काठमाडौं, जेठ १६ – चिकित्सक संघसँगको सहकार्यमा नेपाल चेम्बर अफ कमर्शले टेलिमेडिसिन सेण्टर स्थापना गरेको छ ।साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र ईश्वरलाल प्रतिष्ठान समेतको सहयोगमा उक्त टेलिमेडिसिन सेण्टर स्थापना गरिएको हो । नेपाल चेम्बर अफ कमर्श मुख्य प्रायोजक रहेको उक्त अभियानमा साल्ट ट्रेडिङ र ईश्वरलाल प्रतिष्ठान सह प्रायोजन रहेका छन् ।
आइतबार आयोजित एक कार्यक्रम माझ उक्त टेलिमेडिसिन सेण्टरको शुभारम्भ कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल र नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले संयुक्त रुपमा गरेका छन् ।
उक्त शुभारम्भ कार्यक्रममा प्रमूख अतिथि तथा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले विश्वव्यापी महामारीको रुपमा फैलिएको दोश्रो चरणको कोरोनाभाइरस (कोभिड(१९) बाट प्रभाबित भएका व्यक्तिहरुले बिदेश तथा नेपालका सवै क्षेत्रबाट यस केन्द्रबाट अनलाइन परामर्श प्राप्त गर्न सक्ने हुंदा महामारी व्यवस्थापनमा सहयोग पुग्ने बिश्वास गर्दै यस पुनित कार्यमा मूख्य प्रयोजन गर्न पाउदा खुशी लागेको बताए ।
‘हाल नयां भेरियण्टको कोभिड-१९ महामारीको संक्रमण तीव्र रुपमा वढि रहेको सन्दर्भमा उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि “सम्पूर्ण नेपालीको जीवन रक्षाको लागि हामी एक हौं” भन्ने नाराका साथ उक्त सेवा शुभारम्भ गरिएको हो’ अध्यक्ष मल्लले जानकारी दिदै भने ।
उक्त अवसरमा मल्लले नेपाल चेम्वर अफ कमर्सले चेम्वर कोभिड व्यवस्थापन समिति गठन गरी विभिन्न सरकारी अस्पतालहरुलाइ कोभिड नियन्त्रणसंग सामाग्री तथा उपकरणहरु हस्तान्तरण भइ रहेको पनि जानकारी दिए ।
देशका ७५३ वटै स्थानीय तह, जहाँ इन्टरनेटको पहुँच छ त्यस्ता ठाउँका बिरामीहरूले टेलिमेडिसिन सेवा प्राप्त गर्न सक्नेछन्,’ अध्यक्ष मल्लले भने, ‘यो सेवाका लागि हामीले संघलाई लजिस्टिक सपोर्ट गरेका छौं । समस्यामा परेका नेपाल र नेपालबाहिर समेत रहेका नेपाली नागरिकको सेवामा सहयोग गर्न पाएकोमा चेम्बर गौरवान्वित छ । यसबाट धेरै भन्दा धेरै नागरिकले सेवा प्राप्त गर्नुहुने विश्वास मैले लिएको छु ।’
त्यसैगरि नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले टेलिमेडिसिन सेवाबाट सोझै डाक्टरहरूलाई विरामीले आफ्नो समस्या समेत भिडियो कलमार्फत देखाउन सक्ने जानकारी दिए । ‘यसबाट विरामीको बस्तुस्थिति अझै सजिलोसँग चिकित्सकले थाहा पाउने र उपचारमा सजिलो हुनेछ’ सेवा बारे प्रकाश पार्दै उनले भने ।साथै उनले नेपाल चिकित्सक संघले केही दिनअघि मात्रै कोरोना भाइरस संक्रमणका कारण अस्पताल जान नसकेका नागरिकहरूका लागि लक्षित गर्दै कल सेन्टर पनि सञ्चालनमा ल्याईसकेको जानकारी दिए ।
सो अवसरमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कोभिड १९ को कहरका कारण बिरामीहरुलाई अस्पातल जाउँआउ गर्न समस्या रहेको उल्लेख गर्दै टेलिमेडिसिन मार्फत उपलब्ध हुने स्वास्थ परामर्श सेवाले आम नागरिकलाई ठुलो राहत मिल्ने धारणा राखिन । साथै उनले आम नागरिकले पिडा महशुश गरिरहेको यस घडीमा स्वास्थ्य सेवा जस्तो पुनित कार्यमा जोडिन पाउँदा कर्पोरेशन परिवार आभारी रहेको बताईन् ।
ईश्वरलाल प्रतिष्ठानकी सदस्य डा. रमिला श्रेष्ठ (मास्के)ले नेपाल चेम्बर अफ कमर्श र साल्ट ट्रेडिङ कर्पोरेशनले उक्त टेलिमेडिसिन सञ्चालन गर्न चाहिने सम्पूर्ण सामग्री (लजिस्टिक सपोर्ट) र ईश्वरलाल प्रतिष्ठानले अन्य पूर्वाधारका काममा सहयोग गरेको जानकारी दिइन् ।
टेलिमेडिसिन सेवाबाट निषेधाज्ञाका कारण घरमै बस्न बाध्य बिमारीहरूलाई भिडियो कलमार्फत विशेषज्ञ चिकित्सकहरूबाट परामर्श दिइने छ । आज आइतबार शुभारम्भ भएको टेलिमेडिसिन सेण्टर मार्फत सोमबार जेठ १७ गतेबाट सेवा आरम्भ हुनेछ । यो सेवा हाललाई प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गरिने छ । सेण्टर संचालनमा मिडास टेक्नोलोजिजको प्राविधिक सहयोगमा गर्नेछ ।
इन्टरनेट र मोबाइल तथा कम्युटर डिभाइस मार्फत मेरो डाक्टर डटकमबाट यो सेवा लिन सकिनेछ । मेरो डाक्टर एप मार्फत पनि यो सेवा लिन सकिनेछ । आईतबार इन्टरनेट र मोबाइल तथा कम्युटर डिभाइसको पहुँच नहुनेले आफुलाई पायक पर्ने नजिकैको फार्मेसी, क्लिनिक वा स्वास्थ्य चौकी पुगेर यो सेवा लिन सक्नेछन् ।
यो Telemedicine सेवा कसरी लिने? सेवा कसरी लिने?
- विरामीहरुले मोबाइल अथवा ल्याप–टप मार्फत् कुनै पनि समय र स्थानबाट यो
सेवा लिन सक्नेछन्।
-यदि एन्ड्रोइड फोन प्रयोगकर्ता भएमा गुगल प्ले स्टोरबाट Mero Doctor एप
डाउनलोड गर्न सकिन्छ । आइओएस फोन प्रयोगकर्ता भएमा एप्पल स्टोरमा गएर Mero Doctor’ एप डाउनलोड गर्न सक्नेछन् ।
- ल्याप–टप वा डेस्क–टपबाट यो सेवा लिन चाहेमा ‘www.merodoctor.com’
टाइप गरेर यो सेवा लिन सकिनेछ ।
-कुनै पनि ग्याजेट तथा इन्टरनेट सुविधा उपलब्ध नभएमा आफुलाई पायक पर्ने नजिकैको
फार्मेसी, क्लिनिक तथा स्वास्थ्य चौकीमा पुगेर यो सेवा लिन सकिनेछ।
- मेरो डाक्टर एप कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा www.merodoctor.com/help
ले तपाइँलाई थप मद्दत गर्नेछ । तपाइँहरूको सजिलोका लागि यो लिंकमा भिडियो
म्यानुअल राखिएको छ ।
- वा निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सक्नुहुन्छ ।9847691129, 9823012581, 9847393153, 9847396536
काठमाण्डौ – विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको वास्तविक तथ्याङ्क जति आधिकारिक रूपमा बताइएको छ त्योभन्दा दुई या तीन गुणा बढी रहेको बताएको छ ।
सङ्गठनका अनुसार आधिकारिक रूपमा विश्वभर अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणका कारण ३४ लाख जनाको ज्यान गइसकेको छ ।
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार आफ्नो वार्षिक प्रतिवेदनमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ६० देखि ८० लाखबीच हुन सक्ने बताएको छ ।
प्रतिवेदनकाअनुसार सन् २०२० मा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ३० लाख या बताइएको भन्दा १२ लाख धेरैको ज्यान गएको छ ।
‘प्रत्यक्ष रूपमा होस् या फेरि अप्रत्यक्ष रूपमा कोभिड–१९ बाट ज्यान गुमाउनेको तथ्याङ्क वास्तविक मृत्युको तथ्याङ्कभन्दा निकै कम छ’, प्रतिवेदनमा भनिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनकी प्रबन्ध निर्देश समीरा अस्माले भन्नुभयो, ‘वास्तवमा ज्यान गुमाउनेको तथ्याङ्क दुई या तीन गुणा धेरै हुन सक्छ । यो तथ्याङ्क ६० देखि ८० लाख छ ।’
तथ्याङ्क कम हुनुमा यसका विभिन्न कारण हुन सक्ने विश्व स्वास्थ्य सङ्गठनले बताएको छ । सङ्गठनकाअनुसार महामारी सुरु हुने बेलामा कैयौँ व्यक्तिको मृत्यु उनीहरूमा कोभिड–१९ पुष्टि हुनुभन्दा पहिले नै भएको थियो ।
साथै केही देशसँग त्यस समयमा कोभिड–१९ का कारण हुने मृत्युसँग जोडिएको डाटा राख्नका लागि उचित प्रक्रियासमेत नभएको सङ्गठनले बताएको छ । – साभार उज्ज्यालो अनलाईन बाट
काठमाडौं, ५ जेठ- नेपाल चेम्वर अफ कमर्शले विभिन्न अस्पताललाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । चेम्वर अफ कमर्शले बुधबार उक्त सामाग्रीहरु वितरण गरेको हो । चेम्बर अध्यक्ष राजेन्द्र मल्लले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई उक्त सामाग्रीहरु हस्ताण्तरण गरे । हस्ताण्तरित उक्त सामाग्रीहरु अस्पतालको तर्फबाट डा. राजेश शाहले ग्रहण गरेका थिए । सो अवसरमा चेम्वरबाट बिगतमा पनि यस्तै सामाग्रीहरु प्राप्त भएको स्मरण गर्दै डा. शाहले चेम्वरलाइ धन्यबाद ज्ञापन गरेका थिए । यसैगरी चेम्वर अध्यक्ष मल्लले त्रिबि शिक्षण अस्पतालको आकस्मिक कक्षलाइ पनि स्वास्थ सम्वन्धी सामाग्रीहरु हस्तान्तरण गरेका छन् । त्रिबि शिक्षण अस्पताल आकस्मिक कक्षको तर्फबाट प्रा.डा.योगेन्द्रमान शाक्यले सामाग्री ग्रहण गरेमा थिए ।
त्यसै गरी चेम्वरका अध्यक्ष मल्लले राधास्वामी अक्सीजन थेरापी आइसोलेशन सेन्टर गौंगवुको लागि पनि स्वास्थ सम्वन्धी सामाग्रीहरु उक्त केन्द्रका तर्फबाट नेपाली सेनाका डा.क्याप्टेन मुक्तीनाथ साँखीलाई हस्तान्तरण गरे ।
आज हस्तान्तरण गरिएका सामाग्रीहरुमा पिपिइ सेट,सर्जिकल मास्क,सर्जिकल पन्जा, स्यानीटाइजर तथा सिटामोल रहेका छन ।
अध्यक्ष मल्लले चेम्वरले केही दिनमा सरकारी अस्पतालहरुलाइ अक्सिजन सिलिण्डर र कन्सन्टे«ट उपलब्ध गराइने तयारी गरेको बताए । उक्त अवसरमा चेम्वरका उपाध्यक्ष तथा नेपाल चेम्वर कोभिड व्यवस्थापन समितिका संयोजक दीपक कुमार मल्होत्रा, चेम्वरका उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठ तथा कार्य समिति सदस्य नवराज ढकालको उपस्थिति रहेको थियो ।
काठमाडौं । कोभिडको दोश्रो चरणको लहरले नेपालमा अक्सिजनको चरम अभाव हुन थालेपछि गैरआवासीय नेपाली संघ मध्यपूर्वले ६ सय अक्सिजन सिलिण्डर नेपाल पठाउने भएको छ । संघले ६ सय अक्सिजन सिलिण्डर यही हप्ताभित्र नेपाल पठाउने भएको हो । नेपाली दूतावास ओमानको सहकार्यमा ओमानबाट ४० लिटर क्षमताका ६ सय वटा सिलिण्डर नेपाल पठाउन प्रकृया अगाडि बढिसकेको यस अभियानका संयोजक तथा एनआरएन आइसीसी सचिव आरके शर्माले जानकारी दिएका छन् ।
‘कोभिडको विषम परिस्थितिमा सिंगो मध्यपूर्वका नेपालीको अभियान, ६ सय अक्सिजन सिलिन्डर मार्फत दैनिक १२ सय नेपालीलाई जीवनदान’ भन्ने नाराका साथ एनआरएन मध्यपूर्वले अभियान थालेको सोमबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
‘अहिले नेपालमा कोरोना संक्रमितले अस्पतालमा बेंड नपाएर छटपटाउदै छटपटाउदै ज्यान गुमाउनु परेको हृदयविदारक अवस्था छ भने अक्सिजनका सिलिंडरको अभावले गर्दा बचाउन सकिनेको पनि ज्यान गइरहेको छ, आजको यो स्थितीमा हामी मध्यपूर्वबासी नेपालीले एक हप्ताभित्र अक्सिजनका सिलिंडर नेपाल पठाउन अभियान सुरु गरेका छौ’ संयोजक शर्माले बताए ।
मध्यपूर्वमा रहेका एनआरएन एनसीसी, संघसंस्था तथा सहयोगी हातहरुबाट रकम उठाएर पहिलो चरणमा नेपालमा अक्सिजन सिलिण्डर पठाउन लागिएको एनआरएन मध्यपूर्वका संयोजक प्रविन गुरुङले जानकारी दिए । ‘हामीले एनआरएन आइसीसीको कार्यक्रम अन्तर्गत मध्यपूर्वबाट छुट्टै अभियान थालेका छौं, यो सहयोगले केही हदसम्म टेवा पुग्ने आशा राखेका छौं’ गुरुङले बताए ।
अहिले नेपालमा अक्सिजन उत्पादन भएता पनि सिलिण्डर अभाव हुँदा विरामीले अक्सिजन पाउन सकेका छैनन् । ओमानमा सिलिण्डर खरिदका लागि प्रकृया अगाडि बढिसकेको र नेपाली दूतावास ओमानले सहजीकरण गरिदिएको जानकारी एनआरएन प्रवक्ता तथा एनआरएन ओमानका संस्थापक अध्यक्ष डिबी क्षेत्रीले जानकारी दिए ।
एनआरएनएले कोरोना महामारीमा विभिन्न सहयोग कार्यक्रम ल्याइरहँदा एनआरएन मध्यपूर्वले तत्काल सिलिण्डर पठाउने अभियान थाल्दा अन्य क्षेत्रबाट पनि सहयोग गर्नुपर्ने आवश्यकता छ ।
एनआरएन सल्लाहकार टिवी कार्की, मध्यपूर्व उपसंयोजकद्वय मनोज गोर्खाली, राजेन्द्र अर्याल, एनआरएन ओमानका अध्यक्ष बिकल झाले मध्यपूर्वमा रहेका आम नेपालीलाई नेपालमा अक्सिजन सिलिण्डर पठाउने अभियानमा सहयोग गर्न आग्रह गरेका छन् । कोरोना विरामीले अक्सिजन अभावबाट मृत्यु हुन नपरोस् भन्ने मध्यपूर्वको अभियानमा सबैको साथ र सहयोगको जरुरी छ ।
हाल नेपालमा अक्सिजन उत्पादन भएता पनि सिलिण्डर अभाव हुँदा विरामीले अक्सिजन पाउन नसकेकाले ओमानमा सिलिण्डर खरिद प्रकृया अगाडि बढाएको एनआरएनए ओमानका अध्यक्ष झाले बताए । यो कार्यक्रमका योजनाकार झाले सबै प्रक्रिया शुरु भएको र एक हप्तामा सिलिण्डर नेपाल पुर्याउने दाबी गरे झाले यो कार्यक्रम सफल पार्न नेपाली दूतावास ओमान र राजदुत सर्मिला पराजुली ढकालको ठुलो योगदान रहेको पनि उनले बताए । ओमानबाट उक्त सिलिण्डर नेपाल ल्याउनका लागि सरकारी प्रक्रियामा राजदुताबासले सहजीकरण गरिदिएको समेत उनले जानकारी दिए ।
काठमाण्डौ - कोरोना संक्रमण नियन्त्रणका लागि रंगकर्मीहरुले नाटक प्रस्तुत गरेका छन । जनचेतना नेपालले कोभिड १९ सम्बन्धि जनचेतना मूलक नाटक प्रस्तुत गरेका हो । कोरोना संक्रमण तिब्र रुपमा फैलिए पछि नाटक मार्फत सचेतना जगाउन शुरु गरिएको जनचेतना नेपालका केन्द्रीय अध्यक्ष बालकृष्ण निरौला बताउनु भयो ।रङ्गकर्मी आशान्त शर्मा निर्देशनमा कोरना भाइरस (कोभिड–१९) बिरुद्धको सचेतना मूलक सडक नाटक ‘हाम्रै गाउँघरमा’ मञ्चन गरिएको छ । गोकणेश्वर नगरपालिकाको आयोजनमा जनचेतना नेपालको प्रस्तुति सामुदायिक सडक नाटक भेनस कलेजको सभा हलमा प्रथम प्रर्दशन गरिएको हो ।
कोरोना रोग नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाले नगरबासीमा चेतना जगाउन सो नाटक मञ्चनको आयोजना गरेको नाटकका कलाकार मुना निरौला त्रिपाठीले जानकारी गराउनु भयो । ३० मिनेट लामो नाटकमा ब्यक्तिगत सरसफाई तथा कोरोना रोग र रोकथाम बारे समसामयिक बिषयलाई नाटकमा उठान गरेको अर्का कलाकार यम बहादुर जीसीले बताउनुभयो । नाटकमा मुख्य कलाकारको रुपमा कमल बोहरा, मुना निरौला त्रिपाठी, कबिन्द्र त्रिपाठी, याम बहादुर जिसी, सोमा न्यौपाने लगायतको भूमिका रहेको छ भने अन्य कलाकारमा शरला पराजुली, प्रनिस थापा मगर, कृष्ण केसी रेशम मल्ल, बिनोद प्रकाश धामीको अभिनय हेर्न सकिन्छ ।
क्रितिमा र क्रिस्टीना त्रिपाठीले बाल कलाकारको रुपमा अभिनय गर्नुभएको छ । नाटकको लेखन कबिन्द्र त्रिपाठी रहनुभएको छ । नाटकमा समसामयिक राजनीतिक ब्यवस्था, पारिवारीक पिडालगायत कोरोना संक्रमणबाट कसरी बच्न सकिन्छ भन्ने बिषयलाई सडक नाटकमार्फत आम नागरिकले बुझने भाषा शैलिमा प्रस्तुत गरिएको छ । नाटकमार्फत कोरोना संक्रमणबारे कसरी बच्ने भन्ने बारे सचेतना फैलाउने उद्देश्य भएकोले नगरपालिकाले सहयोग गरेको गोकुणेश्वर नगरपालिकाले जनाएको छ ।
नाटकमा जाँड रक्सीको कुलतले समाजमा निम्त्याउन सक्ने विभिन्न विकृति विरुद्ध सचेत गराएको छ । सडक नाटकमा १२ जना कलाकारले अभिनय प्रस्तुती दिएका छन । सरकारले तोकेको स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गरेर नाटक प्रस्तुत गरीने नाटकका कलाकार समेत रहनु भएका जनचेतना नेपालका अध्यक्ष निरौलाले जानकारी दिनु भयो । अध्यक्ष निरौलाले सातै प्रदेशमा सामाजिक रुपान्तरणका साथै जनजनमा कोभिड १९ बिरुद्ध जनचेतना जगाउने काममा निरन्तरता दिने बताउनु भएको छ ।
जनचेतना नेपालको हाल केन्द्रीय कार्यालयसहित १ नम्बर प्रदेश र बाग्मती प्रदेशमा प्रादेशिक संरचना रहेको र अन्य प्रदेशमा पनि संस्थालाई विस्तार गरिने यसअघि पनि जनचेतना नेपालले झापा, काभ्रे ,नुवाकोट, काठमाडौँ, चितवन लगायतका विभिन्न जिल्ला को ग्रामीण भेगमा न्यानो कपडा, खाद्यान्य, अभिमुखीकरण, स्वयंसेवी, निःशुल्क खाना वितरण लगायतका जनचेतना जगाउने काम गरिसकेको छ ।
बर्दिबास – बर्दिबास,पाटु, दन्त्य रोगका एक बरिस्ठ चिकित्सकले गाउँमा हस्पिटल बनाउन करिब एक करोड २५ लाख रुपैयाँ मूल्य पर्ने जमिन दान दिएका छन्। बर्दिबास नगर पालिका वडा न घ पाटु स्थित पुर्ख्यौली गाउँमा सरकारी जनरल अस्पताल निर्माणका लागि डा.सुबाश घिमिरे ले पाच कटठा जग्गा दान गरेका हुन्।
दान गरिएको जग्गामा बन्ने सरकारी जनरल अस्पताल भवनको शिलान्यास कार्यक्रममा नगर प्रमुख विदुर कार्कि, वडा न ३ का वडा अधक्ष्य राजन ढुंगाना, डा.सुबाश घिमिरेका दाजु श्याम घिमीरे लगाएत गाउँका मान्यजन,बिशिस्ठ व्यक्तित्व हरुको पनि सहभागिता रहेको थियो भने वडा सदस्य श्री गणेश बस्नेत ले कार्यक्रम संचालन गर्नु भएको थियो।
शिलान्यास कार्यक्रममा जग्गादाता डा.सुबाश घिमिरे ले सामाजिक क्षेत्रमा योगदान पुर्याएका आफ्ना बाबुको स्मृतिमा स्थानीय बासिन्दाले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गरुन् भन्ने आफ्ना बुबाको सपना रहेको उद्देश्यले जग्गादान गरेको बताउदै स्थाननियहरु,नगर प्रमुख तथा वडा अधक्ष्य लाई यस्तो अवसर जुटाईदिएको मा धन्यबाद दिएका थिए ।
नगर प्रमख बिदुर कार्कीले भवन एक वर्षभित्र निर्माण हुने तथा उक्त हस्पिटल बनाउनका लागि नगर पालिका ले पैतालिस लाख रुपैयाँ सहयोग गर्ने पनि बताउनु भएको थियो ।
पाटुका स्थानीय बासिन्दा तथा देशकै नमूना स्कूलका प्रिन्सिपल दीपक बराल का अनुसार उक्त जमिन एक करोड २५ लाख रुपैयाँ मूल्य पर्ने बताइएको छ ।
डा.घिमिरेका बुबा स्वर्गीय इन्द्र प्रसाद घिमिरे उक्त क्षेत्रमा सामाजिक कार्यमा नाम कहलिएका व्यक्तित्व थिए।
ललितपुर- टिकटक,कविता लेखन तथा वाचन प्रतियोगिताका विजयी क्यान्सर जितेका महिलाहरुलाई १११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर सोमबार ललितपुरको झम्सिखेलमा एक कार्यक्रमको आयोजना गरि पुरस्कृत एवम् सम्मानित गरियो । नेपाल क्यान्सर सहयोग समूहको आयोजना तथा नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर हरिसिद्धि र उपचारका लागि सहयोगी हातहरुको सहयोगमा आयोजित ‘सुदिप्त क्यान्सर सभाईभर मिट—२१’ कार्यक्रममा सो समूहकी संयोजक स्वरुपा श्रेष्ठले विजयी महिलाहरुलाई पुरस्कार वितरण तथा सम्मान गरीन् । कविता प्रतियोगीता तर्फ गंगा के सि प्रथम, श्रीजना लुइँटेल चापागाई द्वितीय, अनिता श्रेष्ठ र लिना नेम्कुल तृतीय, मीना तुलाधर चतुर्थ र गीता चित्रकार र लोकेश्वोरी शाक्यले सान्त्वना (पाचौ) स्थान हासिल गर्दै पुरस्कृत भए भने सेलेब्रेटि पुरस्कार तर्फ चर्चित मोडेल डली गुरुङ , सुप्रसिद्द गायिका संगीता शाक्य र ज्येष्ठ नागरिक पुरस्कार ७४ बर्षिय ताराप्रसाद त्रिपाठीले प्राप्त गरे । यसैगरि क्यान्सर बिजेता टिक टक च्यालेन्ज प्रतियोगितामा अनिता श्रेष्ठ प्रथम, गंगा के सि द्वितीय मीना तुलाधर तृतीय र पुनेय्स्वोरी कोजु महर्जनले चतुर्थ स्थान हासिल गर्दै पुरस्कृत भए ।
श्रेष्ठले कविता प्रतियोगिताकी निर्णायक मण्डलका सदस्य कवयीत्री शान्ति शर्मा तथा कविता र टिकटक प्रतियोेगिताका निर्णायक मण्डलका अर्का सदस्य कवि दिपक यात्रीलाई पनि सम्मान गरीन् । कार्यक्रममा निर्णायक मण्डलका सदस्यहरु कवयीत्री शान्ति शर्मा तथा दीपक यात्रीका साथै प्रतियोगितामा पहिलो भएकी गंगा केसीले कविता वाचन गरेका थिए । यसैगरी क्यान्सर विजेता सेलिब्रेटी डली गुरुङ्गले आफुले नेपाल क्यान्सर हस्पिटलको प्रांगणमा एउटा विजयी घण्टी सौजन्य स्वरुप दिएको र हरेक क्यान्सर बिरामीको उपचार पछि उहाँहरुले उक्त बिजयी घण्टी बजाई आफु क्यान्सरमुक्त भएको उद्घोष गर्दै उपचाररत अरु क्यान्सर विरामीको हौसला बढाईदिन पनि अनुरोध गरीन् ।
कार्यक्रम माझ क्यान्सर विजेता इन्दिरा प्रधानाङ्गले नृत्य गर्नुका साथै योगा प्रशिक्षक सिमन न्यौपानेले हौसला र हाँसोको महत्वको बारेमा चर्चा गरिन भने क्यान्सर विजेता बबि शाक्य, तारा अमात्य र सुनिता तुलाधरले आआफ्नो अनुभव सुनाएका थिए । कार्यक्रममा क्यान्सर विजेताहरुले सँधै हौसला र प्रेरणा दिदै आएकी क्यान्सर सहयोग समूहकी संयोजक स्वरुपा श्रेष्ठलाई सो समूहकोे अभिभावकको भूमिका निर्वाह गरेकोमा दोसल्ला ओढाई अभिनन्दन गरिएको थियो । अभिन्दित भए लगत्तैश खुशी व्यक्त गर्दै श्रेष्ठले क्यान्सर पिडितमा क्यान्सर लागेपछिको चिन्ता, त्यसमा पनि कोरोना महामारीको थप त्रासले यस्तो अवस्थामा क्यान्सर निको भएका र उपचाररत महिलाहरुलाई तनाव र निराशामुक्त राख्न कार्यक्रम अघि सारिएको बताइन ।
नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर हरिसिद्धि र नेपाल क्यान्सर सहयोग समूहले कोरोना महामारीको मध्य समय ताका यो जुक्ति निकालेको पनि उनले स्पस्ट पारिन् । त्यस पस्चात समूहले क्यान्सरको उपचार गराईराखेका र उपचार सकेर निको भईसकेका महिलालाई कोरोनाको तनाव र निराशाबाट मुक्त राख्दै उनीहरुको दैनिकी व्यस्त राख्न सामाजिक सञ्जालमा टिकटक, कविता लेखन तथा वाचन प्रतियोगिताको आयोजना गरिएको बारे पनि उनले प्रस्ट पारिन् । संयोजक श्रेष्ठले टिकटक,कविता लेखन तथा वाचन प्रतियोगिताले कोरोना महामारीले समाजमा ल्याइदिएको निराशापनलाई र निरसतालाई निकै हदसम्म कम गरेको दाबी पेश गर्दै आफूभित्र रहेको जुनसुकै प्रतिभा टिकटकमा देखाएर कोरोना महामारीको अवधिभर आफूलाई प्रशन्न, स्वस्थ र व्यस्त राख्ने उद्धेश्यले नेपालमै पहिलोपटक यस्तो कार्यक्रम अघि सारिएको उल्लेख गरिन।
‘हामी क्यान्सरको उपचार गराईराखेका र उपचारपछि निको भएका थुप्रै दिदीवहिनीलाई यस अवधिमा तनावमुक्त र व्यस्त राख्न चिन्तित थियौं, सोही अनूरुप हामीले पहिलोपल्ट यो कार्यक्रम गरेका हौं र सफल पनि भयौ’ क्यान्सरसर्भाइभरहरुकी अभिभावक एवम् नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरकी निर्देशक र नेपाल क्यान्सर सहयोग समूहकी संयोजक समेत रहेकी स्वरुपा श्रेष्ठले भनिन ।
काठमाडौं- ओम समाज डेन्टल हस्पिटल ले चाबहिल स्थित हेल्पिंग हेन्ड सामुदायिक अस्पतालमा आफ्नो दन्त्य सेबा बिस्तार गरेको छ। उक्त सेबा को उद्घाटन हेल्पिंग हेन्ड सामुदायिक अस्पतालका अधक्ष्य डा.गुप्त बहादुर श्रेष्ठ तथा ओम समाज डेन्टल हस्पिटल का अधक्ष्य डा.सुबाश घिमिरेले गर्नु भएको थियो ।
उक्त उद्घाटन समारोहमा काठमान्डू महानगर पालिका वडा न ७ का वडा सदस्य श्री कृष्ण मणि भट्टराई, ओम समाज डेन्टल हस्पिटलका उपाध्यक्ष रामेश्वर के.सी, सल्लाहकार मोहन पोख्रेल लगाएत हेल्पिंग हेन्ड अस्पतालका बिसिस्ट कर्मचारी हरुको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै डा.घिमिरेले ओम समाज डेन्टल हस्पिटल जसको दाँत सबल उसको जिबन सफल भन्ने एक रास्ट्रीय नाराका साथ् अघि बढिरहेको बताउदै कोहि पनि कुनै कारणले पनि उपचार बाट बन्चित हुन् नपरोस सबैको लागि उपचार सहज,सुलभ होस् भन्ने उदेस्यले यस सामुदायिक अस्पतालमा आफ्नो सेबा बिस्तार गरेको जानकारी गराउनु भयो ।
भने अधक्ष्य डा.श्रेष्ठले हेल्पिंग हेन्ड सामुदायिक अस्पतालमा अब जुनसुकै (बिभाग) रोग का बिरामीको उपचार सम्भब भएकोमा खुशी व्यक्त गर्नुभयो । हाल उक्त बिस्तारित शाखामा उपचार का लागि डा. शोभा योंग हांग,डा रिमिशा भट्टराई रहनु भएको तथा यहि चैत्र ७ गते सम्म बिश्व मुख स्वास्थ दिबस को उपलक्ष्यमा निस्सुल्क चेक जाच तथा छुट को ब्यबस्था गरिएको अस्पताल प्रसासनले जानकारी दिएको छ ।
परासी, -स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना विरुद्धको थप खोप खरिदको प्रक्रिया अघि बढाइएको बताएका छन् । कोरोना विरुद्धको खोप अभियानको अनुगमनका लागि नवलपरासी९बर्दघाट सुस्ता पश्चिम० को पृथ्वीचन्द्र अस्पताल परासीमा आएका मन्त्री त्रिपाठीले पत्रकारसँग कुराकानी गर्दै खोप उत्पादक मुलुकसँग सरकारले राजनीतिक प्रयत्नमार्फत खोप खरिदको प्रक्रिया अघि बढाएको बताए ।
मुलुकका ७२ प्रतिशत नागरिक खोपका लागि योग्य रहेको उल्लेख गर्दै मन्त्री त्रिपाठीले भ्रन्न्ुभयो, “सरकारले खोप उत्पादक मुलुकसँग सरकार–सरकार, सरकार–उत्पादक कम्पनीलगायत आधारमा खोप खरिदको प्रक्रिया अघि बढाएको छ, भारतसँग पनि हामीले खरिदकै प्रक्रिया अघि बढाएका थियौँ तर अनुदान उपलब्ध भयो ।” पहिलो चरणमा प्राथमिकतामा परेका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालकलगायत चार लाख ३० हजार अर्थात तीन प्रतिशत नागरिकलाई खोप लगाएपछि दोस्रो चरणमा ५५ वर्ष माथीका नागरिकलाई प्राथमिकता दिइने मन्त्री त्रिपाठीले जानकारी दिए ।
पहिलो चरणमा जिल्ला अस्पतालमार्फत खोप अभियान सञ्चालन गरिएपनि दोस्रो चरणमा देशभरका १६ हजार खोप केन्द्रमार्फत खोप अभियान सञ्चालन गरिने उनको भनाइ थियो । मन्त्री त्रिपाठीले बढीभन्दा बढी सङ्ख्याले सहभागिता जनाउने गरी खोप अभियानलाई थप प्रभावकारी बनाउन निर्देशन दिए । खोप अभियानको अनुगमनमा निस्कनुभएका मन्त्री त्रिपाठीले देशभरको अभियान सन्तोषजनकरुपमा अघि बढीरहेको दाबी पनि गरे ।
शरीरलाई आवश्यक पोषण तत्वमध्ये अधिकांशको स्रोत खानेकुरा नै हो, जो हामी ग्रहण गर्छौ । प्रकृतिमा पाइने खानेकुरामा आ–आफ्नै पौष्टिक तत्व हुन्छ । ति सबैको सन्तुलित मात्रा शरीरलाई चाहिन्छ । स्वस्थ्य जीवनका लागि सन्तुलित पौष्टिक आहार अति आवश्यक हुन्छ ।शारीरिक सक्रियतासँगै खानपानको सन्तुलन कायम गर्न सकियो भने, सामान्य रोगहरुको असर रहँदैन । किनभने यसले हाम्रो प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।यहाँ त्यस्तै केहि ‘सुपर फुड’ दिइएको छ, जसको नियमित सेवनले रोगको भयबाट बच्न सकिन्छ ।
नीमको पात
नीमको पात सहजै उपलब्ध हुन्छ । त्यसो त नीमको पातदेखि बिज, बोक्रा सबै स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । दाँतको सफाईमा नीमको दातुन उत्कृष्ट बिकल्प हो । हुन त नीमको पात सोझै सेवन गर्दा धेरै तीतो हुनसक्छ । त्यसलाई पिसेर गोली बनाउने । अतः नियमित रुपमा खाली पेटमा सेवन गर्नुपर्छ ।यसले रगत शुद्धिकरण गर्छ, प्राकृतिक रुपमा । शरीरमा इम्युनिटी बुस्ट गर्छ । साथै छाला सम्बन्धी समस्या पनि हटाउँछ । नीमको पात मिश्रण गरिएको पानीले नुहाउँदा छालाको रोग लाग्दैन ।
केसरयुक्त दुध
केशरयुक्त दुधको सेवनले शरीरमा ताकत मिल्छ । यसले छाला, केस, आँखामा राम्रो प्रभाव पार्छ । साथसाथै केसरयुक्त दुधको सेवन यौन दुर्बलतामा पनि फाइदाजनक मानिन्छ । गर्भवतीले केसर मिश्रित दुध पिउनु राम्रो हो । यसले आमा र गर्भको बच्चा दुबैलाई फाइदा गर्छ ।
अदुवाको सेवन
अदुवा, भान्सामा सजिलै पाइन्छ । यसले तरकारीको स्वाद त बढाउँछ नै, स्वस्थ्यका लागि फाइदाजनक पनि हुन्छ । खासगरी चिसोले सताएको छ भने अदुवाको चिया बनाएर पिउनुपर्छ । बाह्य चोट पटकमा समेत औषधीको काम गर्छ यसले । केस झर्नबाट रोक्न, केस उमार्न अदुवाको रस उपयोगी हुन्छ ।
तुलसीको पात
तुलसी त आर्युवेदमा अति महत्वपूर्ण वनस्पती मानिन्छ । यसलाई हामी घर आँगनमा रोपेर पूज्ने पनि गर्छौ । वास्तवमा तुलसी बहुगुणी वनस्पती हो । दैनिक ५–७ वटा तुलसीको पात खानाले रोग प्रतिरोधात्मक क्षमता बढ्छ । चिसो वा रुँघामा तुलसीको चिया बनाएर सेवन गर्नुपर्छ, फाइदा गर्छ ।
दही
दहीमा यस्तो सुष्म ब्याक्टेरिया पाइन्छ, जो पाचन यन्त्रका लागि अति फाइदाजनक मानिन्छ । दहीको सेवनले पेट सम्बन्धी रोगबाट छुटकारा मिल्छ । यद्यपी दही बिहान वा मध्यन्हको खानामा मात्र सेवन गर्नुपर्छ । राती दही सेवन गर्नु हानिकारक मानिन्छ ।
ग्रीन टि
ग्रीन टि एन्टिअक्सिडेन्टको सबैभन्दा राम्रो स्रोत हो । पेट सफा राख्न, रगतको शुद्धिकरणका लागि समेत ग्रीन टि उपयोगी हुन्छ । ग्रीन टिमा यस्तो तत्व हुन्छ, जसले शरीरमा रोगसँग लड्ने क्षमता बढाउँछ । यो छाला, केस, हड्डी स्वस्थ्य राख्न प्रभावकारी मानिन्छ । ग्रीन टिमा एन्टि क्यान्सर गुण समेत हुने अध्ययनहरुबाट थाहा भएको छ ।
गहुँको पातको रस
गहुँको पातको रस निकै उपयोगी हुन्छ, स्वास्थ्यका लागि । यद्यपी धेरै कमलाई मात्र यसबारे थाहा छ । गहुँको पातको रसले खासगरी दम, गलाको इन्फेक्सन, चिसो, रुँघा, पखला लाग्नबाट बचाउँछ ।
बेसार
धेरैले बेसारलाई सामान्य मसालको रुपमा लिन्छन्, जसले सब्जीको रंग र स्वादमा प्रभाव पार्छ । यद्यपी बेसार मसला मात्र होइन, यो उत्तिकै औषधिय गुणले भरिपूर्ण छ । बेसारले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ । शरीरको दुखाई कम गर्न पनि यो उपयोगी हुन्छ । केस, छालाको सौन्दर्य निखार्न समेत बेसारको प्रयोग गर्न सकिन्छ ।
दालचिनी
दालचिनी धेरै परिकारको स्वाद बढाउन प्रयोग गरिन्छ । यसको सेवनले स्वाद मात्र बढ्दैन, रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । यसको सेवनले ब्लड शुगर लेभल नियन्त्रणमा सहयोग पुग्छ । त्यसैले खानामा दालचिनीको प्रयोग लाभदायक हुन्छ ।
लसुन
लसुन, जो दिनहुँ भान्सामा प्रयोग हुन्छ । यसलाई पकाएर वा काँचो खान सकिन्छ । लसुनमा भिटामिन बि–६, भिटामिन–सि, आइरन र फस्फोरस जस्ता तत्व पाइन्छ । यसमा एन्टि फंगल र एन्टि ब्याक्टेरियल गुण पनि पाइन्छ । लसुनको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
ड्राइ फुड्स
नियमित रुपले ड्राई फुड्स सेवन गर्नुपर्छ । काजु, बदाम आदिको सेवनले पनि रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । ड्राई फुड्समा ओमेगा–३ फ्याटी एसिड, जिंक, म्याग्नेसियम, भिटामिन इ जस्तो तत्व पाइन्छ ।
भिटामिन सि युक्त खानेकुरा
कागति, सुन्तला, अमला, किवी जस्ता फल भिटामिन सिको राम्रो स्रोत हुन् । यस्ता फलको सेवनले पनि रोगसँग लड्ने क्षमता बृद्धि गर्छ ।
मौसमी फल
प्राकृतिले हाम्रो शरीरको आवश्यक्ता अनुसार फलहरु दिएका छन् । जुन मौसममा, शरीरलाई जस्तो पोषण तत्व आवश्यक हुन्छ । त्यही अनुसार फलहरु प्राप्त हुन्छ । त्यसैले मौसम अनुसार फल सेवन गर्नुपर्छ । फलले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।