनामा कोरोनाभाइरसले आँखा र माथिल्लो श्वासनलीबाट मानिसलाई संक्रमण गर्न सक्ने क्षमता ८० देखि १०० गुणा बढी पायौँ,’ डा. चानले भने ।

‘यसले कोभिड–१९ सार्सभन्दा किन यति चाँडो फैलियो भन्ने प्रश्नको उत्तर पनि दिन्छ । यो अध्ययनले कोरोनाभाइरसको संक्रमण फैलिनुमा आँखामा पनि प्रमुख माध्यम रहेको देखाउँछ,’ डा. चानले भने ।

यसअघि, विश्वविद्यालयका शोधकर्ताहरुले प्लास्टिक र स्टेनलेस स्टिलमा कोरोनाभाइरस ७ दिनसम्म बाँच्न सक्ने देखाएको थियो । यो अध्ययनले कोरानाभाइरसको संक्रमणबाट बच्न आँखा नछुने र बारम्बार हात धुनुपर्ने कुरालाई पुनः स्थापित गर्दछ ।

‘हङकङमा महामारी नियन्त्रणमा रहे पनि विश्वका अन्य भागमा यो फैलिने क्रममा रहेको छ । हामीले अहिले नै नियन्त्रणका उपायहरुलाई खुकुलो पार्न हुँदैन,’ डा. चानको भनाइ छ ।

स्वास्थ्य अधिकारीहरुले चस्माबिना एन९५ मास्क र पीपीई मात्र लगाएर कोरोनाभाइरसको संक्रमणबाट बच्न सक्छन् भन्ने मान्यतालाई पनि यो अध्ययनले चुनौति दिएको छ ।

यसअघि, गत जनवरीमा पेकिङ विश्वविद्यालयका श्वासप्रश्वास सम्बन्धी रोगबारेका विज्ञ वाङ गुआङ फालाई ऊहानबाट बेइजिङ फर्किएपछि कन्जङ्क्टिभाइटिस भएको ३ घण्टामा ज्वरो आएको थियो । पछि परीक्षणमा उनलाई कोरोनाभाइरसको संक्रमण देखिपछि आँखाबाट यो सरेको हुन सक्ने आशंका गरिएको थियो ।

गत डिसेम्बरको अन्त्यमा चिनियाँ सहर ऊहानमा पहिलो पटक कोरोनाभाइरसको संक्रमण देखिएको थियो । बिहीबारसम्म यो महामारीबाट विश्वभर ३७ लाखभन्दा बढी संक्रमित बनिसकेका छन् भने २ लाख ६४ हजारभन्दा बढीले ज्यान गुमाइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ ।

कोभिड–१९ विरुद्ध फ्रन्टलाइनमा महिला : युएन वुमनद्वारा डा. रुना झाको प्रशंसा

स्वास्थ्य


काठमाडौँ । कोरोनाभाइरसको महामारीसँग विश्वभरका महिलाहरुको जीवन परिवर्तन भएको छ । धेरैको काम र व्यक्तिगत जीवनमा ब्रेक लागेको छ । तर, यस्ता धेरै महिला छन् जसले थप चुनौति र जोखिमको सामना गर्नु परिरहेको छ ।यतिबेला विश्वभर लाखौँ महिला कोभिड–१९ विरुद्ध फ्रन्टलाइनमा बसेर काम गरिरहेका छन् । ‘डे फर सेफ्टी एन्ड हेल्थ एट वर्क’ को अवसरमा संयुक्त राष्ट्र संघअन्तरगत रहेको युएन वुमनले कोरानाभाइरसबिरुद्ध फ्रन्टलाइनमा काम गर्ने लाखौँ महिलामध्ये पाँच जनाको कथा प्रकाशित गरेको छ । यसमा नेपालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक डा. रुना झाको कथा समेत समावेश छ । उनीसँगै चीनकी यान सेङलियान, जोर्डनकी अमाल अल महायरा र हदिल दबाइबेह, कजाकिस्तानकी डिना स्माइलोभा र एन्टीगुआकी रायान्सिया हेनरीको प्रेरक कथा प्रस्तुत गरिएको छ ।

डा. झा र उनको टोलीले दैनिक रुपमा ७० वटा स्याम्पलको परीक्षण गरिरहेका छन् । एकै समयमा स्याम्पलहरु नआइपुग्ने हुँदा झा २४ सै घण्टा खटिरहेकी हुन्छिन् । ‘ल्याबमा ढिलासम्म बस्नु सामान्य भइसक्यो । प्राविधिक कामसँगै बन्दोबस्तीको सामान जस्तै मेरो टीमका लागि गाडी र खानाको व्यवस्था आदिको व्यवस्थापन गर्नुपर्छ,’ उनले भनिन् । आफ्नो टोलीको सुरक्षा झाका लागि पहिलो प्राथमिकता हो ।

गत मध्य फेब्रुअरीदेखि डा. झाको काम सुरु भएको थियो जब १७५ जना विद्यार्थीलाई चीनको ऊहानबाट नेपाल ल्याइयो । उनीहरुलाई राखिएको क्वारेन्टाइनमा प्रवेश गर्ने झा कै टोली प्रथम थियो ।

‘मेरो टोलीले स्याम्पल लिन कुनै संकोच गरेन । सबै तयार थिए । हामीले दिन रात काम गरेर स्याम्पल लिएका थियौँ,’ उनले आफ्नो अनुभव साझा गरिन् ।

महामारी सुरु भए यता उनको कठीन काम जारी नै छ । उनले आफ्नो टोलीको हौसला बढाउन सक्दो प्रयास गरिरहेकी छिन् । ‘यो हामी सबैको लागि कठिन समय हो । मैले सबैको हौसला बढाउनुपर्छ । मैले कोही निरास भएको अनुभव गरे भने म उनीहरुलाई भन्छु कि उनीहरुको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो ।’

यो काम झाको लागि पनि चुनौतिपूर्ण नै छ । सम्भावित संक्रमणबाट जोगाउनका लागि उनी अहिले छोरी र पतिभन्दा टाढा एक्लै बस्छिन् । यसअघि हप्ताको तीन पटक आफ्नो आमाबाबुलाई भेट्ने उनले त्यहाँ पनि जान पाएकी छैनन् ।

‘म मेरो छोरीलाई अँगालो हाल्न चाहन्छु र मेरो आमाबाबुको सेवा गर्न चाहन्छु । तर, अरुलाई सुरक्षित राख्न यो त्याग आवश्यक छ,’ झा भन्छिन् ।

सौन्दर्यका लागि घरेलु विधी : किन चाहियो कस्मेटिक उत्पादन ?

स्वास्थ्य


धेरैको भान्सामा मह हुन्छ, कागती हुन्छ, कफी हुनसक्छ । जैतुनको तेल, गुलाब जल भए अरु काइदा हुन्छ । आफ्नो सौन्दर्यका ख्याल राख्नेहरुले पार्लर धाइरहनुपर्दैन । कस्मेटिक उत्पादन खरिद गरिरहनु पर्दैन । घरमै बसेर पनि अनुहार, केस आदिको स्यहार गर्न सक्छन् ।

महको प्याक

महमा भिटामिन बि र सी हुन्छ, जसले छालामा पोषण प्रदान गर्छ । चिसो पानीमा महको केहि थोपा चुहाइदिने । यसले अनुहार धुनुपर्छ । महको मिश्रणयुक्त पानीले मुख सफा गर्दा अनुहार मुलायम र चम्किलो हुन्छ ।

कागती 

कागतीलाई फेसवासको रुपमा प्रयोग गर्न सकिन्छ । ताजा कागतीको रस र सफा पानीले अनुहार धुनुपर्छ । यसले अनुहारमा चमक ल्याउनका साथै ताजा पनि महसुष गराउँछ ।

जैतुनको तेल मसाज

मसाजले अनुहारमा चमत्कारी परिवर्तन ल्याइदिन्छ । जैतुनको तेल यसका लागि सर्बोत्तम मोश्चराइजर हो । यसमा एन्टिअक्सिडेन्टको मात्रा पनि हुन्छ । जैतुनको तेलको केहि थोपा हातमा राखेर अनुहार मसाज गर्नुपर्छ ।

कफीको स्क्रब

कफीमा रहेको एन्टिअक्सिडेन्टले अनुहारको रक्तप्रवाह सुचारु गराउँछ । कफीको स्क्रबले छालको मृत्त कोशिका हटाउँछ र अनुहारलाई रसिलो बनाइराख्छ ।

अनुहारमा बरफले रगड्ने

बरफले अनुहार रगड्दा तत्कालै ताजा अनुभव गर्न सकिन्छ । बफरले अनुहारमा रगड्दा छाला कसिलो हुन्छ । यसले गर्दा अनुहारको चाहुरीपन घट्छ । मुलायम कटनको कपडामा बरफको टुक्रा राखेर अनुहारमा हल्का ढंगले मसाज गर्नुपर्छ ।

गुलाब जल

गुलाब जलमा हाइड्रेटिङ र छालाको चमक बढाउने गुण हुन्छ । गुलाब जललाई अनुहारमा लगाउने । अनुहार क्षणभरमै ताजा देखिन्छ । चम्किलो देखिन्छ ।

अनुहारको व्यायाम

समग्र शरीरको व्यायाम गर्दा पनि अनुहारको व्यायाम गरिदैन । अनुहारको छुटै व्यायाम गर्न सकिन्छ । अनुहारको व्यायाम कसरी गर्ने ?

मुखमा हावा भरेर ओंठ बन्द गर्ने, मुख फुलाउने । हावा फ्याक्ने । यो क्रिया २० पटकसम्म दोहो¥याउनुपर्छ ।

छैन मूल्य हरियो पत्तीको

स्वास्थ्य


काठमाडौँ, २० वैशाख । चिया किसानलाई आफ्नो पेसा यतिबेला निल्नु न ओकल्नुझैँ भएको छ । डरत्रासबीच चिया टिपेर उचित मूल्यमा बेच्न नपाएपछि चिया किसान समस्यै समस्यामा छन् । चिया नटिपौँ बोटमै झ्याङ्गिने डर, टिपौँ मूल्य नपाउने पीर ।

यसपटक चिया दिवसमा पनि चिया किसान, उद्योगी, व्यवसायी खुसी भएनन् । हरेक वर्ष वैशाख १५ गते राष्ट्रिय चिया दिवस मनाउने गरिएको भए पनि यसपटक खल्लो भएको हो । यसपटक २४औँ राष्ट्रिय चिया दिवस चियाको राजधानी मानिएको इलामको सूर्योदय नगरपालिकामै मनाइएन । कोराना भाइरस (कोभिड १९)को महामारीपछि गरिएको लकडाउनका कारण समयमा चिया टिपेर बेच्न नपाएका किसानले त चिया दिवसको पत्तै पाएनन् । दुःखले चिया टिपेर उद्योगमा पु¥याउने किसानले चियाको मूल्य पाउने नपाउने टुङ्गो छैन । कतिपय कारखानाले चिया नै फर्काइदिन्छन् त कतिले जोखेर पछि भेटौँला भन्छन् । किसानलाई हातलागि केही पनि छैन । न्यूनतम दैनिक ज्यालादारी, सामाजिक सुरक्षाभत्तालगायत माग राखेर मजदुरले गरेको आन्दोलनका कारण गत साल पनि चिया दिवस मनाइएको थिएन ।

चियाको फस्र्ट फ्लस (पहिलो टिपाइ) गुमाएका किसान र उद्योगी अहिले पनि दोधारमै छन् । एकातिर टिपेको चिया बिकेन, मूल्य पाएनौँ भन्ने किसानको गुनासो छ भने अर्कोतर्फ लामो समयको बन्दाबन्दीका कारण उद्योगले पेमेन्ट गर्ने अवस्था नरहेको उद्योगीको भनाइ छ । सूर्योदय नगरपालिका–१० का चिया किसान कमल घिमिरेले चिया टिप्नु बाध्यता भए पनि उपलब्धि शून्य भएको बताएका छन् । घिमिरेले भने, चिया नटिपौँ बोटै बिग्रन्छ, टिपेर बेच्न लैजाऔँ, पैसा पाइँदैन ।

बन्दाबन्दीका कारण समयमा उद्योग सञ्चालन गर्न नपाएपछि उद्योगी किसानलाई कसरी भुक्तानी दिने भन्ने समस्यामा छन् । सूर्योदय टि प्रोड्युसर्स एसोसिएसनका प्रवक्ता बुद्ध तामाङले उद्योग सञ्चालनमा घाटा भए पनि किसानको हितका लागि सञ्चालनको विकल्प नभएको बताएका छन् । तामाङले भने, विश्व बजारमा जाने चियाको भविष्य नै सखाप भएको छ, किसानको मात्र हैन, सिङ्गो चियाको भविष्य के हुन्छ भन्न सकिन्न । नेपाल, भारत, युरोप, अमेरिका, अस्ट्रेलियाजस्ता देशमा निर्यात हुने चिया अहिले बगान र गोदाममै हुर्किरहेको छ । किसानले चिया टिपे पनि सबै उद्योगले खरिद गरेर प्रशोधन गर्नसक्ने अवस्था छैन । (गोरखापत्रबाट)

नेपालको परम्परागत आयुर्वेद उपचार पद्धति कोरोनाको वैकल्पिक उपचार

स्वास्थ्य


काठमाडौं – नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९)लगायत अन्य भाइरस लाग्न नदिने पूर्वरोकथामका रूपमा आयुर्वेद उपचार पद्धति अपनाउन वैधानिक बाटो खुला गरेको छ । आयुर्वेद तथा वैकल्पिक उपचारसम्बन्धी निर्दे्शिका जारी गरी सरकारले सातै प्रदेशमा अवलम्बन गर्न निर्देशन दिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) महामारी रोक्न यति बेला नेपालले बन्दाबन्दी (लकडाउन) नीति अपनाएको छ । विश्वमा कोरोना भाइरसको कुनै उपचार पद्धति, खोप र औषधि बनिसकेको छैन् । त्यसैले हरेक मुलुक क्वारेन्टाइन र आइसोलेसनमा बसेर आधुनिक चिकित्साको हल्का उपचार पद्धति अपनाउन बाध्य छ ।

नेपालमा भने हजारौँ वर्षदेखि चलिआएको सांस्कृतिक तथा परम्परागत आयुर्वेद उपचार पद्धतिमा कोरोनालगायतका अन्य भाइरस लाग्न नदिने गुण रहेका कारण निर्देशिका जारी गरी उपयोग गर्न भनिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् । 

प्रदेश नं २ मा दुई हजार ३१० को स्वाब नमूना सङ्कलन

स्वास्थ्य


कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले प्रदेश नं २ मा आज ९२ जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ ।

यो सँगै अहिलेसम्म प्रदेशमा दुई हजार ३१० जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ । तीमध्ये एक हजार ४४५ जनाको नमूना परीक्षण गर्दा एक हजार ४३३ जनाको नतिजा नेगेटिभ आएको छ भने ८६५ जनाको नतिजा आउन बाँकी रहेको यहाँ आयोजित पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो प्रदेशका कोरोना सङ्क्रमित १२ जनामध्ये चारजना उपचार गराई घर फर्किसकेका छन् भने आठजनाको उपचार भइरहेको छ । यो प्रदेशभित्र विगत २४ घण्टामा आरडिटी परीक्षण नभएको र सोभन्दा पहिले पाँच हजार ९१ जनाको परीक्षण गरिएको उहाँले बताउनुभयो ।

यस प्रदेशअन्तर्गतका विभिन्न क्वारेन्टाइनमा एक हजार ३७२, होम क्वारेन्टाइनमा चार हजार ५८७ र आइसोलेशनमा २५ जना बसेका छन् ।

नवलपरासीमा पनि १ जनामा भेटियो कोरोना संक्रमण, संक्रमितको संख्या ५८ पुग्यो

स्वास्थ्य


नवलपरासीमा पनि १ जनामा भेटियो कोरोना संक्रमण, संक्रमितको संख्या ५८ पुग्यो

नेपालमा थप एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थय प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा आज नवलपरासीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज गरिएको परीक्षणमा एकजना थपिएसँगै संक्रमितको ५८ जना पुगेको छ ।

आज थप भएका संक्रमितका बिषयमा मन्त्रालयले केहीवरेमा जानकारी गराउने बताएको छ ।

लकडाउनमा ७० लाख महिला गर्भवती हुन सक्ने !

स्वास्थ्य


काठमाडौं- राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले कोभिड–१९ को महामारी विश्वव्यापी फैलिरहेको हुनाले धेरै महिलाहरु परिवार नियोजनको पहुँचबाट टाढा रहने तथा अत्याधिक मात्रामा अनिच्छित गर्भधारणको वृद्धि हुने जनाएको छ ।

यूएनएफपिएद्वारा मंगलबार जारी नयाँ प्रतिवेदनले महिलाले अनिच्छित गर्भधानको सामना गर्नुपर्ने तथा परिवार नियोजनमा समेत असमर्थ हुने जनाउँदै अगामी महिनामा लैङ्गिक हिंसा र हानिकारक अभ्यासहरुको चपेटामा पर्नसक्ने प्रक्षेपण समेत गरेको छ । 

Logo

Logo

ENGLISH

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लकडाउनमा ७० लाख महिला गर्भवती हुन सक्ने !

खबरहब

१७ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय : ३ मिनेट


10101

SHARES

 
  • change font
  • change font
  • change font
  •  


सांकेतिक तस्वीर

काठमाडौं- राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले कोभिड–१९ को महामारी विश्वव्यापी फैलिरहेको हुनाले धेरै महिलाहरु परिवार नियोजनको पहुँचबाट टाढा रहने तथा अत्याधिक मात्रामा अनिच्छित गर्भधारणको वृद्धि हुने जनाएको छ ।

यूएनएफपिएद्वारा मंगलबार जारी नयाँ प्रतिवेदनले महिलाले अनिच्छित गर्भधानको सामना गर्नुपर्ने तथा परिवार नियोजनमा समेत असमर्थ हुने जनाउँदै अगामी महिनामा लैङ्गिक हिंसा र हानिकारक अभ्यासहरुको चपेटामा पर्नसक्ने प्रक्षेपण समेत गरेको छ ।

महिलाको यौन तथा प्रजनन स्वास्थ्यमा कार्यरत निकायका रुपमा यूएनएफपीए क्रियाशील रहेका छ । कोभिड–१९ को जोखिमका प्रभाव महिला तथा किशोरीहरुमा धेरै मात्रामा पर्ने, उनीहरुको स्वास्थ्य सुविधामा सीमितता ल्याउने, यही सीमितता कारण नियमित जाँच समेत उनीहरुले छाड्न सक्ने र सिङ्गो स्वास्थ्य प्रणालीमा समेत ठूलो भार पर्न सक्ने प्रतिवेदनले औल्याएको छ ।

प्रतिवेदन भन्छ, ‘कोभिड–१९ का कारण विश्वव्यापी आपूर्ति व्यवस्थामा आएको अवरोधले महत्वपूर्ण गर्भ निरोधकका साधनको अभाव हुन सक्छ । महिलाहरु घरमै बस्ने हुनाले लैङ्गिक हिंसा बढ्न सक्छ । महिला तथा किशोरीमा कोभिड–१९ ले थप प्रभाव पर्ने देखाउँछ ।’

प्रतिवेदनले मध्य र कम आय भएका ११४ देशहरुका ४७ मिलियन महिला आधुनिक गर्भनिरोधकका साधनबाट वञ्चित हुन सक्ने समेत प्रक्षेपण गरेको छ । लकडाउन ६ महिना लम्बिए तथा स्वास्थ्य सेवा पाउन अवरोध कायम रहेमा ७ मिलियन अनिच्छित गर्भधारण हुने, ३१ मिलियन महिला लैङ्गिक हिंसामा घटना हुने सम्भावना औल्याएको छ ।

‘कोभिड–१९ को महामारीले गहिरो असमानता निम्याउँदै छ । लाखौँ महिला तथा किशोरीहरु आफ्नो परिवार नियोजन, आफ्नो स्वास्थ्य र शरिरको सुरक्षा गर्ने क्षमता गुमाउने जोखिममा छन्’ यूएनएफपीएका कार्यकारी निर्देशक डा नातालिया कनेमको भनाइ छ । महिलाको प्रजनन् स्वास्थ्य सेवा , अधिकारहरु सुरक्षित गर्न, निरन्तर जारी राख्न, आपूर्ति वितरणलाई सहज बनाउन र संकटासन्नहरुलाई सहयोग र संरक्षण गर्न प्रतिवेदनले जनाएको छ ।

प्रतिवेदनले मध्य र कम आय भएका ११४ देशहरुका ४७ मिलियन महिला आधुनिक गर्भनिरोधकका साधनबाट वञ्चित हुन सक्ने समेत प्रक्षेपण गरेको छ । लकडाउन ६ महिना लम्बिए तथा स्वास्थ्य सेवा पाउन अवरोध कायम रहेमा ७ मिलियन अनिच्छित गर्भधारण हुने, ३१ मिलियन महिला लैङ्गिक हिंसामा घटना हुने सम्भावना औल्याएको छ । साथै ३ महिनासम्म लकडाउन जारी रहेमा थप २ मिलियन महिला आधुनिक गर्भनिरोधकका साधन प्रयोग गर्न असमर्थ हुने र १५ मिलियन महिला लैङ्गिक हिंसामा घटना हुने जनाएको छ ।

कोभिड–१९ को प्रतिकार्यले बालविवाह अन्त्य र प्रयासलाई समेत बाधा पुर्‍याएको छ । सन् २०२०–२०३० को बीचमा १३ मिलियन थप बालबिवाह हुने सम्भावना प्रतिवेदनले देखाएको छ । प्रतिवेदन भन्छ ‘ती बालविवाह रोक्न सकिन्थ्यो ।’