health
||Power News Asia||

आजको समाचार

पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

स्वास्थ्य


काठमाडौं — श्रावण २३, २०७७।

४५ वर्षीय एक कोरोना संक्रमितको पाटन अस्पतालमा  उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको छ । वीरगन्जबाट काठमाडौं आएका उनको स्टार अस्पतालमा उपचार भइरहेको थियो । सोही क्रममा उनलाई कोरोनाको संक्रमण रहेको पुष्टि भएपछि पाटन अस्पतालमा सारिएको थियो ।

पाटन अस्पताल स्रोतका अनुसार ती मृतकमा उच्च रक्तचाप, मधुमेह तथा मुटुरोग समेत थियो । उनलाई शनिबार पाटन अस्पतालमा सारिएको स्रोतले जानकारी दियो ।

(कान्तिपुर दैनिक)

वीरगञ्ज कोरोना संक्रमणको ‘हव’ बन्दै, ४४ प्रहरीसहित १ सय ४१ जना नयाँ संक्रमित थपिए

स्वास्थ्य


वीरगञ्ज — श्रावण २३, २०७७।

वीरगञ्जमा थप १ सय ४१ नयाँ संक्रमित छन् । वीरगञ्जस्थित नारायणी अस्पतालले गरिएको पछिल्लो पिसिआर परिक्षण अनुसार १ सय ४१ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

१ सय ४१ जना संक्रमितहरुमध्ये सबैभन्दा बढी जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ४४ जना प्रहरी रहेको जनाईएको छ ।

थपिएका नयाँ संक्रमितहरुमा २१ जना महिला र १ सय २० जना पुरुष रहेका छन् । त्यस्तै, पर्सागढी नगरपालिकाका २ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
 

उदयपुरमा दुई जनामा कोरोना पुष्टि, बेलका नगरपालिका स्थित रामपुर बजार ‘सिल’

स्वास्थ्य


उदयपुर— श्रावण १६, २०७७।   

उदयपुरको बेलका नगरपालिकामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेलका नगरपालिका ९ स्थित रामपुर बजार क्षेत्रमा ३५ बर्षिया महिला र २० बर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

संक्रमित दुबैको बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको प्रयोगशालाबाट पिसिआर परिक्षण गरीएको थियो ।

स्थानीय प्रसाशन र बेलका नगरपालिकाले रामपुर बजार र आसपासका क्षेत्रमा सिल गरेको छ । स्थानीयलाई अत्यावश्यक काम वाहेक घरबाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ ।

प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमित हुनेको संख्या ७२ पुग्यो, मुलुकभर २ सय ५० प्रहरी संक्रमित

स्वास्थ्य


काठमाडौं— श्रावण १६, २०७७।  

नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ७२ पुगेको छ ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले जनाए अनुसार हाल प्रधान कार्यालयमा कोरोना संक्रमितको संख्या ७२ पुगेको छ ।

बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा संक्रमितहरूलाई भर्ना गरिएको छ । कन्ट्याक्ट ट्रेसिङको आधारमा पहिले संक्रमित भएकाहरूको स्वाब संकलन गरिएकामा कोरोना संक्रमण पुष्टी भएको उहाँले जनाउनु भएको छ ।

कोरोना संक्रमितहरूमध्ये अधिकांश सवारी चालक, मेकानिक र मेसमा कार्यरत प्रहरीहरु रहेका बताईएको छ । उहाँको अनुसार संक्रमित प्रहरीहरूको कन्ट्याक्ट ट्रेसिङ मार्फत अन्य २० जनाभन्दा बढी प्रहरीलाई क्वारेन्टिनमा राखिएको  छ ।

यो संगै अब देशभर कोरोना संक्रमण हुने प्रहरीको संख्या २ सय ५० पुगेको छ । साथै महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहापथमा कार्यरत दुई ट्राफिक प्रहरीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

दुई दिनअघि पीसीआर परीक्षण गरिएका उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो । उनीहरुमा कोरोना संक्रमण देखिएपछि ट्राफिक महाशाखामा कार्यरत अन्य ट्राफिक प्रहरीहरुको पिसिआर जाँच गर्ने तयारी भइरहेको जनाईएको छ ।

जगदम्बा इन्टरप्राइजेजका सीईओको कोरोना संक्रमणबाट मृत्यु

स्वास्थ्य


वीरगन्ज — श्रावण १६, २०७७। 

वीरगन्जमा बिहीबार मात्रै कोरोना संक्रमणबाट ३ जनाको मृत्यु

जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत(सीईओ) को कोरोना संक्रमणबाट मृत्यु भएको छ । जगदम्बाका ५६ वर्षीय सीईओको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको छ । उनी भारतीय नागरिक हुन् ।

कोरोना अस्पतालका इन्चार्ज डा.निरजकुमार सिंहका अनुसार सीईओ लामो समयदेखि मुुटुसम्बन्धी रोगबाट पीडित थिए । उनको केही समयअघि मुटुको बाइपास शल्यक्रिया भएको थियो । संक्रमण पुष्टि भएपछि गत साउन ७ गते उनी कोरोना अस्पताल भर्ना भएका थिए ।

‘उनी मुटुरोगी थिए, मुटुको बाइपास सर्जरी भइसकेको थियो,’ डा.सिंहले भने, ‘बिहीबार शरीरमा अक्सिजन कम भएपछि भेन्टिलेटरमा राखेका थियौँ, राति साढे ११ बजे उनको मृत्यु भयो ।’

बिहीबार राति नै कोरोना अस्पतालमा जगदम्बाका सीईओसहित ३ जनाको मृत्यु भएको छ । यसअघि वीरगन्ज महानगरपालिका १६ नगवाका ३५ वर्षीय पुरुष र वीरगन्ज २ छपकैयाका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । नगवाका ३५ वर्षीय पुरुषको नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा साँझ पौजे ८ बजेतिर मृत्यु भएको डा. निरज सिंहले जनाए । मंगलबार ज्वरो र श्वासप्रश्वासको समस्या भएर आएका उनलाई आकस्मिक कक्षमा भर्ना गरी स्वाब परीक्षणका लागि पठाइएको थियो । ती युवक ज्वरो आएपछि गत साउन ५ मा एक निजी क्लिनिकमा पुगेका थिए । स्वास्थ्यमा सुधार नआएपछि १३ गते तराई हस्पिटल गएका उनलाई त्यसैदिन कोरोना अस्पतालमा रेफर गरिएको थियो । मृत्युपछि बिहीबार राति उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको डा.सिंहले बताए ।

यसैगरी बिहीबार बिहान घरमै मृत्यु भएका वीरगन्ज २ छपकैयाका ६५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । घरमै मृत्यु भएको खबर आएपछि नारायणी अस्पतालको टोलीले उनको स्वाब संकलन गरेको थियो । बिहीबार राति उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको कोरोना अस्पतालका डा.सिंहले बताए । साउनयता पर्सामा कोरोना संक्रमणले १० जनाको मृत्यु भइसकेको छ ।

योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।

(कान्तिपुर दैनिक)

वीरगन्जमा गरिएको कोरोना परीक्षणमा थप ५३ जना संक्रमित, चिकित्सक र स्वास्थ्यकर्मीमा संक्रमण बढ्दै

स्वास्थ्य


वीरगन्ज — श्रावण १५, २०७७। 
नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ जना बारा र बाँकी सबै पर्सामै बस्दै आएकाहरू हुन् ।

नारायणी अस्पतालको क्वार्टरमा बस्ने ११ स्वास्थ्यकर्मीका परिवार पनि संक्रमित भएका छन् । अस्पतालका दुई चिकित्सकसहित ४ स्वास्थ्यकर्मीमा कोरोना देखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जनाए । ‘३ वर्षदेखि ६० वर्ष उमेरसमूहका १५ महिलासहित ५३ जना नयाँ संक्रमित थपिएका छन्,’ उनले कान्तिपुरसँग भने, ‘दुई बालबालिकासमेत संक्रमित छन् ।’

वीरगन्जस्थित आर्मी ब्यारेकका थप दुई जवानमा कोरोना देखिएको छ । बाराका संक्रमितमध्ये दुई जना जितपुर स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी हुन् । पर्साको छिपहरमाई गाउँपालिका, टिहुकीका एक र पटेर्वासुगौली–५ का तीन जना संक्रमित छन् । अन्य संक्रमित वीरगन्ज महानगरपालिका–३ छपकैया, मुर्ली, सिर्सिया, पानी ट्यांकी, बिर्ता, रेसमकोठीका हुन् ।

(कान्तिपुर दैनिक)

जेसिआइ काठमाडौं लेडीको “महिनावारी सरसफाई,प्रजनन स्वास्थ्य परामर्श तथा पुनः प्रयोग सेनेटरी प्याड तयारी अनलाईन तालिम”सम्पन्न

स्वास्थ्य


जेसिआइ काठमाडौं लेडीले प्रोजेक्ट साथि अन्तर्गत “महिनावारी सरसफाई,प्रजनन स्वास्थ्य परामर्श तथा पुनः प्रयोग सेनेटरी प्याड तयारी तालिम” सम्पन्न गरेको छ। जेसिआइ नेपाल एसडीजी(SDG) कमिटि र जेसिआइ नेपाल वुमन स्किल डेवलोपमेन्ट कमिटिको सहयोगमा जेसिआइ काठमाडौं लेडीले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि जेसिआइ काठमाडौं लेडीका पुर्व अध्यक्ष डा. शुसिला मल्ल,विशिष्ट अतिथि नेपाल जेसिज २०२० का राष्ट्रिय अध्यक्ष जेसिआइ सिनेटर अशोक शंकर रहनु भएको थियो। त्यसैगरि कार्यक्रममा अतिथिका रुपमा जेसिआइ नेपालका नेशनल एसडीजी संयोजक जेसिआइ सिनेटर आशिस शर्मा,जेसिआइ नेपाल वुमन स्किल डेवलोपमेन्ट कमिटिका संयोजक जेसी रुकमणि सिग्देल हुनु हुन्थ्यो। कार्यक्रमको सरुवातमा जेसिआइ काठमाडौं लेडीका निवर्तमान अध्यक्ष जेसी अर्चना मुनंकर्मी श्रेष्ठले जेसिज आस्था पाठ वाचन गर्नु भएको थियो। कार्यक्रममा जेसिआइ काठमाडौं लेडीका अध्यक्ष नगिना नकर्मीले स्वागत मन्तव्य राख्नु भएको थियो।नेपाल जेसिज २०२० का राष्ट्रिय अध्यक्ष जेसिआइ सिनेटर अशोक शंकर,जेसिआइ नेपालका नेशनल एसडीजी संयोजक जेसिआइ सिनेटर आशिस शर्मा, जेसिआइ नेपाल वुमन स्किल डेवलोपमेन्ट कमिटिका संयोजक जेसी रुकमणि सिग्देल,जेसिआइ काठमाडौं लेडी एवं नेपाल जेसिजका पुर्व अध्यक्ष साथै अन्तर्राष्ट्रिय पुर्व उपाध्यक्ष जेसिआइ सिनेटर कृति तुलाधर लगाएतले कार्यक्रममा शुभकामना मन्तव्य राख्नु भएको थियो।

कार्यक्रममा प्रशिक्षकका रुपमा रहनु भएका बि आर्टसी नेपाल (Be Artsy Nepal) का प्रशिक्षक रौनिका खत्री,सिमरन अधिकारी र रुपा पाण्डेले महिनावारीको समयमा ध्यान दिनुपर्ने कुराहरु,प्रजनन स्वास्थ्य परामर्श,साथै चेतनामुलक संदेशलाई जोडेर प्रशिक्षण दिनु भएको थियो।कार्यक्रममा अर्का प्रशिक्षकका रुपमा रहनु भएका जेसिआइ काठमाडौं लेडीका महासचिव एवं आमा हस्तकलाका निर्देशक जेसी रिंकु बज्राचार्य श्रेष्ठले पुनः प्रयोग गर्न सकिने पर्यावरण हितैषी घरेलु सेनेटरी प्याड बनाउने तालिम दिनु भएको थियो। कार्यक्रममा प्राविधिक सहयोग चिफ एग्जिक्युटिव असिस्टेन्ट टु नेशनल प्रेसिडेन्ट जेसिआइ सिनेटर रविन पोखरेलले गर्नु भएको थियो। कार्यक्रममा फिडब्याकका रुपमा जेसिआइ बुटवल लेडीका अध्यक्ष जेसी कल्पना पाण्डेले आफ्ना भनाई राख्नु भएको थियो। कार्यक्रमको संचालन जेसिआइ काठमाडौं लेडीका सह- सचिव जेसी अप्सरा आचार्यले गर्नु भएको थियो।

कार्यक्रमका संयोजक एवं जेसिआइ काठमाडौं लेडीका कार्यकारीणि उपाध्यक्ष साथै एसडीजी(SDG) लोम संयोजक जेसी स्तुति बुढाथोकीले सम्पूर्णलाई धन्यवाद दिनुभएको थियो। जेसिआइ काठमाडौं लेडीले आफ्नो स्थापनाकाल देखि नै सामाजिक कार्यहरु गर्दै आइरहेको र यो कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेकाले आगामी दिनहरुमा पनि यो प्रोजेक्टलाई निरन्तरता दिने कुरा कार्यक्रम संयोजक स्तुति बुढाथोकीले बताउनु भयो ।

स्वास्थ्यमा उच्च तहको सरुवा

स्वास्थ्य


काठमाडौं, जेठ २६ । स्वास्थ्य मन्त्रालयले दुई सातायता स्वास्थ्य सचिव, स्वास्थ्य सेवा विभागका महानिर्देशक, मन्त्रालयका प्रवक्तालगायत आधा दर्जनभन्दा बढी विशिष्ट श्रेणीका कर्मचारीको सरुवा गरेको छ। सचिव यादव कोइराला प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगे। उनको ठाउँमा सचिव लक्ष्मण अर्याललाई ल्याइयो। 
विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठलाई छाउनस्थित कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरमा गत शुक्रबारदेखि काजमा खटाइयो। उनको ठाउँमा मन्त्रालयका डा। दीपेन्द्ररमण सिंहलाई पठाइयो। व्यवस्थापन महाशाखाका भोगेन्द डोटेललाई हटाएर डा। रमेश खरेललाई ल्यायो। प्रवक्ता डा। विकास देवकोटालाई सरुवा गरेर डा। जागेश्वर गौतमलाई ल्याइयो। परोपकार तथा प्रसूति गृहमा डा। संगीता कौशललाई सरुवा गरियो।मन्त्रालयका एक अधिकारी कोरोना भाइरसको संक्रमण बढ्दै गएको बेला नेतृत्वले कमजोरी ढाकछोप गर्न कर्मचारीको सरुवा गरेको बताउँछन्।अन्नपूर्ण पोष्ट् दैनिकमा खवर छ । 
जनस्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी

स्वास्थ्य


काठमाडौं, जेठ २२ । सरकारले जनस्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी थालेको छ । कोरोना भाइरस संक्रमितको संख्या २ हजार नाघेसँगै सरकारले जनस्वास्थ्य संकटकाल घोषणा गर्ने रणनीति बनाएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको ‘कोभिड–१९ स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजना’ मा २ हजार सक्रिय केस पुगेपछि जनस्वास्थ्य संकटकाल घोषणा गर्न सकिने उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य संकटकाल घोषणा सम्बन्धमा छलफल गर्दै आएको छ । कोरोना संक्रमण रोकथामका लागि सरकारले गत ११ चैतदेखि लकडाउन गर्दै आएको छ ।

बुधबारसम्म संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले स्वास्थ्य संकटकालका विषयमा छलफल भइरहेको भन्दै अझै निर्णय नभएको बताए । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले जनस्वास्थ्य संकटकाल घोषणा सम्बन्धमा सरकारलाई सिफारिस नगरिएको बताए ।

उनले भने, ‘औपचारिक अनौपचारिक रुपमा छलफल भइरहेको छ । अझै निर्णय भएको छैन ।’ जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४८ ले पनि जनस्वास्थ्य संकटकाल घोषणा गर्ने विषयमा उल्लेख गरेको छ ।

कुनै विपद् एकभन्दा बढी स्थानीय तहमा हुन गएमा, सम्बन्धित प्रदेशले एकभन्दा बढी प्रदेशमा जनस्वास्थ्य विपद् अवस्था सिर्जना हुन गएमा सरकारले तोकिएबमोजिम जनस्वास्थ्य विपद् अवस्था घोषणा गर्न सक्ने जनस्वास्थ्य सेवा ऐनमा उल्लेख छ । आजको राजधानी दैनिकले खवर छापेको छ ।

सुत्नेवेलामा निन्द्रा परेन ? अपनाउनुहोस यि उपाय

स्वास्थ्य


गहिरो निद्राका लागि पहिलो सर्त हो, मनमा शान्ति । मनलाई कसरी शान्त तुल्याउने त रु मन त चञ्चल छ । मन भोको छ, मन लोभी छ, मन इष्र्यालु छ । पर्याप्त धन दौलतले, सुख सुविधाले मन शान्त हुँदैन । मनलाई शान्त तुल्याउने भनेको आफुले आफैसँग चित्त बुझाउने हो । यसको सरल विधी चाहि योग, प्राणायाम, ध्यान हो ।

ध्यान विधीबाट हामी मनलाई शान्त तुल्याउन सक्छौं । आध्यात्मिक चेतले पनि मनलाई वशमा राख्न सकिन्छ । मनमा सकारात्मक भाव पैदा हुनुपर्छ । सकारात्मक, कृतज्ञ र प्रफुल्ल भएपछि मन स्थिर हुन्छ । मन स्थिर भएपछि हामी गहिरो निद्रामा पुग्न सक्छौं ।

यसैगरी समुचित श्रम पनि आवश्यक छ । हामी निस्क्रिय बस्छौं वा ऐश आरममा मात्र रुची राख्छौं भने पनि हामीलाई गहिरो निद्रा लाग्दैन । शरीर भनेकै समूचित श्रम गर्नका लागि हो । जब हामी श्रम गर्छौं, शरीरले विश्रामको खोजी गर्छ । त्यही बेला हामी गहिरो निद्रा पाउन सक्छौं ।

खानपानले समेत निद्रामा असर गर्छ । हामीलाई के लाग्छ भने मदिरापान गरेपछि निद्रा लाग्छ । तर, यसले क्षणिक निद्रा लागेपनि यो गहिरो हुँदैन । मदिरापान गर्नु पनि निद्रा विथोल्नु हो । त्यसैगरी धेरै मसेलेदार वा शरीरले सजिलै नपचाउने खानाले पनि निद्रा विथोलिन्छ ।

सात्विक खानपान, सकारात्मक सोंच, सरल जीवनशैली आवश्यक छ, गहिरो निद्राको लागि ।

१. गहिरो निद्रा पाउनका लागि मूख्यतः मानसिक रुपमा स्वस्थ्य हुनु आवश्यक छ । सुत्नुअघि मनमा कुरा खेलाउने, चिन्ता लिने जस्ता काम गर्नु हुँदैन ।

२. सुतेको बेला आयव्यायको हिसाब लगाउने, पारिवारिक समस्यामा घोत्लिने, नकारात्मक बिचारहरु ल्याउने जस्ता कुराले पनि निद्रा विथोलिन्छ । त्यसैले सुत्नुअघि यस्ता विकारयुक्त विचारहरु मनमा ल्याउन हुँदैन ।

३. सुत्नुअघि त्यस्ता कुराहरु सोच्नु हुँदैन, जसले मनलाई दुखित तुल्याउँछ । अक्सर मानिस ओछ्यानमा पल्टिएर मनमा अनेक कुरा खेलाउन थाल्छन्, विगतका गल्तीहरु सम्झन्छन्, भविष्यका बारेमा कल्पन्छन् । यसले पनि निन्द्रा विथोल्छ । यस्ता कुराहरु सोचेर केहि फाइदा छैन । दिनमा शरीर सक्रिय भएको बेला यस्तो काम गर्नुपर्छ, जसले आफुलाई सन्तुष्ट तुल्याउँछ ।

४. सुत्नुअघि मनलाई स्थिर, खुसी र सन्तुष्ट राख्नुपर्छ । भविष्यको कुरा सोचेर वा विगतका गल्तीहरुमा पछुतो गरेर केहि उपलव्धी छैन भन्ने कुरा बुझ्नुपर्छ ।

५. सुत्नुअघि धेरै खानेकुरा खानु ठीक होइन । यसले पेट भद्दा हुन्छ र राम्ररी निन्द्रा लाग्दैन । अधिक पानी वा झोलयुक्त पदार्थ सेवन गर्दा पनि पिसाब लाग्छ, जसले निद्रा विथोलिदिन्छ । सुत्नुअघि हल्का एवं सुपाच्य खानेकुरा सेवन गर्नुपर्छ ।

६. सुत्ने र उठ्ने समय तालिका नियमित हुनुपर्छ । निश्चित समय तालिकामा सुत्ने अभ्यास गरिएको छ भने त्यही समयमा निद्रा लाग्छ ।

७. शारीरिक रुपमा निस्क्रिय हुँदा पनि राम्ररी निद्रा लाग्दैन । त्यसैले दिनमा शारीरिक रुपमा सक्रिय रहनुपर्छ । त्यस्तै व्यायाम गर्नुपर्छ, हिँडडुल गर्नुपर्छ, सानोतिनो घरायसी काम गर्नुपर्छ ।

८.सुत्नुअघि हल्का खानेकुरा सेवन गर्ने, केहि क्षण हिँडडुल गर्ने, हल्का व्यायाम गर्ने, प्रणायाम गर्ने, ध्यान गर्ने जस्ता सिलसिलाबद्ध क्रियाले पनि गहिरो निद्रा लाग्छ ।

९. ओछ्यान सजिलो हुनुपर्छ । साथै सुत्ने कोठाको वातावरण प्रतिकुल हुनुहुँदैन । राती चर्को ध्वनी आउने, हल्लीखल्ली हुने जस्ता कुराले पनि निद्रा विथोलिन्छ ।

१०. सुत्नुअघि चाखलाग्दो पुस्तक पढ्नुहोस् । मधुरो संगीत सुन्नुहोस् । यसले ध्यान अन्यत्र भंग हुँदैन र निद्रा लाग्छ ।

केहि घरेलु विधी

राम्रो निद्रा पाउनका लागि केहि घरेलु औषधीले पनि उपयोगी हुन्छ । तर, पूर्ण रुपमा यसमै निर्भर हुनुहुदैन । स्वस्थ्य दिनचर्यासँगै घरेलु विधी अपनाएपछि गहिरो निद्रा पाउन सकिन्छ ।

-काचो प्याजको सेवन गर्नुपर्छ ।

– पुदिनाको पात पानीमा उमालेर उक्त पानी सेवन गर्नुपर्छ ।

-सुत्नुअघि मनतातो दुध पिउनुपर्छ ।